बाढीपहिरोबाट हालसम्म ८० जनाको मृत्यु, पाँच बेपत्ता !!
काठमाडौँ । अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट आजसम्म ८० जनाको मृत्यु भएको छ ।
गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मौसमजन्य विपद्मा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विपद्मा फसेका ५३ जनाको उद्धार गरिएको छ ।
ढीका कारण एक सय ६१ घर डुबानमा परेका छन् । एक सय ३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।
उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार सात सय ६४ घर परिवार विस्थापित भएका छन् ।
सर्वाधिक धनराशिको भलीबल उपाधि म्याग्दिकालीलाई ।
सिडनी – म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नीले अस्ट्रेलियाको मेलबर्नमा भएको सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ को उपाधि जितेको छ ।
म्याग्दी काली खुल्ला पुरुषमा तथा सिपिए ३५ वर्षमाथिको विधामा पहिलो भएका हुन् । मेलबर्नस्थित डारेविन कम्युनिटी स्टेडियमको कभर्डहलमा आइतबार भएको एक दिने प्रतियोगितामा खुल्ला पुरुषको फाइनलमा म्याग्दी कालीले छन्त्याल परिवारलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो ।
म्याग्दी कालीले २५–१९, २५–२१ र २५–१९ को सेटमा जित निकाल्न सफल भयो । खुल्लातर्फको विजेता बनेको म्याग्दी कालीले ५ हजार अस्ट्रेलियन डलर सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
खुल्लामा म्याग्दी कालीका मान बहादुर श्रेष्ठ सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले १ सय अस्ट्रेलियन डलर सहित ट्रफी प्राप्त गरे । म्याग्दी कालीकै टेक राज अवस्थी उत्कृष्ट स्पाइकर र ब्लकर घोषित भए ।
दि गोर्खा स्पोर्ट्स क्लबका बिशाल बहादुर बिक उत्कृष्ट सर्भर बने । छन्त्यालका चिनु छन्त्याल सेटर तथा गणेश छन्त्याल उत्कृष्ट लिवेरो चुनिए । उनीहरुले समान ५० अस्ट्रेलियन डलर सहित ट्रफी प्राप्त गरे ।
युवा समाजसेवी तथा म्याग्दिकाली युनाइटेडका म्यानेजर लोकेश बानियाले आफनो खेलाड़ीहरुले जुन कौशलता पूर्वक खेली जीत हासिल पार्न सफल भएकोमा सिंगो क्लब हर्षित र थप ऊर्जा मिलेको बताए साथै आगामी दिनहरुमा खेलकूद क्षेत्रमा बिशेष योगदान सहित नेपाली बीचको भाईचारा सम्बन्धलाई अझ प्रगाढ़ बनाऊनमा दत्तचित्त भएर लागने कुरामा विश्वस्त रहेको बिश्वपाटीलाई बताए ।
एलिट गोर्खा स्पोर्ट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य प्रायोजनमा भएको ‘ग्लोबल मिट कप २०२४’ मा खुल्ला पुरुषमा ११ र ३५ बर्षमाथि ८ टोलीको सहभागिता रहेको थियो ।
पोखराका मेयर धनराज आचार्यलाई पोख्रेली युवा विजय पराजुलीको खुल्ला पत्र !!
पोखराका मेयर धनराज आचार्यलाई पोख्रेली युवा विजय पराजुलीको खुल्ला पत्र
सामान्यतया कोही कसैलाई आलोचनाको लागि मात्र खुल्ला पत्र लेख्ने चलन छ । तर मैले न आलोचनाको उद्देश्यले लेखेको हो न त प्रशंसाकै लागि ।बरु काठमान्डौ धनगडी र धरानका मेयरहरुको प्रशम्सनिय गतिविधी नियाल्दै गर्दा पोखरा महानगरको झुटा आश्वासन र गलत कार्यशैली बाट एउटा देशभक्त युवामा निस्केको असन्तुष्टिको झील्को हो ।आशा छ मेरा प्रत्यक बुदाहरुको न्याय सम्बत संबोधन हुनेछ ।
नमस्कार ! मेयर साब म विजय पराजुली ।
गत स्थानीय निर्वाचनमा तपाईले गठबन्धन बाट पर्यटकिय नगरी पोखरा महानगरको मेयर पदमा उम्मेद्वारी दिएर मत माग्न जाँदै गर्दा समय सीमा नै तोकेर स्वच्छ सुन्दर पोखरा निर्माणका लागि विभिन्न प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। तिनै प्रतिबद्धता र आवश्वासनका कारण आवश्यक विजयी मत दिएर पोखराबासीहरुले तपाईलाई निर्वाचित मात्र गराएनन् सम्भवत नेपालकै धनाड्य मेयर (५० करोड बराबरको सम्पती )को रुपमा स्थापीत समेत गराएका छन् ।
मेयर साबले कार्यभार सम्हालेको पनी दुई वर्ष पूरा भइसकेको छ । चुनावी घोषणा पत्रमा तपाईले तीन महिना, छ महिना वा एक वर्षभित्र गरिसक्छु भनेका अधिकांश प्रतिबद्धता कागजको पन्नामा मात्र सिमित भए मेयर साब लाई त्यो बिगत स्मरण गराउन चाहान्छु ।
१.तीन महिनाभित्र महानगरमा करको दायरा फराकिलो बनाउने कार्यविधि बनाउने घोषणा गर्नुभएको थियो । तर त्यो घोषणामै सीमित भयो, विगतमा उठ्दै आएको कर पनि अहिले उठ्न सकेको छैन ।
अघिल्ला आर्थिक वर्षहरूमा महानगरले नदीजन्य उत्पादन बिक्री वितरण गरेर बर्सेनि २२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । तर यस वर्ष पोखराका ३३ वडामध्ये चालु आर्थिक वर्षमा आधाभन्दा बढी घाट ठेक्कामा जानै सकेनन् जस्का कारण चालु आर्थिक वर्षमा महानगरले करोडौँ रुपैयाँ राजस्व उठाउन असफल भएको थियो ।
२.मेयर साबले तीन महिनाभित्रै ज्येष्ठ नागरिक भत्ता घरदैलोमा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । ज्येष्ठ नागरिकले त्यो सेवा अझै पाएका छैनन् ।
३.घुम्ती अस्पताल सञ्चालन अन्तर्गत “सुन्दर पोखरा स्वास्थ पोख्रेली”कार्यक्रम,अनुसन्धानमा आधारित भएर आवश्यकता अनुसारको विकास परियोजना प्राथमिकता निर्धारण गर्ने र प्राथमिकताको आधारमा परिचयपत्र वितरण गर्ने घोषणा मेयर साबले गर्नुभएको थियो तर ती कामको सुरुवात अझै हुन सकेको छैन । किन ? भोट माग्दा प्रतिज्ञा गरेका बाचाहरु पुरा गर्न सक्नुहुन्न भने कुन नैतिकताको आधारमा मेयर पदमा बस्नुभाछ ?
४.छ महिनाभित्रै सक्षम पोखरा परियोजनाको कार्यविधि बनाउने भन्नुभएको थियो । तर त्यसका लागि अझसम्म कार्यपालिका बैठकमा प्रस्ताव समेत पेस गरिएको छैन ।किन ??
५.आमा समूहमार्फत ‘एक समूह एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने, अति विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा, महानगरमा कार्यरत विदेशी नागरिकलाई अनिवार्य वर्क परमिटको व्यवस्था गरी करको दायरामा ल्याउने, वेस्ट बैङ्कमार्फत फोहोर खरिद गर्ने प्रणाली सुरु गर्ने कार्यका लागि तपाईले समय सीमा नै तोक्नुभएको थियो । तर यो दुई वर्षको समय गुज्रिँसक्दा पनि केही सुरु भएको देखीदैन । किन?
६.महानगरभित्र ज्येष्ठ नागरिक स्याहार केन्द्र स्थापना गर्ने, निःशुल्क विद्यालय शिक्षाको कार्यान्वयन गर्ने मेयर साबको प्रतिबद्धता थियो । पोखरालाई पर्यटनसँग जोड्न रारा तालसम्म ‘इन्टर लेक एअर कनेक्सन’ गर्ने भने पनि यी सबै प्रतिबद्धता सुरुसमेत हुन सकेको छैन । अध्यन अनुसन्धान बिना चुनाव जित्नकै लागी तयार पारीएका त्यस्ता विषयले कहिले स्थान पाउलान मेयर साब ?
७.महानगरभित्र मेट्रिक ठेगाना प्रणाली लागु गर्ने र स्कुल टु वर्क कार्यक्रम सञ्चालन ल्याउने तपाईको प्रतिबद्धता कहिले कार्यन्वयन हुने ?
८.कृषी उत्पादनमा समर्थन मुल्य कायम गरी महानगरले न्युनत्तम मुल्यमा खरिद गर्ने ब्यवस्था ६ महिना भित्र सम्पन्न गर्ने योजना बाट कति जना कृषक लाभान्वित भए त ?
९.मेयर साबले निर्वाचित भएको पहिलो दिन नै व्यक्तिगत घटना (जन्म दर्ता ,मृत्यु दर्ता,विवाह दर्ता,बसाईसराई)दर्तालाई सहज र सर्वसुलभ बनाउने निर्णय गर्नुभएको थियो । त्यो निर्णय अझै पनी कार्यान्वयनमा आएको छ जस्तो मलाई लाग्या छैन्।
१०.‘फेवा–बेगनास जोड्ने मेट्रो रेल’ घोषणापत्रमा मात्रै सिमित
मेयर साबले चुनावका बेला उम्मेदवारी दिँदै गर्दा मेट्रोबाट फेवा–बेगनास जोड्ने योजना सुनाउनुभएको थियो ।एक तालदेखि आर्को तालसम्म मेट्रो रेल चलाउने योजना घोषणापत्रमा नै उल्लेख गर्नुभएको थियो । लेकसाइडसम्म सडकका दायाँ–बायाँ इलेक्ट्रिक ट्रेन चलाउने योजना सो घोषणापत्रमा समावेश छ । पोखरामा सुरुङ मार्ग निर्माण गर्ने योजनासमेत उल्लेख छ । तर अहिलेसम्म न त अध्ययन भएको छ न बजेट नै छुट्याइएको छ ।
११.यसैगरी फेवा लगायत पोखराका तालहरूको संरक्षण एवं सेती नदीको संरक्षण गर्ने घोषणा गर्नुभएको थियो। तर त्यसका लागि फेवातालको जलकुम्भी टिप्ने बाहेक कुनै काम सुरु भएका छैनन् ।
१२.महानगरभित्र शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका मुद्दालाई सम्बोधन गर्ने, पोखराका ग्रामीण क्षेत्रमा ‘स्याटलाइट टाउन’ बनाउने उल्लेख थियो। ग्रामीण इलाकामा ‘ग्रेटर पोखरा’ को अवधारणासँग तालमेल मिल्ने गरी पाँचवटा स्याटलाइट टाउन निर्माण गर्ने मेयर साबले घाषणा गर्नुभएको थियो ।यी योजनाले मेयर साबलाई पछ्याइरहेका छ । चोक चोकमा आकासे पुल तथा अन्डर पास बनाउने, अन्तर्राष्ट्रिय सभा हल निर्माण गर्ने, स्वचालित ट्राफिक सिग्नल राख्ने, अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार गर्ने, अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने जस्ता पूर्वाधार निर्माण गर्ने मेयर साबको घोषणा पत्रमा उल्लेख थिए । आफ्नो कार्यकालको २ वर्ष बिती सक्दा पनि देखिने गरी कुनै कामको सुरुवात नहुँदा महानगरबासीहरुमा नैरास्यता छाएको छ ।
१३.फेवाताल संरक्षण र पर्यावरणीय सन्तुलनमा मेयर साबको भुमीका
फेवाताल संरक्षण पोखरामा हरेक निर्वाचनमा चुनावी एजेन्डा बन्दै आएको थियो। फेवाताल जोगाउने एजेन्डा मेयर साबको पनि थियो । तर यो ताल दिन प्रतिदिन अतिक्रमण हुँदै गएको छ । तालको मापदण्ड ६५ मिटर भनिएको छ । तर ताल संगै जोडेर होटल निर्माण तथा अन्य संरचना निर्माण क्रम रोकिएको छैन । रातारात फेवाताल नै पुरेर होटेल, रेस्टुरेन्ट बनिरहेका छन् ।
यसअघि सर्वोच्च अदालतले मापदण्ड भित्र रहेका संरचना हटाउन र नयाँ निर्माण रोक्न निर्देशन दिए पनि महानगरले उक्त कार्य रोक्न सकेको छैन । किन ??
१४.पोखरा–८, महेन्द्रपुल स्थीत आर्ट ग्यालरी र पोखरा पुस्तकालयमा डोजर चलाएर मेयर साबले अन्तराष्ट्रिय झन्डा पार्क बनाउँनुभयो ।त्यस क्षेत्रमा डोजर चलाएपछि पोखराको कला साहित्य र शैक्षिक क्षेत्रका व्यक्तिहरुले त मेयर साबले बजेट पचाउने काम मात्र गरेका हुन समेत भनेका थिए । उनीहरूका अनुसार महानगरमा रहेका अन्य अवैध संरचनामा डोजर चलाउनुको सट्टा आफ्नै स्वामित्वका संरचनामा डोजर चलाउनु ‘स्टन्ट’ भएको नगरवासीको भनाइ थियो। महानगरले सो पुस्तकालय र आर्ट ग्यालरीलाई पृथ्वीचोकस्थित ट्राफिक प्रहरीको भवनमा सार्ने जनाए पनी आजसम्म ब्यवस्थापन हुन सकेको छैन ।
१५. पोखरा अन्तराष्ट्रिय विमानस्थल
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि नेपालले चीनको एक्जिम बैंकमार्फत २२ अर्ब रुपैयाँ ऋण लिएको छ।
८ वर्ष अघि लिएको ऋणको किस्ता गत वर्षको चैतदेखि बुझाउनुपर्ने थियो ।ब्याज पनि सामान्य जस्तो सस्तो छैन, दुई प्रतिशत महँगो ब्याज बुझाउनुपर्छ। नेपालले वार्षिक ३३ करोड रुपैयाँ एक्जिम बैंकलाई ब्याज बापत मात्रै बुझाउनुपर्नेछ।२० वर्षमा यो ऋण चुक्ता गर्नुपर्ने शर्त छ।
महँगो ब्याज तिरेर निर्माण गरिएको यो विमानस्थलको प्रतिफल आन्तरीक उडान बाट मात्र संभव होला र मेयर साब? सम्भवत २/३ वटा बाहेक अन्तराष्ट्रिय उडान नभएको विमानस्थल अन्तराष्ट्रिय उडानलाई आकर्षित गर्ने र नियमित गर्ने कार्यक्रमको अभावमा यो विनास्थल सन्चालन संभव छ जस्तो मलाई लाग्दैन ।यसवारे महानगर, प्रदेश सरकार र नेपाल सरकारले समयममै विचार गरोस।विमानस्थलको आर्थिक दायीत्वलाई मद्दत पुर्याउन कमसेकम चिन र भारतबाट नेपाल आउने अधिकांश अन्तराष्ट्रिय उडानहरूले यही पोखरा अन्तराष्ट्रिय विमानस्थल अनिवार्य रूपमा प्रयोग गर्ने प्रणाली भए देखी देखी अलिकति भएपनि आर्थीक भार कम होला की ??
१६.पोखराको सडक
सडक डिभिजन कार्यलय र पोखरा महानगर को उचित सम्न्वय र सहकार्य बिना निर्माण योजना अघि बढाई रहदा सडक निर्माणको काम सन्पन्न भएपछी कहिले खानेपानीको लागी सडक भत्काउनुपर्ने ,खानेपनीको पाईप राख्यो फेरी विद्दुतिय तारहरु भुमीगत भन्दै त्यै सडक भत्काईन्छ अवस्था यस्तो छ जसबाट निस्कने बायु प्रदुषण ले महानगरबासी हैरान छन् । यसको समाधानका लागी महानगरले कस्तो योजना बनाएको छ ।
१७.सार्वजनिक यातायात
पोखरा महानगरभित्र सार्वजनिक यातायातमा सवार गर्दा आन्तरीक तथा बाह्रीय पर्यटक एवमॅ पोखराबासीहरुले झेल्दै आएको समस्याको विषयमा अध्यन गर्दा आरक्षण सीटहरु जस्तै अशक्त/अपांग सिट,महिला सिट ,जोष्ठ नागरीक सिट हरुको प्रभावकारी कार्यन्वयन र अनुगमन हुन नसक्दा यात्रुहरुले केही सास्ती भोग्नुपर्ने अवस्था छ । पुराना सवारी साधनबाट निस्कने धुवा धुलो को कारण पोखराको पर्यावरण लाई समेत प्रत्यक्ष असर गरेको हुन्छ । त्यस्तै आरक्षण कोटामा भाडा सहुलियत भए नभएको अनुगमन ,क्षमता भन्दा दोब्बर तेब्बर यात्रूहरु बोक्ने समस्या ,पाकेटमार देखी महिला हिंसाको गतिविधि लगायत थुप्रै समस्याहरु छन यस्तो समस्या समाधानको लागी पोखरा महानगरको के कस्ता योजनाहरु छन् ??
१८.शिक्षा
पोखरा महानगरपालिका भित्र रहेका शैक्षीक संस्थाहरुको नियमन र अनुगमनमा पोखरा महानगर चुकेक छ भन्दा फरक नपर्ला । पोखरा महानगर भित्र अध्ययनरत विद्यार्थीहरुले नियमअनुसार पाउनु पर्ने शैक्षीक अधिकारको बारेमा महानगर त्यती गम्भीर भएको देखीदैन ।
पोखरा महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीमा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ। सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नुपर्ने हुन्छ तर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा महानगरले के कस्तो अनुगमन गरेको छ ??
पोखरा महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं पोखरा महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयहरु लाई यदि नियमअनुसार विवरण पेस नगरेमा पोखरा महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही हुन जरुर छ ।
विशेषत निजी विध्यालयहरुमा विभिन्न अनावश्यक शिर्षकमा अभिभावकहरुसंग चर्को रकम असुल्ने विध्यालयहरुको नियमन कस्ले गर्ने ? कारबाहीको दायरामा कस्ले ल्याउने ?
१९. स्वास्थ्य
पोखरा महानगरपालिका भित्र बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि महानगर निकै संवेदनशील हुन जरुरी छ ।पोखरा महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू भएतापनी आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ ।
पोखरा महानगरपालिका भित्र सन्चालनमा रहेका अस्पताल लगायत औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, अस्पतालहरुमा अनावश्यक चेकजाच भन्दै स्वास्थ्य क्षेत्रलाई ब्यापारको केन्द्र बनाएको प्रष्ट देख्न सकिन्छ ,औषधी व्यवस्था विभागमा दर्ता नभएका पसलबाट औषधी समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको प्रत्यक्ष देखीन्छन ।
यसका साथै नार्कोटिक औषधीहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, Good Pharmacy Practice (GPP) अनुसार औषधी पसल व्यवस्थापन नगरिएको, पोखरा महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम पोखराबासीहरु बाट आइरहेको छ । त्यस विषयमा अनुगमन कहिले गर्ने मेयर साब ?
२०.पोखरीको पृथ्वी चोकमा पृथ्वीनारायण शाह को शालिक कहिले बन्छ र लखन थापाको शालीक कहा स्थान्तरण गर्नुहुन्छ ? यो विषयमा मेयर साब संग मेरो धेरै पटक विमर्श भएको तितो अनुभव छ ।
पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक र राष्ट्रपिताको ईतिहास लाई निन्दा गर्ने मेयर साब को हैसीयत के हो???
गत वर्ष श्रावण २६ गते मध्येराती २ बजे तपाईको हुकुमी आदेश शिरोपर गर्दै तपाईका ती हरीया बर्दिधारी गुन्डाहरुले पृथ्वीचोकको प्रतिमा चोरेर लगे त्यसको भोलीपल्ट म लगायत हामी ४/५ जना युवाहरुको अनुरोधमा फिर्ता गरेतापनी त्यसको २ दिन पछी पुन त्यो ईतिहासको प्रतिक पृथ्वीचोक बाट उठाउन महानगरलाई के बाध्यता पर्यो ??
के पृथ्वीनारायण शाहले नेपाल एकिकरणको अभियान सफल नगरेको भए आज तपाई नेपाली नागरीक हॅु भनेर गर्व गर्न सक्नुहुन्थ्यो ?मेयर पदमा निर्वाचित भएर पोख्रेली माथी शासन चलाउन सक्नुहुन्थ्यो ?
पृथ्वीचोकमा हाल रहेको लखन थापाको शालिक रहनु पुर्व कस्को शालिक थियो ? ईतिहास बिर्सन पाईन्छ ?
हिजो महानगरले बि पी को शालीक गणेशमानको शालीक पनी स्थान्तरण गर्ने भनेको थियो त्यसमा कति सफल हुनु भयो मेयर साब ??कि राष्ट्रपिता प्रतिको अपमान नै तपाईको उदेश्य थियो?
पृथ्वीचोकमा पृथ्वीनारयण शाहको शालिक हटाए पछि किन लखन थापाको राख्न दियो महानगरले ?
के बाबु आमा को संघर्षबिना सन्तानको जिवन जन्म सम्भब छ ?
यदि यो कुनै समुदाय विशेष अपमान गर्ने नियतका साथ भएको हो भने कदापी सैह्य हुनेछैन मेयर साब ।भन्ने बेला राष्ट्रिय बिभुती भन्ने ब्यबहार मा त्यसको बिपरित गर्ने यसको छुट तपाईलाई कसले दियो? देशको प्रथम सहिद लखन थापा प्रति सम्पुर्ण नेपालीको उच्च सम्मान छ र हामी सबैले गरिरहनु पर्दछ किनकी सहिदको रगत र बलिदानले बनेको हो यो हाम्रो देश नेपाल।त्यसैले इतिहासमा राष्ट्र र देश प्रती आफ्नो जिबन समर्पण गर्ने कोहि कसैलाई पनी बिर्सनु हुँदैन। अन्यत्र कहीं स्थान नभए जसरी महानगरले हिजो पृथ्वीनारायण शाहको शालिक स्थापना भएको पृथ्वी चोकमा अर्का राष्ट्र सपुत लखन थापाको शालिक निर्माण गर्नु नै बिबाद(साम्प्रदायीक द्वोन्दको)मुख्य कारक हो। आफ्नो स्वार्थ सिद्धिका लागि जनतालाई पहिचान र जातिय नारा दिएर पोख्रेली पोख्रेलीलाइ लडाउने कुरा किमार्थ स्वीकार्य छैन मेयर साब । हामी सबै मिलेर राष्ट्र निर्माता पृथ्वीनारायण शाह को शालिक पृथ्वीचोकमा र प्रथम सहिद लखन थापा को शालिक सहिद स्मारक पार्क मेथ्लांमा स्थानतरण गरौ।अन्यथा तपाईले गरेका गलत कदम को आत्मसमीक्षा बेलैमा गर्नुभएन भने त्यसपछी उत्पन्न हुने समस्याले विशाल रुप लिन सक्छ त्यस परीस्थीतीको सामना गर्न को लागी समेत मेयर साब लाई तयार रहन अुनरोध गर्दछु ।
२१.सहकारी पिडितले कहिले पाउछन न्याय ?
पोखराको सुर्यदर्शन ,प्राईम लगायत आधा दर्जन बढी सहकारीबाट हजारौं बचतकर्ताको अर्बौ रुपैया गायब पारीएको छ । जसमा वर्तमान गृहमन्त्री समेत मुछिएका
छन् तर पनी वर्ष बित्न लागी सक्दा समेत पिडात बचतकर्ताहरुको समस्या समाधानको पहल देखीएको छैन । फलस्वरुप आज कोही घरबार बिहीन छन् ,कोही पारीवारीक हिंसाको सिकार बनिरहेका छन् भने कतिपयले त आत्महत्याको बाटो समेत रोजीरहेका छन् । यस्तो भयाभह स्थीतीको समाधान गर्न महानगरको के कस्ता योजनाहरु तयार भएका छन् ??
२२.तत्कालीन मेयर मान बहादुर जि सी को कार्यकाल अन्तिममा पातले छागो खहरे घाट सहित सेती खोच ,रामघाट ३५ देखी ४० वर्ष सम्म ,सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत सेती क्यानोनिंग प्रा ली नामक निजी कम्पनीलाई दिने निर्णय कार्यपालीका बैठकबाट स्वीकृत भए पनी नागरीक समाज प्राकृतिक संरक्षण अभियान्ता तथा हामी जस्ता सचेत युवाहरुले बिरोध गरेपछी निर्णय कार्यन्वयन प्रक्रीया अगाडी बढेको थिएन । तर तपाईको नेतृत्वमा बसेको १७ औ कार्यपालीका बैठकबाट (बैसाख ३०-२०८०) निजी क्षेत्रलाई दिन खोज्दा ऊक्त निर्णय बाहिर सार्वजनिक भएको हो । महानगर प्रवक्ता मोतीलाल तिमल्सिना ले ऊक्त निर्णय सदर पुष्टि भएको जानकारी समेत दिनुभएको थियो । सत्ता र शक्तिको आडमा प्राकृतीक स्रोतको दोहन गर्दै निजी कम्पनीलाई त्यो पनी वर्षौ वर्ष सम्म ? पोख्रेली जनताको हित बिपरीत गएर कती कमीसन पाउनु भयो र मेयर साब ले निर्णय कार्यन्वयन गराउनु भो?
मेलै देखेको महानगरको केही सकारात्मक प्रयास
मेयर साबले केही सकारात्मक प्रयास पनि गर्नुभएको छ । महानगरका कार्यालयमा सेवा प्रवाह गर्दा कोठा कोठा चहार्नु पर्ने अवस्थाको अन्त्य गर्नुभएको छ ।
निर्वाचित भएको तीन महिनापछि मेयर साबले महानगरको सेवा प्रवाहमा ‘एकद्वार नीति’ कार्यान्वयन ल्याउनुभएको थियो। महानगर कार्यलयको भित्री कोठाका सबै शाखालाई बाहिर सारिएको थियो त्यसपछी सेवाग्राहीले कागजात लिएर हरेक कोठा कोठामा पुग्नु पर्ने झन्झट अन्त्य गर्नुभएको छ
त्यसागरी हेलो मेयर मार्फत नगरवासीका गुनासा सुन्ने महानगरमा भएका गलत गतिविधी ,भ्रष्टचार,अनियमितता,बारे गुनासो पोख्न सिधै मेयर साबलाई सम्पर्क गर्न सकिने ब्यवस्था मिलाउनुभएको थियो तर मेयर साबको लगातार अनी अनुचित विदेश भ्रमण र पटक पटक गुनासो गर्दा समेत गुनासो संबोधन हुन नसकेको कारण गुनासो गर्ने नागरीकहरु त्यती सन्तुष्ट भने देखीदैनन्।
यस्तै मेयर साबले परियोजना धितोमा युवा व्यवसायीलाई १० लाखसम्म स्टार्ट अपका लागि ऋण दिनेभने पनि गतवर्ष दुई लाखबाट सुरु गर्नुभएको थियो । यो ऋण महानगरभित्रका २५० जनाले पाएका थिए ।
यस्तै पोखरा–१४, बाच्छेबडुवास्थित महानगर भित्रका छाडा चौपीय ब्यवस्थापनको लागी तथा गौ संरक्षणको लागी गौशला निर्माण गरेको थियो । तर अझै पनी पोखराका मुख्य सडकहरुमा छाडा चौपाय त्यतिकै मात्रमा देखीन्छन त्यसको प्रभावकारी ब्यवस्थापनको लागी महानगरले प्रयास गरेको महशुस मैले गरेको छु ।
अन्डरग्राउन्ड पार्किङको व्यवस्था
विसं २०७४ मा निर्वाचित जनिप्रतिनिधिहरूले पार्किङलाई व्यवस्थित गर्न अन्डरग्राउन्ड खाली गर्न सूचना जारी गरे पनि कार्यान्वयन हुन सकेको थिएन । सडकमै पार्किङ शुल्क उठाउन ठेक्का लगाइएको थियो । त्यो ठेक्काले पनि नागरिकले कर तिरेअनुसार पार्किङको समस्या उतिकै देखीएपछी मेयर आचार्यले सो पार्किङ ठेक्का रद्द गरेर अन्डरग्राउन्ड खाली गर्ने कार्य गर्नुभएको थियो ।
अन्डरग्राउन्ड पार्किङ अनुमति लिएर बनाएका घरमा अन्य पेसा व्यवसाय गर्नेलाई समयमै खाली गरिसकिएको थियो। आर्थिक वर्ष २०७६/७७ देखि अन्डरग्राउन्ड पार्किङसहित घर वा भवनको नक्सा पास गर्दा महानगरले दस्तुरमा एक तलाको राजस्व छुटको व्यवस्था गरेको थियो ।गत आर्थिक वर्षमा अन्डरग्राउन्डको पार्किङ गर्नेलाई भुइँतलाको ५० प्रतिशत छुट दिइएको थियो। राजस्व छुट लिए पनि महानगरभित्रका २५० भन्दा बढी घरले अन्य व्यापार व्यवसाय सञ्चालन गरेको पाएपछि अन्डर ग्राउन्ड खाली गर्न पटक पटक सूचना जारी गरेको थियो । जसमध्ये कतिले खाली गरे गरेनन् महानगर संग रेकर्ड छ होला । सडकमा पार्किङ व्यवस्थित बनाउन चालिएको उक्त कदमको प्रशम्सा समेतत भएको थियो ।
अन्त्यमा
पोखरा महानगरको कार्यक्षेत्र अनी क्षेत्राधिकार भित्र रहेर महानगरबासीका हक हितको पक्षमा,शुसासन र न्यायको पक्षमा अनी पोखराको समग्र विकास र समृद्दिको लागी गैर राजनितिक विज्ञ ब्यक्तिहरु सहितको सल्लाहाकार समीती गठन गरी आवश्यक अनुगमन, विकासका योजना एवंम प्रभावकारी कार्यन्वयन को लागी कार्यकारी भुमीकामा महानगरले ठोस कदम चाल्न जरुरी छ। जस्मा नागरीक समाज सचेत युवा तथा समग्र पोखरा महानगरबासी सॅधै तपाईको साथमा हुने विश्वास समेत ब्यक्त गर्दछु ।
पोखरा महानगरको तमाम समस्या हरुको समाधानको लागी मेयर साबले गर्ने निर्णय ले व्यापक अर्थ राख्नेछ। त्यसैले यो अनुरोध बिन्तीपत्र या खुलापत्र जे भने पनि लेख्ने जमर्को गरे । अन्त्यमा मानवीय संवेदनामा चोट पुग्न गएमा मेरो शब्दार्थ होइन भावार्थ बुझेर क्षमा दिनुहुनेछ भन्ने विश्वास समेत लिएको छु !धन्यवाद।
सचेत युवा /सामाजिक युवा
विजय पराजुली
नेपाल टेलिकम /रुटिन अफ नेपाल बन्द/केपी खनाल/मैनादेवी फाउन्डेसन द्वारा पोखरामा १३ मा बृहत् बृक्ष्यारोपण कार्यक्रम सम्पन्न !!
पोखरा, जुन 14, 2024 – नेपाल टेलीकम /रुटिन अफ नेपाल बन्द/केपी खनाल/मैनादेवी फाउन्डेसन ले अंग्रेजी जुन महीना लाई वातावरण महिना को रुपमा मनाउने लक्ष्यका साथ पोखरा महानगरपालीका वडा न. १३/नवदुर्गा युथ क्लबसँगको सहकार्यमा पोखराको अर्वा क्षेत्रमा बृहत् वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस पहलले स्थानीय वातावरणलाई बढावा दिन र जलवायु परिवर्तन विरुद्धको विश्वव्यापी लडाइमा योगदान पुर्याउने उद्देश्य राखेको छ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष किरण बराल ले नयाँ रोपिएका बिरुवाहरुको संरक्षणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ भने विरुवालाई परिपक्व रुखमा परिणत गर्न आवश्यक स्रोतसाधन र निरन्तर अनुगमन गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।
कार्यक्रममा स्थानीय युवाहरू तथा वातावरण संरक्षणकर्ताहरुको सक्रिय सहभागिता थियो, जसले सँगै २०० भन्दा बढी बिरुवा रोपेका थए। रूखहरूको छनोटले यस क्षेत्रको हरियालीको दीर्घकालीन दिगोपन सुनिश्चित गर्दै, तिनीहरूको लचिलोपन र पारिस्थितिक लाभहरूको लागि परिचित मूल प्रजातिहरूमा केन्द्रित छ त्यस्ता बिरुवाहरु हामीहरुले रोपेका छौं ।अभियान्ता राजेश पोख्रल ले बताउनुभयो ।
जुन महिनाभरी देशका विभिन्न स्थानमा मैनादेवी फाउन्डेसन नेपाल टेलीकम र रुटिन अफ नेपाल बन्द ले भुगोल अनुसारको विभिन्न प्रजातीको बिरुवा रोप्ने लक्षय हो ।सोही योजना अनुसार आज यहॅा रोपीएका २०० बिरुवाको संरक्षण तथा चर्ने जनावरहरूबाट सुरक्षाको जिम्मा स्थानीय नवदुर्गा कल्बलाई जिम्मेवारी दिदै कुनै पनि प्रकारको क्षति वा वन विनाशलाई रोक्नको लागि आवश्यक परेमा आईरन कभर समेत उपलब्ध गराउने मैनादेवी फाउन्डेसन गन्डकी प्रदेश संयोजक मनिष ओस्थाले जानाकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मैनादेवी फाउन्डेसन पोखरा ईन्चार्ज दिपक पौडेल ले वातावरण संरक्षणको प्रयासमा स्थानीय समुदायको सहभागिताले महत्वपुर्ण अर्थ राख्ने बताउनुभयो ।त्यसैगरी नवदुर्गा युथ क्लबका सचिव सुदर्सन बरालले सकारात्मक वातावरणीय परिवर्तनका लागि युवाको भूमिकामा प्रकाश पार्दै यस्ता हरित पहलमा चलिरहेको समुदायीक संलग्नतालाई प्रोत्साहन गर्ने जिम्मेवारी युवाहरुले लिनुपर्ने बताउनुभयो ।
यस वृक्षारोपण कार्यक्रमले पर्यावरणीय संरक्षण /बन्यजन्तु र लोपोन्मुख जडिबुटीहरुलाई संरक्षण एवमं बढावा दिन तथा सामूहिक प्रयासको शक्ति प्रदर्शन गर्दै, हरियाली र स्वस्थ शहर निर्माणमा बृक्षरोपण कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वास हामीले लिएका छौ ।अर्का समाजसेवी युवा विजय पराजुलीले बताउनुभयो ।
प्रहरी निरीक्षकको हृदयमा सांगीतिक “वर्खे झरीको” गुन्जमान ।
https://www.youtube.com/@binodsth1987
“बर्खे झरी”
बि.सं. २०४४ सालमा चितवनको भरतपुर म.न.पा. वडा नं. १५ फूलबारीमा जन्मनु भएका बिनोद श्रेष्ठ पेशाले नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा कार्यरत हुनुहुन्छ।
चितवनको भरतपुरमा सप्तगण्डकी बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तहको अध्ययन पुरा गर्नु भएका श्रेष्ठलाई राष्ट्रसेवाको साथ साथै गीत संगीतमा पनि उत्तिकै झुकाव रहेको छ।
प्रहरी जागिरे जीवन सुरु गरेकै केही वर्षमा उनले सांगीतिक यात्रालाई पनि अघि बढाए । मस्तिष्कमा पेसागत कर्तव्य बोध गरे र मनमा संगीतको मीठो धुन भरे । प्रहरी जीवनकै दौरान सुरु भएको संगीतको यात्राले उनको जीवनको लय नै बदलियो । भनिन्छ नै पनि जिन्दगीले जब गति लिन्छ, एउटा मधुर धुन पैदा गर्छ ।
साथै बिगत देखि खेल प्रेमी, युवा ,नेपाल प्रहरीमा भर्ती हुँदै गर्दा उनले सोचेका थिए, सारा जीवन प्रहरी सेवामै बित्छ होला । त्यतिबेला उनीसँग ठूला सपनाहरू पनि त थिएनन् । मात्र उनी अनुभूत गरेका कुराहरू गजल, कविता र गीतमा पोख्थे ।
हालसालै उहाँको आफ्नै स्वर र शब्दमा “बर्खे झरी”बोलको गीत युट्युब मार्फत बजारमा सार्बजनिक गर्नु भएका छ।उक्त गीतमा संगीत योगेश गुरुङको रहेको छ भने स्टुडियो Sound inn बाट गीत रेकर्ड गरेका छन।
शान्त स्वभावका उनी धेरै बोल्दैनन् । यसो हुनुमा उनको पेसाको प्रकृति पनि कारण हुन सक्छ । हुन पनि फौजी जीवन कहाँ सजिलो हुनु ? प्रहरी अनुशासनभित्र आफूलाई बाँध्नुपर्ने । जागिर नै त्यस्तै । दिनरात अपराध, अनुसन्धानमै खटिनुपर्ने । शान्ति सुरक्षाका लागि जहिले तम्तयार हुनुपर्ने । तर प्रहरी जीवनको यस्तै व्यस्तताका बीच पनि उनले सिर्जनालाई जारी राखेका छन् ।
प्रहरी निरीक्षकको हृदयमा सांगीतिक “वर्खे झरीको” गुन्जमान ।
सिड्नी ,
बि.सं. २०४४ सालमा चितवनको भरतपुर म.न.पा. वडा नं. १५ फूलबारीमा जन्मनु भएका बिनोद श्रेष्ठ पेशाले नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा कार्यरत हुनुहुन्छ।
चितवनको भरतपुरमा सप्तगण्डकी बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तहको अध्ययन पुरा गर्नु भएका श्रेष्ठलाई राष्ट्रसेवाको साथ साथै गीत संगीतमा पनि उत्तिकै झुकाव रहेको छ।
प्रहरी जागिरे जीवन सुरु गरेकै केही वर्षमा उनले सांगीतिक यात्रालाई पनि अघि बढाए । मस्तिष्कमा पेसागत कर्तव्य बोध गरे र मनमा संगीतको मीठो धुन भरे । प्रहरी जीवनकै दौरान सुरु भएको संगीतको यात्राले उनको जीवनको लय नै बदलियो । भनिन्छ नै पनि जिन्दगीले जब गति लिन्छ, एउटा मधुर धुन पैदा गर्छ ।
साथै बिगत देखि खेल प्रेमी, युवा ,नेपाल प्रहरीमा भर्ती हुँदै गर्दा उनले सोचेका थिए, सारा जीवन प्रहरी सेवामै बित्छ होला । त्यतिबेला उनीसँग ठूला सपनाहरू पनि त थिएनन् । मात्र उनी अनुभूत गरेका कुराहरू गजल, कविता र गीतमा पोख्थे ।
हालसालै उहाँको आफ्नै स्वर र शब्दमा “बर्खे झरी”बोलको गीत युट्युब मार्फत बजारमा सार्बजनिक गर्नु भएका छ।उक्त गीतमा संगीत योगेश गुरुङको रहेको छ भने स्टुडियो Sound inn बाट गीत रेकर्ड गरेका छन।
शान्त स्वभावका उनी धेरै बोल्दैनन् । यसो हुनुमा उनको पेसाको प्रकृति पनि कारण हुन सक्छ । हुन पनि फौजी जीवन कहाँ सजिलो हुनु ? प्रहरी अनुशासनभित्र आफूलाई बाँध्नुपर्ने । जागिर नै त्यस्तै । दिनरात अपराध, अनुसन्धानमै खटिनुपर्ने । शान्ति सुरक्षाका लागि जहिले तम्तयार हुनुपर्ने । तर प्रहरी जीवनको यस्तै व्यस्तताका बीच पनि उनले सिर्जनालाई जारी राखेका छन् ।
नेपाल पुनःएकीकरणमा गोरखनाथको भुमीका ✍️बिजय पराजुली
नेपाल पुनःएकीकरणमा गोरखनाथको भुमीका
नेपाल पुनःएकीकरणको इतिहासमा गुरू गोरखनाथको विशिष्ट भूमिका रहेको पाइन्छ । गुरू गोरखनाथ को आशीर्वचन र भूमिकाले द्रव्यशाह गोरखाको राजा बनेको र पृथ्वीनारायण शाहले एकीकरण अभियान अघि बढाएको भनाई छ । भगवान शिवकै अवतार मानिने गुरू गोरखनाथको विषयमा निश्चित तिथिमिति जन्म, मोक्ष पाउन मुश्किल छ ।
तर, ‘हठयोग प्रदीपिका’ मा नौ नाथहरूको वर्णन पाइन्छ। एकनाथ, आदिनाथ, मत्स्येन्द्रनाथ, उदयनाथ, दण्डनाथ, सत्यनाथ, सन्तोषनाथ, कूर्मनाथ र जलन्धरनाथ आदि नाथहरूलाई शिवको अवतार मानिन्छ। यस बाहेक, बाँकी अन्य नाथहरू केवल सिद्ध थिए। नाथ सिद्ध गुरुहरू मध्ये, गुरु गोरखनाथ सबैभन्दा लोकप्रिय भए।
गुरू गोरखनाथको चर्चा त्रेता युगका पुरुषोत्तम राम र हनुमानले पनि गरेको पाइन्छ भने द्वापरयुगमा भगवान् श्रीकृष्णले पनि चर्चा गर्नुभएको छ । यता कलियुगमा पटक-पटक उदय भएको एकथरीको इतिहासले देखाउँछ । नेपालको काठमाडौंमा पशुपतिनाथ र विशाल नेपालभित्रको आसाम (गोहाटी) मा माता कामाख्या देवीको स्थापना गुरूगोरखनाथले गर्नुभएको कुरा गोरखनाथ पुराणमा उल्लेख छ ।
विभिन्न पौराणिक स्रोतलाई आधार मान्दा यस हिमवत्खण्डमा गुरू गोरखनाथको भूमिका पशुपतिनाथको मन्दिर स्थापनाभन्दा अगाडि देखि नै मान्नुपर्ने हुन्छ । हामीले यसलाई विभिन्न कालखण्डमा विभाजित गरेर हेर्नुपर्ने हुन्छ ।
१. पशुपतिनाथ र माता कामाख्या देवी मन्दिर स्थापना भन्दा अगाडिको अवधि र धर्म रक्षार्थ खेलेको भूमिका ।
२. नवौ शताब्दी पछिको भूमिका ।
३. पृथ्वीनारायण शाहकालिन समयको भूमिका ।
(क)पौराणिक श्रुति र किंवदन्तीका आधारमा गोरखनाथ पुराणका अनुसार गुरू मच्स्छेन्द्रनाथ बंगालमा भिक्षाटनमा हिँड्दै जाने क्रममा उमेर धर्केका सन्तानहीन दम्पत्तिका घरमा पुगे । उनको पूर्वावस्था र पीडा सुनेपछि गुरू मच्स्छेन्द्रनाथले खान दिएको सन्तान जन्मने वुटीचरु नखाई गोवरको राशमुनि राखिदिइन् । १२ वर्ष पछि उक्त चरुवुटि मार्फत जन्मने सन्तानको अवस्था बुझ्न गुरू मच्स्छेन्द्रनाथ सूर्यदयाल नामक ब्राह्मणको घरमा पुग्नुभयो । ती ब्राह्मणकी श्रीमतीले बुटी आफूले नखाएको गोबरको राशमुनि गाडिदिएको रहस्य खोलेपछि गुरू मत्स्येन्द्रनाथले गोबरको राश उदिनेर तल हेर्दा १२ वर्षे बटुक बाहिर निकाले । त्यसपछि ती सन्तानहीन दम्पत्तीले बटुक माग्दा गुरू मत्स्येन्द्रनाथ रिसाएर आफ्नै साथमा लिएर हिँडेको कथनमा गोबरबाट उत्पत्ति भइ बढेको हुनाले गोरखनाथ नाम रहेको किंबदन्ती छ ।’
(ख) राष्ट्रगुरू योगी नरहरिनाथको ॐ जय गोरखाका अनुसार सत्ययुग वैशाखी पूर्णिमा तीथिमा मङ्गलमय मङ्गलबार लोकानुग्रहका लागि द्वादशाब्दिक बाल भास्करतुल्य बालगोरक्षनाथका रूपमा शिवले अवतार लिएर राष्ट्रगुरू भएर गोरखा राष्ट्रको स्थापना गर्नुभयो । कैलाश मानशरोवरदेखि दक्षिण पक्षमा गण्डकी नगरमालाका भालस्थलमा धर्मावती गण्डकी र वृद्धगण्डकी मध्यस्थ पञ्चधार उपकैलाश पवर्तका कैलाशका गुहा (गुफा) बाट प्रकट हुनुभयो । त्यसकारण मङ्गलबार समस्त गोरखा जातिले शिवावतार गौरक्षानाथको विशेष पूजा गर्ने र रोट (भुमरे ताइ रोट) चढाउने प्रचलन चलाए ।
यसरी हेर्दा गुरू गोरखनाथको पछिल्लो भूमिका मान्नुपर्ने हुन्छ । कैलाशकुट गुहाबाट गुरू गोरखनाथ काठमाडौं उपत्यका प्रवेश गरेको घटना त्यतिकै रोचक छ । काठमाडौंमा गुरू गोरखनाथ घुम्दै आउनुभयो पशुपतिनाथको स्थापना गर्नुभएका गोरखनाथलाई अपमान गरे । यो अवस्थामा गुरू गोरखनाथले टौदह नागदहसमेतका काठमाडौं उपत्यकाका सबै नागहरू गुहेश्वरीमा खिचेर नागका टाउकाको आसन गरि समाधि
बस्दा उपत्यकामा ठूलो अनिकाल र खडेरीको महामारी चल्यो ।
तत्कालीन मल्ल राजा अतालिएर वास्तविकता बुझ्न तान्त्रिकहरूसँग सल्लाह गरे । तान्त्रिकले नागहरूलाई गोरखनाथले गुह्येश्वरीमा खिचेर राख्नाले यस्तो भएको हो र ती नाग नछुटाएसम्म पानी नपर्ने सुझाव दिए।
यसको समाधानका लागि गुरू गोरखनाथका गुरू मत्स्येन्द्रनाथ हाल कामरुकामख्या नामको राज्य जहाँ महिला महारानीको हुकुम चल्छ । त्यहाँ गएर मत्स्येन्द्रनाथलाई ल्याएर गोरखनाथका अगाडि गुह्येश्वरीमा उभ्याएपछि गुरू सामु गोरखनाथ नाग छोडेर दर्शन गर्न उठ्नुहुन्छ । त्यसैबेला नागहरू फुत्कन्छन् र पानी पर्दछ।
पशुपतिनाथ स्थापना गर्ने शिवअवतार गुरू गोरखनाथको मन उपत्यकाका तत्कालीन मल्ल राजाहरूको बेवास्थाले दुखेको थियो चित्त शान्त भएको थिएन । नागहरू छुटेपछि गोरखनाथ आफ्ना गुरू मत्स्येन्द्रनाथसँग बिदा भएर काठमाडौंबाट पश्चिमतिर लाग्नुभयो । आफ्ना चेलाका साथ श्रावण महिनाको वर्षाद् झरीमा लमजुङ घनपोखराको लेकमा पुगे । आश्रय गुफाबाट गुरू गोरखनाथको टोली लमजुङ्ग राजाका माइला छोरा द्रव्य शाह बस्ने गोठमा पुग्यो ।
उक्त गोठको कोठामा एकाएक तल भुइँबाट एउटा लामो हात भिक्षा माग्ने शैलीमा तेर्सियो । द्रव्य शाहले तल हेर्दा माग्ने तीन फिट होचो हात मागकट जति लामो अनौठो रूपको होला भनेर दर्शन गर्दै परिचय मागे ।
द्रव्य शाहले गुरूको टोलीलाई खिर पकाउन लगाएर भोजन गराए । तत्पश्चात् गुरू गोरखनाथले राजाको छोरो गोठमा बस्ने हैन । दरबार गएर राजारानीसँग सल्लाह गर राईनास कोटमा सानो दरबार बनाएर बस । गोरखाको लिगलिग कोटको डाँडामा हुने दौडमा पहिलो हुने राजा बन्न पाउँछ, त्यहाँ मौका छोप । तिमी गोरखाको राजा हुन्छौ । मलाई गोरखनाथ बाबा भन्छन्, सम्झिराख ।
पछि तिनै द्रव्य शाहका उत्तराधिकारी श्री ५ पृथ्वीनारायण शाहले पुनः गोरखनाथकै आशीर्वचनबाट पुनःएकीकरणको अभियान चलाए । अन्ततः उपत्यकाका मल्ल राजाहरूलाई विस्थापित गरेर गुरू गोरखनाथले स्थापना गरेको पशुपतिनाथ रहेको काठमाडौं नेपाल एकीकरणमा सामेल गरेर विशाल नेपाल निर्माण गरेका थिए ।
युवा बिद्रोह नै अबको आवश्यकता हो – विजय पराजुली ।
सिडनी । अष्ट्रेलिया । युवा बिद्रोह अबको आवश्यकता हो
वर्तमान राज्यव्यबस्था तथा वर्तमान निर्वाचन प्रणाली अन्तर्गत (केन्द्र प्रदेश स्थानीय ) तीनै तहमा राजनीतिक दलका दलगत नेता कार्यकर्ता तथा नातागोताहरु लाई मात्र राज्यबाट दिने विभिन्न सेवा सुविधा र अवसर ,साथै चुनाबमा निर्वाचित हुनलाई टिकट दिने देखी नियुक्ति र मनोनीत गर्ने प्रवृत्तीले गर्दा क्षमतावान योग्य र दक्षता भएकाहरुलाई बिभेद गर्दै अवसरबाट बञ्चित गराईन्छ । फलस्वरुप देश भित्र रहेका शिक्षित युवाहरुको मस्तिष्कबाट निस्कदै गरेको राज्यसत्ता प्रतिको बितृष्णा होस या नेपाल सरकारले गर्ने विभिन्न संबैधानिक तथा कुटनैतिक आयोगका नियुक्तिमा होस् आफ्ना र आसेपासे हरुलाई मात्र नियुक्ति गरेको पाईन्छ ।
पछील्लो उदाहरण सरकारले गरेका केही निर्णय हेर्दा सीमित व्यक्तिमात्र पटकपटक बार्गेनिंग गर्दै सत्ता र शक्तिमा बसेर आफु अनुकुल लाभ लिनका लागी नै त्यो पदमा पुगेको देखिन्छ। त्यस्ता पात्रको रुपमा जनता बाट अपेक्षा गरेका आफुलाई बाकल्पिक राजनितीको नया धार बताऊदै आएको कान्छो रीजनैतिक दल एवंम वर्तमान गृहमन्त्री रबी लामीछाने वर्तमान प्रधानमन्त्री प्रचन्ड ,भुपु प्रधानमन्त्री के पी ओली शेरबहादुर देउवा लगायत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा ,बालकृष्ण खाड ,टोपबहादुर रायमाझी,बिद्या देवी भन्डारी,नन्दकिशोर पुन आदि थुप्रै नेताहरुको चरीत्र प्रष्ट देख्न सकिन्छ ।
सरकारको गलत कार्यशैली एवंम गलत नियतको मूल्यांकन गर्दा कोही क्षमता भएर पनि अवसरबाट वञ्चित छन् भने कोही पटकपटक सत्ता शक्ति र उच्च पदमा पुगेका छन्।संबैधानिक तथा प्रशासनीक निकायमा कार्यरत कर्मचारीहरु राजनीतिक नेतृत्वलाई प्रभावमा पारी उनीहरुले आफु अनुकुल निर्णय गरी कर्मचारी तन्त्रको गलत अभ्यास गरेका छन्।जसले गर्दा योग्य भएर पनि अवसरबाट बञ्चित बनाईएका ठुलो संख्याका बुद्दिजीवी तथा राजनैतिक चेतना भएका युवाहरु पनि बिद्रोहको तयारीमा लागेको पाईन्छ।
आर्थीक अभावमा आफ्नो र परिवारको जीवन रक्षाको निम्ति बिदेशी मरभुमिमा आफ्नो पसिना र रगत बगाउन बिबश लाखौं युवाहरुको आवाज कस्ले बोल्छ ?? त्यसैले पनी अब विजय पराजुलीहरु गलत प्रवृती बिरुद्द कलमको माध्यमबाट आवाज बिहिनहरुको आवाज बनेर लेखीरहन्छन बोलीरहन्छन । राज्य सत्ता सञ्चालनको बागडोर सम्हालिरहेका नेतृत्वले योजना बद्ध तरिकाले स्वदेश भित्रका क्षमतावान योग्य र बिदेशबाट फर्किदै गरेका तमाम युवा शक्तिलाई देशको विकास निर्माणको काममा सहभागी गर्न सके राज्यले युवाहरुमा रोजगारीको अवसर त प्रदान गर्छ गर्छ त्यसको साथ साथै राज्य र युवा बिचको असमझदारी तथा राज्यबाट फ्रष्टेसन भएका युवाहरुमा पनी नविन सोच र बिचारको विकास हुन्छ ।
तर बिडम्बना राज्यका संबैधानिक निकायका नियुक्ति खाएका विज्ञहरु नै अनविज्ञ भैदिन्छन र त देश भित्र केही गरौं भन्ने युवाहरु तथा बिदेशबाट फर्किदै गरेका हरेक युवाहरु को मानसपटलमा अवसरको शुन्यताले छाएको स्थिति बनाईन्छ ।तसर्थ अब फेरीपनि युवाहरुलाई राज्यबाट पाउने अवसर बाट बञ्चित गरेर युवाहरु लाई निरासा पार्ने काम गरिन्छ भने युवाहरुको निरासा बाट उत्पन्न हुने बिद्रोहको झील्को देशका लागि अती नै घातक हुनेछ ।किनकि वर्तमान नेतृत्व राज्य सत्ता र शक्तिमा बसेर युवाहरुको हित विपरीत नेपाल आमाको गरीमा विपरीतका गतिविधी यसरी नै बढ्दै जाने हो भने यसबाट निस्कने बिद्रोह कसैको पनि नियन्त्रणमा रहन सक्दैन ।चेतना भया !
२०७२ सालको भुकम्प र कोरोना कहरमा अनेकौं पिडा सहेर भएपनि बिसम परीस्थीति को बीच स्वदेश फर्किएका युवाहरुले अब भुकम्प कोरोनाको महामारीले भन्दा पनि भोको पेट लिएर मर्नु पर्ने बाध्यता कहिले सम्म ?? आज अस्पतालमा उपचार गर्न जादा उपचार खर्च नभएर अस्पतालको ५ औ तलाबाट हाम फालेर प्राण त्यागेका छन् । कतै राज्यबाट पिडीत भए भन्दै युवाहरु आत्मदाह गर्छन । बैंक बित्तिय संस्था सहकारी र लघुबित्ते पिडितहरु एऊटै रुखमा ३ जना सम्म झुन्डिएर आत्महत्या गर्दैछन । देशै भरीका सहकारीबाट हजारौं बचतकर्ताको अरबौं रकम ठगीमा गृहमन्त्रीको संलग्नता भनेर समाचार आउछ अनुसन्धान समेत गर्दैन तर तीनै बचतकर्ता आज कोही मानसीक रोगको सिकार भए त कोही पारीवारीक सम्बन्धबाट तिरस्कृत छन् । अनी राज्य कहा छ खै ?? जसले शासन सत्तामा बसेर जनतको पक्षमा राष्ट्र र राष्ट्रियताको पक्षमा शु-साशनको पक्षमा काम गर्छु भनी जनताको आखामा छारो हाल्ने काम गरे त्य्स्ता कुपुत्रहरु लाई जनताले मुल्यांकन गर्न आवश्यक छ । सस्तो लोकप्रीयतामा रमाउनेहरु र तीनै बेबकुफहरुको झुटा आश्वासनमा सपना देख्ने जमातहरु पनी यो देश बिकासको बाधक हुन ।
मातृभुमी छोडेर कुनै पनि नेपालीलाई बिदेशी मरभुमीमा गएर रगत र पसिना बगाउने चहाना हुदैन । तर यस्तो आर्थीक विपदको समयमा देशमा बाच्न पनी नपाईने अवस्था बाट बिचलित हुदै कोही खाडीको चर्को घाम सहन त कोही हातमा झोला पोकापुन्तुरा सहित स-साना बालबच्चा बोकेर जीवन जिउन अर्थात बाच्नकै लागि भारतमा श्रम बेच्न जाँदै गरेका आफ्ना नागरिकहरुको लाभा-लस्कर सिमानामा देख्दा अलिकति पनी करुणा भाव आऊदैन ?? राज्य सन्चालनको नेतृत्व लिनुभएकाहरुलाई मेरो प्रश्न छ ।
युवा दस्ता यस अगाडी देशमा हुने हरेक परिवर्तनको आन्दोलनमा अग्रपंतिमा हुने गर्थे किनकी उनीहरुलाई बिश्वास थियो कि हामीले ल्याउदै गरेको परिबर्तन आए पछी हाम्रा सबै दुखका दिन सकिन्छन् हामी पनी पश्चिमा देशहरु जस्तै समृद्दिको बाटोमा पुग्छौ भन्ने थियो तर के त्यो व्यबहारमा देखीयो त ?? त्यसैले बर्तमान राज्य सत्ताको बागडोर सम्हालेका बिभिन्न दलका नेतृत्वहरुले समयमानै युवाहरुको निराशा एवंम युवाहरुमा राजनिती प्रतिको बितृष्णा लाई संबोधन गर्न नसके अबको युवा बिद्रोह आगोको सानो झिल्को बाट ठुलो मुस्लोमा रुपान्तरण भई देशमा भयाभह को परीस्थीति सिर्जना हने निश्चित छ ।
देशमा २०६२/६३ लगतै देशको उच्च अहोदमा बस्नेहरुले देशलाई लुट्ने थलो बनाए फलस्वरुप १ करोड नेपालीलाई विदेश पलायन हुन विवस बनाए ।यो ब्यवस्था र सत्ताको जयगान गाउनेहरु भ्रष्टचारी हुन ।यो संबिधानले राष्ट्रियता र सार्वभौम सत्ताको संरक्षण गर्दैन ,भौगोलिक अखन्डताको रक्षा गर्र्दैन ।जातिय सद्भावको को दोन्द चाहान्छ ।यो संबिधानले महायोगी गोरखनाथ चिन्दैन ।राष्ट्र निर्माता पृथ्वी नारायण शाह चिन्दैन ।यो संबिधान नेपालको हितमा छैन ।यो संविधानले राष्ट्रकै सपुत तथा सहिदहरुलाई चिन्दैन ।राष्ट्र निर्माणमा अग्रणी भुमीका खेलेका कालुपान्डे ,बिराज बखति ,भक्ति थापाहरु जस्ता योद्दाहरु चिन्दैन ।
बरीस्ठ राजनितिक विष्लेषक सौरभका अनुसार यो संबिधानमा ५ वटा यस्ता राष्ट्रघाति बुधाहरु राखीएका छन् जस्ले कुनै पनि बेला राष्ट्रको विघटन गर्न सक्छ ।
नेपालको वर्तमान अवस्थालाई केलाएर हेर्ने हो भने यहां न्यालय बाट न्याय पाईदैन न्याय को लागी सडकबाट संघर्ष गर्नुपर्ने ?? के यही यो लोतन्त्रको उपलब्धि ?? हजारौं सहिदहरुको त्याग र बलिदानबाट अपेक्षा गरेको शु साशन यही हो ?? लोकतन्त्र गणतन्त्र यही हो त ?? अहिलेको वर्तमान राजनितिक ब्यवस्था र अवस्था माथी समिक्षा गर्दा यो ब्यवस्था बाट बनाएको संबिधानका विवादित पानाहरुले न्यायलयको विश्वास माथी समेत प्रश्न उठ्न थालेको छ । बिस्तारै बुझ्दैछन परिवर्तनको लडाइँ बाट ल्याएको भनिएको व्यबस्थामा विवादित विषय समेटिएको संबिधान व्यबस्थाको व्यबस्थापन गर्ने व्यबस्थापकहरु नै ईमान्दारी नभएर नैतिक चरित्र हिन भएको कारण नै आम नागरीकहरुमा यो नैरीश्यता छाएको छ भन्ने निष्कर्षमा पुगेका छन्।
आज १ नेपाली नागरीक भएर आमाको गर्भमा बसीरहेको शीशु लाई पनी यो राज्यले झन्डै ७५००० को ऋण जन्मनु अगावै बोकाएको छ भने मेरेपछी पनी अन्तिम दाहसंस्कार हुने समय देखी मृत्यु दर्ता भन्दै बिभिन्न बाहनामा राज्यले अनैतिक शुल्क असुली गरीरहेको हुन्छ ।यस्तो सम्बेदनशिल विषयमा पनी राज्यले आफ्ना नागरीकहरुमा गरेको अत्याचार बिरुद्द कहिले बोल्ने ? कस्ले बोल्ने ??
यस्ता थुपै समस्याको समाधानको लागी पनी यो ब्यवस्था यो निर्वाचन प्रणाली र यो ब्यवस्थाका अधिकांश भ्रष्ट तस्कर अपराधीहरुलाई कानुनी कठघरमा ल्याई शु साशन सहितको प्रजातन्त्र ,सनातन हिन्दु अधिराज्य ,अभिभावकिय भुमिकामा संबैधानिक राजसंस्था पुनर्स्थापना र स्थानिय सरकारलाई मजबुत बनाई संघियता नामको सेतो हात्तिलाई डाडा कटाएर देशमा नया ईमान्दार सक्षम र क्षमतावन नेतृत्व अबको आवश्यकता हो ।
राज्यबाट प्राप्त हुनुपर्ने अवसरबाट बञ्चित युवाहरुलाई क्षमता अनुसारको काम र उसको दैनिक जिवन यापनका लागी आधारभुत आवश्यकताको ग्यारेन्टी राज्यले गर्नुपर्छ भन्ने हो र यस्ता कुरालाई सरकारले समधान गर्नु पर्छ र युवाहरुको निराशालाई समयमै संबोधन गर्नु पर्छ।अन्तत् देशको युवा शक्तिलाई विकास र समृद्धिका लागि परिचालन गर्ने सवालमा राज्यले पनि स्पष्ट नीतिगत निर्णय सहितका ठोस कार्यक्रम ल्याउनु जरुरी छ भने आम युवापङ्क्तिले पनि अब देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक एवंम सांस्कृतिक रुपान्तरणमा रचनात्मक हस्तक्षेपकारी भूमिका निर्वाहका लागि पहलकदमी लिनुपर्छ ।
सामाजिक रुपमा सक्रिय युवाहरुले पनि हाम्रो आफ्नो मौलिक तथा आवश्यकता अनुसारको नीति तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ।अनि राजनीतिक रुपमा सक्रिय युवापुस्ताले पनि समग्र राजनीतिक सुधारका लागि जिम्मेवारी लिनुपर्छ, केवल आफ्नो व्यक्तिगत र समूहगत स्वार्थका लागि नेतृत्वसँग बार्गेनिङमै केन्द्रित हुने होइन । यसो भयो भने कम्तीमा युवामा बढ्दै गएको असन्तुष्टि कम हुन्छ र युवा शक्ति रचनात्मक बन्न सक्छ। यदि उल्लेखित कार्यक्रम गर्न पनि हस्तक्षेप गर्ने र सधै राजनीतिले युवा पुस्तालाई प्रयोग गर्ने अवसर केही पनि नदिने सधै युवाशक्तिलाई पहुँच बहिर मात्रै राख्ने हो भने निकट भविष्यमा बिद्रोह कल्पना गरे भन्दा फरक र कहालीलाग्दो हुनेछ । व्यवसाय र रोजगार गुमाएर भोको पेटलाई नाम्लोको सुतरीले बाधेर सडकमा निस्कने युवाहरुको जमात र आर्थीक अभाबकै कारणले अत्मा हत्या गर्नेहरुका परिवार र बिदेशमा ५५डिग्रि तापक्रम मा श्रम बेचेर फर्किएको युवाहरुको बिद्रोह आत्माघाति हुनेछ समयमै जिम्मेवार निकायले बुझ्नु जरुरी छ।
✍️ विजय पराजुली
CIHE गल्फ लिग २०२४ को अहिले सम्म ५ औ खेल सम्पन्न ।
सिडनी । अष्ट्रेलिया । CIHE गल्फ लिग २०२४ को अहिले सम्म ५ औ खेल सम्पन्न ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा रहेको नेपाली गल्फरहरुको संस्था नेपालीज गल्फर एसोसिएशनले आयोजना गरेको दोस्रो CIHE GOLF LEAGUE 2024 चलिरहेको छ ।
कुल आठ वटा गेम खेलाईने यो लिगको प्रायोजक चाही Crown Institute of Higher Education – CIHE रहेको छ।
यही मे 26 तारीख 2024 मा भएको लिगको चौथो खेलमा बिभिन्न देशका प्रवासीहरु समेत गरेर जम्मा 20 जनाले भाग लिएका थिए। चौथो दिनको खेलमा बिसाल सेरेष्ठ 40 अङ्क सहित प्रथम भए भने 36 अङ्क सहित सुदिप बास्तोला दोस्रो भए। इस्टेबल फोडको आधारमा खेलाईएको उक्त खेलमा Nearest to the pin ( NTP) मिलन सेरेष्ठले जिते भने Longest drive (LD) चाही केन्द्र जी ले जिते। जोर्जेज रीभर गल्फ कल्वमा भएको बिजेतालाई अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका निवर्तमान महावाणिज्यदूत दिपक खड्काले पुरस्कार बितरण गर्नु भयो।
खेलको पुरस्कार बितरण गर्नु हॅदै अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका निवर्तमान अवैतनिक महावाणिज्यदूत दिपक खड्काले
बिदेशमा रहेर पनि नेपाली बिच यसरी गल्फ खेल्न पाउदा सार्है खुसि लागेको र दिन प्रतिदिन यसरी नया नया देस बिदेसका साथीहरू गल्फमा रुचि राखी प्रतियोगितामा भाग लिएको मा सबै खेलाडी तथा आयोजकलाई बिषेश धन्यवाद दिनु भयो।
आयोजकको तर्फबाट दिपक पहारीले यो लिगको प्रायोजक Crown Institute of Higher Education – CIHE लाई बिसेष धन्यवाद दिदै अबको पाचौ खेल जुन 30th मा Stone Cutter Golf course, NSW मा हुने जानकारी दिदै कोही ईच्छुकहरुले सम्पूर्ण जानकारी र सम्पर्क को लागी NSW Nepalese Golfers Sydney फेसबुक पेजमा पाउने बताउनु भयो।
गणतन्त्र दिवसका दिन नेपाल स्काउटलाई राजनैतिक कार्यकर्ताको भर्ती केन्द्र नबनाउन भन्दै गण्डकी प्रदेशका न्याय प्रेमी प्रगतिशील युवाले बुझाए ध्यानाकर्षण पत्र
गणतन्त्रको दिन नेपाल स्काउटलाई राजनैतिक कार्यकर्ताको भर्ती केन्द्र नबनाउन भन्दै गण्डकी प्रदेशका न्याय प्रेमी प्रगतिशील युवाले बुझाए ध्यानाकर्षण पत्र
नेपाल स्काउटमा चरम राजनीतिकरण हुदै गैरहेको विषयका सम्बन्धमा पछिल्लो समय नेपाल स्काउटमा निर्वाचित पदाधिकारी , आयुक्तहरुमा बिभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधीमा समेत सकृय रहेको कुरा प्रष्ट देखिएको भन्दै , गण्डकी प्रदेशका युवाहरूले नेपाल स्काउट प्रमुख आयुक्त महेन्द्र राज रन्जितलाई सम्बोधन गर्दै नेपाल स्काउट रास्ट्रिय परिषद सदस्य शिव बहादुर भण्डारी मार्फत ध्यानाकर्षण पत्र बुझाएका छन ।

नेपाल स्काउट ऐन ,२०५० को दफा १८ (क) उपदफा (१) (ख) (ग)मा नेपाल स्काउटको सदस्यको योग्यता सम्बन्धी व्यवस्थामा नेपाल स्काउटको सदस्यले कुनै राजनितिक दलको सदस्य नलिएको र राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरि राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्नु पर्ने व्यवस्था रहेको छ।प्रचलित ऐन कार्यनयन गराउन , मिति २०८१ साल बैशाख ३१ गते युवा तथा खेलकुद मन्त्रालय द्वारा प्रकाशित विज्ञप्ती लाई आधार मानी ध्यानाकर्षण पत्र बुझाईएको थियो ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा