गैरआवासीय नेपाली संघको एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन “संगम–एकता” नाराका साथ सम्पन्न I
गैरआवासीय नेपाली संघ
१० औँ एसिया -प्रशान्त क्षेत्रीय सम्मेलन- ‘संगम’
१८-१९ मार्च २०२५
निष्कर्षहरू
गैरआवासीय नेपाली संघको १० औँ एसिया -प्रशान्त क्षेत्रीय सम्मेलन- ‘संगम’ २०२५ मार्च १८ देखि १९ सम्म कम्बोडियाको राजधानी नोम पेन्हमा “संगम–एकता” भन्ने नाराका साथ भव्य रूपमा सम्पन्न भयो। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यता र कम्बोडियाका परराष्ट्र राज्य मन्त्री डा यून केहाङ, पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरि, पूर्व मन्त्री एकनाथ ढकाल, लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी सहितको उपस्थितिमा सम्मेलन सम्पन्न भयो । सम्मेलनमा ३० देशका तीन सय भन्दा बढी प्रतिनिधिहरूको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो। सम्मेलनमा विभिन्न महत्त्वपूर्ण मुद्दामा छलफल गरियो। विशेषतः सम्मेलनले नीति सुधार र संसदीय योगदानका माध्यमबाट एनआरएनए–पीएनओका समस्याहरू समाधान गर्दै नेपालको आप्रवासी समुदायको संलग्नता बढाउने उपायहरू, कला र संस्कृतिको मार्फत एनआरएनलाई संस्कृति, परम्परा र शिक्षासँग जोड्नको लागि पहल, एसिया -प्रशान्त क्षेत्रको पर्यटन,व्यवसायिकता र आर्थिक एकीकरणलाई नेपालमा लगानी अवसरको प्रवर्धन, युवा र आप्रवासीहरूको चुनौती र अवसरमा एनआरएनएको महत्वपूर्ण भूमिका र भविष्यमा यसको एकता र रणनीतिक दृष्टिकोण, एनसीसीलाई सुदृढ गर्दै अवसरहरूलाई तीव्र बनाउने र चुनौतीहरू पार गर्ने रणनीतिहरू अपनाउनुपर्ने महत्त्वपूर्ण लगायतका विषयमा दिशानिर्देश गरेको छ। सम्मेलनका निष्कर्षहरू निम्नानुसार रहेका छन्।
१. नेपाल सरकारले गैरआवासीय नेपालीका पक्षमा गरेका सम्पूर्ण निर्णय र सहजिकरणाको लागि हार्दिक आभार व्यक्त गर्दै संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि यथाशक्य छिटो आवश्यक कानूनी प्रबन्ध मिलाइदिन तथा गैरआवासीय नेपाली ऐन यथाशक्य छिटो संशोधनसहित कार्यान्वयनमा ल्याउन यो सम्मेलन अनुरोध गर्दछ।
२. थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी, कम्बोडिया लगायतका देशहरुमा रहनुभएका नेपाली मुलका ५ लाख भन्दा बढी नेपालीहरु नेपाली मूलका विदेशी नागरिक PNO को पहिचान(परिचयपत्र) को लागि यथाशक्य चाँडो आवश्यक कानूनी प्रबन्ध र पहल गर्न नेपाल सरकारसँग यो सम्मेलन माग गर्दछ ।
३. सर्वोच्च अदालतले ७ चैत २०७४ मा विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर दिलाउनू भनी आदेश दिएको थियो । सर्वोच्च अदालतले निर्देशन जारी गरेको ७ वर्ष बितिसक्दा पनि विदेशमा रहेका नेपाली नागरिकहरूले निर्वाचनमा भाग लिन पाउने सम्भावना अघि बढ्न सकेको छैन । यसर्थ
आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानून निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाइनमार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई यो सम्मेलन अनुरोध गर्दछ ।
४. विदेशमा रहेका नेपालीहरुको सानादेखि ठूलासम्म लगानी भित्र्याउने उद्देश्यले स्थापित नेपाल सरकार समेतको लगानी रहेको १० अर्बको नेपाल एनआरएन डेभलप्मेन्ट फण्ड सञ्चालनको लागि हालसम्म भएका कानून संशोधनका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौँ यद्यपी धितोपत्र बोर्डले ल्याएको धितोपत्र निष्काशन तथा वितरण सम्बन्धि निर्देशिकामा सरकारबाट आइपीओको प्रतिशतमा ४९ प्रतिशत स्वीकृत भएकोमा हामीले ८५ प्रतिशतको माग गरिरहेका छौँ । यसर्थ उक्त माग यथाशक्य छिटो सम्बोधन गर्न अनुरोध गर्दछौँ । निर्देशिका जारी भएको मितिले ५ देखि ६ महिनाभित्र आइपिओमा जाने लक्ष्य हाम्रो छ । यसर्थ त्यसमा सरकारले सहज वातावरण निर्माण गर्न पनि यो सम्मेलन अनुरोध गर्दछ ।
५. एसिया-प्रशान्त क्षेत्रमा बसोवास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा पीएनओ, युवा महिलालाई संघको मुलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद् सम्मेलनमार्फत प्रतिबद्धता जाहेर गर्दछौं।
६. हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयनसहित त्यसको निरन्तरता सुनिश्चितता गर्ने तथा विदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्बाङ्गिण विकासमा योगदान हुने गरी सो को सहज प्रयोगको लागि आवश्यक संयन्त्र निर्माण तथा समन्वय गर्न यो सम्मेलन अनुरोध गर्दछ।
७. बिदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्बाङ्गिण विकासमा योगदान हुने गरी सो को सहज प्रयोगको लागि आवश्यकल संयन्त्र निर्माण तथा समन्वय गर्न यो सम्मेलन अनुरोध गर्दछ ।
८. एनआरएनको अभियान सबै मन्त्रालयसँग जोडिन्छ । एनआरएनए ऐनमा समेत व्यवस्था भएको र १० वर्ष अघि गठनको प्रक्रियामा स्मरण गराउँदै हालसम्म गठन हुन नसकेको सल्लाहकार बोर्ड जसमा गैरआवासीय नेपाली संघसहित तालुकदार मन्त्रालय, सरोकारवाला समेत रहेको भनिएको छ । तसर्थ सबै मन्त्रालय र गैरआवासीय नेपालीसहितको सल्लाहाकार बोर्ड गठन गरी आगामी दिनमा नेपाल सरकारले गैरआवासीय नेपालीका सम्बम्धित सम्पूर्ण निर्णय गर्न यो सम्मेलन माग गर्दछ ।
९. संघले प्राप्त गरेको कुनै पनि कानूनी हक परित्याग नगरि संघले सम्मानित सर्वोच्च अदालतका फैसलाहरुको मनसाय र भावनालाई सम्मान गर्दै सरल निकास खोज्न पर्ने टड्कारो आवश्यक्ता देखिएको छ । यसर्थ आगामी मिति २०८२/०६/२५ देखि २८ (तदनुसार सन् २०२५ अक्टोबर ११ देखि १४) मा हुने गरी तय भएको संघको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशनलाई सहयोग र सहकार्य गर्न सम्पूर्ण एनसीसीहरूमा हार्दिक अपील गर्दै त्यसअघि उक्त महाधिवेशनको तयारीका लागि यस संघले तयार गरेको Membership Information System (“MIS”) प्रणाली मार्फत सदस्यता खुल्ला भइसकेका एनसीसीमा तीव्र गतिमा अघि बढाउन र खुल्ला नभएका एनसीसीहरूमा तत्काल सुरु गर्न पुनः अनुरोध गर्दछौं। गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन सहित) अनुसार सन् २०२५ साल जुलाई महिनामा एनसीसीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरि सक्न यसै सम्मेलनमार्फत आग्रह गर्दछौं।
१०. नेपाल र कम्बोडिया दुई राष्ट्र बीचको सम्बन्ध र आपसी सहयोगलाई थप प्रगाढ बनाउन यस सम्मेलनले महत्त्वपूर्ण योगदान पुर्याएको हाम्रो विश्वास छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण , सिधा हवाई उडान, वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे गर्नुभएको छलफल फलदायी होस् र छिट्टै यो योजनाले मुर्त रुप लिने अपेक्षा यस सम्मेलनले राखेको छ । यसका साथै नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न साझेदारी, प्रभावकारी नीति सहयोग र डिजिटल प्रवर्द्धनलाई प्राथमिकता दिँदै नेपालमा रहेका पूर्वाधार, सुरक्षा, हवाई सेवा र अन्य चुनौतीहरूको समाधानका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्न आह्वान गर्दछौं ।
अन्त्यमा, आगामी ११ औँ एसिया प्यासिफिक सम्मेलन एनसीसी चीनले आयोजना गर्ने निर्णय गर्दै यो सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आयोजक राष्ट्र गैरआवासीय नेपाली संघ कम्बोडिया, प्रमुख अतिथि, बिशिष्ट अतिथिहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्, यस क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरू, प्रायोजकहरू, आयोजक समितिका सदस्यहरू, स्वयंसेवीहरू, संचारकर्मीहरू लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
मितिः ०६ चैत्र, २०८१ साल, (तदनुसार २०२५ मार्च १९)
स्थानः नोम पेन्ह, कम्बोडिया
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्
धर्म के हो? ✍️ सन्त ज्ञानेश्वर स्वामी सदानन्द जी परमहंस ।
धर्म के हो ?
दोषरहित, सत्यप्रधान, उन्मुक्तता र अमरताले युक्त सर्वोत्तम जीवन विधान नै धर्म हो ।
धर्मको वास्तविक परिभाषा र वास्तविक स्थिति भगवत् प्राप्ति र उसमा शरणागती नै धर्म हो ।
सन्त कसलाई भनिन्छ ?
‘अन्तेन सहित: स: सन्त’ ।’
सन्त जो वास्तवमा अन्तिम ‘सत्य’को साथमा होस्, अन्तिम ‘ सत्य’ को साथमा सदा-सर्वदा नै रहिरहेको होस्– सन्त वास्तवमा उही हो । “वासुदेव: सर्वं इति” जसको सबथोक भगवान् नै होस्। भित्र-बाहिर, तल-माथि, पछाडि-अगाडि– जुन शरीर विशेषको सबथोक भगवान् नै होस्, परमात्मा-परमेश्वर-परमब्रम्ह नै होस्, वास्तवमा उही ‘सच्चा सन्त’ भनिने हकदार छ । भगवानलाई छोडेर, परमात्मा-परमेश्वर-परमब्रम्हलाई छोडेर जसको केही पनि संसारमा होस्, वास्तवमा ऊ सन्तको परिभाषामा आउन सक्दैन ।” सन्तहरूको ठूलो विचित्र महिमा छ । वास्तवमा सन्त भेटियोस् त भगवान् भेटिनमा ढिलो हुँदैन । भगवान् भेटिनमा ढिलो यसैले हुन्छ कि तपाईंंलाई सच्चा सन्त भेटिंदैन । सच्चा सन्त भेटियोस् फेरि भगवानको मिलनमा ढिलो हुँदैन। अन्य शब्दहरूमा भन्ने हो भने सृष्टिको आदि- अन्तको रहस्य जनाउनेवाला नै सन्त हो अर्थात् सम्पूर्ण (संसार-शरीर-जीव-ईश्वर र परमेश्वर) को सम्पूर्णतया (शिक्षा-श्वाध्याय-अध्यात्म र तत्वज्ञान) लाई जनाउने वाला अर्थात् सिधै खुदा-गड्-भगवानलाई जनाउने-देखाउने-परख-पहिचान गराउनेवाला नै सन्त हुन्छ ।

भगवान जीव और आत्मा या ईश्वर दोनो से परे और दोनो का स्वामी संचालक तथा सर्वोच्च या परम सत्ता-शक्ति है । ॐ सो हँ हँसो ज्योति भगवान नही है, भगवान तो इन सब का उत्पत्ति और विलयकर्ता और इन सभी से भिन्न और परे बिलक्षण है ।
✍️ सन्त ज्ञानेश्वर स्वामी सदानन्द जी परमहंस ।
“स्ववियु चुनाव: लोकतान्त्रिक अभ्यास या दलको ‘पार्टी फंड’?” सचिन लुईटेल
“स्ववियु चुनाव: लोकतान्त्रिक अभ्यास या दलको ‘पार्टी फंड’?”
–सचिन लुईटेल
नेपालको उच्च शिक्षालयहरूमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको महत्व स्पष्ट छ, तर यसको वास्तविकता कहिले काँही आशापाशकै विपरीत देखिन्छ। स्ववियु चुनाव विद्यार्थीहरूको अधिकार र आवाज उठाउने मञ्च भएको भन्दै यसलाई लोकतान्त्रिक अभ्यासको प्रतीकका रूपमा प्रस्तुत गरिन्छ। तर, यथार्थमा, यस चुनावमा तिनीहरूको मूल उद्देश्य कहिलेकाहीं विलिन हुन्छ।
नेपालमा राजनीतिक दलहरूको अत्यधिक हस्तक्षेप र गुटबन्दीको कारण स्ववियु चुनावलाई चुरोट खेलको रूपमा परिणत गरिएको छ। यहाँ चुनाव जित्नका लागि क्षमता भन्दा बढी दलको राजनीतिक समर्थनको आवश्यकता पर्छ। यसको परिणामस्वरूप, स्ववियु चुनाव वास्तविक विद्यार्थी मुद्दामा आधारित नहुने, बरु पार्टीबाजी र राजनीतिक क्रीडाको रूप लिन थाल्छ। के तपाईंलाई याद छ, कुनै समय स्ववियु चुनावको प्रचारप्रसार विद्यार्थीहरूको शैक्षिक भविष्यको बारेमा नभई राजनीतिक नारा र दलको झण्डा झुन्ड्याउन मात्रै सीमित हुने गरेको थियो?
अर्को बिन्दु, नेपालको विद्यार्थी राजनीतिमा देखा पर्ने आर्थिक स्वार्थ र शक्तिको लतको आलोचना गर्नु आवश्यक छ। चुनाव जित्नका लागि कयौँ पटक आर्थिक लेनदेनको कुरा हुन्छ। यस्तो अवस्था प्रकट गर्दा, स्ववियुले विद्यार्थीको हितको रक्षा गर्ने सट्टा, राजनीतिक दलहरूको ‘पार्टी फंड‘ को पूर्ति गर्ने मञ्चका रूपमा काम गर्न थाल्छ। यस्तोले विद्यार्थीहरूको सामूहिक भविष्यलाई दीर्घकालीन रूपमा असर पुर्याउँछ।
यसको प्रभाव र दुष्प्रभाव यसरी स्पष्ट हुन्छ कि स्ववियु चुनाव केवल विद्यार्थीकै भविष्य तय गर्ने प्रक्रिया नभई, राजनीतिका लागि रणनीतिक मोहरा बन्ने मञ्च बनेको छ। जहाँ जनताको सन्देश नभइ, दल र संगठनको गुटबन्दीको विकृति प्रकट हुन्छ।
तर, यसका सबै दोषको लागि स्ववियु मात्र जिम्मेवार छैन। शिक्षण संस्थाको प्रशासनिक र राजनीतिक हस्तक्षेप र विद्यार्थीकै असंवेदनशीलता पनि यसको मूल कारण हुन्। जब विद्यार्थीहरू आफ्ना शिक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने सट्टा, चुनावमा दलका लागि हाँसिरहेका हुन्छन्, तब यस्ता चुनावले कत्तिको प्रभावकारी र सशक्त बनाउनु सक्छ?
संक्षेपमा भन्नुपर्दा, स्ववियु चुनावको महत्व र उद्देश्य सही हो, तर व्यवहारमा यसको बिग्रिएको रूप र राजनीतिक दबाबको कारण यसको वास्तविक उद्देश्य ओझेलमा परेको छ। यसका लागि स्ववियुलाई न केवल स्वतन्त्र बनाउन, बरु विद्यार्थीको वास्तविक आवाजको पहिचान र प्रतिनिधित्वका रूपमा सशक्त बनाउन जरुरी छ।
पब्लिक युथ क्याम्पस, स्ववियु सभापतिमा निराजन शाहीको बर्चस्व ।
पब्लिक युथ क्याम्पस, स्ववियु सभापति पदमा निराजन शाहीको दबदबा ।
काठमाडौँ, २५ फेब्रुअरी – आउँदो चैत ५ गतेका दिन हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा काठमाडौंको धोबिचौर, ठमेलस्थित पब्लिक युथ क्याम्पसबाट चर्चित युवा विद्यार्थी निराजन शाहीले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। घोषणा संगै उनले चुनावमा बाजीगर बन्ने पक्कापक्की रहेको छ ।
निराजन शाही हरेक विद्यार्थीहरूको बीचमा निडर स्वभाव र नेतृत्व क्षमताका कारण लोकप्रिय ऊनी अघिल्लो निर्वाचनमा स्ववियु सचिव र अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटीका अध्यक्षको रूपमा पनि कार्य गरिसकेका छन्। यसपटक उनी स्ववियु सभापति पदमा उम्मेदवारी दिंदै छन्।
स्ववियु क्याम्पसभित्र विद्यार्थीहरूको हितमा काम गर्ने स्वायत्त निकायको रूपमा परिचित छ र यसका इतिहासमा विद्यार्थी कल्याण र राजनीतिक सशक्तिकरणका लागि यसको ठूलो योगदान रहेको छ। विशेष गरी, नेपालमा राजनीतिक दलहरूमा प्रतिबन्ध लगाइएको समयमा स्ववियुले आम नागरिकसम्म राजनीतिक सन्देशहरू पुर्याउन महत्वपूर्ण भूमिका खेलेको थियो।
निराजन शाहीको उम्मेदवारीले पब्लिक युथ क्याम्पसमा चुनावी माहोललाई थप रोमाञ्चक बनाएको छ। उनीहरूको उम्मेदवारीले विद्यार्थीहरूबीच उत्साह र चासोको एउटा नयाँ तरंग सिर्जना गरेको छ, र यसले आगामी चुनावमा प्रतिस्पर्धालाई अझ तीव्र बनाउने संभावना व्यक्त गरिएको छ।
नेपाल इन्जिनियर एसोसिएशन गण्डकी प्रदेश र व्रजर पेन्ट्स बीच सम्झौता ।
नेपाल इन्जिनियर एसोसिएशन गण्डकी प्रदेश र व्रजर पेन्ट्स बीच सम्झौता ।
नेपाल इन्जिनियर एसाेसिएशन गण्डकी प्रदेश र व्रजर पेन्ट्सबीच इन्जिनियर तथा आर्किटेकहरूको सीप अभिवृद्धि तथा विद्यार्थीहरूका लागि सीपमूलक तालिम संचालन गर्ने उद्देश्यका साथ एक वर्षे सम्झौता सम्पन्न भएको छ।
Makuna’s Death: A Stark Reminder of Nepal’s Human-Wildlife Conflict
सहिद झपेन्द्र कार्की स्मृति पार्कमा सहिद दिवस विशेष कार्यक्रम !!
अाज माघ-१६ गते शहिद दिवसकाे अवसरमा पाेखरा महानगर पालिका वडा नम्बर ७ राष्ट्र बैक मार्ग स्थित सहिद झपेन्द्र कार्की स्मृति पार्कमा देश र जनताका लागि आफ्नो ज्यानको वलिदान गर्नु हुने विर अमर ज्ञातअज्ञात शहिदहरूकाे सम्झनामा सहिद झपेन्द्र कार्की काे शालिकमा पुष्पमाला चढाई एक मिनेट सम्पूर्ण शहिदहरूकाे सम्झनामा माैन धारण गरि दिपप्रज्वलन गरेर कार्यक्रम समपन्न गरियाे।
कार्यक्रमकाे प्रमुख अतिथि गण्डकी प्रदेशका सस्थापक उप सभामुख सृजना शर्मा हुनुहुन्थ्याे भने कार्यक्रम काे अध्यक्षता नेकपा एमाले ७ का नव निर्वाचन अध्यक्ष अनिल शाहि ले गर्नु भएकाे थियाे।

उक्त कार्यक्रममा सहिद झपेन्द्र कार्की का छाेरा दिपक कार्की , छाेरी दिपा कार्की , भाइ तिर्थ बहादुर कार्की साथै सहिद परिवारका अन्य सदस्यहरू लगायत सहिद झपेन्द्र कार्की स्मृति पार्क का अध्यक्ष अाेम गाैचन, नेकपा एमाले प्रदेश कमिटि सदस्य तेजनारायण अधिकारी, प्रदेश सल्लाहकार परिषद सदस्य बिध्याबिमल बारल, खड्क गुरूङ, केन्द्रीय बिभाग सदस्य चिरञ्जीवी पाेखरेल, वडा नं. ७ का ईन्चार्ज तथा जिल्ला कमिटि सदस्य पुरूषाेत्तम रेग्मी, प्रदेश स्वास्थ्य बिभाग सदस्य बिष्णु भण्डारी, वडा नम्वर ७ का पुर्व वडा अध्यक्ष रामचन्द्र बराल, पुर्व वडा सदस्य दिनबन्धु पाैडेल, हालका निर्वाचित वडा सदस्य सुनिता सुनार, वडा नं. ७ का राष्ट्रिय युवा सघ का अध्यक्ष कुमार भण्डारी , नेकपा वडा कमिटी७ का पदाधिकारी तथा कार्य समितिका सदस्यहरूको सक्रिय सहभागिता थियो भने सर्व साधरणकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रम नेकपा एमाले वडा कमिटी ७ काे अायाेजनामा भएकाे थियाे भने कार्यक्रम वडा कमिटिका सचिव अर्जुन थापाले संचालन गर्नु भएकाे थियाे।
पोखरा-श्री कृष्ण मा बि लाइ, Sinju National University of Education कोरिया द्वारा शैक्षिक सामग्री हस्तान्तरण ! !
पोखरा, १६
आज पोखरा ७ मासबार
Sinju National University of Education का पोखरा स्थित श्री कृष्ण मा बि लाइ बिधालयका प्र अ प्रेम प्रसाद चपाई र बि ब्य स अध्यक्ष शोभाचन्द्र बराललाइ हस्तान्तरण गर्नु भएको थियो।
कार्यक्रम मा बोल्दै बिधालय का प्र अ श्री प्रेम प्रसाद चपाइ ले बिधालय लाइ शैक्षिक सामग्री लगायत बिध्यार्थि को शिक्षा बिकाश को लागि सहयोग हात प्रति आभर सहित आउदो दिन मा पनि सह्योग को अपेक्षा बेक्त गर्नु भयो ।
साथै Sinju का प्रोफेसरले स्वयंसेवक शिक्षकहरुले केही समय बिधालयको बिधार्थिहरुलाइ सास्कृतिक बिबिधतामा आधारित शिक्षण अनुभव साट्ने कुरा ब्यक्त गर्नुभयो छ्।

बिध्यालय को समिति को रोबर शैक्षिक सामग्री ग्रहण भएको थियो ।
शिक्षक कम्पुटर बिभाग प्रमुख ले बिश्व पाटि लाइ जानकारी दिनुभयो ।
श्रीकृष्ण मा.विको ५३ औं वार्षिकोत्सव , पुरस्कार बितरण तथा अभिभावक दिवस भब्य साथ सम्पन्न !
पोखरा ७ मासबारमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य शिक्षक बिमला बराल ले गर्नुभएको थियो ।विद्यालयका प्रधानाध्यापक प्रेम चपाईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले अबको शिक्षा पढाइ भन्दा पनि गराई सहितको शिक्षा आवश्यक भएको बताउनुभयो । सामुदायिक विद्यालयको शिक्षा मजवुत बनाउन समुदायको चासो सहित अभिभावकले आफ्ना बालबच्चाको निगरानी र शिक्षक संग बारम्बार परामर्श लिनुपर्ने बताउनुभयो ।श्रीकृष्ण विद्यालयलाई आफुले लामो समय देखि नियालेको बताउदै यसको उचाइका लागि सबै एकजुट भएर निकास निकाल्न पर्ने बताउनुभयो । पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले वडा भित्रको एक मात्र सामुदायिक विद्यालयको उन्नयनका लागि स्थानिय सरकारको तर्फबाट गर्नुपर्ने साथ र सहयोगका लागि वडा कार्यालय सधै तयार रहेको बताउनु भयो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले महानगरपालिका भित्रका सामुदायिक विद्यालयको सवलिकरण र शैक्षिक सुधारकालागि महाशाखाले काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वद्वारा संचालित अक्षयकोषबाट प्राप्त व्याजबाट जेहेन्दार तथा प्रतिभावान छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।
विद्यालयको शैक्षिक उन्नयनका लागि योगदान कर्मचारी , शिक्षक हरु किशन भन्डारी , भुवानि प्रसाद अधिकरि , निर्मला गिरि, मन्जुशा बराल तथा दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो साथै अक्षयकोषदातालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

बिधायलय बार्शिक पुरस्कार पनि बितरण गरेको थियो साथै बिधालयका खेलाडि , लगायत बिभिन्न बिधा मा पुरस्कार प्रदान भएको थियो ।
कार्यक्रममा शैक्षिक पुरस्कार वितरण सहित विधार्थीले नृत्य, गायन लगाएतका विभिन्न प्रतिभा प्रस्फुट गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा ७ का सभापति नविनराज बराल , नेकपा एमाले पोखरा ७ का वडा अध्यक्ष किशोर बराल, अक्षयकोषदाताको तर्फबाट सरोजनारायण बराल , विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार अनिल शाही, पुर्व शिक्षक एवम महिला विकासका लागि आमा समुहका अध्यक्ष तुलसी बराल, रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, नेपाल रेडक्रस सोसाइटी पोखरा ७ का सभापति सुजन बराल लगाएतले शुभकामना दिए ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शोभाचन्द्र बरालको अध्यक्षतामा सम्पन्न साथै अर्को बर्ष स्वर्ण जयन्ती मनाउने जिकिर गर्नु भएको थियो अब को शिक्षा रोजगारि शिक्षा निकाल्ने हाम्रो मुख्य योजना रहेको बताउदै म बोल्न भन्दा काम गरि देखाउनेछु भन्दै समापन गर्नुभएको थियो ।
उक्त संचालन सहायक प्र अ दिनेश बराल र शिक्षक सकुन्तला सोतीले गर्नुभएको जानकरि बिध्यालय कम्पुटर बिभाग प्रमुख शिक्षक सुनिल खडकाले बिश्व पाटि लाइ जानकारी गराउनुभयो।
डिसेम्बर अबर्न नेपाली नाईट पार्टी, सम्पूर्णमा निमन्त्रणा ।
डिसेम्बर अन्तिम शनिबार अबर्न नेपाली नाईट पार्टी, सबैमा निमन्त्रणा ।
सिडनी । अस्ट्रेलिया । हरेक महिनाको अन्तिम शनिबार अबर्न नेपाली पार्टी नाईट आयोजना हुदै आएको छ । अष्ट्रेलियाको सिडनिमा नेपालीहरूको बाक्लो जनसंख्या रहेको अबर्नमा डिसेम्बर नाईट पार्टी यही अन्तिम शनिबार हूने भएको छ ।
Bhara Entertainment को आयोजनामा हून लागेको उक्त पार्टी 12/14 Numberland Rd, Auburn, NSW 2144 मा साँझको ६ बजे देखी सुरु हुने बताइएको छ । हरेक महिनाको अन्तिम शनिबार हुने अबर्न नेपाली नाईट पार्टीमा प्रवेश गर्नका निमित्त 18+ हुनु अनिवार्य र प्रवेश गर्दा भ्यालिड परिचय पत्र आवश्यक रहने छ ।
नेपाली युवा युवतीहरू बीच एकापसमा भेटघाट, जमघट रमाइलो पनको अपनत्व गरउने उद्देश्यका साथ यस पार्टी आयोजना गरीएको आयोजकले बताएका छन ।
कार्यक्रमको बारेमा थप जानकारी र सम्पर्कका निमति उक्त नाइट पार्टीका संयोजक अरुण श्रेष्ठ, हेमन, आयुष, राजेश र बिजय लाई सम्पर्क गर्न सकीने छ । कार्यक्रममा बिभिन्न नेपाली संघ संस्था को सहयोग रहको छ । उक्त पार्टीमा सबैजना रमाइलो गर्नका निमित्त उपस्थितिका लागी आह्वान समेत गरीएको छ ।
यस अघि सम्पन्न पार्टीमा बाक्लो उपस्थिति सहित भरपूर रमाइलो प्रदान गर्न सकिएको आयोजक अरुण श्रेष्ठले बताए । आगामी महीनाहरूमा हुने पार्टी अझ रमाइलो अनी व्यवस्थित गर्न हर प्रयास रहने समेत बताए ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
