२०८१ चैत्र ८ शुक्रबार

पत्रकार अमृत कुमार भट्टराई जिल्ला प्रहरी कास्की बाट सम्मानित !!

पोखरा १२,
पब्लिक फोरके टेलिभिजनकर्मी अमृतकुमार भट्टराईलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सम्मान गरेको छ ।

समाजमा शान्ति सुरक्षा कायम राख्न तथा अपराध अनुसन्धान रोकथाम नियन्त्रण गर्न सञ्चार क्षेत्रबाट योगदान पुराएको भन्दै कास्की प्रहरीले भट्टराईलाई सम्मान गरेको हो ।

 

प्रहरीको शान्तिपूर्ण र सुरक्षित समाजको लक्ष्यसाथ प्रादुभाव भएको समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनको क्रममा नागरिक प्रहरीबिचको सुमधुर सम्बन्ध स्थापित गर्न योगदानका आधारमा भट्टराई सम्मानित गरिएको कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

कार्यक्रममा एसपी थापाले प्रहरीको एक प्रयासले मात्रै समाजमा शान्ति स्थापना गर्न सम्भव नभएको यसका लागि हरेक पेशाकर्मी लाग्नुपर्ने कुरा जोड दिए । सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष भीम पराजुलीले समाजमा रहेका विकृति विसंगतीहरुलाई न्यूनिकरण गर्नका लागि सामुदायिक प्रहरी सेवा केन्द्र सदैव तत्पर रहेको बताए ।

भट्टराईसँगै कास्कीका क्रियाशिल सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।

२०८१ आश्विन १३, आईतवार प्रकाशित 1 Minute 446 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार