कोरोना कालपछी खुलेको पशुपति नाथको मन्दिरमा भिड बड्यो!!
कोरोना कालपछी खुलेको पशुपति नाथको मन्दिरमा भिड बड्यो!!
१०/२८ काठमाडौं-कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर आजदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले बताए । कोरोना सङ्क्रमण तेस्रो लहर बढ्न थालेपछि गत माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।
मन्दिर बन्द भएपछि माघ ५ गतेदेखि बिहीबारसम्म नित्य पूजामात्र हुँदै आएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मन्दिर आजदेखि खुलेपनि विशेष पूजा भने शनिबारदेखि सुरु गरिने उनले बताए । करिब २३ दिनपछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
Nepali Congress (NC) leader Dr. Shekhar Koirala has said that decision had to be taken on the US grant Millennium Challenge Corporation (MCC) through parliamentary procedures if consensus is lacking among the political parties.
Nepali Congress (NC) leader Dr. Shekhar Koirala has said that decision had to be taken on the US grant Millennium Challenge Corporation (MCC) through parliamentary procedures if consensus is lacking among the political parties.
KATHMANDU: Nepali Congress (NC) leader Dr. Shekhar Koirala has said that decision had to be taken on the US grant Millennium Challenge Corporation (MCC) through parliamentary procedures if consensus is lacking among the political parties.
Putting his suggestions before the leadership at the meeting of the Central Working Committee on Friday, Dr. Koirala said the MCC had to be given a logical conclusion through either all-party consensus or the parliamentary process, if consensus is lacking.
“MCC has been a keenly followed issue by the world community, putting the Nepali government, leaders and parliament at the center. If we fail to give it an outlet, questions would be raised against the competence of the government, leaders and system,” he said.
He viewed that politics was done on a pure grant and transformed it into something else. “Diplomatic expertise and our leadership capability have attached with moving forward MCC project.”
Koirala also advised NC President and Prime Minister Sher Bahadur Deuba to run to party in line with rules and regulations and strength it in view of coming local level elections. He also conveyed that he along with other party leaders and cadres were in favor of NC contesting the elections on its own.
“Instead of forging alliances that are against political principles, we should strengthen the party. For that, the leadership should lead without prejudice and in accordance to rules and regulations. Various nominations in different bodies should also be just and for the good of the party.”
He also suggested concluding the halted district conventions by February 21 in view of the local elections slated for May 13. “Let us not suspend any bylaws of the party statute, begin distribution of new active memberships, resolve old membership dispute and strengthen the party forward.”
६ महिनामा झण्डै १० अर्ब कोरोना नाममा खर्च!!
६ महिनामा झण्डै १० अर्ब कोरोना नाममा खर्च!
६ महिनामा कोरोना रोकथाममा झण्डै १०अर्ब खर्च;अर्थ मन्त्रालय
२८ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना (साउन-पुस)मा कोरोना भाइरसको रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको छ ।
यसमध्ये संघीय सरकारले सबैभन्दा धेरै ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । ७ वटा प्रदेशबाट १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहबाट भने ६ करोड ६६ लाख रुपैयाँ खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।
प्रचण्डले एमसीसीबारे एमालेको निर्णय माग्दा ओलीको यस्तो जवाफ!!
प्रचण्डले एमसीसीबारे एमालेको निर्णय माग्दा ओलीको यस्तो जवाफ
१०/२८काठमाडौं-सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसीबारे प्रष्ट निर्णय गरिदिन आग्रह गरेका छन् ।
दुई शीर्ष नेताबीच हिजो साँझ भएको फोनवार्तामा प्रचण्डले एमसीसीको विषय किनारा लगाउन भन्दै ओलीसमक्ष दुई प्रस्ताव राखेका थिए । एमाले अध्यक्षको सचिवालयका अनुसार ओलीले प्रचण्डका दुवै प्रस्ताव अस्वीकार गरिदिएका छन् ।
प्रचण्डले फोनमा भनेका थिए, एमसीसीमा तपाईंले निर्णय नगरी भएन । जवाफमा ओलीले सत्ता साझेदार दलहरुबीच साझा धारणा बनेलगत्तै आफ्नो पार्टीले निर्णय गर्ने जवाफ दिएका थिए ।
वार्तामा प्रचण्डले एमसीसी सबै दलको सहमतिमा पास गर्ने वा सर्वसम्मतीको प्रयासका लागि चुनावपछि निर्णय गर्ने गरी समय माग्ने विकल्प प्रस्तुत गरेका थिए । एमाले अध्यक्ष ओलीले दुवै प्रस्ताव अस्वीकार गरेको सचिवालयले जानकारी दिएको छ ।
यता, एमाले प्रचार प्रसार उपप्रमुख विष्णु रिजालले सामाजिक सन्जालमार्फत एमसीसीको सम्बन्धमा विदेशी वा स्वदेशी जसले खोजे पनि आफ्नो पार्टी नेकपा एमालेको धारणा प्रष्ट रहेको बताएका छन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४(५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा ९एमाले० त निर्णय गरिहाल्छ ।’
गण्डकी प्रदेश अध्यक्षमा बिष्णु पुन , केन्द्रीय सदस्यमा राजन सुबेदि मनोनित!
काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले पुर्णता पाएको छ । गत आइतबार बसेको बैठक बाट आयोजना कमिटी निर्माण भएको थियो र संयोजकमा पर्शुराम बस्नेत चयन थिए ।
एमाले स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन संयोजन संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटा, रचना खड्कालगायतका नेताहरुको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।
जस मध्य गण्डकी खेलकुद बिकास समितिको अध्यक्षमा बिष्णु पुन निर्वाचित भएका छन्। नेपाल खेलकुद महासंघ काे केन्द्रीय सदस्य पुन गण्डकी प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी पाएका हुन्। उनी युबा संघको पुर्ब कास्की जिल्ला अध्यक्ष तथा हालको केन्द्रिय सचिबालय सदस्य समेत हुन।नेकपा एमाले कास्कीका लाेकप्रिय युवा नेता समेत हुन् ।
साथै केन्द्रीय सदस्यमा राजन सुबेदि मनोनित भएका छन्।रुपा -२ का सुवेदी खेलकुद क्षेत्रमा दख्ल राख्ने ब्याक्ति रुपा २ थुम्कि का स्थाई बासिन्दा हुन भने नेकपा एमाले कास्कीका लाेकप्रिय युवा नेता समेत हुन् ।
साथै केन्द्रीय सदस्य मा कास्की बाट ऋषि गाैतम , याम गुरुङ र सरास्वति क्षेष्ट पनि चयन भयका छन।









एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)
२७ माघ, काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

Minister Ale in action Yak & Yeti होटलको लाइसेन्स रद्द!

Minister Ale in Action:संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले Rs.42 Crore+ भन्दा बढी राजश्व नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेरी गरेको भन्दै Yak एण्ड Yeti होटलको Casinoको License रद्द गरेका छन्
मन्त्री आलेले रोयल्टी नबुझाउने क्यासिनो सन्चालकको तीन पुस्ते विवरणसहितको सूचना निकालेर अन्तिम मौका दिन लगाएका थिए । यसबीचमा रोयल्टी नतिरी फरार हुन लागेका क्यासिनो सन्चालक माइक बोल्सोभरलाई अध्यागमनबाटै रोक्न लगाएका थिए । यसबीचमा केही क्यासिनोले राजश्व बुझाएका छन् भने नबुझाउनेको लाइसेन्स रद्द गर्ने तयारी छ ।
अमेरिकाले खसी देखाएर फर्सी दिने काम गर्दैछ; चित्र बहादुर केसि।
अमेरिकाले खसी देखाएर फर्सी दिने काम गर्दैछ; चित्र बहादुर केसि।
१०/२६काठमाडौं-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् । बुधवार राजधानीमा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए ।
उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप लगाए । अध्यक्ष केसीले विदेशी शक्तिहरुले पार्टीका प्रमुख व्यक्तिहरुलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताए । केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको पनि बताए । उनले गठबन्धन नेपाली काँग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भनेपनि राष्ट्रिय जनमोर्चा भने एमसीसी नेपालमा ल्याउनै नहुने पक्षमा रहेको स्पष्ट पारे ।
मुलुक भन्दा माथी गठबन्धन हुन सक्दैन — चित्र बहादुर केसि !!
- मुलुक भन्दा माथी गठबन्धन हुन सक्दैन;चित्र बहादुर केसि
१०/२६काठमाडौं-राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको स्पष्ट पारेका छन् । एमसीसीविरुद्धमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका विरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसकने बताएका हुन् ।
उनले जनमोर्चाले गठबन्धन जोगाउन भन्दा मुलुकलाई जोगाउन लागि पर्ने जिकिर गरे । अहिले संसद र न्यायलयलाई दलहरुले ध्वस्त पार्ने काम गरेको उनको भनाइ छ । उनले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरुले बेठीक काम गरेको पनि बताए ।
एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दै यस बिषयमा राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उनले बताए । केसीले एमसीसी मार्फत अमेरीकाले नेपाललाई चीन विरोधी अखडा बनाउन खोजिएको र नेपालको जलश्रोतलाई कब्जा गर्न खोजेको जिकिर गरे ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै खारेज गर्नुपर्ने धारणा राखेका थिए ।
कोरोना सङ्क्रमणबाट थप १४ जनाको ज्यान गयो, ७ हजार ७ सय ७७ जना निको!!
काठमाण्डाै – कोरोना सङ्क्रमणका कारण नेपालमा थप १४ जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्ला केही दिनयता नयाँ सङ्क्रमित थपिने क्रम घटे पनि ज्यान गुमाउनेको सङ्ख्या भने बढिरहेको छ । यस्तै २४ घण्टामा थप दुई हजार चार सय एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी १६ हजार तीन सय ५६ जनाको नमुना परीक्षण गर्दा २४ सय एक जनामा सङ्क्रमण देखिएको हो ।
यही अवधिमा सात हजार सात सय ७७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख २८ हजार तीन सय ६९ पुगेको छ । अहिले ३० हजार दुई सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै २४ घन्टामा दुई लाख ४६ हजार सात सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार एक सय जनामध्ये ७३ दशमलव पाँच प्रतिशत अर्थात् एक करोड ४६ लाख ३५ हजार जनाले पूर्ण मात्रा खोप लगाएका छन् । ८८ दशमलव नौ प्रतिशत अर्थात् एक करोड ७७ लाख १६ हजार जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।
यस्तै १२ देखि १७ वर्ष उमेर समूहका ३४ लाख पाँच हजार चार सय बालबालिका रहेकामा ८३ प्रतिशत अर्थात् २८ लाख ४६ हजार तीन सय ९० जनाले एक मात्रा र ३७ प्रतिशत अर्थात् १२ लाख ५४ हजार दुई सय जना बालबालिकाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
Next Page » « Previous Page
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
