२०८१ कार्तिक २४ शनिबार

प्रहरी निरीक्षकको हृदयमा सांगीतिक “वर्खे झरीको” गुन्जमान ।

सिड्नी ,
बि.सं. २०४४ सालमा चितवनको भरतपुर म.न.पा. वडा नं. १५ फूलबारीमा जन्मनु भएका बिनोद श्रेष्ठ पेशाले नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा कार्यरत हुनुहुन्छ।

चितवनको भरतपुरमा सप्तगण्डकी बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तहको अध्ययन पुरा गर्नु भएका  श्रेष्ठलाई राष्ट्रसेवाको साथ साथै गीत संगीतमा पनि उत्तिकै झुकाव रहेको छ।

प्रहरी जागिरे जीवन सुरु गरेकै केही वर्षमा उनले सांगीतिक यात्रालाई पनि अघि बढाए । मस्तिष्कमा पेसागत कर्तव्य बोध गरे र मनमा संगीतको मीठो धुन भरे । प्रहरी जीवनकै दौरान सुरु भएको संगीतको यात्राले उनको जीवनको लय नै बदलियो । भनिन्छ नै पनि जिन्दगीले जब गति लिन्छ, एउटा मधुर धुन पैदा गर्छ ।

साथै बिगत देखि खेल प्रेमी, युवा ,नेपाल प्रहरीमा भर्ती हुँदै गर्दा उनले सोचेका थिए, सारा जीवन प्रहरी सेवामै बित्छ होला । त्यतिबेला उनीसँग ठूला सपनाहरू पनि त थिएनन् । मात्र उनी अनुभूत गरेका कुराहरू गजल, कविता र गीतमा पोख्थे ।

हालसालै उहाँको आफ्नै स्वर र शब्दमा “बर्खे झरी”बोलको गीत युट्युब मार्फत बजारमा सार्बजनिक गर्नु भएका छ।उक्त गीतमा संगीत योगेश गुरुङको रहेको छ भने स्टुडियो Sound inn बाट गीत रेकर्ड गरेका छन।

शान्त स्वभावका उनी धेरै बोल्दैनन् । यसो हुनुमा उनको पेसाको प्रकृति पनि कारण हुन सक्छ । हुन पनि फौजी जीवन कहाँ सजिलो हुनु ? प्रहरी अनुशासनभित्र आफूलाई बाँध्नुपर्ने । जागिर नै त्यस्तै । दिनरात अपराध, अनुसन्धानमै खटिनुपर्ने । शान्ति सुरक्षाका लागि जहिले तम्तयार हुनुपर्ने । तर प्रहरी जीवनको यस्तै व्यस्तताका बीच पनि उनले सिर्जनालाई जारी राखेका छन् ।

२०८१ जेष्ठ २६, शनिबार प्रकाशित 1 Minute 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।