रुपा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. को २०औं साधारण सभा एवं आठौं अधिवेशन बाट गणेश बहादुर खत्री अध्यक्षमा चयन !#
पोखरा महानगरपालिका वडा नंं- ३०, गगनगौँडामा रहेको रुपा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. को २०औं साधारण सभा एवं आठौं अधिवेशन प्रदेश सभा सदस्य श्री सरस्वती गुरुङ ज्यूको प्रमुख आतिथ्यता एवं संस्थाको अध्यक्ष श्री राजु खत्री ज्यूको अध्यक्षतामा यहि मिति- २०८०/०७/१८ गते शनिबारको दिन शेयर सदस्यहरुको उपस्थितिमा भब्यताका साथ सम्पन्न भएको छ । उक्त सभाले आगामी ३ वर्षका लागी श्री गणेश बहादुर थापा खत्रीको अध्यक्षतामा ११ सदस्यीय संचालक समितिको चयन गरेको छ । अधिवक्ता श्री हरि प्रसाद पण्डीत संयोजक एवं सदस्य श्री घनश्याम रेग्मी र श्री अनिल के.सी. रहेको ३ सदस्यीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो । निर्विरोध निर्वाचित सञ्चालक समिति निम्न अनुसार रहेको छ ।
अध्यक्ष – श्री गणेश बहादुर थापा खत्री
उपाध्यक्ष – श्री विध्येश्वोरी शाही
सचिव – श्री शम्भु गुरुङ
सह-सचिव – श्री अञ्जली पण्डीत
कोषाध्यक्ष – श्री जयराम श्रेष्ठ
सदस्य – श्री मेनुका अधिकारी नेपाल
सदस्य – श्री कमल थापा
सदस्य – श्री सीता थापा
सदस्य – श्री कृष्ण बहादुर गुरुङ
सदस्य – श्री नवराज सुनार
सदस्य – श्री रामचन्द्र रिमाल
लेखा सुपरिवेक्षण समिति संयोजक – श्री भोजराज खनाल
” ” ” सदस्य – श्री कमल सुवेदी
” ” ” सदस्य – श्री मदनराज पगेनी
बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ !!
बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ
कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मुख्य योजनाकार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-६ मदर्शा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, सोही उपमहानगरपालिका-९ रामपुर बस्ने २६ वर्षीय रियाज अंसारी, भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटी बस्ने २३ वर्षीय चन्दन कुमार र भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाँउ बहार्वाकाला-१२ बस्ने २३ वर्षीय अभिनव कुमार राजपुत रहेका छन् ।
मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको नारायणी मेडिसिटि बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो भने घटनास्थलबाट ४ थान गोलीको खोका बरामद भएको थियो ।
उनीहरूमध्ये राधा गुप्ता मुख्य योजनाकार र सूचना आदानप्रदान गर्ने, जामिल अख्तर र रियाज अंसारी सहयोगी तथा चन्दन कुमार र अभिनव कुमार राजपुत सुटर ग्याङको सदस्य रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै विवाहेत्तर प्रेम सम्बन्ध एवम् रिसइवीको कारण उक्त घटना भएको समेत खुल्न आएको छ ।
साथै भारत मोतिहारी दर्पा थाना-१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी गोली प्रहार गर्न संलग्न रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
माधव नेपाललाई फेरी अर्को झड्का,केन्द्रीय सल्लाहकार गुरुङ सहित ८४ जना एमालेमा प्रवेश !!
पोखरा,१३ कात्तिक । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी छाड्ने क्रम निरन्तर चलिरहेको छ । यसैक्रममा नेकपा एसका केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गर्नुभएको छ।
एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो।
सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८४ जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पोखरा, १२ कात्तिक
पोखरामा रगत अभाव भएको छ । विरामीको अप्रेसन र रगत कम भएकाहरुका लागि आवश्यकपर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको बताए । उनले कात्तिक १० र ११ गते रक्तदान कार्यक्रम भएपनि जम्मा ५० युनिट मात्र संकलन भएको बताए । रगत अभावलाई कम गर्न अभिभावक गृहले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अभिभावक गृहले पोखरा ५ जिरो किलोमिटरमा सोमबार विहान साढे ७ बजे रक्तदान कार्यक्रम राखेको गृहका अध्यक्ष देबेन्द्र सुबेदीले जानकारी दिए । उनले रक्तदान जीवनदान भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको बताए
अन्तर्राष्ट्रिय पोखरा विमानस्थलमा अख्तियारको छापा !!
पोखरा, १३ कात्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
निर्माणमा कमसल काम गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा आएर निमार्ण चरणका कागजहरु र लेखाका कागजहरु अनुसन्धान गरेको हो ।
आयोगको टोलीले घटस्थापना अघि छापा मारिरेको थियो । गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटा भन्दा बढि उजुरी अख्तियारमा परेरे पछि छापा मारेको अख्तियार स्रोतले जनाएको छ ।
अख्तियारले विमानस्थलको निमार्ण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ । अख्तियार आयोजनामा बेनामे उजुरी परेपछि अख्तियारको टोली पोखरा आएको थियो । वर्षा याममा विभिन्न भवनमा पानी चुहिएपछि मर्म समेत भएको थियो ।
विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले अख्तियारको टोली पोखराका आएर फाइल हेरेको पुष्टि गरे । अख्तियारले यहाँबाट फाइल भने नलगेको उनले बताए । उनले विमानस्थलको कामको गुणस्तरमा कुनै समस्या नरहेको उनले दाबी गरे ।
विमानस्थल अंग्रेजी नयाँ वर्षदेखि उदघाटन भएर सञ्चालनमा आइसकेको छ । तर अहिलेसम्म सम्झौता अनुसारको सबै काम सकिएको छैन ।
पोखरा पुम्दिकोट जाने बाटो मा नगरबस दुर्घटना, ११ जना घाइते ३ को अवस्था गम्भीर !!
पोखरा, १२ कात्तिक/ पोखरा २२ पुम्दीभुम्दी तर्फ जादै गरेको नगरबस दुर्घटना भएको छ । पोखरा १७ छोरेपाटनबाट पोखरा २२ पुम्दीभुम्दी तर्फ जाँदै गरेको बस घैयाखेतमा दुर्घटना भएको हो ।
बसमा सवार ३० जना यात्रु मध्य ११ जना घाइते भएका छन् । घाइते तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भएको छ ।
पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ब्रेक नलागि ब्याक भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।
पोखरा यातायात प्रालिको बस शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म जादै थियो । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।
सहपाठी गौतमको जन्मदिन मनाउदै , डेफोडिल्स २०७० को पुर्नमिलन कार्यक्रम सम्पन्न !
सहपाठी गौतमको जन्मदिन मनाउदै , डेफोडिल्स २०७० को पुर्नमिलन कार्यक्रम सम्पन्
पोखरा ।
लिटिल डेफोडिल्स बोर्डिङ स्कुलबाट २०७० सालमा एसएलसी दिएका साहपाठीहरु दश वर्ष पछि पुनःमिलन कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।
भेटघाटसँगै साथी सुस्मिता गौतमको २५ औँ जन्मोत्सव पनि सँगै मनाएका हुन्।

दश वर्ष पछि भेटघाट हुदा खुसि भएका उनिहरु एकर्का सँग आआफ्नो पेशा व्यवसाय, विगतका तितामिठा कुराका बारेमा भलाकुसारी गरेका थिए । दश वर्ष पछि भएको भेटमा सबै साहपाठीहरु भेला हुन नसके पनि संभव भए जति जुटेका थिए । सहपाठी गौतमलाई जन्मदिनको शुभकामना दिदै , फेरि भेट्ने बाचाका साथ उनीहरु अमिलो मन गर्दै आ-आफ्नो नियमित काममा फर्केका छन् ।
नियमित २० सहित कुल २१ जना ले २०७० सालमा डेफोडिल्स् स्कुलबाट एसएलसि परिक्षामा सहभागि भएका थिए । इन्जिनियरिङ् , व्यवस्थापन , फार्मेसि, पत्रकारिता, विज्ञान लगायतका विषयमा स्नातकोत्तर तह सम्मको अध्ययनको क्रममा रहेका उनिहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो कार्य दक्षता प्रस्तुत गरि रहेका छन् ।
शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै !!
शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्द
काठमाडौँ ।
आश्विन शुक्ल पूर्णिमा अर्थात् कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । शनिबार राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने ज्योतिष पंडित बेदनिधी तिमिल्सिनाले जानकारी दिए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।
ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको तिमिल्सिनाले बताए।
चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको तिमिल्सिनाले बताए । दिउँसो ४:१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता रहेको छ।
गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।
ग्रहणमा के गर्नु हुन्छ? के गर्नु हुँदैन ?
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको तिमिल्सिना बताउँछन्।
ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।
निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।
अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् ज्योतिष पंडित तिमिल्सिनाले बताए। सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ ।
चन्द्रग्रहणमा जुन प्रहरमा ग्रहण लाग्दछ त्याे भन्दा तीन प्रहर अगाडि अर्थात ९ घण्टा अगाडि भाेजन गर्न धर्मशास्त्रले निशेध गरेकाे छ । ग्रहण बेला पकाएका अन्न भाेजनमा निशेध छ । ग्रहणकालमा संकलित घ्यूमा पकाए अन्न,तिल,कुश,दूध,दहि,माेहि भने शुद्ध नै मानिन्छ । ग्रहणकाे समयमा सांसारिक प्रपञ्चका अरू काम राेकेर ईश्वर प्रति ध्यान ,दान,पुण्य,पुजा पाठ आदि धार्मिक कृत्य गर्ने ।
ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने तिमिल्सिनाले बताए। ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ । याे ग्रहण काल मिथुन,कर्कट, वृश्चिक र कुम्भ राशिका व्यक्तिलाई शुभ र अरू राशिका व्यक्तिलाई अशुभ रहेकाे । याे साल संसार भर ४ वाटा ग्रहण देखिने छन् । जसमा ३ वटा सूर्य ग्रहण वैशाख ७,असाेज २७ र चैत्र २६ गते देखिने छन् तर नेपालमा भने कार्तिक ११ गतेकाे चन्द्र ग्रहण मात्रै देखिने छ ।
श्री विन्ध्येश्वरी युवा क्लब पोखरा १९ तल्लाकोट ठाँटीले २६ औ वार्षिक साधारण सभा भब्य रूपमा सम्पन्न !!
श्री विन्ध्येश्वरी युवा क्लब पोखरा १९ तल्लाकोट ठाँटीले २६ औ वार्षिक साधारण सभा एक भव्य कार्यक्रमका विच कोटमौला मन्दिर परिसरमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षतामा क्लवको अध्यक्ष श्री थमकुमार के.सोले गर्नु भएको थियो ।भने पोखरा मनपा वडा नं. १९ का जनप्रतिनिधि तथा पूर्व अध्यक्ष श्री विकास कुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।।

उक्त कार्यक्रममा क्लवले २६ औ बसन्त पार गरेको उपलक्ष्यमा संस्थाले रजत्जयन्ती मनाऊन मुल आयोजक समिति गठन गर्यो । थमकुमार केसीको संयोजकमा १५१ मूल आयोजक समिति गठन गरी विभिन्न उपसमिति गठन भएको छ ।क्लवले बिगतका वर्षमा झै यस वर्ष पनि महाशिवरात्रिको अबसरपारि विभिन्न खेलकुद कार्यक्रम गर्ने भएको छ सोही अवसरमा रजतजयन्ती मनाउन लागेको क्लबका अघ्यक्ष थम कुमार केसी ले जनाउनु भयो ।
सास्कृतिक, सामाजिक र रचनात्मक कार्यक्रम गर्दै आएको वलवले यस वर्ष बिबिघ कार्यक्रम सहित रजत जयन्ती मनाउन लागकोमा वडा सदस्य तथा क्लवका पूर्वका अध्यक्ष बिकास कुमार आचार्य बताऊनु भयो साथै युवाहरुले देस आमुल परिवर्तन गर्नका लागि जोस जागर स्वदेशमा नै लगानि गर्ने र उत्पादन जोडिनका निम्ति आवाहन गर्दै पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाऊनु भयो |
कार्यक्रम सन्चालन मिति २०८०फाल्गुन २२ गते उद्घाटन गरी २६ गते सम्म सन्चालन गरी चौथो दिन मा समापन गरिनेछ कार्यक्रमा अन्तर क्लब भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम , डोरी तान्ने , नृत्य प्रतियोगिता, लगायत अन्य प्रतियोगिता हुनेछन उक्त कार्य सन्चालन गर्नका लागि निम्ति विभिन्न उपसमिति गठन गरिएको छ ।
१) स्मारिका छुपाई उप समिति संयोजक गोविन्द प्र. आचार्य
२)सम्पादन मन्डल उपसमिति
संयोजक मिनराज ढुड्गाना
३) खोज तथा अनुसन्धान उपसमिति संयोजक बिकास कुमार आचार्य
४)आर्थिक संकलन उपसमिति संयोजक मान वहादुर के सी
५) विज्ञापन संकलन उपसमिति संयोजक भोज वहादुर केसी
६) खेल उपसमिति
संयोजक नारायण केसी
७) मन्च व्यवस्थापन उपसमिति संयोजक राजु केसी
साथै उक्त कार्यक्रममा शुभकामना मन्तव्य क्लबका पुर्ब अध्यक्षहरु कर्मश गोविन्द आचार्य, मिनराज, दुड्गाना ,शिव के.जी, होमनाथ बास्तोलाले बोल्नु भएको कार्यक्रममा स्वागत मन्तब्य क्लबका उपाध्यक्ष राम आचार्य ले गर्नु भयो भने सन्चालन सचिब दिेपेन्द् ढुड्गानाले गर्नुभएको थियो ।
ओएनएफ तास्मानियाद्वारा कविता कन्सर्ट सम्पन्न ।
ओएनएफ तास्मानियाद्वारा कविता कन्सर्ट सम्पन्न ।
नेपालीहरूको महान पर्व बिजयादशमीको अवसरमा शुभकामना आदान-प्रदान सहित कवि नवराज पराजुलीको कविता कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।
प्रवासी नेपाली मञ्च तास्मानिया राज्य कमिटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम होबार्ट, मोनाहाको एमकट हलमा सम्पन्न भएको थियो ।
कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष मुगेंन गौतम र संचालन संयोजक आकाश पौडेलले गरेका थिए ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च तास्मानियाका इंचार्ज सुजन लामीछाने, अनेसास तास्मानिया च्याप्टरका अध्यक्ष प्रकाश पन्थी, तास्मानिया नेपलीज क्रिकेट एसोशिएसनका अध्यक्ष कमल भण्डारी लगायत अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कवि नवराज पराजुलीले आफ्नो कविता मार्फत कन्सर्ट मा प्रस्तुति व्यक्त गरेका थिए । उनले तास्मानिया बासी समस्त नेपाली भाषीहरूलाई समेटन यो कार्यक्रम आयोजना गरेकोमा प्रवासी नेपाली मञ्चलाई धन्यवाद व्यक्त गरेका थिए साथै भाषा, साहित्य मार्फत नेपाली माझ जोडिन पाउदा खुशी व्यक्त समेत गरेका थिए ।
कार्यक्रममा बिभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ३५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रम करिव ३ घण्टा सम्म चलेको थियो । कार्यक्रममा साउण्ड सिस्टम डीजे बिक्की रहेका थिए ।
कार्यक्रममा अध्यक्ष मुगेंन गौतमले उपस्थित र सहयोगी समस्तहरूमा धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
