२०८३ असार १४ आईतवार

गणतन्त्र दिवसका दिन नेपाल  स्काउटलाई राजनैतिक कार्यकर्ताको भर्ती केन्द्र नबनाउन भन्दै गण्डकी प्रदेशका न्याय प्रेमी प्रगतिशील  युवाले बुझाए ध्यानाकर्षण पत्र

गणतन्त्रको दिन नेपाल  स्काउटलाई राजनैतिक कार्यकर्ताको भर्ती केन्द्र नबनाउन भन्दै गण्डकी प्रदेशका न्याय प्रेमी प्रगतिशील  युवाले बुझाए ध्यानाकर्षण पत्र

नेपाल स्काउटमा चरम  राजनीतिकरण हुदै गैरहेको विषयका सम्बन्धमा पछिल्लो समय नेपाल स्काउटमा निर्वाचित पदाधिकारी , आयुक्तहरुमा बिभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधीमा समेत सकृय रहेको कुरा प्रष्ट देखिएको भन्दै , गण्डकी प्रदेशका युवाहरूले नेपाल स्काउट प्रमुख आयुक्त महेन्द्र राज रन्जितलाई सम्बोधन गर्दै  नेपाल स्काउट रास्ट्रिय परिषद सदस्य शिव बहादुर भण्डारी मार्फत ध्यानाकर्षण पत्र बुझाएका छन ।

नेपाल स्काउट ऐन ,२०५० को दफा १८ (क) उपदफा (१) (ख) (ग)मा नेपाल स्काउटको सदस्यको योग्यता सम्बन्धी व्यवस्थामा नेपाल स्काउटको सदस्यले कुनै राजनितिक दलको सदस्य नलिएको र राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरि राजनैतिक गतिविधिमा  संलग्न नरहेको स्वघोषणा गर्नु पर्ने व्यवस्था रहेको छ।प्रचलित ऐन  कार्यनयन गराउन , मिति २०८१ साल बैशाख ३१ गते युवा तथा खेलकुद मन्त्रालय द्वारा प्रकाशित विज्ञप्ती लाई आधार मानी ध्यानाकर्षण पत्र बुझाईएको थियो ।

२०८१ जेष्ठ १५, मंगलवार प्रकाशित 0 Minutes 570 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।