प्रवासी नेपाली मञ्च अष्ट्रेलिया – तास्मानियाद्वारा योग कार्यक्रम सम्पन्न !
प्रवासी नेपाली मञ्च अष्ट्रेलिया – तास्मानियाद्वारा योग कार्यक्रम सम्पन्न !
सिडनी। अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया – तास्मानिया राज्य कमिटी (ONF Tasmania) द्वारा अगस्ट २०, २०२४ मा आयोजित योग कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रम High Himalayan को सहकार्यमा सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष रोजिना ताम्राकार, ONF अष्ट्रेलियाका सचिवालय सदस्य बीएन मण्डल, र ONF अष्ट्रेलियाका केन्द्रिय सदस्य तथा तास्मानिया इन्चार्ज सुजन लामिछानेले दिप प्रज्वलन गरेर गर्नु भएको थियो। कार्यक्रममा सहभागीहरूको उत्साहजनक उपस्थिति देखियो जसमा ३० जनाले सहभागिता जनाएका थिए।
यस कार्यक्रमको प्रशिक्षण पतञ्जली योग शिविरबाट प्रशिक्षित योग गुरुहरू श्री खडानन्द सापकोटा र श्रीमती पार्वती सापकोटाले दिनुभएको थियो। ONF Tasmania का अध्यक्ष मुगेन गौतमले समुदायको भलाइका लागि प्रवासी नेपाली मञ्चले निरन्तर काम गरिरहेको र शारीरिक तथा मानसिक स्वास्थ्य दुवै महत्वपूर्ण भएकोले समाजको समस्यालाई सम्बोधन गर्दै यस्ता कार्यक्रमहरूको आयोजना गरिएको बताउनु भयो। उहाँले ONF Tasmania ले नेपाली समाजमा मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यको महत्वलाई बुझेर योग कार्यक्रम र मानसिक स्वास्थ्य फर्स्ट एड तालिमहरू आयोजना गर्दै आएकोमा जोड दिनु भयो।
कार्यक्रमको समन्वय के.राज खनालले गर्नु भएको थियो। साथै, Trizan Photography र Danphe Function Centre ले कार्यक्रमलाई समर्थन गरेको थियो। कार्यक्रमले सहभागीहरूमा उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरेको थियो।
ONF Tasmania ले आगामी दिनमा पनि यस्तै महत्वपूर्ण कार्यक्रमहरू आयोजना गर्दै जानेछ र समाजको भलाइका लागि निरन्तर क्रियाशील रहनेछ।
बाढीपहिरो विपद्मा परी १७० जनाको मृत्यु !!
काठमाडौं– अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ७० जनाको मृत्यु भएको हो
साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा २ सय ३ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १२ जनाको उद्धार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ७० वटा घर, १ सय २ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ६४ वटा पशु चौपायाको मृत्यु भएको छ ।
उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ९७ घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ !
जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो : सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ!
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बीचमा सहकार्य भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने ‘जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो । सरकारले मुलुकसामु देखा परेका समस्यालाई सम्बोधन गर्नेछ ।’
उनले संसदीय व्यवस्था भएका मुलुकमा दुई ठूला दल मिलेर बिरलै सरकार बनाउने गरेपनि नेपालका लागि भने त्यो नौलो होइन भने ।
‘मुलुकले भोग्नुपरेका समस्या समाधानका लागि यसअघि पनि नेपाली कांग्रेस र एमालेबीचमा सहकार्य भएको थियो’, उनले भने, ‘मन्दीमा रहेको अर्थतन्त्रलाई गतिशील बनाउने, रोजगारी सिर्जना, सुशासन र समृद्धिको संकल्पसहित वर्तमान सरकार गठन भएको हो
वर्तमान सरकारलाई असफल हुने छुट नभएको जनाउँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पुराना र मूलधारका राजनीति दलको औचित्यमा प्रश्न उठ्न दिँदै भने । उनले राजनीतिक स्थिरतासहित जनतामा विकास र सुशासनको अनुभूति गराउन सरकार क्रियाशील रहेको बताए । ।
मन्त्री गुरुङले नेपाल टेलिकम, हुलाकलगायतराज्यको स्वामित्वमा रहेका संस्थाको गुणस्तर सुधारसहित प्रतिस्पर्धी बनाउनुपर्छ भने । पुराना सञ्चार नीति, कानुन परिमार्जन गरिने, ‘डिजिटल’ नेपालको अवधारणाअनुसार सूचनाप्रविधिको अधिकतम उपयोगलाई जोड दिइएको उनले बताए ।
पोल्ट्री व्यवसायी संघ कास्कीको अध्यक्षमा पुण्य प्रसाद पौडेल चयन !!
पोखरा , अभियान श्रेष्ठ
पोल्ट्री व्यवसायी संघ कास्कीको अध्यक्षमा पुण्य प्रसाद पौडेल चयन
पोल्ट्री व्यवसायी संघ, कास्कीका अध्यक्षमा विएस सप्लायर्सका पुण्य प्रसाद पौडेल चयन भएका छन् । शनिवार सम्पन्न संघको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा पौडेललाई चयन गरेको हो ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा पोखरा पोल्ट्रीका सञ्चालक सुर्यप्रसाद पौडेल, उपाध्यक्षमा श्रीकान्त सापकोटा, कोषाध्यक्षमा विकास अधिकारी, सचिवमा लेखनाथ अर्याल, सहसचिवमा हरि भट्टराई चयन भएका छन् । यस्तै सदस्यहरुमा राज गुरुङ, शुक्रराज ढकाल, दिपक अधिकारी, सागर पौडेल, हेमराज बराल चयन भएका छन् ।
यसअघि साधारण सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका महानिर्देशक डा. प्रेरणा सेँडाई भट्टराईले पोल्ट्री व्यवसायीहरुले कृषि पेसा गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको बताईन् । महानिर्देशक सेढाँईले पोल्ट्री व्यवसायीका समस्याहरु र आवश्यकताअनुसार काम गर्दै आईरहेकोले व्यवसायीहरुले पनि उपभाक्ताको हितलाई मध्यनजर गरेर सेवा प्रवाह गर्नुपर्ने बताईन् ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष फौद सिंह भण्डारीले यसअघि निर्देशनालयले मासु तथा दुग्ध पदार्थ उत्पादन गर्ने व्यवसायीहरु र उनीरुको समस्याहरुलाई मात्र मध्यनजर गर्ने गरेको बताउँदै विस्तारै पोल्ट्री व्यवसायीहरुको गुनासो पनि सुनिन थालेको बताए ।
पोखरामा भदौ पहिलो साता सर्बाधिक धन राशीको “बि डिभिजन स्नुकर प्रतियोगिता हुँदै, “बिजेतालाई ५० हजार ” !!
पोखरामा भदौ पहिलो साता सर्बाधिक धन राशीको “बि डिभिजन स्नुकर प्रतियोगिता हुँदै!! “बिजेतालाई पचास हजार ”
पोखरा २७
पोखरामा भदौ ३ गते देखि “बि डिभिजन स्नुकर प्रतियोगिता सुचारु हुँदै ” ।
प्रतियोगिता भदौ ३ देखि सुचारु भै भदौ १३ गते सम्म चल्नेछ भने प्रथम पुरस्कर ५० हजार, दोश्रो २५ हजार ,तृतीय पुरस्कार २ जना लाई ५/५ हजार भने हाइएस्ट ब्रेकर ५ हजार रहेको छ भने खेल र खेलाडी उत्पादन गर्ने स्नूकर खेलको उत्तानको हेतुले प्रतियोगिता आयोजना राखिएको संयोजक क्रीतन गुरुङले जानकारी दिनु भयो ।
प्रतियोगिता बाट मुनाफा रकम बाढि तथा पहिरो पीडितमा सहयोग गर्ने संयोजक कृतन गुरुङले बताउनु भयो ।

एसपी भन्छन्- हेलिकप्टर जलिरहेको अवस्थामा भेटियो, यात्रुको मृत्यु भएको छ !!
काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले दुर्घटनाको पुष्टि गरे ।
उनका अनुसार एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिएको छ। अहिले त्यहाँ पुगेका प्रहरी र स्थानीयबासीले हेलिकप्टरमा लागेको आगो निभाउने कोसिस गरिरहेका छन् ।
शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटनामा परेको र केही यात्रुको मृत्यु भएको खबर आफूलाई आएको एसपी कोइरालाले बिश्व पाटी लाइ बताए ।
‘सूर्यचौर डाँडामा ठोक्किएर हेलिकप्टर दुर्घटनामा परेको रहेछ । प्रहरीको टोली पुगेर हेलिकप्टरमा लागेको आगो निभाउँदैछ’, उनले बिश्व पाटी सँग भने, ‘हामी जिल्ला सुरक्षा प्रमुखहरूको टोली पनि घटनास्थल जाँदैछौँ । केही यात्रुको पनि ज्यान गएको खबर आएको छ ।’
पोखराका कक्षा १२ मा दुई विद्यार्थी साइन्सतर्फ नेपाल टप !
पोखराका दुई विद्यालयका विद्यार्थीले कक्षा १२ को नतिजामा ३.९६ जिपिए ल्याएका छन् । यो जिपिए सर्वोत्कृष्ट हुन सक्ने अनुमान गरिएको छ । अहिलेसम्म अन्य विद्यालयले यस भन्दा बढी ल्याएको जानकारी नगराएको अवस्था छ ।
पोखरा महानगरपालिका वडा नम्बर ७ मा रहेको मदरल्याण्ड माध्यमिक विद्यालय र पोखरा १५ मा रहेको एसओएस हर्मन माइनर गण्डकीका एक/एक जना विद्यार्थीले ३.९६ ल्याएका हुन् ।
मदरल्याण्डकी सदीक्षा क्षत्री र एसओएसका कुशल तिवारीले ३.९६ जिपिए ल्याएका हुन् । दुवै जना विज्ञान संकायका विद्यार्थी हुन् ।
सदीक्षा पोखरा–१७ निवासी हुन् भने तिवारी पर्वत घर भई पोखरा बस्छन् । मदरल्याण्डका अरु ३ जना विद्यार्थीले पनि ३.९५ जिपिए ल्याएका छन् । मदरल्याण्डले व्यवस्थापन संकाय तर्फपनि सर्वोत्कृष्ट नम्बर ल्याएको अनुमान छ ।
मध्यपूर्वमा सैन्य उपस्थिति बढाउदै अमेरिका
तेल अवीव– यस हप्ताको सुरुमा तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको सीएनएनले जनाएको छ ।
‘रक्षा सचिव लोयड अस्टिनले हाल ओमानको खाडीमा तैनाथ रहेको ‘युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक ग्रुप’ नामक नौसैनिक जहाजलाई ‘युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुप’ले प्रतिस्थापन गर्न आदेश दिनुभएको छ’ पेन्टागनकी उप–प्रेस सचिव सबरीना सिंहले एक विज्ञप्तीमार्फत बताए ।
अमेरिकाले ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न सक्षम विध्वंसक मिसाइल र सैन्य जहाजहरू मध्यपूर्व र भूमध्यसागरमा पठाउने सिएनएनले जनाएको छ ।
विज्ञप्तिमा कुन युद्धपोत पठाइएको छ भनेर खुलाएको छैन् । तर अप्रिलमा पूर्वी भूमध्यसागरमा इजरायल विरुद्ध इरानको आक्रमण रोक्नमा दुई अमेरिकी सैन्य जहाज प्रयोग गरिएको थियो ।
‘अस्टिनले यस क्षेत्रमा लडाकु मिसाइल पनि तैनाथ गर्न आदेश दिनुभएको छ’, सिंहले भने ।
अमेरिकाले पहिले नै यस क्षेत्रमा ‘यूएसएस वास्प एम्फिबियस’ नामक सैन्य जहाज तैनाथ गरेको छ जुन आवश्यकता भएमा आदेशअनुसार लेबनानमा रहेका अमेरिकी नागरिकहरूको उद्दार गर्न सक्षम छ ।
इरानले तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याको बदलामा इजरायलमाथि आक्रमण गर्ने वाचा गरेसँगैे मध्यपूर्वी क्षेत्रमा तनाव बढेको हो ।
इजरायलले भने हानियाको हत्याको बारेमा कुनै टिप्पणी व्यक्त गरेको छैन ।
पेट्रोलको मूल्य एक रुपैयाँ घट्यो, डिजेलको दुई रुपैयाँ !!
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१
काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।
बर्खा को कारण ले क्षेती !!(फोटो फिचर )
असार २८,
नेपाल को विभिन्न भुभाग मा अबिरल बर्षा को कारण मध्य पहाडी लोक मार्ग मा देखीएको इस्थल गत फोटो:
सुनिल खड्का







Next Page » « Previous Page
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा