
पोखरा ७ मासबारमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य शिक्षक बिमला बराल ले गर्नुभएको थियो ।विद्यालयका प्रधानाध्यापक प्रेम चपाईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले अबको शिक्षा पढाइ भन्दा पनि गराई सहितको शिक्षा आवश्यक भएको बताउनुभयो । सामुदायिक विद्यालयको शिक्षा मजवुत बनाउन समुदायको चासो सहित अभिभावकले आफ्ना बालबच्चाको निगरानी र शिक्षक संग बारम्बार परामर्श लिनुपर्ने बताउनुभयो ।श्रीकृष्ण विद्यालयलाई आफुले लामो समय देखि नियालेको बताउदै यसको उचाइका लागि सबै एकजुट भएर निकास निकाल्न पर्ने बताउनुभयो । पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले वडा भित्रको एक मात्र सामुदायिक विद्यालयको उन्नयनका लागि स्थानिय सरकारको तर्फबाट गर्नुपर्ने साथ र सहयोगका लागि वडा कार्यालय सधै तयार रहेको बताउनु भयो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले महानगरपालिका भित्रका सामुदायिक विद्यालयको सवलिकरण र शैक्षिक सुधारकालागि महाशाखाले काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वद्वारा संचालित अक्षयकोषबाट प्राप्त व्याजबाट जेहेन्दार तथा प्रतिभावान छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।
विद्यालयको शैक्षिक उन्नयनका लागि योगदान कर्मचारी , शिक्षक हरु किशन भन्डारी , भुवानि प्रसाद अधिकरि , निर्मला गिरि, मन्जुशा बराल तथा दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो साथै अक्षयकोषदातालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
बिधायलय बार्शिक पुरस्कार पनि बितरण गरेको थियो साथै बिधालयका खेलाडि , लगायत बिभिन्न बिधा मा पुरस्कार प्रदान भएको थियो ।
कार्यक्रममा शैक्षिक पुरस्कार वितरण सहित विधार्थीले नृत्य, गायन लगाएतका विभिन्न प्रतिभा प्रस्फुट गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा ७ का सभापति नविनराज बराल , नेकपा एमाले पोखरा ७ का वडा अध्यक्ष किशोर बराल, अक्षयकोषदाताको तर्फबाट सरोजनारायण बराल , विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार अनिल शाही, पुर्व शिक्षक एवम महिला विकासका लागि आमा समुहका अध्यक्ष तुलसी बराल, रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, नेपाल रेडक्रस सोसाइटी पोखरा ७ का सभापति सुजन बराल लगाएतले शुभकामना दिए ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शोभाचन्द्र बरालको अध्यक्षतामा सम्पन्न साथै अर्को बर्ष स्वर्ण जयन्ती मनाउने जिकिर गर्नु भएको थियो अब को शिक्षा रोजगारि शिक्षा निकाल्ने हाम्रो मुख्य योजना रहेको बताउदै म बोल्न भन्दा काम गरि देखाउनेछु भन्दै समापन गर्नुभएको थियो ।
उक्त संचालन सहायक प्र अ दिनेश बराल र शिक्षक सकुन्तला सोतीले गर्नुभएको जानकरि बिध्यालय कम्पुटर बिभाग प्रमुख शिक्षक सुनिल खडकाले बिश्व पाटि लाइ जानकारी गराउनुभयो।