श्री कृष्ण माविले मनायो ५२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस !!
श्री कृष्ण माविले मनायो ५२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस !
पोखरा महानगरपालिका वडा नं. ०७ मासबार स्थित श्री कृष्णमाध्यमिक विद्यालयले ५२ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अतिथि पोखरा महानगरपालिका का उपप्रमुख श्री मन्जु देबि गुरुङ ले विद्यालयको उन्नयनका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाए ।समुदाय को एक मात्र बिद्यालय मा स साना भाइ बहिनी को सस्कृतिक कार्यक्रम र प्रतिभा देख्न पाउदा आफू निकै खुशी रहेको जनाउँदै आगामी दिन मा महानगरपालिका बाट सक्ने सहयोग गर्ने प्रतिबधाता जनाए ।
कार्यक्रममा पोखरा-०७ का वडाध्यक्ष राम मोहन आचार्य ले विद्यालयको उन्नयनका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले श्री कृष्ण मा बि लाई पोखराकै अब्बल शैक्षिक संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
विद्यालयका जेष्ठ सदस्य शोभा चन्द्र बराल ले शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकसँग सहकार्य गर्न विद्यालय तयार रहेको जनाउँदै सबैको ध्यान शैक्षिक वृद्धि विकासतर्फ हुनुपर्ने उल्लेख गरे ।
प्रधानाध्यापक टिकाराम लामिछानेले विद्यालयको समग्र अवस्था प्रकाश पार्दै विद्यालयले शैक्षिक वातावरणलाई सर्वोपरी मानी क्रियाकलाप सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।
त्यस अवसरमा जनप्रतिनिधि सीता लामिछाने , अर्जुन थापा, सुनिता सुनार लगाएत पुर्ब बिध्यार्थी , राजिनिती कर्मी ,पत्रकार , सहयोगी हात हरु लगाएत विभिन्न संघ सस्था एबम बुद्धिजीवी हरु लगाएत अभिबाभक हरु को बाक्लो उपस्थिति रहेको थियो।
विद्यालयका जेष्ठ सदस्य शोभा चन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक बिमला बराल ले स्वागत तथा उक्त कार्यक्रम शिक्षक दिनेश बराल र अनुजा सैजु ले संचालक रहेको कुरा शिक्षक सुनिल खड्का ले बिश्व पाटि लाई बताए ।
नेपाल रेड्क्रस सोसाइटी कास्की द्वारा खानेपानि परियोजना को उद्घाटन सम्पन्न !!
मंसिर ३०
नेपाल रेड्क्रस सोसाइटी कास्की शाखाको आयोजना ( युनिका फाउण्डेशन दि नेदरल्यान्ड र अन्नपुर्ण गाउ पालिका कास्की ) को आर्थिक सहयोगमा संचालित अन्नपुर्ण -८ दाबिले खानेपानी तथा सरसफाइ परियोजना को भब्य कार्यक्रम का बिचमा उदघाटन भएको छ ।
अन्नपुर्ण गाउ पालिका का अध्यक्ष बिष्णु ब केसि को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा नेरेसो कास्की शाखाका सभापति दण्डराज शर्मा, अन्नपुर्ण गाउ पालिका को उपाध्यक्ष चन्द्रकला अधिकारी, नेरेसो कास्की शाखाका मन्त्री परियोजना का टिम लिडर सुरेन्द्र गुरुङ, कोषाध्यक्ष सन्तोष अधिकारी, उप मन्त्री रमा कोइराला, अन्नपुर्ण गाउ पालिका का प्रवक्ता भरतमान गुरुङ, वडा नम्बर ८ का अध्यक्षता बिजय गुरुङ, नेरेसो दाङ्सिङ घान्द्रुक उप शाखाको सभापति मिना गुरुङ, अन्नपुर्ण संरक्षण क्षेत्र ब्यबस्थापन समिति दाङ्सिङ का अध्यक्ष तिल ब गुरुङ, नेरेसो कास्की शाखाका सदस्य एबम् जुनियर युबा समितिका संयोजक रमेशराज भण्डारी कार्यालय प्रमुख मोहन सि खडका, को बिशेष उपस्थिति रहेको थियो ।
दाबिले जल्केनी, लामाखेत चिम्रुङ का ३६ घर परिवारका लागि एक घर एक धारा निर्माण गरिएको थियो Unica Foundation, The Nedarland को तर्फ बाट 43,01,827.06,
Annapurna Ruarl Municipality को तर्फ बाट 6,70,712.5,
Community को तर्फ बाट 10,86,762.78 र
Nepal Red Cross Society, Kaski को तर्फ बाट रु 1,44,000
Total Cost of The 62,03,302.35 मा सम्पन्न भएको छ । कार्यक्रम मा जग्गादाता मिठु ढुङाना लाइ सम्मान गरिएको थियो । उपभोक्ता समितिका अध्यक्ष टेक ब गुरुङ को अध्यक्षता मा भएको कार्यक्रम मा सचिब बिकाश पुन द्वारा प्रगति प्रतिबेदन प्रस्तुत भएको थियो भने संचालन दुर्गा चापागाइ ले गर्नु भएको थियो । परियोजना सफल बनाउन दिन रात खटनु हुने रेड्क्रस कास्की शाखा खानेपानी परियोजना का कर्मचारी साथिहरु , उपभोक्ता समितिका साथिहरु सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।आज मंसिर ३० गते नेपाल रेड्क्रस सोसाइटी कास्की शाखाको आयोजना ( युनिका फाउण्डेशन दि नेदरल्यान्ड र अन्नपुर्ण गाउ पालिका कास्की ) को आर्थिक सहयोगमा संचालित अन्नपुर्ण -८ दाबिले खानेपानी तथा सरसफाइ परियोजना को भब्य कार्यक्रम का बिचमा उदघाटन भएको छ । अन्नपुर्ण गाउ पालिका का अध्यक्ष बिष्णु ब केसि को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा नेरेसो कास्की शाखाका सभापति दण्डराज शर्मा, अन्नपुर्ण गाउ पालिका को उपाध्यक्ष चन्द्रकला अधिकारी, नेरेसो कास्की शाखाका मन्त्री परियोजना का टिम लिडर सुरेन्द्र गुरुङ, कोषाध्यक्ष सन्तोष अधिकारी, उप मन्त्री रमा कोइराला, अन्नपुर्ण गाउ पालिका का प्रवक्ता भरतमान गुरुङ, वडा नम्बर ८ का अध्यक्षता बिजय गुरुङ, नेरेसो दाङ्सिङ घान्द्रुक उप शाखाको सभापति मिना गुरुङ, अन्नपुर्ण संरक्षण क्षेत्र ब्यबस्थापन समिति दाङ्सिङ का अध्यक्ष तिल ब गुरुङ, नेरेसो कास्की शाखाका सदस्य एबम् जुनियर युबा समितिका संयोजक रमेशराज भण्डारी, सदस्य हरु कमल पौडेल, खगेन्द्र पराजुलि,बबिता सुवेदी,पार्बति कार्कि,चन्द्र सापकोटा लगाएत कार्यालय प्रमुख मोहन सि खडका, को बिशेष उपस्थिति रहेको थियो । दाबिले जल्केनी, लामाखेत चिम्रुङ का ३६ घर परिवारका लागि एक घर एक धारा निर्माण गरिएको थियो Unica Foundation, The Nedarland को तर्फ बाट 43,01,827.06,
Annapurna Ruarl Municipality को तर्फ बाट 6,70,712.5,
Community को तर्फ बाट 10,86,762.78 र
Nepal Red Cross Society, Kaski को तर्फ बाट रु 1,44,000
Total Cost of The 62,03,302.35 मा सम्पन्न भएको छ । कार्यक्रम मा जग्गादाता मिठु ढुङाना लाइ सम्मान गरिएको थियो । उपभोक्ता समितिका अध्यक्ष टेक ब गुरुङ को अध्यक्षता मा भएको कार्यक्रम मा सचिब बिकाश पुन द्वारा प्रगति प्रतिबेदन प्रस्तुत भएको थियो भने संचालन दुर्गा चापागाइ ले गर्नु भएको थियो । परियोजना सफल बनाउन दिन रात खटनु हुने रेड्क्रस कास्की शाखा खानेपानी परियोजना का कर्मचारी साथिहरु , उपभोक्ता समितिका साथिहरु सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिक द्वारा सहयोग !!
कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकले बिहिबार शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् ।

स्थानीय समाजसेवी तथा विद्यालयका पूर्व विद्यार्थी कमलकृष्ण ओझाको विशेष पहलमा सिङ्गापुरका नागरिकले विद्यालयका लागि शैक्षिक सामग्रीसहित विद्यार्थीका लागि स्टेसनरी वितरण गरेका हुन् । माइकल हु, एमएस अमान्डा टान, हु स्विट फार, वाइकाम हुवा, लिम, एमएस सुनिता शिवनन्थन, वि चुङलगायतले विद्यालयलाई सहयोग गरेका हुन् । उनीहरूले सिङ्गापुरकै विद्यालय बुकिट भ्यु विद्यालयले तयार पारेको शैक्षिक सामग्री पनि विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझालाई हस्तान्तरण गरेका थिए । उनीहरूले करिब १ लाख ५० हजार रुपियाँबराबरको सामग्री विद्यालयलाई हस्तान्तरण गरे । माइकल हुले गत वर्ष पनि विद्यार्थीहरूका लागि शैक्षिक सामग्री उपलबध गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको सहयोगी विदेशी नागरिकहरूको सम्मानमा आयोजित कार्यक्रममा रूपा गाउँपालिका, वडा नं. २ का वडा अध्यक्ष राजन सुवेदीले केही समयअघि आफूले भ्रमण गरेको सिङ्गापुरको विकासको मोडलबाट सिकेर स्मार्ट भिलेजको अवधारणाअनुसार वडा नम्बर २ लाई विकास गर्ने कार्यमा अघि बढेको जानकारी दिए । शिक्षालाई प्राथमिकतामा राख्दै वडावासीको सुविधालाई ध्यानमा राखेर कार्य गरिरहेको सुवेदीको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले सरकारी निकायहरूको सहयोगमा विद्यालयलाई प्रविधिमैत्री बनाइएको जानकारी दिँदै गैरसरकारी संस्था र व्यक्तिको सहयोगमा थप विकास गरिएको बताए । विद्यार्थीको हितका लागि सहयोगले लिएर आउने जुनसुकै संस्था वा व्यक्तिलाई पनि विद्यालयले सधैँ उच्च सम्मान गरेको उनको भनाइ थियो ।
कार्यक्रमको संयोजन गरेका पूर्व विद्यार्थी कमलकृष्ण ओझाले आफू पढेको विद्यालयमा विदेशी नागरिकहरूलाई ल्याएर सहयोग गर्न पाउँदा निकै हर्ष लागेको भन्दै आगामी दिनमा पनि थप सहयोगको पहल गर्ने प्रतिबद्धता जनाए ।
सहयोगीहरूका तर्फबाट माइक हुले आफू विद्यालयका गतिविधिबाट निकै प्रभावित भएको बताए । उनले गत वर्ष पनि आफू आउने प्रयास गरे पनि कोभिडका कारण उपस्थित हुन नसके पनि सामग्री पठाएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
अङ्ग्रेजी विभागका प्रमुख बुद्धिराम विश्वकर्माको सञ्चालन तथा कक्षा १० की छात्रा कुसुम सुवेदीको स्वागतमा भएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजौ – जि. स .स .कास्की प्रमुख पौडेल
कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजौ – जि. स .स .कास्की प्रमुख पौडे
पोखरा ,मंसिर २९
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले पौडेलले कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गर्नुभएको छ।
अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यसमा विशेष ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो।
प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा ” सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै बताउनु भएको हो।
पौडेलले सरलिकृत अनुदान रकम बितरण प्रक्रिया सर्बसाधारण कृषकको पहुचमा नपुगेसम्म कुनै पनि कृषि उत्पादनमा देश आत्मनिर्भर हुन नसक्ने जुन बिना समृद्धिका नारा निरर्थक हुने जिकिर गर्नुभयो ।
उहाँले श्रम र बजारलाइ जोड्ने नीति निर्माण गरि कृषि उत्पादनको बजारीकरण गर्न तदारुकता राज्यले देखाउनु पर्ने बताउनुभयो । कर्जा प्रक्रिया सरल बनाउन रास्ट्र बैंकले समेत विशेष नीति बनाउनु पर्ने उहाको कथन थियो।
कार्यक्रममा गण्डकी प्रदेश सरकार कृषि मन्त्रालयका सचिब सहदेब प्रसाद हुमागाइ , कृषि बिकास निर्देशनालय गण्डकीका महानिर्देशक बासुदेब रेग्मी, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डे ,पशु तथा मत्स्य बिकास निर्देशनालय गण्डकीका महानिर्देशक डाक्टर प्रेरणा सेढाई भट्टराई , नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक आर्या जोशी, प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका प्रमुख अजय अधिकारी
प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख माधब लम्साल,प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना सहितले सहुलियत कृषि कर्जा कार्यान्वयनका सम्बन्धमा मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा कार्यालयको तर्फबाट प्रमुख रोशन अधिकारी , नेपाल राष्ट्र बैंक पोखराका सहायक निर्देशक बिजया गौतम र कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थ बिज्ञ भानु भट्टराईले सहुलियत कृषि कर्जा प्रवाहको अबस्था र कार्यान्वयनका समस्या सहितका भिन्दा भिन्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा सरोकारवाला कृषक, कृषी उधमी राष्ट्र बैंक ,बैंक तथा बित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख रोशन अधिकारीको
अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत सो कार्यालयका कृषि अधिकृत निशा कंडेल र संचालन सामाजिक बिकास अधिकृत गोबिन्द श्रेष्ठले गर्नुभएको थियो।
चौतारि युथ कलब को अध्यक्ष मा सुमन गिरि सर्बसम्मत चयन !
अन्नपूर्णा गाउपालिका वडा न:५ गिरिचोक अबस्थित रहेको चौतारि युथ कलब को दोश्रो अधिबेशन मिति २०८०/०८/२३ गते शनिवार को दिन सम्पन्न भए को छ अधिबेशन को सर्ब सहमति बाट सुमन गिरि को अध्यक्षता मा नया कार्य समिति चयन भयको छ ओखरबोट मा सर्ब सहमत रुपमा कार्य समिति गठन गरिएको छ।
समितिको उपाध्यक्ष मा शिब गिरि , सचिब आइतबहादुर परियार , सहसचिब गणेश गिरि , कोशाध्यक्ष सुमित्रा गिरि पराजुलि भइ सदस्य हरुमा गोबिन्द गिरि, गणेश गिरि, दाताराम गिरि, कमला गिरि , सबिता गिरि, ,साबित्र गिरि पुरि रहेका छ्न
अध्यक्ष गिरि ले समाज मा हुने बिकृति र बिसङगति का बारे आज कै दिन देखि खबरदारि गरि समाज लाइ सदै कुसल मार्ग निर्देसन गर्न का निम्ति येस चौतारि युबा क्ल्ब ले सकरात्मक भुमिका खेल्ने बतायका छ्न
देशको अवस्था सुधार्न, एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
देशको अवस्था सुधार्न, एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओलि
राजाराम पौडेल, पोखरा २२ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अहिले देखिएको ओरालो लाग्दो अवस्था सुधार्न एमालेको बहुमतको सरकार आवश्यक परेको बताएकाछन् । एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को नवौं दिनमा पोखरा २७ तालचोकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

अहिले सम्पूर्ण शक्ति एकातिर लागेर गठबन्धन मार्फत सरकार सञ्चालन गरेपनि उनीहरुले एमालेको मात्र विरोध गर्ने गरेको ओलीको आरोप छ । वर्तमान सरकारले विकास निर्माण र जनताका सरोकारमा कुनै ध्यान दिन नसकेको ठोकुवा समेत गरें । एमालेको सरकारको पालामा जनतामा आशाको सञ्चार जागृत गराएको भन्दै उनले एमाले बाहेक अरु कसैले देश बनाउन नसक्ने समेत दावी गरें ।
‘एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, यो त स्पष्ट भैसक्यो, भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ, हामी बाहेक सबै एकजुट भएर लागेकै छन्, उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो, विकास निर्माण होइन, जनताकासँग सरोकार छैन, राष्ट्रियताको पक्षमा उनीहरु शिर निउ¥याउँछन् ।’ उनले भने ।

अहिले देखिएको अवस्थामा सुधार ल्याउनका लागि एमालेको एकल बहुमत आवश्यक पर्ने भएकोले एमालेले मिसन ८४ अगाडि बढाएको उनले खुलाए । एमालेको एकल बहुमतको सरकार बनेमा ओरालो लाग्दोे अवस्थामा रहेको देशको सम्पूर्ण क्षेत्रलाई रोकेर सकारात्मक दिशामा अगाडि बढाउदै नयाँ आशाको सञ्चार गराउने उनको भनाई थियो ।
‘मिसन ८४ किन अगाडि बढाइयो भन्दा समृद्ध नेपाली सुखी नेपाली बनाउनका लागि हो, देशको सम्पूर्ण क्षेत्रको अहिलेको दयनिय तथा ओरालो लाग्दो अवस्थालाई रोकेर फेरि सकारात्मक दिशामा फर्काउनको लागि एमालेको एकल बहुमत आवश्यक छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको छ’ उनले प्रष्ट पारें ।
आफूहरुले निर्माण गर्न खोजेको गन्तव्यमा पु¥याउन सबै जनता सचेत, संगठित र आन्दोलीत हुनुपर्ने उनको भनाई छ ।
अहिलेको सरकार र सरकारमा हुने पार्टीबाट भने देश निर्माण गर्ने काम पुरा नहुने उनको ठोकुवा छ । एमालेलाई एकल बहुमतको सरकार निर्माण गर्ने प्रयासको थालनीको रुपमा संकल्पयात्रालाई अगाडि बढाइएको उनले खुलाए ।
‘अहिले जनतासँग भेटघाट गर्ने, पाटीपंक्ती जनातका बिचमा जाओस् जनताका बिचमा पुगोस् सचेत संगठीत गराओस् आन्दोलित गराओस् राजनीति मात्र होइन अब विकास निर्माण र जनताका जिबिकाका सबालमा पनि पाटीले नेतृत्व गरोस् भन्ने सन्देश जनता र पार्टीपक्ति दुवैमा दिनको लागि हो’ उनले थपे ।
संकल्पयात्रा निकै महत्वपूर्ण बनेको उनको भनाई छ । यात्राका क्रममा भेटघाट मार्फत समस्या बुझ्ने, सुन्ने, मागहरु संकलज गर्ने मात्र नभएर तीनको समाधान कसरी गर्ने चिन्तन मनन छलफल गर्ने गरेको समेत खुलाए । यात्राका क्रममा देखेका, भोगेका, सुनेका, भनेका सबै विषय काठमाण्डौं पुगेपछि सम्बोधन गरिने भनाई ओलीको छ । कतिपय जनताले एक वा दुई शब्दमा आफुसँग गुनासो राख्ने गरेको भन्दै त्यस्ता सबै गुनासो नोट गरेर राखेको समेत बताए ।
सम्बोधनका क्रममा पोखरामो सुन्दरताससँगै यो क्षेत्रको कला, साहित्य, संगीतको विषयमा समेत चर्चा गरें । पोखरालाई नेपालको पर्यटकिय राजधानी समेत भन्ने गरिएको भन्दै उनले मुग्लिन–पोखरा सडकखण्डमा भैरहेको ढिलाईप्रति समेत चिन्ता व्यक्त गरें ।
कुनै समय पोखरा सुन्तलाको लागि प्रसिद्ध रहेको बताएको उनले यहाँको फाँटमा फल्ने जेठोबुढो धानको समेत तरिफ गरें ।
एमाले कास्कीका सचिव वैनबहादुर अधिकारी क्षेत्रीले सञ्चालन गरको कार्यक्रम मार्फत अध्यक्ष ओलीलाई स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले मायाको चिनो र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सारंगी उपहार स्वरुप हस्तान्तण गरिन् । हातमा सारंगी पर्नासाथ अध्यक्ष ओलीले सारंगी बजाउदै उक्त बाजा प्रतिको आफ्नो मोह देखाएका थिए ।
अध्यक्ष ओलीले सम्बोधन अगाडि संकल्पयात्राका नवौं दिनमा यात्राको थालनी पोखरा महानगरपालिका वडा नम्बर ७ मा पुष्पलाल पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गरेका थिए ।
त्यसपछि अध्यक्ष ओली सहितको यात्राको टोली जिरो किमी, सृजनाचोक, पृथ्वीचोक, अम्मरसिंहचोक, औद्योगिक क्षेत्र, चाउथे, विजयपुरमा उपस्थित पार्टीका कार्यकता र शुभचिन्तकसँग भेटघाट गर्दै तालचोकमा पुगेको थियो । तालचोकमा ओलीलाई बाजा बजाएर स्वागत गरें ।
तालचोकको कार्यक्रम पश्चात रुपागाउँपालिको तालबेसी, पिपलेबजारहका कार्यक्रममा सहभागी बनी टोली लमजुङ तर्फ लाग्यो ।
संकल्पयात्राको टोली बिहीबार साँझ कास्की आएको हो । कास्कीको नयाँपुल, नौडाँडा हुँदै हेम्जामा आएपछि अध्यक्ष ओलीले बिहीबार बेलुका सम्बोधन गरेका थिए ।
पोखरा बसाइँका क्रममा ओलीले विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट र छलफल समेत गरेको एमाले कास्कीले जनाएको छ ।
रुसी सेनामा आबद्ध ६ नेपाली मारिएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि!
काठमाडौँ, १८ मंसिर ।परराष्ट्र मन्त्रालयले रुसी सेनामा आबद्ध ६ जना नेपालीको मुत्यु भएको पुष्टि गरेको छ ।
पराराष्ट्र मन्त्रालयका अनुसार स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, मेलुङ गाँउपालिका–६, दोलखाका राजकुमार कार्की, बाणगंगा–१, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको हो ।
सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको छ । यसैगरी मन्त्रालयले मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ ।
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न !
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागिा रेडियो सराङ्गकोट, सङ्गै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ ।
साधारण सभाको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई स्ंस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन , जगेडाकोष बृद्दि सङ्गै सदस्यहरुले मेरो सहकारी भन्ने भावनाको विकास गराउनुपर्ने बताए समाजको विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा राखेर नहेरी राम्रोलाई राम्रो हो भन्न सक्ने सहकारी बन्नुपर्ने बताए । वार्षिक साधारणले अध्यक्ष कृष्ण थापा, सचिव कुल प्रसाद सुवेदी, कोषध्क्ष राममणी पौडेल, कर्जा संयोजक रमेश कुमार थापा, लेखा संयोजक शिव बहादुर बानियाँ, असुली संयोजक माया कुमारी शर्मा व्यवस्थापक सुरेन्द्र थापा द्घारा प्रस्तुत प्रतिवेदनहरुलाई पारित गरेको छ । संस्थाको हाल शेयर पुँजी ७ करोड पन्ध्र लाख बचत ४५ करोड, ७४ लाख , कर्जा लगानी ५३ करोड ६२ लाख रहेकोमा यस वर्ष सम्पूर्ण तर्फ १० कारोड बृद्दि गर्ने योजना रहेको अध्यक्ष कृष्ण थापाले बताए ।
कार्यक्रममा जेष्ट सदस्य पूर्ण बहादुर ढकाल क्षेत्री लगाएत उत्कृष्ट कारोबार बचत गर्ने , सदस्य हरुको विविध क्षेत्रका उत्कृष्ट सहयोगीहरुलाई सम्मान गरीएको थियो । कर्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी , सल्लाहकार सोभियत बहादुर अधिकारी , रोहित राज बासतोला, दुर्गा बहादुर सुनार, इन्द्रकमल मानन्धर, कमलनयन गौतम सञ्चालक विकल पौडेल, तारा थापा पुर्व सञ्चालक रामचन्द्र थापा ,बहुउद्देश्यीय समितीका सदस्य गणेश बहादुर अधिकार ि, रेडियो सराङ्गकोटका निर्देशक चिन्तामणी बास्तोला सदस्य दामोदर शर्मा लगायतले आ–आफ्नो भनाई राखेका थिए सहकारी गएको वर्ष प्रदेशकै उत्कृष्ट सहकारी सम्मान सङ्गै समाजिक स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुमा सकृय रहदै आएको छ ।
आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि !
आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाध
पोखरा । विभागिय टोली नेपाल आर्मीलाई ११ रनले हराउँदै ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको फाइनलमा खेलमा मधेशलाई जिताउन हरिशंकर शाहले महत्वपूर्ण भूमिका निर्वाह गरे । जवाफी १३६ रन पछ्याएको नेपाल आर्मी १२४ रन मात्रै बनाउन सकेको हो । आर्मीलाई पराजित गर्न हरिशंकरले ४ महत्वपूर्ण विकेट हात पारे । मधेशका कप्तान समेत रहेका हरिशंकरले आफ्नो चार ओभरको वलिङमा १९ रन खर्चिएर आर्मीका ओपनर विनोद भण्डारी, वाशिर अहमद, कुशल मल्ल र राजेश पुलामीलाई आउट गरे । उनी म्यान अफ दि म्याच समेत घोषित भए ।
उपाधि संगै मधेश प्रदेशले नगद रु ५ लाख रुपैयाँको साथमा ट्रफी हात पारेको छ भने नेपाल आर्मीले उपविजेता हुँदै नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि मधेश प्रदेशका हरिशंकर शाह भए । उनले नगद ३० हजार हात पारे । प्रतियोगितामा वेष्ट बलर कुल १० विकेट लिएका सन्दिप लामिछाने र वेष्ट व्याटरको उपाधि रित गौतम हुन सफल भए । उनले कुल १७० रन बनाएका थिए । उनीहरु दुवै जनाले जनही नगद २०–२० हजार प्राप्त गरे ।
जितका लागि १३६ रन पछ्याउने क्रममा नेपाल आर्मीका लागि ओपनर सन्तोष कार्की १३ बलको सामना गर्दै तिन चौका प्रहार गर्दै १६ रन जोडे । उनलाई प्रदिप पासवानलाई पेभिलिएन फर्काए । कप्तान विनोद भण्डारी सम्हालिएर खेल्ने प्रयास गर्दै ३० बलमा ३२ रन बनाए । उनले ५ चौका समेत हाने । ५ रन बनाएका रोहित पौडेल प्रतिक यादवको बलमा आउट भए । प्रदिप पासवानको बलमा आउट भएका भिम सार्कीले २२ र बाशिर अहमदले २ रन बनाउँदा कुशल मल्ल डक आउट भए । राजेश पुलामीले ३ रन बनाए । अन्तिम विकेटका लागि सोमपाल कामी र विवेक यादवले पारी सम्हाल्ने प्रयास गरे पनि मधेशले त्यो सफल हुन दिएन । विवेकले २५ र सोमपालले १६ रनको योदान दिंदै नट आउट रहे ।
प्रतियोगितामा टस जितेर ओपनिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३५ रन बनाएको हो । मधेशका लागि सातौं विकेटका लागि क्रिजमा छिरेका विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४९ रनको व्यक्तिगत योगदान दिए । ओपनर तथा टिम क्प्तान हरिशंकर शाहले २१ बलमा ३ चौका र २ छक्काको मद्धतले २७ रन बनाउँदै विवेक यादवको बलमा क्याच आउट हुँदै पेभिलियन फर्किए ।
त्यस्तै अकौ ओपनर अनिल शाह एक छक्का प्रहार गरे पनि सोमपाल कामीको धरापमा परे । इमरान खान शाहव आलमको वलमा आउट भए । उनले ८ रनको योगदान दिंदा ३ रन बनाएका मयन यादव समेत शाहवकै बलमा बोल्ड भए । ९ रन बनाएका पवन सराफ विवेक यादवको बलमा आउट भए । १४ रन जोडेका हिमासुं दत वसिर अहमदको बलमा बोल्ड हुँदा १० रनको व्यक्तिगत योगादन दिएका विशाल शुसलिङ विवेक यादवको बलमा बोल्ड हुन पुगे । रुपेश सिंह यादवकै बलमा डक आउट हुँदै पेभिलियन फर्किए । प्रदिप पासवनले ४ रन बनाए ।
गत मंसिर ७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रममा विजेता टिम तथा खेलाडीहरुलाई पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नगद तथा ट्रफी वितरण गरेका थिए । समापन कार्यक्रम एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको थियो ।
श्री कृष्ण मा बि पोखरा ७ मासबार को बन भोज कार्यक्रम भब्य रुपमा सम्पन्न !
- पोखरा ,
आज मिति २०८०/०८/१५ गते श्री कृष्ण मा बि मासबार पोखरा ७ को बन भोज कार्यक्रम सम्पन्न भएको छ ।

प्रध्यानाध्यापक श्री टीकाराम लामिछाने को नेतृत्व मा गएको थिए।
कार्यक्रम मा वडा अध्यक्ष पोखरा ७ का अभिभावक श्री राम मोहन आचार्य सहित को उपस्थिति रहि स साना भाइ बहिनी हरु सङै नाचेर मनोरञ्जन गरि एकदम खुशी बेक्त गर्नुभएको थियो।

उक्त कार्यक्रम सम्योजक शिक्षक भुवानी प्रसाद अधिकारी , सह सम्योजक यशोधा आचार्य रहनुभएको थियो ।
्
कक्षा ६ देखि १० सम्म का सम्पुर्ण बिद्यालय परिवार सहित १६० जना को संख्या मा पोखरा २१ कृस्ती गएको कुरा बिद्यालय का लेखापाल किशान भण्डारी ले बिश्व पाटि लाई बताए । साथै बिध्यार्थी हरु निकै खुशी, उमंग रहेको कुरा बिध्यार्थी सुमन खत्री ले बताए।

,
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा