२०८१ बैशाख ८ शनिबार

हाल सम्म ८०० चिट्ठा बिक्री, २ लाख सहयोग, आइफोन १३ प्रो म्याक्स र खसी उपहार ।

अस्ट्रेलियाको सिड्नी बाट सामाजिक संजाल फ़ेसबुक मार्फ़त नेपाली युवा बिध्यार्थीहरूको एक समुह/संस्था अष्पालि (जब्श एंड इँटरटेण्टमेंट) ले ब्लड क्यान्सर पिडितको आर्थिक सहयोगको निम्ति अष्पालि दशै चिट्ठा कार्यक्रमको आयोजना गरेको छ । हाल सम्म ८०० चिट्ठा बिक्री भइसकेको एडमिन सभिन जंग ले बताए ।

नेपाल, झापा घर भएका बालक-क्षितिज लिम्बुको ब्लड क्यान्सरको उपचारको निम्ति हालसम्म दुई लाख बढ़ी आर्थिक सहयोग गरीसकेको छन र अझै बिक्री हुने थप टिकटको आम्दानी अर्थात् फ़ाइदा सबै हस्तान्तरण गर्ने समेत बताएका छन ।

यूनिभर्सल थट कन्सल्ट (अस्ट्रेलिया,सिड्नी) को मुख्य प्रायोजन रहेको कार्यक्रममा सेनच्युरी क्लिनिंग, पे-रु रेमिट, एभरेष्ट बुचरि, सेल फ़ोन रेस्क्यु अबर्न र वर्षा क्लोजेटको समेत प्रायोजन रहेको छ । कार्यक्रममा कलर्स अफ नेपाल इभेंट्स र डीजे सुशीलको साथ रहेको छ । साथै मुख्य मिडिया पार्टनरको रुपमा बिश्वपाटि मिडिया एण्ड इभेंट्स रहेको छ ।

दशै चिट्ठा कार्यक्रमको प्रथम पुरस्कार आइफ़ोन-१३ मोबाइल फ़ोन र दोस्रो पुरस्कार एक सिंगो खशि रहेको छ । उक्त दशै चिट्ठा कार्यक्रममा इच्छुक व्यक्तिहरूले प्रति टिकट $५ र बढि मा ७ वटा सम्म किन्न पाइने प्रावधान रहेको छ । चिट्ठा ख़रीदका लागी आफ़नो व्यक्तिगत ईमेल मार्फ़त ख़रीद गर्न सकिने छ ।
चिठ्ठाका नियमहरु निम्नानुसार रहेका छन् ।
– प्रत्येक चिठ्ठाको मूल्य ५ डलर रहनेछ, प्रतिव्यक्ति ७ चिठ्ठासम्म मात्र खरिद गर्न सक्नेछन्,
– ईमेलको माध्यमबाट चिठा प्रदान गरिनेछ भने आवश्यक परेमा प्रमाणिकरणको लागी परिचयपत्रसमेत माग्न सकिनेछ,
– चिठ्ठामा दुई नम्बर हुनेछन्, जहाँ एउटा नम्बर प्रतियोगी पक्ष र अर्को नम्बरआयोजक पक्षसँग रहनेछ । अन्तिम दिनमा भने सबै नम्बरहरु मिलाउनु पर्ने हुन्छ ।
– चिठ्ठा किन्ने समयावधि २१ सेप्टेम्बर २०२१ देखि १० अक्टोबर २०२१ सम्म मात्र रहनेछ । यस्तै ११ अक्टोबरमा लाइभमा लक्की चिठ्ठामार्फत भाग्यशाली प्रतियोगी बिश्वपाटि को आधिकारिक फ़ेसबुक पेजबाट लाईभ मार्फ़त छनौट गरिनेछ ।
– अस्ट्रेलियामा बसोबास गर्नेहरुले मात्रै कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
– प्रतियोगी अनिवार्य रुपमा फेसबुक ग्रुप ‘औस्पाली – जब्स एण्ड इण्टरटेनमेन्ट’ मा आबद्ध भएको हुनु पर्नेछ ।
– प्रतियोगीले कार्यक्रमका प्रायोजकहरुको फेसबुक पेज लाईक गरेको हुनु पर्नेछ ।
~ नतीजा प्रकाशन बिश्वपाटिको फ़ेसबुक पेजबाट लाईभ मार्फ़त घोषणा गरिने छ ।

कार्यक्रम मात्र नभई सहयोगको रुपमा यो कार्यक्रम गरीएको हुदा सबैजनाको सहयोग र साथको अपेक्षा रहेको एडमिन सभिनले बताए । अष्ट्रेलिया भरी नै यस कार्यक्रमको सबैजनाले खुलेर प्रशंसा गरेका छन ।

२०७८ आश्विन १२, मंगलवार प्रकाशित 1 Minute 679 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार