२०८३ असार १० बुधबार

टोलटोलमा जादै नेकपा एमाले सराङ्कोट पोखरा १८ !! (फाेटाे सहित)

टोलटोलमा जादै नेकपा एमाले सराङ्कोट!

जनता सग ने क पा एमाले अन्तर्गत आज पोखरा १८ वार्ड कमिटी को आयोजना मा नेकपा एमाले माछापुच्छ्रे टोल र बिन्ध्वेस्वरी टोल मा टोल कमिटी गठन भब्य रूपमा सम्पन्न भएको छ ।

उक्त नेकपा एमाले पोखरा १८ का अध्यक्ष पुश्कल बहादुर थापा को अध्यक्षता मा भएको कार्यक्रम पाटी सचिब शालिकराम तिमिल्सिनाले सञ्चालन गरेका थिए। उक्त  कार्यक्रममा प्रमुख अथिती को रुपम ने क पा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युबा सघ कास्की का इन्चार्ज हरि लम्साल थिए। ।।साथै उक्त कार्यक्रममा मा महानगर कमिटी सदस्यहरु भोज कुमारी थापा र भिम नेपाली अ ने म सघ का प्रदेश सदस्य ज्युहरु ,युबा सग का अध्यक्ष लगायत अग्रज कार्यकर्ता , लगायत स्थानीय बासी को उल्लेख्य सहभागी भएको थियो।


उक्त भेला ले गणेश गिरि को अध्यक्षता मा बिन्धेस्वरी टोल कमिटी र सरास्वती थापा को अध्यक्षता मा हाम्रो माछापुच्छ्रे टोल कमिटी गठन गरेको छ ।।नब गठित टोल कमिटी का अध्यक्ष ज्युहरु पदाधिकारी र सदस्यहरु लाई हार्दिक बधाई दिदै प्रमुख अतिथिले सपथ ग्रहण गराउँदै पाटीको काममा कर्तव्य निष्ठ भई निष्ठाको राजनितीमा स्वागत गर्दै चुनावी कार्यक्रममा लाग्न सबैलाई आग्रह गरे ।

एक टोल एक कार्यक्रम का साथ राष्ट्रिय युवा संघ सराङ्कोट टोलटोलमा जादै!! (फाेटाे सहित)

  • ✍️किरण भण्डारी

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र युर्थ फोर्स पोखरा १८ को आज प्रथम संयुक्त बैठक सम्पन्न भएको छ।

राष्ट्रिय युवा संघ सराङ्कोटका अध्यक्ष धन पुनले अध्यक्षता गरेको उक्त कार्यक्रम राष्ट्रिय युवा संघका सराङ्कोटका सचिव झपिन्द्र भुजेलले संञ्चालन गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा वडा नं १८ अध्यक्ष रण बहादुर थापा विशेष अतिथी , कास्की जिल्ला राष्ट्रिय युवा संघ इन्चार्ज हरी लम्साल , जिल्ला संयोजक पान बाहादुर जिसी,संचारकर्मि बिश्व पाटिका महाप्रबन्धक सुनिल खड्का । अतिथीहरुमा पाटी नगर कमिटी सदस्य भोजकुमारी थापा , वडा कमिटी अध्यक्ष पुस्कल थापा , सचिव शालिकराम तिमिल्सिना , सहसचिव रमेश थापा , सचिवालय सदस्य प्रेम प्रसाद तिमिल्सिना आदीको उपस्थिती रहेकोे थियो ।


उक्त कार्यक्रममा युर्थ फोर्स अध्यक्ष मदनमणी तिमिल्सीनाले स्वागत मन्तव्य राखेका थिए। अतिथीहरुले आसन निर्वाचनलाई मध्यनजर गर्दै युवाहरुले पाटीसँग सहकार्य गर्दै एक ढिका भै लाग्नु पर्ने जोड दिए। प्रमुख अतिथी रण बाहादुर थापाले वैचारिक , राजनैतिक , भौतिक , आर्थिक तथा प्रशिक्षण का माध्यम बाट मनोवैज्ञानिक रुपले अर्गज कमरेडहरुले साथ र सहकार्य गर्दै अगाडि बढनु पर्ने बताए ।टोल कमिटीहरु गठन गर्दै एक टोल एक नयाँ कार्यक्रम गर्ने साथै आसन निर्वाचनमा आफ्नो भुगोल अनुसार सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सर्कुरल गरेको जानकारी मदन तिमिल्सिनाले विश्व पाटीलाई बताए।

किरण पौडेललाई पोखरामा राष्ट्रिय युवा संघ द्वारा भब्य स्वागत !। (फाेटाे सहित)

पोखरा  -७ …

✍️सुनिल खड्का

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष,नेकपा एमाले केन्द्रीय सदस्य किरण पौडेल लाई  अर्जुनचौपारी गांउपालिका को भेलाका लागि जाने क्रममा राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटि,यवा संघ कास्की र स्याङ्जा द्वारा पोखरा एयरपोर्टमा स्वागत गरेका छन ।




 

(more…)

एमालेद्वारा संसद बैठक अवरुद्ध: संसदभित्रै लाग्यो ‘मुर्दावाद’को नारा!!

काठमाडौँ, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

आज १ बजेदेखी शुरु भएको बैठकमा एमाले नारावाजी गर्दै अवरुद्ध गरेको छ । एमालेले गैरसांसदलाई प्रवेश निषेध गर, संसदीय मर्यादा कायम गर, पक्षपात पूर्ण व्यवहार बन्द गर, संवैधानिक सर्वोच्चता कायम गर, पदीय मर्यदा कायम गर, पार्टी फुटाउन षड्यन्त्र मुर्दावादलगायतका नाराहरु लगाएको छ ।

सभामुख अग्नी प्रसाद सापकोटाले एमालेले कारवाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई सूचना नटासी संसदमा प्रवेश गर्न दिएको भन्दै संसद अवरुद्ध गर्दै आएको हो । माधव नेपालले हाल नेकपा एकिकृत समाजवादी पार्टी दर्ता गर्नुभएको छ ।

एमालेका विरोधका बिच पनि समाभुखले सभा सञ्चालन गर्नुभएको छ । कानुन, न्याय तथा संसदीय मन्त्री दिलेन्द्र बडुले आदिवासी जनजाती आयोगको प्रतिवेदन पेश गर्नुभएको छ । त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक फागुन ८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरिएको घोषणा गर्नुभयो ।

प्रतिनिधि सभाको बैठक बस्दै, ११ बजे कार्यव्यवस्थाको बैठक॥

६ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन ।
सहमतिको प्रयासमा आज बिहान दश बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो ।

प्रधानमन्त्रीको नजर एमाले तिर!!!

५ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्नै सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षीसँग सम्वाद बढाएका छन् ।

सत्तारुढ चार दलका शीष नेताहरुको बैठकलगतै पत्नी आरजु राणासहित बालकोट पुगेका देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका छन् । बिहीबार नै सत्तारुढ चार दलको बैठकअघि कांग्रेस नेता मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थिए । सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि एमाले नेताहरु निरन्तर सम्पर्कमा छन् ।

सबै छलफलमा एमाले नेताहरु एमसीसी पास गर्न सकारात्मक देखिएका छन् । तर शर्त छ, कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादी सम्मिलित गठबन्धन तोड्नुपर्छ । देउवा गठबन्धन तोडेर आए सरकारमा सहभागी हुने या सहमतिमा प्रतिनिधिसभा विघटन गरेर आउँदो जेठमा अर्ली इलेक्सन गर्ने विषयमा छलफल गर्न ओली खुल्ला रहेको बालकोट स्रोतले बताएको छ ।

एमाले अध्यक्ष ओलीले कांग्रेस नेताहरुलाई ‘तपाई कहाँ जाने तय गर्नुस्’ भन्ने गरेका छन् ।

अ.ने.म.संघ पोखरा-८ मा राधिका गिरि को अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन!! (फाेटाे सहित)

अ.ने.म.संघ पोखरा-८ मा राधिका गिरि को अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन ।

✍️ सुनिल खड्का

अ.ने.म.संघ पोखरा-८ मा राधिका गिरि को अध्यक्षतामा ४१ सदस्य कमिटी गठन । कार्यक्रम मा प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिकाका उप-प्रमुख एवं नेकपा एमाले केन्द्रिय सदस्य , अनेम संघ कास्कीका ईन्चार्ज श्री मंजुदेवी गुरुङ रहेका थिए भने बिशेष अथितिमा श्री शुशीला पराजुली (गण्डकी प्रदेश सदस्य ,अ.ने.म.संघ कास्की जिल्ला अध्यक्ष ), श्री राजकुमारी भुजेल ( जिल्ला कमिटी सदस्य ,अ.ने.म.संघ पोखरा जिल्ला महानगर अध्यक्ष) , श्री रामु गुरुङ (जिल्ला कमिटी सद्स्य ), पर्सुराम बराल( जिल्ला कमिटी सदस्य), दिल कुमारी पौडेल( जिल्ला कमिटी सदस्य), रुद्र्नाथ बराल वार्ड (८ अध्यक्ष , महानगर सदस्य ),किरण गौतम ( वार्ड सदस्य ,महानगर सदस्य )  अर्जुन श्रेष्ठ (पोखरा-८ नेकपा एमाले अध्यक्ष ), कमला देवी गिरि ( पोखरा-८ नेकपा एमाले उपाध्यक्ष ) दिपक घिमिरे (पोखरा-८ नेकपा एमाले सचिव ), गोविन्द बराल (पोखरा-८ नेकपा एमाले उपसचिव) रहनु भएको थियो।

उक्त सम्मेलन बाट श्री राधिका गिरि सर्वसम्मत अध्यक्ष भईन भने उपाध्यक्ष मा रिना थापा , सचिबमा पबित्रा के सि र कोषाधयक्षमा अमृता गिरि  गरि बाकी भूगोल र समावेसीताको आधारमा बढीमा ४१ सदस्यीय रहने गरी २९ सदस्यीय अनेम संघ कमिटी गठन गरि सम्पन्न भएको छ ।सम्पूर्ण कमिटि सर्वसम्मत निर्वाचित भएकाे थियाे।

कार्यक्रममा प्रमुख अथिति र विशेष अथितिहरुले सम्पुर्ण नवगठित कमिटी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियोे ।

कार्यक्रम संचालन अनेम संघका सचीव कमला गिरिले गर्नु भएको थियो ।।

मन्त्रिपरिषद्को बैठकले सर्‍याे सत्तारुढ गठबन्धनको ‘निर्णायक’ बैठक!!

काठमाडौँ – सत्तारुढ गठबन्धनको दिउँसो ३ बजे बस्ने भनिएको बैठक सरेको छ। मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्ने भएपछि सत्तारुढ गठबन्धनको बैठक ५ बजेलाई सारिएको हो।

सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु उपस्थित हुनेछन्।

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेपछि बैठक बोलाइएको हो।

एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लिएको छ। कांग्रेस एमसिसीलाई अहिलेकै अवस्थामा हुबहु अनुमोदन गर्ने पक्षमा छ भने अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन्।

सरकारले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल गर्ने तयारी गरेको थियो तर पछि सत्तारुढ अन्य दलको दबाबपछि रोकेको थियो। सोही एमसिसीका विषयमा साझा सहमति खोज्नको लागि आज गठबन्धनको बैठक राखिएको हो।

एमसीसीविरुद्ध प्रदर्शन गर्ने १५३ जना पक्राउ, ९ प्रहरी घाइते!!

काठमाडौं । एमसीसीको विरोद्धमा आन्दोलीत बनेका १५३ जना पक्राउ परेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएकालाई काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

एक सय जना नयाँबानेश्वरस्थित प्रदर्शनस्थलबाट पक्राउ गरिएको र बन्द गराउँदै हिँडेका ५३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरीका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) सन्तोष सिंह राठौरले मेरोन्यूजलाई जानकारी दिए ।

उनले भने ‘१०० जनालाई प्रदर्शन स्थलबाट पक्राउ गरिएको हो र ५३ जनालाई भने विहानै बन्द गर्न आहवान गरिएकोमा पक्राउ गरिएको हो ।’

पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, सिंहदरबार वृत, बानेश्वर वृतमा राखिएको महानगरीय प्रहरीका प्रवक्ता एसपी राठौरले जानकारी दिए ।

सरकारले संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको एसपी राठौरले बताए ।

प्रहरी र प्रदर्शनकारीकाबीचमा भएको झडपमा परी ९ जना प्रहरी घाइते भएको समेत प्रहरीले जनाएको छ ।

एमसीसीको विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता पनि सडकमा आएका छन् ।

त्यस्तै, एमसीसी संसदमा टेबल गर्न खोजेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका ६ कम्युनिस्ट पार्टीले बुधबार नेपाल बन्द नै घोषणा गरेको थियो ।

विभिन्न दलका विद्यार्थी नेताहरु समेत पक्राउ परेका छन् ।

राष्ट्रपतिसमक्ष राजदूतको सपथ!!

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य (बेलायत)का लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले सपथ लिएका हुन् । त्यसअवसरमा परराष्ट्रमन्त्री डा‍. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

 


 

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन् ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय