अब परिणामको समय, उप्रेती NRNA ACT कमाण्डका लागि
अभिषेक उप्रेतीद्वारा NRNA SCC Coordinator (ACT) पदमा उम्मेदवारी घोषणा
क्यानबेरा, अष्ट्रेलिया | १३ जुलाई २०२५
गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको राज्य समन्वय परिषद् (State Coordination Council – SCC) ACT Coordinator पदमा अभिषेक उप्रेतीले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारीको घोषणा गर्दै उप्रेतीले भने:
“समुदायलाई एकजुट बनाउन, संस्थागत समृद्धि दिलाउन र नेपालीहरूको हकहितको संरक्षण गर्न म प्रतिबद्ध छु। अब समय आएको छ पुराना शैली र राजनीति–मुखी प्रवृत्तिबाट बाहिर निस्कने।”
नेतृत्व र अनुभव
अभिषेक उप्रेती विगतदेखि नै नेपाली समुदायमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। उनका केही प्रमुख भूमिका:
२०१९–२०२१: SCC ACT सदस्य
पूर्व अध्यक्ष: Canberra Nepalese Community
विभिन्न सामाजिक र राहत कार्यक्रमहरूमा स्वेच्छिक सेवा र नेतृत्व
स्थानीय अष्ट्रेलियन निकायहरूसँग समन्वय गर्दै समुदायमा सहयोग पुर्याउँदै आएका छन्।
मुख्य उद्देश्य र प्रतिबद्धता:
गैर–आवासीय नेपालीहरूको एकता, हित र समृद्धिको प्रवर्द्धन
नेपाल र अष्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने
युवा पुस्तालाई अगाडि ल्याउने, नेतृत्व विकासमा जोड दिने
राजनीति होइन, सेवा र जवाफदेही नेतृत्वको स्थापना गर्ने
Canberra, Queanbeyan, Jerrabomberra, Googong लगायत क्षेत्रका नेपाली समुदायलाई जोड्ने, समन्वय गर्ने र नेतृत्व गर्ने
निर्वाचन मिति:
२६ जुलाई २०२५ मा हुने गैर-आवासीय नेपाली संघ, अष्ट्रेलिया (NRNA Australia) को निर्वाचनमा उप्रेतीले SCC Coordinator (ACT) पदमा प्रतिस्पर्धा गर्दै छन्।
अन्त्यमा, अभिषेक उप्रेतीले भने:
“नेतृत्व भनेको शक्ति होइन, जिम्मेवारी हो। म यही जिम्मेवारी लिन तपाईंहरू सबैको साथ, समर्थन र विश्वासको अपेक्षा गर्दछु।”
अभिषेक उप्रेती
उम्मेदवार – NRNA SCC Coordinator, ACT (२०२५–२०२७)
निर्वाचन मिति: २६ जुलाई २०२५
#VoteForAbhishek #NRNAAustralia2025 #SCCCoordinatorACT #NepaliDiaspora #StrongerCommunity #NepaliUnity #NRNAElection2025
विक्रम कुँवर – एनआरएनए भिक्टोरिया युवा उपसंयोजक पदका उम्मेदवार
विक्रम कुँवरले एनआरएनए अष्ट्रेलिया (भिक्टोरिया) २०२५–२०२७ को युवा उपसंयोजक पदका लागि उम्मेदवारी घोषणा
मेलबर्न, अष्ट्रेलिया | १३ जुलाई २०२५
अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय युवा सामाजिक अभियन्ता विक्रम कुँवरले आगामी एनआरएनए अष्ट्रेलिया (भिक्टोरिया) २०२५–२०२७ कार्यकालको युवा उपसंयोजक पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
वि.स. २०७६ (सन् २०१९) मा अष्ट्रेलिया आइपुगेका विक्रमले पहिलोपटक २०२१ को कोभिड महामारीको समयमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई खाद्यान्न सहयोग प्रदान गर्दै सामाजिक सेवामा सक्रिय भूमिका निभाएका थिए।
सामुदायिक अनुभव
विक्रम कुँवर हाल भिक्टोरियास्थित प्रमुख नेपाली संस्था “फर पश्चिम नेपाली समाज भिक्टोरिया (FWNSV)” मा सचिवको भूमिकामा कार्यरत छन्। उनले २०२३–२०२५ कार्यकालमा संयुक्त सचिवको रूपमा पनि योगदान दिएका थिए।
पेशागत पृष्ठभूमि
पेसाले उनी मेलबर्नको पुरानो र प्रसिद्ध रेस्टुरेन्ट “चिल्ली एभरेष्ट” का प्रबन्धक हुन्।
उनको प्रमुख एजेन्डा र दृष्टिकोण:
युवा नेतृत्व र करियर विकास कार्यक्रमहरू
उद्यमशीलता प्रवर्द्धन तथा स्टार्टअप सहयोग
मानसिक स्वास्थ्य तथा भलाइसम्बन्धी सचेतना
डिजिटल र साइबर सुरक्षाको चेतना कार्यक्रम
खेलकुद र सांस्कृतिक कार्यक्रमहरूको आयोजना
विद्यार्थी सहयोग कार्यक्रम (कागजात सहायता, करियर गाइड)
‘युवा आवाज’ सत्रमार्फत एनआरएन नेतृत्वसँग प्रत्यक्ष संवाद
अष्ट्रेलियामा रहेका अवसरहरूसँग नेपाली युवालाई जोड्ने पहल
विक्रम कुँवर भन्छन्:
“मैले समुदायसँगै हुर्कने अवसर पाएँ, अब योगदान दिने समय आएको छ। म युवा आवाजलाई उजागर गर्न, कायम निर्णय प्रक्रियामा पारदर्शिता ल्याउन, र सकारात्मक पहलमार्फत परिवर्तन ल्याउन दृढ छु।”
किन मतदान गर्ने विक्रमलाई?
✅ युवाको आवाज बुलन्द गर्ने
✅ अनुभवी र कार्यमा केन्द्रित नेतृत्व
✅ समावेशी सोच र सहकार्य
✅ पारदर्शिता र जवाफदेहिता
✅ विद्यार्थी र नयाँ आगन्तुकहरूको समर्थनमा अघिल्लो अनुभव
समर्थन र मतदानका लागि अनुरोध।
विक्रम कुँवर
(उम्मेदवार – एनआरएनए भिक्टोरिया, युवा उपसंयोजक २०२५–२०२७)
#VoteForBikram #YouthEmpowerment #NRNAElection2025 #NepaliYouthAustralia #MentalHealthMatters #DigitalSafety #StrongerTogether
NRNA अष्ट्रेलिया (VIC) को युवा सदस्यमा सरोजको उम्मेदवारी घोषणा – परिवर्तनका लागि मतदानको आह्वान
NRNA अष्ट्रेलिया (VIC) को युवा सदस्यमा सरोजको उम्मेदवारी घोषणा – परिवर्तनका लागि मतदानको आह्वान
NRNA अष्ट्रेलिया (भिक्टोरिया) को युवा सदस्य पदमा सरोज सापकोटाको उम्मेदवारी घोषणा – ‘परिवर्तनका लागि मतदान’ अभियान सुरु
मेलबर्न, अष्ट्रेलिया – गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – भिक्टोरिया राज्यको लागि युवा सदस्य पदमा सरोज सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सापकोटा TEAM EKATA को तर्फबाट उक्त पदमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन्।
“Vote for Change 🇳🇵🇦🇺” नारा बोकेर अघि बढेका सरोज सापकोटाले नेपाली समुदायको हित, हक, र भविष्यका लागि एकजुट आवाज बन्ने दृढ संकल्पका साथ उम्मेदवारी दिएका हुन्। उनले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै भने, “म तपाईंहरूको विश्वास, साथ, र समर्थनको अपेक्षामा छु — ताकि हामी सशक्त र समावेशी नेतृत्वमार्फत सकारात्मक परिवर्तन ल्याउन सकौं।”
मतदान मिति: २६ जुलाई २०२५
सामाजिक सेवा पृष्ठभूमि:
सरोज सापकोटा लामो समयदेखि सामाजिक सेवामा सक्रिय व्यक्तित्व हुन्। उनका प्रमुख जिम्मेवारीहरू यसप्रकार छन्:
अध्यक्ष – JV Foundation Australia
(नेपालमा प्राकृतिक प्रकोप तथा असहायहरूलाई राहत र पुनःस्थापनामा योगदान)
संस्थापक अध्यक्ष – Australia Yoga and Meditation Community (AYMC)
(मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि निःशुल्क योग/ध्यान सत्र संचालन)
संस्थापक सचिव – Leo Club of Kailali Lamki (2012/13)
(युवा सशक्तिकरणमा समर्पित, हाल District 325N अन्तर्गत)
सल्लाहकार – जिल्ला समन्वय समिति, अछाम (नेपाल)
(सामाजिक, सांस्कृतिक र युवा सम्बन्धी निरन्तर योगदान)
उम्मेदवार सापकोटाको प्रतिबद्धता:
नेपाली युवाको नेतृत्व र सशक्तिकरणमा पहुँच सुनिश्चित
मानसिक स्वास्थ्य, योग, ध्यान र सामाजिक समावेशिताको प्रवर्द्धन
NRNA को आन्तरिक कार्यशैलीमा पारदर्शिता र जवाफदेहिता
सामूहिक सहभागिता र समन्वयमार्फत समुदायमा सकारात्मक परिवर्तन
सापकोटाको हार्दिक अनुरोध:
“अष्ट्रेलियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा सामाजिक अभियन्ता साथीहरू —
NRNA मा उद्देश्यपूर्ण, पारदर्शी र प्रतिबद्ध नेतृत्वको लागि मलाई तपाईंको अमूल्य मत र समर्थन दिनुहोस्।
हामी सबै मिलेर सशक्त, समावेशी र अग्रगामी NRNA निर्माण गर्न सक्छौं।”
#VoteSarojSapkota #TeamEkata #NRNAVictoria #NepaliYouthAustralia #LeadershipWithPurpose #NRNA2025
ऊर्जाशील युवा सनराइज NRNA अष्ट्रेलियाको VIC राज्य युवा संयोजक पदमा उम्मेदवार
ऊर्जाशील युवा सनराइज ज्ञवाली NRNA अष्ट्रेलिया २०२५ को लागि VIC राज्य युवा संयोजक पदमा उम्मेदवार
मेलबर्न, अष्ट्रेलिया – अष्ट्रेलियामा रहेका नेपाली युवाहरूको समस्यालाई प्राथमिकतामा राख्दै, ऊर्जाशील, प्रेरणादायी र सामाजिक रूपमा सक्रिय युवा सनराइज ज्ञवालीले गैर–आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया २०२५ को निर्वाचनमा भिक्टोरिया राज्यको युवा संयोजक पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
“युवाले आश्वासन होइन, कार्य चाहन्छन्” भन्ने सशक्त नाराका साथ अघि बढेका ज्ञवाली सामाजिक सञ्जालमार्फत समेत अत्यन्त सक्रिय छन्। फेसबुक, इन्स्टाग्राम र टिकटोक जस्ता माध्यमहरूमा उनको सहयात्रा, प्रेरणादायी भिडियो, फिटनेस टिप्स तथा विद्यार्थी सहयोग सम्बन्धी गतिविधिहरूले भिक्टोरिया राज्यका सयौं युवाहरूलाई प्रभावित पारेको छ।
सनराइजको अभियान: विचारबाट व्यवहारसम्म
पूर्व अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया आएका सनराइजले पढाइसँगै काम र जीवनका संघर्षहरूलाई नजिकबाट अनुभव गरेका छन्। अहिले उनी एक सफल व्यवसायी, प्रमाणित फिटनेस प्रशिक्षक, ध्यान अभ्यासकर्ता, र नेपाली युवाको समस्यामा सदैव साथ दिने सामाजिक अभियन्ता हुन्।
उनका कार्यहरू केवल सामाजिक सञ्जालमा देखिने पोस्टहरू मात्र होइनन् – यी वास्तविक समयमा विद्यार्थीलाई विमानस्थलबाट लिनेदेखि, कोभिड–१९ को समयमा खाना, बास र मानसिक सल्लाह दिने कामसम्म फैलिएका छन्।
२०२५ का लागि उनका मुख्य ९ कार्ययोजना:
१. Youth Help Desk – थोमास्टोनमा स्थायी कार्यालय र वास्तविक समय सहायता
२. Mental Health & Meditation – तनाव व्यवस्थापन, निःशुल्क ध्यान, तथा सुन्ने ठाउँ
३. Fitness & Lifestyle Coaching – निःशुल्क वर्कआउट, पौष्टिक आहार योजना
४. Entrepreneurship Summits – व्यवसायिक मार्गदर्शन तथा नेटवर्किङ
५. Digital Empowerment Skills – Canva, AI, Freelancing, Content Creation
६. Creative & Cultural Platform – गीत, नृत्य, कविता, पोडकास्ट, आत्म–अभिव्यक्ति
७. Career & Migration Guidance – PR, विद्यार्थी र Skilled Visa गाइड
८. Nepal Investment Connection – नेपालमा लगानी, आउटसोर्सिङ र देशप्रेम
९. Community Bonding Events – BBQs, पदयात्रा, रोजगार तालिम, भेला
किन सनराइज?
✔ सामाजिक सञ्जालमा लोकप्रिय, सकारात्मक प्रभाव पार्ने नेतृत्वकर्ता
✔ पूर्व अन्तर्राष्ट्रिय विद्यार्थी – जो आफैं ती चुनौतीको साक्षी बने
✔ दुई देशमा सफल व्यवसाय सञ्चालन – नेपाल र अष्ट्रेलिया
✔ फिटनेस, ध्यान, र आत्म–अनुशासनमा दक्षता
✔ नेपाली समुदायमा सेवामूलक कार्यको प्रमाणित रेकर्ड
✔ नेपाल लगानी सम्मेलनमा सहभागिता – देशमा रोजगारी सिर्जनामा योगदान
✔ २०+ जनालाई नेपालमा रोजगारी दिएका नियोक्ता
भविष्यको नेताको प्रतिबद्धता
सनराइजले भने: “युवाहरूको आवाज कमजोर छैन, त्यो सुनिने प्लेटफर्म चाहिन्छ। म तपाईंहरूकै आवाज बन्न, तपाईंहरूकै साथी बन्न र तपाईंहरूकै समस्याको समाधान गर्न यो उम्मेदवारीमा आएको हुँ।”
भिक्टोरिया राज्यमा रहेका नेपाली युवामाझ, सनराइजको विगतका कार्यहरू, सामाजिक सञ्जालमा उनको पहुँच र युवालाई केन्द्रमा राखेर बनाइएको स्पष्ट योजना कारण उनी प्रति चासो, समर्थन र आशा तीव्र रूपमा बढ्दै गएको देखिन्छ।
दुर्गेश थापा अष्ट्रेलिया टुरमा, अष्ट्रेलियाको बिभिन्न ९ शहरमा प्रस्तुति रहने ।
दुर्गेश थापा अष्ट्रेलिया टुरमा आउँदै, हेलिकप्टरमै सम्झौता, करिब तीन करोड खर्च हुने अनुमान
काठमाडौं, १२ साउन २०८२ – चर्चित गायक दुर्गेश थापा ‘अस्ट्रेलिया टुर २०२५’ को लागि आज अष्ट्रेलिया प्रस्थान गर्दै हुनुहुन्छ। भोलि (जुलाई १३) ब्रिसबेनमा अवतरण गर्ने कार्यक्रमअनुसार थापा जुलाई १४ बाट सुरु हुने आफ्नो सांगितिक यात्रामा सहभागी हुँदैछन्।
यस विशेष टुरका लागि नेपालमै हेलिकप्टर प्रयोग गरेर सम्झौता गरिएको आयोजक संस्था द नेप्स ब्रिजवेन का अरुण तिवारीले जानकारी दिनुभयो। उनका अनुसार, सम्पूर्ण टुरका लागि अनुमानित खर्च करिब तीन करोड रुपैयाँ पुग्नेछ।
‘दुश्मन हेरको हेराइ’ नाम दिइएको अष्ट्रेलिया टुर अन्तर्गत गायक थापाले अष्ट्रेलियाका नौ प्रमुख शहरहरूमा आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने छन्। टुर BrizROCKS र NepZ Brisbane को आयोजनामा हुन लागेको हो।
टुरको विस्तृत कार्यक्रम यस प्रकार छ:
मिति (२०२५) शहर स्थान
जुलाई १४ ब्रिसबेन The Tivoli
जुलाई १७ होबार्ट Odean Theatre
जुलाई २० पर्थ Metro City
जुलाई २३ न्युक्यासल The Exchange Hotel
जुलाई २५ क्यानबेरा Albert Hall
जुलाई २७ सिड्नी Metro Theatre
अगस्ट १ डार्विन Discovery Darwin
अगस्ट ४ मेलबर्न Billboard The Venue 170 Russell
अगस्ट ८ एडिलेड Woodville Town Hall
यो सांगितिक टुर नेपाली समुदायसँगको सांस्कृतिक सम्बन्ध मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको हो। दुर्गेश थापाले नेपाली पप र लोकपप शैलीमा सिर्जना गरिएका आफ्ना हिट गीतहरू मार्फत अष्ट्रेलियामा रहेका नेपाली दर्शकहरूलाई मनोरञ्जन दिनेछन्।
कार्यक्रम KTM, Sasha Entertainment, BOB Production, Auto Continental, MZ Music Zone, Cheers Event, SK Entertainment साथै Media Partner Bishwopati लगायतका विभिन्न संस्थाहरूको सहकार्यमा सम्पन्न हुँदैछ।
दुर्गेश थापा अष्ट्रेलिया टुरमा, हेलिकप्टरमै सम्झौता — तीन करोडको भव्य सांगीतिक यात्रा सुरु हुँदै
दुर्गेश थापा अष्ट्रेलिया टुरमा आउँदै, हेलिकप्टरमै सम्झौता, करिब तीन करोड खर्च हुने अनुमान
काठमाडौं, १२ साउन २०८२ – चर्चित तथा बहुचर्चित गायक दुर्गेश थापा ‘अस्ट्रेलिया टुर २०२५’ को लागि आज अष्ट्रेलिया प्रस्थान गर्दै हुनुहुन्छ। भोलि (जुलाई १३) ब्रिसबेनमा अवतरण गर्ने कार्यक्रमअनुसार थापा जुलाई १४ बाट सुरु हुने आफ्नो सांगितिक यात्रामा सहभागी हुँदैछन्।
यस विशेष टुरका लागि नेपालमै हेलिकप्टर प्रयोग गरेर सम्झौता गरिएको आयोजक संस्था द नेप्स ब्रिजवेन का अरुण तिवारीले जानकारी दिनुभयो। उनका अनुसार, सम्पूर्ण टुरका लागि अनुमानित खर्च करिब तीन करोड रुपैयाँ पुग्नेछ।
‘दुश्मन हेरको हेराइ’ नाम दिइएको अष्ट्रेलिया टुर अन्तर्गत गायक थापाले अष्ट्रेलियाका नौ प्रमुख शहरहरूमा आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने छन्। टुर BrizROCKS र NepZ Brisbane को आयोजनामा हुन लागेको हो।
टुरको विस्तृत कार्यक्रम यस प्रकार छ:
मिति (२०२५) शहर स्थान
जुलाई १४ ब्रिसबेन The Tivoli
जुलाई १७ होबार्ट Odean Theatre
जुलाई २० पर्थ Metro City
जुलाई २३ न्युक्यासल The Exchange Hotel
जुलाई २५ क्यानबेरा Albert Hall
जुलाई २७ सिड्नी Metro Theatre
अगस्ट १ डार्विन Discovery Darwin
अगस्ट ४ मेलबर्न Billboard The Venue 170 Russell
अगस्ट ८ एडिलेड Woodville Town Hall
यो सांगितिक टुर नेपाली समुदायसँगको सांस्कृतिक सम्बन्ध मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको हो। दुर्गेश थापाले नेपाली पप र लोकपप शैलीमा सिर्जना गरिएका आफ्ना हिट गीतहरू मार्फत अष्ट्रेलियामा रहेका नेपाली दर्शकहरूलाई मनोरञ्जन दिनेछन्।
कार्यक्रम KTM, Sasha Entertainment, BOB Production, Auto Continental, MZ Music Zone, Cheers Event, SK Entertainment लगायतका विभिन्न संस्थाहरूको सहकार्यमा सम्पन्न हुँदैछ।
NRNA SCC भिक्टोरिया २०२५–२०२७: सशेन्द्र गौतम केसीको उम्मेदवारी
एनआरएनए एससीसी भिक्टोरिया (२०२५–२०२७) को डिपुटी कोअर्डिनेटर पदमा सशेन्द्र गौतम केसीको उम्मेदवारी
मेलबर्न, अष्ट्रेलिया – आगामी गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया निर्वाचन २०२५–२०२७ का लागि सशेन्द्र गौतम केसीले एनआरएनए एससीसी भिक्टोरिया डिपुटी कोअर्डिनेटर पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यो निर्वाचन आगामी २६ जुलाई २०२५ मा सम्पन्न हुँदैछ।
सशेन्द्र गौतमले समुदायलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् र आफ्नो कार्यकालमा पारदर्शिता, प्रक्रियागत मर्यादा, सामाजिक समावेशिता, र युवा सशक्तिकरणका विषयमा विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवारको प्रतिबद्धता:
गौतमले लेखेका छन्:
“म तपाईंहरू सबैलाई आश्वस्त गराउन चाहन्छु कि मेरो कार्यकाल भरि म सम्पूर्ण गतिविधिमा पारदर्शिता सुनिश्चित गर्नेछु, समुदायबीच आपसी समन्वय र सद्भाव कायम राख्नेछु, युवाहरूलाई विभिन्न प्लेटफर्म मार्फत जोड्ने र उत्प्रेरित गर्नेछु, र आवश्यक परेमा सामाजिक समस्या समाधानमा सजिलै पहुँचयोग्य हुनेछु।”
उनको दाबी छ—उहाँ नेतृत्वमा आएमा विशेषगरी सहयोगको खाँचोमा रहेका सदस्यहरूका लागि सजिलो पहुँच र प्रभावकारी सहयोग उपलब्ध गराइनेछ।
समर्थनको अपील:
गौतमले सम्पूर्ण एनआरएनए भिक्टोरिया समुदायसँग सहयोग, साथ, र हौसला प्रदान गर्न अनुरोध गरेका छन्।
“म यस यात्रामा तपाईंहरूको साथ र विश्वासको अपेक्षा गर्दछु।
सधैंजसो—हामी सँगै भए परिवर्तन सम्भव छ।”
निष्कर्ष:
समावेशी दृष्टिकोण, पारदर्शी कार्यशैली र युवामैत्री नेतृत्वको मार्गदर्शन गर्ने अठोटसहित सशेन्द्र गौतम केसीको उम्मेदवारीलाई भिक्टोरिया समुदायबाट उत्साहजनक प्रतिक्रिया प्राप्त हुने अपेक्षा गरिएको छ।
सशेन्द्र गौतम केसी
उम्मेदवार – डिपुटी कोअर्डिनेटर, एनआरएनए एससीसी भिक्टोरिया (२०२५–२०२७)
“हामी सँगै भए, सम्भव छ।”
पश्चिम अष्ट्रेलियाको NRNA NCC सदस्य पदका लागि दिपिका श्रेष्ठको उम्मेदवारी घोषणा
पश्चिम अष्ट्रेलियाको एनआरएनए एनसीसी सदस्य पदका लागि दिपिका श्रेष्ठको उम्मेदवारी घोषणा
पर्थ, अष्ट्रेलिया – गैर आवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि एनसीसी सदस्य पदमा समाजसेवी तथा सक्रिय महिला अगुवा दीपिका श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
काठमाडौंमा जन्मिएकी र अहिले पश्चिम अष्ट्रेलियामा रहेर समुदाय सेवामा सक्रिय श्रेष्ठ ‘Action, not words’ भन्ने जीवन मूल्यमान्यतामा विश्वास राख्ने, जोशिलो र निडर नेतृको रूपमा चिनिन्छिन्।
नेतृत्व र समुदायमा सक्रियता:
▪️ किवानिस क्लब अफ पर्थ (Kiwanis International) की कार्यकारी सदस्यका रूपमा, उनले बालबालिकाको स्वास्थ्यका लागि कोष सङ्कलन, “Heart Kids” र “Wheelchairs for Kids” जस्ता परियोजनाहरू सफलतापूर्वक संचालन गर्दै आएकी छन्।
▪️ जाल्टान (JALTAN) की स्वयंसेवकका रूपमा, जापानी भाषा तथा संस्कृति प्रवर्द्धनमा योगदान दिँदै अन्तर्राष्ट्रिय शिक्षा र भाषा आदानप्रदानलाई सघाएकी छन्।
▪️ हालै एनआरएनए डब्लुए को नारी निकुञ्ज महिला फोरम (२०२४–२०२५) की सक्रिय सदस्यको रूपमा, महिलाको अधिकार, समानता र नेतृत्वका लागि सशक्त आवाज उठाउँदै आएकी छन्।
टिम समावेसीसँगको अभियान:
उनी टिम समावेसीसँग मिलेर निम्न मुद्दाहरूमा विशेष प्राथमिकता दिइरहेकी छन्:
नयाँ विद्यार्थी र आगन्तुकहरूलाई व्यवहारिक मार्गदर्शन र परामर्श
मानसिक स्वास्थ्य र समुदायिक कल्याण प्रवर्द्धन
युवाहरूलाई नेतृत्व, सीप र अवसरको सशक्तिकरण
नेपाली कला, संस्कृति, खानपान र खेलमार्फत हाम्रो पहिचानको प्रवर्द्धन
समावेशी, पारदर्शी नेतृत्व — जहाँ प्रत्येक आवाजको मूल्य हुन्छ
दीपिकाको प्रतिबद्धता:
“म प्रतिनिधित्व मात्र होइन, सशक्तिकरणका लागि यहाँ छु।”
– दीपिका श्रेष्ठ
उनको ध्यान: महिला मुक्ति, बालबालिकाको कल्याण, र समुदाय एकता।
निष्कर्ष:
एनआरएनए पश्चिम अष्ट्रेलियाको भावी नेतृत्वका लागि साहस, सहानुभूति र प्रतिबद्धता बोकेकी उम्मेदवारको रूपमा दीपिका श्रेष्ठ एक सशक्त विकल्प बन्ने विश्वास व्यक्त गरिएको छ।
दीपिका श्रेष्ठलाई समर्थन गरौं।
साहस। करुणा। प्रतिबद्धता।
पूर्ण टिम एकता घोषणा: भिक्टोरियामा माहोल तात्यो, जित अब औपचारिकता मात्र!
मेलबर्न – एनआरएनए चुनाव २०२५ : टिम एकता जितको प्रतीक्षामा, चुनावी माहोल तताएको छ
मेलबर्न, जुलाई ११ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि भिक्टोरिया राज्यमा ‘टिम एकता’ चुनावी मैदानमा सशक्त रूपमा उत्रिएको छ। “संस्थागत रूपान्तरण, सामाजिक एकता र एनआरएनप्रतिको प्रतिबद्धता” भन्ने मूल नारासहित प्रस्तुत भएको टिम एकताले उम्मेदवारहरूको पूर्ण र अनुभवी सूची सार्वजनिक गर्दै चुनावी माहोललाई पूर्णरूपमा तताएको छ।
अनुभवी नेतृत्व, स्पष्ट दृष्टिकोण र समावेशी संरचनाले टिम एकतालाई अबको नेतृत्वका लागि सर्वश्रेष्ठ विकल्पका रूपमा उभ्याएको छ। राज्य संयोजक पदमा दोर्ण पन्त समिरको उम्मेदवारीले स्थायित्व र दिगो नेतृत्वको संकेत गरेको छ भने, उप–संयोजक बिकास सिलवाल, सचिव देवेन्द्र बजगाईं, कोषाध्यक्ष खिम गौतम र सह–सचिव पुष्कर भट्टराई, सदस्य पदका लागि के. राज खनाल, रविन फुँयाल, रविन उप्रेती, पुष्पराज पाण्डे, मनिष काफ्ले, पवन खतिवडा, विवेक लुइँटेल र विपुल ज्ञवाली जस्ता परिचित र परिणाममुखी अनुहारहरूलाई अघि सार्दै टिमले मजबुत सन्देश दिएको छ।
टिम एकताले युवाहरूदेखि महिलासम्मलाई नेतृत्वमा अघि ल्याउँदै समावेशीता र प्रतिनिधित्वमा नयाँ मापदण्ड स्थापना गरेको छ। युवा संयोजक सनराइज ज्ञवालीको नेतृत्वमा शंकर श्रेष्ठ, सरोज सापकोटा, भूपाल रेग्मी, सुदीप शाही, असीष खनाल र सञ्जय बनियाँ जस्ता युवाहरूको टोलीले एनआरएनएमा नयाँ ऊर्जा भर्ने दाबी गरिएको छ।
त्यस्तै, नारी संयोजनमा सिर्जना रायमाझीको संयोजकत्वमा पुष्पकला खड्का, अन्जुमा श्रेष्ठ, प्रीति श्रेष्ठ, राधिका गौतम, सुजता राई र सुजता चौलागाईं जस्ता महिलाहरूको सहभागिताले टिमको समावेशी सोच र नारी सहभागिता प्रतिको प्रतिबद्धता देखिएको छ।
चुनाव मिति (२६ जुलाई) नजिकिँदै जाँदा पनि अन्य प्रतिस्पर्धी प्यानलहरूले औपचारिक घोषणा नगरेको अवस्थामा टिम एकताको रणनीति, संरचना र समयमै गरिएको तयारीले स्पष्ट अग्रता लिएको देखिन्छ। टिम एकताको अभियानले जति नै चर्चा र जनसमर्थन बटुलिरहेको छ, त्यसले यसपटकको निर्वाचनमा “जित पक्का” भन्दै समर्थकहरूबीच उत्साह थपेको छ।
टिम एकताको अभियान अब सधैंको नेतृत्वको शैली परिवर्तन गर्दै नयाँ पुस्ता, नयाँ सोच र पारदर्शी कार्यशैलीको संकेत बनिरहेको छ। “हामी जित्ने होइन, परिवर्तन ल्याउने हो,” भन्ने नारासहित अघि बढेको टिम एकता अहिले भिक्टोरियामा सबैभन्दा मजबुत र उत्साहित समूहको रूपमा उभिएको छ।
नाम नखुलाऊने सर्तमा टिम एकताका सक्रिय टिम मेकरका अनुसार घोषणा संगै अन्य टिमका साथिहरूले मिलेर अगाड़ी बढ़न प्रस्ताव समेत राखेको बताएका छन त्यो निर्णय गर्न स्टेट कमिटिलाई अधिकार रहको समेत बताए ।
एनआरएनए अष्ट्रेलियाको यो कार्यकालको चुनावमा टिम एकता न केवल प्रतिस्पर्धामा छ, बरु जीतको प्रमुख दाबेदारको रूपमा उभिएको छ। अब चुनावी निर्णय भोटमा हुने भए पनि, भिक्टोरियामा चुनावी लहर टिम एकताको पक्षमा स्पष्ट देखिन थालेको छ।
NRNA Victoria का लागि विकास सिलवालद्वारा उप–संयोजक पदमा उम्मेदवारी घोषणा
एनआरएनए भिक्टोरिया (२०२५–२०२७) कार्यकालका लागि विकास सिलवालद्वारा उप–संयोजक पदमा उम्मेदवारी घोषणा
मेलबर्न, अष्ट्रेलिया — सक्रिय सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निभाउँदै आएका विकास सिलवालले गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया राज्य अन्तर्गत २०२५–२०२७ कार्यकालको लागि उप–संयोजक (Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
हाल एनआरएनए भिक्टोरिया स्टीयरिङ कमिटी (SCC) का सदस्य रहेका सिलवाल विगत केही वर्षदेखि मेलबर्नको नेपाली समुदायमा सक्रिय सेवा, नेतृत्व र समर्पणको प्रतिनिधि अनुहारका रूपमा चिनिँदै आएका छन्।
सामाजिक र संस्थागत नेतृत्वको अनुभव
विकास सिलवाल हाल Royal Western Club मा Club Manager को रूपमा कार्यरत छन्, जहाँ उनी समुदायका लागि सामाजिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समन्वय गर्न सक्रिय छन्। क्लब व्यवस्थापन र कार्यक्रम आयोजनामा उनको अनुभवले मेलबर्नस्थित नेपाली समुदायलाई थप संगठित र एकताबद्ध बनाउने दिशामा टेवा पुर्याएको छ।
त्यसैगरी, उनी Chitwan Samaj Victoria को Executive Member का रूपमा पनि कार्यरत छन्। चितवन क्षेत्रका नेपालीहरूलाई एक सूत्रमा बाँध्दै सांस्कृतिक सम्पदा, भाषा र सामाजिक पहिचान जगेर्नामा उनी निरन्तर सक्रिय छन्।
युवा नेतृत्वको प्रवर्द्धनमा अग्रसर
विकास सिलवालको अर्को महत्वपूर्ण भूमिका ONYF (Overseas Nepali Youth Forum) VIC मा Coordinator को रूपमा रहेको छ। यहाँ उनी युवाहरूलाई सामाजिक उत्तरदायित्व, नेतृत्व विकास, र सामुदायिक सक्रियतामा संलग्न गराउने उद्देश्यले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।
उनको विश्वास छ कि युवाको ऊर्जा र अनुभवको सन्तुलन नै समृद्ध, उत्तरदायी र दीर्घकालीन नेतृत्वको आधार हो।
उम्मेदवारीको उद्देश्य र अपिल
उम्मेदवारी घोषणा गर्दै सिलवालले भनेका छन्:
“एनआरएनए SCC सदस्यको रूपमा काम गर्दा मैले संगठनको आन्तरिक संरचना, कार्यशैली र सामुदायिक आवश्यकताहरूलाई नजिकबाट बुझेको छु। अब उप–संयोजकको रूपमा, म अझ रणनीतिक, समावेशी र पारदर्शी नेतृत्व प्रस्तुत गर्न चाहन्छु।”
उनले सम्पूर्ण भिक्टोरियावासी नेपाली समुदायसँग आग्रह गर्दै भने,
“तपाईंहरूको विश्वास र साथले मलाई तपाईंहरूको आवाज बन्ने अवसर दिनेछ। म सधैं संवाद, सहकार्य र सेवामा विश्वास गर्छु – र तपाईंहरूसँग हातेमालो गर्दै अघि बढ्न चाहन्छु।”
प्राथमिकता र योजना
विकास सिलवालले आगामी कार्यकालमा केही प्रमुख क्षेत्रहरूलाई प्राथमिकतामा राख्ने बताएका छन्:
नेपाली समुदायमा युवाको नेतृत्व क्षमता विस्तार गर्नु
महिला तथा सबै वर्गको प्रतिनिधित्व सुनिश्चित गर्नु
नेपाली सांस्कृतिक कार्यक्रम र पहिचानको संरक्षण तथा प्रवर्द्धन
संस्थागत पारदर्शिता र सहकार्यमा आधारित कार्यशैली विकास
सामाजिक एकता र आपसी सहयोगमा आधारित कार्यक्रमहरू विस्तार
निष्कर्षमा, विकास सिलवालको उम्मेदवारी केवल पदको लागि होइन — यो समुदायप्रतिको जिम्मेवारी, सेवाभाव र दिगो नेतृत्वको निम्ति हो। विभिन्न संघसंस्थामा उनीद्वारा देखाइएको प्रतिबद्धता र नेतृत्वले उनलाई एनआरएनए भिक्टोरियाको उप–संयोजकका रूपमा सशक्त उम्मेदवार बनाएको छ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा