२०८१ चैत्र ८ शुक्रबार

नेपाल टेलिकम /रुटिन अफ नेपाल बन्द/केपी खनाल/मैनादेवी फाउन्डेसन द्वारा पोखरामा १३ मा बृहत् बृक्ष्यारोपण कार्यक्रम सम्पन्न !!

पोखरा, जुन 14, 2024 – नेपाल टेलीकम /रुटिन अफ नेपाल बन्द/केपी खनाल/मैनादेवी फाउन्डेसन ले अंग्रेजी जुन महीना लाई वातावरण महिना को रुपमा मनाउने लक्ष्यका साथ पोखरा महानगरपालीका वडा न. १३/नवदुर्गा युथ क्लबसँगको सहकार्यमा पोखराको अर्वा क्षेत्रमा बृहत् वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस पहलले स्थानीय वातावरणलाई बढावा दिन र जलवायु परिवर्तन विरुद्धको विश्वव्यापी लडाइमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष किरण बराल ले नयाँ रोपिएका बिरुवाहरुको संरक्षणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ भने विरुवालाई परिपक्व रुखमा परिणत गर्न आवश्यक स्रोतसाधन र निरन्तर अनुगमन गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा स्थानीय युवाहरू तथा वातावरण संरक्षणकर्ताहरुको सक्रिय सहभागिता थियो, जसले सँगै २०० भन्दा बढी बिरुवा रोपेका थए। रूखहरूको छनोटले यस क्षेत्रको हरियालीको दीर्घकालीन दिगोपन सुनिश्चित गर्दै, तिनीहरूको लचिलोपन र पारिस्थितिक लाभहरूको लागि परिचित मूल प्रजातिहरूमा केन्द्रित छ त्यस्ता बिरुवाहरु हामीहरुले रोपेका छौं ।अभियान्ता राजेश पोख्रल ले बताउनुभयो ।

जुन महिनाभरी देशका विभिन्न स्थानमा मैनादेवी फाउन्डेसन नेपाल टेलीकम र रुटिन अफ नेपाल बन्द ले भुगोल अनुसारको विभिन्न प्रजातीको बिरुवा रोप्ने लक्षय हो ।सोही योजना अनुसार आज यहॅा रोपीएका २०० बिरुवाको संरक्षण तथा चर्ने जनावरहरूबाट सुरक्षाको जिम्मा स्थानीय नवदुर्गा कल्बलाई जिम्मेवारी दिदै कुनै पनि प्रकारको क्षति वा वन विनाशलाई रोक्नको लागि आवश्यक परेमा आईरन कभर समेत उपलब्ध गराउने मैनादेवी फाउन्डेसन गन्डकी प्रदेश संयोजक मनिष ओस्थाले जानाकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मैनादेवी फाउन्डेसन पोखरा ईन्चार्ज दिपक पौडेल ले वातावरण संरक्षणको प्रयासमा स्थानीय समुदायको सहभागिताले महत्वपुर्ण अर्थ राख्ने बताउनुभयो ।त्यसैगरी नवदुर्गा युथ क्लबका सचिव सुदर्सन बरालले सकारात्मक वातावरणीय परिवर्तनका लागि युवाको भूमिकामा प्रकाश पार्दै यस्ता हरित पहलमा चलिरहेको समुदायीक संलग्नतालाई प्रोत्साहन गर्ने जिम्मेवारी युवाहरुले लिनुपर्ने बताउनुभयो ।

यस वृक्षारोपण कार्यक्रमले पर्यावरणीय संरक्षण /बन्यजन्तु र लोपोन्मुख जडिबुटीहरुलाई संरक्षण एवमं बढावा दिन तथा सामूहिक प्रयासको शक्ति प्रदर्शन गर्दै, हरियाली र स्वस्थ शहर निर्माणमा बृक्षरोपण कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वास हामीले लिएका छौ ।अर्का समाजसेवी युवा विजय पराजुलीले बताउनुभयो ।

२०८१ असार १, शनिबार प्रकाशित 1 Minute 734 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार