२०८१ बैशाख १३ बिहीबार

आँखा स्वस्थ र तेजिलो बनाई राख्ने उपायहरू:

हाम्रो आँखा अति कोमल तथा महत्वपूर्ण अंङग हो । यस्तो संवेदनशील अगलाई सफा, स्वस्थ र तेजिलो बनाईराख्नका लागि हामी सबैले निम्न उपायहरु अपनाउनु पर्दछ

क) आँखा सफा राख्न बिहान मुख धुँदा र राति सुत्नुभन्दा पहिले दुबै आँखा सफा पानीले धुनु पर्दछ । यसो गर्नाले आँखाभित्र परेको घुलो तथा फोहरबाट आँखा सफा राख्न र फोहोरका कारणबाट हुने संक्रमणजन्य तथा अन्य रोगहरुबाट बच्न सकिन्छ ।

ख) सबै आफ्नो छुट्टै मुख पुछ्ने रूमाल प्रयोग गर्नु पर्दछ । यसो गर्नाल अरुको आँखाको रोग आफूलाई सर्नबाट बच्नमा मद्दत पुग्दछ

ग) दिनहुँ हरियो सागपातको तरकारी र पहेंलो तथा रातो रंगका पाकेका फलफूल र तरकारी जस्तै मेवा, आँप, गाजर, केरा, भुईकटर आदि मध्ये दिनहुँ कुनै न कुनै कुरा खाने बानी गर्नु पर्दछ । यी पदार्थहरुमा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ । यसले आँखालाई स्वस्थ र तेजिलो बनाउँदछ ।

(घ) ज्यादा तेजिलो वस्तु, वेइल्डिङ गर्दा निस्कने प्रकाश तथा सूर्य ग्रहण हेर्नु हुँदैन । यस्ता कडा प्रकाशमा नांगो आँखाले हेर्दा विकीरणले आँखाको दृष्टि पर्दालाई स्थायी रूपमा हानि पुयाई दृष्टि गुम्न सक्दछ ।

ङ) आँखामा धूलो, कसिंगर वा अरु कुनै चीज परेमा आँखा माड्नु हुँदैन । बरू तुरुन्तै सफा पानीले सम्ररी छ्यापेर आँखा धुनु पर्दछ । यदि आँखा पखाल्दा आँखामा परेको मुस वा क़सिगर निस्केन भने नजीकको आँखा अस्पताल वा उपचार केन्द्रमा गई निकाल्नु पर्दछ आँखा माडेमा बाहिरी नानीमा घाउ भई फुलो परी आँखा बिग्रन सक्दछ ।

च)आँखामा कुनै पनि प्रकारको चोटपटक लागेमा, आँखा दुख्ने भएमा अथवा आँखाको दृष्टि कम भएमा तुरुन्तै नजीकको आँखा अस्पताल वा उपचार केन्द्रमा गई उपचार गराउनु पर्दछ ।

(छ) चिकित्सकको सल्लाहविना जथाभावी कुनै पनि औषधी वा जडीबुटी आफूखुशी आँखामा हाल्नु हुँदैन यसले आँखालाई झन हानी पुल्याउन सक्छ ।

ज) मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्तिहरुको आँखामा कुनै पनि बेला गम्भीर खराबी हुन सक्ने भएकोले यस्ता समस्या भएका व्यक्तिहरूले अनिवार्य रूपले समय समयमा आँखा जँचाउने गर्नु पर्दछ ।

झ) दृष्टिविहीन गराउने अधिकांश आँखाका रोगहरु
४० वर्ष नाघेका व्यक्तिहरुलाई लाग्ने हुँदा यस्ता व्यक्तिहरुले पनि आँखाको स्वस्थताका लागि बेलाबेलामा आँखा जँचाउनु राम्रो हुन्छ।

२०७८ पुष २४, शनिबार प्रकाशित 0 Minutes 467 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार