२०८३ बैशाख १५ मंगलवार

रगत अभाव हुन नदिन अष्ट्रेलियामा जुटे नेपालिहरू ।

रगत अभाव हुन नदिन अष्ट्रेलियामा जुटे नेपालिहरू

अष्ट्रेलिया । सिड्नी,७ । जन्म थलो नेपाल भएर कर्म थलो अष्ट्रेलिया बनाएका नेपालीहरु अष्ट्रेलियामा विभिन्न सामाजिक काममा सक्रिय भईरहेका छन् ।
नेपाली समुदायका लागि मात्र हैन अष्ट्रेलिया सरकारका विभिन्न कार्यक्रममा समेत सामाजिक कार्य मार्फत सहयोग गरिरहेका नेपाली समुदायले रक्तदान कार्यक्रम मार्फत रगत अभाव कम गर्न सहयोग गरेका छन् ।
जन्मथलो नेपाल भएपनि आफ्नो कर्मथलोमा हुने प्रकृतिक विपदका कारण रगत अभाव नहोस भन्ने उद्देश्य राखेर रुपन्देहि सामाजिक सञ्जाल अष्ट्रेलिया (RSNA) को आयोजना, फेडरेशन अफ नेप्लिज कम्यूनिटि एसोसियन अष्ट्रेलिया (फेन्का ) न्यू साउथ वेल्थ तथा नेप्लिज ब्लड डोनर्स एसोशियन(NBDA) अष्ट्रेलियाको सहकार्यमा एक विशेष कार्यक्रमका विच लाइफ ब्लड सेन्टर, टाउनहल सिडनीमा रक्तदान कार्यक्रम हिजो शनिवार सम्पन्न गरेको छ ।

कार्यक्रममा १ जनाले प्लाज्मा दान गरेका छन् भने ७ जनाले होल ब्लड रगत दान गर्नुभएको छ । प्लाज्मा दान गर्नु हुनेमा सविना वश्याल र होल ब्लड प्रदान गर्नु हुनेमा क्रमःश मुक्तिराम पोखरेल , दिवाकर काफ्ले , सरोज पाण्डे ,सञ्जन उप्रेती , शंकर शर्मा ,राजु खनाल र प्रदिप खनालले रक्तदान गरेका थिए ।

RSNA अष्ट्रेलियाका अध्यक्ष दिवाकर काफ्ले को अध्यक्षता NRNA अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको प्रमुख आथित्यता तथा RSNA का महासचिव सुचना पाण्डेको सञ्चालनमा भएको सो कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुलाई कार्यक्रम RSNA का संरक्षक तथा फेन्का न्यू साउथ बेल्थ का डेपुटि कोडिनेटर मुक्तिराम पोखरेलले कार्यक्रमको उद्धेश्य तथा महत्व माथि प्रकाश पार्दै अष्ट्रेलियामा हुने रगतको अभावलाई परिपूर्ती गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहने र जो कोहि पनि इच्छुक महानुभावले पनि आफ्नो पाएक पर्ने ब्लड सेन्टरमा गएर पनि बाट निरन्तर रुपमा रक्तदान गर्न सकिने पोखरेल ले बताएका थिए साथै प्रमुख आथिति बाट आफ्नो धारणा राख्दै NRNA का अध्यक्ष अनिल पोखरेलले आफ्नो धारणाहरु राख्दै मानव जिवन बचाउने जस्तो महत्वपूर्ण “रक्तदान जिवनदान “जस्तो पुण्य कार्य गरेकोमा ३ वटै संस्थाले गरेको कार्यको प्रशंशा गर्नु भएको थियो भने अन्य संघ संस्थाहरुले मानव लाई बचाउन यस्तो महत्वपूर्ण कार्य रक्तदान एवं उत्प्रेरणामुलक कार्यक्रमहरु गर्न अन्य सामुदायिक संघ संस्थालाई पनि आह्वान गर्नु भएको थियो ।

साथै सो कार्यक्रममा फेन्का अष्ट्रेलियाका उपाध्यक्ष डा मधुसुदन पुडासैनि RSNA का संस्थापक अध्यक्ष राज खनाल , NBDA अष्ट्रेलियाका अध्यक्ष एवं RSNA का उपाध्यक्ष रञ्जिता भण्डारी RSNA का कोषाध्यक्ष प्रदिप पन्थि लगायतका ले रक्तदान जिवन जस्तो पुण्य कार्य गरेको भन्दै कार्यक्रमको सरहना गर्दै एउटै उद्देश्य मिल्ने संघ संस्थाहरु एक आपसमा सहकार्य , समन्वय गरी मानविय हितका लागि अगाडि बढ्नु पर्ने भन्दै आ -आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो भने सो कार्यक्रममा आयोजक संस्थाका पदा धिकारी सदस्य एवं विभिन्न क्षेत्रका नेपालि समुदायको उत्साहापूर्वक उपस्थिति रहेको थियो ।

महिनाको हरेक अन्तिम शनिबार अबर्न नेपाली पार्टी नाईट आयोजना हुने ।

महिनाको हरेक अन्तिम शनिबार अबर्न नेपाली पार्टी नाईट आयोजना हुने ।

सिडनी । अस्ट्रेलिया । हरेक महिना अन्तिम शनिबार अबर्न नेपाली पार्टी नाईट आयोजना हुने । अष्ट्रेलियाको सिडनिमा नेपालीहरूको बाक्लो जनसंख्या रहेको अबर्नमा नाईट पार्टी आयोजना हूने भएको छ ।

Bhara Entertainment को आयोजनामा हून लागेको उक्त पार्टी 12/14 Numberland Rd, Auburn, NSW 2144 मा साँझको ६ बजे देखी सुरु हुने बताइएको छ । हरेक महिनाको अन्तिम शनिबार अबर्न नेपाली नाईट पार्टीमा प्रवेश गर्नका निमित्त 18+ हुनु अनिवार्य र प्रवेश गर्दा भ्यालिड परिचय पत्र आवश्यक रहने छ ।

नेपाली युवा युवतीहरू बीच एकापसमा भेटघाट, जमघट रमाइलो पनको अपनत्व गरउने उद्देश्यका साथ यस पार्टी आयोजना गरीएको आयोजकले बताएका छन ।

कार्यक्रमको बारेमा थप जानकारी र सम्पर्कका निमति उक्त नाइट पार्टीका संयोजक अरुण श्रेष्ठ, हेमन, आयुष, राजेश र बिजय लाई सम्पर्क गर्न सकीने छ । कार्यक्रममा बिभिन्न नेपाली संघ संस्था को सहयोग रहको छ । उक्त पार्टीमा सबैजना रमाइलो गर्नका निमित्त उपस्थितिका लागी आह्वान समेत गरीएको छ ।

भुपेन्द्र थापाको स्वरमा “डुब्दै छु” बोलको म्युजिक भिडियो पोस्टर रिलिज

भुपेन्द्र थापाको स्वरमा डुब्दै छु बोलको म्युजिक भिडियो पोस्टर रिलिज ।

सिडनी । अस्ट्रेलिया । नेपाल आइडल सिजन ४ का बिजेता भुपेन्द्र थापा मगर को स्वरमा रहेको “डुब्दै छु” बोलको म्युजिक भिडियो को पोस्टर रिलिज भएको छ | सारङ्गि फिलिम एण्ड क्रियट सुशिल फिलिम द्वारा बनाईएको यो पहिलो अफिसियल म्युजिक भिडियो हो |

अस्ट्रेलियाको बिभिन्न राज्यमा अवस्थित सहरहरुमा छायांकन गरीएको उक्त भिडियो को निर्देशन गणेश तिवारीले गरेका थिए | प्रेम कथालाइ आधारित गरि बनाईएको उक्त भिडियोमा कलाकार राजन कुंवर र सृजना सिटौला को मुख्य अभिनय रहेको छ | उक्त भिडियो यही नोभेम्बर महिनामा नै आफ्नो प्रिमियर गरी रिलिज गरीने बिश्वपाटीलाई बताईएको छ |

नल बिक्रम थापको शब्द, सारंगीमा हेमन्त रसाइली, संगीत रजत दाई, सिनेमाटोग्राफर सुशील बिष्ट, एसी कुशल भट्टराई, एडिटर निराजन शाही, कलरिष्ट धीरज अधिकारी रहेका छन । युवाहरू माझ प्रख्यात रहने बिश्वास लीएको पाइएको छ । उक्त भिड़ियोलाई सम्पूर्ण नेपालीहरूले साथ र सहयोग गरीदीनका निमित्त अनुरोध समेत गरिएको छ ।

स्यांगजा फेदीखोलामा जिल्ला स्तरिय बेल्ट ग्रेडिङ्ग तथा दिक्षान्त कार्यक्रम सम्पन्न ।

स्यांगजा फेदीखोलामा जिल्ला स्तरिय बेल्ट ग्रेडिङ्ग तथा दिक्षान्त कार्यक्रम सम्पन्न ।

सिडनी । अस्ट्रेलिया । नेपाल गोजुरियो कराते-डो संघ स्याङ्जा जिल्लाको आयोजना फेदीखोला गाउँपालिका २ नं वडाको समन्वयमा “तेस्रो जिल्ला स्तरिय बेल्ट ग्रेडिङ्ग तथा दिक्षान्त कार्यक्रम” सम्पन्न भएको छ।

जिल्ला कराते महासंघ, स्याङ्जाका अध्यक्ष मनोज बुढाथोकीज्यूको अध्यक्षता र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीज्यूको प्रमुख आथित्यतामा सम्पन्न दीक्षान्त कार्यक्रममा फेदीखोला गाउँपालिका भरी बाट २१ खेलाडी सहित स्याङ्जा जिल्लाका ३५ जना कराते खेलाडीले ब्ल्याक बेल्टबाट दिक्षित भएका छ्न। सिद्धार्थ मावि फेदीखोलाको खेल मैदानमा आयोजित उक्त दीक्षान्त कार्यक्रममा विशेष अतिथिको रूपमा विश्व गोजुरियो कराते-डो संघका उपाध्यक्ष, नेपाल कराते महासंघका सचिब Shihan B.R Mitra ज्यूले सिनियर तर्फ खेलाडीहरुलाई ब्ल्याक बेल्ट (1st Dan) र जूनियर ग्रेडिङ तर्फ Green र Brown Belt प्रदान गर्नु भएको थियो। उक्त अवसरमा गोजुरियो कराँते खेलको संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानको सम्मान स्वरूप विशेष अतिथि नेपाल कराँते महासंघका सचिव Shihan BR Mitra ज्यूले फेदीखोला गाउँपालिका, वडा न. २ का अध्यक्ष अबिलास गुरुङलाई नेपाल गोजुरियो कराँते-डो संघ, नेपालको तर्फबाट मानार्थ ब्ल्याक बेल्ट (1st Dan) बाट सम्मान गर्नु भएको छ।

कार्यक्रममा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष देऊ कुमारी गुरुङज्यू, वडा नं १ का वडा अध्यक्ष अमृत क्षेत्रीज्यू र वडा नं ४ का वडा अध्यक्ष ख्याम नारायण पौडेलज्यू, नेकपा एमाले फेदीखोलाका अध्यक्ष हर्क बहादुर कार्कीज्यू, निवर्तमान वडा अध्यक्ष हिमालय जङ्ग बानियाँज्यू, अतिथिहरु वडा सदस्य वीर बहादुर कार्की, कलावती बस्नेत, आशु विक साथै सिद्दार्थ मावि फेदीखोला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर कार्की, सल्लाहकार धनराज केसीज्यू सहित अभिभावकज्यूहरु र स्थानीयहरू को बाक्लो उपस्थिति रहेको थियो।

सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई एवं शुभकामना।।

अनेसास सिड्नि च्याप्टरको लक्ष्मी जयन्ति तथा देउसि कार्यक्रम सम्पन्न ।

अनेसास सिड्नि च्याप्टर को लक्ष्मी जयन्ति तथा देउसि कार्यक्रम सम्पन्न ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अष्ट्रेलियाको आयोजनामा शनिवार मेरिलैण्ड स्थित एनआरएनय को सभा हलमा एक कार्यक्रमका विच महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्म जयन्तीको अवसरमा कविता एवं गजल वाचन, कवि शिववहादुर श्रेष्ठको पुस्तक विमोचन तथा देउसी भैलो कार्यक्रम सम्पन्न भयो ।
समाजका अध्यक्ष डा. प्रकाश पौडेलको अध्यक्षता समाजका सल्लाहाकार प्रो०डा० राजु मानन्धरको स्वागत भाषण तथा महासचिव भावना पराजुलि वास्ताकोटी र जनसम्पर्क प्रमुख मुक्तिराम पोखरेल बाट २ चरणमा गरि संचालन गरिएको सो कार्यक्रममा साहित्यिक श्रष्टाहरु क्रमःश प्राध्यापक उमेश उपाध्याय, डा॰मधु पुडासैनि , शिव बहादुर श्रेष्ठ ,बालकृष्ण बश्याल, राम कोईराला, आशिष भेटवाल, डा. राजु मानन्धर, जितेन्द्र मल्ल, ममता तिवारी, चतुर्भुज खरेल, भावना पराजुली वास्ताकोटी, मुक्तिराम पोखरेल ,जेनिसा गौतम ,नेत्रप्रसाद पौडेल ,ममता तिवारी,सिमा रोशी , आशिष भेटुवाल, मानस बोहोरा कृष्णप्रसाद भट्टराई ,लगायतकाले कविता तथा गजल प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा बाल साहित्यकार आयाम घिमिरे कविता तथा रेभा शाहले सरंगी बजाएर प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरु दुवैलाई यस अघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भर्चुवल कार्यक्रममा पुरस्कृत भएकोमा द्धव वाल कलाकारलाई पुरस्कार प्रदान गरिएको थियो ।
एनआरएनए अष्ट्रेलिया तथा फेन्का अव्ट्रेलियाको सहकार्यमा गरिएको सो कार्यक्रममा आर एफ० एम० का प्रोपराइटर रन्जित शाहा र भावना श्रेष्ठले कार्यक्रम सफल पुऱ्याउन आर्थिक सहयोग पुऱ्याउनु भएको थियो
उक्त अवसरमा अतिथिको रूपमा संक्षिप्त मन्तब्य ब्यक्त गर्दै त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति डा. भुसालले विदेशमा वसेर पनि नेपाली भाषा, साहित्य र सस्कृतिको संरषणमा लागेको देख्दा खुशी लागेको वताउनु भयो ।
त्यस्तै प्राध्यापक उमेश उपाध्यायले यस्ता साहित्यिक कार्यक्रमले नेपालीको पहिचानमा सहयोग पुग्ने र दोश्रो पुस्ताले पनि नेपाली भाषाको महत्वलाई आत्मसात गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
एनआरएनएका अध्यक्ष अनिल पोख्रेलले सस्थाले यस्ता कार्यक्रमलाई उच्च प्राथमिकता दिने नीति राखेको जानकारी गराउँदै आगामी दिनमा थप सृजनात्मक काम गर्न नेपाली समुदायलाई आग्रह गर्नुभयो ।सोहि कार्यक्रममा पण्डित नारायण शास्त्री , एनआरएनय का महिला कोर्डिनेटर संगिता चापागाई लगायतकाले समाजले गरेको कार्यको प्रशंशा गरेका थिए
कार्यक्रमकै सन्दर्भमा कवि शिववहादुर श्रेष्ठको उपहार नामक पुस्तकको त्रिविका पूर्व उपकुलपति भुषाल, प्रा. उपाध्याय र सस्थाका अध्यक्ष डा प्रकाश पौडेलले संयुक्त रूपमा विमोचन गर्नुभयो । विमोचन पश्चात लेखक तथा प्रकाशक श्रेष्ठले चित्रलेखाको चौरासी भन्ने पुस्तक पढेपछि बुढौलीमा पनि यो गद्ध र पद्ध दुवै रचना रहेको पुस्तक लेख्न प्रेरणा प्राप्त भएको वताउनु भयो ।सोहि कार्यक्रमकै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. शिव भुसाल र वरिष्ठ पत्रकार डीआर घिमिरेलाई सम्मान समेत गरिएको थियो ।

Travel Tips: What You Can & Cannot Bring from Nepal to Australia?

When traveling from Nepal to Australia, it’s crucial to understand the customs regulations regarding what you can and cannot bring into the country. Australia has strict biosecurity laws designed to protect its unique environment, agriculture, and economy from pests and diseases. Here’s a comprehensive guide to help you navigate these regulations.
Permitted Items
1. Personal Effects: You can bring personal items such as clothing, shoes, and toiletries without any issues. These items should be for your personal use and not for resale.
2. Gifts: Small gifts valued under AUD 1,000 can generally be brought into Australia. However, these gifts should not be food items or other prohibited materials.
3. Food Items: Some packaged and commercially prepared foods may be allowed, but it’s essential to check specific regulations. For example, chocolate and certain snacks might be acceptable, but fresh produce is not.
4. Medicines: You can bring personal medications, but they must be in their original packaging and accompanied by a prescription or a doctor’s note, especially if they contain controlled substances.
5. Cultural Artifacts: If you’re bringing traditional crafts or cultural items, ensure they comply with Australian customs regulations. Some items may require documentation to prove they are not made from endangered species.
Prohibited Items
1. Fresh Produce: Fruits, vegetables, and unprocessed foods are strictly prohibited. This includes items like fresh herbs and homemade food. The risk of introducing pests and diseases is too high, so it’s best to leave these items behind.
2. Meat and Dairy Products: All types of meat, including processed meats, and dairy products are banned. This includes items like cheese, yogurt, and milk. These restrictions are in place to prevent the introduction of diseases such as foot-and-mouth disease.
3. Plant Material: Seeds, plants, and soil are not allowed unless they meet stringent quarantine requirements. Bringing in plant material can lead to severe penalties, so it’s best to avoid it altogether.
4. Certain Medications: Some medications may be banned or require special documentation. Always check the Australian Government’s Department of Health website for a list of controlled substances.
5. Cultural Artifacts: While you may want to bring back traditional crafts, be cautious. Items made from endangered species or cultural artifacts may require permits or could be prohibited.
Important Considerations
Customs Declaration: Always declare any food, plant, or animal products when entering Australia. The customs declaration form will ask you about these items, and failing to declare them can result in hefty fines.
Quarantine Regulations: Australia’s quarantine laws are among the strictest in the world. Familiarize yourself with these regulations before traveling. You can find detailed information on the Australian Government’s Department of Agriculture, Fisheries and Forestry website.
Travel Exemptions: Due to the ongoing global situation, there may be additional travel exemptions or requirements. Always check the latest travel advisories and health guidelines before your trip.
In summary, while you can bring personal items and some packaged foods from Nepal to Australia, it’s essential to be aware of the strict regulations surrounding fresh produce, meat, dairy, and plant materials. By following these guidelines and staying informed, you can ensure a smooth entry into Australia and enjoy your travels without any hassles. Safe travels! ✈️🌏

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन!

३० असोज, काठमाडौँ । आश्विन शुक्लक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बुधबार साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवम् वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज अन्तिम दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका नागरिक मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् । टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ ।

यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसैँ समापन हुन्छ ।

 

पारस भण्डारीले विश्व तेक्वान्दोको लेभल १ कोचिङ्ग प्रमाणपत्र प्राप्त गर्दै l

पारस भण्डारीले विश्व तेक्वान्दोको लेभल १ कोचिङ्ग प्रमाणपत्र प्राप्त गर्दै नयाँ कीर्तिमान स्थापित ।

नेपालको खेलकुद क्षेत्रमा चम्किलो तारा बनेका पारस भण्डारीले अन्तर्राष्ट्रिय स्तरको कोचिङ्ग लाइसेन्स प्राप्त गर्दै नेपालको खेलकुद क्षेत्रमा नयाँ अध्याय सुरु गरेका छन्। उनले हालै वर्ल्ड तेक्वान्दो (WT) द्वारा आयोजित अक्टोबर १ देखि ८ सम्म सम्पन्न अन्तर्राष्ट्रिय स्तरको “लेभल १ कोचिङ्ग लाइसेन्स” प्राप्त गरेका छन् । यो उपलब्धिले भण्डारीलाई खेलाडी मात्र नभई, अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकको रूपमा समेत सशक्त रूपमा स्थापित गरेको छ।

यसै सन्दर्भमा, भण्डारीले सेप्टेम्बर १९ देखि २२ सम्म अष्ट्रेलियाको ब्रिस्बेनमा आयोजित २०२४ जी २ अष्ट्रेलियन ओपन वर्ल्ड र्‍याङ्किङ तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै काँस्य पदक जित्न सफल भएका छन्। उनले पछिल्लो समयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउँदै नेपाली खेलकुदलाई पुनः गौरवान्वित गरेका छन्।

उनको यो सफलता मात्र व्यक्तिगत उपलब्धि नभई, नेपालको खेलकुद क्षेत्रलाई विश्वस्तरमा चिनाउन गरेको एउटा महत्वपूर्ण कदम पनि हो। यस ऐतिहासिक उपलब्धिले उनलाई खेलाडी, प्रशिक्षक, र नेतृत्वकर्ताको रूपमा नेपालमा मात्र नभई, अन्तर्राष्ट्रिय खेलकुद समुदायमा एक सशक्त नामका रूपमा स्थापित गराएको छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सम्मान दिलाउँदै

पारस भण्डारीले सन् २०१७ मा मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिप (मकाउ) मा रजत पदक जित्दै अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका थिए। त्यसपछि, सन् २०१८ मा अष्ट्रेलियाको गोल्ड कोस्टमा सम्पन्न गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै उनले आफ्नो खेल जीवनलाई नयाँ उचाइमा पुर्याए।

उनको निरन्तरको कडा मेहनत र समर्पणले सन् २०२२ मा मलेसियाको सारवाकमा सम्पन्न सारवाक बोर्नियो कप इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । यसै वर्ष, उनले भियतनामको हो चि मिन्ह सिटीमा सम्पन्न एशियन क्याडेट र जुनियर तेक्वान्दो च्याम्पियनसिपमा म्यानेजरको भूमिकामा सहभागी हुँदै आफ्नो नेतृत्व क्षमता र व्यवस्थापन क्षमतालाई पनि प्रमाणित गरे।

प्रतिस्पर्धी मञ्चमा उच्च प्रदर्शन: नेपालको तर्फबाट गरिमा थप्दै

सन् २०२३ मा पनि, भण्डारीले अष्ट्रेलियामा आयोजित दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो उपस्थिति जनाए। उनले ब्रिस्बेनमा सम्पन्न २०२३जी २ डब्ल्यूटी प्रेसिडेन्ट कप (ओसिआना)२०२३ जी २ डब्ल्यूटी अष्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिस्पर्धात्मक क्षमतालाई सशक्त बनाए।

हालै ब्रिस्बेनमा सम्पन्न २०२४जी २ अष्ट्रेलियन ओपनमा भण्डारीले नेपालको लागि काँस्य पदक जित्दै तेक्वान्दो खेलमा नेपालको स्थानलाई अझ उच्च बनाएका छन्। यो सफलता उनको कडा मेहनत, दृढता, र समर्पणको परिणाम हो, जसले भण्डारीलाई अन्तर्राष्ट्रिय तेक्वान्दो समुदायमा एउटा सशक्त नामका रूपमा चिनाएको छ।

प्रशिक्षकको रूपमा नयाँ यात्रा: अन्तर्राष्ट्रिय स्तरको कोचिङ्ग लाइसेन्स प्राप्त

उनले हालै वर्ल्ड तेक्वान्दो (WT) द्वारा आयोजित अन्तर्राष्ट्रिय स्तरको “लेभल १ कोचिङ्ग लाइसेन्स” प्राप्त गर्दै भण्डारीले आफूलाई खेलाडी मात्र नभई, अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकको रूपमा समेत सशक्त रूपमा स्थापित गरेका छन्। यो कोचिङ लाइसेन्स विश्व तेक्वान्दो (World Taekwondo) द्वारा आयोजित गरिएको थियो। यस उपलब्धिले भण्डारीलाई प्रशिक्षकको रूपमा नयाँ पहिचान दिएको छ। उनी अब प्रशिक्षकका रूपमा खेलाडीहरूलाई प्रशिक्षण दिने र नयाँ खेलाडीहरूको पथप्रदर्शक बन्ने यात्रा सुरु गरेका छन्।

नेपालको खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्चमा उज्यालो पार्दै

पारस भण्डारीको सफलता र समर्पणले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा विशेष स्थान दिलाएको छ। उनी जस्तो खेलाडीको निरन्तर संघर्ष र मेहनतकै कारण, नेपालले खेलकुद क्षेत्रमा नयाँ माइलस्टोन हासिल गर्दै आएको छ। भण्डारीले खेलाडी, म्यानेजर, र प्रशिक्षकको भूमिकामा खेलकुद क्षेत्रलाई सशक्त बनाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचानलाई अझ बलियो बनाएका छन्।

उनको यो उपलब्धिले नेपाली खेलकुद क्षेत्रको उज्जवल भविष्यको संकेत गरेको छ। अब प्रशिक्षकको रूपमा नयाँ यात्रामा अग्रसर भण्डारीले खेल क्षेत्रमा थप योगदान पुर्‍याउने र भविष्यमा थप पदकहरू जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाउने अपेक्षा गरिएको छ।

1. पारस भण्डारीले विश्व तेक्वान्दोको लेभल १ कोचिङ्ग लाइसेन्स हासिल गर्दै नेपालको नाम उजागर

2. लेभल १ कोचिङ्ग लाइसेन्स प्राप्त गर्दै पारस भण्डारीको अन्तर्राष्ट्रिय प्रशिक्षकको रूपमा ऐतिहासिक यात्रा

3. लेभल १ कोचिङ्ग लाइसेन्स हासिल: पारस भण्डारीको नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय प्रशिक्षकको रूपमा उदय

4. पारस भण्डारीले विश्व तेक्वान्दोको लेभल १ कोचिङ्ग प्रमाणपत्र प्राप्त गर्दै नयाँ कीर्तिमान स्थापित

5. लेभल १ कोचिङ्ग लाइसेन्ससहित पारस भण्डारी: नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रशिक्षकको रूपमा पहिचान

6. पारस भण्डारीको ऐतिहासिक सफलता: लेभल १ कोचिङ्ग लाइसेन्ससहित नेपाली खेलकुदमा नयाँ अध्याय

7. लेभल १ कोचिङ्ग लाइसेन्स हासिल गर्दै अन्तर्राष्ट्रिय प्रशिक्षकको रूपमा स्थापित पारस भण्डारी

8. लेभल १ कोचिङ्ग लाइसेन्स: पारस भण्डारीको खेलाडीबाट अन्तर्राष्ट्रिय प्रशिक्षकको यात्राको शुरुआत

9. पारस भण्डारीको ऐतिहासिक उपलब्धि: लेभल १ कोचिङ्ग लाइसेन्ससँगै नेपालको खेलकुदमा नयाँ उचाइ

10. लेभल १ कोचिङ्ग लाइसेन्ससहित पारस भण्डारीको नेपाली खेलाडीबाट अन्तर्राष्ट्रिय प्रशिक्षकको रूपमा उदय

Maina Devi Foundation Nepal Telicom Nepal Police र RONB द्वारा आयोजना गरिएको NT- Vehicle Stickers Campaign सम्पन्न !

नेपालिहरुको आउँदै गरेको विशेस चाड पर्वहरु को समयमा हुने भिड र लापरबाइ न्युनिकरण को निम्ति ” सफा वातावरण, सुरक्षित यातायात, हाम्रो दायित्व ” भन्ने मुल नाराका साथ Maina Devi Foundation Nepal Telicom Nepal Police र RONB द्वारा आयोजना गरिएको NT- Vehicle Stickers Campaign मैना देवि फाउन्डेशन का संथापक केपि खनाल ज्यु को प्रमुख अथित्य, विशिष्ट अथिति SP श्याम बाबु ओलिया र अथितिहरु DSP बस्नत कुमार शर्मा, टार्फिक प्रहरी प्रमुख कास्कि जिल्ला शोभा पान्डे, नेपाल टेलिकम व्यापार शाखा गण्डकी प्रदेश प्रमुख लगाएत मैना देवी फाउन्डेशन गण्डकी प्रदेश टिम को उपस्थितिमा करिब दुइसय सवारी साधन मा इस्टिकर टालि सुरक्षित यातायातको सचेतना गरी सम्पन्न भयो|

रहेनन् पोखरा ११ फुलबारीका सामाजिक व्यक्ति माधव प्रसाद बास्तोला।

मृत्यु एक टार्नै नसकिने सत्य भएर पनि यसको भयले सबैलाई सताइरहेको हुन्छ । जसरी जन्म एक शास्वत सत्य हो मृत्यु पनि त्यही सत्यको अर्को पाटो हो । हामीहरु हाम्रो आफन्त वा नजिकको ब्यक्तिको मृत्युमा धेरै भाबुक हुन्छौ भने नचिनेको र अलिक टाढाको मृत्युले त्यती लामो समय मनलाई पिरोल्दैन । तर पनि मानविय स्पन्दनले कही कतै भावनालाई नमिठोगरी धमिल्याइदिन्छ । मृत्यु स्वभाबिक र अकाट्य सत्य हो भन्ने कुराले केही बेर हामीलाई सम्झाउन सक्दैन ।

 २०८१ साल असोज १३ गते फुलबारी निवासी  समाजका एक होनाहार स्व माधब प्रसाद बास्तोला को मनिपाल पछाडी घाट्मा  अन्तिम सँस्कार भयो ।

उन्को
जन्म २०१३/१२/२१गते भने २०८१/०६/१३ गते उन्को निधन भएको हो भने केही दिन देखी मनिपाल हस्पिटल मा उपचाररत थिए।

पाेखरा महानगर पालिका वडा न ११ काे तत्कालीन निर्वाचित लाेकप्रिय जनप्रतिनिधि शिवशक्ति मा वि मा विद्यालय व्यवस्थापन समिति सदस्य स्याउला र खरकाे छानाे हटाएर टिनको छानाे बनाउने
मनकामना स्कुल,मणिपाल अस्पताल ,शिवशक्ति क्याम्पस स्थापनामा विशेष भुमिका महाकालेश्वर ,फुलबारी क्लब का संस्थापक,सिद्देश्वर लगायत विभिन्न बाटो बनाउन विशेष भुमिका पतेनि सस्कार भवन बनाउन बिशेष पहलकर्ता समग्र आफ्नो वडा र पाेखराकाे विकास निर्माण,शैक्षिक उन्नयन मा सधैब लागि रहने स्पष्ट वक्ता,निडर,निष्पक्ष ,सामाजिक ,शैक्षिक विकास प्रेमि व्यक्तित्वकाे देहावसानले ठुलो क्षति पुगेकाे छ ।
परिवारहरु निम्न रहेका छन :
पिता स्व रुद्रलाल बास्तोला
माता स्व गङ्गा देवी बास्तोला
श्रीमती टिकादेवि बास्तोला
छाेरा हरिश्चन्द्र बास्तोला

बुहारी  : सबिता बास्तोला

छाेरि सावित्री बास्तोला आचार्य

ज्वाइ : रबिश्वोर आचार्य 
नातिनि  मानाश्री आचार्य
श्रृष्टि आचार्य
श्रृयान्सि बास्तोला
नाति :मन्दिप आचार्य
कृतन वास्ताेला

 उहाँका छोरा श्री हरिश्चन्द्र बास्तोला हाम्रो मिडियाका बोर्ड सदस्य हुनुहुन्छ ।हामी ब्यक्तिगत रुपमा होस् वा सामुहिक रुपमा उहाँको पार्थिव शरीर र बियोगको बेदनाबाट बिबस परिवारजनलाई लोकले चलाएका सहानुभुतिका शब्दान्जली बेक्त गर्दछौं ।।

 

 

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय