२०८२ बैशाख १५ सोमबार

प्रधानमन्त्री ओलीले आज मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै !!

प्रधानमन्त्री ओलीले आज मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दL
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे २ बजे सिंहदरबारमा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दैछन् ।

यो सम्झौताका आधारमा मन्त्रीहरुको ‘रिपोर्ट कार्ड’ बन्ने छ । २१ जना मन्त्रीसँग हुने कार्यसम्पादन सम्झौतामा मन्त्रालयहरुले आर्थिक वर्ष २०८१÷८२ मा गर्नुपर्ने प्रमुख काम र समयसीमा उल्लेख छ ।

मन्त्रीहरुले सम्झौता अनुसार काम गरेको वा नगरेको आधारमा मासिक÷चौमासिक समीक्षा हुनेछ ।

प्रधानमन्त्री कार्यालयका अनुसार यो १ वर्षे सम्झौतामा मन्त्रीहरुले के–के गर्ने भन्ने उल्लेख छ । सरकारको नीति, नियम, निर्णय र निर्देशनअनुसार काम गर्न मन्त्रीहरुलाई सम्झौताले सहयोग गर्ने दाबी प्रधानमन्त्री निकट स्रोतको छ ।

२०८१ भाद्र २७, बिहीबार प्रकाशित 1 Minute 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार