२०८१ चैत्र ११ सोमबार

अवैध रूपमा बसोबास गरेकालाईयूएई सरकारले दियो आममाफी !!

  • अवैध रूपमा बसोबास गरेकालाईयूएई सरकारले दियो आममाफी

 

संयुक्त अरब इमिरेट्स (यूएई)ले गैरकानुनी हैसियतमा रहेका आप्रवासी श्रमिकलाई कानुनी हैसियतमा आउने अवसर प्रदान गर्दै दुई महिनासम्मको आममाफी योजना लागू गरेको छ। यो योजना १ सेप्टेम्बरदेखि सुरु भई ३० अक्टोबरसम्म लागू हुनेछ। यूएईको नेपाली दूतावासका अनुसार, यो माफी श्रम वा भिजिट भिसामा गएर म्याद नाघेका (ओभरस्टे) श्रमिकलाई लक्षित छ, जसले जरिवाना नतिरी स्वदेश फर्कन सक्नेछन्।

आममाफी योजना अन्तर्गत, गैरकानुनी अवस्थामा रहेका श्रमिकले कानुनी प्रक्रिया पुर्‍याएर यूएईमा वैध बसोबास गर्न वा नेपाल फर्कन पाउनेछन्। यसले खासगरी भिजिट भिसामा काम खोज्न गएका र म्याद नाघेका श्रमिकलाई राहत दिनेछ। नेपाली दूतावासले पनि सम्पूर्ण श्रमिकलाई यो अवसरको फाइदा उठाउन अनुरोध गरेको छ।

यूएईमा बस्न इच्छुक व्यक्तिहरूले मान्यताप्राप्त ‘जव अफर लेटर’ लिई आफ्नो हैसियत परिवर्तन गर्न सक्नेछन्। आममाफीमा सहभागी हुन आवेदन दिन, सम्बन्धित इमिरेट्सका अध्यागमन विभागमा जानुपर्नेछ। साथै, राहदानी नभएका श्रमिकलाई दूतावासले आवश्यक कागजात जारी गर्ने जनाएको छ, तर स्वदेश फर्किनुअघि जरिवाना र प्रहरी प्रतिवेदनको प्रक्रिया पूरा गर्नुपर्नेछ।

२०८१ भाद्र २१, शुक्रबार प्रकाशित 1 Minute 240 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार