मन्त्री प्रेम आले एमाले फर्किने प्रचुर तयारी, चुनावी दाऊ ?
काठमाडौं । नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीतिर लागेका प्रेमबहादुर आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिरहेका छन् ।
पार्टी विभाजन हुनुभन्दा पहिले खुलेरै एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका उनी एकाएक नेकपा एकीकृत समाजवादीमा लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।
ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री बनेका बेलामा उनी निक्कै आलोचित बनेका थिए । तर, नेकपा एकीकृत समाजवादीतिर लागेका आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेपछि भने सबैको वाहवाही पाए ।
उनै पर्यटनमन्त्री फेरि नेकपा एमालेमा नै फर्कने तयारीमा रहेका विश्वस्त स्रोतले जनाएको छ । उनी निकट एक नेताका अनुसार मन्त्री आलेको मन्त्री पद जाने भएसँगै उनी फेरि नेकपा एमालेमै फर्कने तयारीमा रहेका हुन् ।
यस्तै सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा आफ्नो निर्वाचन क्षेत्रबाट टिकट नपाईने र आफ्नो निर्वाचन क्षेत्रको टिकट अरु पार्टीलाई दिएर उनीहरुलाई जिताएर पठाउनुपर्ने बाध्यतालाई पनि उनले एमाले फर्कनुपर्ने कारणको रुपमा राखेका ती नेताले बताए ।
२०७४ को आम निर्वाचनमा डोटी १ बाट निर्वाचित भएका आलेलाई ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि गत पुसमा वन तथा वातावरण मन्त्री बनाएका थिए। चर्चित मन्त्री आलेलाई ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि हटाइदिए।
त्यसपछि उनी ओलीसँग टाढा हुँदै गएका थिए । आफ्नो निर्वाचन क्षेत्रबाट आफूले टिकट नपाईने र स्थानीय तह र संसदीय चुनाव दुबैमा अरु पार्टीको उम्मेदवारलाई भोट हाल्नुपर्ने अवस्था बुरेर आफूले एमालेमै फर्कने निर्णयमा पुगेको उनले बताउन थालेका छन् ।
आलेले एमाले फर्किने तयारीका लागि अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता वाक्लो बनाएपछि आले निकट एकीकृत समाजवादीका अरु नेता तथा कार्यकर्ताहरु पनि एमाले फर्कन थालेका छन् ।
अबको चुनावमा टिकट नपाउने देखेका आलेले नेकपा एमाले प्रवेश गरेर भए पनि आफ्नो टिकट सुरक्षित गर्ने रणनीति बनाएका र त्यसैअनुसारको गतिविधि अगाडि बढाएका उनी निकट नेताहरुको भनाइ छ ।
यसअघि पर्यटनमन्त्री आले र श्रममन्त्री किसान श्रेष्ठको भूमिका विवादित भएको र पार्टीका लागि काम नगरेको भनेर माधवकुमार नेपालले हटाउने चर्चा पनि चलेको थियो । यस्तै चर्चाको बीचमा तनहुँबाट निर्वाचित किसान बालकोट पुगेको खबर समाजवादीका नेताहरूसम्म पुगेको थियो ।
एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेराश्ववियूका अध्यक्ष सुदेश पराजुलीले नै समाजवादी पार्टीबाट मन्त्री बनेको नेता राति राति अर्को पार्टीको अध्यक्षको घरमा गेट पाले बस्न जानु झन गम्भीर रहेको भनेर सामाजिक संजालमै भनेका थिए ।
चुनावको मुखमा मन्त्री आले एमाले प्रवेश गर्ने चर्चाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल फेरि तनावमा परेका छन् । आलेले राम्रो काम गरेर एकीकृत समाजवादीकै इज्जत राखिदिएको भनेर यसअघि नै सार्वजनिक अभिव्यक्ति दिएका समाजवादीका अध्यक्ष नेपाललाई मन्त्री आलेलाई एमाले प्रवेश गर्न नदिन दौडधुपमा लागेका स्रोतको दाबी रहेको छ ।
Wow “Albert” look one time Dog lovers ❤️
Albert was more than 3 years. Albert owner is Sushil gc from bhalam Pokhara Nepal. When Sushil encounter albert he fall in love with him .


.
Albert is not only dog he was the part of family sushil told to bishwopati. He is so familiar as well as he was his love too. sushil told to us Do I believe in love at first sight? Of course, I fall in love with every dog I see.If I had a dollar for every time my dog made me smile. I would be a millionaire.My dog does this amazing thing where he just exists and makes my whole life better because of it.A dog is the only thing on earth that loves you more than you love yourselfAll you need is love & a dog.What a beautiful world it would be if people had hearts like dogs.Anything is possible when you have a dog.

“समृद्ध ताकु युबा समाज” द्वारा एम्बुलेन्स उदघाटन साथै क्यालेण्डर, स्मारिका बितरण कार्यक्रम भब्य साथ् सप्पन्न!!
समृद्ध ताकु युबा समाज “द्वारा एम्बुलेन्स उदघाटन साथै नयाँ बर्ष २०७९ क्यालेण्डर, स्मारिका बितरण कार्यक्रम भब्य साथ् सप्पन्न भएको छ् ।
बारपाक सुलिकोट गा.पा वडा नं ५ ताकु माझ लाकुरिबोट गोरखा,!
संस्थाका अध्यक्ष राजु खड्काले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रम का आकर्षक बारपाक सूलिकोट गाउँपालिका प्रमुख बिष्णु भट्ट प्रमुख अतिथि रहनु भएको थियोे भने विशेष अतिथिमा बारपाक सुलिकोट वार्ड ५ का अध्यक्ष गोपाल गुरुङ रहनुभएको थियोे ।

उक्त कार्यक्रममा विभिन्न देश तथा बिदेशमा रहनुभएका दाताहरुलाइ प्रमाण पत्र साथै सम्मान गरेको थिए भने विभिन्न संघ संस्थाका प्रतिनिधि , स्वास्थचौकी प्रमुख ,साथै सम्पुर्ण ताकु बासी सम्पूर्ण बुवाआमा , दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।

कार्यक्रम संचालक समृद्ध ताकु युवा समाजका महासचिव राजेन्द्र रायमाझी रहनुभएका थिए भने उक्त कार्यक्रम पश्चात गाउँमै विभिन्न क्षेत्र बाट प्रतिनिधित्व हुने गरी ७ सदस्यीय एम्बुलेन्स व्यवस्थापन समिति पनि गठन गरियो भनि बिश्व पाटिलाई बताए ।
गभर्नरको मुद्दा दर्ता भएन!!
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट निवेदन आज सर्वोच्च अदालतमा दर्ता भएन । निलम्बन गैरकानुनी भएकाले गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा लगिएको उहाँको रिट निवेदनलाई अदालत प्रशासनले अध्ययन गर्ने क्रममा कार्यालय समयभित्र दर्ता गर्न नभ्याएको हो ।
गभर्नर अधिकारीका एक जना कानुन व्यवसायीका अनुसार आवश्यक शुल्क तिरेर रसिद काटिसकेकाले भोलि बिहान दर्ता हुनेछ । आज रिट निवेदन अध्ययन गर्दागर्दै नभ्याइएको उनको भनाइ छ ।
गभर्नर अधिकारीको तर्फबाट कानुन व्यवसायीहरुमा वरिष्ठ अधिवक्ता सुशिल पन्त, राधेश्याम अधिकारी, शम्भु थापा, सुरेन्द्र थापालगायत झण्डै आधा दर्जन छन् ।
पोखरा-१८ मा बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश, देशै भरी प्रवेशको लहर ।!
नेपाल कम्युनिष्ट पार्टी एमाले पोखरा १८ को आइतबार भएको भेलाले , विभिन्न पार्टी परित्याग गरि ५ जना युवाहरूलाई नेकपा एमाले प्रवेश गराएको छ ।उक्त कार्यक्रमको अध्यक्षता वडा कमिटी उपाध्यक्ष एबम निर्वाचन परिचालन कमिटी संयोजक अरुण थापा ले गर्नु भएको थियो भने प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश सदस्य मित्र मणि तिमिल्सिना रहनुभएको थियो । उक्त कर्यक्रममा विशेष अतिथिमा जिल्ला कमिटी सदस्य ,पोखरा १८ का वडा अध्यक्ष रण बहादुर थापा, महानगर सचिबलय सदस्य युवा नेता लक्षमण तिमिल्सिना , पुस्कल बा थापा ( स्थानीय चुनब अध्यक्ष उम्मेदवार ,अन्य उम्मेदवार हरु कल्पना ढकाल, मिना नेपाली ,नमराज सुवेदी ,रमेश थापा )र पार्टी सदस्य कृष्ण थापा रहनुभएको थियो।

कार्यक्रममा अध्यक्ष अरुण थापा को नेतृत्वमा प्रवेश गरेका थिए क्रमशः बिनोद थापा,रेशम बानियाँ,सन्देश थापा,मनिष थापा,हरि थापा युवाहरु विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि मित्र मित्रमणी तिमिल्सिना प्रदेश कमिटी सदस्य ले खादा लगाइ दिनु भयो भने रण ब थापा जिल्ला कमिटी सदस्य ले टीका लगाइ स्वागत सहित बधाई दिनुभयो ।
कार्यक्रममा युवाहरुलाई “समृद्धि सरङ्कोट सुखी सरङ्कोट” प्रमुख अतिथि मित्र मित्रमणी तिमिल्सिना प्रदेश कमिटी सदस्य बनाउन युवाहरूलाई उचित जिम्मेवारी दिने जिकिर गर्नुभयो ।
उक्त कार्यक्रम संचालक पार्टी सचिब सालिकराम तिमिल्सिना ले गर्नुभएको थियो ।
बर्तमान राजनीति !! कविता
कालो काङ्ग्रेसले हिजो बेच्यो उद्योग धन्दा।
आँखा देख्ने कम्युनिष्ट हरु बनिदिए अन्धा।
क्रान्तिकारी कम्युनिष्ट आज अझै बेच्छु भन्छन।
कुनकुन उद्योग बाकी छन औंला भाची गन्छन।
माओबादी पक्का अब खाओबादी भा छ।
कालो धन लाई सेतो पार्न निकै बुद्धि ला छ।
बैंक लुटेका पैसा आज डलर बनि आउँदा।
नेपालको नियम कानुन राष्ट्रबैंकले लाउंदा।
छोड्देउ एक चोटिलाइ भन्छन प्रभाकर।
छैन यीनलाई लाज शरम कानुनको डर।
थुक्क पाजी राष्ट्र घाती आत्म पोल्दैन कि।
एक्लै हुंदा आफ्नो मन आंफै बोल्दैन कि।
जिउ भरी किरा पर्छ अपुताली नि पर्छ।
हेर्दै जाउ देखौंलानि समयले अझै के गर्छ।
ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन जेठ १ देखि!!
काठमाडौं । आउँदो जेठ १ देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुल्ने भएको छ ।
नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न यातायात व्यवस्था विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ। विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ ।
नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्ष पछिसम्म परेको थियो । यो काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ ।
गत वैशाख १६ देखि स्थगित गरिएको स्मार्ट लाइसेन्सको अनलाइन आवेदन गत कात्तिक ७ गतेमात्रै खुलाइएको थियो । आवेदन खुलेको पाँच महिना नपुग्दै पुनः स्थगित भएको छ ।
विभागले ट्रायल पास गरेका सवारी चालकलाई क्यूआर कोड सहितको एक वर्षे अस्थायी लाइसेन्स दिँदै आएको छ । माग तथा आपूर्तिबीच सन्तुलन कायम गर्न त्यसपछि मात्रै स्मार्ट लाइसेन्स दिने व्यवस्था मिलाइएको छ ।
पुराना लडाकु कमाण्डर निर्वाचनमा सहभागी भएपछि प्रचण्डलाई ठूलो झट्का, पढ़नुस पूरा ।
रोल्पा जनयुद्धको आधार इलाका । आर्दश छविका चुडामणी वली (आदर्श) आधार इलाकाका पुराना कमाण्डर स्थानीय तह निर्वाचनमा सहभागी भएपछि अहिले नेकपा माओवादी केन्द्रलाई झट्का लाग्ने भएको छ ।
आदर्शले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा ‘स्वतन्त्र उम्मेदवारी’ घोषणा गरेका छन् । उनको उम्मेदवारी ले माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई पनि आक्रोशित गरेको छ ।

आदर्शले उम्मेदवारी घोषणा संगै भोट माग्न सुरु गरिसकेका छन् । युवा र किसानसँगै टोलटोलमा भेटिने उनी आफूलाई भोट माग्छन् त्यसपछि स्कूल, अस्पताल, खानेपानी, बाटो–घाटो, पुल–पुलेसा, मठ–मन्दिरको चर्चा गर्छन् ।
उनी ‘चुनाव चिन्ह’ के हो ? उनलाई नै थाहा छैन तर उनी मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिन भनिरहेका छन् । चुनाव चिन्ह मनोनयन दर्तापछि मात्रै उनले पाउने छन् । वली गंगादेवका मतदातासँग सल्लाह मागिरहेका भेटिन्छन् ।
स्वतन्त्र उम्मेदवार उनी गाउँतिर एक्लै भने छैनन् । नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता–कार्यकर्ता पनी सँगै हिँडिरहेका छन् । यत्तिमात्रै होइन चुनावी प्रचारमा माओवादी केन्द्रका कतिपय जिम्मेवार नेता–कार्यकर्ता पनि उनीसँगै रहेको देखिएका छन् ।
माओवादीका नेता कार्यकर्ताले आफ्ना पुराना कमाण्डर अर्थात् कमरेड आदर्शलाई जिताउन लागि परेका छन । पार्टी उम्मेदवार छाडेर स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारमा माओवादी कार्यकर्ता हिँडेका छन् । ।
‘काठमाण्डू गएका नेताहरू गाउँ फर्किदैनन, उहाँ त फर्किनुभयो नि ! गाउँपालिका अध्यक्ष लड्ने चर्चाले यहाँका जनता उत्साहित छन् । यस्तो बेला पार्टी–साथी भन्ने होइन । राम्रो उम्मेदवारलाई जिताउनुपर्छ । तर हाम्रो आस्था राख्ने पार्टी माओवादी केन्द्र नै हो ।
तर आदर्शलाई हामी भोट हाल्छौं,’ माओवादी केन्द्रका एक जना कार्यकर्ता भन्छन् । वलीको उम्मेदवारी घोषणासँगै गंगादेवका मतदाता प्रष्ट वक्ता र कामकाजी नेतालाई आउँदो स्थानीय निर्वाचनमा रोज्न पाउने भन्दै खुशी भएका छन् । उनी प्रायः सबै टोलमा छिरिसकेका छन् ।
भेटघाटमा आफ्नो विचार राख्छन् । मतदाताको गुनासो पनि सुन्छन् ।‘अघिल्लो निर्वाचनमा गलत पात्र जिताएर बर्बाद गरियो ! अब त राम्रो व्यक्तिलाई छान्ने हो । भ्रष्ट उम्मेदवारलाई भोट हाल्दा ठूलो दुःख पायौं,’ एक युवाले भने ।
गंगादेव बासीलाई आदर्श देखे–भेटेपछि राजनीतिक पार्टीको वास्ता छैन । यहाँ नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेकपा निकै कमजोर छ । तर स्वतन्त्र उम्मेदवार भने बलिया छन् । सबैले रूचाउँछन् र मान्छन् । वलीको पनि यत्ति अपेक्षा छ– सबै मतदाताले मताधिकार प्रयोग गर्ने क्रममा आफूलाई नै जिताउने छन् ।उनी निर्वाचनमा सहभागी हुने भएपछि जिल्लामा मात्र होइन केन्द्रका अध्यक्ष प्रचण्ड पनि तनावमा छन् । आफ्नो जित निश्चित भएको पालिकामा ओली आएपछि प्रचण्ड तनावमा छन् ।
Make a difference and stop the violence: Sagun Hamal
There are soo many things happening in our country Nepal. It is so unfortunate to see the ongoing cases. Recently there has been enormous cases of women been sexually and physically abused by their husbands and in-laws.
We can see and hear many innocent ladies have lost their lives. Literally, what I feel the basic root is that considering women as weak, vulnerable and overpowering them. We live in a society where we are imposed with a a lot of stereotyping things, such as we are women, we should not raise our voice, we can’t put our opinions, we can’t talk about our rights, just bow down and listen what people say.
Violence has long been accepted as something that happens to women. In societies with a patriarchal power structure and with rigid gender roles, women are often poorly equipped to protect themselves from their partners and in laws.
Some so called Husbands who batter wives typically feel that they are exercising a right, maintaining good order in the family and punishing their wives’ delinquency – especially the wives’ failure to keep their proper place. women are forced to stay in abusive relationships and are not able to be free from violence because of the financial dependents and fear for revealing family secrets to the so-called society.
It is very important to know the worth of you to your lives. Be you, have a sense of self-worth, and your ability to determine your own choices, have a voice, and be aware of your right to influence social change for you and others. Let’s end the prevalence of cultural norms that aggregate favouritism and it’s time for a change in reality.
We need to ask for every individual to step forward, held up their head up and it’s time to make your existence count.
फेरी रेणु मेयर हुने भएपछी भरतपुरमा कांग्रेस कार्यकर्ताको सामूहिक राजीनामा ।
चितवन । भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।
बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।
प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले कांग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ । राजीनामा दिएका सबैले हस्ताक्षर समेत गरेका छन् ।
राजीनामा दिएकाहरूले कांग्रेस नेतृत्वमाथि विभिन्न आरोपहरू समेत लगाएका छन् । केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय गरेका थिए ।
भरतपुरको मेयर रेणु दाहाललाई छाडिए कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा