२०८१ चैत्र ८ शुक्रबार

सहिद झपेन्द्र कार्की स्मृति पार्कमा सहिद दिवस विशेष कार्यक्रम !!

अाज माघ-१६ गते शहिद दिवसकाे अवसरमा पाेखरा महानगर पालिका वडा नम्बर ७ राष्ट्र बैक मार्ग स्थित सहिद झपेन्द्र कार्की स्मृति पार्कमा देश र जनताका लागि आफ्नो ज्यानको वलिदान गर्नु हुने विर अमर ज्ञातअज्ञात शहिदहरूकाे सम्झनामा सहिद झपेन्द्र कार्की काे शालिकमा पुष्पमाला चढाई एक मिनेट सम्पूर्ण शहिदहरूकाे सम्झनामा माैन धारण गरि दिपप्रज्वलन गरेर कार्यक्रम समपन्न गरियाे।
कार्यक्रमकाे प्रमुख अतिथि गण्डकी प्रदेशका सस्थापक उप सभामुख सृजना शर्मा हुनुहुन्थ्याे भने कार्यक्रम काे अध्यक्षता नेकपा एमाले ७ का नव निर्वाचन अध्यक्ष अनिल शाहि ले गर्नु भएकाे थियाे।


उक्त कार्यक्रममा सहिद झपेन्द्र कार्की का छाेरा दिपक कार्की , छाेरी दिपा कार्की , भाइ तिर्थ बहादुर कार्की साथै सहिद परिवारका अन्य सदस्यहरू लगायत सहिद झपेन्द्र कार्की स्मृति पार्क का अध्यक्ष अाेम गाैचन,  नेकपा एमाले प्रदेश कमिटि सदस्य तेजनारायण अधिकारी, प्रदेश सल्लाहकार परिषद सदस्य बिध्याबिमल बारल, खड्क गुरूङ, केन्द्रीय बिभाग सदस्य चिरञ्जीवी पाेखरेल, वडा नं. ७ का ईन्चार्ज तथा जिल्ला कमिटि सदस्य पुरूषाेत्तम रेग्मी, प्रदेश स्वास्थ्य बिभाग सदस्य बिष्णु भण्डारी, वडा नम्वर ७ का पुर्व वडा अध्यक्ष रामचन्द्र बराल, पुर्व वडा सदस्य दिनबन्धु पाैडेल, हालका निर्वाचित वडा सदस्य सुनिता सुनार, वडा नं. ७ का राष्ट्रिय युवा सघ का अध्यक्ष कुमार भण्डारी , नेकपा  वडा कमिटी७ का  पदाधिकारी तथा कार्य समितिका सदस्यहरूको सक्रिय सहभागिता थियो भने सर्व साधरणकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रम नेकपा एमाले वडा कमिटी ७ काे अायाेजनामा भएकाे थियाे भने कार्यक्रम वडा कमिटिका सचिव अर्जुन थापाले संचालन गर्नु भएकाे थियाे।

२०८१ माघ १७, बिहीबार प्रकाशित 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार