बदलावको आवाज होइन, कर्मको उदाहरण: NRNA ICC उम्मेदवार कार्की
एनआरएनए अष्ट्रेलियाको ICC सदस्य पदमा महेन्द्र कार्कीको उम्मेदवारी घोषणा — TEAM EKATA मार्फत सामाजिक रूपान्तरण र एकताको अभियान
मेलबर्न, अष्ट्रेलिया – जुलाई १७, २०२५
गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि हुने निर्वाचनमा TEAM EKATA को तर्फबाट महेन्द्र कार्कीले अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदको लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
बिगत तीन दशकभन्दा बढी समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका कार्की नेपाली समुदायमा सामाजिक उत्तरदायित्व, समावेशी नेतृत्व, र संस्थागत सुदृढीकरणका लागि निरन्तर क्रियाशील रहँदै आएका एक परिचित अनुहार हुन्। प्रत्यक्ष तथा परोक्ष रूपमा उनले नेपाली समुदायका लागि शिक्षा, समावेशीता, आपसी सहयोग, र नेतृत्व विकासजस्ता क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।
“संस्थागत रूपान्तरण: सामाजिक एकता, सबैको एनआरएनए हाम्रो प्रतिबद्धता”
TEAM EKATA ले अघि सारेको मूल नारालाई आत्मसात गर्दै महेन्द्र कार्कीले सामाजिक समावेशीता, पारदर्शी संस्था निर्माण, र NRNA को नीति-निर्माण प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गर्ने अठोट सार्वजनिक गरेका छन्।
उम्मेदवारी घोषणासँगै उनले अष्ट्रेलियामा बसोबास गरिरहेका सबै नेपाली अग्रज, दौंतरी, दाजुभाइ तथा दिदीबहिनीहरूसँग स्नेह, समर्थन र सद्भावका साथ आगामी जुलाई २६ मा हुने निर्वाचनमा आफ्नो पक्षमा मतदान गरिदिन हार्दिक अपिल गरेका छन्।
“हामी परिवर्तनको लागि अघि बढेका छौं” — TEAM EKATA
TEAM EKATA २०२५–२०२७ को नेतृत्वका लागि “For Change” को सन्देश बोकेर अगाडि बढेको समूह हो। उनीहरूले NRNA अष्ट्रेलियालाई अझ प्रभावशाली, जवाफदेही, र सबै समुदायको प्रतिनिधित्व गर्ने संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
महेन्द्र कार्की:
“हामी यहाँ हाम्रो समुदायको वास्तविक आवाजलाई प्रतिनिधित्व गर्न आएको हौं। TEAM EKATA को अभियान समर्पण, समावेशी नेतृत्व, पारदर्शिता, र संस्थाको विश्वसनीयता निर्माणमा केन्द्रित छ। हामी सबैको सहभागिता बिना बलियो एनआरएनए निर्माण सम्भव छैन।”
३० वर्षको अनुभव र सेवाको थुप्रो इतिहास
तीन दशकदेखिको अष्ट्रेलिया बसाइमा कार्कीले स्थानीय तथा राष्ट्रियस्तरका सामाजिक गतिविधिहरूमा नेतृत्वदायी भूमिका खेलेका छन्। नेपाली सांस्कृतिक कार्यक्रमदेखि लिएर आपतकालीन सहयोग, शिक्षा सम्बन्धी पहल, र युवा नेतृत्व विकाससम्मका विभिन्न कार्यक्रममार्फत उनले नेपाली समुदायलाई एकताबद्ध गर्दै आएको उल्लेख गरिएको छ।
NRNA अष्ट्रेलियामा नयाँ ऊर्जा र दृष्टिकोण ल्याउने प्रतिवद्धता
कार्कीको उम्मेदवारी एक नयाँ सोच, व्यवहारिक दृष्टिकोण, र समर्पित नेतृत्वका लागि आएको बताइएको छ। “हामी एकताबद्ध भएर अघि बढ्दा मात्र बलियो र सबल एनआरएनए सम्भव हुन्छ,” भन्ने TEAM EKATA को नारा नै उनको अभियानको मूल सन्देश हो।
भोट गर्ने मिति: जुलाई २६, २०२५
एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी २६ जुलाई २०२५ मा हुँदैछ। समुदायमा आफ्नो इमान्दार र निःस्वार्थ सेवाका कारण लोकप्रियता कमाएका महेन्द्र कार्कीले TEAM EKATA मार्फत आफ्नो उम्मेदवारीलाई दृढ आत्मविश्वासका साथ अघि सारेका छन्।
यथास्थितिको रक्षा होइन, रुपान्तरणको नेतृत्व, उपाध्यक्ष पदमा रमेश पौडेलको उम्मेदवारी
एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रमेश पौडेलको उम्मेदवारी घोषणा, पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धता
ब्रिजबेन, अष्ट्रेलिया – असार ३२, २०८२ — अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–६, खिल्जी रामकोटका स्थायी निवासी रमेश पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ। हाल ब्रिजबेनमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका पौडेल अष्ट्रेलियामा रहेका नेपाली समुदायको हितका लागि लामो समयदेखि सामाजिक नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आउनुभएको छ।
पौडेलले उम्मेदवारी घोषणा गर्दै संस्थाभित्र देखिएको अपारदर्शिता, गुटबन्दी र जवाफदेहीताको अभावलाई अन्त्य गर्दै एनआरएनएमा पारदर्शी, समावेशी र उत्तरदायी नेतृत्व स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो।
एनआरएनएको रूपान्तरणका लागि स्पष्ट दृष्टिकोण
उहाँले एनआरएनए अष्ट्रेलियाको वर्तमान अवस्था र भविष्यको दिशा सम्हाल्न दृढ निष्ठाका साथ प्रस्तुत गरेका दृष्टिकोणहरू यस्ता छन्:
विश्वास र एकता पुनःस्थापना: अपारदर्शी निर्णय प्रक्रियाको अन्त्य गर्दै जवाफदेहितालाई सुदृढ बनाउने।
समुदायमा सहभागिता र समावेशिता: महिला, युवा तथा कम प्रतिनिधित्व भएका समुदायहरूको सक्रिय सहभागितालाई प्रोत्साहित गर्ने।
वैश्विक सहकार्य र प्रभाव: एनआरएनए अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय तहमा प्रभावशाली बनाउँदै नेपाल सरकारसँग व्यावहारिक प्रवासीमैत्री नीतिको वकालत गर्ने।
ठोस नतिजामुखी पहलहरू: शिक्षा, सीप, रोजगारी, आप्रवासन सहायता तथा नेपालस्थित सम्पत्ति सुरक्षा र एनआरएन नागरिकताको सवालमा कार्ययोजना अघि बढाउने।
अनुभव, निष्कलंक इतिहास र नेतृत्वको प्रतिबद्धता
सन् २०११ देखि एनआरएन अभियानमा निरन्तर सक्रिय रहँदै आउनुभएका पौडेलले संगठनका विविध तहमा नेतृत्वदायी भूमिका सम्हाल्दै आउनुभएको छ। उहाँका प्रमुख जिम्मेवारीहरू यसप्रकार रहेका छन्:
सदस्य, मानार्थ परिषद् – NRNA ICC (२०२१–२०२३)
उम्मेदवार सदस्य, ICC – NRNA Global (२०१७–२०१९)
सह–संयोजक, NRNA क्विन्सल्यान्ड (२०११–२०१३)
NCC सदस्य, NRNA अष्ट्रेलिया (२०११–२०१५)
उहाँको यो अनुभवले उहाँलाई सक्षम, परीक्षण भइसकेको र समुदायमा विश्वास हासिल गरिसकेको उम्मेदवार बनाएको छ।
रमेश पौडेलद्वारा नेपाली समुदायप्रति खुला सन्देश:
“अष्ट्रेलियावासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नमस्कार,
म रमेश पौडेल, यही जुलाई २६ मा हुन गइरहेको एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७) निर्वाचनमा उपाध्यक्ष पदको उम्मेदवार।
मेरो विचारमा यो केवल यौटा अर्को चुनाव मात्र होइन — यो त खासमा एनआरएनए अष्ट्रेलियाको लागि एक निर्णायक क्षण हो। किनकि हामीले एनआरएनए प्रतिको विश्वास पुनः जागृत गर्नुछ, एकता पुनर्निर्माण गर्नुछ, र हाम्रो मिशनमा पुनः केन्द्रित हुनुछ। त्यसका लागि प्रमाणित ट्र्याक रेकर्डसहितको विश्वसनीय नेतृत्व क्षमता लिएर, स्पष्ट उद्देश्य र इमानदारीका साथ नेतृत्व गर्न म हजुरहरूका माझ आएको छु।
म केवल उम्मेदवार होइन — म समुदायका लागि सकारात्मक कामबाट प्रमाणित एक सामाजिक कार्यकर्ता हुँ। म विगत लामो समयदेखि नेपाली डायस्पोराको आवाज प्रतिनिधित्व गर्न, एकता कायम राख्न र सुधारका लागि क्रियाशील रहँदै आएको छु।
बलियो एनआरएनए अष्ट्रेलियाको लागि हाम्रो दृष्टिकोण:
✊ विश्वास र एकता पुनर्स्थापित गर्ने
✊ समावेशी सहभागिता र सम्मानजनक बहसलाई प्रवर्द्धन गर्ने
✊ विश्वस्तरमा अष्ट्रेलियाको प्रभावशाली उपस्थिति निर्माण गर्ने
✊ शिक्षा, सीप, रोजगारी, सम्पत्ति सुरक्षा र एनआरएन नागरिकताको वकालत गर्ने
मलाई भोट किन?
✔️ विश्वसनीय, जवाफदेही र जनमुखी नेतृत्वको लागि
✔️ विभाजनभन्दा एकता, स्वार्थभन्दा सेवाको लागि
✔️ स्वदेश र विदेश दुवैमा रहेका नेपालीहरूका लागि काम गर्ने एनआरएनएका लागि
अन्तमा, एनआरएनएलाई अझ समावेशी, उत्तरदायी, पारदर्शी र समुदायमुखी बनाउन हजुरहरूको सुझाव, साथ, समर्थन र आशीर्वादको अपेक्षा गर्दछु। हामी सँगै मिलेर उज्यालो, एकताबद्ध र समृद्ध प्रवासी नेपाली समाज निर्माण गर्न सक्नेछौं भन्ने दृढ विश्वास लिएको छु।”
– रमेश पौडेल,
उपाध्यक्ष पदका उम्मेदवार,
एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७)
भण्डारीद्वारा NRNA South Australia को सह-सचिव पदमा उम्मेदवारी घोषणा
कृष्णप्रसाद भण्डारीद्वारा NRNA South Australia को सह-सचिव पदमा उम्मेदवारी घोषणा
दक्षिण अष्ट्रेलिया, जुलाई १७ — बहुआयामिक प्रतिभाका धनी, सामाजिक अभियन्ता, प्रेरणादायी वक्ता, साहित्यकार तथा गायक कृष्णप्रसाद भण्डारीले गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सह-सचिव (Joint Secretary) पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
उहाँले दक्षिण अष्ट्रेलियामा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक अभिवादन व्यक्त गर्दै, आफ्नो उम्मेदवारीमार्फत नेपाली समुदायमा अझ सक्रिय, सकारात्मक र एकतामूलक भूमिका निर्वाह गर्ने अठोट व्यक्त गर्नुभएको छ।
भण्डारी,
“NRNA विदेशमा रहेका नेपालीहरूको साझा संस्था हो, जसले हाम्रा भावनालाई जोड्ने पुलको काम गर्दै आएको छ। जब हामी विदेशमा हुन्छौं, तब हाम्रो दुखसुखमा साथ दिने हात नेपाली नै हुन्छ। त्यही सहयोग र सद्भावको भावनालाई अझ सशक्त बनाउन मैले यो उम्मेदवारी दिएको हुँ।”
समाजसेवा र सिर्जनात्मकताको समर्पित अनुहार
कृष्णप्रसाद भण्डारी लामो समयदेखि साहित्य, संगीत, सार्वजनिक बोलकला र सामाजिक सेवामार्फत नेपाली समुदायमा सकारात्मक ऊर्जा प्रवाह गरिरहनुभएको छ। उहाँको प्रेरणादायी वक्तृत्वशैली, गम्भीर साहित्यिक सोच, सांगीतिक प्रस्तुति, र समुदायप्रतिको समर्पणले उहाँलाई दक्षिण अष्ट्रेलियाको नेपाली समाजमा विशेष सम्मानित स्थान दिलाएको छ।
थप आग्रह,
“सह-सचिवको जिम्मेवारी केवल पद होइन, यो समुदायप्रतिको सेवा हो। तपाईंहरूको अमूल्य समर्थन र विश्वासले मलाई यो यात्रामा अगाडि बढ्ने ऊर्जा दिनेछ। म सधैं तपाईंहरूको अपेक्षाको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
समुदायमा एकताको सन्देश
भण्डारीले उम्मेदवारीमार्फत नेपाली समुदायभित्र सहयोग, समन्वय र एकताको भावना बलियो बनाउने लक्ष्य लिएका छन्। उहाँले “व्यक्तिगत प्रयासभन्दा सामूहिक सहभागिता सदैव प्रभावकारी हुन्छ” भन्ने सिद्धान्तमा विश्वास राख्दै सम्पूर्ण दक्षिण अष्ट्रेलियावासी नेपालीहरूको सहयोगको अपेक्षा राखेका छन्।
कृष्णप्रसाद भण्डारी
उम्मेदवार – सह-सचिव
NRNA South Australia (2025–2027)
“सशक्त नेतृत्व, समर्पित सेवा र साझा पहिचानको लागि – तपाईंको साथ, मेरो प्रतिबद्धता।”
गौतमको उम्मेदवारी, NRNA अष्ट्रेलियामा परिवर्तनको यात्राका लागि सचिव पदमा प्रस्ट प्रतिबद्धता
एनआरएनए अष्ट्रेलिया सचिव पदमा गणेश गौतमको उम्मेदवारी : “यो केवल निर्वाचन होइन, आत्मा पुनर्स्थापना गर्ने अवसर हो”
मेलबर्न, अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय समन्वय परिषद् (NCC) को सचिव पदमा उम्मेदवारी घोषणा गरेका गणेश गौतमले नेपाली समुदायप्रति एकता, समावेशिता र सुधारको गहिरो प्रतिबद्धता व्यक्त गरेका छन्।
गौतमले एक भावुक सन्देशमार्फत संस्थाभित्र बढ्दो गुटबन्दी, स्वार्थपरक सोच र नेतृत्वमा देखिएको गैरजिम्मेवारीपनप्रति चिन्ता व्यक्त गर्दै, अबको निर्वाचनलाई एनआरएन आन्दोलनकै आत्मा पुनर्जागृत गर्ने अवसरको रूपमा लिएका छन्।
“यो निर्वाचन केवल नेतृत्व परिवर्तनको प्रक्रिया होइन, यो संस्थाको मूल्य, चरित्र र दीर्घकालीन लक्ष्यहरू पुनःस्थापना गर्ने मोमेंट हो,” गौतमको भनाइ छ।
सशक्त सचिव पदका लागि प्रतिबद्ध उम्मेदवार
गौतम विगत एक दशकदेखि अष्ट्रेलियामा रहेका छन् र एनआरएन अभियानमा निरन्तर संलग्न छन्। उनले प्रवासी नेपाली समुदायबीच भाषा, संस्कृति, पहिचान र सामाजिक उत्तरदायित्व जस्ता विषयमा विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्।
उनको सचिव पदका लागि उम्मेदवारी केही ठोस एजेण्डाहरूमा आधारित छ, जसमा मुख्यतः निम्न बुँदाहरू समावेश छन्:
संस्थागत पारदर्शिता र जवाफदेहिता सुनिश्चित
एनआरएनएलाई गुटबन्दीमुक्त, समावेशी र सबल बनाउने संकल्प
युवालाई नेतृत्वमा ल्याउने व्यवहारिक नीति र कार्यक्रम लागू गर्ने
सामुदायिक आवाज सुन्ने र समन्वयकारी सचिवको भूमिका निर्वाह गर्ने
नारी, विद्यार्थी, श्रमिक तथा व्यवसायी वर्गलाई समेट्ने दिगो योजना
गौतमका अनुसार, एनआरएनए सचिव पद केवल प्रशासनिक भूमिका होइन, “संस्थाको मस्तिष्क र मुटु जोड्ने पुल” हो — जहाँ नीति निर्माण, सदस्य समन्वय र संस्थाको साख निर्माणको मूल जिम्मेवारी केन्द्रित हुन्छ।
संस्थाको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता
सन्देशमा गौतमले वर्तमान नेतृत्वप्रणालीप्रति आक्रोश पोखेका छन्। “एनआरएन अष्ट्रेलिया केही व्यक्तिहरुको स्वार्थमा फसेको छ । संस्थालाई गुट विस्तार र फरक मतलाई दबाउने औजारको रूपमा प्रयोग गर्ने प्रवृत्ति हाबी छ,” उनले भने।
उनका अनुसार, केन्द्रदेखि शाखा तहसम्म अविश्वास, आरोप-प्रत्यारोप र पारदर्शिताको अभावले संस्था दिशाहीन बनेको छ।
“हामीले ‘एकपटकको नेपाली सधैं नेपाली’ भन्ने भावना त बोलेकै छौं, तर संस्थागत संरचना र नेतृत्वले त्यसको प्रतिनिधित्व गर्न सकेको छैन,” गौतमले भावुक ढंगले उल्लेख गरे।
समुदायलाई स्पष्ट आह्वान : मतदानमार्फत परिवर्तन सम्भव छ
गौतमले आफ्ना शुभेच्छुक, समर्थक र सम्पूर्ण नेपाली समुदायलाई समर्पण, विश्वास र मतदानको अपेक्षा गर्दै भने,
“यो अवस्था बदल्न तपाईंहरूको साथ, सहकार्य र सही निर्णय आवश्यक छ। तपाईंहरूको मतले मात्र एनआरएन अष्ट्रेलियाको पुनर्जागरण सम्भव छ। म सधैं तपाईंहरूको सुझाव र मार्गदर्शनमा चल्न तयार छु।”
उहाँ को हुन्? – संक्षिप्त परिचय
नाम: गणेश गौतम
हालको भूमिका: एनआरएन अभियन्ता, सामाजिक अभियानी
उम्मेदवारी: सचिव पद, एनआरएनए अष्ट्रेलिया (NCC Election 2025)
विशेषता: नेतृत्व क्षमतायुक्त, समन्वयक शैली, समावेशी दृष्टिकोण
सक्रियता: नेपाली भाषा-संस्कृति संरक्षण, छात्र सहायता, आपतकालीन राहत अभियान, र समुदायबीच संवाद निर्माणमा अग्रसर
समाप्ति तर्फ : नयाँ पुस्ता र नयाँ सोचको प्रतिनिधि
गणेश गौतमको उम्मेदवारी संस्थालाई नयाँ युगतर्फ डोर्याउने प्रयासको रूपमा हेरिएको छ। उनका समर्थकहरू भन्छन्, “अब गुट होइन, गुणको आधारमा नेतृत्व छानिने बेला आएको छ।”
अस्ट्रेलियाको नेपाली डायस्पोरा यो निर्वाचनलाई केवल पद नवीकरणको प्रक्रिया नभएर संस्थागत पुनर्निर्माणको अवसर मानिरहेको सन्देश यत्रतत्र फैलिन थालेको छ।
सेवा र सहभागिताको यात्रा: पुष्पकला उप–संयोजक पदको प्रतिस्पर्धामा
सशक्त नेतृत्वका साथ पुष्पकला खड्का आचार्य नारी निकुञ्ज VIC को उप–संयोजक पदमा उम्मेदवार
मेलबर्न, अष्ट्रेलिया — जुलाई १५, २०२५
अन्तर्राष्ट्रिय अनुभव, गहिरो सामाजिक चेतना, र दृढ नेतृत्व क्षमताले सुसज्जित पुष्पकला खड्का आचार्यले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत नारी निकुञ्ज विक्टोरिया (VIC) को उप–संयोजक (Deputy Coordinator) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छन्।
उनको उम्मेदवारी केवल पदको लागि होइन — यो महिलाको सामूहिक आवाज, सहभागिता, र सशक्त भविष्यका लागि गरिएको एक प्रतिबद्ध प्रस्तुति हो।
३-देशीय अनुभव: नेपाल, बेलायत र अष्ट्रेलियामा सामाजिक संलग्नता
पुष्पकला आचार्यको जीवन यात्रा नेपालदेखि बेलायत हुँदै अष्ट्रेलियासम्मको यात्रामा आधारित छ। उनले जुन देशमा बसिन्, त्यहाँको नेपाली समुदायको सेवामा सक्रिय भूमिका निभाइन्। नेपालमा रहँदा उनले काठमाडौं–संखुवासभा सम्पर्क मञ्चको कोषाध्यक्षको रूपमा सेवा दिइन्, जसले उनको नेतृत्व क्षमतामा अनुशासन, पारदर्शिता र जनतासँगको प्रत्यक्ष सम्बन्ध विकास गर्यो।
बेलायतमा रहेर पनि उनले नेपाली समुदायमा सामाजिक एकता र सहभागिताका विविध पहलहरूमा सक्रिय भूमिका निर्वाह गरिन्। अहिले अष्ट्रेलियामा स्थायी रुपमा बसोबास गर्दै, उनले महिला नेतृत्व, सामाजिक सहकार्य, र समावेशी अभियानमा आफूलाई अग्रपंक्तिमा राखेकी छन्।
नेतृत्वको परिभाषा: शक्ति होइन, सेवा
उनी नेतृत्वलाई “पद” वा “शक्ति” को रूपमा होइन, “दायित्व र सेवाको प्रतिबद्धता” को रूपमा बुझ्छिन्। उनका अनुसार,
“नेतृत्व भनेको अगाडि हिँड्ने होइन, सँगै हिँड्ने हो। जहाँ सबैको आवाजलाई समान रूपमा सुन्न सकिन्छ, त्यहीँ नेतृत्वको अर्थ हुन्छ।”
उनले समुदायका महिलाहरूलाई आफ्नो क्षमता र आत्मबल पहिचान गर्न उत्प्रेरणा दिँदै आएकी छन्। नारी निकुञ्ज VIC मार्फत उनले यस्तो एक सशक्तिकरणको मञ्च बनाउने लक्ष्य लिएकी छन्, जहाँ हरेक महिला सुनेको, स्वीकृत, र सशक्त महसुस गर्न सकून्।
एकता र समावेशितामा आधारित दृष्टिकोण
पुष्पकला आचार्यले महिलाबीच एकता, समझदारी र सहकार्यमा आधारित संस्थागत विकासलाई आफ्नो अभियानको मूल विषय बनाएकी छन्। उनले भनिन्:
“हामी महिलाहरू जब एउटै स्वरमा बोल्छौं, तब हाम्रो आवाज गुञ्जन्छ। जब हामी हातेमालो गरेर अघि बढ्छौं, तब हाम्रो यात्राले इतिहास बनाउँछ।”
उनको दृष्टिकोण स्पष्ट छ — नारी निकुञ्ज VIC एउटा यस्तो सुरक्षित, सशक्त र ऊर्जावान स्थान बनोस्, जहाँ हरेक महिला आफुलाई प्रतिनिधित्व गर्न सक्ने आत्मविश्वासका साथ अघि सर्न सकून्।
समर्थनको अपिल: ‘यो यात्रा केवल मेरो होइन, हाम्रो साझा सपना हो’
उनले उम्मेदवारी घोषणा गर्दै सम्पूर्ण नेपाली दिदीबहिनीहरूसँग आत्मीय भावनाका साथ समर्थन, विश्वास र सहयोगको अपिल गरेकी छन्।
“म तपाईंहरूको विश्वास, समर्थन र मतदानको अपेक्षा राख्दछु। यो केवल म एक व्यक्तिको उम्मेदवारी होइन, यो हामी सबैको साझा दृष्टिकोण र भविष्यको सपना हो। जब महिलाहरू संगठित भएर हिँड्छन्, तब कुनै पनि लक्ष्य टाढा हुँदैन, र कुनै पनि आवाज हराउँदैन।”
पद: उप–संयोजक, नारी निकुञ्ज VIC – NRNA अष्ट्रेलिया
उम्मेदवार: पुष्पकला खड्का आचार्य
अनुभव: नेपाल, बेलायत र अष्ट्रेलियामा सामुदायिक सेवा
दृष्टिकोण: एकता, समावेशिता र महिला सशक्तिकरण
लक्ष्य: हरेक महिलाको आवाज र सहभागिता सुनिश्चित गर्नु
अनुभवी नेतृत्वको पुनरागमन: भुवन पाण्डे ICC सदस्य पदका लागि उम्मेदवार
अनुभवी नेतृत्वको पुनरागमन: भुवन पाण्डेले NRNA ICC सदस्य पदका लागि उम्मेदवारी घोषणा
सिड्नी, अष्ट्रेलिया — जुलाई १५, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदको लागि भुवन पाण्डेले आफ्नो उम्मेदवारी आधिकारिक रूपमा घोषणा गरेका छन्। उनले २०२५–२०२७ कार्यकालका लागि उम्मेदवारी आज औपचारिक रूपमा दर्ता गराएका हुन्।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध, व्यावसायिक रूपमा परिपक्व, र अनुभवले भरिएको एक स्थिर नेतृत्वका रूपमा परिचित पाण्डे विगतमा पनि NRNA का विभिन्न तहमा उल्लेखनीय भूमिका निर्वाह गरिसकेका छन्।
विगतको योगदान: अनुभवी पृष्ठभूमि
भुवन पाण्डेले २०११–२०१३ मा NRNA अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य र २०१३–२०१५ मा NRNA न्यू साउथ वेल्स (NSW) राज्य समितिको सचिवको रूपमा कार्य गरे। यस अवधिमा उनले संगठनलाई संस्थागत बनाउने, राज्य–राष्ट्रिय तहमा समन्वय विस्तार गर्ने र समुदायसँगको सम्बन्ध सुदृढ बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेले।
उनको नेतृत्वमा विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भए, जसले अष्ट्रेलियामा रहेका नेपाली प्रवासीहरूको जनजीवनमा सकारात्मक प्रभाव पारेको थियो।
हालको सक्रियता: समाज सेवामा निरन्तरता
एनआरएनएबाट केही समय विश्राम लिए पनि भुवन पाण्डे पछिल्ला १० वर्षमा विभिन्न सामाजिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूमा जिम्मेवार भूमिकामा रहेर सेवा दिइरहेका छन्। उनी संस्था निर्माणमा विश्वास राख्ने, समन्वयकारी सोच भएका, र व्यवहारिक निर्णयमा विश्वास गर्ने नेतृत्वकर्ता हुन्।
उनले आफ्ना अनुभवलाई नयाँ पुस्तासँग बाँड्दै आउनुका साथै, प्रवासी समुदायका आवश्यकता र चुनौतीहरूबारे गहिरो समझ राखेका छन्।
उम्मेदवारीको उद्देश्य: समावेशी, सक्षम र उत्तरदायी NRNA
भुवन पाण्डे भन्छन्:
“अब फेरि म NRNA को अभियानमा करिब एक दशकपछि सक्रिय भएर योगदान दिने उद्देश्यका साथ अघि बढेको छु। यो केवल पदका लागि प्रतिस्पर्धा होइन, समुदायप्रतिको दायित्व र उत्तरदायित्व हो।”
उनी थप भन्छन्:
“हामी सबै मिलेर, साझा दृष्टिकोण र परिपक्व सोचसहित, अझ सक्षम, समावेशी र उत्तरदायी NRNA निर्माण गर्न सक्छौं। NRNA कुनै व्यक्तिको संस्था होइन — यो हामी सबै प्रवासी नेपालीहरूको साझा घर हो।”
सबैको साथको अपेक्षा
उनले आफ्ना अभिव्यक्तिमा सम्पूर्ण नेपाली प्रवासी समुदाय — दाजुभाइ, दिदीबहिनी र अग्रजहरूबाट अमूल्य साथ, समर्थन र सुझावको अपेक्षा व्यक्त गरेका छन्। उनी विश्वास गर्छन् कि:
“नेतृत्वको मूल्य केवल अनुभवमा होइन, दृष्टिकोण, समर्पण र सहकार्यको क्षमतामा हुन्छ।”
उनको उम्मेदवारीले नयाँ पुस्ताका लागि प्रेरणा, र संगठनको रूपान्तरणका लागि आधार बन्ने विश्वास गरिएको छ।
सामाजिक रुपान्तरण र एकताको पक्षधर मुगेन्द्र गौतम NCC सदस्यमा उम्मेदवार
एनआरएनए अष्ट्रेलिया एनसीसी सदस्य पदका उम्मेदवार मुगेन्द्र गौतम (मुगेन): तस्मानियाबाट उठेको नेतृत्वको आवाज
होबार्ट, तस्मानिया, जुलाई १५ – सामाजिक रुपान्तरण, समावेशिता र साझा पहिचानको सशक्त आवाज बनेका मुगेन्द्र गौतम आगामी एनआरएनए अष्ट्रेलिया निर्वाचनमा राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य पदका लागि उम्मेदवार बनेका छन्। उनी TEAM EKATA को तर्फबाट “For Change 2025–2027” अभियानमार्फत प्रतिस्पर्धामा उत्रिएका छन्।
उनी विगत एक दशकदेखि अष्ट्रेलियामा विशेष गरी तस्मानियाको नेपाली समुदायसँग प्रत्यक्ष जोडिएर कार्यरत छन्। सामाजिक उत्तरदायित्वप्रति अत्यन्त सजग मुगेन्द्रले तस्मानियामा नेपाली डायस्पोराको समृद्धि, समावेशिता र भलाइका लागि थुप्रै नविनतम पहलहरू गरेका छन्।
सामाजिक क्षेत्रमा निरन्तर योगदान गौतम नेपाली समुदायका समस्यालाई राज्यस्तरमा उजागर गर्दै तस्मानिया राज्य सरकारसँग सक्रिय रुपमा संवाद र पैरवी गर्दै आएका छन्।
उनी नेतृत्व गरेको थुप्रै कार्यक्रमहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याएका छन्। विशेषगरी नेपालबाट अष्ट्रेलिया भ्रमणमा आउने अभिभावकहरूका लागि Focused Picnic Programs, प्राथमिक उपचार सम्बन्धी जानकारीमूलक सेसनहरू, तथा सामाजिक मेलमिलापका कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिएका छन्।
तस्मानियामा आप्रवासी नेपालीहरूको मानसिक स्वास्थ्यप्रति संवेदनशील हुँदै, उनले Mental Health First Aid तालिमहरू निःशुल्क रूपमा प्रदान गरेका छन्, जसले समुदायमा मानसिक स्वास्थ्यप्रतिको बुझाइ बढाउनुका साथै संकटको बेलामा सहयोग गर्ने क्षमतामा वृद्धि गरेको छ।
युवामैत्री दृष्टिकोण
युवा लक्षित कार्यक्रमहरूमा उनको विशेष प्राथमिकता देखिन्छ। योग सेसनहरू, आत्महत्या रोकथामसम्बन्धी कार्यशाला, तथा नेतृत्व विकास तालिमहरू उनका प्रमुख पहलकदमी हुन्।
सामाजिक गतिविधिमा सबैको सहभागिता सुनिश्चित गर्न उनले विभिन्न संस्थासँग सहकार्य गर्दै समुदायका हरेक तह र तप्कामा समावेशी कार्यक्रमहरू सञ्चालन गरेका छन्।
पेशागत रूपमा मुगेन्द्र प्रशिक्षक (Trainer/Assessor) तथा लाइसेन्स प्राप्त Mental Health First Aid Instructor हुन्। उनले पेशागत दक्षतालाई सामाजिक सेवासँग जोडेर समुदायमा ज्ञान र चेतनाको विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।
एनआरएनए अभियानमा उनी लामो समयदेखि संलग्न रहँदै आएका छन्। उनी एनआरएनए सबै नेपालीको साझा संस्था हो र यसले सबैलाई समेट्नै पर्छ भन्ने दृढ विश्वास राख्छन्। उनका अनुसार एनआरएनए केवल प्रवासी नेपालीहरूको प्रतिनिधित्व गर्ने संस्था मात्र होइन, यो नेपालीपनको पहिचान, माया र एकताको केन्द्र बिन्दु हो।
“Let’s Build What We Never Had” –
“हामी कहिल्यै पाउन नसकेको साझा संरचना अब हामी आफैंले बनाउँछौं”।
उनी नेतृत्व गर्ने TEAM EKATA ले समावेशिता, पारदर्शिता, सहकार्य र दीर्घकालीन समाधानमुखी योजनालाई प्राथमिकता दिएको छ।
मुगेन्द्र गौतमको उम्मेदवारी केवल निर्वाचनको प्रतिस्पर्धा होइन, यो एक समावेशी, न्यायोचित र सहभागितामूलक एनआरएनए निर्माणतर्फको प्रतिबद्ध कदम हो।
उनले प्रस्तुत गरेको नेतृत्व दृष्टिकोण एनआरएनएलाई सबैको साझा मञ्च बनाउने दिशामा अग्रसर छ।
NRNA पश्चिम अस्ट्रेलियाको महिला संयोजकमा शिल्पा पोख्रेलको उम्मेदवारी
शिल्पा पोख्रेल महिला संयोजक पदमा उम्मेदवार
पर्थ, अस्ट्रेलिया – गैर-आवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) को निर्वाचनका लागि शिल्पा पोख्रेलले ‘महिला संयोजक’ पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
पश्चिम अस्ट्रेलियामा सक्रिय सामाजिक व्यक्तित्व पोख्रेलले अघिल्लो कार्यकालमा ‘उप-युवा संयोजक’ (Deputy Youth Coordinator) को भूमिका सम्हाल्दै समुदाय सेवामा सक्रिय योगदान दिएकी थिइन्। उनले उक्त अनुभवले समुदायका समस्या, सम्भावना र आवश्यकताहरू बुझ्न ठूलो मद्दत पुगेको बताउँदै यसपटक महिला संयोजकको भूमिकामा अझ सशक्त ढंगले काम गर्ने प्रतिवद्धता जनाएकी छिन्।
“महिलाहरूको सशक्तिकरण र सहभागिता सुनिश्चित गर्नु मेरो मुख्य उद्देश्य हो,” पोख्रेलले भनिन्, “सीपमूलक र नेतृत्व विकासका कार्यक्रममार्फत महिलाहरूलाई सक्षम बनाउने मेरो लक्ष्य छ।”
उनले प्रस्तुत गरेको अभियान घोषणामा महिला एकता, सञ्जाल निर्माण, अर्थपूर्ण सहभागिता र समस्याहरूको सम्बोधनलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
शिल्पा पोख्रेलका मुख्य प्रतिबद्धताहरूमा समावेश छन्:
महिलाहरूका लागि ज्ञानवर्द्धक र नेतृत्व अभिवृद्धि कार्यक्रम सञ्चालन
विभिन्न क्षेत्रका महिलाबीच एकता र बलियो सञ्जाल निर्माण
समाजका निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता बढाउने
महिला समस्याहरूको सुनुवाइ र सम्बद्ध निकायसम्म आवाज पुर्याउने
“यहाँहरूको साथ, समर्थन र सुझावको सदैव अपेक्षा रहनेछ,” भन्दै उनले पश्चिम अस्ट्रेलियावासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आफ्नो उम्मेदवारीमा समर्थन गर्न अनुरोध गरेकी छन्।
अब परिणामको समय, उप्रेती NRNA ACT कमाण्डका लागि
अभिषेक उप्रेतीद्वारा NRNA SCC Coordinator (ACT) पदमा उम्मेदवारी घोषणा
क्यानबेरा, अष्ट्रेलिया | १३ जुलाई २०२५
गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको राज्य समन्वय परिषद् (State Coordination Council – SCC) ACT Coordinator पदमा अभिषेक उप्रेतीले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारीको घोषणा गर्दै उप्रेतीले भने:
“समुदायलाई एकजुट बनाउन, संस्थागत समृद्धि दिलाउन र नेपालीहरूको हकहितको संरक्षण गर्न म प्रतिबद्ध छु। अब समय आएको छ पुराना शैली र राजनीति–मुखी प्रवृत्तिबाट बाहिर निस्कने।”
नेतृत्व र अनुभव
अभिषेक उप्रेती विगतदेखि नै नेपाली समुदायमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। उनका केही प्रमुख भूमिका:
२०१९–२०२१: SCC ACT सदस्य
पूर्व अध्यक्ष: Canberra Nepalese Community
विभिन्न सामाजिक र राहत कार्यक्रमहरूमा स्वेच्छिक सेवा र नेतृत्व
स्थानीय अष्ट्रेलियन निकायहरूसँग समन्वय गर्दै समुदायमा सहयोग पुर्याउँदै आएका छन्।
मुख्य उद्देश्य र प्रतिबद्धता:
गैर–आवासीय नेपालीहरूको एकता, हित र समृद्धिको प्रवर्द्धन
नेपाल र अष्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने
युवा पुस्तालाई अगाडि ल्याउने, नेतृत्व विकासमा जोड दिने
राजनीति होइन, सेवा र जवाफदेही नेतृत्वको स्थापना गर्ने
Canberra, Queanbeyan, Jerrabomberra, Googong लगायत क्षेत्रका नेपाली समुदायलाई जोड्ने, समन्वय गर्ने र नेतृत्व गर्ने
निर्वाचन मिति:
२६ जुलाई २०२५ मा हुने गैर-आवासीय नेपाली संघ, अष्ट्रेलिया (NRNA Australia) को निर्वाचनमा उप्रेतीले SCC Coordinator (ACT) पदमा प्रतिस्पर्धा गर्दै छन्।
अन्त्यमा, अभिषेक उप्रेतीले भने:
“नेतृत्व भनेको शक्ति होइन, जिम्मेवारी हो। म यही जिम्मेवारी लिन तपाईंहरू सबैको साथ, समर्थन र विश्वासको अपेक्षा गर्दछु।”
अभिषेक उप्रेती
उम्मेदवार – NRNA SCC Coordinator, ACT (२०२५–२०२७)
निर्वाचन मिति: २६ जुलाई २०२५
#VoteForAbhishek #NRNAAustralia2025 #SCCCoordinatorACT #NepaliDiaspora #StrongerCommunity #NepaliUnity #NRNAElection2025
विक्रम कुँवर – एनआरएनए भिक्टोरिया युवा उपसंयोजक पदका उम्मेदवार
विक्रम कुँवरले एनआरएनए अष्ट्रेलिया (भिक्टोरिया) २०२५–२०२७ को युवा उपसंयोजक पदका लागि उम्मेदवारी घोषणा
मेलबर्न, अष्ट्रेलिया | १३ जुलाई २०२५
अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय युवा सामाजिक अभियन्ता विक्रम कुँवरले आगामी एनआरएनए अष्ट्रेलिया (भिक्टोरिया) २०२५–२०२७ कार्यकालको युवा उपसंयोजक पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
वि.स. २०७६ (सन् २०१९) मा अष्ट्रेलिया आइपुगेका विक्रमले पहिलोपटक २०२१ को कोभिड महामारीको समयमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई खाद्यान्न सहयोग प्रदान गर्दै सामाजिक सेवामा सक्रिय भूमिका निभाएका थिए।
सामुदायिक अनुभव
विक्रम कुँवर हाल भिक्टोरियास्थित प्रमुख नेपाली संस्था “फर पश्चिम नेपाली समाज भिक्टोरिया (FWNSV)” मा सचिवको भूमिकामा कार्यरत छन्। उनले २०२३–२०२५ कार्यकालमा संयुक्त सचिवको रूपमा पनि योगदान दिएका थिए।
पेशागत पृष्ठभूमि
पेसाले उनी मेलबर्नको पुरानो र प्रसिद्ध रेस्टुरेन्ट “चिल्ली एभरेष्ट” का प्रबन्धक हुन्।
उनको प्रमुख एजेन्डा र दृष्टिकोण:
युवा नेतृत्व र करियर विकास कार्यक्रमहरू
उद्यमशीलता प्रवर्द्धन तथा स्टार्टअप सहयोग
मानसिक स्वास्थ्य तथा भलाइसम्बन्धी सचेतना
डिजिटल र साइबर सुरक्षाको चेतना कार्यक्रम
खेलकुद र सांस्कृतिक कार्यक्रमहरूको आयोजना
विद्यार्थी सहयोग कार्यक्रम (कागजात सहायता, करियर गाइड)
‘युवा आवाज’ सत्रमार्फत एनआरएन नेतृत्वसँग प्रत्यक्ष संवाद
अष्ट्रेलियामा रहेका अवसरहरूसँग नेपाली युवालाई जोड्ने पहल
विक्रम कुँवर भन्छन्:
“मैले समुदायसँगै हुर्कने अवसर पाएँ, अब योगदान दिने समय आएको छ। म युवा आवाजलाई उजागर गर्न, कायम निर्णय प्रक्रियामा पारदर्शिता ल्याउन, र सकारात्मक पहलमार्फत परिवर्तन ल्याउन दृढ छु।”
किन मतदान गर्ने विक्रमलाई?
✅ युवाको आवाज बुलन्द गर्ने
✅ अनुभवी र कार्यमा केन्द्रित नेतृत्व
✅ समावेशी सोच र सहकार्य
✅ पारदर्शिता र जवाफदेहिता
✅ विद्यार्थी र नयाँ आगन्तुकहरूको समर्थनमा अघिल्लो अनुभव
समर्थन र मतदानका लागि अनुरोध।
विक्रम कुँवर
(उम्मेदवार – एनआरएनए भिक्टोरिया, युवा उपसंयोजक २०२५–२०२७)
#VoteForBikram #YouthEmpowerment #NRNAElection2025 #NepaliYouthAustralia #MentalHealthMatters #DigitalSafety #StrongerTogether
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा