२०८१ बैशाख ७ शुक्रबार

३ वर्ष देखि न्युजिल्याण्ड बस्दै आएका सम्पूर्णलाई पिआर दिने न्युजिल्याण्ड अध्यागमनको घोषणा ।

न्युजिल्याण्ड सरकार अन्तर्गतको न्युजिल्याण्ड अध्यागमन ले स्थाई बसोबासको लागि जारी हुने स्थायी बसोबास भिसा (पि आर)का लागि नयाँ नियम ल्याएको छ ।
हाल अस्थाई भिसा (अस्थायी भिषा)मा रहेकाहरुलाई नयाँ नियमले रेसीडेंसी पाउन अब सहज बनाईदिएको छ । जसअन्तर्गत ईमीग्रेसनले बिभिन्न मापडण्ड छुट्टाएको छ । रेसीडेंसी पाउन को लागि २९ सेप्टेम्बर २०२१ मा न्युजिल्याण्डमा भएको हुनु पर्ने छ भने यदी योग्य भिसा पाउन २९ सेप्टेम्बर सम्म आवेदन दिएका र भिसा आउन पर्खेका हरुले पनि रेसीडेंसी को लागि आवेदन दिन पाउने छन् ।
त्यस्तै तलका मध्य कुनै एक मापडण्डमा पनि योग्य हुनु पर्ने भएको छ ।

– ३ वर्ष वा सो भन्दा बढी न्युजिल्याण्ड बसेको वा ।

– २७ डलर प्रती घण्टा वा सो भन्दा बढी आमदानी हुने वा ।

– न्युजिल्याण्ड सरकारले जारी गरेको स्कार्श लिष्ट मा काम गरेको ।

नयाँ रेसीडेंसी को लागि दुई चरणमा आवेदन लिने अध्यागमन ले बताएको छ । जसअन्तर्गत पहिलो चरणमा डिसेम्बर १ देखि र दोस्रो चरणमा मार्च १ २०२२ देखि आवेदन खुला गरिने छ । सबै आवेदन ३१ जुलाई २०२२ सम्म बुझाईसक्नु पर्ने छ ।

२०७८ आश्विन १४, बिहीबार प्रकाशित 1 Minute 1019 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार