२०८१ फाल्गुन ७ बुधबार

पिएन प्रिमियर कपको दोस्रो दिन : पिच प्रिडेटर र नेटिभ फ्लेम्स विजयी !!

पिएन प्रिमियर कपको दोस्रो दिन : पिच प्रिडेटर र नेटिभ फ्लेम्स विजय

पिएन प्रिमियर कपको दोस्रो दिनको पहिलो खेलमा पिच प्रिडेटरले मिसफिट तथा दोस्रो खेलमा नेटिभ फ्लेम्सले क्लब डिलाई पराजित गरेको छ। यस साथै टिम पिच प्रिडेटर ४ अङ्कका शिर्षस्थान, समान २ अङ्क भएको मिसफिट दोस्रो तथा नेटिभ फ्लेम्स तेस्रो र क्लब डि अन्तिममा रहेको छ ।

जारी पिएन प्रिमियर कपको दोस्रो दिनको पहिलो खेलमा पिच प्रिडेटरले दिएको केवल ११० रनको लक्ष्य पछाएको मिसफिटले १५ ओभरमा ९ विकेट गुमाउदै जम्मा ९१ रन बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पिच प्रिडेटरले १५ ओभरमा ८ विकेट गुमाउदै केवल १०९ रन बनाएको थियो ।

दिनको दोस्रो खेलमा नेटिभ फ्लेम्सले दिएको केवल ११२ रनको लक्ष्य पछाएको क्लब डि सम्पूर्ण ओभर खेल्दै जम्मा ९२ रन बनाए पनि खेल जित्न सकेन् ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेटिभ फ्लेम्सले १५ ओभर पूरा खेल्दै केवल ११२ रन बनाएको थियो ।

पहिलो खेलमा पुष्कल गौडेल तथा दोस्रो खेलमा सुदिप भट्टराई उत्कृष्ट खेलाडी घोषित भएका थिए।

दोस्रो दिनको खेल सकिँदा रनरेट का आधारमा भने अन्तिम दिनको खेल सबै टिमलाई महत्वपूर्ण रहन्छ । पिच प्रीडेटरस समूहको शीर्ष स्थान मा रहँदा अन्तिम खेलको जीतले मात्र पनि फाइनल पुग्ने छ ।
त्यस्तै समुहको दोस्रो स्थानमा रहेको मिस फिष्टस समान अंक रहेको नेटिभ फ्लेम भन्दा रनरेट अघि रहेको छ ।
यससाथै पिच प्रेडेटर लाइ अन्तिम खेलमा जित या झिनो अन्तरको हारले पनि अघिल्लो चरणमा जाने समिकरण रहेको छ ।
त्यस्तै मिस फिष्ट्स लाइ दोस्रो दिनको खेल जिते वा सानो अन्तरले मात्र हरे पनि अघिल्लो चरणमा जानेछ ।
नेटिभ फ्लेमलाई भने खेल जिते सोझै नत्र मिस फिष्टस र क्लब डी को खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।
क्लब डी लाई भने भोलिको पहिलो खेलबाटै समिकरण मिलेर आउनु पर्ने छ । पहिलो खेलमा नेटिभ हारे र दोस्रो खेलमा जित हासिल गरे मात्र अघिल्लो चरणको यात्रा तय गर्ने छ ।

यो सँगै लिगको अन्तिम खेलहरू भोलि पहिलो खेल पिच प्रिडेटरले नेटिभ फ्लेम्सको सामना गर्ने छ भने दोस्रो खेल मिसफिटले क्लब डि सँग खेल्ने छ।

२०८१ आश्विन ३, बिहीबार प्रकाशित 0 Minutes 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।