२०८३ जेष्ठ २५ सोमबार

नेपाल इन्जिनियर एसोसिएशन गण्डकी प्रदेश र व्रजर पेन्ट्स बीच सम्झौता ।

नेपाल इन्जिनियर एसोसिएशन गण्डकी प्रदेश र व्रजर पेन्ट्स बीच सम्झौता ।

नेपाल इन्जिनियर एसाेसिएशन गण्डकी प्रदेश र व्रजर पेन्ट्सबीच इन्जिनियर तथा आर्किटेकहरूको सीप अभिवृद्धि तथा विद्यार्थीहरूका लागि सीपमूलक तालिम संचालन गर्ने उद्देश्यका साथ एक वर्षे सम्झौता सम्पन्न भएको छ।

गण्डकी प्रदेशमा क्रियाशील २,३०० भन्दा बढी इन्जिनियरहरू आबद्ध रहेको यस एसाेसिएसन र व्रजर पेन्ट्सबीचको सम्झौताअनुसार व्रजर पेन्ट्सले एक वर्षका लागि ८ लाख रुपैयाँ लगानी गर्नेछ। यस रकम इन्जिनियरहरूकाे व्यावसायिक दक्षता अभिवृद्धि तथा पोखराका तीनवटा इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि सीपमूलक तालिममा खर्च गरिनेछ।
सम्झौतामा नेपाल इन्जिनियर एसाेसिएसन गण्डकी प्रदेशका अध्यक्ष ई. सन्तोष जिसी र व्रजर पेन्ट्सका कन्ट्री म्यानेजर राजिव रोयले हस्ताक्षर गरेका छन्। कार्यक्रममा रोयले रंग मिलाएर लगाउने प्रविधि तथा यसको दीर्घकालीन टिकाउपनबारे जानकारी दिँदै तालिम प्राप्त पेन्टरबाट मात्रै पेन्टिङ गरिनुपर्नेमा जोड दिए।
उक्त अवसरमा एसाेसिएसनका पूर्व अध्यक्ष ई. रमेश वाँस्तोलाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे। अध्यक्ष ई. सन्तोष जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ई. विशाल थापाले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सहसचिव ई. मञ्जु शिलाकारले गरेको सदस्य ई. महेन्द्र पौडेलले कार्यक्रमबारे जानकारी गराएका थिए।


२०८१ फाल्गुन १०, शनिबार प्रकाशित 0 Minutes 413 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।