२०८१ माघ १३ आईतवार

रास्ट्रिय फेन्सिङ संघ गण्डकी प्रदेशमा सुनिल खड्का सर्बसम्मत चयन !

पोखरा ०८ ,
नेकपा एमाले निकट भातृ संगठन नेपाल खेल्कुद महासघ अन्तर्गत रास्ट्रिय फेन्सिङ संघ गण्डकी प्रदेशमा सुनिल खड्का सर्बसम्मत चयन भएका छन ।
नेपाल खेल्कुद महासंघ का केन्द्रिय सचिब ,गण्डकी प्रदेश इन्चार्ज एबम एमाले पार्टी सदस्य बिष्णु पुन को प्रमुख अतिथिमा कार्यक्रम समपन्न भएको थियोे ।

उक्त कार्यक्रम का विशिष्ट अतिथिमा नेकपा एमाले  गण्डकी प्रदेश सदस्य टिकाराम पंगेनी र  नेपाल खेल्कुद महासंघ का केन्द्रिय सदस्य तथा फेन्सिङ अध्यक्ष जलेन्द्र बहादुर शाही रहनुभएको थियो ।

अतिथि मा गण्डकी प्रदेश खेल्कुद महासंघ सचिबालय सदस्य  एबम महिला बिभाग प्रमुख किरण गौतम रहनु भएको थियो।

संघको उपाध्यक्षमा सन्जिब बराल , सचिबमा प्रतिमा बानियाँ , सह सचिबमा मन्जली ठ्कुरी कोषध्यक्षमा कृष्ण बि क सदस्यहरुमा – अभिषेक राई , समुन्द्र बस्नेत ,स्मृति बिक, सज्जन भण्डारी , सुप्रिम श्रेष्ठ ,हमाल तामाङ सर्बसम्मत चयन भएका छन ।


कार्यक्रममा प्रमुख अथिती केन्द्रिय सचिब पुन ले खेल्कुद र संगठन बारे बृस्तृत रुपमा संघमा आबद्ध सम्पुर्णलाई प्रशिक्षण शैलीमा खेल्कुद महासंघ र गौरवशाली पार्टी नेकपा एमाले ले मिसन ८४ मा बहुमत लेराउन ततपर रहन र लाग्न निर्देशन दिनुभएको थियो र नब निर्बाचित कमिटी लाई बधाइ सहित शुभकामना दिनुभएको थियो।

बिशेष अतिथि जलेन्द्र शाही ले फेन्सिङ खेल बारे सम्पुर्ण बृफिङ गर्दै नबगठित कमिटीलाई खेलाडीले आफ्नो हक र अधिकार को लागि तपाईंहरु को ठुलो हात रहनुपर्ने छ साथै सनो सानो समस्या आए मलाइ भानुस म आफै आउछु भनदै हौसला सहित बधाइ सहित शुभकामना दिनुभएको थियो।

भने स्वागत एबम शुभकामना टिकाराम पंगेनीले नबगठित कमिटीलाई  बधाइ शुभकामना दिनुभएको थियो र अतिथी किरण गौतम ले पनि दिनुभएको थियो।

नब निर्बाचित अध्यक्ष सुनिल खड्काले आफ्नो भनाइ राख्दै ११ वटै जिल्ला मा कमिटी बिस्तार गर्नु नै मेरो मुख्य लक्ष्य रहनेछ खेलाडी उत्पादनमा पहल हुनेछ साथै आगामी दिन मा सम्पूर्ण सङ हातेमालो गर्दै अगि बढी कुरा भन्दा काम गर्नुपर्ने प्रतिबधाता गर्नुभएको थियो भने उक्त कार्यक्रम संचालक सचिब प्रतिमा बानिया ले गर्नुभएको कुरा उपाध्यक्ष सन्जिब बराल ले बताउनुभयो ।

२०८१ जेष्ठ ११, शुक्रबार प्रकाशित 1 Minute 436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।