२०८१ माघ २७ आईतवार

पोखराका कक्षा १२ मा दुई विद्यार्थी साइन्सतर्फ नेपाल टप !

पोखराका दुई विद्यालयका विद्यार्थीले कक्षा १२ को नतिजामा ३.९६ जिपिए ल्याएका छन् । यो जिपिए सर्वोत्कृष्ट हुन सक्ने अनुमान गरिएको छ । अहिलेसम्म अन्य विद्यालयले यस भन्दा बढी ल्याएको जानकारी नगराएको अवस्था छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मा रहेको मदरल्याण्ड माध्यमिक विद्यालय र पोखरा १५ मा रहेको एसओएस हर्मन माइनर गण्डकीका एक/एक जना विद्यार्थीले ३.९६ ल्याएका हुन् ।

मदरल्याण्डकी सदीक्षा क्षत्री र एसओएसका कुशल तिवारीले ३.९६ जिपिए ल्याएका हुन् । दुवै जना विज्ञान संकायका विद्यार्थी हुन् ।

सदीक्षा पोखरा–१७ निवासी हुन् भने तिवारी पर्वत घर भई पोखरा बस्छन् । मदरल्याण्डका अरु ३ जना विद्यार्थीले पनि ३.९५ जिपिए ल्याएका छन् । मदरल्याण्डले व्यवस्थापन संकाय तर्फपनि सर्वोत्कृष्ट नम्बर ल्याएको अनुमान छ ।

२०८१ श्रावण २०, आईतवार प्रकाशित 0 Minutes 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।