२०८३ असार ९ मंगलवार

“गाउँ गाउँमा ने वि संघ विस्तार अभियान “

गाउँ गाउँमा नेपाल विद्यार्थी संघ विस्तार अभियान अन्तर्गत माछापुच्छ्रे गाउँगाउँका विद्यार्थीहरु जोड्ने हाम्रो अभियानमा आज महेन्द्र मा वि – माछापुच्छ्रे गा पा-४,लाहाचोक कास्कीमा नेपाल विद्यार्थी संघको कमिटी सम्पूर्ण विधार्थीहरुको सर्वसम्मत भेलाबाट सम्पून्न भएको छ।सुजता परियार को अध्यक्षतामा १५ सदस्य कमिटी गठन भएको थियो ।

यसरी नै संगठन विस्तार अभियान लाई अगाडी बढाए आगामी चुनावहरुमा नेपाली कांग्रेसले राम्रो नतिजा ल्याउने नेपाल विद्यार्थी संघ कास्कीका नेता, नेपाली कांग्रेस पोखरा महानगर सदस्य, नेपाली विधार्थी संघ पोखरा विश्वविद्यालयका निवर्तमान उपसभापति असिम सुवेदीले बताउनुभयो।

भोट आफ्नो स्वार्थको निम्ति नभइ आउने पुस्ताको निम्ति खसालौः किशान भण्डारी ।

२०७४ बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचन सम्पन्न भयो। त्यस बखत नेपालका बजार देखि गाउँगाउँमा उत्साह उमङ थियो लहर थियो। हरेक युवा, हरेक नागरिकलाई एउटा छुट्टै खालको आशा थियो, अभिलाषा थियो कि मैले मतदान गरेको व्यक्तिले यस्तो यस्तो विकासका काम गर्छ अथवा हाम्रो समुदायमा व्याप्त समस्याको समाधान हुन्छ, वाध्यताले रोजगारको लागि पासपोर्ट बनाउन पर्दैन, उच्च शिक्षाको लागि विदेश/ बजार गएर चर्को मुल्यको कोठा भाडा तिर्न पर्दैन, आदि इत्यादी । यस्तै यस्तै आशा अभिलाषा थिए होलान हरेक नागारिकका ।

चुनाव जितेर जनप्रतिनिधि रहेका हाम्रा जनप्रतिनिधिको पाच वर्ष कार्यकाल पनि सम्पन्न भईसकेको छ । हरेक ठाउँमा बाटाघाटा त बनेका छन के आम नागरिकले चाहेका सपना देखेका आकान्क्षा गरेका चिजहरु प्राप्त भएका छन त?? यदि छन भने तिनिहरु भाग्यमानी मतदाता हुन नागरिक हुन । हैन भने तपाइले आफ्नै खुट्टामा वन्चरो नहान्नुस तपाईंसग हरेक विकल्प छन। हामी नेपाली पछि परेको कारण लहै लहैमा लागेर हो।

अब गाउघर बनाउने पालो हाम्रो आएको छ सहि मान्छे छान्ने कि गलत भनेर। म एउटा युवा नागरिकको हैसियतले भन्दै छु कि समाजको सिङो गाउको जनप्रतिनिधिको जिम्मा दिने भनेको सानो कुरा हैन । मत खसाल्न भन्दा पहिला एक पटक सबैले आफ्नो गाउको अवस्था र समग्र गाउलेको अवस्था हेरौ र मत खसालौ।

अमेरिकाको निर्वाचनमा हरेक नागरिकले मेरो नातिको पालासम्म हुने गरि के गर्ला यो उम्मेदवारले भनेर सोचेर भोट हाल्ने चलन छ तर हाम्रो देश नेपालमा चुनावमा कस्ले खर्च गर्छ, कुन नेताको मान्छे हो, मलाई के चिजमा छुट देला, मुद्दा मामिला पर्दा कस्ले जिताइदेला भनेर हेर्नू नै हाम्रो ठूलो गल्ती हुन्छ । तेसैले गल्ती नगरौ हरेक कुरा गहन रुपमा सोचौ र निर्णय गरौ अनि बल्ल सिङो गाउको भविस्य हाम्रो हातमा हुन्छ।

✍️ किशान भण्डारी ।

राष्ट्रिय युवा संघ नेपाल धादिङ को आठौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कमल सिलवाल ।

दुबई, सन्तोष अधिकारी ।

जहाँ युवा त्यहा एमाले को नारा सहित राष्ट्रिय युवा संघ नेपाल धादिङको आठौं जिल्ला अधिवेशन आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय संयोजक, नेकपा एमाले केन्द्रीय कमिटि सदस्य किरण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रमको बिषेश अतिथि नेकपा एमाले धादिङ जिल्ला कमिटि अध्यक्ष भुमी त्रिपाठी रहनु भएको थियो। आठौ अधिबेशन बाट सर्बसम्मत रुपमा कमल सिलवालको नेतृत्वमा १४५ सदस्य रहेको मजबुध जिल्ला कमिटिको नेतृत्व चयन गरेको थियो भने उपाध्यक्षमा सुनिता तामाङ, सचिव हरि शरण जमर्कटेल, उपसचिवमा साजन गुरूङ , युवराज खतिवडा र काेषाध्यक्षमा अजय गुरूङ तथा सदस्यहरू लाई चयन गरेको थियो।

यहि टिमले छिटै गाउँपलिका, वडा , नगर र ज़िल्ला कमिटि चयन गरेर चुनावको लागि तयार का निम्ति किरण पौडेलले निर्देशन समेत दिनु भएको छ। आफ्नो पछाडि यो ४० दिनको अवधिमा १०-१० जाना समर्थकको पङ्ति निर्माण गर्ने प्रण लियर यो मैदान बाट फिर्ता हौं हामी कुनै पनि निर्वाचनमा कोही संग प्रतिस्पर्दा महसुस गर्नु पर्दैन हरेक निर्वाचन नेकपा एमालेले मय हुन्छ भनेर राष्ट्रिय युव संघ नेपाल अध्यक्ष, नेकपा एमाले केन्द्रीय सदस्य किरण पौडेल ले धादिङ आठौं अधिवेशनमा आफ्नो मन्तब्य राख्नु भयो । हजुरहरू जनताको माझमा जादा तथा गईरहदा तपाई हरू बिरूद्ध विभिन्न हमला , घेरा बन्धि होला, अन्य किसिमको बाधा बेब्धान होलान त्यो कुराको पछाडि हामी लाग्न जरूरी छैन भनेर भन्नू भएको थियो ।

उहाले धादिंगको १०४ वटा वडा सम्म उत्प्रेरक खटायर काम र कर्तव्य को बारेमा जानकारी दिएर अगि बढ्न सबैलाई जानकारी दिनु भयो। यो निर्वाचनमा मात्रै नभयर ३ तहकै निर्वाचनमा हामी निर्बाचनको निर्णायक भुमिका निर्वाहा गर्न लाई युवा संघ मजबुध भयर अगि बढ्नु पर्ने कुरा पनि उल्लेख गर्नु भयो।

युवा शक्ति लाई सहि ढङ्गले चुनाबमा परिचालन गर्ने गरि सबै सहकार्य गरेर अगि बढ्नु पर्ने कुरा उल्लेख गर्नु भयो। चितवन १० औं महाअधिबेसन पछि हामी एक संगठन एक बिचार एक पार्टि १ धार जुन हाम्रो पार्टिले नीति लिएको छ त्यो पार्टिको स्पस्ट नीति अनुरूप हाम्रो पार्टि भित्र धार उपधार गुट उपगुट केही छैन। नेकपा एमालेमा कुनै गुट छैन । त्यो स्वच्छ कसैले भने त्यो ब्यक्तिगत बिचार हो संगठनको बिचार हैन भनेर उल्लेख गर्नु भयो।

उहाले नया बनेको कमिटि लाई बधाई दिदै अब बन्ने कमिटि पनि अझै मजबुध भयर गठबन्धन लाई परास्त पार्ने गरि अगि बढ्न निर्देशन दिनुभयो।

सनराईज युथ क्लब, अष्ट्रेलिया पुनर्गठन, अध्यक्षमा सुरेश मल्ल ।

सनराईज युथ क्लब अष्ट्रेलियाको पुनर्गठन, अध्यक्षमा सुरेश मल्ल ।

बिगत लामो समय देखी अष्ट्रेलियाको सिड्नीमा खेलकुद, भलिबल मार्फत युवाहरू लाई एकजुट बनाउदै आएको संस्थाले बिधिवत रुपमा सन २०१९ सालमा दर्ता भएको थियो ।

क्लबको आज सम्पन्न बैठक बाट नया नेतृत्व चयन भएको छ । नया नेतृत्व अनुसार सुरेश मल्लको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन गरेको छ जसमा उपाध्यक्षमा सुनिल श्रेष्ठ, सचिवमा प्रकाश सुबेदी, सह-सचिवमा सिरजन घिमिरे, त्यस्तै सदस्यहरूमा टीकाराम लुइटेल, निराजन घिमिरे, रसीला गरबूजा मगर, संगीता घर्ती मगर, राज खड़का, अंकित मैते, चित्र बहादुर पुन, अमित भण्डारि, मिज़ास भण्डारी, प्रकाश केसी गरी कुल १६ सदस्यीय नया कमिटी गठन गरेको छ ।

त्यस्तै क्लबको संरक्षकमा राजु गौचन चयन भएका छन उनी क्लबका संस्थापक अध्यक्ष समेत हुन । उनकै नेतृत्वमा क्लबले बिभिन्न उपाधिहरू समेत हात पारिसकेको अवस्था छ ।

त्यस्तै क्लबको सल्लाहकार समितिमा रमेश पाण्डे, बिनोद श्रेष्ठ, भवानी ओली, केशब जोशी, शिशिर नेपाल, कृष्ण सापकोटा, शिव पौडेल, सन्तोष दाहाल, राम घिमिरे, बिष्णु हमाल, सुमन बिष्ट, अरुण गौतम, अनिल खड़का, बीरेन्द्र श्रेष्ठ, मोहन शर्मा र हरी रामजाली गरी कुल १५ सदस्यीय सल्लाहकार समिति समेत घोषणा गरेको छ ।

साथै क्लबका अध्यक्ष सुरेश मल्लले क्लबले बिश्वास गरेर आफुलाई ज़िम्मेवारी प्रदान गरेकोमा हार्दिक धन्यवाद सहित आगामी दिनमा क्लबको बृहत्तर हित, बिकास र समग्र खेल क्षेत्रको निम्ति आफु सदैव अगाड़ी रहने कुरा बताए संगै क्लबलाई प्रायोजन गर्न इच्छुक संघ संस्थाहरू लाई खेलकुद मार्फत युवाहरू लाई एकजुट बनाउने यो महान अभियानमा सबैको साथ र सहयोगको अपेक्षा सहित सबै माझ सहयोगको आह्वान समेत गरेका छन ।

त्यस्तै क्लबका संरक्षक एवं संस्थापक राजु गौचनले हिजो क्लब स्थापना कालमा आफूले निकै अपठयारोको बाबजुद पनी बिभिन्न संघ संस्था र व्यक्तिको सहयोगमा क्लबलाई यहाँ सम्म ल्याइ पूर्याउनको निम्ति सबैको योगदान रहेको हुदा सबैप्रति हार्दिक धन्यवाद सहित नया कार्य समितिले अब खेलकुद क्षेत्र मार्फत अष्ट्रेलियामा रहेका युवाहरू लाई कुलत बाट टाढ़ा रहन, एकापसमा भाईचाराको समबंध बिकास र समग्र खेलकुद क्षेत्र लाई नै टेवा पुर्याउने उद्देश्य का साथ लाग्न शुभकामना सहित सबैमा बधाई ज्ञापन गरेका थिए ।

यी हुन नेपाल र भारतबीच भएको चार सम्झौता!!

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न चार वटा सम्झौता भएको छ ।

शनिबार हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता पछि भएको प्रतिनिधिमण्डलस्तरीय छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो।

दुई देशबीच भएका चारवटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञतासम्बन्धी सम्झौता भएको हो ।

राष्ट्रिय युवा संघ नेपाल पोखरा २५ को प्रथम अधिवेशनबाट अध्यक्षमा मनोज कार्की चयन !!!

राष्ट्रिय युवा संघ नेपाल पोखरा २५ को प्रथम वडा अधिवेशनले मनोज कार्किको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरेको छ उपाध्यक्षमा विवेक कुवर सचीव सन्तोष बिस्वकर्मा उपसचिव क्षितिज पौडेल र मनिषा सापकोटा तथा सदस्यहरुमा अभिषेक कुवर, इन्दिरा पौडेल ,दिनेश त्रिपाठी, राजन बिस्वकर्मा रोशन श्रीपाली,बिक्रम नेपाली,नवीन तिमिल्सिना,नवराज तिमिल्सिना, नवीन बिस्वकर्मा,अभिषेक तिमिल्सिना , पासाङ गुरुङ ,संजय बि क, तारा सुनार,रक्षा तिमिल्सिना,आकाश तिमिल्सिना , कुलेन्द्र कुवर,अर्जुन नेपाली,फिरोज साही,धनुस जुगजाली , प्रमिसा तिमिल्सिना सर्वसम्मत चयन हुनु भएको छ वडा अधिवेशनका प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा कास्की सह इन्चार्ज राजिव पाहारिले प्रगतिशील आन्दोलनको अगुवाइ गर्ने भुमी पोखरा २५ हेम्जाको जनता प्रती नेकपा एमाले को तर्फबाट उच्च सम्मान ब्यक्त गर्दै सम्पुर्ण अग्रज प्रती उच्च सम्मान व्यक्त गर्नु भयो युवा इतिहास रच्ने काम प्रति युवाहरूलाई निर्देशन गर्नु भयो । कार्यक्रमका बिशेष अतिथी नेकपा एमाले गण्डकी प्रदेशका कार्यालय सचीव तथा राष्ट्रिय युवा संघ नेपाल पुर्व उपाध्यक्ष माधव बास्तोलाले नौ जवान युवाले नै क्रान्ति गर्न सक्छन मुलुको मुहार फेर्न सक्छन यो देश सबैको हो तर बढी हिस्सेदार युवा हो देश बिकास गर्ने युवाले बिदेश बिकास गर्न पर्ने बाध्यता नेपाली काङ्ग्रेसले गर्यो अब स्वरोजगारी युवा उत्पादन गर्न राष्ट्रिय युवा संघ बाहेक अरु नभएको जिकिर गरे राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जि सि ले गठबन्धन ठुलो हुँदै भारतीय जनता पार्टी सग पनि प्रधानमन्त्रीले गठबन्धन गर्न पुगेको इन्कित गरे नवनिर्वाचित कमिटी लाई बधाई सहित आफ्नो शुभकामना मन्तब्य नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य धर्मराज बास्तोला,जिल्ला कमिटी सदस्य केसब शरण पौडेल राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्यहरु डिल्लीराम सुवेदी, सुजा गुरुङ कास्कीका उपाध्यक्ष शंकर पौडेल नेकपा एमाले पोखरा २५ का अध्यक्ष लागाएतले बधाई दिनु भयो लक्षमण रोकायको अध्यक्षतामा भएको कार्यक्रम को स्वागत शंकर त्रिपाठी तथा संचालन देबि प्रसाद अधिकारीले गरेका थिए ।

“Love IS in love IS in love”

Love IS in love IS in love
✍️ Bimal Sharma

You look beautiful in summer,
You’ve look gorgeous in winter,
You filled perfectly in every scented flower,
Left your heart for me forever,
I’ll be in it within whenever,
Take my heart,
live in it n liberate this sinner,
Beyond the physical body let’s love each other,
You sink on to me,
I’ll sink into you!!
We dive on ONE where no Love is in the mind, what you think Love is in the heart, makes you beat NO YOU AND ME!!
You n me!!
Love is free in itself so why you grief
Love is lord so no,down on knees Love needs love needs love!!
Love is in vein that ain’t freeze
Love is in love so what you seek
Love is in the air, what you breath
Love is in the eye, make you sees
Love is in the ear makes you hears Love is you, whom to be.
Love IS in love IS in love!!!

राष्ट्रिय युवा संघ नेपाल मादी गाउँपालिका वडा न ६ को अधिवेशनबाट अध्यक्षमा रबि देवकोटा चयन !!!

राष्ट्रिय युवा संघ नेपाल मादी गाउँपलिकाको वडा न ६ अधिवेशनबाट अध्यक्षमा रबि देवकोटा चयन !!! १२/१९
राष्ट्रिय युवा संघ नेपाल मादी गाउपालिका वडा नं ६ को प्रथम अधिवेशनले रबि देबकोटाको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन गरेको छ उपाध्यक्ष सचीव सह सचीव दुई र कोषाध्यक्षमा क्रमशः गौ बहादुर राना,अर्जुन पाण्डे , राम परिया , दुर्गा बहादुर सुनार र सबिना पौडेल सर्वसम्मत निर्वाचित गरेको छ सदस्यहरुमा बिनिता क्षत्री, सुजन बराल, सुनिता देबकोटा, बिजय गुरुङ ,राज कुमार बराल, गंगाधर बास्तोला, बिश्वनाथ बराल, श्रीराम बराल,बबिता देबकोटा, बिष्णु प्रसाद बराल , बृहस्पति बराल , श्री प्रसाद बराल, सालिग्राम बराल,पदम पौडेल , गंगाधर बराल,यमन बि क, दिपक ढुंगाना,बिष्णु बराल,प्रकाश परियार,अशोक जि सि, सन्दीप पाण्डे , सुदिप बराल, केशव बराल(प्रकाश ), सुनिल बराल,मिलन परियार,सुवास बि क ,प्रताप गुरुङ , रोशन बि क,दीपक प्रसाद बराल, सन्तोष देवकोटा ,अर्जुन मगर, गीता पोख्रेल , सुस्मिता बराल, कृष्ण जि सि । यश कार्यक्रममा नेपाली काङ्ग्रेसका कृयासिल सदस्य परित्याग गरि मनोज राना र थम बहादुर बिक नेकपा एमाले प्रवेश गरेका छन ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष पस बहादुर बास्तोलाले युवाको नेतृत्वलाई मुद्दा मामिला गरि बिचलित गर्न खोज्ने हरु अहिले आत्मा आलोचना गर्न बाध्य भएका छन युवा गर्न खोजे नसक्ने भन्ने हुदैन यसकारण आसन्न निर्वाचनको उमेदवार हुन युवा अघि सर्न पर्ने धारणा राख्नु भयो । जिल्ला कमिटी सदस्य झलक पोख्रेलले राष्ट्रिय युवा संघमा प्रवेश लहरै चलेको र नेकपा एमालेको नेतृत्वमा नै देश बिकास हुने भन्दै बाकी युवा सबैले राष्ट्रिय युवा संघको सदस्यता लिन छुट्न नहुने बताउनु भयो राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य सुजा गुरुङले युवा मैत्री,महिला मैत्री नीति ल्याउन नेकपा एमाले बिना अरु पार्टीले नसक्ने हुदा अब युवा संघमा महिलाको नेतृत्व हुने गरि लाग्न आव्हान गर्नु भयो उक्त भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष पान बहादुर जि सिले देश शिर झुक्याउने गरि गरिएको प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै एक दलको पार्टी कार्यालयमा गएर नेता भेट्नु प्रधानमन्त्री पदको गरिमा गिरावट गर्नु हो केन्द्रले निर्देशन गरेमा यसको सशक्त प्रतिकारमा उत्रन तयार रहन समेत निर्देशन गर्नु भयो एकै दिन २२ हजारौं पार्टी प्रबेश हुदा गठबन्दन गर्ने दल आज भारतदल सग पनि गठबन्धन गरेको बताउनु भयो। कार्यक्रममा बल बहादुर राना,शिव प्रसाद बराल ,लगाएतले बोलेका थिए दिल बहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत यादब बराल र संचालन नारायण बरालले गरेका थिए।

राष्ट्रिय युवा संघ नेपाल पोखरा १० को वडा अधिवेशनबाट अध्यक्षमा सन्तोष कार्की चयन !!!

राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगर पालिका वडा नं १० को वडा अधिवेशन बाट सन्तोष कार्किको अध्यतामा ४७ सदस्यीय वडा कमिटी गठन भएको छ जस्को उपाध्यक्षमा सङ्कर नेपाली सचीव अनोज सुवेदी उपसचिव दुइमा डेबिट डिम्डुङ र शेर बहादुर गुरुङ्ग र कोषाध्यक्षमा आयुसा बराल तथा सदस्य हरुमा दिपेन गुरुङ ,निकेश लामा गुरुङ , साइमन गुरुङ ,प्रसान्त गुरुङ , प्रतिबिम्ब चिलवाल,संजय गुरुङ , पवन गुरुङ ,फारम गुरुङ ,पुष्प श्रेष्ठ , सन्जीव अधिकारी ,शिसिर भुजेल , कुमार खाती, अर्जुन तिमिल्सिना ,आसिस कार्की,सुमन परियार, नवराज नेपाली नवीन थापा, बिराज गुरुङ , निसान राना, रोशन गुरुङ , सन्दीप पुन , रोशन पुन,युबराज गुरुङ्ग , उत्तम थापा,समुर्ण लामा , अनिस पुन, आशिष थापा, बिश्वास पुन, बिनायक शर्मा सुवेदी, शिव थापा , उत्तम जि सि ,आश्चस शर्मा , सफल शर्मा , सचिन भुजेल निरज खड्का रहेका छन ।
प्रथम वडा अधिवेशन मा बोल्दै प्रमुख अतिथि नेकपा एमाले कास्की जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य माननीय मन बहादुर गुरुङले राष्ट्रिय युवा संघको कुशल नेतृत्वका कारण नै हामी यहाँ सम्म आएका हौ राष्ट्रिय युवा संघ नेपाल मरेको माछा होइन खोला जता बग्यो त्यतै बग्ने यो त होयल माछा हो छाल निकाल्दै आफ्नो गन्तव्यमा पुग्छ त्यसकारण युवाले नेतृत्व लिन तयार रहन समेत निर्देशन गर्नु भयो गठबन्धन अनेक बिचार भएको पार्टीको गुट भएको हुदा राजाबादी गणतन्त्र बादी सङ्गियता अस्वीकार गर्ने सबै यहि भएकाले कस्लाइ मत दिने कुन बिचारलाई मत दिने भनेर जनताले बिश्वास नगर्ने र प्रष्ट बिचार बोकेको नेकपा एमाले लाई रोज्ने छन सुर्य चिन्ह रोज्ने छन त्यस कारण पनि टोल टोल घरघरमा गै नेकपा एमालेको मत संरक्षण गर्न युवा लाग्नु पर्ने बताउनु भयो बिशेष अतिथी नेकपा एमाले गण्डकी प्रदेश कमिटी कार्यालय सचिव माधव वास्तोला नेकापा एमाले नेपाली जनताको जनजन मनमनमा बसिसकेको छन आसन्न निर्वाचनमा उक्त मतको संरक्षण गर्न आम युवा लाग्नु पर्ने बताउनु भयो राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङले देशमा भएको महङ्गी , भ्रष्टाचार विरुद्धको रचनात्मक आन्दोलन गर्दै सरकारलाई दबाब दिइरहदा यो सरकार लम्पसार परेर सुतेको छ यो सरकार युवा मैत्री जनमुखी नभै बिदेशीको गुलामी भएको बताउनु भयो गण्डकी प्रदेश कमिटी सदस्य राम बहादुर थापाले गठबन्धनका नाममा विभिन्न प्रलोभन देखाउन सक्छन त्यस्ता प्रलोभन कारिलाइ कार्वाही गर्न तयार रहन निर्देशन गर्नु भयो कार्यक्रममा बोल्दै नेकपा महानगर पालिका अध्यक्ष दिलिप न्यौपानेले युवा सग जोस बल बुद्धि छ त्यो सबल युवालाई परिचालित गर्न नेकपा एमालेको सिद्धान्त छ तसर्थ ढुक्क भएर लाग्न अनुरोध गर्नु भयो राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जि सि युवा मैत्री जनमुखी कार्यक्रम ल्याउने पार्टीको जिम्मेवार जनसंगठनको हामी जिम्मेवार नेता कार्यकर्ता हुनुमा गर्वका साथ छाती चौडा भएको छ यो चौडा छाती उच्च मनोबलका साथ जनता सामु गै नेकपा एमाले लाई बिजयी गराउन निर्धक्क लाग्न निर्देश दिदै बिगतको नारा काङ्ग्रेस हाफ माओबादी पत्तासाप भन्ने नारा साकार पारियो अबको नारा २०७९ बैशाख तीस अरु पार्टी ढिसमिस भन्ने नारा पूरा गर्न वान बुथ 200 युथको अबधआरणा सहित टोल टोल मा संगठन बिस्तारमा लाग्न समेत अनुरोध गर्नु भयो । राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगर पालिकाका अध्यक्ष शंकर भण्डारीले संस्थापन अध्यक्ष के पि शर्मा वलि जसरी अहिले एसिया कै राजनेताको रुपमा परिचीत हुनुहुन्छ अबको उत्पादन पनि त्यस्तै हुने गरि नेतृत्व चुनिन शुभकामना दिनु भयो राजेन्द्र गिरिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सुर्य बहादुर बानियाँले राख्नु भएको थियो धन्यवाद मन्तव्य कमल बहादुर बस्नेतले र संचालन पार्टी सचीव समेत रहेका राजु श्रेष्ठले गर्नु भएको थियो।

एमालेले उच्च आय भएका ५ हजार सदस्यबाट प्रति महिना ५ हजार रुपैयाँ उठाउने I

काठमाडौँ । एमालेले पार्टीको दिगो आर्थिक स्रोतका लागि ‘फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड अभियान’ सुरु गर्ने भएको छ । यही चैत ९ र १० गते बसेको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम, २०७८ पारित गर्दै उक्त अभियान कार्यक्रमसमेत सुरु गर्ने निर्णय गरेको हो ।

२०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्रसँग एकीकरण भएपछि पार्टीको कोष व्यवस्थापन तथा नियन्त्रणका लागि बनेको नेकपा एमाले केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ निष्क्रिय रहेकाले नयाँ विनियम पारित गरिएको एमालेले जनाएको छ ।

त्यसका लागि एमाले अध्यक्षले अन्तरपार्टी निर्देशन (अपानी) पनि जारी गरेको छ । आर्थिक स्रोत जुटाउनका लागि विभागका प्रमुखले ‘५ हजार लेभी दिने ५ हजार जना अभियान’ केन्द्रीय कमिटीले सुरु गर्ने निर्णय गरेको हो । जसअनुसार एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत हरेक महिना ५ हजार रुपैयाँका दरले योगदान गर्नेछन् ।

अध्यक्ष ओलीद्वारा जारी अपानीमा पार्टीलाई योगदान गर्न इच्छुक नेताहरूको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउनसमेत उल्लेख गरिएको छ । अध्यक्ष ओलीद्वारा जारी अपानीमा भनिएको छ, ‘एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत् हरेक महिना रु ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्‍यो ।

आ–आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक कमरेडहरुको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिन्छ ।’ प्रतिमहिना ५ हजार जनाले ५ हजार रुपैयाँ सहयोग गरेमा एमालेले महिनामै २ करोड ५० लाख रुपैयाँ र वर्षमा ३० करोड रुपैयाँ उठाउने छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय