आज राती पोखरा लेकसाईडमा आतिसबाजी हुने !
आज राती पोखरा लेकसाईडमा आतिसबाजी हुने ।
पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आज १५ गते राती आतिसबाजीसहित नयाँ वर्ष–२०२४ लाई स्वागत गर्ने तयारी गरिएको आयोजक रेबान पोखराले जनाएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित २५औं ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गर्ने कार्यक्रम रहेको होे ।
रेवान पोखराले विगत २५ बर्ष देखि आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको अवसरमा आज मध्यरात १२ः०० बजे पछि नयाँ अग्रेंजी बर्ष सुरु हुने भएकोले उक्त अवसरमा आतिसबाजी गर्न लागिएको हो । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अन्तिम तयारी भई रहदा पोखरामा विगत लामो समय देखि पर्यटन प्रबद्र्धनको निम्ती महोत्सव हुदै आएको छ । आतिशबाजी हेर्न कास्की सहित छिमेकी जिल्लाबाट समेत दर्शकहरु आउने गरेको बताइएको छ । सडक महोत्सवमा आज बरिष्ठ लोकदोहोरी कलाकार प्रजापति पराजुुली ,बद्रीपंगेनी, चर्चित गायिक समिक्षा अधिकारी, लाहुरे र द एलिमेन्ट्सको प्रस्तुति रहने बताइएको छ । दिउसोमा रत्यौली गितप्रतियोगिता हुने जनाइएको छ ।
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर !
क्रिकेटर सन्दीप लामिछाने नाबालिग बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्।न्यायाधीश ढकालले सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएका छन् ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।
त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
ईपीएसको परीक्षा दिन नपाएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप – प्रहरीको गोलिलागि २ युवाको मृत्यु !
रोजगार अनुमति प्रणाली ईपीएसको परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले भौतिक मन्त्रीको गाडीमा आगजनी गरेपछि भएको झडपमा प्रहरीले हानेको अश्रुग्यासको कारण दुइ जना युवाको मृत्यु भएको छ ।
बालकुमारी क्षेत्रमा सुजन राउत अचेत अबस्ठमा भेटिएपछी तत्काल किस्ट अस्पतालमा लगिएको भएपनि उपचारका क्रममा मृत्यु भएको छ अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।उपचार गर्दा सफल नभएपछि अस्पताल टीमले १ः१७ मा मृतघोषणा गरएको थियो ।
सोहि झडपमा परि पाटन अस्पतालमा उपचार गर्न पठाइएक वीरेन्द्र शाहको पनि मृत्यु उपचार गर्दागर्दै सफल नभएपछि पाटन अस्पताल टीमले मृतघोषणा गरएको थियो ।
कुनै एक कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयको सूचना अनुसार पानी जहाज कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्ण भएकाहेरुले फर्म भर्न नपाउने भन्ने निर्णय विरुद्ध युवाहरु अदालत गएपछी उत्पादन तथा कृषि क्षेत्रमा हुने परीक्षामा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो ।
अदालतको आदेश अनुसार ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्ने १८ जनालाई मात्रै आवेदन दिन आह्वान गरेकोले अरु विद्यार्थीले पनि फर्म भर्न पाउनुपर्छ भनेर पटक पटक विरोध प्रदर्शन भइरहेको थियो ।प्रदर्शनकारिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले सुरुमा अश्रुग्यास हानेको थियो तर स्थिति नियन्त्रण भन्दा बाहिर गएको भन्दै हवाई फायर गरेको थियो ।
ने क पा (एमाले) गण्डकी प्रदेशको पहिलो बैठक अहिलेको सरकारको कार्यशैलीले देश बर्बादी उन्मुख – एमाले उप महासचिब गुरुङ !
ने क पा (एमाले) गण्डकी प्रदेशको पहिलो बैठक
अहिलेको सरकारको कार्यशैलीले देश बर्बादी उन्मुख – एमाले उप महासचिब गुरु
पोखरा ,पुस १३
ने क पा एमाले गण्डकी प्रदेशको पहिलो बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै ने क पा एमाले उपमहासचिब पृथ्वी सुब्बा गुरुङले पार्टी काम ब्यबस्थित बनाउन उत्कृष्ट कार्ययोजना सहित अगाडि बढ्न आग्रह गर्दै उत्कृष्ट पार्टी निर्माणमा प्रभाबकारिताका साथ लाग्न आग्रह गर्नु भयो।
उप महासचिब गुरुङले समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिडाउन सक्ने कुरा बर्तमान सरकारका कार्यशैलीले प्रमाणित गरेको उल्लेख गर्नुभयो ।
देशलाई बर्तमान सरकारले बिगतको एक बर्षमा कुनै उल्लेख्य काम गर्न नसक्दा देशमा निराशा बढ्दै गएको भन्दै देश नै बर्बादीतिर उन्मुख गराएको जिकिर गर्नुभयो
उहाँले आम जनताको चाहना र इच्छा बुझेर काम गर्न आग्रह गर्नुभयो ।
एमाले सचिब तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्टले कार्यकर्ता र सबै नेताहरू सुढृड पार्टी निर्माणमा हर तरहले लाग्न आग्रह गर्दै सबल र सक्षम कार्यकर्ता निर्माण मार्फत सुखी नेपाली समृद्ध नेपालको अभियान पूरा हुने जिकिर गर्नुभयो ।
बिष्टले हर पार्टी कमिटीहरू चलायमान बनाउदै पार्टीको समय सापेक्ष नयाँ उचाइ निर्माणमा लाग्न आग्रह गर्नुभयो ।
बैठकमा सो पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ८४ को अभिष्ट पूरा गर्न सम्पूर्ण पार्टी कमिटी र सदस्यहरू एकमाना एकता सहित कटिबद्धताका साथ लागि पर्न आग्रह गर्नुभयो।
अधिकारिले लोकतान्त्रिक गणतन्त्रको कुनै बिकल्प नभएको भन्दै अनेकन अफबाहलाई चिर्दै जनताको बिचमा जानू पर्ने उल्लेख गर्नुभयो ।
बैठकले पार्टी कमिटिका सदस्यहरूको कार्य बिभाजन गरेको छ ।जस अनुसार गण्डकी प्रदेशका जिल्ला ,पालिका , जनबर्गिय संगठन सहित विभिन्न बिभागिय जिम्मेवारी तोकेको सचिब धनन्जय दवाडी जानकारी दिनुभयो।
ने क पा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।
पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु
पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु
पोखरामा गएराती कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ । गएराती १ बजेतिर पोखरा महानगरपालिका वडानम्बर ५ परस्याङमा बाग्लुङ बसपार्कदेखि जिरो किलोमिटर तर्फ जादै गरेको बा १३ च ३७२१ नम्बरको कारले दुई पैदल यात्रीलाई ठक्कर दिइ गम्भिर घाइते बनाएको थियो । घाइते दुवै जनालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा लगिएपनि केहि समय पछि चिकित्सकले मृत घोषणा गरेका थिए । कारको ठक्करबाट मृत्यु हुनेमा बाग्लुङ ढोर पाटन नगरपालिका वडानम्बर ६ घर भई हाल पोखरा ३ नदीपुर बस्ने २० वर्षिया ढालेन्द्र छन्त्याल र अर्का पैदल यात्रीको भने वतन नखुलेको कास्की प्रहरीले बताएको छ । ३५ वर्षका जस्तो देखिने पुरुषको पनि कारको ठक्करबाट मृत्यु भएको प्रहरीले बताएको छ । अहिले दुवै जनाको शव पश्चिमाञ्चल क्षेत्रिय अस्तपाल पोखरामा राखिएको छ । दुई जना पैदलयात्रीको ज्यान जाने गरि ठक्कर दिने कार प्रहरी नियन्त्रणमा छ भने चालक भने अझै फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
तस्विर : सामाजीक सञ्जालबाट
४१औं राष्ट्रिय जुनियर तथा युवा गोष्ठी पोखरामा प्रारम्भ !
४१औं राष्ट्रिय जुनियर तथा युवा गोष्ठी पोखरामा प्रारम्भ
पोखरा, पुस ७ गते । नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको आयोजना एवम् युवा रेडक्रस सर्कल श्री शिबशक्ती माध्यमिक विद्यालयको आतिथ्यतामा दुई दिने राष्ट्रिय जुनियर तथा युवा गोष्ठी महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यतामा कास्कीको पोखरामा प्रारम्भ भएको छ ।
नेपाल रेडक्रस सोसाइटीका ६९ जिल्लाबाट नेरेसो पदाधिकारी, सदस्य र जुनियर तथा युवा रेडक्रस सर्कलका प्रतिनिधिहरुको उपस्थितिमा राष्ट्रिय गोष्ठी “विश्वव्यापीरुपमा अभिप्रेरित, स्थानीयरुपमा सशक्तिकृत : जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने मूल नाराका साथ प्रारम्भ भएको छ ।
४१औं राष्ट्रिय जुनियर तथा युवा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथी माननीय मन्त्री सुरेन्द्रराज आचार्य नेपाल रेडक्रस सोसाइटीका ११ लाखभन्दा धेरै स्वयंसेवकहरुले बर्षेनी ३० लाखभन्दा धेरै मानिसहरुलाई सेवा पु¥याएकोमा समग्र नेरेसो परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख अतिथि माननीय मन्त्रीले रेडक्रसमा आबद्ध युवाहरु राष्ट्रिय सेवामा समर्पित रहेको बताउनुभयो । सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “नेपाल रेडक्रसका युवाहरु सिगो देशको मूल आधार हुन् । यस गोष्ठीले मानवीय क्षेत्रमा अपार योगदान पुगेको छ । नेपाल रेडक्रस सोसाइटीले युवाहरुको क्षमता, प्राविधिक दक्षता र प्रभावकारी सेवा प्रदान गर्ने भावनाको विकास गरेको छ ।”
यसैगरी माननीय मन्त्री आचार्यले, “नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय सञ्जाल भएको, जेनेभा महासन्धीद्धारा निर्देशित मानवीय संस्था हो । नेपालमा रेडक्रस कानूनद्धारा नेपाल रेडक्रस सोसाइटी सञ्चालन गर्नुपर्ने आवश्यकता नेपाल सरकारले महशुस गरेको छ । रेडक्रस कानून निर्माणका लागि आवश्यक प्रक्रिया पनि थालनी भइसकेको छ ।” सम्बोधनका क्रममा माननीय मन्त्रीले असल कार्य गर्नु नै मानवीय धर्म हो, र “म सेवा गर्छु” भन्ने मूल मर्म आत्मसात गर्न सबैलाई अनुरोध गर्नुभयो ।
यसैगरी नेरेसोको ४१औं राष्ट्रिय जुनियर तथा युवा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले युवाहरुको यो गोष्ठी शान्ति र मानवताको पर्याय भएको र नेपालका हरेक क्षेत्रबाट मानवताको विजारोपण गर्ने महाअभियान रहेको बताउनुभयो । यसका साथै प्राध्यापक नेपालले उपस्थित सबैलाई उहाँहरुको समय, प्रेरणा, हौसला र मार्गदर्शनका लागि आभार व्यक्त गर्दै युवाहरुबाट आफुले सिक्न पाउने अवसर रहेको पनि बताउनुभयो ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको नेपालमस्थित कार्यालयका प्रमुख अजमत उल्लाले रेडक्रस अभियानको प्रारम्भ नै स्वयम्सेवाबाट भएको स्मरण गर्दै मानवीय सेवामा स्वयम्सेवाको ठूलो आवश्यकता रहेको बताउनुभयो । युवा तथा जुनियर नै समग्र अभियानको भविश्य भएकाले सबै युवाहरुको भूमिका सरकारका लागि सहयोगी रहेको बताउनु भयो । मन्तव्यका क्रममा नेपाल रेडक्रसको कानून निमार्णमा सरकारले लिएको प्रयत्नको उच्च प्रशंसा समेत गर्नुभयो ।
नेरेसोका उपाध्यक्ष राधा नेपालीले नेपाल रेडक्रस सोसाइटीमा आबद्ध जुनियर तथा युवाहरु नै नेपाल रेडक्रस सोसाइटीका आधारस्तम्भ रहेको बताउनुभयो । युवाहरुमा गरेको लगानी दीर्घकालीन हुने धारणा व्यक्त गर्नुभयो । नेरेसोले विभिन्न समयमा युवा शसक्तिकरणका गतिविधिहरु सञ्चालन गर्दै आएको समेत बताउनुभयो । यसकासाथै सोसाइटीका महामन्त्री भूपतीलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी, रेडक्रस अभियानका सिद्धान्तको अधिनमा रही सदैव मानवीय सेवामा तल्लिन रहिआएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी नै आम समुदायको “दुःखको साथी” का रुपमा कार्य गरिरहेको बताउँदै “म सेवा गर्छु” भन्ने भावनाले जुनियर तथा युवा सदैव सेवामा तल्लिन भइरहने बताउनुभयो । यसैगरी सम्बोधनका क्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले रेडक्रस सोसाइटी मानवीय सेवामा अग्रणी संस्था हो भन्ने बताउनुभयो । “रेडक्रस विश्वभर नै मानवीय विपत्तिमा सदैव संलग्न रहेको संस्था हो । हाम्रो समाजका लागि रेडक्रस परोपकारको भावना निरन्तर राख्न, मानवतालाई अक्ष्युण राख्न सदैव आवश्यक संस्था हो ।” राष्ट्रिय गोष्ठीले हामीलाई सक्षम समाजसेवी भावना विकास गर्न मद्धत पुग्ने विश्वास आफुमा रहेको समेत बताउनुभयो । विपद्मा राहत र उद्धार, एम्बुलेन्स, रक्तसञ्चार सेवा, आदिमा रेडक्रसको कुनै विकल्प नरहेको बताउनुभयो ।
नेरेसो कास्की जिल्ला शाखाका सभापती डण्डराज शर्मा पौडेलले गोष्ठीमा उपस्थित सम्पूर्ण महानुभवहरुलाई स्वागत गर्दै नेरेसो कास्की जिल्ला शाखाले यो गोष्ठी आयोजना गर्ने गहन जिम्मेवारी प्राप्त गर्न पाएकोमा समग्र जिल्ला शाखा परिवार हर्षित भएको बताउनुभयो । यसैगरी कार्यक्रमको शोभा बढाउन पाल्नुभएका सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । नेरेसो जिल्ला शाखा कास्कीका सदस्य उर्मिला खड्का भण्डारीले रेडक्रस अभियानका सात सिद्धान्त वाचन गराउनुभयो ।
४१औं राष्ट्रिय जुनियर तथा युवा गोष्ठी उद्घाटन सत्रको सभापतित्व नेरेसो केन्द्रीय सदस्य एमव् राष्ट्रिय जुनियर तथा युवा रेडक्रस समितिका संयोजक विष्णुराज नेपालले गर्नुभएको थियो । गोष्ठीको प्रारम्भिक सत्र कार्यक्रमको समापन मन्तत्वका क्रममा राष्ट्रिय स्तरमा जुनियर तथा युवाहरुले पु¥याएको योगदानको उच्च प्रसंसा गर्नुभयो । देशैभर जुनियर तथा युवा रेडक्रस सर्कलहरु अझ विस्तार गर्न आवश्यक रहेको औल्याउँदै सबैलाई सहभागिताका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन नेरेसो कास्की जिल्ला शाखाका मन्त्री सुरेन्द गुरुङले गर्नुभएको र शुभारम्भ प्रभातफेरी कार्यक्रमबाट भएको थियो । श्री शिवशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् युवा रेडक्रस सर्कलका संरक्षक शम्भुराज बास्तोलाले राष्ट्रिय गोष्टीमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । युवा रेडक्रस सर्कल श्री शिवशक्ति माध्यमिक विद्यालयका शिक्षक र जुनियर तथा युवा विद्यार्थीहरुद्धारा स्वागत गीत, मार्च पास, स्वागत नृत्य लगायत रक्षात्मक सीप प्रस्तुत गरिएको थियो । ॐकार फूलबारी भजन मण्डलीको तर्फबाट सांगितिक भजन प्रस्तुत गरिएको थियो ।
फिस्टेल स्पोर्टस् फेस्ट’ समापन !!
‘फिस्टेल स्पोर्टस् फेस्ट’ समापन
पोखरा, पुस ७
पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ शनिबार सम्पन्न भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी खुल्ला रूपमा सिकाइ हुनुपर्ने कुरामा जोड दिए । उनले भने, ‘सिकाइ चार दिवारभित्र मात्र हुन्छ भन्ने छैन, वास्तविक सिकाइ समाजबाट नै सिक्ने हो जुन फिस्टेलले सिकाइरहेको छ ।’’ उनले यस्ता खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा ठुलो सहयोग पु¥याउने विचार राखे ।
शनिबार सम्पन्न सेभेन ए साइड फुटबलको फाइनल खेलमा शान्ति निकुञ्ज, लिटिल फ्लावर र शान्तिदीप स्कुलले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । उनीहरूले क्रमशः रु ७५ हजार, ३५ हजार र २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
५÷५ छात्र बास्केटबलमा आयोजक फिस्टेल एकेडेमी, मनकामना बोर्डिङ स्कुल र अल्फा एकेडेमीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । छात्रा बास्केटबतर्फ काठमाडौँको एनसीसीएस, फिस्टेल एकेडेमी र बालकल्याण स्कुल प्रथम, द्वितीय र तृतीय बने । यी सबै खेलमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
टेनिसतर्फ १६ वर्षुनिको छात्रतर्फ फिस्टेलका सृजन भट्टराईले गण्डकी बोर्डिङ स्कुलका शास्वत बज्राचार्यलाई २–६, ६–३, ६–३ को सेटमा पराजित गरी प्रथम बने । द्वितीय गण्डकी बोर्डिङका शास्वत बज्राचार्य बन्दा तृतीय स्थान गण्डकी बोर्डिङका डोजन गुरुङ र भद्रकालीका सन्दीप बिकले प्राप्त गरे । छात्रातर्फ मैत्रेय पाठशालाकी शाल्भी शेरचन प्रथम बन्दा शान्ति निकेतनकी अदिती पौडेल द्वितीय र सेन्ट मेरिजकी शरिसा शेरचन ताथ मैत्रेय पाठशालाकी आरुसी तुलाचन तृतीय बने ।
१२ वर्षमुनिको छात्र टेनिसमा फिस्टेलका आर्यशराज पौडेल र गण्डकी बोर्डिङका स्पन्दन उदास क्रमशः प्रथम र द्वितीय हुँदा गण्डकीका प्रफुल्ल श्रेष्ठ र डोजन गुरुङ तृतीय बने । १० वर्षमुनिको छात्रतर्फ फिस्टेलका आर्यसराज पौडेल, शिशुनिकेतनका इभान भट्टराईले क्रमश प्रथम र द्वितीय स्थान लिँदा शिशुनिकेतनकै ओमयुग थापा र शोभान केसीले तृतीय स्थान प्राप्त गरे । छात्रातर्फ फिस्टेलकी जीवाश्री भट्टराई र सेन्ट मेरिजकी बनी एस मेथलागन क्रमशः पहिलो र दोस्रो बन्दा जिओभानी केसी र सोनाक्षी ढुङ्गाना तेस्रो बने ।
९ वर्षमुनिको छात्रतर्फ शिशुनिकेतनका इभान, फिस्टेलका जीवाश प्रथम र द्वितीय बन्दा शिशुनिकेतनका ओमयुग थापा र प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने । छात्रातर्फ फिस्टेलकी जीवाश्री र गुरुकुल विद्याश्रमकी जिओभानी केसी क्रमशः पहिलो र दोस्रो हुँदा फिस्टेलकी सायना र सेन्ट मेरिजकी बनी एस मेथलागन तृतीय बने । ८ वर्षमुनिको छात्रतर्फ फिस्टेलका जीवाश र ग्लोबल कलेजियटका अनन्त पाण्डे प्रथम र द्वितीय बन्दा प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने ।
पुरस्कार वितरण तथा समापन कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष चिनुरानाभाटको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रथानाध्यापक कमल लामिछानेले गरेका थिए ।
रवि लामिछानेलाई पोखरामा खोइरो प्रहार !!
रवि लामिछानेलाई पोखरामा खोइरो प्रहार
पोखरा -राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि पोखरामा खोया (खोइरो)प्रहार भएको छ ।
पोखरास्थित अमरसिंहचौरमा सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् । खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको प्रतिक्रिया दिएको छ । उनी कार चालक रहेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए ।
खोया प्रहार गर्ने व्यक्ति कुनै राजनीतिक दलमा आवद्ध रहेको नपाइएको र सामान्य भाडामा कार चलाउने व्यक्ति रहेको पाइएको उनले बताए । कार्यकर्ताले भने ढुंगा हानेको भनेर आक्रमण गरे ।
लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका सन्तोष रानाभाटले लामिछानेमाथि खोया प्रहार गरेका हुन्।
रानाभाट सूर्यदर्शन सहकारीका बचतकर्ता हुन्। सूर्यदर्शन सहकारीका सञ्चालक जितेन्द्र (जिबी) राई हुन्। सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि राई फरार छन्।
हाल रानाभाट जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी नियन्त्रणमा रहेका छन् ।
लेकसाइडको फुटट्रयाक ठगी काण्डः वडा सदस्य सहित ४ जना कारागार चलान !!
पोखरा, ६ मंसिर/ पोखरामा एक जना वडा सदस्य सहित ४ जना ठगी मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई ठगी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
अनुसन्धान पछि सरकारी वकिल कार्यालय कास्की मार्फत कास्की जिल्ला अदालतमा पुस ३ गते ठगी मुद्दा दर्ता भएकोमा बिहीबार न्यायाधीश रामचन्द्र शर्माको इजलासबाट उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका छन् ।
यसरी पूर्पक्षका लागि थुनामा पर्नेमा पोखरा ६ लेकसाईड बैदाम बस्ने वर्ष ४१ का विकास पहारी, वर्ष २२ को प्रवीन विश्वकर्मा, वर्ष २४ को अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल र पोखरा ६ का वडा सदस्य वर्ष ४२ को दिपेन्द्र पहारी रहेका छन् ।
उनीहरुमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरी कास्की जिल्ला अदालतमा मुद्दा पेश हुँदा निजहरु पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार बिकले जानकारी दिए ।
सडक महोत्सवमा चितवनबाट थारु कल्चर ल्याइने !!
सडक महोत्सवमा चितवनबाट थारु कल्चर ल्याइने
पुष ५, सौराहा
पोखरा सडक महोत्सवको प्रचारका लागि पोखरा लेकसाइड रेस्टुरेन्ट एण्ड बार एशोसियशन (रेवान)को टोलीले चितवनको सौराहामा पत्रकार सम्मेलन गरेको छ।
पुस १२ देखि १६ गतेसम्म हुने २५ औं संस्करणको पोखरा सडक महोत्सवको प्रचारका लागि पोखराको टोलीले बिहीबार सौराहामा पत्रकार सम्मेलन गरेको हो।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेकसाइडमा यस वर्ष पनि सडक महोत्सव गर्न लागिएको बिहीबार सौराहामा पत्रकार सम्मेलनमा जानकारी दिइयो। महोत्सव पोखराको लेकसाइड क्षेत्रको करिब ३ कि.म. सडक क्षेत्रमा हुने महोत्सव संयोजक विश्व राज पौडेलले जानकारी दिए।सडक मै खाउ, सडक मै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा पृथक तरिकाले सञ्चालन हुने बताइएको छ।
महोत्सवमा मुख्य आकर्षणको रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, वोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतना मूलक सडक नाटक,पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरूको विषयमा केन्द्रीकृत गरी टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृर्षि, वनस्पति लगायतका कृर्षि उपजहरूलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको पौडेलले जानकारी दिए।
कार्यक्रममा बालबालिकाका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरूको डकुमेन्टी प्रदर्शन समेत गर्न लागिएको उनले जानकारी दिए। राष्ट्रिय स्तरका कलाकारको समेत सहभागिता हुनेछ। यस महोत्सवले पोखराको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको छ। महोत्सवबाट १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य आयोजकले लिएको छ।
नेपालको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउन सहयोग पुग्ने अपेक्षा लिइएको छ। पोखरा राजधानी पछिको ठुलो पर्यटकीय गन्तव्य हो । यहाँ देश विदेशबाट पर्यटक आउने गर्दछन्। विशेष गरी नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सवको आयोजना गर्दै आएको आयोजकले जानकारी दिएको छ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
