२०८३ जेष्ठ २६ मंगलवार

ओएनएफ तास्मानियाद्वारा कवि नवराजको कविता कन्सर्ट आयोजना ।

ओएनएफ तास्मानियाद्वारा कवि नवराजको कविता कन्सर्ट आयोजना ।

सिडनी, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया, तास्मानिया राज्य कमिटीको आयोजनामा नवराज पराजुलीको कविता कन्सर्ट नामक कार्यक्रमको आयोजना हुने भएको छ ।

युवा पुस्ताहरू माझ अति लोकप्रिय कवि नवराज पराजुलीले होबार्टमा उक्त कार्यक्रम मार्फत आफ्नो प्रस्तुति दिने छन । होबार्टको एमकट अर्थात् मोनाहामा आयोजना हुन लागेको उक्त कार्यक्रम २७ अक्टोबर बेलुकी ५:३० बजे बाट सुरु हुने बताईएको छ । उक्त कार्यक्रममा १०+ वर्षको उमेर समूहलाई मात्र प्रवेश गराईने र प्रति टिकट २० डलर मात्र रहेको छ ।

कार्यक्रम साहित्यमा रुचि राख्ने आम मानिसहरूको सम्बोधन हुने भएकोले कार्यक्रम आयोजना गरीएको संस्थाका अध्यक्ष मुगेंन गौतमले बिश्वपाटीलाई बताए साथै सम्पूर्णमा साथ, सहयोग र कार्यक्रम सफल पार्नका निम्ति सामाजिक अभियन्ता, नेपाली भाषी सम्पूर्णमा उपस्थितिको लागी अनुरोध समेत गरेका छन यो केवल कार्यक्रम मात्र नभई सिंगो नेपाली भाषीहरूको लागी एउटा संस्कृति जगेर्ना गर्ने कार्यक्रम समेत रहेको बताए ।

कार्यक्रमको प्रायोजन ग्लोबल मिट एजुकेशन एण्ड भिजा, लेण्ड एण्ड लिज रियालिटी, क्युब मोर्गेज सर्भिसेज, एपिबि पार्टनर्स (एकाउण्टेण्ट्स एण्ड बिजीनेस एडभाईजर्स), त्यस्तै कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज तास्मानिया च्याप्टर सहयोगी संस्थाको रुपमा रहेको छ भने नेपाली सोसाइटी अफ तास्मानिया, तास्मानिया नेपलिज क्रिकेट एसोशियसन, रोटरी क्लब अफ हौराह कम्युनिटी पार्टनर रहेको छन भने मिडिया पार्टनर्समा बिश्वपाटी रहेको छ ।

कार्यक्रममा टिकट बुकिंगको लागी संस्थाका अध्यक्ष मुगेन गौतम र संयोजक आकाश पौडेल संग सम्पर्क गर्नुपर्ने बताईएको छ ।

आज दसैँको नवौं दिन महानवमी, सिद्धिदात्री देवीको पूजा गरिँदै !!

आज दसैँको नवौं दिन महानवमी, सिद्धिदात्री देवीको पूजा गरिँदै

महानवमीका अवसरमा आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूलालगायतको बलि दिएर नरिवल चढाउँछन् । पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ । नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा अनुष्ठान गरी मनाइन्छ । नवमीमा धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको हो । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौं देवी हुन् ।देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मानिस कष्ट वा संकटबाट सजिलैसँग छुट्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । -RSS

फेसबुकमा लुकाएको फ्रेण्ड लिस्ट कसरी हेर्ने ?

फेसबुकमा लुकाएको फ्रेण्ड लिस्ट कसरी हेर्ने ?

सोसल मिडियामा फेसबुक एउटा यस्तो प्लेटर्फम बनेको छ जहाँ हरेक जो कोही एक अर्कोसँग जोडिएको हुन्छ ।

कतिपय फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा रहेका फेसबुक फ्रेण्डको सूचिलाई लुकाउने वा हाइड गर्ने गर्दछन् । ता की उसका को को र कति साथी छन् भन्ने कुरा अरुले नदेखुन् ।

यसरी हाइड गरेपछि म्युचुअल फ्रेण्ड बाहेक अन्यको सूचि अरुले देख्न पाउँदैनथे । तर फेसबुकमा अरुले नदेखून् भनेर यसरी लुकाइएका साथीका सूचि गोप्य राख्न भने नसकिने भएको छ ।

किनकी यसरी तपाइँले हाइड गरेको फ्रेण्डलिष्ट तपाइँको फेसबुके साथीले सजिलैसँग हेर्न सक्दछ, यदि जुक्ति लगाउनेहो भने ।

तपाइँको कुनै फेसबुके साथीले यदि फ्रेण्ड लिष्ट हाइड गरेको छ र उसका फेसबुकमा को को साथी छन् भनी सबैको सूचि हेर्न चाहनुहुन्छ भने यसो गर्नुस्ः

. सबैभन्दा पहिले गुगल क्रोम ब्राउजरमा फेसबुक फ्रेण्ड म्यापर एक्सटेन्सन इन्स्टल गर्नुहोस् ।

· सोही ब्राउजरमा फेसबुक अकाउन्ट लगइन गर्नुहोस् । तपाइँले जुन साथीको फ्रेण्ड लिष्ट हेर्न चाहनुहुन्छ उसैको फेसबुक आइडी सर्च गरी वालमा जानुहोस् ।

· फेसबुक वालमा रहेको फ्रेण्डस नामक अप्सनमा क्लिक गनुहोस् ।

· त्यसपछि त्यहाँ एउटा reveal friends नामक अप्सन आउनेछ । तपाइँको क्रोम ब्राउजरमा फेसबुक फ्रेण्ड म्यापर एक्सटेन्सन भएमात्र यो अप्सन देखा पर्नेछ ।

· उक्त अप्सनमा क्लिक गरेसँगै लुकाइएका फेसबुके साथीको सूचि स्क्यान सुरु हुन्छ ।

· स्क्यानिंग पूरा भएसँगै तपाइँले आफ्नो फेसबुके साथीले हाइड गरेको फ्रेण्ड लिष्ट देख्न सक्नुहुन्छ ।

रुपन्देही सामाजिक संञ्जालको शुभकामना कार्यक्रम सम्पन्न ।

रुपन्देही सामाजिक संञ्जाल RSNA को शुभकामना कार्यक्रम सम्पन्न ।

सिडनी, अष्ट्रेलिया । रुपन्देहि सामाजिक संञ्जाल (RSNA) अष्ट्रेलियाको आयोजनमा विजयादशमि, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा वरिष्ठ लोक गायक, साहित्यिक सर्जक एवं पत्रकार रामप्रसाद खनाल सँग साक्षरता गदै एक कार्यक्रमका विच अष्ट्रेलियाको न्यू साउथ वेल्सको रकडेलमा कार्यक्रम सम्पन्न भएको छ |

मातृभूमिबाट टाढा भएपनि हाम्रो परम्परा चाड पर्व संस्कृतिको संरक्षण गर्दै एक आपसमा भाईचारा तथा भातृत्वलाई कायम गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष मुक्तिराम पोखरेलले विश्वपाटि सँगको कुराकानिमा बताए । सांस्कृत्तिक तथा साहित्यिक कोर्डिनटर सुचना पाण्डेले संञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षता वरिष्ठ लोक गाएक, सर्जक एवं पत्रकार राम प्रसाद खनालको प्रमुख आथित्यतामा भएको सो कार्यक्रममा नेपालिपन, सांस्कृत्तिक जगेर्ना तथा संरक्षणको आयाम थप्ने गित संगित तथा नृत्य मार्फत RSNA का महिला संयोजक सृजना खड्का गैरे, बाल गायन आयुषि पोखरेल र आरोहि पोखरेलले आफ्नो प्रस्तुति मार्फत उपस्थित महानुभावहरुलाई मनोरन्जन प्रदान गराएका थिए |

कार्यक्रममै प्रमुख अतिथि राम प्रसाद खनालले आफ्नो मन्तव्य व्यक्त गर्दै विश्वको जुन सुकै कुनामा रहेपनि बिभिन्न विचार, बाहानमा आस्था, धर्म, विचारमा विभाजित हुन्छयौ त्यो नभई हामी नेपाली हौ भन्ने भावनालाई कहिल्यै भुल्नु हुदैन एकता, भाईचारा ठुलो कुरा हो भन्दै सञ्जाल ८ वर्षमा गरेको कामको सरहना गर्दै आफ्नो कला तथा गलाको माध्यमबाट गित संगितका साथ कार्यक्रममा मनोरन्जन प्रदान गराउनु भएको थियो भने कार्यक्रममा अतिथिहरुले क्रमश शुभकामना व्यक्त गर्नुभएको थियो जसमा क्रमश वरिष्ठ समाजसेवि तथा समस्त नेपालिका अभिभावक डा नारायण प्रधान, फ्रेन्काका उपाध्यक्ष डा० मधुसुदन पुडासैनि, गुल्मी समाजका अध्यक्ष कमला वस्नेत, RSNA का पूर्व सल्लाहाकार एवं समाजसेवि रामजी विष्ट, प्रध्यापक संघका निवर्तमान अध्यक्ष प्रध्यापक गोपाल पाण्डे, संस्थाका संरक्षक हरु क्रमश संस्थापक अध्यक्ष राज खनाल , संरक्षक कृष्ण गैरे, ईश्वर पोखरेल लगायतले संस्था स्थापनाकाल देखि संस्थाले गरेका मानविय तथा परोपकारी कार्यको सराहना गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो साथै कार्यक्रमलाई सफलता उन्मुख बनाई परम्परागत चाडपर्व तथा रितिरिवाजको संरक्षणमा आयाम थपियोस भनेर विभिन्न व्यवसायिक संस्थाहरु क्रमश एक्सफोर्ड एण्ड भिसा सर्मिसेस, किङ्सफोर्ड इन्टरनेशल इच्चियूट, इन्द्रेगी ग्रुप, लेन्ड एण्ड लिज रियल्टी साउथ बेष्ट, श्रेष्ठ होम लोन,न्यू पोखरा ज्वलर्स, आर के पेस्ट कन्टोल एवं रिमुभल सर्मिसेस, प्रोपर्टी पल्स लगायतका संस्थाले सहकार्य एवं समन्वय गरेका थिए भने कार्यक्रममा संस्थाका सल्लाहाकार, कार्समितिका पदाधिकारी सदस्य ज्यूहरु, संगित तथा कला प्रेमिहरु ,नेपाल तथा अष्ट्रेलियामा रहनु भएका अभिभावक समुदायका अगुवा तथा सहयोगि संस्थाका प्रतिनिधि ज्यूहरुको उत्साहजनक उपस्थिती रहेको थियो |

एनआरएनएको अध्यक्षमा चार जना उम्मेदवार !!

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ।
मंगलबारबाट हुने निर्वाचनमा अध्यक्ष पदका लागि रुसका डा. बद्री केसी, जापानका महेश कुमार श्रेष्ठ, अमेरिकाकी रविना थापा र कतारका राजेन्द्र कुमार श्रेष्ठले उम्मेदावरी दर्ता गराएका हुन्।  तीन जनाले हिजो उम्मेदवारी दर्ता गरेका थिए भने आज रविना थापाले दर्ता गरिन् ।

६ जना उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षमा क्यानडाका चिरञ्जवी घिमिरे, अष्टे«लियाका धर्मराज अधिकारी र अभिमानसिंह बस्नेत, जर्मनीका विजय मोक्तान लगायत १८ जना छन् । एक महिला उपाध्यक्षका लागि बेलायतकी रोजिना प्रधान राई र साउदी अरेवियाकी यास्मिन बेगम सायद प्रतिस्पर्धा गर्दैछन्।

१ युवा उपाध्यक्षमा कतारका अब्दुल बासिद र जाम्बियाका रोशन थापाले उम्मेदवारी दर्ता गराएका छन्। महासचिवका लागि बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ। २ उपमहासचिवका लागि ५ जनाको उम्मेदवारी छ।

६ सचिवमा १५ जनाको उम्मेदवारी छ। १ महिला सचिवका लागि क्यानेडाकी बिमला सापकोटा र हङकङकी राधिका गुरुङ प्रतिस्पर्धी बनेका छन्। कोषाध्यक्ष पदकोलागि जापानका सुदन के थापा र यूएईका ठाकुर प्रदाद ढुंगाना भिड्दैछन्।

३ सह कोषध्यक्षकोलागि ६ जना उम्मेदवार बनेका छन्। १ महिला सह कोषाध्यक्षमा अमृता थापा र त्रिशा शर्मा छन्। महिला संयोजकमा अनुजा प्रधान र देवकी खत्री गुरुङ छन्।युवा संयोजकमा रविन अधिकारी र सुपेन्द्र घिसिङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

ओएनएफ तास्मानियाद्वारा हाईक फर मेण्टल हेल्थ सम्पन्न ।

सिडनी, अष्ट्रेलिया । ओएनएफ तास्मानियाद्वारा “हाईक फर मेण्टल हेल्थ” कार्यक्रम सम्पन्न ।

प्रवासी नेपाली मञ्च, अष्ट्रेलियाको तास्मानिया राज्य कमिटीद्वारा मानसिक स्वास्थ्य सम्बन्धी बिशेष कार्यक्रम अनुरूप हाईकिंग सम्पन्न गरेको छ ।

“हाईक फर मेण्टल हेल्थ” नाम गरीएको उक्त कार्यक्रम द स्प्रींग देखी माउण्ट वेलिंगटन सम्मको करीब दुई घण्टाको पदयात्रा पश्चात समापन कार्यक्रम गरी सम्पन्न भएको थियो ।

कार्यक्रममा १५ जना पदयात्रीको सहभागिता रहेको थियो । पदयात्राको क्रममा भीषण वर्षात, हावाहुरी साथै बाक्लो हिऊँ समेत परेको बताईएको छ । कार्यक्रमलाई तास्मानियामा लामो समय देखी घर, गाड़ी किन्ने लगायत बिभिन्न ऋण लिन सहयोग गर्ने क्युब मोर्गेज सर्भीसेसले प्रायोजन गरेको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलिया, तास्मानिया राज्य कमिटीका इंचार्ज सुजन लामिछाने, प्रवासी नेपाली युवा मञ्च अष्ट्रेलियाका महासचिव अनिल खड़का, नेपाल देखी आउनुभएका अभिभावक, युवाहरू लगायतको उपस्थिति रहेको थियो । प्रवासी नेपाली मञ्च तास्मानिया राज्य कमिटीका सदस्य ईश्वरी पौडेल “आकाश” को संयोजकत्वमा पदयात्रा कार्यक्रम सम्पन्न भएको थियो ।

तास्मानिया राज्य कमिटीले बिगतमा समेत नेपाली समुदायको निम्ति बिभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

मानसिक स्वास्थ्य महत्वपूर्ण कुरा रहेको र बिशेष गरी प्रवास जीवनमा व्यस्त समय पढ़ाई, काम, परिवार लगायतको अनेक समस्याका बाबजुद आफुलाई मानसिक रूपमा बलियो बनाऊनका निमित्त आग्रह समेत गरेका छन संगै आगामी दिनमा समेत नेपाली समुदायको हित र आवश्यकता अनुसार कार्यक्रमहरू मार्फत जोड़िने कुरा कमिटीका अध्यक्ष मुगेन गौतमले बिश्वपाटीलाई बताए ।

नेपाली सोसाइटी अफ तास्मानियाद्वारा दशै बिशेष कार्यक्रम गर्ने ।

सिडनी, अष्ट्रेलिया । नेपाली सोसाइटी अफ तास्मानियाद्वारा दशै बिशेष कार्यक्रम गर्ने ।

अष्ट्रेलियाको तास्मानिया राज्यमा बिगत लामो समय देखी नेपाली समुदाय माझ सामाजिक कार्यमा अग्रणी रहेको संस्था नेपाली सोसाइटी अफ तास्मानियाले दशै बिशेष कार्यक्रम-२०८० गर्ने भएको छ ।

उक्त कार्यक्रममा नवदुर्गा भवानीको पुजा, चंगा उड़ाउने, बिंगो, सांस्कृतिक प्रदशन, संगीत-नृत्य लगायत बिभिन्न दशै बिशेष कार्यक्रमहरू आयोजना गरीने भएको छ ।

अनट्राक तास्मानियाको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा तास्मानिया प्राइम मिट, बुद्ध एशियन ग्रोसरी, मुनलाईट सुपरमार्केट, पिएस ज्वएलरी, श्री गणपति ज्वएलरीको प्रायोजन रहेको छ भने तास्मानियामा रहेका बिभिन्न सामाजिक संघ संस्थाहरूको सहयोग रहने बताईएको छ ।

कार्यक्रममा चंगा उड़ाऊनको निम्ति लट्टाई आयोजकले व्यवस्था गर्ने छन भने बिंगो बिजेतालाई सिंगो खसी उपहार समेत रहेको छ संगै बिभिन्न उपहारहरू रहेको छ ।

कार्यक्रम यही आऊदो २२ अक्टोबर का दिन दिउसो १२ बजे देखी बेलुकी ५ बजे सम्म रहनेछ । कार्यक्रम ग्लेनोर्कीमा अवस्थित टोलोसा पार्कमा आयोजना गरीने बताईएको छ ।

कार्यक्रम मार्फत नेपाली समुदाय बिच आफ्नो संस्कार, चाड्पर्व, धर्म, संस्कृति, भाषा साथै प्रवासमा रहने नेपालीहरू बिचको भाईचारा र आपसी भेटघाट मार्फत एकजुट बनाउने र हुने उद्देश्य रहेको संस्थाका अध्यक्ष एवं समाजसेवी संसार राजले बिश्वपाटीलाई बताए । साथै यस कार्यक्रममा सहयोग गर्ने समस्त मुख्य प्रायोजक, प्रायोजकहरू, सामाजिक संस्था एवं पत्रकार सम्पूर्णमा धन्यवाद सहित समस्त तास्मानिया बासी नेपालीहरूमा उपस्थितिका निम्ति अनुरोध समेत गरेका छन ।

 

इजरायल प्यालेस्टाइन युद्ध भुमि बाट बचेर सुरज भण्डारी शकुशल पोखरा प्रस्थान !!

इजरायल प्यालेस्टाइन युद्ध भुमि बाट बचेर स्वदेश फिर्ता आउनुभएका विद्यार्थी भाइ सुरज भण्डारीको घर , अन्नपूर्ण -२ सेराचौरमा भाइ सँग भेटघाटमा सम्माननीय राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना ज्यु, गण्डकी प्रदेश सभा माननीय भक्त कुवँर ज्यु , अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसी ज्यु लगाएत सहित ।
( २०८० असोज २७ गते बिहान ७:०० बजे)

आजदेखि बडादसैँ सुरु, बिहान ११:२९ मा घटस्थापनाको उत्तम साइत !

 

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ ।

 

यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाद्वारा समबेदना प्रकट ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाद्वारा मृतकहरू प्रति समबेदना प्रकट ।

सिडनी, अष्ट्रेलिया । नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले इजरायलमा जारी युद्धका कारण मृत्यु हुन पुगेका नेपाली बिध्यार्थी तथा समस्त मृतकहरू प्रति भावपूर्ण समबेदना प्रकट गरेको छ ।

मञ्चका अध्यक्ष केशब जोशीद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा मृतक प्रति समबेदना सहित घाइतेहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै त्यस क्षेत्रमा फसेका, अपहरणमा परेकाहरू लाई उद्धारका निम्ति नेपाल सरकार समक्ष जोड़दार माग समेत गरेको छ ।

मञ्चका सचिव प्रकाश पन्थीले दिएको जानकारी अनुसार प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीद्वारा १० लाख आर्थिक सहयोग घोषणा गर्ने निर्णयलाई स्वागत सहित श्रदांजलि अर्पण गर्दै शोकाकुल परिवार जनमा धैर्य गर्ने शक्तिको कामना गरेका छन ।

 

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय