२०८१ माघ २७ आईतवार

एसपी भन्छन्- हेलिकप्टर जलिरहेको अवस्थामा भेटियो, यात्रुको मृत्यु भएको छ !!

काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले दुर्घटनाको पुष्टि गरे ।

उनका अनुसार एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिएको छ। अहिले त्यहाँ पुगेका प्रहरी र स्थानीयबासीले हेलिकप्टरमा लागेको आगो निभाउने कोसिस गरिरहेका छन् ।

शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटनामा परेको र केही यात्रुको मृत्यु भएको खबर आफूलाई आएको एसपी कोइरालाले बिश्व पाटी लाइ बताए ।

‘सूर्यचौर डाँडामा ठोक्किएर हेलिकप्टर दुर्घटनामा परेको रहेछ । प्रहरीको टोली पुगेर हेलिकप्टरमा लागेको आगो निभाउँदैछ’, उनले बिश्व पाटी सँग भने, ‘हामी जिल्ला सुरक्षा प्रमुखहरूको टोली पनि घटनास्थल जाँदैछौँ । केही यात्रुको पनि ज्यान गएको खबर आएको छ ।’

२०८१ श्रावण २३, बुधबार प्रकाशित 1 Minute 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।