२०८१ बैशाख १४ शुक्रबार

दोस्रो टिका कार्की स्मृति भलिबल कपको उपाधि सनराईज युथ क्लबलाई ।

सिडनी, अष्ट्रेलिया ।

दोस्रो टिका कार्की स्मृति भलिबल कपको उपाधि सनराईजलाई ।

दोस्रो टिका कार्की स्मृति भलिबल कपको उपाधि सनराईज युथ क्लब अष्ट्रेलियालाई ।

अष्ट्रेलियाको सिडनीमा बागलुंग समाज अष्ट्रेलियाले आयोजना गरेको दोस्रो टिका कार्की स्मृति भलीबल कप २०२३ को उपाधि सनराईज युथ क्लब अष्ट्रेलियाले उचालेको छ ।

सनराईज युथ क्लबले पहिलो खेल गोल्डेन ब्वाइज, दोस्रो खेल ढोरपाटन र फाइनल खेलमा म्याग्दि काली लाई हराउदै उपाधि उचालेको हो । उपाधि उचालेर सनराईज युथ क्लब अष्ट्रेलियाले प्रथम पुरस्कार को रुपमा २२०० अष्ट्रेलियन डलर, कप, सर्टिफिकेट र गोल्ड मेडल प्राप्त गरेको छ ।

सनराईज युथ क्लबको नेतृत्व कप्तान खीम मल्लले सम्हालेका थिए भने खेलाड़ीहरूमा चन्द्र बहादुर घर्ती मगर, बिजय लामा, सुरेश मल्ल, राजु शेरचन, प्रेम क्षेत्री, कृष्ण पाण्डे, याम बहादुर रोका, बम बहादुर काउछा पुन, मदन काऊछा, खेमु केसी र नसीन थापा रहेका थिए । क्लबको म्यानेजरको रुपमा मन गुरुंग र प्रशिक्षकमा श्याम कुमार थापा मगर ले जिम्मेवारी सम्हालेका थिए ।

क्लबका संस्थापक राजु गौचनले उपाधि हात पारे पश्चात सबै खेलाड़ीहरूमा खुशी व्यक्त गर्दे बधाई तथा सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए र आयोजक लाई बिशेष आभार प्रकट गर्दे टिका कार्की प्रति भाबपूर्ण श्रदांजली अर्पण समेत व्यक्त गरेका थिए ।

त्यस्तै क्लबका अध्यक्ष सुरेश मल्लले आफ्नो नेतृत्वमा सनराईज युथ क्लबले उपाधि हात पार्नु एक गर्व अनी खुशीको कुरा रहेको बताए साथै सहभागी सम्पूर्ण खेलाड़ीहरूमा धन्यवाद सहित आगामी दिनहरुमा समेत आयोजना हुने बिभिन्न भलीबल कपहरूमा आफ्नो क्लबको बलियो उपस्थिति रहने समेत बताएका छन त्यस्तै प्रायोजक र सहयोगी मनहरू प्रति धन्यवाद ज्ञापन समेत गरेका थिए ।

उक्त खेलमा प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका उपाध्यक्ष प्रकाश सुबेदि सहितको टोली मैदानमा सनराईज युथ क्लबको समर्थनको निम्ति रहेका थिए ।

कार्यक्रममा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यु साउथ वेल्स राज्यका संयोजक तथा समाजसेवी देब गुरुंगको आतिथ्यतामा पुरस्कार वितरण गरीएको थियो भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको कुरा सनराईज युथ क्लबका सक्रिय सदस्य तथा खेलाड़ी खेमु केसीले बिश्वपाटीलाई बताएका छन ।

२०७९ फाल्गुन २९, सोमबार प्रकाशित 0 Minutes 1180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार