भकुण्डे बगरमा निर्वाचन परिचालन कार्यलय उद्घाटन!!
नेकपा एमाले पोखरा-१८ सराङ्कोटले भकुण्डे स्थित निर्वाचन परिचालन कमिटी को सम्पर्क कार्यलय उद्धघाटन साथै पार्टी प्रवेश कार्यक्रम मंगलबार भव्यता का सम्पन्न गरेको छ।निर्वाचन परिचालन
संयोजक अरुण थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिब शालिकराम तिमिल्सिनाले सञ्चालन गरेका थिए ।उक्त कार्यक्रममा प्रमुख अथिती को रुपमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य मित्रमणी तिमिल्सिना ;अथिती हरु त्रम्रश नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका सदस्य तथा जननिर्वाचित वडाअध्यक्ष रण बहादुर थापा ,नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य युवा नेता हरि लम्साल ,नगर कमिटी सदस्य लक्ष्मण तिमिल्सिना ,महानगर कमिटी सदस्य भिम नेपालि ,पार्टी अध्यक्ष तथा अध्यक्ष पदका उमेदवार पुस्कल बहादुर थापा लगाएत सदस्य पदका उमेदवारहरू कल्पना ढकाल छेत्री ,मिना नेपाली, नमराज सुवेदी र रमेश थापा तथा विभिन्न नेता कार्यकर्ता धुर्ब थापा ,पवन जी.सी.,बुद्दी खडका कमरेड,रुद्र बानियाँ ,शिव थापा ,लगायत वाडा कमिटी सदस्यहरूको उपस्थितमा उक्त उद्धघाटन कार्यक्रम भब्य रुपमा सफल भयको छ।
सो कार्यक्रम मा भकुण्डे बासि जेष्ठ नागरिकहरु बाट उम्मेदवारहरु लाई टीका लगाई शुभ आशीर्वाद दिएका थिए।

सोहि उद्धघाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय सदस्य समेत रहेका आविस्कार तिमिल्सिना राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेकपा (एमाले) मा पार्टी प्रवेश गरेका छन्।
मेयरमा उम्मेदवारी दिन हेलिकप्टर चढेर पुगे धर्मराज, विरोधपछि देउवाले खोसे टिकट
काठमाडौं । नेपाली कांग्रेसले खोटाङस्थित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मेयर उम्मेदवार हुन टिकट पाएका धर्मराज पोखरेलको टिकट खोसेको छ।
प्रदेश नम्बर १ पार्टी संसदीय समितिका सभापति उद्धव थापाले पोखरेललाई मेयरको टिकट दिए पनि विवाद भएपछि उनको टिकट केन्द्रीय सभापति शेरबहादुर देउवाले खोसेर अर्कै उम्मेदवार बनाएका छन्।
मेयरको टिकट पाएपछि पोखरेल हेलिकप्टर लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए। तर उनलाई असन्तुष्ट कांग्रेस कार्यकर्ताले नै कुटपिट गरेका थिए। प्रहरी र मानव अधिकारकर्मीले उनलाई पार्टी कार्यालय र मुख्य निर्वाचन अधिकृत कार्यालय पुर्याएका थिए।
उनले मेयर पदमा उम्मेदवारी दिए पनि उनको टिकट कांग्रेस केन्द्रले खोसेको छ। सभापति शेरबहादुर देउवाले दिक्तेल रूपाकोट मझुवागढीको मेयर उम्मेदवार तीर्थराज भट्टराई भएको पत्र निर्वाचन अधिकृत कार्यालयमा पठाएका थिए।
भट्टराईले मेयरमा सोमबार नै उम्मेदवारी दर्ता गरिसकेका छन्।
शे-फोक्सुण्डो गाँउपालिका अध्यक्षमा एमालेका गुरूङसहित ६ जना वडा अध्यक्ष निर्विरोध निर्वाचित!!
डोल्पाको शे-फोक्सुण्डो गाँउपालिका अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्बिरोध भएका छन । अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि दोहोरो उम्मेदवारी नपरेको अध्यक्ष गुरूङले बताए । उनी नेकपा एमाले डोल्पाको उपसचिव समेत हुन ।
उनले गाउँपालिकाको ९ वटा वडा मध्ये ६ वटा वडामा नेकपा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको छ । गुरूङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्विाचित भएका छन ।
गुरूङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्वािरोध भएको छ । त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल नै निर्विरोध भएको छ । वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ।
त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल नै निर्विरोध भएको छ। वडा नम्बर ७मा पेम्मा छिरिङ गुरुङको प्यानल नै निर्विरोध भएको छ ।
त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल नै निर्विरोध भएको छ। यद्यपी निर्वाचन आयोगले उनीहरूको निर्विरोधको सूचना प्रकाशित गर्न बाँकी रहेको छ ।
स्थानीय तहमा एमालेको खाता खुल्यो, वडाध्यक्ष निर्बिरोध!!
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ । पूर्वी पाहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्बिरोध भएसँगै एमालेले बिजयको खाता खोलेको हो ।
देशभर उम्मेदवारी मनोनयन र टिकटको लागि माारामार चलिरहेका बेला चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध बनाएका हुन । उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् ।
ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे बन्नुभएको छ । यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध हुनुभएको छ । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो ।
एमाले पोखरा महानगरपालिका को ३३ वटै वडा अध्यक्षका उम्मेदवारको लिष्ट ।
पोखरा महानगरपालिका
नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वारहरु
वडा न १: सहारा प्रधान
वडा न २: दिपक शाह
वडा न ३ :बिष्णु शन्कर ख्वाजु
वडा न ४: मदन मुल्मी
वडा न ५ : बिष्णु बराल
वडा न ६ : बिष्णु भट्टराई
वडा न ७ : किशोर बराल
वडा न ८ : रुद्र नाथ बराल
वडा न ९ : प्रेम गुरुङ्ग
वडा न १०: पवित्रा देवि गुरुङ्ग
वडा न ११: मीन ब गुरुङ्ग
वडा न १२ : देश भक्त केसि
वडा न १३ : बसन्त बराल
वडा न १४: ढोल ब गुरुङ्ग
वडा न १५ : तोरण बानिया
वडा न १६: राजेश गुरुङ्ग
वडा न १७ : राधिका शाही योगि
वडा न १८ : पुस्कल ब थापा
वडा न १९: इमानराज पौडेल
वडा न २०: गङ्गा ब केसि
वडा न २१: दिपक सुवेदी
वडा न २२: प्रकाश गुरुङ्ग
वडा न २३ : शिवलाल पराजुली
वडा न २४: रामचन्द्र थापा
वडा न २५: तिर्थ ब थापा
वडा न २६: सुर्य भण्डारी
वडा न २७: सुर्य मणि लामिछाने
वडा न २८: बैन ब गुरुङ्ग
वडा न २९: श्री प्रसाद गुरुङ्ग
वडा न ३०: सोमनाथ बास्तोला
वडा न ३१ : चिरन्जिवी बन्जारा
वडा न ३२: खेम पुन
वडा न ३३: शिव प्रसाद आचार्य ॥
नेकपा एमाले सराङ्कोटको निर्वाचन प्ररिचालन कार्यलय ग्यारजातीमा उद्धघाटन!!
नेकपा एमाले पोखरा १८ ले आईतबार ग्यारजती स्थित पार्टी का उपाध्यक्ष तथा निर्बाचन परिचालन कमिटी का संयोजक अरुण थापा को घर मा निर्वाचन परिचालन कमिटी को सम्पर्क कार्यलय स्थापना गरेको छ।संयोजक अरुण थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रम मा प्रमुख अथिती को रुपमा नेकपा एमाले जिल्ला कमिटी कास्कीका सदस्य तथा जननिर्वाचित वडाअध्यक्ष रण बहादुर थापाले ले हस्ताक्षर गरि उदघाट्न गरेका थिए।साथै कार्यक्रम मा पार्टी अध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार पुस्कल बहादुर थापा लगायत उम्मेदवार सदस्य पदका उम्मेदवारहरू कल्पना ढकाल ,मिना नेपाली ,नमराज सुवेदी र रमेश थापा लगायत युबा परिचालन कमिटी संयोजक सुनिल कुमार थापा ,बिरेन्द्र थापा ,रमेश थापा र बिरेन्द्र बानिया लगायत को उपस्थिति रहेको थियो।उक्त कार्यक्रम पार्टी सचिब तथा प्रचार प्रसार विभाग प्रमुख शालिकराम तिमिल्सिनाले गरेका थिए ।
युबा परिचालन कमिटी पोखरा -१८ को भेला भब्य रूपमा सम्पन्न !!
युबा परिचालन कमिटी पोखरा -१८ को भेला सम्पन्न ।।।
नेकपा एमाले निर्वाचन परिचालन कमिटी पोखरा -१८ अन्तर्गत युबा परिचालन कमिटी को भेला सम्पन्न भएको छ।युवा परिचालन कमिटी का सयोजक सुनिल कुमार थापाको नेतृत्व मा भएको उक्त कार्यक्रम मा प्रमुख अथिती को रुपमा पार्टी जिल्ला कमिटी का सदस्य रण ब थापा पार्टी अध्यक्ष तथा अध्यक्ष पद्का उम्मेदवार पुस्कल ब थापा सयोजक अरुण थापा सहसयोजक तथा प्रसार प्रचार सयोजक शालिकराम तिमिल्सिना सहसयोजक सुशील जि सि मजदुर सगठ्न का कोषाध्यक्ष यादव तिमिल्सिना शकरजग थापा बिरेन्द्र थापा युबा सग १८ का अध्यक्ष धन ब पुन लगायत उल्लेख्य युबाहरुको सहभागीता रहेको थियोे ।कार्यक्रमलाई सम्बोधन गर्दै अथितीहरु ले हरेक टोल स्तरबाट युबाहरुको सहभागीता रहनेगरी विभिन्न किसिम का जिम्मेवारी तोक्दै निर्वाचन केन्द्रित निर्देशन दिनुभयो ।उपस्थित युबाहरुले जस्तोसुकै परिस्थिति को सामना गर्न पनि युबा सघ -१८ तयारी अबस्थामा रहेको प्रतिबद्धता व्यक्त गरेका छ्न उक्त कार्यक्रम को सन्चालन राष्ट्रिय युबा सघ १८ का सचिब झपेन्द्र भुजेल ले गरेका प्रचार प्रसार सयोजक शालिकराम तिमिल्सिना ले जानकारी दिनुभयो।

सर्वहित सकोसको १२ अैां वार्षिक वार्षिकोत्सव सम्पन ।
सर्वहित सकोसको १२ अैां वार्षिक वार्षिकोत्सव सम्पन ।
सर्वहित सकोसको १२ अैां वार्षिक वार्षिकोत्सव उपल्क्षमा आयोजित खुल्ला रक्तदान ,शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम शनिबार सम्पन भएको छ ।उक्त कार्यक्रम को अध्यक्षता संस्थाका अध्यक्ष शिव थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिब बसन्त सुबेदीले गरेका थिए ।उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा वडा नंबर १८ का वडा अध्यक्ष रण बाहादुर थापा रहेका थिए ।कार्यक्रमको उद्रघाटन प्रमुख अतिथि अतिथिहरूले ब्यानरमा हस्ताक्षर गरेर गरेका थिए ।प्रमुख अतिथि थापाले रेडक्रस पोखरा १८ उपशाखा का रेडक्रस क्रमी तथा पहिलो रक्तदाता सुर्य प्रसाद तिमिल्सिना (पालुवा)लाई ब्लडबाग्य दिएर रक्तदान कर्यक्रमको सुरुवात गरेका थिए ।क्यालेण्डर बिमबोचन संस्थाका उपस्थित सम्पूर्ण सेयरसदस्यहरू तथा कर्मचारीरूले सामुहिक रूपमा गरेका थिए ।रेडक्रस कर्मी सुर्य प्रसाद तिमिल्सिनाले रेडक्रसका सिद्धान्त बाचन गरेका थिए ।उक्त रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी पोखरा १८ उपशाखाका सभापति तथा सर्वहितका पूर्व अध्यक्ष सुर्य प्रसाद तिमिल्सिना (मुना)ले जानकारी दिए ।कार्यक्रम रेडक्रस जिल्ल शाखा रक्तसञ्चारका प्राबिधिकहरूलाई मायाको चिनो दिएर समापन भएको थियो ।


पालिका चुनावको लागि उम्मेदवारी दर्ताको तयारी पूरा : निर्वाचन आयोग!!
काठमाण्डाै – निर्वाचन आयोगले सबै पालिकामा उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ताको तयारी पूरा भएको बताउनुभयो ।
आयोगले भोलि र पर्सि बिहान ११ बजेदेखि बेलुकी पाँच बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । यस्तै आयोगले आफूलाई अनुकूल समयमा मनोनयन दर्ता गर्न अपिल गरेको छ । कतिपय ठाउँमा उम्मेदवारी दर्ताको लागि गोलाप्रथाबाट दलहरुलाई समय छुट्याएको भन्ने जानकारी आएको भन्दै आयोगले यसरी समय विभाजन नगर्न भनेको छ । आयोगले कानून बमोजिमको योग्यता पुगेका सबै नागरिक उम्मेदवार बन्न पाउने भन्दै निर्धारित दुई दिनमध्ये उम्मेदवारको अनुकूल समयमा उम्मेदवारी दर्ता गर्नुपर्ने जनाएको छ ।
यसअघिको पालिका चुनावमा मनोनयन दर्ता गर्नको लागि एक दिन मात्रै तोक्दा दल र कर्मचारी दुवैलाई चाप परेको कारण यो पटक दुई दिन समय तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले महिलालाई समावेशी ढंगले उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।
नेपालले एमसीसी सम्झाैता पारित गरेकाेमा अमेरिकी सांसदले दिए धन्यवाद सहित थप सहयाेग गर्ने प्रतिबद्धता!!
काठमाण्डाै – नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन् ।
नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाण्डौको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गरेका थिए । नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरुको टोलीले राखेकाे समूहका संयोजक डा. मिनेन्द्र रिजालले जानकारी दिनु भयो ।
अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरुले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुका साथै नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएकाे थियो ।
‘नेपालको समृद्धिका लागि, नेपालको जनजीविकाको लागि र नेपालको समावेशी विकासका लागि सहयोग पुर्याउने क्रममा दुवै पार्टीका सांसदको सहयोग रहनेछ, जुनसुकै सरकार भए पनि । त्यो सहयोग निरन्तर रुपमा रहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो’, समूहका संयोजक डा. रिजालले भन्नु भयो, ‘नेपालको भौतिक पूर्वाधार निर्माणका लागि, नेपालको पर्यटन क्षेत्रको विकासका लागि र स्वच्छ र नविकरण ऊर्जाका लागि नेपाल अत्यन्तै महत्वपूर्ण स्रोत भएको देश हुन सक्दछ, दक्षिण एशीयाका लागि भन्ने कुरा हामीले राख्यौं । त्यसमा उहाँहरुले सन्तोष व्यक्त गर्नु भयो । अनि नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पुर्याएको सहयोगको बारेमा कुरा गरियो । र, उहाँहरुले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।’
दुई देशबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरुले नेपाल भ्रमण गर्नु भएको हो । टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटगरी द्वीपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा