भारतमा ६ वर्षभन्दा मुनिका बालबालिकालाई विद्यालय नपठाउन अदालतको आदेश!!
भारतको सर्वोच्च अदालतले बालबालिकालाई कम उमेरमा विद्यालय नपठाउन अभिभावकहरुलाई आदेश दिएको छ । केन्द्रीय विद्यालयमा कक्षा १ मा भर्नाको न्यूनतम उमेर ५ वर्षबाट बढाएर ६ वर्ष पुर्याउने केन्द्रीय विद्यालय संगठनको निर्णय बिरुद्ध अभिभावकले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाई गर्दै कम उमेरमा विद्यालय नपठाउन आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
न्यायाधीश सञ्जय किशन कौल र एमएम सुन्दरेशको इजलासले कम उमेरमा विद्यालय पठाउनु बालबालिकाको मनोवैज्ञानिक स्वास्थ्यका लागि उचित नभएको भन्दै विद्यालय पठाउने उमेर ६ वर्ष पूरा हुनुपर्ने बताएको छ । अप्रिल ११ मा दिल्ली उच्च अदालतले पनि यस्तै आदेश दिएको थियो ।
सर्वोच्चको इजलासले कैयौँ अनुसन्धानहरूले बालबालिकालाई विद्यालय पठाउन हतार गर्न आवश्यक नभएको पुष्टि गरेका भन्दै कम उमेरका विद्यालय पठाउँदा उनीहरूको पढ्ने र सम्झने क्षमता प्रभावित हुन सक्ने बताएको छ । भारतका २१ वटा राज्यमा कक्षा १ मा भर्ना हुनको लागि ६ वर्ष पूरा भएको हुनुपर्छ ।
Anti-Semitism in worldwide surge, Israeli report says!!
The number of anti-Semitic incidents around the world dramatically increased last year, a study by Tel Aviv University has found.
The report identifies the US, Canada, the UK, Germany and Australia as among countries where there was a sharp rise.
This was fuelled by radical left- and right-wing political movements and incitement on social media, it says.
The report’s release coincides with Israel’s Holocaust Remembrance Day, which begins on Wednesday night.Known in Israel as Yom HaShoah, the day commemorates the six million Jews murdered by Nazi Germany across Europe during World War Two.
The Anti-Semitism Worldwide Report 2021, by the Center for the Study of Contemporary European Jewry at Tel Aviv University’s Faculty of Humanities, is based on the analysis of dozens of studies from around the world, as well as information from law enforcement bodies, media and and Jewish organisations.
It says that in 2021 there was “a significant increase in various types of anti-Semitic incidents in most countries with large Jewish populations”.
It found that:
In the US, which has the largest Jewish population outside of Israel, the number of anti-Jewish hate crimes recorded in both New York and Los Angeles were almost twice that of the previous year
In France, the number of recorded anti-Semitic incidents increased by almost 75% compared with 2020
In Canada, a leading Jewish group reported a 40-year record in anti-Semitic physical violence in one month – August
In the UK, the number of recorded physical assaults against Jews increased by 78% compared with 2020
In Germany, anti-Semitic incidents recorded by police were up 29% compared with 2020, and 49% compared with 2019
Australia also experienced a sharp rise in recorded anti-Semitic incidents, with 88 in May alone – the highest monthly total ever
The report’s authors blame in part reactions to May 2021’s fighting between Israel and Palestinian militants in the Gaza Strip for the rise in anti-Semitic incidents.
That month, Israel and militants fought an 11-day conflict in which 261 people were killed in Gaza, according to the United Nations, and 14 people were killed in Israel.
The report also identifies the proliferation of conspiracy theories surrounding the Covid-19 pandemic as fuelling anti-Jewish hate crimes.
“Right at the outset of the pandemic in 2020, conspiracy theories began to sprout around the world, blaming the Jews and Israel for spreading the virus,” it says.
“The lockdowns, which glued people to their screens at home, contributed significantly to popularising toxic anti-Semitic discourse on social networks.
“In 2021, when the lockdowns were gradually eased, anti-Semites returned to the streets.”
नेकपा एमाले पोखरा १८ को घर दैलो कार्यक्रम आज बाट सुचारु !!
स्थानिय निर्वाचन २०७९ बैशाख ३० गते हुन लागेको स्थानिय चुनावका लागि नेकपा एमाले पोखरा-१८, को पहिलो दिनको घर दैलो कार्यक्रम आज सम्पन्न गरेको छ ।
घरदैलो कार्यक्रमको आज पहिलो दिन साविक सराङ्गकोट गा.वि.स वडा नं-५, तोरीपानीमा स्थानिय बुबा आमा, दाजुभाई दिदी बहिनीहरूको उल्लेख्य सहभागीता रहेको थियो ।
आजको घरदैलो कार्यक्रमको संयोजकत्व अरूण थापाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शालिकराम तिमिल्सिनाले गर्नुभएको थियो ।
जेठ १ देखि विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार सार्बजनिक बिदा!!
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।
सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९: ३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन हुने उनले जानकारी दिए । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।
‘विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरु सार्वजनिक बिदा काटिन्छ, कसरी कक्षा सञ्चालन गर्ने मन्त्रालयले कार्ययोजना पनि बनाउँछ,’ उनले भने । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताए ।
विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो ।
१०४ वर्षको बाबा सँग आर्शिवाद लिएर विष्णु के सी को चुनावी अभियान सुरु!!
१०४ वर्षको बाबा सँग आर्शिवाद लिएर विष्णु के सी को चुनावी अभियान सुरु
पोखरा , अन्नपूर्ण कास्कीका
नेकपा (एमाले) का तर्फबाट अन्नपूर्णा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार विष्ण बहादुर के.सीले अन्नपूर्ण गाउँपालिका वडा नं ४ निवासी १०४ बर्षिय हजुरवावा ह० राम बहादुर के सी को हातबाट टिका) तथा प्रसाद ग्रहण आशिर्वाद ग्रहण गरेर आफ्नो चुनावी अभियान सुई गर्नु भएको छ । सोही अभियान क्रममा अन्य बुबाआमा तथा दाजुभाई हरूसँग समेत आशिर्वाद तथा शुभकामना ग्रहण गर्नु गर्नुभयो ।
स्वतन्त्र उम्मेदवार उठाएको निहुँमा सप्तरीमा दलित युवकको हत्या!!
जनकपुरधाम । स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा सप्तरीको खडक नगरपालिका-४ मा एक दलित युवकको हत्या भएको छ ।
आसन्न स्थानीय निर्वाचनका लागि सोही नगरपालिकाको ४ नम्बर वडाअध्यक्षमा स्वतन्त्रबाट महादेव पासवानले मनोनयन दर्ता गराएका थिए । उनलाई उम्मेदवार बन्न सघाएको भन्दै त्यही दिन राति स्थानीय २५ वर्षीय सन्तलाल पासवानमाथि आक्रमण गरियो ।
स्थानीयका अनुसार रडको आक्रमणबाट सन्तलालको टउकोमा गम्भीर चोट लागेको थियो । तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा गएराति उनको मृत्यु भएको हो ।
उनको मृत्युपछि आक्रोशित स्थानीयले आज पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेर सवारी अवरुद्ध पारे । प्रशासनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ । अहिले राजमार्ग सञ्चालनमा आएको छ ।
दलित अगुवा राजदेव रामले स्वतन्त्र उम्मेदवार खडा गरेकै निहुँमा सन्तलालको हत्या गरिएको बताए । ‘स्वतन्त्र उम्मेदवार बन्नु हरेक नेपाली नागरिकको अधिकार हो’, उनले भने, ‘उम्मेदवार खडा गरेकै निहुँमा सन्तलाललाई चौधरी समुदायका व्यक्तिहरूले धाकधम्की दिएका थिए । तर, उनीमाथि आक्रमण गरी हत्या भएको छ । यो अक्षम्य घटनाको प्रशासनले सुक्ष्म अनुसन्धान गरी दोषमाथि कडा कारबाही गर्नुपर्छ ।’
उनका अनुसार खडक नगरपालिकाको ४ नम्बर वडामा ७/८ सय दलित मतदाता छन् । आफूहरूकै बाहुल्यता रहेको वडामा कुनै पार्टीले उम्मेदवार नबनाएको भन्दै दलित समुदाय असन्तुष्ट थिए ।
स्वतन्त्र उम्मेदवारी दिएका दलित युवक महादेव दास भन्छन्, ‘उम्मेदवारी दिएर घर फर्केको राति टोलमा तीन ठाउँमा जन्ती आएको थियो । डिजे बाजाको विषयमा झगडा भयो । मलाई उम्मेदवार बनाएपछि केही व्यक्ति रिसाएकै थिए ।’
सन्तलाललाई कुटपिट गरेकै राति आफूलाई पनि आक्रमण गर्न दुई युवक घरमा आएको र बुबा कराउन थालेपछि ज्यान जोगाएको महादेवले नेपाल प्रेसलाई बताए । उम्मेदवारी फिर्ता लिन अहिले पनि ठूला पार्टीका नेताहले दबाब दिइरहेको उनले सुनाए ।
स्वतन्त्र उम्मेदवार उठाएको निहुँमा सप्तरीमा दलित युवकको हत्या
सन्तोष यादव २०७९ वैशाख १४ गते १७:०३
395
Shares
facebook sharing buttonmessenger sharing buttonwhatsapp sharing buttontwitter sharing buttonsharethis sharing button
जनकपुरधाम । स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा सप्तरीको खडक नगरपालिका-४ मा एक दलित युवकको हत्या भएको छ ।
आसन्न स्थानीय निर्वाचनका लागि सोही नगरपालिकाको ४ नम्बर वडाअध्यक्षमा स्वतन्त्रबाट महादेव पासवानले मनोनयन दर्ता गराएका थिए । उनलाई उम्मेदवार बन्न सघाएको भन्दै त्यही दिन राति स्थानीय २५ वर्षीय सन्तलाल पासवानमाथि आक्रमण गरियो ।
स्थानीयका अनुसार रडको आक्रमणबाट सन्तलालको टउकोमा गम्भीर चोट लागेको थियो । तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा गएराति उनको मृत्यु भएको हो ।
उनको मृत्युपछि आक्रोशित स्थानीयले आज पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेर सवारी अवरुद्ध पारे । प्रशासनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ । अहिले राजमार्ग सञ्चालनमा आएको छ ।
दलित अगुवा राजदेव रामले स्वतन्त्र उम्मेदवार खडा गरेकै निहुँमा सन्तलालको हत्या गरिएको बताए । ‘स्वतन्त्र उम्मेदवार बन्नु हरेक नेपाली नागरिकको अधिकार हो’, उनले भने, ‘उम्मेदवार खडा गरेकै निहुँमा सन्तलाललाई चौधरी समुदायका व्यक्तिहरूले धाकधम्की दिएका थिए । तर, उनीमाथि आक्रमण गरी हत्या भएको छ । यो अक्षम्य घटनाको प्रशासनले सुक्ष्म अनुसन्धान गरी दोषमाथि कडा कारबाही गर्नुपर्छ ।’
उनका अनुसार खडक नगरपालिकाको ४ नम्बर वडामा ७/८ सय दलित मतदाता छन् । आफूहरूकै बाहुल्यता रहेको वडामा कुनै पार्टीले उम्मेदवार नबनाएको भन्दै दलित समुदाय असन्तुष्ट थिए ।
स्वतन्त्र उम्मेदवारी दिएका दलित युवक महादेव दास भन्छन्, ‘उम्मेदवारी दिएर घर फर्केको राति टोलमा तीन ठाउँमा जन्ती आएको थियो । डिजे बाजाको विषयमा झगडा भयो । मलाई उम्मेदवार बनाएपछि केही व्यक्ति रिसाएकै थिए ।’
सन्तलाललाई कुटपिट गरेकै राति आफूलाई पनि आक्रमण गर्न दुई युवक घरमा आएको र बुबा कराउन थालेपछि ज्यान जोगाएको महादेवले नेपाल प्रेसलाई बताए । उम्मेदवारी फिर्ता लिन अहिले पनि ठूला पार्टीका नेताहले दबाब दिइरहेको उनले सुनाए ।
सन्तलालको हत्यामा निवर्तमान वडाध्यक्ष गंगाराम चौधरीका छोरा विवेक चौधरी, शिक्षक दिलिप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी लगायतका व्यक्तिको संलग्नता रहेको पीडित परिवारको आरोप छ । स्वतन्त्र उम्मेदवार दासले पनि घटनामा निवर्तमान वडाध्यक्ष गंगारामको हात रहेको टिप्पणी गर्छन् । गंगाराम नेकपा एसबाट वडाध्यक्षको उम्मेदवार छन् ।
दुई वर्षअघि बिहे गरेका सन्तलालको एक वर्षकी छोरी, श्रीमती र आमाबुबा छन् । उनको शव अहिले विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिस्टर सिंहले गाउँमा जन्ती लिएर आएको डिजे बाजाको विषयमा विवाद भएपछि सन्तलाल कुटिएको र उपचारको क्रममा मृत्यु भएको बताए ।
‘स्वतन्त्र उम्मेदवार खडा गरेकै निहुँमा सन्तलालमाथि कुटपिट भएको कुरा थाहा भएन । त्यस्तो कुरा उजुरीमा समेत उल्लेख छैन’, इन्सपेक्टर सिंहले भने ।
राष्ट्र्बैंकको ६६ औं वार्षिकोत्सबमा अर्थ मन्त्रीलाई आमन्त्रण गरीएन ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आफ्नो ६६औँ वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सव समारोहमा नेपालको अर्थतन्त्रमा कोभिड–१९ का कारण परेको असर र अहिलेको खस्कँदो अर्थतन्त्रका बारेमा पनि छलफल हुनेछ ।
खस्कँदो अर्थतन्त्रका कारण नेपालको उत्पादन, आय, रोजगारी, मूल्य तथा अर्थतन्त्रका सबै सूचकहरूमा नकारात्मक असर परिरहेको र यसलाई सकारात्मक ढंगबाट अघि बढाउने वषयमा पनि छलफल हुने राष्ट्र बैंकले जनाएको छ ।
वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई भने बोलाइएको छैन । पछिल्लो समय अर्थमन्त्री शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच तिक्ततापूर्ण सम्बन्ध छ । अर्थमन्त्री शर्माको प्रस्तावमा सरकारले केही दिनअघि गभर्नर अधिकारीविरुद्ध गोप्य सूचना चुहाएको आरोपमा जाँचबुझ गर्न समिति गठन गरेको थियो । त्योसँगै अधिकारी निलम्बनमा परेका थिए ।
आफूलाई हटाउने उद्देश्यले सरकारले समिति गठन गरेको भन्दै उक्त निर्णय खारेजीको मागसहित उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले तत्काल निलम्बन नगरी काममा फर्कने गरी अल्पकालीन अन्तरिम आदेश दिएको थियो । गभर्नर अधिकारीमाथिको मुद्दामा दुवै पक्षको बहस नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
राजु अर्याल सशस्त्रको एआइजी नियुक्त!
काठमाडौँ – सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा राजु अर्याललाई नियुक्त गरेको छ।
गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ।
डिआइजी अर्याल वरीयतामा पहिला नम्बरमा थिए। यसैगरी, डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन्।
यसअघि चैत ३० मा सरकारले पुष्पराम केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति गरेपछि एआइजीको एउटा दरबन्दी खाली भएको थियो।
उनी वैशाख १८ पछि सशस्त्र प्रहरी बलको महानिरिक्षक हुनेछन्।
एमाले पोखरा महानगरपालिकाका तर्फको उम्मेद्वारको पुरा विवरण, सम्पर्क नम्बर सहित ।
नेकपा एमाले पोखरा महानगरपालिकाका तर्फको उम्मेद्वारको विवरण
प्रमुख : कृष्ण ब थापा 9856021202
उपप्रमुख : मन्जु देवि गुरुङ्ग 9856026398
वडा न १: सहारा प्रधान 9856025091
खुल्ला वडा सदस्य : जुम काजी गुरुङ्ग ,ठाकुर प्रसाद बगाले
महिला सदस्य :शोभा गुरुङ्ग
दलित महिला सदस्य : सुकमाया दमाई
वडा न २: दिपक शाह 9856069303
खुल्ला वडा सदस्य :जनार्दन सुवेदी ,मङ्गल शाही
महिला सदस्य :उर्मिला पराजुलि
दलित महिला सदस्य :हरिमाया परियार
वडा न ३ :बिष्णु शन्कर ख्वाउजु 9856026781
खुल्ला वडा सदस्य :लेख बहादुर प्रधान ,जगतलाल शाही
महिला सदस्य :बर्मिला श्रेस्ठ
दलित महिला सदस्य : पुस्पा देवि रणपाल
वडा न ४: मदन मुल्मी 9856028100
खुल्ला वडा सदस्य :अब्दुल अमिद ,सिमा कोइराला
महिला सदस्य : लक्ष्मी देवि पराजुलि
दलित महिला सदस्य : कमला सि के
वडा न ५ : बिष्णु बराल 9856031144
खुल्ला वडा सदस्य :मणिराम बराल ,गोबिन्द पराजुली
महिला सदस्य :कल्पना क्षेत्री
दलित महिला सदस्य :हरिमाया बि क
वडा न ६ : बिष्णु भट्टराई 9856020272
खुल्ला वडा सदस्य : दिपेन्द्र पहारी ,बासुदेव बराल
महिला सदस्य :जमुना पराजुली पहारी
दलित महिला सदस्य :राममाया बिस्वकर्मा
वडा न ७ : किशोर बराल 9856035824
खुल्ला वडा सदस्य : अर्जुन थापा ,बिष्णुमणि बराल
महिला सदस्य :बसुन्धरा लामिछाने
दलित महिला सदस्य : सुनिता सुनार
वडा न ८ : रुद्र नाथ बराल 9856025037
खुल्ला वडा सदस्य : हिरा काजी श्रेस्ठ ,गोबिन्द बराल
महिला सदस्य : पबित्रा पौडेल
दलित महिला सदस्य :लक्ष्मी बि क
वडा न ९ : प्रेम गुरुङ्ग 9846030416
खुल्ला वडा सदस्य :सन्जय कमर ,धुर्व कुमार श्रेस्ठ
महिला सदस्य :लक्ष्मी गुरुङ्ग
दलित महिला सदस्य :सरास्वती नेपाली
वडा न १०: पवित्रा देवि गुरुङ्ग9856030372
खुल्ला वडा सदस्य :कुमार थिङ्ग ,शान्ती सुवेदी
महिला सदस्य : सिमा गुरुङ्ग
दलित महिला सदस्य :शान्ति देवि परियार
वडा न ११: मीन ब गुरुङ्ग 9856026828
खुल्ला वडा सदस्य : कार्लोश गुरुङ्ग ,बिष्णु प्रसाद आचार्य
महिला सदस्य : चन्द्रा शर्मा तिवारी
दलित महिला सदस्य :हेमकुमारी नेपाली
वडा न १२ : देश भक्त केसि 9856032627
खुल्ला वडा सदस्य : निर्मल ब थापा ,लक्ष्मी रिमाल
महिला सदस्य : शान्ती गुरुङ्ग
दलित महिला सदस्य :बिष्णु बि क
वडा न १३ : बसन्त बराल 9846034939
खुल्ला वडा सदस्य : निलकन्ठ सिग्देल ,अक्जत मिया
महिला सदस्य : कृष्ण कुमारी गुरुङ्ग
दलित महिला सदस्य :कमला बि क
वडा न १४: डेक ब गुरुङ्ग 9812971550
खुल्ला वडा सदस्य :गोपाल प्रसाद सापकोटा ,मान ब भुजेल
महिला सदस्य : सृजना कुमारी पोखरेल
दलित महिला सदस्य : सरिता बास्तोला
वडा न १५ : तोरण बानिया 9856026534
खुल्ला वडा सदस्य : आशिष भण्डारी ,बलराम पौडेल
महिला सदस्य : सेतिमाया गुरुङ्ग
दलित महिला सदस्य :मन्दिरा परियार
वडा न १६: राजेश गुरुङ्ग 9856024718
खुल्ला वडा सदस्य : रामकाजी गुरुङ्ग ,रामचन्द्र आचार्य
महिला सदस्य : राजकुमारी बानिया
दलित महिला सदस्य :मन्जु नेपाली
वडा न १७ : राधिका शाही योगि 9846184872
खुल्ला वडा सदस्य :शिवराम भन्डारी ,बिक्रम गुरुङ्ग
महिला सदस्य : बिष्णु माया थापा
दलित महिला सदस्य :तारा सेवा
वडा न १८ : पुस्कल ब थापा 9846020294
खुल्ला वडा सदस्य : नवराज सुवेदी ,रमेश ब थापा
महिला सदस्य : कल्पना ढकाल
दलित महिला सदस्य : मिना नेपाली
वडा न १९: इमानराज पौडेल 9856048758
खुल्ला वडा सदस्य : बिकास कुमार आचार्य ,नवराज केसि
महिला सदस्य : दुर्गा देवि बस्नेत
दलित महिला सदस्य :कल्पना सुनार
वडा न २०: गङ्गा ब केसि9851248280
खुल्ला वडा सदस्य : गन्जमान गुरुङ्ग ,उत्तम गुरुङ्ग
महिला सदस्य : मिरा पौडेल
दलित महिला सदस्य :रुपा सार्की
वडा न २१: दिपक सुवेदी 9856031024
खुल्ला वडा सदस्य : कृष्ण ब थापा ,झपट बहादुर रानाभाट
महिला सदस्य : बिमला के सि
दलित महिला सदस्य : सीता बि क
वडा न २२: प्रकाश गुरुङ्ग9846041805
खुल्ला वडा सदस्य : लिलाधर पौडेल ,सन्जिव गुरुङ्ग
महिला सदस्य : कृष्ण कुमारी पौडेल देवकोटा
दलित महिला सदस्य :सीता वि क
वडा न २३ : शिवलाल पराजुली 9856064685
खुल्ला वडा सदस्य : फणिन्द्र गुरुङ्ग ,चेत बहादुर क्षेत्री
महिला सदस्य : शान्ती शर्मा
दलित महिला सदस्य :रिता सुनार
वडा न २४: रामचन्द्र थापा 9856026186
खुल्ला वडा सदस्य :कृष्ण प्रसाद सुवेदी ,रेशम सुवेदी
महिला सदस्य : सरास्वती त्रिपाठि
दलित महिला सदस्य :मैयाँ नेपालि
वडा न २५: तिर्थ ब थापा 9856046729
खुल्ला वडा सदस्य : सुबास भण्डारी ,कृष्ण बहादुर कुवर
महिला सदस्य : धना कुमारी पोखरेल
दलित महिला सदस्य :तारा बिस्वकर्मा
वडा न २६: सुर्य भण्डारी 9856070270
खुल्ला वडा सदस्य : वसन्त बन्जारा ,धुर्व थापा
महिला सदस्य : प्रमिला बराल
दलित महिला सदस्य :शर्मिला सुनार
वडा न २७: सुर्य मणि लामिछाने 9856027088
खुल्ला वडा सदस्य : तारानाथ दवाडी ,प्रकाश देवकोटा
महिला सदस्य : बुद्धि माया थापा मगर
दलित महिला सदस्य : उमा परियार
वडा न २८: बैन ब गुरुङ्ग 9856037209
खुल्ला वडा सदस्य : बिरेन्द्र भण्डारी ,प्रकाश दवाडी
महिला सदस्य : राधिका पौडेल
दलित महिला सदस्य :सरु वि क
वडा न २९: श्री प्रसाद गुरुङ्ग9856031856
खुल्ला वडा सदस्य : कालिदास पोखरेल ,क्षेत्र ब गुरुङ्ग
महिला सदस्य : निर्मला पौडेल
दलित महिला सदस्य :सुक माया वि क
वडा न ३०: सोमनाथ बास्तोला 9856025014
खुल्ला वडा सदस्य : प्रेमराज बसौला ,नवराज भट्टराई
महिला सदस्य : भिम कुमारी पुन
दलित महिला सदस्य :उमा परियार
वडा न ३१ : चिरन्जिवी बन्जारा 9846037932
खुल्ला वडा सदस्य : देवेन्द्र अधिकारी ,बिनोद लामिछाने
महिला सदस्य : धनदेवि तिवारी
दलित महिला सदस्य :तारा नेपाली
वडा न ३२: खेम पुन 9846004975
खुल्ला वडा सदस्य : भिम ब गिरि ,धुर्व थापा
महिला सदस्य : सावित्री देवि पण्डित
दलित महिला सदस्य :सहनशिला गन्धर्व
वडा न ३३: शिव प्रसाद आचार्य 9856024433
खुल्ला वडा सदस्य : बिनोद भण्डारी ,शंकर अधिकारी
महिला सदस्य : शान्ती उपाध्याय
दलित महिला सदस्य : लिला नेपाली
युवाको नेतृत्व आजको आवश्यकताः उम्मेदवार बिध्यार्थी नेता बिनोद ।
देशै भरी चुनावको माहोल यति बेला तातीएको अवस्था छ । बारम्बार युवाको समय अनी पाली कहिले आऊने भनेर भनी रहदाँ आऊदो चुनावमा भने बिभिन्न राजनैतिक दल हरूले बिभिन्न स्थानमा आफु निकटको संगठनका युवाहरू लाई यति बेला धमाधम टिकट दिएको छ उम्मेदवारीको निम्ति । यसै सन्दर्भमा पोखरा वडा नम्बर ३३ मा युवा बिध्यार्थी नेता बिनोद भण्डारी ले सदस्य पदमा टिकट पाएका छन । उनको उम्मेदवारीले उक्त वडामा बिल्कुल युवाको संभाव्यता रहेको बताइएको छ ।
करिब एक दशक बढ़ी आफ्नो जीवन २०६७ देखी २०७८ सम्मको आफ्नो ऊर्जाशिल समय राजनीतिमा बिताएर अघी बधेका छन, उनी पोखरा-८ मा रहेको देश भरिकै सामुदायिक क्याम्पस हरू मध्यको ठुलो क्याम्पस जनप्रिय बहुमुखी क्यामपसमा अध्यन गर्दै गर्दा नेकपा एमाले निकट बिध्यार्थी संगठन अनेरास्ववियु क्यामपस कमिटीमा सदस्य, उपाध्यक्ष सम्मको ज़िम्मेवारी प्राप्त गरेका थिए । यति मात्र नभई उनी संस्थापक स्वतन्त्र बिध्यार्थी युनियन को अध्यक्ष पद्का उम्मेदवार समेत रहेका थिए । उनले बिध्यार्थिको छात्रवृत्ति, सरकारद्वारा बेला बेलामा बढ़ाइने पेट्रोलियम पदार्थको मूल्य बृद्धि को बिरोधमा आन्दोलनको नेतृत्व, नाकाबन्दीको बेलामा भारतीय बिस्तार बाद बिरुद्ध आन्दोलनको अग्रमोर्चामा रही काम गरेका थिए, क्यामपस प्रशासन संगको बिध्यार्थी सम्बन्धित वार्ता, कक्षा-कक्षामा आवश्यकीय चीज़हरूको अवस्थामा, गरीब भई पढ़ने अवसर गुमाऊने समयमा, प्राकृतिक प्रकोपमा राहतको समयमा लगायत अन्य महत्वपूर्ण अनी संबेदनशील कुरामा सदैब आफ्नो आवाज़ बुलन्द रुपमा प्रस्तुत गर्दथे त्यसैले पनी उनलाइ युवा अनी बिध्यार्थीले हेर्ने नज़र राम्रो रहेको बताउछन ।
त्यस पस्चात उनी देश कै ठुलो महानगर पोखरा महानगर पालिकाको अनेरास्ववियु महानगर कमिटीको निवर्तमान संयोजक समेत रहेर राजनीतिमा काम गर्दै आएका थिए । क्यामपस कमिटी, महानगर कमिटी, ज़िल्ला कमिटीमा रहदाँ उनले बिभिन्न कार्यक्रमहरू आफ़नो नेतृत्वमा सम्पन्न गरिसकेका छन । उनी राजनीति बाहेक पनी सामाजिक क्षेत्रमा समेत अगाड़ी बढ़ी रहेका छन । उनी समाज जागरण युवा क्लब-३३ का अध्यक्ष समेत हुन, उनले यी बाहेक पनी व्यवसायमा समेत आवद्ध छन ।
उनी सानै देखी सहयोगी, दूरदर्शी स्वभावका रहेका छन । आऊदो स्थानीय तहको निर्वाचनमा उनले आफ्नो उम्मेदवारी संगै वडाको बृहत्तर हित र बिकास संगै युवा मैत्री रहेर काम गर्ने समेत बताएका छन, राजनीति मात्र भनेर हुदैन देश बिकासकको निम्ति हरेक सामाजिक व्यक्तित्व हरू स्थानीय तहको चुनावमा उम्मेदवार रहेर जीत पछी बिकास र फोहोरि राजनीति लाई शुद्धीकरण गरेर सफा अनी निस्वार्थ राजनैतिक बिकास गर्नु हामी सबैको दायित्व र देश बिकास हाम्रो कर्तव्य रहेको बताए ।
उक्त वडामा अध्यक्ष पदमा शिवप्रसाद आचार्य, महिला सदस्य शान्ति उपाध्याय, दलित महिलामा लिला नेपाली, खुल्ला सदस्यमा सदस्य शंकर अधिकारी र बिनोद भण्डारी रहेका छन ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा