एनआरएनए न्यु साउथ वेल्समा अशोक उप्रेतीको दबदबा ।
सिडनी अष्ट्रेलिया ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको उपाध्यक्ष र न्यु साउथ वेल्स राज्यको संयोजकको लागी टिम परिवर्तनको तर्फबाट अशोक उप्रेतीले उम्मेदवारी घोषणा गरेका छन्। आज (जुलाई २ तारिख आईतबार) सिड्नीमा टिम परिवर्तन उम्मेदवार घोषणा सभा बीच उप्रेतीले आगामी २०२३–२५ सम्मको कार्यकालका लागि एनएसडब्लुको संयोजकमा उम्मेदवारी दिएका हुन्।
अष्ट्रेलियाको नेपाली समाजको हकहितका लागि लामो समय सम्म एनआरएनए अष्ट्रेलियामा सक्रिय रहेका उप्रेती अघिल्लो (२०२१–२३) को कार्यकालमा एनएसडब्लु बाट एनसीसी पदमा रहेर काम गरिसकेका छन्। एनएसडब्लुका विभिन्न नेपाली संघ संस्थामा आबद्ध संगै नेतृत्वमा रही लामो समयको अनुभव लिईसकेका अशोकले एनआरएनए एनएसडब्लुको संयोजक पदका लागि आफु सक्षम रहेको बताएका छन ।
उम्मेदवारी घोषणा कार्यक्रममा उप्रेतीले एनआरएनए भित्र सामाजिक सेवा, भावना, बिध्यार्थी फ़ोकस, युवा मैत्री, राजदूतावास संगको सहकार्य, नेपाली समुदायको निम्ति कटीवद्ध रही काम गर्नुको बिकल्प नरहेको बताए। उनले अष्ट्रेलियाको नेपाली समुदायले एनआरएनए बाट ठुलो आशा अनी बिश्वास रहेको हुदा त्यो साखलाई जोगाऊनको लागी टिम परिवर्तन प्रतिवद्ध रहेको बताए।
उनले एनआरएनएको निर्वाचनमा सही अनी सक्षम र दुःख होस या सुख आवश्यक परेको बेलामा उपस्थित हुन सकने नेतृत्वको चयन गर्न सम्पूर्णमा अपील समेत गरेका छन । संस्था भित्र केही बेतीथी रहेको छ सदस्यता लीनको निम्ति जुन किसिमको गलत कार्य हामिले छताछुल्ल देखेका छौ त्यस्को मूल्यांकन केवल मतदाताहरू को हातमा रहेको हुदा सही व्यक्तिलाई भोट हाल्न सके मात्र संस्थाको सुदृढ़ीकरण हुने बताए ।
उक्त उम्मेदवार घोषणा सभामा समाजका पुराना व्यवसायी, समाजसेवी, पूर्व एनआरएनमा रहेका लामो समय काम गरेका व्यक्तिहरू, युवाहरू र एनएसडब्लु संगै अष्ट्रेलियामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी र प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
टिम परिवर्तनको तर्फबाट अध्यक्षको रुपमा नेपाली समाजमा चिर परिचित एवं सामाजिक व्यक्ति देब बहादुर गुरुंग र महासचिवमा बिगत १ दशक भंदा लामो समय एनआरएनए मा काम गारिसकेकी महिला आवाजको नेतृत्व समाजसेवी उषा किरण बारिया रहेकी छन । यो संगै टिम परिवर्तनको जीत पक्कापक्की रहेको एक सामाजिक अगुवाले बिश्वपाटीलाई बताए ।
एनआरएनए अष्ट्रेलियाको २०२३-२०२५ को नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई २९ तारिखमा निर्वाचन हुँदैछ।