२०८१ बैशाख १५ शनिबार

क्यान्सर पिडितको उपचारार्थ अष्पालिले सहयोगको निम्ति दशैं चिट्ठा कार्यक्रम गर्दै ।

अस्ट्रेलियाको सिड्नी बाट सामाजिक संजाल फ़ेसबुक मार्फ़त नेपाली युवा बिध्यार्थीहरूको एक समुह/संस्था अष्पालि (जब्श एंड इँटरटेण्टमेंट) ले ब्लड क्यान्सर पिडितको आर्थिक सहयोगको निम्ति अष्पालि दशै चिट्ठा कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल, झापा घर भएका बालक-क्षितिज लिम्बुको ब्लड क्यान्सरको उपचारको निम्ति आर्थिक सहयोग जुटाऊन कार्यक्रमको आयोजना गरिदै छ । लिम्बु परिवारको आर्थिक अवस्था कठिन भएका कारण यति बेला परिवारले उपचारको निम्ति सहयोगी हातहरूको खोजी गरीरहेको छ । त्यसै अनुरूप अष्पालि दशै चिट्ठा कार्यक्रमबाट हुने कुल नाफाको रकम पिडितलाई सहयोग गर्ने समेत अष्पालि टीमले बिश्वपाटिलाई बताएको छ । क्षितिज लिम्बु यति बेला चितवन भरतपुर अस्पतालमा उपचाररत छन ।

यूनिभर्सल थट कन्सल्ट (अस्ट्रेलिया,सिड्नी) को मुख्य प्रायोजन रहेको कार्यक्रममा सेनच्युरी क्लिनिंग, पे-रु रेमिट, एभरेष्ट बुचरि र वर्षा क्लोजेटको समेत प्रायोजन रहेको छ । कार्यक्रममा कलर्स अफ नेपाल इभेंट्स र डीजे सुशीलको साथ रहेको छ । साथै मुख्य मिडिया पार्टनरको रुपमा बिश्वपाटि मिडिया एण्ड इभेंट्स र द ट्रु-ख़बर रहेको छ । यस अघी अष्पाली ग्रुप र बिश्वपाटी मिडीया बिच एकापस कार्यक्रम पार्टनरको रुपमा समझौता भइसकेको छ ।

दशै चिट्ठा कार्यक्रमको प्रथम पुरस्कार आइफ़ोन-१३ मोबाइल फ़ोन र दोस्रो पुरस्कार एक सिंगो खशि रहेको छ । उक्त दशै चिट्ठा कार्यक्रममा इच्छुक व्यक्तिहरूले प्रति टिकट $५ र बढि मा ७ वटा सम्म किन्न पाइने प्रावधान रहेको छ । चिट्ठा ख़रीदका लागी आफ़नो व्यक्तिगत ईमेल मार्फ़त ख़रीद गर्न सकिने छ । चिट्ठा कार्यक्रमको फरम्याट अनुसार आफ़ुले ख़रीद गरेको चिट्ठामा दुई अंक रहेको हुनेछ र दुई मध्य पहिलो या दोस्रो अंक आयोजक संग हुनेछ भने अर्कों बाक़ी अंक स्वयं प्रतियोगी या खरिदकर्ता संग रहेको हूँछ साथै ११ अक्टोवरको दिन उक्त अंकहरू सहित आयोजकले फ़ेसबुक लाईभ बाट लक्की ड्र मार्फ़त भाग्यशाली चिट्ठा घोषणा गर्ने छ र प्रथम अनी दोस्रो बिजेता घोषित गरिने छ । कार्यक्रममा चिट्ठा ख़रीदका लागी २१ सेप्टेम्बर देखी १० अक्टोवर सम्म पाइने छ । कार्यक्रममा सहभागिताको निम्ति फ़ेसबुकमा अष्पालि ग्रुपमा रहेको र अस्ट्रेलियामा बसोबास गरेको हुनुपर्ने संस्थाका प्रतिनिधि कुसुम लुइटेलले बताईन ।

फ़ेसबुक मार्फ़त एकजुट भएका अष्पालि ग्रुपले यस अघी पनी बिभिन्न युवा मैत्री, बिध्यार्थी फ़ोकस जस्ता कार्यक्रमहरूको आयोजना गरेको छ । ग्रुपमा अस्ट्रेलियामा कोठाको आवश्यकता अनी कामको बारेमा संदेश आदानप्रदान र समाचारहरू संगै मनोरन्जनात्मक सामग्रीहरू शेयर गरिदै आएको छ । अस्ट्रेलियामा नेपाली समुदाय र समुह बिच भाईचारा अनी साथिभाइको सम्बन्ध मजबुत बनाउनका लागी संस्थाको स्थापना गरीएको र यसले सोचे भंदा बढ़ी रिज़ल्ट दिएको अष्पालीका एडमीन सभिन जंग क्षेत्रीले बताए साथै नेपाली समाजमा विकृति अनी व्यक्तिगत स्वार्थका निम्ति बिध्यार्थी माथी चालिने हरेक पाइलाको ख़बरदारी समेत गर्ने उनले बताए ।

२०७८ आश्विन १, शुक्रबार प्रकाशित 1 Minute 350 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार