थिर गुरुङद्वारा एनआरएनए अष्ट्रेलिया २०२५–२७ का लागि उम्मेदवारी घोषणा
थिर गुरुङद्वारा एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ का लागि उम्मेदवारी घोषणा
एडिलेड, दक्षिण अष्ट्रेलिया – आउँदो जुलाई २६ मा हुन गइरहेको गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनमा दक्षिण अष्ट्रेलियाको राज्य संयोजक पदका लागि थिर गुरुङ ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
दक्षिण अष्ट्रेलियावासी नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै गुरुङले आफु अष्ट्रेलिया बसाइको १८ औं वर्षमा प्रवेश गर्दै गरेको र एनआरएनएसँग १५ वर्षदेखि जोडिएको अनुभव आधार बनाउँदै उम्मेदवारी दिएको उल्लेख गरे।
उनले भने, “मैले विभिन्न संघसंस्थामा एक असल स्वयंसेवीका रूपमा काम गर्ने अवसर पाएको छु। एनआरएनको अभियानमा सधैं सक्रिय भएर लागिरहेको छु र यस संस्थामा अझ पारदर्शी, समावेशी र उत्तरदायी नेतृत्व दिन चाहन्छु।”
⸻
उम्मेदवारीको प्रमुख कारणहरू:
• समुदायमा पारदर्शी र जवाफदेही नेतृत्व प्रस्तुत गर्ने।
• दोस्रो पुस्ताका युवाहरूलाई एनआरएन अभियानमा सहभागी गराउने।
• नेपालीहरूको हकअधिकार र आपतकालीन सहयोगका लागि सक्रिय भूमिका खेल्ने।
• विद्यार्थी र सामाजिक कार्यक्रमहरूलाई प्रभावकारी बनाउने।
⸻
प्रस्तावित १० कार्ययोजना:
१. नेपाली सामुदायिक हल स्थापनाका लागि छलफल र आर्थिक संकलन।
२. दोश्रो पुस्ताको कला तथा प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम सञ्चालन।
३. प्रत्येक ३–६ महिनामा समस्या समाधान केन्द्रित छलफल आयोजना।
४. स्थानीय सरकारको कार्यक्रममा नेपालीको पहिचान प्रस्तुत।
५. नेपाली खेलकुद संघसँग सहकार्य र उपस्थिति।
६. नेपाली संघ, संस्था र व्यवसायीबीच जानकारी आदानप्रदान।
७. सवै नेपालीलाई सल्लाहकार बनाउन प्रस्ताब।
८. एनआरएनए मार्फत जानकारीमूलक गतिविधि सञ्चालन।
९. विद्यार्थी लक्षित उपयोगी कार्यक्रम आयोजना।
१०. एनआरएनको इतिहास समेटिएको पुस्तक प्रकाशन।
⸻
थिर गुरुङको भनाइमा:
“पद भनेको नेतृत्व होइन, सेवा हो। म तपाईंहरूको अमूल्य मत, साथ र विश्वासको अपेक्षा गर्दछु। एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन, यो हामी सबै नेपालीको साझा घर हो।”
“Volunteer हुनु सधैं सम्मानको विषय हो। तपाईंको समय, आवाज र प्रयास समाजको लागि परिवर्तन ल्याउने शक्ति हो।”
“सही समयमा सही सहयोग मिल्यो भने हामी सबैले अझ राम्रो काम गर्न सक्छौं। म यहाँ नेतृत्व गर्न होइन, सेवाको भावनासाथ अगाडि बढ्न आएको हुँ।”
⸻
सदस्य बन्नको लागि एप डाउनलोड गर्न सकिन्छ:
📱 iPhone मा डाउनलोड गर्न:
https://apps.apple.com/au/app/smart-nrna/id1544254635
📱 Android मा डाउनलोड गर्न:
https://play.google.com/store/apps/details?id=com.respect.nrna
⸻
भवदिय,
थिर गुरुङ
फोन: ०४३३८२२८७६
“संगै मिलेर सामाजिक काम गरौं — अबको यात्रा तपाईंहरूको साथ, मेरो आवाज।”
आशिक खड्का: अष्ट्रेलियामा स्वर्ण विजेता नेपाली युवा
अष्ट्रेलियामा नेपाली आशिक खड्काको चम्किलो सफलता: अन्तर्राष्ट्रिय शरीर सुगठन प्रतियोगितामा दुई स्वर्ण पदक र ओभरअल च्याम्पियनमा उपविजेता
अष्ट्रेलियामा नेपाली आशिक खड्का द्वारा अन्तर्राष्ट्रिय स्तरको शरीर सुगठन प्रतियोगितामा स्वर्ण पदक जित ।
ब्रिसबेन, अष्ट्रेलिया – नेपाली युवा खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा सम्पन्न ICN Natural Body Building प्रतियोगितामा उल्लेखनीय सफलता हात पारेका छन्। उनले फिजिकल तर्फ दुईटा Gold medal र Overall champion मा दोस्रो स्थान हासिल गर्नुकाा साथै स्वर्ण पदक जित्न सफल भएका छन्।
खड्का अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी हुन्। हाल उनले सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छन्। पढाइ, पारिवारिक जिम्मेवारी, र व्यक्तिगत जीवन सन्तुलनमा राख्दै उनले शरीर सुगठन प्रतिको आफ्नो अटल समर्पण र मेहनतलाई निरन्तरता दिएका छन्।
कसैले सोच्न सक्दैन कि पढाइ र संघर्षले भरिएको जीवनको बीचमा पनि अशिकले यस्तो गौरवमय उपलब्धि हासिल गर्न सक्दछन्। उनी ब्रिसबेनका विभिन्न प्रतिष्ठित सङ्गठनहरूसँग संलग्न छन् र समाजमा युवाहरूलाई स्वास्थ्य र फिटनेसप्रति प्रेरित गरिरहेका छन्।

उनको शरीर निर्माण प्रतिको लगाव, निरन्तर अभ्यास र कडा परिश्रमले नेपाली युवाहरूका लागि नयाँ प्रेरणा र सम्भावनाको ढोका खोलेको छ। अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अशिकको यस सफलतालाई गर्वका रूपमा लिएको छ।
प्रतियोगिता विजय पश्चात ONF QLD का अध्यक्ष प्रेम शाहिको टोलीले चौतारीमा आशिकको स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा खादा माला लगाई उनलाई सम्मान गरिएको थियो र विजयीको खुसीमा केक काटेर भव्य रूपमा सफलताको उत्सव मनाइएको थियो।
नेपालको गौरव सगरमाथा, विश्वसामु नेपाली पहिचान उजागर गर्ने अभियान ।
नेपालको गौरव सगरमाथा, विश्वसामु नेपाली पहिचान उजागर गर्ने अभियान ।
अष्ट्रेलियाको सिड्नीमा भव्य रुपमा अन्तर्राष्ट्रिय एभरेष्ट डे मनाइने — “सगरमाथा तथा हिमाली क्षेत्रको संरक्षण गरौं” भन्ने नारासहित नेपाल चिनाउने बहुआयामिक अभियान
सिड्नी, अष्ट्रेलिया —
संसारकै सर्वोच्च शिखर सगरमाथाको शान र नेपालको प्राकृतिक, सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रचारप्रसार गर्ने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा अन्तर्राष्ट्रिय एभरेष्ट डे भव्य रूपमा मनाइने भएको छ। फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन (FENCA) तथा गोरखा समाज अष्ट्रेलिया (GSA) को संयुक्त नेतृत्वमा, फेन्कामा आबद्ध विभिन्न नेपाली सामाजिक संस्था र समुदायको सहकार्यमा यो विशेष कार्यक्रम सन् २०२५ मे ३१ तारिख, शनिबार का दिन न्यू साउथ वेल्स राज्यको सिड्नीस्थित Five Dock मा आयोजना गरिनेछ।
“सगरमाथा तथा हिमाली क्षेत्रको संरक्षण गरौं – Preserve Mt. Everest and The Himalayas” भन्ने मूल नारासहित आयोजना हुने उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, पर्यटन, सम्पदा र सामुदायिक एकताको सशक्त झल्को प्रस्तुत गरिनेछ। कार्यक्रम बिहान ९:३० बजेबाट सुरु भई दिनभर विविध आकर्षक गतिविधिहरू सञ्चालन गरिने आयोजकहरूले जानकारी दिएका छन्।
सगरमाथा: नेपालले विश्वलाई दिएको अनुपम उपहार
सगरमाथा, जुन अंग्रेजीमा Mount Everest का नामले परिचित छ, केवल एक हिमशृङ्खलाको उच्च शिखर मात्र होइन, यो सम्पूर्ण मानव सभ्यताको गौरव हो। समुन्द्री सतहदेखि ८,८४८.८६ मिटर उचाइमा अवस्थित सगरमाथा नेपालले विश्वलाई दिएको अद्वितीय प्राकृतिक सम्पदा हो। तर यस शिखरको संरक्षण, संवर्द्धन र यसको नाममा नेपालको पहिचान अन्तर्राष्ट्रिय मञ्चमा सशक्त बनाउन निरन्तर प्रयास आवश्यक रहेको सन्देश दिनकै लागि अन्तर्राष्ट्रिय एभरेष्ट डेको आयोजना गरिँदैछ।
फेन्का र GSA को नेतृत्वमा राष्ट्रिय पहिचानको अन्तर्राष्ट्रिय प्रवर्द्धन
कार्यक्रमको मुख्य संयोजनमा फेन्का (Federation of Nepalese Community Associations in Australia) रहेको छ, जुन अष्ट्रेलियाभर छरिएर रहेका नेपाली संघसंस्थाहरूको छाता संगठन हो। यस अभियानको अगुवाइमा रहेको गोरखा समाज अष्ट्रेलिया (GSA) ले विगतमा पनि नेपाली चाडपर्व, महोत्सव, आपतकालीन उद्धार कार्यक्रमदेखि लिएर नेपाल प्रवर्द्धनका विविध अभियानहरू सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमका प्रमुख समन्वयक फेन्काका न्यू साउथ वेल्स राज्य संयोजक विष्णु हमाल र राज्य उपसंयोजक मुक्तिराम पोखरेल रहेका छन्।
विष्णु हमालले बताउनु भयो, “एभरेष्ट मात्र नेपालमा अवस्थित शिखर होइन, यो नेपालको गौरव हो। नेपाल प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्त धनी देश हो। यस्ता कार्यक्रमबाट हामीले अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूबीच एकता कायम गर्ने मात्र नभई, यहाँका मूलधारका नागरिक र अन्य अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालबारे जानकारी दिन सक्षम हुन्छौं।”
पर्यटन प्रवर्द्धन र नेपालको आर्थिक समृद्धिमा योगदान
फेन्का अष्ट्रेलियाका उपाध्यक्ष डा. मधुसूदन पुडासैनीले नेपालमा पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न यस्ता कार्यक्रम अत्यन्त सशक्त माध्यम हुने बताउनुभयो। “सगरमाथा एउटा ब्रान्ड हो, जसले विश्वभरिका लाखौं मानिसहरूलाई नेपालतर्फ आकर्षित गर्न सक्छ। यस किसिमको अन्तर्राष्ट्रिय स्तरको आयोजनाले नेपाललाई चिनाउने मात्र होइन, हाम्रो पर्यटन अर्थतन्त्रलाई समेत चलायमान बनाउनेछ। यसले देशको आर्थिक समृद्धिमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्याउँछ।”
उहाँका अनुसार, सन् २०२५ को एभरेष्ट डे कार्यक्रमले “Visit Nepal Again” अभियानलाई पनि अन्तर्राष्ट्रिय स्तरमा जोड दिनेछ। अष्ट्रेलियाबाट नेपाल जाने पर्यटक संख्यामा बृद्धि गराउने दीर्घकालीन उद्देश्यका साथ कार्यक्रमलाई डिजाइन गरिएको छ।
साथै Everest Day Celebration कार्यक्रमलाई विभिन्न व्यवसायिक संघ संस्थाले पनि कार्यक्रमलाई थप आयाम पुऱ्याउन सहकार्य एवं हातेमाली गरेका छन् सो कार्यक्रम अस्ट्रेलिया को सबै Estate क्यानवेरा , न्यू साउथ बेल्थ , एडिलेड , तासमानिया, मेलर्वन, पर्थ जसमा क्रमःश Let’s talk Numbers, Best green solar, Precision Home, Expert education and visa services, Peak Realty Real estate,Aussie Finance and home loans,Multi Dyanamic Real estate, Rainbow Painting and services,Himal Expert Driving School NSW, RFM Facility management and Expert telecom रहेका छन् |
सनातन विद्यातत्त्वम् लागू गरौं: सन्त ज्ञानेश्वरजीको आह्वान
सनातन विद्यातत्त्वम् लागू गरौं: सन्त ज्ञानेश्वरजीको आह्वान
“विद्यातत्त्वम् पद्धति” : सत्य, धर्म र तत्त्वज्ञानमा आधारित नयाँ शिक्षा अभियान
**सिद्धौर/हरिद्वार/वाराणसी, वैशाख २९ – संवाददाता**
आजको शिक्षाले जहाँ मानिसलाई केवल भौतिक उन्नतिको बाटोमा अघि बढाइरहेको छ, त्यहाँ “विद्यातत्त्वम् पद्धति” ले समाजलाई सत्य, धर्म, तत्त्वज्ञान र आध्यात्मिक चेतनामा आधारित मार्गदर्शन गर्न चाहन्छ। यस पद्धतिका प्रवर्तक, परमपूज्य सन्त ज्ञानेश्वर स्वामी सदानन्दजी परमहंसको नेतृत्वमा अहिले सत्य-सनातन शिक्षाको पुनर्स्थापनाको लागि राष्ट्रिय अभियान प्रारम्भ भएको छ।
विद्यातत्त्वम् पद्धति: सनातन सत्य शिक्षाको पुनराविष्कार
‘विद्यातत्त्वम् पद्धति’ लाई परा विद्या, परम विद्या वा परमार्थ विद्या पनि भनिन्छ जसले समाजलाई चारवटा प्रमुख विधाहरू — (१) शिक्षा (Education), (२) स्वाध्याय (Self Realization), (३) अध्यात्म (Spiritulization) र (४) तत्त्वज्ञान (Supreme Knowledge) मार्फत सम्पूर्ण मानव चेतनासँग परिचित गराउने उद्देश्य राख्दछ।
स्वामीजीका अनुसार, वर्तमान शिक्षा प्रणाली एकपक्षीय, जडप्रधान र केवल लौकिकतामा केन्द्रित भएकाले समाजमा असत्य, बेइमानी, हिंसा, भ्रष्टाचार, व्यभिचार, आतंकवाद र माओवादी विचारको वृद्धि भएको छ। यही शिक्षा प्रणालीले धर्म, आत्मा र परमात्मा जस्ता विषयहरूलाई बाहिर राखेको हुँदा समाजमा नैतिकता र मानवता कमजोर हुँदै गएको छ।
शिक्षा पद्धतिको आमूल परिवर्तन आवश्यक
विद्यातत्त्वम् पद्धतिका समर्थकहरू भन्छन् कि शिक्षा केवल शरीर र संसारसम्म सीमित नभई आत्मा र परमात्माको अनुभवसम्म पुग्ने माध्यम बन्नुपर्दछ। त्यसका लागि समाजमा पुनः यम-नियमजस्ता नैतिक मूल्यहरूको शिक्षा — जस्तै सत्य, अहिंसा, अस्तेय, अपरिग्रह र ब्रह्मचर्य — पुनर्स्थापित गरिनुपर्छ।
यस आन्दोलनमा सहभागी ‘सदानन्द तत्त्वज्ञान परिषद्’ र अन्य धार्मिक आश्रमहरू — सिद्धौर (बाराबंकी), हरिद्वार, र वाराणसीका ‘मोक्षदाता धाम’ — बाट जनचेतना कार्यक्रमहरू, पुस्तिका वितरण, सार्वजनिक पत्राचार तथा आध्यात्मिक शैक्षिक गोष्ठीहरू आयोजना गरिँदैछन्।
भगवद् कृपा हि केवलम् – “Only the Mercy of GOD”
स्वामी सदानन्दजीको दर्शन अनुसार, आत्मसाक्षात्कार र तत्त्वज्ञानबिना मुक्ति सम्भव छैन। “ऋते ज्ञानान्न मुक्तिः!” भन्ने वाक्यांशले यो गहिरो तथ्य प्रकट गर्छ। उहाँले बताउनुहुन्छ कि सत्ययुगदेखि लिएर कलियुगसम्म सत्य धर्मको स्थापना भगवान् श्रीविष्णु, श्रीराम, श्रीकृष्णले गरिसकेका छन्, र अहिले त्यो क्रम परमहंस सन्त ज्ञानेश्वर स्वामी सदानन्दजी मार्फत पुनः स्थापित हुँदैछ।
समाज सुधारको लागि ‘तत्त्वज्ञान’ अनिवार्य
स्वामीजीका अनुसार, केवल तत्त्वज्ञानको माध्यमबाट समाजमा व्याप्त पाखण्ड, आडम्बर, सम्प्रदायवाद, धार्मिक दुरुपयोग, आतंकवाद र अन्य विकृतिहरूलाई निर्मूल गर्न सकिन्छ। “सत्य एक छ, एक रहने छ, शेष सबै बकवास हो,” भन्ने उहाँको उद्घोषले सम्पूर्ण मानवजातिलाई एकताको भावमा बाँध्न खोजेको स्पष्ट देखिन्छ।
शिक्षित बन्धुजनमा आह्वान: सरकारलाई दबाब दिनुहोस्
सदानन्द तत्त्वज्ञान परिषद् र आश्रमहरू सम्पूर्ण शिक्षित, विद्वान, प्रशासनिक तथा राजनीतिक व्यक्तित्वहरूलाई आह्वान गर्दै भन्छन् — अब समय आएको छ कि हामी सबै मिलेर वर्तमान भौतिकतावादी शिक्षाको ठाउँमा सत्य-सनातन, तत्त्वज्ञानी शिक्षाको प्रतिपादन गरौं। यदि सरकारले आवश्यक दबाब र सुझावहरू ग्रहण गरेन भने देश र समाज थप अन्धकारमा फस्नेछ।
विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस्:
* वेबसाइट: [www.santgyaneshwarji.org](http://www.santgyaneshwarji.org)
* ई-मेल: [bhagwdavatari@gmail.com](mailto:bhagwdavatari@gmail.com)
* सम्पर्क: 09196001364, 09532470083, 09415584228, 07376308385
अन्त्यमा
सत्य धर्म, तत्त्वज्ञान र अध्यात्ममार्फत समाज सुधारको अभियानमा लाग्नु सबै धर्मप्रेमी, शान्तिप्रेमी र राष्ट्रप्रेमीहरूको कर्तव्य हो। सन्त ज्ञानेश्वर स्वामी सदानन्दजीको यो पुनीत कार्यमा हामी सबैले यथासम्भव साथ दिनु आजको सबैभन्दा ठूलो धर्म हुनेछ।
ॐ तत्सत् | धर्म चर | श्रम एव जयते | सत्यमेव विजयते !!
कुश मण्डल: अस्ट्रेलियामा नेपाली समुदायको रोजगारी गन्तव्य बनाउँदै ।
कुश मण्डल: अस्ट्रेलियामा नेपाली समुदायको रोजगारी गन्तव्य बनाउँदै ।
अस्ट्रेलियामा दुई वर्षमै ३०० भन्दा बढी अकाउण्टेंट तयार गर्दै सफल उद्यमीको रूपमा उदाएका कुश मण्डल — “Job Ready Program” मार्फत सयौंलाई रोजगारीको बाटो ।
सिराहा, नेपालमा जन्मिएका कुश मण्डल आज अस्ट्रेलियामा बसोबास गर्ने नेपाली युवाहरूका लागि सफलताको ज्वलन्त उदाहरण बनेका छन्। बुबा रामकुमार मण्डल र स्वर्गीय आमा अरुणा देवीका सुपुत्र कुश मण्डलले केवल आफूलाई सफल उद्यमीको रूपमा स्थापित गरेका छैनन्, उनले सयौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको करिअर बनाउने अभियानमा समेत महत्वपूर्ण योगदान दिएका छन्।
सुरुवात : निःशुल्क कक्षाबाट यात्रा सुरु
कुशले आफ्नो “Job Ready Program” को शुरुवात २० जना विद्यार्थीलाई निःशुल्क प्रशिक्षण दिएर गरेका थिए। आज यही कार्यक्रमले अस्ट्रेलियामा ३०० भन्दा बढी तयार गर्न सफल भएको छ, र थुप्रै विद्यार्थीहरूलाई स्थायी रोजगारीतर्फ डोर्याएको छ।
के हो Job Ready Program?
Kush Education Service अन्तर्गत सञ्चालित Accounting Job Ready Program खासगरी लेखा (Accounting) क्षेत्रमा रोजगारी खोजिरहेका विद्यार्थीहरूका लागि लक्षित गरिएको व्यावसायिक तालिम हो।
यस कार्यक्रम अन्तर्गत:
✅ Resume Preparation (CV लेखन)
✅ Interview Preparation (अन्तर्वार्ता तालिम)
✅ MYOB, Xero, QuickBooks जस्ता Accounting Software को प्रयोग
✅ Australian Accounting Standard र Taxation System को ज्ञान
✅ Workplace Communication & Etiquette Training
✅ Internship र Practical Experience
✅ Professional Mentorship
प्रदान गरिन्छ।
कुश मण्डलको दावीअनुसार, यो कार्यक्रमले विद्यार्थीलाई केवल ज्ञान दिने मात्र होइन, उनीहरूलाई job market का लागि तयार बनाउने पूर्ण व्यावहारिक सिपहरू समेत प्रदान गर्छ।
श्रीमती लक्ष्मी मण्डलको साथ र प्रेरणा
यस अभियानको प्रत्येक पाइलामा कुशलाई साथ दिएकी छिन् उनकी धर्मपत्नी लक्ष्मी मण्डल। उनी स्वयं पनि शिक्षित र सक्षम भएकीले कुशसँग मिलेर विद्यार्थीहरूको व्यवस्थापन, काउन्सेलिङ, तथा तालिम कार्यक्रमलाई सफल बनाउन सधैं अग्रसर रहिएकी छिन्।
Kush Education Service — अबको गन्तव्य
[https://kusheducationservice.com.au/](https://kusheducationservice.com.au/) मा जानुभयो भने, तपाईँले लेखा पेशामा करिअर बनाउन चाहनेहरूका लागि आवश्यक सम्पूर्ण जानकारी पाउनुहुनेछ।
कुश मण्डलको यात्रा कुनै संयोग होइन — यो कडा परिश्रम, इमानदारी, सीप र समुदायप्रति समर्पणको कथा हो। उनीजस्ता प्रेरणादायी व्यक्तित्वहरूले आज विदेशमा नेपाली समुदायलाई नयाँ पहिचान र गर्व दिने काम गरिरहेका छन्।
यदि तपाईं पनि अस्ट्रेलियामा लेखा क्षेत्र वा रोजगारको खोजीमा हुनुहुन्छ भने, कुश मण्डलद्वारा तयार गरिएको Job Ready Program तपाईंको करिअर परिवर्तन गर्ने पहिलो कदम हुन सक्छ।
काठमाडौंको अस्तव्यस्त ट्राफिक र लाइट रेलको विकल्प
आजभन्दा ठीक २०० वर्ष अगाडि, सन् १८२५ मा बेलायतको स्टकरन र डार्लिङटन शहरलाई जोड्ने पहिलो रेल्वे सेवा सञ्चालनमा आएको थियो । त्यसदेखि आजको दिनसम्म, रेलको विकासले अभूतपूर्व सफलता हासिल गरेको छ । अहिले संसारभर मेट्रो, मोनोरेल, हेभीरेल र लाइट रेलका विभिन्न प्रणालीहरू सञ्चालनमा छन् ।
चीनको सांघाईदेखि बेइजिङ हाइ स्पीड रेलसम्म, रेल प्रणालीले यातायातको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ । यो विकासले मानिसहरूको यात्रा गर्ने तरिका र जीवनशैलीमा सकारात्मक प्रभाव पारेको छ । आज संसारभर ५ करोडभन्दा बढी मानिसले दिनहुँ रेल्वेमा यात्रा गर्छन् र रेल्वे उनीहरूको जीवनकै अभिन्न अंगको रूपमा स्थापित भएको छ, तर विडम्बना, हामी नेपालीहरू संसारभर भएका रेल्वे प्रगतिलाई समाचारमा हेर्नमात्र बाध्य छौं ।
हाम्रो देशमा पनि रेल्वे सेवा भएको भए कस्तो हुन्थ्यो होला ? नेपालमा रेल्वेका बारेमा बेलाबखत विभिन्न किसिमका टिप्पणीहरू नभएका होइनन् । उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतबाट नेपाल जोड्ने अत्याधुनिक रेल्वे परियोजना छलफलका क्रममा छन् । यहाँ हामी काठमाडाैंका लागि सबैभन्दा उपयुक्त हुनसक्ने लाइट रेलको सम्भाव्यताबारे चर्चा गर्नेछौं ।
लाइट रेलले सवारीसाधनहरूको संख्यामा कमी ल्याउनसक्छ र मानिसहरूलाई सार्वजनिक यातायातमा यात्रा गर्न प्रोत्साहित गर्नसक्छ । यसले ट्राफिक जामको समस्या कम गर्न मद्दत गर्नेछ र यात्राको समयलाई घटाउनेछ । साथै यसले वातावरणमा पनि सकारात्मक प्रभाव पार्नसक्छ । किनकि यसले इन्धनको खपत घटाउँछ र वायु प्रदूषणलाई कम गर्छ ।
काठमाडौंमा लाइट रेलको निर्माणले यातायातको समस्यामा महत्वपूर्ण सुधार ल्याउनेछ । यसले सार्वजनिक यातायातलाई सहज र छिटो बनाउनेछ, जसले ट्राफिक जाम घटाउने र बासिन्दाहरूको जीवनस्तरमा सुधार गर्नेछ ।
काठमाडौंमा लाइट रेलको निर्माणले यातायातको समस्यामा महत्वपूर्ण सुधार ल्याउनेछ । यसले सार्वजनिक यातायातलाई सहज र छिटो बनाउनेछ, जसले ट्राफिक जाम घटाउने र बासिन्दाहरूको जीवनस्तरमा सुधार गर्नेछ । यसरी लाइट रेलले काठमाडांैको विकासमा ठूलो योगदान दिनसक्छ ।
के हो लाइट रेल ?
लाइट रेल एक प्रकारको रेलवे हो, जुन विशेषगरी शहरी क्षेत्रहरूमा द्रुत, विश्वसनीय र सुविधाजनक यात्राका लागि प्रयोग गरिन्छ । यो ट्र्याकमा गुड्ने रेल गाडी जस्तै अरु रेल गाडीभन्दा छोटो र हल्का हुन्छ । काठमाडौं जस्तो छोटो दुरीमा यात्रु चढाउन र ओराल्न पर्ने ठाउँमा यो उपयुक्त हुन्छ । किनकि यसको हेभी रेल र मेट्रो रेलको भन्दा स्पीड र ब्रेकिङ डिस्टेन्स कम हुन्छ । यसलाई मेट्रो र हेभी रेलको जस्तो सार्वजनिक रूपमा अलग गर्न पर्दैन । पूर्वाधारहरू पनि धेरै बनाउनु पर्दैन । साथै प्लेटफर्म पनि जमिनबाट धेरै न उँचो बनाउन सकिन्छ ।
लाइट रेललाई धेरै ठाउँमा ट्राम पनि भनिन्छ । सधैं गुड्ने हुनाले, यो हलुका हुन्छ । उच्च गुणस्तरको एयरकन्डिसनिङ सिस्टम र आरामदायक सिटिङ व्यवस्था हुन्छ, जसले यात्रुलाई सहज र रमाइलो अनुभव दिन्छ । यसको प्रयोग सन् १९७० को दशकदेखि अमेरिका, बेलायत र अन्य देशहरूमा सुरु भएको हो । अहिले विश्वभरका प्रमुख व्यापारिक बसोबास भएका स्थानहरू, जहाँ यात्रुको चाप बढिरहेको छ, त्यहाँ लाइट रेलको प्रयोग व्यापक रूपमा भइरहेको छ ।
इथियोपियाको अदिस अबाबा, पोर्चुगलको पोर्टो, स्पेनको बार्सिलोना, फ्रान्सको बोर्डियाक्स, नाइजेरियाको अबुजा, अस्ट्रेलियाका सिड्नी, गोल्ड कोस्ट, क्यानबेरा, मेलबर्न र अमेरिकास्थित मेरिल्यान्डलगायतका सयौं स्थानमा लाइट रेलको प्रयोगले यसको उद्देश्य पूरा भएकोमात्र होइन, आकर्षण पनि बढाएको छ । आज इथियोपिया जस्तो देशले लाइट रेल कुदाइरहँदा हामी अझै पनि यसको सम्भावनाका बारेमा चर्चा गर्ने अवस्थामै छौं ।
काठमाडौंमा कहाँ बनाउने लाइट रेल ?
पहिलो चरणमा काठमाडौंको २७ किलोमिटर लामो रिङ्गरोडमा लाइट रेलको निर्माण गर्न सकिन्छ, जसले उपत्यकामा ट्राफिकलाई सहज बनाउने मात्र होइन, यात्रुलाई सबै सुविधासम्पन्न यातायात प्रदान गर्नेछ । दोस्रो चरणमा महाराजगञ्जदेखि सातदोबाटोसम्मको १२ किमि लम्बाइको लाइट रेल वा कोटेश्वरदेखि बानेश्वर हुँदै कलंकीसम्मको करिब १० किमि लामो लाइट रेलको निर्माण गर्न सकिन्छ ।
रेल अत्याधुनिक प्रविधिबाट सञ्चालन हुने भएकाले यात्रुलाई सुरक्षित, सहज र आरामदायी यात्रा अनुभव प्रदान गर्नसक्छ । विशेष रूपमा वृद्ध, असहाय, बालबालिका र शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि लाइट रेल एक उत्कृष्ट सार्वजनिक यातायातको रूपमा विकसित हुनसक्छ ।
लाइट रेलका फाइदाहरू
ट्राफिक जाम न्यूनीकरणः काठमाडौं शहरमा ट्राफिक जाम न्यूनीकरणका लागि प्रभावकारी उपायहरू आवश्यक छन् । किनभने यहाँ सवारीसाधनहरूको संख्या तीव्र रूपमा बढ़्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन् ।
काठमाडौंका सडकमा कार्यालय समयमा मात्र होइन, प्रायः दिनभर नै मुख्य सडकहरूमा जाम हुने गर्छ । यस समस्यालाई समाधान गर्न सडक विस्तार, सार्वजनिक यातायातको सुधार र सवारीसाधनको संख्या नियन्त्रण गर्नुपर्नेछ । लाइट रेलले एक पटकमा सामान्यतया ३०० यात्रुलाई सवार गर्नसक्ने भएकाले यसले धेरै संख्यामा टेम्पो, माइक्रो बस, बस र कारहरूलाई स्थानान्तरण गर्न मद्दत गर्नेछ ।
समयको बचत र सजिलो यात्राः उपत्यकामा यात्रा गर्दा सवारी जामका कारण समयको सदुपयोग नहुनु सामान्य समस्या हो । विशेषगरी कार्यालय समय, विद्यालय-कलेज समय र साँझको समयमा मुख्य सडकहरूमा अत्यधिक जाम हुने गर्छ । लाइट रेल निश्चित समय तालिकामा सञ्चालन हुने भएकाले यात्रुले निश्चित समयमा आफ्नो गन्तव्यमा पुग्न सक्नेछन् ।
खर्चमा बचतः राजधानीका बासिन्दाहरू विशेषगरी पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनहरूमा निर्भर छन्, जुन दिनानुदिन महँगो हुँदै गएको छ । इन्धनको मूल्यवृद्धिले निजी सवारी प्रयोग गर्नेहरूका लागि मात्र होइन, सार्वजनिक यातायातका भाडा पनि बढाउनेछ । लाइट रेल एक पटक स्थापना भएपछि यसको सञ्चालन खर्च तुलनात्मक रूपमा कम हुने भएकाले व्यक्तिगत र राष्ट्रियस्तरमा इन्धनको खर्चमा बचत गर्न मद्दत गर्नेछ ।
सुरक्षित र आरामदायी यात्राः यो रेल अत्याधुनिक प्रविधिबाट सञ्चालन हुने भएकाले यात्रुलाई सुरक्षित, सहज र आरामदायी यात्रा अनुभव प्रदान गर्नसक्छ । विशेष रूपमा वृद्ध, असहाय, बालबालिका र शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि लाइट रेल एक उत्कृष्ट सार्वजनिक यातायातको रूपमा विकसित हुनसक्छ ।
सुखद संयोगको रूपमा नेपालमा पहिलो पटक रेलवेको सपना देखाउने नेता केपी शर्मा ओली अहिले झण्डै दुई तिहाइको समर्थनमा छन् । आशा गरौं कि सरकारले आगामी दिनहरूमा नेपालको रेलवेको विकासमा साँचो अर्थमा महत्वपूर्ण भूमिका खेल्नेछ । र, यो हाम्रा दैनिक जीवनको अभिन्न हिस्सा बन्नेछ ।
पर्यटन प्रवर्द्धनमा योगदानः काठमाडौं नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरूमा एक हो भन्ने कुरामा दुई मत छैन, तर यहाँको सार्वजनिक यातायातको असुविधा र अव्यवस्थित ट्राफिक व्यवस्थापनले गर्दा पर्यटकहरूलाई सहज यात्रा गर्नमा कठिनाइ हँुँदै आएको छ । यदि काठमाडौंमा आधुनिक लाइट रेल प्रणाली स्थापना गरियो भने यसले नेपाल भ्रमण गर्न आउने विदेशी र आन्तरिक पर्यटकहरूका लागि आकर्षक विकल्प बन्नसक्छ ।
पर्यावरण मैत्री तथा स्वच्छ ऊर्जा प्रयोगः पर्यावरण मैत्री र स्वच्छ ऊर्जा प्रयोगको महत्व अत्यधिक छ– विशेषगरी उपत्यकामा वायु प्रदूषणको समस्या समाधान गर्न । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनहरूले हानिकारक ग्याँसहरू जस्तै, कार्बन मोनोक्साइड र नाइट्रोजन अक्साइडको उत्सर्जन गरिरहेका छन्, जसले वातावरणमा नकारात्मक प्रभाव पार्छ । लाइट रेल विद्युतीय ऊर्जा प्रयोग गरेर चल्ने भएकाले यसले कुनै विषाक्त ग्याँसको उत्सर्जन गर्दैन ।
भौतिक पूर्वाधारमा नयाँ छलाङः नेपाल मात्र होइन, दक्षिण एसियामा हालसम्म नभएको रेल संरचना निर्माण गरेर लाइट रेलले भौतिक पूर्वाधारको विकासमा एक नयाँ युगको सुरुवात गर्नेछ ।
निष्कर्ष
उपत्यकाको घना र अस्तव्यस्त बस्तीमा छोटो दूरीको स्टेशन बनाउनाले यात्रुलाई सजिलो र सुविधाजनक अनुभव मिल्नेछ । लिफ्ट, स्केलेटर र र्याम्पको कम प्रयोगले दुर्घटना वा प्राकृतिक प्रकोपको समयमा पुनः सञ्चालन गर्न र जमिनको सतहमा रहेका यात्रुको उद्धार छिटो र सजिलो बनाउन मद्दत गर्नेछ । सुखद संयोगको रूपमा नेपालमा पहिलो पटक रेलवेको सपना देखाउने नेता केपी शर्मा ओली अहिले झण्डै दुई तिहाइको समर्थनमा छन् । आशा गरौं कि सरकारले आगामी दिनहरूमा नेपालको रेलवेको विकासमा साँचो अर्थमा महत्वपूर्ण भूमिका खेल्नेछ । र, यो हाम्रा दैनिक जीवनको अभिन्न हिस्सा बन्नेछ ।
(इन्जिनियर अर्जुन पोखरेल अस्ट्रेलियाको एसेट स्ट्राटेजी ट्र्याकमा इन्जिनियरिङ एन्ड मेन्टनेन्स म्यानेजरका रूपमा कार्यरत छन् । त्यस्तै इन्जिनियर शिशिर नेपाल इन्जिनियरिङ एन्ड सिस्टम इन्टिग्रेसनमा वरिष्ठ प्राविधिक विशेषज्ञका रूपमा अस्ट्रेलियामै कार्यरत छन् ।)
रुपन्देही सामाजिक सञ्जाल, अष्ट्रेलियाद्वारा नयाँ वर्ष २०८२ बिशेष कार्यक्रम
रुपन्देही सामाजिक सञ्जाल – अष्ट्रेलियाद्वारा नयाँ वर्ष २०८२ को भव्य BBQ कार्यक्रमको आयोजना
सिड्नी, अष्ट्रेलिया – रुपन्देही सामाजिक सञ्जाल – अष्ट्रेलियाको आयोजनामा आगामी ३ मे २०२५ शनिबार (२० वैशाख २०८२) का दिन नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा भव्य शुभकामना आदान–प्रदान तथा BBQ कार्यक्रम सम्पन्न हुने भएको छ।
Tempe Recreational Reserve (Airport Side, Princes Highway बाट प्रवेश) मा दिउँसो १२ बजेदेखि ५ बजे सम्म आयोजना हुने यस कार्यक्रममा नेपाली समुदायबीच आपसी सद्भाव, संस्कृति तथा परम्पराको प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएका छन्।
कार्यक्रममा नेपाली विशेष परिकार “सेलरोटी” लगायत विविध स्वादिलो खाना र रमाइलो पारिवारिक वातावरणको व्यवस्था गरिएको छ।
उक्त कार्यक्रमलाई सफल बनाउन PEAK REALTY, Expert Education & Visa Services, Tilicho Consulting Group (Education – Migration – Career), Let’s Talk Numbers (Accountants & Business Advisors), तथा Rainbow Painting & Services जस्ता संस्थाहरूले साथ दिएका छन्।
कार्यक्रमका लागि थप जानकारीका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिन्छ:
– **दिवाकर काफ्ले** – 0401 207 016
– **सूचना पाण्डेय** – 0421 353 859
– **राजु खनाल** – 0433 968 960
सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणासहित कार्यक्रममा उपस्थित भई नववर्षको उत्सव साझा गर्न अनुरोध गरिन्छ।
—
पर्थमा राहदानी नविकरणका लागि घुम्ती शिविर सञ्चालन हुने
पर्थमा राहदानी नविकरणका लागि घुम्ती शिविर सञ्चालन हुने
पर्थ, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) SCC पश्चिम अष्ट्रेलियाको संयोजनमा आगामी १५ मेदेखि २० मे २०२५ सम्म पर्थमा राहदानी नविकरणका लागि घुम्ती शिविर सञ्चालन गरिने भएको छ।
नेपाल सरकार, क्यानबेरास्थित नेपाली दूतावासको समन्वयमा सञ्चालन हुन लागेको उक्त शिविर 4/34 क्वीन स्ट्रिट, पर्थ मा आयोजना हुनेछ। स्थान पर्थ सिटी अन्डरग्राउन्ड ट्रेन स्टेसन नजिकै रहेको छ भने CPP र विल्सन पार्किङको सुविधा नजिकै उपलब्ध छ, जसले सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।
शिविरको उद्देश्य अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई राहदानी नविकरण सेवामा सहज पहुँच प्रदान गर्नु हो। गैरआवासीय नेपाली समुदायको सुविधालाई मध्यनजर गर्दै यस्तो शिविरको आयोजना गरिएको हो।
शिविर सम्बन्धी थप जानकारी र अद्यावधिक विवरणका लागि [www.nrn.org.au](http://www.nrn.org.au) मा हेर्न सकिनेछ।
**सम्पर्क व्यक्तिहरू:**
– माननिय फ्रेड ब्राउन:0408 030 477
– शेखर घिमिरे: 0425 256 702
– किशोर कुँवर: 0430 938 801
– सुमन सञ्जेल (हरिबंश): 0405 880 730
– मिम सुब्बा गुरुङ: 0426 977 509
– मनीष सिग्देल: 0450 261 570
गैरआवासीय नेपाली संघ SCC पश्चिम अष्ट्रेलियाले सम्पूर्ण नेपाली समुदायलाई समयमा नै आवश्यक कागजातसहित शिविरमा उपस्थित भइ सेवा लिन अनुरोध गरेको छ।
—
नई एकेडेमी अष्ट्रेलियाद्वारा “पारीजात जन्मजयन्ती विशेष समारोह” भव्य रूपमा सम्पन्न
नई एकेडेमी अष्ट्रेलियाद्वारा “पारीजात जन्मजयन्ती विशेष समारोह” भव्य रूपमा सम्पन्न
सिड्नी, १९ अप्रिल २०२५ – “पारीजात जन्मजयन्ती विशेष समारोह” भव्य रूपमा सम्पन्न
पारीजातको ८८औं जन्मजयन्तीको अवसरमा नई एकेडेमी अष्ट्रेलियाद्वारा एक विशेष साहित्यिक र सांस्कृतिक कार्यक्रम अष्ट्रेलियाको सिड्नीमा आयोजित भयो। कार्यक्रममा विभिन्न क्षेत्र र विधामा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्दै, बालबालिकाको सांस्कृतिक प्रस्तुति सहित साहित्यिक कविता वाचन समेत गरिएको थियो।
कार्यक्रम नई एकेडेमी अष्ट्रेलिया की संस्थापक अध्यक्ष सीमा रोशीको अध्यक्षता र नई एकेडेमी नेपाल की संस्थापक एवं उपकुलपति इन्दिरा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न भयो। साथै, नेपाल जेसिजका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय जेसिजका पूर्व उपाध्यक्ष, वरिष्ठ समाजसेवी एवं साहित्यकार अनुपमान सैंजु विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम सञ्चालन प्रज्ञा पनेरु (उपाध्यक्ष) र प्रान्जली खड्का (सचिव) ले संयोजनमा गरियो।
सन् २०२२ मा स्थापना भएको नई एकेडेमी अष्ट्रेलियाले स्थापना कालदेखि नै नेपाली, नेपाली–अष्ट्रेलियाली र अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिहरूलाई विभिन्न विधामा योगदान पुर्याएकोमा सम्मान गर्दै आएको छ। कला, साहित्य, संगीत, खेलकुद, स्वास्थ्य, मानसिक स्वास्थ्य, लैंगिक हिंसा नियन्त्रण, विज्ञान, प्रविधि तथा सामाजिक सेवाजस्ता विविध क्षेत्रहरूमा सक्रिय रहँदै आएको संस्थाले यस वर्ष पनि उल्लेखनीय योगदानकर्ताहरूलाई कदरपत्र र नगद पुरस्कारसहित सम्मानित गर्यो।
कार्यक्रममा प्रमुख अतिथि इन्दिरा प्रसाईले भर्चुअल रूपमा शुभकामना मन्तव्य दिँदै अष्ट्रेलियामा नयाँ एकेडेमीले गरिरहेको साहित्यिक तथा रचनात्मक प्रयासको मुक्तकण्ठले प्रशंसा गरिन्। त्यस्तै विशिष्ट अतिथि अनुपमान सैंजुले पत्रकार, कलाकार तथा बालबालिकालाई सम्मान गर्दै प्रवासमा रहेर भाषा, संस्कृति र साहित्यको संरक्षणमा गरिएको कार्य अत्यन्त प्रशंसनीय रहेको बताउँदै बालबालिकामा लुकेको प्रतिभा उजागर गर्ने प्रयासलाई मनैदेखि सराहना गरे।
**पुरस्कार प्राप्त व्यक्तित्वहरू यसप्रकार छन्:**
– साहित्य विधामा “नइ पारीजात पुरस्कार २०२५” अन्तर्गत श्री रामप्रसाद कोइरालालाई प्रशंसा–पत्र र नगद $५०० सहित सम्मानित गरियो।
– महिला पत्रकारिता विधामा मेलबर्नकी निरु त्रिपाठी र सिड्नीकी सीता रसाइलीलाई विशिष्ट सम्मान प्रदान गरियो।
– “Nai Youth of the Year Award 2025” अन्तर्गत १२ देखि २४ वर्ष उमेर समूहका पाँच युवा प्रतिभाहरूलाई प्रशंसा–पत्र र नगद $१०० सहित सम्मान गरियो।
– मोक्षदा अम्गाइ (नेपाल)
– सन्देश पौडेल (नेपाल)
– गोरीमा रायमाझी (मेलबर्न)
– सीमोन सिर्पाली (सिड्नी)
– मीया पुन (सिड्नी)
कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरूमा ANJA अध्यक्ष कृष्ण तिवारी, फेन्का NSW डिपुटी कोअर्डिनेटर तथा RSNA अष्ट्रेलियाका संरक्षक मुक्तिराम पोखरेल, लेखक तथा समाजसेवी सौरभ किरण, अनेसास अध्यक्ष डा. प्रकाश पौडेल, फेन्का डा. मधुसुधन पुडासैनी, शब्दमाला स्कुलका अध्यक्ष विष्णु घिमिरे, मिलिजुलि समाज नेपालका राष्ट्रिय संरक्षक रारा सैंजु, पत्रकार सीता रसाइली लगायतका समुदायका अगुवा र बालबालिकाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सहजिकरण फेन्काका डिपुटी कोअर्डिनेटर मुक्तिराम पोखरेलले गरेका थिए।
समारोहको अन्त्यमा अध्यक्ष सीमा रोशीलाई संस्थाको स्थापना र प्रवर्द्धनमा उल्लेखनीय योगदान पु-याएकोमा दोसल्ला ओढाई सम्मान गरियो। उनले संस्थाको अक्षय कोषका रूपमा ५ हजार डलर योगदान दिएको उल्लेखनीय कार्यको समेत प्रशंसा गरियो।
अन्ततः, अध्यक्ष रोशीले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगीहरूलाई आभार प्रकट गर्दै, यस्ता आयोजनाले नेपाली साहित्य र संस्कृति प्रवासमा पनि समुन्नत बनाउने विश्वास व्यक्त गरिन्।
‘सुमधुर साँझ’ : आनन्द कार्कीको प्रस्तुति, जेनीसा गौतम सम्मानित
सिड्नी, अष्ट्रेलिया –वरिष्ठ गायक आनन्द कार्कीको विशेष प्रस्तुति समेटिएको सांगीतिक कार्यक्रम ‘सुमधुर साँझ’ अष्ट्रेलियाको सिड्नीस्थित ग्रान्भिलको ‘रातो घर’मा भव्य रूपमा सम्पन्न भएको छ। ग्रान्भिल नेपाली कम्युनिटीको आयोजनामा, युकेवी ग्रुप्सको व्यवस्थापन तथा समाजसेवी रञ्जु वाङ्ग्ले थापाको अगुवाइमा सम्पन्न कार्यक्रम सांगीतिक, सांस्कृतिक र सामाजिक विविधता समेटिएको महत्वपूर्ण कार्यक्रमका रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा गायक कार्कीले ‘बादल बर्षा बिजुली’, ‘जनम जनम जिउला संगै’, ‘दुश्मन हेरेको हेरै’, ‘रेलिमा रेलिमाई’ लगायतका कालजयी र आधुनिक गीत प्रस्तुत गर्दा दर्शकहरू भावनात्मक रूपमा तानिएर मन्त्रमुग्ध भएका थिए। विशेषगरी ‘रेलिमा रेलिमाई’ जस्ता गीतहरूले दर्शकलाई नाच्न र रमाउन बाध्य बनाएको थियो।
कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। कलाकार जेनीसा गौतम, एनएसडब्लु तायक्वान्दो निर्देशक प्रकाश क्षेत्री, प्रशिक्षक प्रवीण थापा सहित चार जना खेलाडीहरूलाई डा. घनश्याम चापागाईंले प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको थियो।
कार्यक्रमको अन्त्यमा गायक आनन्द कार्कीलाई समाजसेवी रञ्जु वाङ्ग्ले थापाले नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदानप्रति सम्मानस्वरूप मायाको चिनो प्रदान गरिन्।
उक्त कार्यक्रममा एनआरएन महिला मञ्चकी अध्यक्ष सङ्गिता चापागाई, नेपालिज हिन्दु सोसाइटीकी अध्यक्ष लक्ष्मी बस्ताकोटि, युकेवी अध्यक्ष रञ्जित शाह, अष्ट्रेलियन नेपाली पत्रकार संघ (ANJA) का अध्यक्ष कृष्ण तिवारी, ग्रान्भिल नेपाली कम्युनिटीका अध्यक्ष भिम बस्नेत तथा पूर्व अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको समापनमा वरिष्ठ पत्रकार हेमन्त काफ्लेले नेपाली समुदायमा एकता, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने यस्ता कार्यक्रमहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सबैको सक्रिय सहभागिताप्रति आभार प्रकट गरे।
यस प्रकार ‘सुमधुर साँझ’ले सिड्नीमा बसोबास गर्ने नेपाली समुदायबीच सांगीतिक रसास्वादनसँगै आत्मीयता र एकताको सन्देश फैलाउन सफल भएको छ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा