२०८३ असार ९ मंगलवार

कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गराएरै छाड्छौँः अध्यक्ष केपी शर्मा ओली !!

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देशलाई राम्रोसँग चिनेकोले नै सरकारको नेतृत्वमा रहँदा नेपालको वास्तविक नयाँ नक्सा छापेको र ती भूभागलाई फिर्ता गराएरै छाड्ने बताउनुभएको छ ।

उहाँले सरकारको नेतृत्वमा रहँदा संविधानको अनुसूचिमा राख्न संसद्बाट पारित गराएकाले नेपालको भूमि फिर्ता गर्नका लागि भारत सरकारलाई आफूले पत्र लेखेको र फिर्ता गरााएरै छाडिने बताउनुभयो ।

आफू प्रधानमन्त्री भएका बेला नेपाल विकास निर्माणमा हरेक दिन एक कदम अगाडि बढेको उहाँको भनाई रहेको थियो । उहाँले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आव्हान गर्नुभयो ।

उहाँले नेपाल विकसित नहुने कुनै कारण नरहेको जनाउँदै ब्रेन पावरमा नेपाल पूर्खाको पालादेखि नै अग्रणी रहेको बताउँदै विद्युत्को प्रयोग बढाएर मुलुकलाई अर्थतन्त्रमा स्वावलम्बी बनाउन आवश्यक रहको बताउनुभयो ।

उहाँले अझै नेपालका सडक बालबालिका रहेको त्यस्तो हुन नसक्ने बताउँदै एमालेले सरकारमा रहँदा कोही बालबालिका अभिभाकबिहीन भएर सडकमा बस्नु नपर्ने जनाउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “मैले मुलुकको नेतृत्व गर्दा नेपाली जनता र युवामा नयाँ अनुभूति पाएको थिएँ । चीनसँग पारवहन सम्झौता गरिसकेको छांै । हामी सानो देश बेरिएका छौँ । दुवै देशबाट नाका खुलाएका छौं । हामीले नेपालको विकासमा फरक ढंगले लैजान सक्नेछौँ ।”

अब देशको तीव्र विकास संख्यात्मक नभई गुणात्मक तरिकाले गर्नुपर्ने उहाँको थियो । अध्यक्ष ओलीले शिक्षा प्रणालीमा केही समस्या रहेको र जिवनोपयोगी प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने बताउनुभयो ।

युवामा अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए त्याग्नु पर्छ : एमाले अध्यक्ष केपी शर्मा ओली!!

ललितपुर, ७ वैशाख – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा रहेको देशभक्ति सुशासनको अकांक्षा, सामाजिक सदभाव, राष्ट्रिय एकता, सम्मृद्ध नेपा सुखी नेपाल परिकल्पना पुरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताएका छन् ।

ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवामा कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए हटाउनु पर्ने बताए । उनले भने, ‘नेपाल अर्थात हामी बसेको भूभागबाटै शैव सभ्याता सुरु भएको थियो । गीत, संगीत, कला, नृत्य यहीबाट सुरु भएको थियो । नेपाल अहिले मात्रै विकास नभएको हो । नेपाल कहिल्यै विकास नभएको होइन । हामीले त्यो विकासलाई निरन्तरता दिनमात्रै नसकेको हो । विभिन्न दर्शन र योगको सुरुवात यही भूमिबाट यही भएको हो ।
औषधि उत्पादन, खगोलशास्त्रीय अध्ययन अनुसन्धान, ज्ञान विज्ञानको अध्यन यहीबाट सुरु भएको हो । यसकारण त यस भूमिलाई ज्ञान भूमि, ध्यानभूमि, आविश्कार भूमिका रुपमा हाम्रा पूर्खाले अगाडि बढाएका थिए । यो भूभाग र यहाँका मानिस आदिविद्धान थिए । तिनै पूर्खाको जिन हामीसँग छ ।’ यसकारण हामी हाम्रो देशलाई सहजै विकसित गराउन सक्ने उनले बताए ।

नेकपा एमाले सराङ्कोटले दियो कार्यकर्तालाई प्रशिक्षण “

“नेकपा एमाले सराङ्कोटले दियो कार्यकर्तालाई प्रशिक्षण ”

नेकपा एमाले पोखरा १८ सराङ्कोटले आफ्ना कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको छ ।अरूण थापाको अध्यक्षतामा मंगलबार सम्पन्न उत्त कार्यत्रममा प्रमुख प्रशिक्षकको रूपमा प्रेस चैतारी नेपालका पूर्व केन्द्रिय सदस्य तथा नेपाल पत्रकार माहासंघ कास्की शाखाका पूर्व अध्यक्ष समेत रहेका समचार कर्मी दिपेन्द्र श्रेष्ठ रहनुभएको थियो ।कार्यत्रममा विशेष अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य मित्रमणी तिमिल्सिना र अतिथिहरूमा क्रमश जिल्ला कमिटी सदस्य तथा जननिर्वाचित वडा अध्यक्ष रण बाहादुर थापा , नगर कमिटी सदस्य लक्ष्मण तिमिल्सिना , भोजकुमारी थापा लगायतको उपस्थिति रहेको थियो ।एमालेले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचन सँग केन्द्रित प्रशिक्षण दिएको र प्रशिक्षणमा वडा कमिटीका सदस्य तथा पदाधिकारी र विभिन्न २८ टोल कमिटीका अध्यक्ष र सचिबहरूलाई प्रशिक्षण दिएको पार्टी वडा कमिटी सचिब , प्रचार प्रसार विभाग संयोजक तथा कार्यत्रमका सत्र्चालक शालिकराम तिमिल्सिनाले जानकारी दिनुभयो ।

कास्की काङ्ग्रेस पार्टी कार्यालयमा ताला!!

पोखरा । पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा काङ्ग्रेस महानगर समितिले ताला लगाएको छ ।

मंगलबार काङ्ग्रेस सभापति शेरबहादुर देउवाले काङ्ग्रेस गण्डकी सभापति शक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए ।

उक्त निर्णयले परिणाम उल्टो आउन सक्ने बारेमा नेतात्रयले जानकारी गराएतापनी केन्द्रले पोखरा नेकपा एकीकृत समाजवादीलाई नै दिने निर्णय गर्‍यो ।

सोही निर्णयको विरुद्धमा महानगर समितिले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।

एमालेको एक मात्र उद्देश्य चुनाव सार्नेः खनाल ।!

आज काकडभित्ता स्थित एक कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका नेता झलनाथ खनालले सम्मानजक एकताको आधार तय नभए कुनै दलको ‘पुच्छर’ बनेर आफ्नो पार्टी स्थानीय तह चुनावमा नजाने बताएका छन् ।झापा धुलाबारीमा मंगलबार मेचीनगर निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटनपछि खनालले पार्टीको भूमिकालाई नजर अन्दाज गरिए गठबन्धन अघि बढ्न नसक्ने चेतावनी पनि दिए । उनले भने, ‘”कुनै बहानामा हामीलाई अपमान गरिए त्यो सह्य हुनेछैन ।’”खनालले ‘कुनै दलको पुच्छर बन्न एकता सम्भव नरहेको’ दोहोर्‍याए ।
उनले गठबन्धन पाए बाँच्ने र नपाए मरिहाल्ने अवस्थामा पार्टी नरहेको भन्दै गठबन्धन नभए एक्लै चुनावी मैदानमा ओर्लिन पनि तयार रहेको उद्घोष गरे । निर्वाचन सार्न सरकार र सिंगो गठबन्धन लागि परेको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपको खण्डन गर्दै खनालले थपे, ‘निर्वाचन सरोस् भन्ने एमालेको भित्री चाहना छ, त्यही चाहना बारम्बार प्रतिबिम्बित भएको हो ।’

माधव नेपालकाे चेतावनी : चुनावमा सिट भागबन्डा गर्दा अपमानपूर्ण व्यवहार गरिए सहँदैनाैँ !!

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूभित्रैबाट पालिका चुनावमा सिट भागबन्डाकाे विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिनुभएको छ । 
आज मङ्गलवार काठमाण्डाैमा आयोजित नेकपा (एकीकृत समाजवादी) सँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनावमा हामी पाँच दल मिलेर जाने सोच बनाएका छौँ । महानगरपालिकामा, उपमहानगरपालिकामा अनि सबै पालिका र वडामा सिटको तालमेल कसरी मिलाउने ? भनेर लागिरहेका छाैँ । पालिका चुनावमा सिट बाँडफाँटलाई लिएर अरूको शक्तिको अवमूल्यन गर्ने र उनीहरूमाथि अपमानपूर्ण ढङ्गको व्यवहार गर्ने काम भइरहेकाे जिल्ला जिल्लामा हुने गरेको रिर्पोटमा आएको छ । याे सैह्य हुँदैन । हामी अपमान सहनका लागि जन्मेका होइनाैँ । अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थ्यमा विश्वास छ ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको र नागरिकले पनि आफ्नो पार्टीलाई आशाको नजरले हेर्ने गरेको बताउनुभयो । उहाँले पार्टीको पक्षमा जनलहर ल्याउने गरी चुनावको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । 
अध्यक्ष नेपालले चुनावमा आफ्नो पार्टीको चिह्न कलम भएको र यसको प्रचारप्रसारमा जोड दिन पनि सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराउनुभयो । 

आगामी निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्छ : उपमहासचिव खतिवडा !!

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले आगामी निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यकास्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै खतिवडाले मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका हुन् ।

उनले नेता खतिवडाले संविधानको रक्षा गर्दै प्रतिगमनविरुद्ध गठबन्धन बनाएकाले आसन्न निर्वाचनमा साझा उम्मेदवारले सफलता प्राप्त गर्ने दाबी गरे । स्थानीय निर्वाचनबाट धेरै कुरा सिक्दै त्यसको प्रयोग आम निर्वाचनमा गर्ने उनले बताए ।

उनले स्थानीय तहको घोषणपत्रमा पार्टीले निकै राम्रो काम समावेश गरेको दाबी गरे । त्यस्तै समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले संविधानको रक्षाका लागि क्रियाशील भई पाँच दलीय गठबन्धनका नीति तथा कार्यक्रलाई जनतामाझ पु¥याउनुपर्ने बताए ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले स्थानीय तहको निर्वाचनमा गठबन्धनका साँझा उम्मेदवारका विचारलाई मतदातासम्म लगेर अग्रगमनका पक्षमा जनमत बनाउनुपर्नेमा जोड दिए ।

राजेन्द्र महतोको फेसबुक ‘ह्याक’, लेखियो– लोसपाको यात्रालाई पूर्ण रूपले बिराम दिएको छु!!

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोको फेसबुक ‘ह्याक’ भएको छ । उनले आफ्नो फेसबुक ह्याक भएको उल्लेख गरेका छन् ।

महतोले लोसपा पार्टी छाडेको फेसबुकको स्क्रिन सट सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि आफ्नो आईडी ह्याक भएको बताएका हुन् । महतोले लेखेका छन्, “मेरो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु । यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दाइरामा ल्याउन पहल गर्नेछु ।”

यसअघि, समाजिक सञ्जालमा महतोले पार्टी छाडेको र यात्रालाई सहज, सरल बनाउने सबैलाई धन्यवाद दिइएको स्क्रिन सट भाइरल भएको थियो ।

मधेसमा महानगर प्रमुख-उपप्रमुख सहित २३ जनप्रतिनिधि एमालेमा प्रवेश ( नामसहित )

मधेसमा एमाले कमजोर छ भन्ने आरोपलाई पछिल्लो समय नेकपा एमालेप्रति बढेको आकर्षणले एकपछि अर्को खण्डित गर्दै आएको छ । मधेसको स्थानीय तहका प्रभावशाली २३ जनप्रतिनिधि एमालेमा प्रवेश गरेपछि त्यो तथ्य थप बलियो बनेको हो ।
धेसमा माओवादीबाट प्रभावशाली राजनीति गर्दै आउनु भएका नेताहरु प्रभुु साह, ज्वालाकुमारी साहलगायतले नेकपापछि एमाले नै रोजेसँगै मधेसमा एमाले थप बलियो बन्दै गएको थियो । उहाँहरुले एमाले रोजेसँगै माओवादीबाट विजयी भएका धेरै जनप्रतिनिधिको आकर्षण एमाले बन्न थालेको छ ।
प्रदेश–२ को एक मात्रै महानगरपालिका वीरगञ्जका मेयर विजय सरावगी नै एमाले प्रवेश गरेपछि तराईमा आफूलाई शक्तिशाली भन्ने जनता समाजवादी पार्टी समेत आफ्ना नेता–कार्यकर्ताको एमालेप्रतिको आकर्षणका कारण कमजोर बन्न थालेको प्रमाणित गर्छ  । अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका बेला मधेसप्रति देखाएको सद्भाव र विकासमा देखाएको रुचिका कारण ती जनप्रतिनिधिको आकर्षण एमालेप्रति बढेको तथ्यलाई नकार्न मिल्दैन ।
पछिल्लो समय एमाले प्रवेश गरेका जनप्रतिनिधिले समेत मधेसको विकासको वाहक एमाले मात्रै भएको भन्दै एमाले प्रवेश गरेको अभिव्यक्ति दिनुले पनि एमाले थप बलियो बनेको तथ्य प्रष्ट हुन्छ । नेकपा एमाले केन्द्रीय प्रचार विभागका सदस्य महेश दासका अनुसार मधेसका विभिन्न स्थानीय तहका तीन प्रमुख र तीन उपप्रमुखसहित २३ जनप्रतिनिधिहरुले एमाले प्रवेश गरेका छन् ।
पर्सा
प्रमुख–३ उपप्रमुख–३
१. वीरगन्ज महानगरपालिका प्रमुख विजय कुमार सरावगी (जसपा)
२. छिपहरमाई गाउँपालिका प्रमुख मनोजकुमार गुप्ता (माओवादी)
३. जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ (माओवादी)
४. धोवीनी गाउँपालिकाका उपप्रमुख पारसनाथ प्रसाद कुर्मी (जसपा)
५. सखुवाप्रसौनि गाउँपालिकाका उपप्रमुख फुलमतीकुमारी थरुनी (जसपा)
६ बहुदरामाई नगरपालिकाका उप प्रमुख गायत्री देवी (कांग्रेस)
बारा
प्रमुख–१
१. आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तुफा अन्सारी (जसपा)
रौतहट
प्रमुख–४ उपप्रमुख– ६
१. इशनाथ नगरपालिका प्रमुख सन्तोष कुमार मेहता (कांग्रेस)
२. कटहरिया नगरपालिका प्रमुख सीताराम प्रसाद कुशवाह (माओवादी)
३. मौलापुर नगरपालिका प्रमुख रीना कुमारी साह (माओवादी)
४. राजपुर नगरपालिका प्रमुख मो सकिल अख्तर (कांग्रेस)
५.देवाही गोनाही नगरपालिका उप प्रमुख परनिया देवी (माओवादी)
६. फतुवा विजयपुर नगरपालिका उप प्रमुख कौशिला राउत जयसवाल (माओवादी)
७.मौलापुर नगरपालिका उप प्रमुख गौरी शंकर प्रसाद (माओवादी)
८. यमुनामाई गाउँपालिका उप प्रमुख गीतादेवी साह (माओवादी)
९. राजदेवी नगरपालिका उप प्रमुख अंशु सिंह (जसपा)
१०.बौधिमाई नगरपालिका उपप्रमुख प्रेमलता कुसवाह (जसपा)
सर्लाही
प्रमुख–१
१. कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव (लोसपा)
महोत्तरी
प्रमुख १ उप प्रमुख २
१. सम्सी गाउँपालिका प्रमुख शेष फारुक (माओवादी)
२.जलेश्वर नगरपालिका उपप्रमुख मनचुन देवी (लोसपा)
३. पिपरा गाउँपालिका उप प्रमुख विनोदकुमार चौधरी (लोसपा)
धनुषा
उप प्रमुख २
१. गणेशनाथ चारनाथ नगरपालिका उप प्रमुख मीनाकुमारी यादव (माओवादी)
२. विदेह नगरपालिका उपप्रमुख निलम कुमारी देवी (माओवादी)

झलनाथ खनाललाई ‘राष्ट्र गौरव’ पदक!!

काठमाडौं । सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदक प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता खनाललाई उक्त पदक बिहीबार प्रदान गरिन् ।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण प्रदान गरिएको हो । संविधान दिवसका अवसरमा सरकारले नौ सय तीनजनालाई मान-पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय