२०८३ बैशाख १५ मंगलवार

लोक तथा दोहोरि गायक सुमन खड्का को सृजनामा लोक दोहोरि गीत ‘नारेपा’ (कम्मर मर्काइ मर्काइ) सार्वजनिक

लोक तथा दोहोरि गायक सुमन खड्का को सृजनामा लोक दोहोरि गीत ‘नारेपा’ (कम्मर मर्काइ मर्काइ) सार्वजनिक भएको छ । ग्रामिण भेगको लाहुरेको कथा समेटिएको उक्त गीत मा स्वयम सुमन खड्का, गायक अनिल चापागाई , गायिका कमला सुनार र रोशनि घर्तिले आवाज दिएका छन । चार जनाको संयुक्त आवाज रहेको यो गीत को सङ्गीत संयोजन दिबस थापाले गरेका छन भने गीतको रेकर्डिङ्ग बासुरि डिजिटल पोखरामा भएको थियो । होम गुरुङ द्वारा निर्देशन गरिएको नारेपा गीतमा चर्चित मोडल लोमश शर्मा र अस्मिता रणपालको अभिनय रहेको छ ।


लाइभ दोहोरि कार्यक्रम फेवा चौतारि मार्फत आफ्नो कला डिजिटल दुनिया मा प्रस्तुत गरेका खड्काले दर्जनौ गीत मा कलमको मसि खर्चिएको भएपनि आफ्नै आवाजमा भने यो तेस्रो गीत हो । गायिका कमला सुनार को पनि यो तेस्रो नै औपचारिक गीत भएको बताउछिन्। आवाजमा माधुर्यता भरिएको कमलाको आवाजले सुनमा सुगन्ध थपिएको आभाष गराउछ । गायिका रोशनि घर्तिको पनि यो पहिलो काम होइन , तर यो गीतबाट अलि बढी आसावादी भएको उनि बताउछिन। गायक अनिल चापागाइको भने यो पहिलो गीत हो । साङ्गितिक क्षेत्रमा नयाँ भएपनि दुबैको आवाजमा खोट लगाउने ठाउँ भने छैन । हल्का मुस्कान सहित गाएजस्तो सुनिने अनिलको आवाजले गीतलाई झनै मिठो बनाएको छ । रोधिमा घन्किने रोशनि को आवाज ले सबैलाई छमछमि नचाएको छ ।
लाहुरबाट आएको लाहुरे र गाउँबाट सहर झरेकि युवतिको भेट बाट सुरु भएको कथा गाउँका उकालि ओरालीको यात्रा हुदै मौलिक शैलिको रोधिमा लगेर टुङ्ग्याएका छन निर्देशक गुरुङले । ‘
काधमा पोको हातैमा गेलिन , बाग्लुङ बजार झरेकि के लिन ‘ ‘
बोकि आए नारेपा जर्किन , नचाखि त पाउदैनौ फर्किन ‘
यस्तै सवालजवाफ ले बुनिएको ‘नारेपा’ गीतमा गेलिन’ , जर्किन’ , काधको पोको जस्ता मौलिक शब्दलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन सर्जक खड्का ले । चैत २ गते सुमन खड्का को युटुब च्यानल मार्फत सार्वजनिक गरिएको सो गीतले सामाजिक सन्जालमा राम्रै चर्चा बटुलिरहेको छ।

पिएनमा कानुन अन्तरकलेजस्तरीय क्रिकेट प्रतियोगिता , पहिलो दिनको खेल सकिदा पिएन अग्रस्थानमा !

पिएनमा कानुन अन्तरकलेजस्तरीय क्रिकेट प्रतियोगिता , पहिलो दिनको खेल सकिदा पिएन अग्रस्थानमा

पोखरा । कानुन सङ्काय पृथ्वीनारायण क्याम्पसको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रबारका तीन खेलमा सबैले टोलीले एक एक जित निकाल्न सफल भएका छन्। अन्नपूर्ण खेल मैदान बगरमा भएको पहिलो खेलमा पृथ्वीनारायण क्याम्पसले नेपाल ल क्याम्पसबाट पाएको १०५ को लक्ष्य ७.५  ओभरमा सक्दै ९ विकेटले पराजित गर्न सफल भएको थियो ।

दोस्रो खेलमा नेपाल ल क्याम्पसले टस जितेर १५  ओभर पुरा पारी खेल्दै १७० रन बनाउन सफल भएको थियो। जवाफमा १ सय  १७१ रनको लक्ष्य पछ्याएको नेशनल ल क्याम्पसका  अजयले अर्ध सतक पारी खेल्दा पनि आफ्नो टिमलाई जित निकाल्न नसक्दा नेशनल ल कलेज २५ रनले हार बेहोर्नुपरेको थियो ।

त्यसै गरि तेस्रो खेलमा नेशनल ल क्याम्पसले टस जितेर १५  ओभर पुरा पारी खेल्दै १५७ रन बनाउन सफल भएको थियो। जवाफमा १ सय  १५८ रनको लक्ष्य पछ्याएको पृथ्वीनारायण क्याम्पसका  कुशल नेपालको २० बल मा ३५ रन तथा आदर्श झाको ८ बलमा २१ रनको विस्फोटक पारी खेल्दा पनि आफ्नो टिमलाई जित निकाल्न नसक्दा  पृथ्वीनारायण कलेज २१ रनले हार बेहोर्नुपरेको थियो ।

पहिलो खेलमा ४ विकेट लिदै प्रविन काफ्ले, दोस्रो खेलमा २७ बल ५८ रनको विस्फोटक पारी खेल्दै विक्रान्त तथा दिनको अन्तिम खेलमा १० बलमा ३५ रनको विस्फोटक पारी खेल्दै सितोस उत्कृष्ट खेलाडी हुन सफल भएका थिए।

विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्स ✍️ झपट रानाभाट ।

विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्स ।
सिडनी । अष्ट्रेलिया । आजभन्दा करीव २ सय ०६वर्ष अघि अर्थात् ५ मे, १८१८ मा जन्मिएका विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता हुन्, कार्ल मार्क्स ।
         राईन प्रान्त ट्रीर(त्रियेर) नगरका वकिल हर्शल माक्र्सका छोरातर्फ जेठा सन्तानको रूपमा उनको जन्म भएको थियोे ।उनको परिबार यहूदी थियोे ।कार्लका हजुरबुबा र पुषाजु यहूदी पण्डित थिए।यद्यपि माक्र्सको परिबारमा धार्मिक कट्टरता कत्ति पनि थिएन।तर,पनि कार्लकी आमा हल्याण्डको प्रेसवर्ग परिबारकी थिइन् ,जहाँ यहूदीहरुको पूरोहित्याईको मात्र काम हुन्थ्यो ।
        माक्र्सका तीन भाइ र चार बहिनी थिए ,भाइ डेबिडको भने सानैमा मृत्यु भएको थियो। माक्र्सका बाबु हर्शललाई यहूदीहरुको परम्परागत ब्याज खाने र लोभी प्रवृत्तिप्रति घृणा थियो।त्यस्तै उनका पितामा फ्रान्सको क्रान्तिका प्रेरणादायी ब्यक्तिहरु रुसो र भोल्तेयरका क्रान्तिकारी बिचारहरुको राम्रै प्रभाव परेको थियो,ती क्रान्तिकारी बिचारका लेखहरु हर्शलले धेरै पटक पढेका थिए ।कार्लका बाबु हर्शलका बिचारमा प्रबल परिवर्तन आइसकेको थियोे ।फलस्वरूप :हर्शलले यहूदी धर्म छोडी प्रोटेस्टेन्ट ईसाई भै आफ्नो नाम समेत हर्शलबाट हेनरिक राखेका थिए। त्यो धर्म परिवर्तनबाट उनलाई प्रशामा वकालत गर्न सहज भएको थियो ।
  प्रशामा उसैपनि यहूदीहरुसित राम्रो ब्यवहार गरिदैन्थ्यो।उनीहरू माथि थुप्रै प्रकारका थिचोमिचो र प्रतिबन्धहरु थिए। कार्लका पिता ईसाइ भएकोले ती प्रतिबन्धहरुबाट उनलाई छुट थियो । हर्शल(हेनरिक) आफैं पनि इमानदार ,मिहिनेती ,सु-  संष्कृत र विचारमा दृढ थिए । उनको ठूलो गुण उनी राष्ट्रबादी थिए ।प्रशामा व्यापक सुधार र परिवर्तनका बाबजुद उनले नेपोलियन बोनापार्टको शासन मन पराएनन्।जबकि ,नेपोलियनले प्रशामा सबै जनसमुदायलाई बराबर अधिकार दिएका थिए,त्यो फ्रान्समा पहिलोपटक थियोे ।त्यतिबेलासम्म प्रशामा यहूदी र ईसाइहरु बीचको द्वन्द र भेदभाव बोनापार्टले अन्त्य गरेका थिए,यहूदीहरुलाई त त्यहाँ पहिले दोश्रो ब्यवहार गरिन्थ्यो। ती परिवर्तन निकै महत्त्वपूर्ण थिए ।यद्यपि हेनरिक(हर्शल) को राष्ट्रबादले त्यो कुरा मन पराएन।किनकि ,कार्लमाक्सका पिता हर्शल (हेनरिक) मा राष्ट्रप्रेम,प्रगतिशील आचरण र बौद्धिकता जस्ता तत्वहरु सङ्गसङ्गै उपस्थित थिए। उनको बुवामा भएका ती तत्वहरु र क्रान्तिकारी स्वभावको प्रभाव कार्लको बिकाससमा राम्रै परेको थियोे ।
      कार्लमाक्सलाई आफ्नो बाल्यकालमा निकै प्रेरणादायी ,उत्साहजनक ,ममतापूर्ण र सुखद वातावरण थियोे ।बुवाआमाको सुखद दाम्पत्य जीवनले उनको बाल्यकाल पनि सम्पन्नतापूर्वक बित्यो।घरमा हजुरआमा ,भाइबहिनी र बुवाआमा थिए ।ती सबै मिलेर कार्लको भविष्यको मजबुत जग हालेका थिए ।
     अत्यधिक सुखसुबिधामा नानीबाबु बिग्रेका हुन्छन् भन्ने कुरा कार्लका बाआमा दुबैलाई राम्रोसँग थाहा थियो,माक्र्सलाई बाहिर पढ्न पठाउदा यो कुरा र खर्च धेरै गर्नुहुन्न भन्ने कुरा  राम्रोसँग काउन्सेलिङ्ग गरेर पठाइएको थियोे ।कार्लका बाआमा उनको भविष्यको बारेमा ज्यादै चिन्तित थिए। सम्पन्न परिबारका बच्चाहरु लक्ष्य र उद्देश्यबाट नभड्किओस कार्ल भन्ने चाहन्थे। कार्लमाक्र्सको उचित बिकासका लागि उनका बाबुआमा निकै सतर्क र प्रयासरत थिए,बाबुआमाको गाईडलाईनको भरपुर असर उनको ब्यक्तित्वमा परेको थियो।
     माक्र्सको पढाइको आरम्भ त्रियेर नगरबाटनै भएको थियो।उनी बढी भन्दा बढी समय पढ्नमा लगाउथे। पठनपाठन बाहेक शारीरिक ब्यायाम आदिमा पनि माक्स सजग नै थिए। उनले शुरुका कक्षाहरु अपेक्षित सफलता साथ पास भए।सन् १८३५ मा उनले आफ्नो शहरको पढाइ पूरा गरे। सन् १८३५ मा आफ्नो शहरको अध्ययन पूरा गरे।यी बर्षहरु जर्मनीको लागि धेरै महत्त्वपूर्ण थिए। सन् १८३० मा फ्रान्समा फेरि क्रान्ति भयो,जसको प्रभाव जर्मनीका रियासतहरु माथि पनि पर्यो र बिद्रोह भड्कियो।उत्तर -दक्षिणका रियासतहरुमा एकसाथ भड्किएका बिद्रोहले त्यहाँका शासकहरु डराएका थिए र उनीहरूले सन् १८१५ को उदार संविधान फेरि लागू गर्नुपर्यो।फलस्वरूप :प्रशा जस्ता एक दुई रियासतहरुलाई छोडेर जर्मनीका सबै रियासतहरुमा कानुनी शासन स्थापित हुन सकेको थियो।
    आर्थिक क्षेत्रमा प्रशाको नेतृत्वमा ब्यापार -ब्यवसायको दृष्टिबाट एक सङ्घ पहिल्यै बनेको थियो।पूजीबादको प्रचारप्रसार पनि त्यहाँ भैरहेकै थियो। यन्त्रहरुको प्रयोगले किसान र कालिगढहरु दिनदिनै बेरोजगार भैरहेका थिए,राजनीतिक क्षेत्रमा उदारबादको हावा चल्दै थियो तर ती सबै कुराहरु धेरै दिन टिक्न सकेनन् ।तत्कालीन बेलामा अष्ट्रीयाका प्रधानमन्त्रीले सभा ,भाषण,उत्तेजनापूर्ण र क्रान्तिकारी लेख लेख्ने कुरालाई कानून नै बनाएर दमन गरेका थिए ,शैक्षिक संस्थाहरुमा निगरानी ,दमन र कठोर नियन्त्रण गरिएको थियो।राष्ट्रियताको प्रचार गर्ने मानिसहरुलाई कठोर सजाय दिने,हजारौं देशभक्तहरुलाई देश निकाला गर्ने सम्मको दमन  गरिएको थियो।निरङ्कुश मेटर्निखको आदेशमा उदारबादी संविधान निष्क्रिय पारिएको थियो ।परिवर्तनकामी शक्तिहरुलाई दबाएर सिङ्गै जर्मनीमा तानाशाही ब्यवस्था लागू गरिएको थियोे ।
   ती सबै महत्त्वपूर्ण  ऎतिहासिक घट्नाहरुले किशोर माक्र्सको मन-मष्तिष्कमा पूरै असर गरेको थियोे । सन् १८३०-३५ सम्म कार्लमाक्सको शिक्षा त्रियेर नगरको उच्च माद्यामिक स्कुलमा भयो।त्यहाँ अध्ययन गर्दै आफ्नो अन्तिम परीक्षाको लागि “ब्यवसायको चयनमा एक तरुणको बिचार”नामक प्रसिद्द निबन्ध लेखे,जुन निबन्धमा उनको सोच,प्रतिभा ,भावी आस्था र नविनतम बिचारका यथेष्ट सङ्केतहरु थिए।त्यो निबन्ध लेखनलाई कार्लले परीक्षा उत्तीर्णका लागि मात्र नभै धेरै जिम्मेवारी र गम्भीरतापूर्वक लिएका थिए ,त्यो निबन्धमा उनले उल्लेख गरेका छन् कि,यदि यस्तो ब्यवसायको चयन गर्ने हो ,जसको माध्यमबाट समग्र मानवजातिको व्यापक हित र भलाई गर्न सकिन्छ भने ब्यवसायको भारी तब अनुभव हुँदैन ,बरु त्यो करोडौंसित जोडिएको हुन्छ।
   यसप्रकार त्यो निबन्धले कार्लभित्र चलिरहेको उथलपुथल र त्यस्तो किशोर कार्लले सारा मानव समुदायको हितमा काम गर्ने दृढ ईच्छा शक्ति छ्याप्छ्याप्ति देख्न सकिन्थ्यो । उनमा बाबू हर्शल(हेनेरिक) जस्तै उनको विचारमा  नीजी महत्वाकांक्षा ,पद्लोलुपता जस्ता चीजहरु धेरै घटिया थिए।त्यो सोच उनका बुवामा परेको फ्रान्सेली क्रान्तिबाट प्रेरित र प्रभावित थियो। उनका तीनै बिचारनै कार्लमाक्सको पूरै बैचारिक र क्रियात्मक ब्यक्तित्वको आधार बन्यो।
       स्कुल शिक्षा पूरा गरिसकेपछि कार्लले उच्च शिक्षाको लागि सन् १८३५ मा  बोन बिश्वबिद्धालय भर्ना भए।वास्तवमा एक सफल पिता आफ्ना सन्तानलाई सफलताको सही बाटोमा नै हिडाउन चाहन्छ्न जुन बाबुमा ब्यावसायिक ज्ञान छ,त्यस्ता बाउहरु आफ्ना सन्तानलाई जोखिम बोक्न दिन चाहदैनन् ।उनका बाबू हर्शल छोरालाई पनि प्रतिष्ठापूर्ण  वकिल बनाउन चाहथे।कार्ललाई कानून पढ्न बोन पठाइएको भएता पनि कानून बाहेक उनको दोश्रो बिषय अर्थशास्त्र थियो। कार्ल पढ्न कानून पढे पनि त्यसमा उनको रुचिनै थिएन ।उनी वकिल बन्न चाहदैन्थे,त्यो कुराको राम्रै छनक आफ्नो हाइस्कुलको निबन्धमा  दिइसकेका थिए,माक्र्स यस्तो बिषय छनौट गर्न मन पराउथे,जससङ्ग व्यापक मानव हित र मुक्ति जोडिएको होस् ।
   बोन बिश्वबिद्धालयमा पढाइको समयमा कार्ल निकै सक्रिय र ब्यस्त रहन्थे,बचेको समयमा अरु बिषयका किताबहरु पनि पढ्थे।त्यस बाहेक बिश्वबिद्धालयमा समय-समयमा आयोजित इतिहास ,साहित्य ,सौर्न्दर्य शास्त्र आदि बिषयहरुको वर्णन पनि सुन्थे।
      त्यही समयमा कार्लको जेनीसित टिकाटालो भयो।जेनी एक सरल,सुन्दर र सम्भावनाहरुले भरिपूर्ण युवती थिइन् । जेनी एक अभिजात्य परिबारकी सन्तान र कार्लकी जेठी दिदी सोफीकी साथी र आफ्नो साथीकी बहिनी थिइन् ।राम्री,तीक्ष्ण बुद्धि र उदात्त बिचारकी उनीसँग कार्ल शुरुदेखिनै प्रभावित र लोभिएका थिए।जेनी कार्ल भन्दा ४ बर्ष जेठी भएपनि कार्लको प्रखर बौद्धिकता र बैचारिक स्पष्टताले कार्लसित प्रभावित नै थिइन् ।उनीहरू दुबैजनाले एक-अर्काको लागि सबैभन्दा उत्तम महसुस गरे,त्यो आबेग थिएन ,बैचारिक रूपमा एक-अर्कामा प्रतिबद्ध थिए।
   जेनीको पारिवारिक पृष्ठभुमि कार्लभन्दा धेरै धनी र माथिल्लो ओहोदामा काम गरेका थिए ।उनका हजुरबुबा फिलिप बेस्ट फालन बेलायतको अत्यन्तै कुलीन परिबारकी बिबाह भएका  सैनिक मामिलामा बिशेष जानकार प्रधानसेनापति थिए।जेनीका हजुरबुबाको प्रभाव जेनीका बाबुमा पनि थियो ।जेनीका बाबु लुडबिङ्ग वेस्ट्बफालन हजुरबुबाकै प्रेरणाको कारण प्रशा सरकारका कैयौं महत्त्वपूर्ण पदमा रहे,प्रशा सरकारको गभर्नर पनि भए।गेटे र शेक्सपियरका साहित्यमा पनि जेनीका बाबू दखल राख्थे।कार्लले तिनीहरूबाट नै यूरोपियन समाजबादको परिचय प्राप्त गरेका थिए।कार्लमाक्स शुरुदेखिनै जेनीका बाबु लुडबिङ्गको ब्यक्तित्वबाट प्रभावित थिए।कार्लका बिचारहरुलाई पनि उनले चर्चा नै गर्थे।
     आफ्नी छोरी जेनीसित ईङ्गेजमेण्ट भएतापनि लुडबिङ्ग किशोर कार्लभित्र अर्कै आगो सल्किन लागेको देखिरहेका र महसुस गरिरहेका थिए तथापि त्यो आगो कम्जोर र सुरुवाती चरणमै भएको अनुमान गर्न गाह्रो थिएन।त्यही अनुमानको कारणले उनले आफ्नी छोरी जेनीसित कार्लको बिबाहको स्वीकृति दिए।तर,उनका धेरै नातेदारहरुले त्यो नातालाई बेमेल सोचेका थिए ,यसकारण त्यो टिकाटालाको बिरोध गरेका थिए,उनीहरूले कार्ललाई प्रत्येक दृष्टिले अयोग्य ठानेका थिए।
    त्यस्तै कार्लका बाबु हेनेरिक(हर्शल) पनि त्यो नाताको बिरोधी थिए तर त्यो बिरोधको कारण अर्कै थियो।किनकि ,उनी आफ्ना छोराका बिचार र लक्ष्यहरुबाट कार्लमाक्सको भाबी ब्यक्तिगत जीवन खतरनाक छभन्ने अनुमान र आशङ्का गरिरहेका थिए र ती अनुमानहरु सही पनि थिए।त्यस्तो अवस्थामा एक सम्भ्रान्त परिबारकी सुकुमार केटीलाई बुहारी बनाउदा बढी हुन्छ जस्तो लागेको थियो।तर पनि अन्ततः हर्शलले पनि त्यो नातालाई स्वीकार्नै पर्यो। जेनीलाई छनौट गर्नु सही रहेछ भन्ने ढिलै भए पनि  भ्याम पाए।आफ्नो छोराको लागि एक योग्य र असल जीवनसाथी सावित हुनेछिन भन्ने बल्ल बुझे।यद्यपि ,टिकाटालो भएता पनि कार्लले पूरै ध्यान पढाइमा लगाउने,पढाइ पूरा नहुन्जेलसम्म जेनीसित भेटघाट हुन नदिने बाचा गराइयो। तर,जेनीका परिबारका सदस्यहरुले अन्तिमसम्म त्यो नाताको बिरोध गरिरहे।बिरोध गर्ने काम,त्यसबेला झन् बढ्यो जुनबेला सरकारले माक्र्सलाई एक नम्बर शत्रुको रूपमा सूचना टास्यो र सरकारी जागिरको बाटो बन्द भयो।भविष्यका खतरापूर्ण अवस्थाको आङ्कलन गर्दै ईङ्गेजमेण्ट भङ्ग गर्ने सल्लाह दिइयो तर जेनीका बाउआमाले त्यो नाताको पक्षमा स्थायी मन बनाएका थिए ,घात गरेनन् र नाता टुटेन। सन् १८४३ जून १९ मा बिहे भयो।
      बर्षभरि बोनमा पढिसकेपछि जब माक्र्स आफ्नो थप अध्ययनको लागि बर्लिन पुगे,उनलाई त्यो स्थान आफ्नो बहुआयामिक क्षमता बिकास गर्न ठीक माने।उनले त्यहाँ आफूलाई बढीभन्दा बढी सिक्ने ,बुझ्ने काममा लगाए।बिश्वबिद्धालयमा दर्शन ,इतिहास,कला र साहित्यमा थप ज्ञान हासिल गरिरहेकै थिए ,अङ्ग्रेजी र ईटालियन भाषा पनि बराबर सिक्दै थिए। अध्ययन गरेका पुस्तकहरुको सार र महत्त्वपूर्ण उद्दरण जहिल्यै लेख्थे। त्यही समयमा उनले आफूलाई एक लेखक र कविको रूपमा आफ्नी जेनीको प्रेरणाले बिकास गरे।जेनीप्रतिको अथाह र अबर्णित प्रेम र जेनीको अनुपस्थिति उनका गीतहरूमा व्यक्त भयो।ती कविताहरु जेनीको मायाले सताएर सृजना भएकोले उनकै नाममा समर्पित गरिएका थिए। ब्यङ्ग्यात्मक कविताहरु पनि लेखे। तर,मुख्य कुरा सूक्ष्म अध्ययन र बिश्लेषणात्मक लेखहरु निरन्तर लेखे। अध्ययनको व्यग्र भोकले उनलाई अन्ततः हेगेलसम्म पुर्‍यायो। प्रशामा त्यसबेला हेगेलका बिचारहरुको चर्को दबदबा थियो।ती बिचारहरुलाई सरकारी जतन पनि थियोे ।माक्र्स पनि छिट्टै ती बिचारहरुको प्रभाव क्षेत्रमा गए।
            साहित्य ,कला र दर्शनको लत लागेको ब्यक्तिमा कानून को किताबमा मन लाग्ने कुरा भएन। बाबुको ईच्छानुरुप कानून पढेर वकिल बन्ने कुरा माक्र्सलाई मन नपर्ने कुराले माक्र्सको मन अशान्त त पार्यो।उनी छिटो घर पुगेर बाउआमालाई भेटी आफूले चाहेको निर्णय लिन र अशान्त मनस्थितिलाई शान्त पार्न चाहन्थे।त्यही सन्दर्भमा उनले बाबुलाई चिट्ठी लेखे तर बाबुले उनलाई घर जाने अनुमति दिएनन् र पढाइ जारी राख्ने आदेश गरे। कार्लले त्यो आदेश पालन गरे।
     त्यहीबेलामा उनका बाबु सिकिस्त बिरामी परे र  सन् १८३८ मे १० मा मृत्यु भयो,जसले कार्ललाई ठूलो चोट पर्यो,बज्र  प्रहार भो,हर्शल उनका पिता मात्र थिएनन् ,एक प्रेरणा र बैचारिक शक्तिका स्रोत थिए।जतिबेला उनलाई ती प्रेरणापुन्ज र बैचारिक  पथप्रदर्शनको ज्यादै आवश्यकता थियोे ,त्यहीबेला बाबु गुमाए।यद्यपि कार्लले आफ्नो बिचारयात्रा निरन्तर जारी राखे।
        एकातर्फ माक्र्सले आफ्नो बिचारयात्राका सामग्रीहरु जुटाउदै थिए भने अर्कोतर्फ युरोपमा धेरै उथलपुथल र राजनीतिक हलचल  भैरहेका थिए। बाफले चल्ने मेशिनहरुको तीव्र वृद्धिले पूजीबादको प्रसार र किसान अनि हस्तकलाकर्मीहरु दिनहुँ बेरोजगार भैरहेका थिए।त्यसको असर सामन्ती उत्पादन सम्बन्धमा पर्नु स्वाभाविक नै थियो। ती सम्बन्धहरुमा बिखण्डन र बिभाजन त्यससङ्गै शुरूवात भयो।पूजीबादको बिकासले मजदुर आन्दोलनको जन्म भयो। जर्मनीका ती सारा उथलपुथलसित अलगअलग रहनु माक्र्सका लागि सम्भव हुने कुरा थिएन ।जहाँ सामन्ती र पूजीबादी दुबै किसिमका दबाबले एकैसाथ काम गरिरहेका थिए ,त्यसको भित्रभित्रै बिरोध पनि हुन थालेको थियो। सामन्ती र पूजीबादी सोच -ब्यवहारको जसले बिरोध गरिरहेका थिए,प्रायः तिनीहरू सबै हेगेलका अनुयायी र सहयोगीहरु थिए,जसले क्रान्ति चाहन्थे।कार्लमाक्सको सम्पर्क तिनै परिवर्तनकामी र हेगेलबादीहरुसित भयो।कार्ल अझै त्यतिबेलासम्म विद्यार्थी नै भएपनि दर्शनशास्त्रका धेरै ब्याख्याताहरु उनका साथी भए।
                   जेसुकै भएतापनि कार्लमाक्सको बिचारको बिकासयात्रामा हेगेलका बिचारहरुको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहेकोछ। हेगेल आफैं नयाँ किसिमका बिचारक थिए।उनले नै पहिलोपटक “प्रकृति र समाज दुबैको बिकास कहिल्यै पनि दिशाहीन हुँदैन ,यिनीहरूको एक निश्चित बिकास प्रक्रिया हुने गर्दछ,यो प्रक्रिया आफ्ना केही नियमहरुसित बाधिएको हुन्छ”भन्ने कुरा प्रतिपादित गरेका थिए। हेगेलले बिकास प्रक्रिया भित्र काम गरिरहेका ती नियमहरु पत्ता लगाउन कोसिस गरे।उनी कुनैपनि घट्नालाई काटेर वा सबैबाट अलगअलग गरेर हेर्दैन्थे।  हेगेल त्यस घट्नालाई त्यसको उत्त्पति ,बिकास र बिनासको दृष्टिले हेर्थे र बुझ्थे।उनको त्यही पद्धति द्वन्द्वात्मक पद्धतिको रूपमा बिश्वभरि स्थापित छ।
            हेगेलको त्यो पद्धति निकै महत्त्वपूर्ण र बैज्ञानिक थियो ।तर पनि ,त्यो पद्धतिको प्रयोग गरेर,समाजको पूरै प्रक्रियालाई बुझ्ने काम गर्न हेगेलले सकेनन् र उनका लागि त्यति सम्भव पनि थिएन ,उनको राजतन्त्रमा आस्थाका कारणले। हेगेलमा भएको केही पूर्वाग्रह र गलत निष्ठाले गर्दा बितेको समयको बिकासलाई बुझ्न -बुझाउनको लागि त गरे तर आफ्ना वर्तमान अवस्थाहरुमा त्यसलाई लागू गरेनन् ।यद्यपि हेगेलले त्यस्तो गर्न सक्थे,गर्नुपनि पर्थ्यो,उनले गरेनन् किनकि ,उनी राजतन्त्रबादी थिए। उनले समाज ब्यवस्थाको बिकासक्रममा राजतन्त्र बिकास प्रक्रियाबाट प्राप्त सबैभन्दा राम्रो शासन ब्यवस्था हो र त्यो ब्यवस्थालाई जोगाइराख्नु पर्छ भन्ने सार निकाले। राजतन्त्रप्रति हेगेलको त्यो नीजि अन्धबिश्वास उनको अध्ययनक्रमको  सबैभन्दा ठूलो अवरोध बन्यो। अर्कोतिर ,हेगेलबादको प्रयोग राजाबादीहरुले आफ्नो हकमा गरे,हेगेलको त्यो मान्यताबाट राजतन्त्रबादीहरुलाई सबैभन्दा ठूलो राहत मिल्यो,त्यही सहाराले राजतन्त्रका थुप्रै बिकृतिबिसङ्गतिहरुलाई लुकाउने काम गरे।त्यसकारण हेगेलको दर्शनलाई प्रशामा जतन भयो र हेगेलबादीहरुलाई ठूल्ठूला सरकारी नियुक्तिहरु दिए।
   हेगेलका बिचारको अर्को एक आधारभूत कमजोरी पनि थियो,प्रकृतिलाई उनले मानिसको चेतनाको अधीन  मान्थे अर्थात प्रकृति दोश्रो र चेतना प्रधान ।हेगेलको पूरै सोच त्यही धारणाको आधारमाथिबतयार भयो।त्यही बिषयमा कार्लमाक्सले उनलाई टाउकोको बलमा उभिएको भनेका थिए अर्थात मानिसले खुट्टाले टेक्ने हैन,टाउकाले अडिएको हो। यद्यपि हेगेलको त्यो दृष्टि महत्त्वपूर्ण त थियो ,जसले मानवजातिको इतिहास र उसको बिकासक्रमलाई द्वन्द्वात्मक आधारमा बुझ्ने बुझाउने कोसिस गर्थ्यो। कार्लमाक्सका लागि त्यही दृष्टि नै सबैभन्दा बढी महत्वको थियो। वास्तवमा कार्लमाक्स समाज,ईतिहास ,अर्थतन्त्र आदिको गतिशीलतालाई बुझ्न त चाहन्थे तर कसरी बुझ्ने खास सूत्र मिलेको थिएन ।हेगेलको द्वन्द्वात्मक पद्धतिको रूपमा उनलाई त्यो सूत्र प्राप्त भयो,जसको सफल प्रयोग गरेर नै उनले इतिहासको अन्धकारलाई सूक्ष्म अध्ययन गर्न सके र माक्र्सले आफ्नो दर्शनको पूरै भवन स्थापना गर्न सके। यस  अर्थमा माक्र्सका लागि हेगेलका बिचारहरु सबैभन्दा ज्यादा उपयोगी भए।
  कार्लमाक्स तीक्ष्ण बुद्दी र मष्तिष्कका त थिए नै,सबै वस्तुहरुलाई तिनीहरुको पिधसम्म पुगेर हेर्ने,बुझ्ने प्रतिभा पनि उनमा थियो । जसले गर्दा कार्ल हेगेलपन्थीहरुका `डाक्टर क्लब´ का महत्त्वपूर्ण सदस्य बने जहाँ उनको ज्यादै ठूलो इज्जत थियो।
          कार्लले डेमोक्रीट्स र  एपिक्यूचरसका प्रकृति दर्शनहरुमा फरक बिषयमा पीएच.डी.हासिल गरे।आफ्नो शोधको बिषय पनि कार्लले ती दर्शनहरुको प्रतिनिधि दार्शनिकहरुलाई बनाए।तर,एपिक्यूरसका बिचार धर्म र अन्धबिश्वासहरुको विरुद्धमा थिए।दार्शनिक एपिक्यूरसले धर्म र  अन्धबिश्वासको विरुद्ध ठूलै संघर्ष पनि गरेका थिए। तर,हेगेलले ती कुराहरू कहिल्यै मन पराएनन्। यद्यपि ती बिचारहरु र  संघर्षहरुले माक्र्सलाई धेरै बैचारिक उर्जा प्रदान गरेको थियो। अर्कोतर्फ दार्शनिक डेमोक्रीयट्सको दर्शन भौतिकबादी थियो । उनले प्रत्येक घट्नाको आफ्नै एक कारण हुन्छ भन्ने मान्थे र प्रत्येक वस्तु अन्तमा समाप्त  हुन्छ,वस्तुहरुले मात्र आफ्नो स्वरुप परिवर्तन गरिरहन्छ्न् भन्ने पनि उनको मान्यता थियोे ।
     कार्लमाक्सको बिचारयात्रामा उनको त्यो सोधग्रन्थको ठूलो भूमिका रह्यो। प्रशा सरकार निरङ्कुश राजतन्त्रात्मक थियोे ।त्यसको अतिरिक्त धार्मिक र अनुदारबादी थियो। त्यस्तो अवस्था मा माक्र्सका ती बिचारहरुको बिरोध स्वाभाविक रुपले भयो। माक्र्सलाई उनको सोधग्रन्थमाथि निषेध हुन्छ कि भन्ने डर थियो।त्यसैले उनले आफ्नो शोधग्रन्थ बोन बिश्वबिद्धालयलाई दाखिला नगरी सन् १८४१ अप्रिलमा  जोन बिश्वबिद्धालयमा गरे। उनी प्रशा सरकारका कडा निशानीमा परे।
          आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनीतिज्ञ कार्ल मार्क्सले सन् १८४८ मा २९ वर्षको उमेरमै फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणा पत्र लेख्नुभएको थियो । यो त्यस्तो दस्तावेज हो, जुन संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको मानिन्छ । राजनीतिक क्षेत्रमा एक किसिमको हलचल नै ल्याइदिएको त्यो घोषणापत्रले खासगरी पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित समाजको निर्माण कसरी सम्भव हुन्छ भन्ने कुरा उल्लेख छ।
  डिसेम्बर १८८१ मा पत्नी जेनीको मृत्यु भएपछि मार्क्स रूघाखोकीबाट ग्रस्त भएका थिए र त्यसले बिस्तारै ब्रोन्क्राइटिस्ट्को ‍रूप लिएपछि १५ महिना अस्वस्थ भै बिताउनुपर्यो । यसकै कारण १४ मार्च १८८३ को दिन लन्डनमा उनको देहावसान भयो।
   सारा मानव जातिका मुक्तिका योजनाकार महान दार्शनिक कार्लमाक्सको २०६ बर्ष अगाडि जन्मेर १४७ बर्ष अगाडि मृत्यु वर्ण गरेपनि वहाँले प्रतिपादन गरेको मानव मुक्तिको सिद्धान्त जीवन्त छ,स्वयं कार्ल अजर-अमर छन् । वहाँको स्मृतिमा  सन्दर्भमा भावपूर्ण श्रद्धाञ्जली ।
✍️ झपट रानाभाट
नेकपा एमाले कास्कीका प्रभावशाली नेता ।

Computer Education in Modern Society – Sunil khadka

 

March 15 2024

In today’s modern society, computer education plays a crucial role in equipping individuals with the necessary skills and knowledge to thrive in an increasingly digital world. With technology becoming an integral part of our daily lives, the importance of computer education cannot be understated. Through computer education, individuals are not only able to understand how to use various software and applications effectively but also learn how to navigate the complexities of the digital landscape. This education is essential for individuals of all ages, from children learning the basics of coding to adults enhancing their computer literacy skills for professional development.

Computer education provides individuals with the tools and resources needed to succeed in a wide range of industries. From web development and programming to data analysis and digital marketing, having a strong foundation in computer education can open up a world of opportunities for individuals looking to pursue careers in technology-related fields. In addition, computer education can also help individuals in non-technical industries by providing them with the skills needed to effectively communicate and collaborate with their colleagues in a digital environment. As more and more industries become reliant on technology, computer education has become a valuable asset for individuals seeking to stay competitive in the job market.

Furthermore, computer education can also have a significant impact on society as a whole. By equipping individuals with the skills needed to navigate the digital world, computer education can help bridge the digital divide and ensure that everyone has access to the resources and knowledge needed to succeed in today’s increasingly digital society. Additionally, computer education can also play a role in promoting digital literacy and ethical behavior online, helping individuals understand the importance of cybersecurity and responsible internet usage. By empowering individuals with computer education, society as a whole can benefit from a more digitally savvy and informed population.

In conclusion, computer education is a vital component of modern society, equipping individuals with the skills and knowledge needed to thrive in an increasingly digital world. From enhancing career opportunities to promoting digital literacy and ethical behavior online, computer education plays a crucial role in shaping the future of society. As technology continues to evolve and become more ingrained in our daily lives, the importance of computer education will only continue to grow. By investing in computer education, individuals can not only enhance their own skills and knowledge but also contribute to a more digitally inclusive and knowledgeable society.

पिएनमा कानुन अध्ययन हुने कलेजस्तरीय क्रिकेट हुँदै , ३ क्याम्पसको सहभागिता

पिएनमा कानुन अध्ययन हुने कलेज क्रिकेट हुँदै , ३ क्याम्पसको सहभागिता

पोखराको बगर स्थित अन्नपूर्ण खेल मैदानमा कानुन सङ्काय पृथ्वीनारायण क्याम्पसले नेपालका विभिन्न कानुन अध्ययन हुने कलेजस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । चैत्र २ देखि ४ गतेसम्म अन्नपूर्ण खेल मैदानमा सञ्चालन प्रतियोगितामा नेपालका विभिन्न कानुन अध्ययन हुने तीन क्याम्पस सहभागी हुने प्रतियोगिता संयोजकले जानकारी दिएका हुन् ।

बिहीबार प्रतियोगिताबारे जानकारी दिन आयोजित एक समारोहबीच कुरा राख्दै कलेजस्तरमा क्रिकेटका गतिविधि शून्य भएका तथा विभिन्न विद्यार्थीहरू बिच आपसी भाइचारा बढाउन पनि यो प्रतियोगिता महत्वपूर्ण हुने छ। पहिलो चरणका ६ खेल १५ ओभर तथा फाइनल खेल टि-२० ढाँचामा खेलाइनेछ । तिन टिमले एक अर्कासँग खेलेर उत्कृष्ट २ टिमले फाइनलमा स्थान पक्का गर्नेछन् । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट बलर, ब्याटर तथा हरेक खेलको उत्कृष्ट खेलाडीलाई पनि मेडल र सम्मान प्रदान गरिनेछ।
‘धेरै समय अगाडिबाट विद्यालयस्तरमा क्रिकेटको टुर्नामेन्ट नभएको अवस्थामा क्रिकेट कल्चर विकास गर्ने सपना लिएका छौं’ ‘ कार्यक्रम संयोजकले जानकारी दिए।

याद छ `बाबा – सुनिल खड्का !!

याद छ `बाबा´

मेरो पाउमा नयाँ जुत्ता लगाइदिएर।
आफु पुरानो चप्पलमा हिडेको याद छ बाबा,
रित्तो गोजि हुदाँ पनि मेरा हरेक चाहना
पुरा गरिदिएको याद छ बाबा,
तैंले केहि गर्न सक्दैनस् भन्नेहरुको
माझमा मेरो आँट र हौसला बनेर साथ दिएको याद छ बाबा,
तपाईंको त्याग, दुख, पसिना सबै याद छ बाबा,
चिन्ता नगर्नु बाटो बिराएको भनेर नसोच्नु
तपाईंको गन्तव्य बिर्सिएको छैन यात्रा बाट अझै बरालिएको छैन। एकदिन मैले,मेरो कर्म मेरो धर्म सबै याद छ बाबा,
केहि खु‌ड्किलाहरु पार गर्न समय मात्र लागेको हो।
तपाइँको काँधको जिम्मेवारी मेरो काँधमा सार्नु छ।
मेरो सपना याद छ बाबा
छोरोले प्रगति गरोस् भन्ने तिम्रो मनोकामना
चाहना याद छ बाबा…… याद छ बाबा !!

विश्वविख्यात् विद्रोही, डाक्टर छोडेर क्रान्तिकारी (चे ग्वेभाराको जीवनी ) ✍️ झपट रानाभाट

विश्वविख्यात् विद्रोही, डाक्टर छोडेर क्रान्तिकारी (चे ग्वेभाराको जीवनी )
सिडनी । अष्ट्रेलिया । “म अर्जेन्टिनामा जन्में, क्यूबामा लडें र ग्वाटेमालामा क्रान्तिकारी बनें”, यो अभिव्यक्ति विख्यात अन्तर्राष्ट्रियवादी कम्युनिष्ट नायक कमरेड अर्नेष्टो चे ग्वेभाराको हो । उनले माथिको कुरा आफ्नो आत्मकथाको सार खिच्दै लेखेका थिए ।
      कमरेड चे ग्वेभारा क्यूवाली क्रान्तिका एक प्रमूख नायक थिए । क्यूवाली क्रान्ति सफलतापूर्वक सम्पन्न हुनुमा छापामार युद्धको निर्णायक भूमिका थियो । क्यूवाली क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका क. चे ग्वेभारा यही छापामार युद्धका एक प्रतिपादकको रुपमा चर्चित छन् ।
    अर्जेन्टिनामा जन्मेका चे ग्वेभारा ग्वाटेमालाबाट क्रान्तिकारी बनेका थिए । क्यूवाको क्रान्ति सफल भएपछि उनले ल्याटिन अमेरिकामा महादेशीय क्रान्ति गर्ने उद्देश्यले बोलिभियामा पनि क्रान्तिको शुरुवात गरेका थिए । अन्ततः बोलिभियाको युद्ध मैदानमा लड्दा लड्दै उनले वीरगति प्राप्त गरे । यसरी, अमेरिकी साम्राज्यवाद र त्यसका मतियारहरुका विरुद्ध स्वतन्त्रता, समानता र मुक्तिका लागि लडेर शहादत प्राप्त गरेका चे ग्वेभाराको सिंगै जीवन बिद्रोहले भरिपूर्ण र साहसिक थियो ।
         ल्याटिन अमेरिकाको एक देश अर्जेन्टिनाको एकजना इन्जिनियरको मध्यम वर्गीय परिवारमा सन् १९२८ को जून १४ मा चे ग्वेभाराको जन्म भएको थियो । स्पेनीस र आइरिश रक्तमिश्रित चे ग्वेभाराको पारिवारिक नाम अर्नेष्टो ग्वेभारा डे ला सेर्ना थियो । परिवारमा प्रेमपूर्वक बोलाइने नाम चाहि तेते थियो । तर, संघर्षको क्रममा उनले आफ्नो उपनाम चे राखे । चेको अर्थ हो–हाम्रो । अर्थात् हाम्रो (चे) ग्वेभारा । पछि उनी आफ्नो वास्तविक नामले भन्दा पनि यही उपनामले प्रसिद्ध भए ।
         अर्नेष्टो चे ग्वेभाराको रगतका कण–कणमा उनको परिवारको संस्कृति मिसिएको थियो । परिवारबाट उनले न्यायप्रतिको प्रेम, फासीवादप्रतिको घृणा, धार्मिक सहिष्णुता, साहित्यमा रुचि, कविताप्रतिको प्रेम एवं पैसा कमाउ प्रवृतिप्रतिको वितृष्णाको संस्कृति सिकेका थिए । आफ्नो विद्रोही स्वभावलाई मिल्ने पारिवारिक संस्कृतिको जगमा उभिएर उनले जीवन, जगत र किताबको अध्ययन गर्न थाले । त्यसबाहेक, अर्जेटिन्नाका साथै ल्याटिन अमेरिकाभरिकै यात्राको क्रममा थाहा भएको आर्थिक, राजनीतिक स्थितिको अनुशीलनले चे ग्वेभारालाई क्रान्तिकारी बनाएको थियो ।
          दुई वर्षको उमेरमै दमको दीर्घरोगी भएका चेको विद्यार्थी जीवन कुनै सामान्य बालकको जस्तो भएन । दीर्घरोगी भएकाले ओछ्यानबाटै अध्ययन थालेका चेले खेलकूद, साहित्य, यात्राका साथसाथै अध्ययनमा काफी प्रगति गरे । भनिन्छ, उनले व्यवहारमा किशोर हुँदा युवाहरुको जस्तो, युवा हुँदा प्रौढ जस्तो परिपक्कता प्राप्त गरेका थिए ।
      आफ्नो स्कूलका समकालीन विद्यार्थीहरुको आँखामा चे आत्मविश्वासी, विचारमा पूर्ण रुपमा स्वतन्त्र, बहुआयामिक र विद्रोही थिए । शिक्षकहरुको आँखामा चे अस्वाभाविक रुपमा हुर्केको–बढेको, प्रौढता हासिल गरेको, आफ्नै व्यक्तित्व भएको, मुढी, अनुशासनहीन तर अध्ययनशील विद्यार्थी थिए । त्यसैले, स्कूलको अध्ययनको क्रममै उनले विश्वविद्यालयका विद्यार्थीहरु समान हैसियत पाएका थिए । अल्टा ग्रेसियाको स्कूले जीवन सकेर १९४१ मा १३ वर्षको उमेरमै उनले डीन फ्यनस स्टेट कलेजमा अध्ययन गरेका थिए ।
        ४ वर्ष कलेज अध्ययन समाप्त गरी राजधानी ब्यूनस आयर्सको युनिभर्सिटीमा मेडिकल विभागमा डाक्टरीको लागी उनले प्रवेश लिए । इन्जिनियर बाबुको र सिंगै परिवारको आशा चे इन्जिनियर बन्नेछ भन्ने थियो । तर, क्यान्सर रोगबाट आफ्नी हजुरआमाको भएको मृत्यु, आफ्नी आमाको क्यान्सरसँगको युद्ध र आफ्नै दमको रोगका कारणले उनलाई डाक्टरी पढ्न घच्घच्याएको थियो ।
         चे आत्मविश्वासी, विचारमा पूर्ण रुपमा स्वतन्त्र, बहुआयामिक र विद्रोही थिए । शिक्षकहरुको आँखामा चे अस्वाभाविक रुपमा हुर्केको–बढेको, प्रौढता हासिल गरेको, आफ्नै व्यक्तित्व भएको, मुढी, अनुशासनहीन तर अध्ययनशील विद्यार्थी थिए । आफ्नो रोगी शरिरलाई वास्तै नगरी उनले ६ वर्षको विश्वविद्यालयको पाठ्यक्रम ३ वर्षमै पूरा गरे ।
      दमले ४५ पटकसम्म आक्रमण गरे तापनि उनले १६ वटा प्रमूख जाँचहरु ६ महिनामै पास गरिछाडे । तर, उनले अध्ययनको क्रममा राम्रो नम्बर ल्याउने ध्यान्उना कहिल्यै पनि गरेनन् । उनी फुर्सदमा साहित्यको अध्ययन र आफ्नो देश एवं सिंगै ल्याटिन अमेरिकी महादेशका कुनाकाप्चामा साइकल यात्रा गरेर बिताउँथे । बाल्यावस्थादेखि नै निक्कै कमजोर शरीर भएका चेको जीउ फुकिढल भएपनि उनी कुशाग्र बुद्धि र दृढ संकल्प शक्तिका धनी थिए । पढन्ते र घुमन्ते स्वभाव भएका चेले किशोरावस्थामै मार्क्सदेखि फ्रायडसम्मका किताबहरु पढेका थिए ।
         आफ्नी हजुरआमा, आमा र आफ्नो लगायत गाउँ–छिमेक र शहरका जनताको रोगको जैविक कारणलाई डाक्टरी शिक्षाले उपचार गर्न सक्ने स्थिति उनले देखे । तर, त्यसको सामाजिक, आर्थिक र राजनीतिक कारणको उपचार के हो त ? यो जटील प्रश्नले डाक्टरी शिक्षा पढेका चे ल्याटिन अमेरिकी देशका गरीब बस्तीहरु र मजदुर बस्तीहरुको प्रत्यक्ष अनुभव बटुलेपछि बिस्तारै शारिरीक रोगहरुको खोजविनबाट सामाजिक रोगहरुको निराकरणतर्फ ढल्कन थाले ।
      चेले भनेका थिए– “मेडिकल लाइनको अध्ययन थाल्दा मलाई लागेको थियो– म डाक्टर बन्छु । क्रान्तिकारी बन्छु भन्ने त भान नै थिएन । सबै विद्यार्थीहरुमा जस्तै ममा पनि सफलताको इच्छा थियो, प्रसिद्ध अनुसन्धानकर्ता हुने सपना थियो र मानव जातिको हितको लागि निस्वार्थ रुपले खटेर कुनै ठोस उपलब्धि हासिल गरेर देखाउन महत्वाकांक्षा थियो । तर, ती सबै सपनाहरु मेरा व्यक्तिगत सफलतासँग मात्रै सम्बन्धित थिए । किनकी, म पनि हामी सबै जस्तै यही वातावरणकै उत्पादन थिएँ ।”
“पछि, मैले देखें, अभिभावकहरु पैसाको अभावमा आफ्ना छोराछोरीहरुलाई उपचार गराउन असमर्थ छन् । मैले देखें – निरन्तर रुपले सहनुपर्ने भोक र पीडाले मानिसहरुलाई अघःपतन गरिराखेको र पशु बन्न बाध्य पारिराखेको दुखद अवस्था छ, जसले गर्दा बाबुहरु स्वयं आफ्ना सन्तानहरुको मृत्युको कामना गरिरहेको समेत देखें । तब मैले महशुस गरें– एउटा प्रसिद्ध अनुसन्धानकर्ता हुनुभन्दा पनि मेडिकल साइन्समा महत्वपूर्ण र ठोस योगदान गर्नुभन्दा पनि, पीडित जनतलाई राहत दिनुभन्दा पनि महत्वपूर्ण कुरा हो– “लक्ष्य, क्रान्तिको लक्ष्य ।”
      अझ त्यसमा पनि ल्याटिन अमेरिकी महादेशको लामो यात्राको क्रममा ड्राइभर, डाक्टर, भरिया र कान्छा भएर चिलीका खानीहरु, अमेजन जंगलका रेड–इण्डियन आदिवासीहरुको बस्ती, पेरुका खेत–खलिहान र मजदुरका कार्यस्थलहरुको भ्रमणले उनमा थप प्रश्न, उर्जा र क्रान्तिकारी चेत थपिदियो ।
     क्रान्तिको लक्ष्यले मात्रै अर्जेन्टिना, चिली, पेरु, मेक्सिको र सिंगो ल्याटिन अमेरिकी गरीब उत्पीडित, रोगी र भोका–नाङ्गा जनताको रोगलाई निर्मुल गर्न सक्छ भन्ने चेत उनमा त्यो यात्राले विस्तारै भर्न थाल्यो । उनले एकपटक भनेका थिए, ‘‘मैले यात्रा गरेका देशहरुको स्थिति हेरेर, त्यहाँको गरीबी र रोग–भोकको निकट र जीवन्त सम्पर्कले ममा परिवर्तन ल्याउन थाल्यो । मैले यात्राको क्रममा पत्ता लगाएँ – स्रोत र साधनको अभावमा रोगी बच्चाहरुको उपचार गर्न म असमर्थ छु । मैले देखें– निरन्तर दमनका कार्यहरु जारी छन्, कुपोषणको आँधी चल्दैछ । यसै क्रममा मैले महशुस गर्न थालें– अनुसन्धानकर्ता हुन, मेडिकल साइन्समा योगदान दिन वा जनतालाई राहत दिन डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरो हो –क्रान्तिकारी बन्नु ।”
     यसै क्रममा १९५३ मा डाक्टर बनेका चेले अचानक फेरि आफ्नो देश छोडी नजिकैको देश बोलिभियाको यात्रा गरे । बोलिभियामा त्यसबेला पूँजीवादी–सुधारवादी सरकारबाट राष्ट्रको टीन खानीलाई राष्ट्रियकरण गर्ने, जमीनहरु आदिबासी किसानहरुमा वितरण गर्ने सुधारवादी कार्यहरु भइरहेका थिए । यसबाट मेडिकल साइन्स र पुरातत्वमा विशेष रुचि लिने चेभित्र विकसित हुदै गइरहेको क्रान्तिकारितालाई थप बल मिल्यो ।
      बोलिभियाको पूँजीवादी–सुधारवादी सरकारका क्रियाकलापहरुले उनलाई क्रान्तिकारी विचारप्रति निकै आकर्षित गरे । त्यसैले चे बुझेकाहरु भन्छन्,“बोलिभियाले चेको जीवनमा क्रान्तिकारिता भर्नेदेखि लिएर चेको जीवनको अन्तिम सङ्घर्ष गर्ने प्रेरणा दिएको थियो, भनौं यसले उनको राजनीतिक जीवनको शुरु र अन्त गरेको थियो ।”
    तर, १९५३ को बोलिभियाली क्रान्ति पछि गएर चाँडै सुधारवादबाट पनि तल खस्दै जान थालेको देखेर चे चिन्तित भए । ल्याटिन अमेरिकाका मुक्तिदाता सिमोन बोलिभारको शालिक अगाडि “बोलिभियामा अर्को क्रान्तिको आवश्यकता छ” भन्ने विचार पोख्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरी हिडे । सरकारद्धारा खानीहरु राष्ट्रियकरण गरिएपछि मजदुरहरुको ज्याला त केही बृद्धि भयो । तर, मजदुरहरुलाई मानसिक र भौतिक रुपमा सशस्त्र पार्ने काम नभएबाट मजदुरहरु सुधारमै दिग्भ्रमित हुने छन् भन्ने विचार चेको थियो ।
    त्यसपछि उनले ट्रकमा चढेर आफ्ना बोलिभिया–यात्राका सहयात्री रोजीसँगै पेरुका ग्वायाक्वील क्षेत्रमा आदिवासी जनताका बस्तीहरुमा यात्रा गरे । त्यसपछि उनी ग्वोमाला पुगे, जहाँ अर्को क्रान्तिको नगरा बज्दै थियो । त्यहाँ ज्याकोब आर्वेन्जको सुधारवादी सरकारले प्रगतिशील बुद्धिजीवीहरु र युवा सैनिक अधिकारीहरुको बलमा सुधारवादी काम थाल्दै थियो । आर्बेन्ज सरकारले पनि अमेरिकी साम्राज्यवाद अन्तर्गतको यूनाइटेड फ्रुट कम्पनीका जग्गा–जमीनहरु अधिग्रहण गरेर रेड इण्डियनहरु र किसानहरुलाई वितरण गरिरहेको थियो । तथापि, युनाइटेड फ्रुट कम्पनीको उपनिवेशको रुपमा चर्चित ग्वाटेमालामा आर्वेन्ज सरकारले सामान्य सुधारवादी कामहरु मात्रै गर्न थालेको देखेर समेत अमेरिकी साम्राज्यवाद आगो भएको थियो ।
    त्यही बेला ग्वाटेमाला पुगेर आर्वेन्जको सरकारलाई सहयोग गर्न चेले डाक्टर भएरै सेवा गर्न खोज्दा जनस्वास्थ्य विभागका अधिकारीहरुले उनीसित सत्तासीन ग्वाटेमालाको लेवोर पार्टीको सदस्यता कार्ड खोजे । चेले आफू क्रान्तिकारी भएको, तर पार्टी सदस्य नभएको जवाफ दिएपछि उनले सहयोग गर्ने अवसर समेत पाएनन् । यत्तिकैमा अमेरिकाको षड्यन्त्रले गर्दा १९५४ मा आर्बेन्ज सरकालाई सैनिक विद्रोहमार्फत् अपदस्त गरियो ।
      त्यसपछि चे पनि त्यहाँको सङ्घर्षको मैदानमा होमिए । सिआइएद्धारा प्रशिक्षित, निर्देशित तथा अत्याधुनिक हतियारले सुसज्जित क्यास्टिलो अमसिका भाडाका सैनिकहरुले ग्वाटेमालामा गरेको प्रतिक्रान्तिकारी हमलाको विरोधमा जनतालाई सशस्त्र प्रतिरोध गर्नका लागि उत्प्रेरित गर्दै उक्त काममा उनी आफै पनि खटे । तर, अन्ततः प्रतिक्रान्तिकारी गिरोहले सत्ता कब्जा गरेपछि उनी अर्जेन्टिनाको दुतावासमा दुई महिनासम्म शरण लिई बस्न बाध्य भए ।
   आर्वेन्ज सरकारको पतन, चेले आब्हान गरेको सशस्त्र प्रतिरोधको दुखद् असफलता र अमेरिकी साम्राज्यवादको विजयले उनीमा सम्पूर्ण जनता र विश्वको एक नम्बरको शत्रु अमेरिकी साम्राज्यवाद हो भन्ने चेत खुल्यो । र, साम्राज्यवाद विरोधी राजनीतिक शक्ति, दर्शन र विचारहरुको अध्ययनका लागि यस पराजयले उनको दिलदिमागको ढोका खोल्यो । यसरी उनीभित्र एकजना डाक्टरबाट क्रान्तिकारी र माक्र्सवादी हुने आन्तरिक विकासक्रम ग्वाटेमालाको सुधारवादी सरकारको अमेरिकी साम्राज्यवादसँगको द्धन्दको क्रममा बढी तीब्र भएको थियो ।
  ग्वाटेमालाको राजनीतिक दुर्घटनापछि मेक्सिकोमा गएर उनले माक्र्सवादका विशेषतः माक्र्स र लेनिनका रचनाहरुको अध्ययन गर्न थाले । माक्र्स र लेनिनका सम्पूर्ण रचनाहरु र अन्य माक्र्सवादी विचारकहरुको विचार अध्ययन गर्ने क्रममै उनले फ्रान्काको फासीवादी शासनविरोधी स्पेनिस गृहयुद्धमा प्रयु्क्त छापामार युद्धका कला–कौशलहरुको अध्ययन गर्न थाले । मेक्सिकोको तथाकथित क्रान्तिकारी सरकारद्धारा थालिएको सुधारले पनि पूँजीपति वर्ग र अमेरिकी साम्राज्यवादकै सेवा गरिरहेको अनुभव बटुलेपछि त उनीमा अत्यन्त तीब्र वेगले परिवर्तन आयो । अब उनको क्रान्तिकारिता माक्र्सवादी दर्शनसँग जोडिन थाल्यो ।
    भोक, अध्ययन र अनुभवको तीव्र वेगले उनलाई क्रान्तिकारी नभएका सुधारवादी सरकारहरुले जनतामा भ्रम मात्रै पार्ने र क्रान्तिलाई पछि धकेल्ने काम मात्रै गर्ने निष्कर्षतिर पु-यायो । उनलाई यसले जनसंघर्षसँग जोडिएको सशस्त्र संघर्ष आवश्यक भएको निर्णयतिर पु-यायो । अर्जेन्टिनामा जन्मेर क्यूबामा लडेर ग्वाटेमालामा क्रान्तिकारी बनेका ग्वेभाराको बोलिभियामा हत्या भयो ।
    यसरी विश्वभरिका क्रान्तिकारीहरुका आदर्श चे ग्वेभारा ढले । उनले आफ्नो जीवनमा गरेको सङ्घर्ष र क्रान्तिकारी आदर्श आज पनि विश्वका करोडौं क्रान्तिकारीहरुका लागि प्रेरणा बनिरहेको छ, हार्दिक श्रद्धासुमन ग्वेभारा ।
✍️ झपट रानाभाट
नेकपा (एमाले ) कास्कीका एक प्रभावशाली नेता हुन् ।

NRNA वेस्टर्न अष्ट्रेलिया प्रशंसनीय कार्यमा अग्रस्थानमा ।

सिडनी, अष्ट्रेलिया । NRNA वेस्टर्न अष्ट्रेलिया प्रशंसनीय कार्यमा अग्रस्थानमा ।

गतसालको जुलाई देखि एन आर एन ए डब्लु ए को नेतृत्व शेखर घिमीरेको टिम ले लिए देखि एकदमै आक्रामक रुपमा प्रभावकारी कार्यक्रम हरु पर्थ वासी नेपालीहरुको माझमा पस्किरहेको छ।

नेपालबाट भिजीट भिषामा पर्थमा पाल्नु भएका अभिभवकहरुको बाक्लो उपस्थिति मा आयोजना गरिएको ” अभिभावक बनभोज कार्यक्रम ” होस वा नेपाली नारीहरुको महान चाड “तीज” वा “नेपाली बिध्यार्थी हरुको लागि जानकारी मुलक कार्यक्रम “सबै कार्यक्रम हरु प्रभावकारी रुपमा संचालन गरेर शेखर घिमीरे नेतृत्वको एन आर एन ए डब्लु ए आम पर्थवासी नेपाली हरुको मन मष्तिस्कमा बस्न सफल भएको छ।

भर्खरै मात्र नेपाली पासपोर्ट नविकरण को लागि घुम्ति शिबिर संचालन गरेर (२०-२८ फ्रेबरी २०२४) पश्चिम अष्ट्रेलिया वासी नेपाली हरुको मुटुमा बस्न सफल भएको छ। पश्चिम अष्ट्रेलिया का सबै क्षेत्रहरुबाट आएका करिब ६००-७०० को संख्यामा नेपाली हरुले पासपोर्ट नबिकरणको लागि आवेदन दिएको कुरो एन आर एन ए डब्लु ए का सचिव किशोर कुँवरले बिश्वपाटी लाई जानकारी बताएका छन।

एन आर एन ए डब्लु ए का पदाधिकारी हरु शेखर घिमीरे, महेश लामा, किशोर कुँवर, हरिवंश संजेल, मिम शुभ गुरुंग, मनिष सिग्देल, बिरेन्द्र उदास, शिल्पा पोखरेल, बिमु लामा, दिपीका श्रेष्ठ लगायतको टिमले १२/१२ घण्टा नै खटेर परराष्ट्र मंत्रालय काठमाण्डू बाट आएका अधिकृत महेश त्रिपाठी लाई सहयोग गरेर मात्रै यत्रो ठुलो संख्यामा आबेदन दिनेहरु को काम गर्न सकिएको एन आर एन ए डब्लु ए का पुर्ब कोर्डिनेटर कृष्णमान श्रेष्ठले बताए।सुरुका दिन देखि अन्तिम दिन सम्मै उचित सर सल्लाह दिदै टिमलाई नै अगाडि बढ्न सहयोग प्रदान गर्नु हुने एन आर एन ए आइ सी सी सल्लाहकार श्री भैरब ढकाल लगायत एकराज साम्पांग, टेक मगर, दिनेश कार्की, कृष्ण मान श्रेष्ठ , होमनाथ निरौला, माधव ढुंगाना लगायतको टिमले उक्त पासपोर्ट नविकरणको लागि आफ्नो अफिस नै प्रयोग गर्न दिने 3E Global Education & Migration अफिस नै पुगेर एन आर एन ए डब्लु ए को टिम लाई धन्यवाद ब्यक्त गर्दै खुषी साटासाट गरेका थिए।

एकजना सेवाग्रही को आखामा राहदानी घुम्ति सेवा —
“नमस्कार मेरो नाम सुबास उप्रेती हाल बसोबास (HARRISDALE WA). ह्यारिस्डेल डब्लू ए । (NRNA WA) संस्था लाई धन्यवाद मेरो समस्याको समाधान गर्न मद्दत गर्दिनु भएकोमा। बिदेशमा राहदानी महत्त्वपूर्ण हुने र झन म्याद सकिने मितिको पनि प्रमुख भुमिका रहदै गर्दा मेरो राहदानीको पनि मिति दिन प्रती दिन सकिदै जाँदा मानसिक तनाब भएको थियो। एता कार्य-ब्यस्थता, उता राहदानीको म्याद अझ राजदुतावासमा धाँउदा हुने हदै सम्मको खर्च सम्झदाँ पनि मानसिक पिडा । यसै बिच ढुङ्गा खोज्दा देउता पाँए झै एक परिचित ब्यक्ति जो ओ एन एफ अष्ट्रेलिया (ONF Australia) सामाजिक संस्थाको उप सचिब हुनुहुन्छ होमनाथ निरौला जि उहाँबाट एन आर एन ए ड्ब्लु ए ले इ-राहदानी नवीकरण सम्बन्धि कार्यक्रम हुने बारेमा थाहा भयो र मलाई उहाँले एन आर एन ए मा आबद्ध आदरणीय ब्याक्तित्व शेखर घिमिरे जी संग यस कार्यक्रमको बरेमा राम्रो जान्ने र फारम भर्ने प्रक्रियाहरु राम्रो संग बुज्ने मौका पाएँ र प्रक्रियाहरु आगाडी बढाउदै गर्दा अरु सहयोग पनि गर्नु भयो उहालाई धन्यवाद दिन चहन्छु । सबै कागज पत्र भने बमोजिम तयार परि बाँयोमेटृक र फोटो दिन पर्थ सिटी मै सजिलो स्थान जहाँ आफ्नै सवारी साधनम पनि जान नसकिने र सार्बजनिक सवारीसाधन प्रयोग गरेर पनि जान सकिने स्थान .. जहाँ पुगेपछी सबै कार्यक्रम सहयोगी बाट पनि सकेको सहयोग प्राप्त भयो मलाई र मेरो सबै कार्यसम्पादन निकै छोटो र कम समयमा सफल भयो । मेरो समय र खर्च दुबै बचाइदिनु हुने सबै कार्यक्रम सहयोगी देखि मिम सुब्बा गुरुङ दिदी, 3इ कन्सल्टेन्सीका किशोर कुवर , शेखर घिमिरे र होमनाथ निरौला जि लगायत सम्पूर्ण एन आर एन ए डब्लु ए का सदस्यहरुमा फेरि पनि धन्यवाद व्यक्त गर्दछु र आगामी दिनहरु पनि पनि येस्तै सहयोगी कार्यक्रम आयोजना हुनेछ र सहभागी जनाउन पाउने आशा राख्दछु।”

यी त केवल प्रतिनिधि कार्यक्रमहरु मात्र हुन यो संगै बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै नेपालीहरु माझ वास्तविक सहयोग र हातेमालो गर्ने गरेको छ । अष्ट्रेलियाको ८ वटा राज्य मध्य उत्कृष्ट कार्य गर्ने राज्यमा वेस्टर्न अष्ट्रेलिया रहेको पाइएको छ । युवा, बिद्यार्थी, महिला, अभिभावक सम्पूर्ण समक्ष बेला बखत कार्यक्रमहरु आयोजना गरेर सबैको मन जित्न सफल हुन शेखर घिमिरे र उनको टिम ।

चेतनामूलक समाज निर्माण गर्न पहिला सचेत नागरिक उत्पादनमा जोड दिऊँ : वडा अध्यक्ष सुवेदी

चेतनामूलक समाज निर्माण गर्न पहिला सचेत नागरिक उत्पादनमा जोड दिऊँ : वडा अध्यक्ष सुवेद
पोखरा । रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले चेतनामूलक समाज निर्माण गर्न सचेत नागरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
‘चेतनामूलक समाज निर्माणका लागि अध्यनन संस्कृतिको विकास गरौँ’ भन्ने मूल उद्‍घोषका साथ रामलक्ष्मी सामुदायिक परोपकार पुस्तकालय, रूपा ५, फेदीले आयोजना गरेको स्व. श्यामलाल श्रेष्ठ स्मृति अन्तर आमा समूह हाजिरी जबाफ प्रतियोगिताको प्रमुख अतिथिका रूपमा बोल्दै सुवेदीले सो कुरा बताएका हुन् । ‘सुसंस्कृत र सभ्य समाज निर्माण गर्नु आजको समाजमा ठुलो चुनौती छ’ युवा नेता सुवेदीले भने, ‘राज्यले नै यसका लागि विशेष पहल गर्नुपर्दछ ।’ फरक प्रसङ्गमा उनले रूपा ५ का सयलदेखि डोटेलकुना फेदीसम्मका जनताका अपेक्षा र मर्का आफूले बुझेको भन्दै जनताको विकासका लागि सधैँ लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गण्डकी प्रदेशका विभिन्न मन्त्रालयसँग अनुरोध गरेर स्थानीय विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
हाजिरी जबाफ प्रतियोगितामा कालिका एकता आमा समूह प्रथम, दोभान आमा समूह द्वितीय, फेदी नेवाः खल मिसा पुचः तृतीय र प्रगतिशील ब्राह्मण समाजले सान्त्वना स्थान हासिल गरेका थिए ।
विजेता समूहलाई टोल विकास संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ र प्रमुख अतिथि राजन सुवेदीले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा उल्लेखनीय योगदान गरेको भन्दै रूपाका उदीयमान युवा नेता एवम् स्व. श्यामलाल श्रेष्ठका नाति सुजन श्रेष्ठलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष गोपीलाल जोशीको अध्यक्षयतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रगतिशील घिमिरेले गरेका थिए । कार्यक्रमको सञ्चालन सम्झना जोशीले गरेकी थिइन् ।

ओएनएफ न्यु साउथ वेल्सको अध्यक्षमा सूर्यमोहन र सचिवमा उषा सहित २१ सदस्यीय कमिटी सर्बसम्मत ।

सिडनी । अष्ट्रेलिया ।प्रवासी नेपाली मञ्च अष्ट्रेलिया, न्यु साउथ वेल्स राज्य कमिटीको अध्यक्षमा सूर्यमोहन र सचिवमा उषा सर्बसम्मत ।

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कमिटीको आज सम्पन्न तेस्रो अधिवेशन बाट सूर्यमोहन “मोहन” शर्माको नेतृत्वमा २१ सदस्यीय टिम सर्वसम्मत घोषणा भएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतमा सम्पन्न उक्त अधिवेशनमा एनआरएनए आईसीसीका उपाध्यक्ष बिनोद श्रेष्ठ, सचिव ज्ञानेन्द्र रेग्मि, ओशेनिया संयोजक दिनेश पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्व अध्यक्ष नन्दू गुरुंग, अन्तराष्ट्रिय कमिटिका सदस्य शिशिर नेपाल, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य शिशिर नेपाल, ओशेनिया क्षेत्र अध्यक्ष राजु उपाध्याय, अष्ट्रेलियाका अध्यक्ष केशब जोशीले अधिवेशनमा सम्बोधन गरेका थीए ।

उक्त अधिवेशन बाट २१ सदस्यीय कमिटी सर्बसम्मत घोषणा भएको छ ।

अध्यक्ष: सुर्य मोहन शर्मा

उपाध्यक्ष: गोबिन्द तामांग

सचिव: उषा किरण बारिया

उप-सचिव: अंजान सोनी, अवानी पौडेल

आर्थिक बिभाग प्रमुख: बिनोद खड़का

सदस्य:

पवन डल्लाकोटि

सृजन भट्टराई

बिशाल रेग्मी

सागर सिलवाल

साजन श्रेष्ठ

रमेश सिंह

संशांक बस्याल

दिनेश अधिकारी

कुशल रिमाल

योगेश पराजुली

दिव्य प्रधान

विवेक शाक्य

सुजन श्रेष्ठ

सुशन जोशी

उमेश बिके

बन्दसत्रमा प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष तथा प्रमुख अतिथि रमेश पाण्डेले “कमिटी पद्धति र नेतृत्व चयन प्रकृया” साथै ओशिनिया अध्यक्ष राजु उपाध्यायले आगामी “नेतृत्वको चिन्तन र ब्यवहार” कस्तो हुनुपर्छ भन्ने बिषयमा सहभागीहरु बिच छोटो प्रशिक्षण समेत दिएका थीए ।

साथै अधिवेशन बाट १२ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरेको छ ।

बाबुराम पोखरेल

राजु गौचन

प्रेम शाह

भूपेन्द्र चुडाल

तारा लामा

शरद सापकोटा

डा. लेनिन पौडेल

दीपक जोशी

लक्ष्मण भुसाल

अर्जुन पौड़ेल

सीताराम घिमिरे

अशोक उप्रेती

उक्त अधिवेशनमा खुला सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष कृष्ण सापकोटाले गरेका थीए भने संचालन निवर्तमान सचिव शिव पौडेलले गरेका थीए साथै बन्द सत्रको अध्यक्षता केशब जोशी र संचालन प्रकाश पन्थीले गरेका थीए । कार्यक्रममा अष्ट्रेलियामा रहेका बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।  कार्यक्रममा करीव २५० जनाको उपस्थिति रहेको कुरा प्रवासी नेपाली युवा मञ्च अष्ट्रेलियाका सह-इंचार्ज बिशाल राना मगरले बिश्वपाटीलाई बताए ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय