२०८३ असार ९ मंगलवार

एक्लाएक्लै चुनावमा गए एमालेले धुलो चटाउछ – शेरबहादुर र रामचन्द्रको निष्कर्ष ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन नगरी एक्लाएक्लै चुनावमा गए एमालेले दुई तिहाई नघाउने निश्कर्ष सुनाउनु भएको छ । केन्द्रीय समितिको जारी बैठकमा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलसहित उहाँ पक्षधर नेताहरुले गठबन्धन नगरे एमालेको एकछत्र बिजय सुनिश्चित रहेको तथ्यांक राख्नुभएको हो ।

सभापति र रामचन्द्र दाईहरुको निश्कर्ष गठबन्धन नगरी चुनावमा गए एमालेले जताततै जित्छ, दुई तिहाई कटाउँछ भन्ने छ, शेखर दाई (डा. शेखर कोइराला) को भने फरक धारणा आएको छ,’ बैठकमा आएको भनाई उधृत गर्दै कांग्रेसका एक केन्द्रीय सदस्यले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार प्रधानमन्त्री देउवाले त पाँच दलको गठबन्धन गर्दा पनि एमाले निकै भारी पर्ने अवस्था रहेको तथ्य आफूसँग रहेको सुनाउनु भएको छ ।

‘हाम्रो मान्छेहरु किन कुरै बुझ्दैनन यार, ओलीको आतंक बिर्सने ? एक्लै जाँदा कांग्रेसले ओलीसँग कहाँ जित्न सक्छ ? यस्तो पनि कुरा गर्ने ? मैले कांग्रेसलाई जिताउन गठबन्धन भनेको हो नि,’ बैठकमा देउवाको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्स डटकमसँग भने । कांग्रेस सभापति देउवा र बरिष्ठ नेता पौडेल पक्षधर सवैजसो केन्द्रीय सदस्यले पनि यही निश्कर्ष राखेको ती नेताको भनाई छ । डा. शेखर कोइराला पक्षधर नेताहरु गठबन्धनको बिपक्षमा उभिएपछि देउवाले कांग्रेस हराउन खोज्ने भन्दै जंगिनु भएको तथ्यसमेत उनले खोले ।

बैठकमा देउवाले आफू प्रधानमन्त्री भएकोले देशको अवस्थाबारे भन्न नहुने थुप्रै सूचना रहेको भन्दै एमालेलाई हराउन पाँच होइन, अरु दल पनि थप्नुपर्ने अवस्था रहेको तथ्य बुझ्न आग्रह गर्नुभएको छ । उहाँले सार्वजनिक रुपमा समेत यो कुरा राख्नुभएको छ । स्रोतका अनुसार देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित आधा दर्जन नेता जिताउने सर्तमा गठबन्धन गरी कांग्रेसको बहुमत ल्याउने रणनीतिमा लाग्नुपर्ने बताउनु भएको छ ।

देउवाका अनुसार भरतपुर महानगरको मेयरमा प्रचण्डपुत्री रेनू दाहाल र चितवनमा प्रचण्डलाई जिताउँदा अन्य क्षेत्रमा कांग्रेसलाई माओवादीले सघाउने बचन दिएको खुलासा समेत गर्नुभएको ती नेताले बताए । यस्तै माधवले पनि आफूले भनेको केही पालिका प्रमुख र आफू जित्ने गरी गठबन्धनको बातावरण मिलाइ दिन अनुनय गरेको खुलासा देउवाले गर्नुभएको उनले बताए ।

‘प्रचण्ड र माधवको मिसन एमाले हराउने भन्ने नै हो, आफूहरु केही सिट जिते सवैलाई रुखमा भोट हाल्न लगाउँछन, दुई चारसिट दिएर गठबन्धन गर्दा के बिग्रिन्छ र ?’ देउवाको भनाई उधृत गर्दै अर्का सदस्यले भने ।

दमौलीमा दिउसै लुटपाट!!

दमौलीमा दिउसै लुटपाट

तनहुँको व्यास नगरपालीका वडा नं. ०२ भेटधाटचोकमा बुधबार दिउँसो १ बजेतिर एक महिलकोे घाँटीको सिक्री र हातको औंठी लुटिएको छ । व्यास नगरपालिका वडा नं. १० डिहिगाउँकी ४० वर्षीया रमा सुनारले लगाएका यी दुई गहना लुटिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका वडा नं. २ भेटघाटचोक नजिकै महिलाको घाँटीमा लगाइएको एक तोलाको सिक्री र औंठी लुटपाट भएको हो । तीन जनाको समुहमा आएका अपरिचित युवाहरुले नक्कली सुन धेरै देखाएर प्रलोभनमा पारेको या औषधि खुवाएर लठ्ठ पारी लुटपाट गरेको हुनसक्ने प्रहरीको आशंका छ । ती युवाहरुको खोजी भइरहेको जिल्ला प्रहरीे कार्यालय तनहुँले जनाएको छ ।

अध्यक्ष प्रचण्डद्वारा नव निर्वाचित एनआरएनए पदाधिकारीलाई बधाई ।

एनआरएनएका पदाधिकारी र प्रचण्डबीच भेटघाट !!
गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट भएको छ ।

भेटघाटमा माओवादी अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए ।

अध्यक्ष प्रचण्डले नेपालको विकासमा विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताएका थिए । उनले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईंहरूले दिएको सन्देश हो । अप्ठ्यारोको बीचबाट पनि नेपालीले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरूले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ -‘

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, शुल्क कति ?

पोखरा । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजार ९१३ उत्पादनमूलक र दुई हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ । कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ ।

भाषा परीक्षामा सहभागी हुन आगामी चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ । परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ । आवेदन फारम शुल्क अमेरिकी डलर २४ लाग्नेछ ।

आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरण र आगामी जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा हुनेछ ।

यस्तै, उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी असार २० देखि भदौ १० सम्म पहिलो चरण र आगामी भदौ १६ देखि असोज २१ गतेसम्म दोस्रो चरणमा हुनेछ । परीक्षा एक दिनमा चार सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ ।

कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ ।

ओलीकै कारण लोडसेडिङ हटेको कुलमानले नै पुष्टि गरे पुष्टि, चार वर्षपछि औद्योगिक क्षेत्रमा ८ घण्टा लोडसेडिङ l

काठमाडौं, चैत १५ । महँगो मूल्यमा खरिद गर्न खोज्दासमेत भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारमा विद्युत् उपलब्ध नहुँदा नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा आपत्कालीन लोडसेडिङ सुरु गरेको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार प्राधिकरणले प्रतियुनिट २० रुपैयाँ भारु (भ्याट र अन्य शुल्कसहित ३८ रुपैयाँ) बोलकबोल गर्दासमेत विद्युत् प्राप्त गर्न सकेको छैन । विद्युत् प्राप्त नभएपछि उद्योगहरूमा अधिकतम आठ घण्टासम्म विद्युत् कटौती भएको छ । यो आपत्कालीन लोडसेडिङ भएको र विद्युत् प्राप्त हुनेबित्तिकै उद्योगलाई पनि उपलब्ध गराउने प्रवक्ता भट्टराईको भनाइ छ ।

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब लोडसेडिङ कहिल्यै नहुने बताएका बताउनुभएको थियो । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो पटक कार्यकाल सुरु गरेपछि यति धेरै लोडसेडिङ भएको हो ।

तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग संझौता गरी बिजुली भित्र्याउनु भएपछि लोडसेडिङ अन्त्य भए पनि कुलमानले आफै गरेको भन्दै आउनु भएको थियो । ओली नेतृत्वको सरकारले गरेको काम आफ्नो पोल्टामा पारी उज्यालोका नायक भएका घिसिङ दोस्रो पल्ट प्राधिकरण नेतृत्वमा आएपछि लोडसेडिङ ह्वात्तै बढेपछि उज्यालोका नायक आफू होइन, तात्कालिन प्रधानमन्त्री ओली नै रहेको तथ्यबाटै प्रमाणित भएको हो ।

एमाले अध्यक्ष ओलीले जुम्लामा हजारौंलाई एकैपटक स्वागत, एमाले-प्रवेशको लहर l

काठमाडौँ , चैत्र १७ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लाको सिँजा पुगेर ठुलो संख्यामा अन्य पार्टीका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउनुभएको छ । सिँजा गाउँपालिकाको नराकोटमा बिहीबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य सहित नेकपा माओवादी केन्द्र, नेपाली काग्रेस र माधब नेपाल समाजवादी पार्टीबाट नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश कार्यक्रमपछि आयोजित बिशाल भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शेर बहादुर देउवा सरकारको दिनगन्ती सुरु भइसकेको दाबी गर्नुभयो ।

यो सरकार चुनावसम्म पनि नजाने उहाँको भनाइ छ । एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको छ,’ उहाँले भन्नुभयो ‘जनतालाई ढाँट्ने र छक्याउने खेलमा मात्र सरकारको सक्रियता देखियो ।’ आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदात गरी समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन उहँले आग्रह गर्नुभयो । ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएकोले विकासको इतिहास आफ्नो परिस्थितिअनुसार गर्नसक्ने बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘बाटो र बिजुली बनाउनु छ, देशलाई औद्योगीकरणमा लैजानु छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा विकास गर्नुछ । जसको नेतृत्व एमालेले मात्र गर्न सक्छ ।’ उहाँले कर्णालीमा राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक तथा पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सी चामल नेपालको वास्तविक ब्राण्ड भएको बताउनुभयो । उहाँले सिँजाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताउनुभयो । ‘आगामी निर्वाचनपछि नाग्म–रारा जाने सडक पिच बनाएरै देखाउनेछौं,’ उहाँले भन्नुभयो ‘नजिकै बग्ने हिमा नदीबाट के लाभ लिन सकिन्छ भन्नेबारे मेरो गम्भीर चासो छ ।’ जुम्ला आउनुअघि ओलीले दैलेखस्थित दुल्लुको अवलोकन गर्नुभएको थियो । खस सभ्यतामा दुल्लु मौसमी राजधानी थियो । उहाँ जुम्लाको कार्यक्रमलाई सम्बोधन गरी हेलिकप्टरबाट कालीकोट पुग्नुभएको थियो ।

बर्दघाट-१४ नवलपरासी गंगा बस्ति-धर्म बस्ति, बरूवा जोड़ने सडक कालोपत्रे हुँदै।

बर्दघाट नगरपालिका वडा नं १४ अन्तर्गत गंगा बस्ती, विजयनगर, धर्मबस्ती बाट पुष्पलाल चोक सरस्वति मावि हुँदै वडा नं १६ को कार्यालय हुँदै बरूवा सडक जोड्ने सडक कालोपत्रे गर्ने कार्यको आज मिति २०७८/१२/१७ गतेका दिन नगर प्रमुख धीरज शर्मा बस्याल ज्यूले एक कार्यक्रम बिच शिलन्यास गर्नुभएको छ ।

३ किलो मिटर भन्दा बढि रहेको उक्त सडक २ करोड ९२ लाख ५२ हज़ार को कूल लागतमा निर्माण हुन लागेको हो र सोही अनुसार समझौता पनि भएको हो । सडक निर्माणको ठेक्का जिम्मेवारी भने बिकास एन्ड ब्रदर्श मज्दुर जेभि सुर्खेतले पाएको छ ।

सडक निर्माणको कार्य भने आऊँदो २०७९ अषाढ अन्तिम सम्म हुने जानकारी सडक निर्माणको तर्फबाट कम्पनिको प्रतिनिधि सबिन पाठकले सबै लाई जानकारी दिनु भएको थियो । कुल बजेटमा बर्दघाट नगरपालिका बाट ५०% र संघिय सरकारको तर्फ बाट ५०% गरि काम सम्पन्न हुने कुरा बर्दघाट नगरपालिकाकाे मेयर धिरज बस्यालले जानकारी दिनु भयो ।

हामी जनताको हितमा सदैव तत्पर रहने छौ र जनताले पनि बिकास निर्माण को काम हुदा हामी संग सहकार्य गरेर सहजिकरण गरिदिनु हुन पनि अनुरोध गर्नु भएको छ। बिकास निर्माणको काम हुदा कहिले काहि स्थमनिय बाट बिबाद हुने हुदा बिकासको काममा ढिला हुने कुरा लाई उल्लेख गर्दै सबैले सहजिकरण गर्न आफ्नो भुमिका निभाउन पनि अनुरोध गर्नु भएको थियो।

यसै गरि वडा नं १४ वडा अध्यक्ष केशव खत्रिले पनि बिकास निर्माण को काम समयमै सम्पन्न गरेर जनतालाई आवत जावतमा सहजिकरण हुने कुरा उल्लेख गर्नु भएको थियो।

चन्द्रागिरिको लापरबाही यात्रुलाई सास्ती !!

काठमाडौंको चन्द्रागिरि केवुलकार बिग्रिन पुग्दा केबुलकारमा अड्किएकाहरुलाई प्रहरी, चिकित्सक र नर्सहरु परिचालन गरेर उद्धार गर्नु परेको छ । प्राविधिक कारणले कारहरु केबुलमै अड्किन पुगेको र आधा घण्टापछि जेनेरेटर चलाएर कारहरु (गोण्डला)सञ्चालन गरिएको चन्द्रागिरि केबुलकारले जनाएको छ उद्धारमा थानकोट प्रहरी प्रभागबाट डीएसपी र दुई इन्स्पेक्टरसहितको टोली खटाइएको थियो । उनीहरुका अनुसार जेनेरेटर चलाइसकेपछि केबलकारहरु निकै सुस्त गतिमा अघि बढेका थिए । एउटा केबुलकारलाई अरु बेला ९-१० मिनेट लाग्नेमा प्राविधिक गडबडीपछि ३० मिनेट लागेको थियो ।। तर उद्धारकर्ताहरुले भने उद्धारको काम सकाउन करिब ३ घण्टा लागेको बताएका छन् । घटनास्थलमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुले केबुलकारमा थुनिन पुगेका ३७ जनाको स्वास्थ्य परीक्षण गरेका थिए । तारमै अड्किन पुग्नाले यात्रीहरु आत्तिएर धेरैजसो बोल्न नसक्ने अवस्थामा पाइएका थिए । बोल्नेहरुले केबुलकारमा गडबडी रहेको प्रतिक्रिया दिएका थिए ।

चन्द्रागिरि हिल्स प्रा. लि. ले केबुलकारमा उत्पन्न गडबडीलाई सकेसम्म प्रचारमा ल्याउन नचाहेको र थुनिएका यात्रीले पनि आफ्नो पीडा व्यक्त गर्न सकेका छैनन् ।

करीब ४ सय जनालाई चन्द्रागरिको डाँडामा छोडिसकेपछि केबुलकार रोकिन पुगेको थियो । अड्किएकाहरुको उद्धार गरेको केही समयपछि कारहरु नियमित सञ्चालन भएका थिए । त्यसपछि डाँडामा रोकिएका करिब चार सय जनालाई फर्काइएको थियो ।

केबुकार बिग्रिनुको वास्तविक कारण के थियो भन्ने विषयमा चन्द्रागिरि हिल्सले विवरण दिएको छैन भने प्रशासनले पनि छानबिन गरेको छैन । मंगलबार जस्तै फेरि केबुलकारमा यात्रु झुण्डिएर रोकिनु नपर्ने प्रत्याभूति नदेखिएको उद्धारकर्तामध्ये एकले नेपालीत्व समाचारलाई बताए ।
चन्द्रागिरि हिल्स प्रा. लि. ले केबुलकारमा उत्पन्न गडबडीलाई सकेसम्म प्रचारमा ल्याउन नचाहेको र थुनिएका यात्रीले पनि आफ्नो पीडा व्यक्त गर्न सकेका छैनन् । उद्धारमा थानकोट प्रहरी प्रभागबाट डीएसपी र दुई इन्स्पेक्टरसहितको टोली खटाइएको थियो । उनीहरुका अनुसार जेनेरेटर चलाइसकेपछि केबलकारहरु निकै सुस्त गतिमा अघि बढेका थिए । एउटा केबुलकारलाई अरु बेला ९-१० मिनेट लाग्नेमा प्राविधिक गडबडीपछि ३० मिनेट लागेको थियो ।

करीब ४ सय जनालाई चन्द्रागरिको डाँडामा छोडिसकेपछि केबुलकार रोकिन पुगेको थियो । अड्किएकाहरुको उद्धार गरेको केही समयपछि कारहरु नियमित सञ्चालन भएका थिए । त्यसपछि डाँडामा रोकिएका करिब चार सय जनालाई फर्काइएको थियो ।

केबुकार बिग्रिनुको वास्तविक कारण के थियो भन्ने विषयमा चन्द्रागिरि हिल्सले विवरण दिएको छैन भने प्रशासनले पनि छानबिन गरेको छैन । मंगलबार जस्तै फेरि केबुलकारमा यात्रु झुण्डिएर रोकिनु नपर्ने प्रत्याभूति नदेखिएको उद्धारकर्तामध्ये एकले हामीलाई बताए ।

`गाउँ गाउँमा ने.वि. संघ विस्तार अभियान ´!!

१२/१६
अन्नपुर्ण गाउँपालिकाको माछापुच्छ्रे मा. वि मा विद्यार्थी हरू को भेला बाट सर्वसम्मत निर्विरोध सुसान सुनार को नेतृत्व मा नेपाल विद्यार्थी संघ माछापुच्छ्रे मा.वि मूल इकाई समिति गठन गरिएको छ। तपसिल कार्यसमितिको कमिटी गठन भएको छ।
सभापति : सुसान सुनार,उपसभापति : क्रिस गुरुङ ,स्नेहा वि.क ,सचीव : पवन वि. क,सह सचीव : विशाल शर्मा , कोषाध्यक्ष : मनिषा वि. क सदस्यहरु क्रमशः :संगम सुनार,राजन परियार,रुपा वि. क,अर्चिता गुरुङ,उनती गुरुङ,अञ्जली वि. क,सागर वि. क,बुद्ध वि. क रहेका छन।
कार्यक्रम NEA गण्डकी प्रदेशका सदस्य याम र्कष्ण पौडेल,‌पोखरा विश्वविद्यालय स्व वि यु सभापतिका उम्मेदवार डिफान भुजेल, नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयका निवर्तमान उपसभापति तथा पोखरा महानगर सदस्य असिम सुवेदी, नेपाल विद्यार्थी संघ अन्नपूर्ण गाउँपालिका का सभापति विकास केसी, उपसभापति दिपक वि.क. र सचिव उज्ज्वल पौडेल को संयोजकत्वमा सम्पन्न भएको थियो।
यस कार्यक्रममा नेविस्ंघ पृथ्वीनारायण क्याम्पसका विद्यार्थि नेता विवेक तिमिलसिना समेत रहेका थिए !

भरतपुरमा प्रचण्डले पनि नछाड्ने, छोरीलाई पनि उठाउनु पर्ने ।

काठमाडौं ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी र देश प्रति भन्दा पनि आफ्नो परिवार प्रति कत्तिको मरिमेटेर लाग्नु हुन्छ भन्ने कुरा पुनः पुष्टि भएको छ ।

चितनवमा मेयर र प्रतिनिधि सभा दुवै ठाउँमा माओवादीलाई छाड्न नसक्ने चितवन कांग्रेसका नेताहरुले बताइरहेका भए पनि प्रचण्ड अन्त सबै छाडेर भने पनि आफू र छोरीको लागि चितवन छाड्न नसक्ने अवस्थामा पुग्नु भएको छ । बुधबार

भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भन्नुभयो, ‘भरतपुर र चितवनमा हाम्रो दाबी छँदै छ ।’

उहाँले भरतपुरमा छोरीको उम्मेदवारी जोगाउनकै लागि महानगर र उपमहानगरपालिकाको गठबन्धनको टुंगो केन्द्रबाटै गराउन आफूले प्रयास गरिरहेको बताउनुभयो । यसको लागि गठबन्धनको बैठकमा कुरा हुने उहाँले जानकारी दिनुभयो ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय