२०८१ बैशाख ८ शनिबार

अनेरास्ववियु पोखरा महानगर कमिटीले शुभकामना तथा बिध्यार्थी सम्मान कार्यक्रम आयोजना गर्ने ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन (अनेरास्ववियु) पोखरा महानगर पालिका कमिटी कास्कीले बिजया दशमी २०७८ को अवसरमा शुभकामना आदान प्रदान एवं बिध्यार्थी सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपालिहरुको महान पर्व बिजया दशमीको अवसर पारेर शुभकामना आदान प्रदान संगै पोखरा महानगर पालिका भित्र रहेको सम्पूर्ण माध्यमिक बिध्यालयहरू बाट गत २०७७ सालको एसइई परीक्षामा उत्कृष्ट नतीजा प्राप्त गर्न सफल बिध्यार्थीहरू लाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उक्त शुभकामना तथा बिध्यार्थी सम्मान कार्यक्रम पोखरा-८, जनप्रिय बहुमुखी क्याम्पसको सभाहलमा २०७८ असोज २१ गते घटस्थापनाको दिन बिहान ७:३० बजे बाट कार्यक्रम सुरु गरिने भएको छ ।

अनेरास्ववियु पोखरा महानगर पालिका कमिटीका संयोजक बिनोद भण्डारिका अनुसार अनेरास्ववियु सदैव बिध्यार्थी हकहित र मुलुकको राजनैतिक परिवर्तन अनी बिकासको आन्दोलनको नेतृत्व मात्र नभई शैक्षिक अनी सामाजिक गतिविधिमा समेत सदैब अग्र मोर्चामा रहेको बताए र महानगर कमिटीले पोखरा भित्रका सम्पूर्ण बिध्यालय र अनी बिध्यार्थीहरूको लागी बिभिन्न कार्यक्रमहरु आगामी दिनमा समेत गर्ने बताए संगै उनले उक्त कार्यक्रममा उपस्थितिको निम्ति सबै महानगर पालिकामा अध्यनरत बिध्यार्थी र सरोकारवालाहरू मा अपिल समेत गरेका छन ।

२०७८ आश्विन १८, सोमबार प्रकाशित 1 Minute 482 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार