२०८३ जेष्ठ २६ मंगलवार

रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाद्वारा क्यान्सर पीड़ीतलाई सहयोग ।

रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाद्वारा क्यान्सर पीड़ीतलाई आर्थिक सहयोग ।

सिडनी, अष्ट्रेलिया । मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने उक्तिलाई आत्मसाथ गर्दै रुपन्देहि सामाजिक संञ्जाल RSNA अष्ट्रेलियाको आयोजना तथा मिलीजुली परिवार रुपन्देहिको सहकार्य एवं संयोजनमा आईतवार रुपन्देहि जिल्लाको सिद्धार्थ नगरपालिका वार्ड न २ को कार्यलयमा आर्थिक अभावले आफ्नो उपचार गर्न असमर्थ भई ६ महिना देखि ब्लड क्यान्सर बाट पिडित ३३ वर्षिय मकरध्वज राई (मुनिल) लाई आर्थिक सहयोग प्रदान गरिएको छ |

राईको आमा ओमकला राई र दिदी देवकला सुर्यवंशीलाई आइतबार १ लाख ३२ हजार १ सय रुपैयाँ हस्तान्तरण गरिएको मिलीजुली परिवारका अध्यक्ष माधव शर्माले बताए । अध्यक्ष शर्माका अनुसार हाल अस्ट्रेलियामा बस्दै आएका रुपन्देही सामाजिक सञ्जाल–अस्ट्रेलियाका अध्यक्ष रहेका मुक्तिराम पोखरललाई क्यान्सरपीडितको बारेमा मिलीजुली परिवारले जानकारी गराएको थियो । त्यसपछि पोखरेलले अष्ट्रेलिया रहेका RSNA टिमका साथिहरु एवं शुभचिन्तक नेपाली साथिहरुलाई आह्वान गरेर उक्त रकम जुटाउनुभएको शर्माले बताए ।

मकरध्वज हाल चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत रहेको शर्माले जानकारी दिए साथै रुपन्देही सामाजिक सञ्जाल-अस्ट्रेलियाका उपाध्यक्ष दिवाकर काफ्ले संस्थाले क्यान्सर पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले हात अघि बढाएको बताए ।

मिलीजुली परिवारका अध्यक्ष माधव शर्माको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको प्रमुख आतिथ्यता, मिलीजुली परिवारका संरक्षक रारा सैंजुको विशिष्ट आतिथ्यता, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका अध्यक्ष सुमन शर्मा, बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, बेलहिया गाउँ समाजका अध्यक्ष मोहन सिंह शाही, सिद्धार्थनगर–२ का वडा सदस्य कञ्चन थापा, विन्दु हरिजन, राजकुमार यादवको आतिथ्यता तथा मिलीजुली परिवारका कोष वृद्धि संयोजक सिर्जना सुवेदीको सञ्चालनमा सो कार्यक्रम संचालन गरिएको थियो जुम मार्फत गरिएको सो कार्यक्रममा RSNA अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलले आफ्नो धारणा राख्दै संस्थाको स्थापना काल देखि नै विगतमा मानविय एवं परोपकारी कार्यहरु जस्तो कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरुलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा रहेका फरक क्षमता तथा सिमान्त अनाथ तथा अपाङ वालवालिका लाई शैक्षिक सामाग्री न्यानो कपडा वितरण मानविय तथा परोपकारी कार्यका लागि रक्तदान कार्यक्रम, अस्पताल तथा स्वास्थ्य सामाग्री वितरण, उत्प्रेरणामुलक जिवन उपयोगि ज्ञान मुलक सत्सङ्ग अभिमुखिकरण, साहित्यिक तथा सांस्कृत्तिक संरक्षणका लागि साहित्यिक साक्षरता कार्यक्रम , महिलाहरुको तिज कार्यक्रम, नेपालि तथा अंग्रेजि नयाँ वर्षमा चेतनामूलक तथा सांस्कृतिक संरक्षणमा टेवा पुग्ने जस्ता कार्यक्रमहरु, अक्षयकोष मार्फत असाहाय वालवालिका लाई शैक्षिक अध्ययनमा सहयोग सिमान्तकृत असाय एव् अपाङ् वालवालिका शैक्षिक सामाग्री तथा विघालय पोशाक जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

आगामि दिन हरूमा स्वदेश तथा विदेशमा विभिन्न सरोकारवाला सँग यसप्रकारका सहयोगात्मक सामाजिक कामहरुलाई अझै बढी सक्रिय बनाउने समेत अध्यक्ष पोखरेलले जानकारी दिए ।

गेटवय फाउन्डेशन नेपाल ले फुटसल प्रतियोगिता गर्ने !

गेटवय फाउन्डेशन नेपाल ले फुटसल प्रतियोगिता गर्ने
पोखरा २९ साउन
लामो समय देखि लागुअौषध उपचार तथा पुर्नस्थापना को क्षेत्रमा काम गर्दे आईरहेको यस गेटवय फाउन्डेशन नेपाल पोखरा १४ ले पुर्व लागुअौषध प्रयोग कर्ता बिच फुटसल प्रतियोगिता संञ्चालन गर्ने भएको छ।
भदौ २० गते देखि संञ्चालन हुने उक्त प्रतियोगितामा लगभग १५ टिम सहभागि हुने प्रतियोगिताका संम्योजक रोशन गुरूङले जानकारी दिए ।


  1. लागुअौषधको समस्या छ र संगसंगै यसको समधान पनि छ लागुअौषध छोडेर समाजमा उत्पादक सदस्य बन्न सकिन्छ भन्ने अभिप्रयका साथ फुटसल प्रतियोगिताको आयोजना गरिएको फाउन्डेशनका कार्यक्रम सम्योजक सुनिल गुरूङले बताए ।
    दुई दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुने सहभागि टिमले रू ४००००हजार नगद सहित मेडल प्रमाणपत्र र शिल प्रप्त गर्ने छन् भने दृतिय हुने टिमले २०००० नगद सहित मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् साथै उत्कृष्ट खेलाडि अनुशासित टिम अत्यधिक गोलकर्ता ले पनि पुरस्कार प्रप्त गर्ने छन्।टिम दर्ता शुल्क रू५००० रहेको प्रतियोगितामा नेपाल का बिभिन्न ठाउँ बाट सहभागि हुने आयोजक ले बताए।।

नेविसंघ कास्कीको अध्यक्षमा गौरव बराल ।

नेविसंघ कास्कीको अध्यक्षमा गौरव बराल ।

 

पोखरा, नेपाल । नेपाली काङ्ग्रेसको भ्रातृ विधार्थी संगठन नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति कास्कीको अध्यक्षमा गौरव बराल मनोनीत भएका छन ।

नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पाले बिज्ञप्ती जारी गर्दै नेविसंघ कास्की जिल्लाको अध्यक्षमा गौरव बराललाई मनोनित गरेका छ्न। गौरव बराल नेविसंघ पृथ्वीनारायण क्याम्पसको अध्यक्ष समेत हुन।

यस अघी नशिव गुरुंग जिल्ला अध्यक्ष भईरहदा केन्द्रिय सदस्यमा मनोनीत भए पश्चात नेविसंघ जिल्ला कार्यसमिति कास्कीको जिल्ला अध्यक्ष को पद रिक्त भएको हुदा उक्त पद पूर्ति गर्नका निम्ति नेविसंघको बिधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम नेपाल बिद्यार्थी संघ कास्कीको अध्यक्ष पदको जिम्मेवारी गौरव बराललाई दिइएको हो।

गौरव बराल कक्षा ९ देखी वार्ड कमिटीको कार्यक्रमहरूमा आफुलाई सहभागी गराऊदै आएका थिए । सोही अनुरूप तरुण दल वार्ड ८ पोखराको सह-सचिव समेत भएका थिए । त्यो संगै उनी बिध्यार्थी राजनीतिमा आवद्ध भए र पृथ्वी नारायण क्यामपस मा राजनीति संगै आफ्नो बीएएलएलबी को पढ़ाई समेत पूरा गरे । उनले आफ्नो कार्यकालमा राजनीतिलाई केही पर राखी रचनात्मक कार्यक्रममा आफु अनी संगठनलाई अगाड़ी सारे जसअनुरूप

आम बिद्यार्थी माझ लोकप्रिय बरालले लामो समयसम्म अधिवेशन हुन नसकेको नेविसंघ कास्कीलाई संगठित र गतिशील बनाउने अपेक्षा आम शुभेच्छुक हरू मा रहेको पाइन्छ ।

पशुपतीमा भारत बाटै ल्याईएको भट्ट पुजारी नै किन ? बिस्तारमा ।

पशुपतीमा भारतीय पुजारी नै किन ?

सिडनी, अष्ट्रेलिया । ब्राम्हण २ प्रकारको हुन्छन पहिलो शुक्ल यजुर्वेदी अनि दोश्रो कृष्ण यजुर्वेदी शुक्ल यजुर्वेदी ब्राम्हण भनेको तपाई हामी हौ तर कृष्ण यजुर्वेदी ब्राम्हण भनेको दक्षिण भारतको पनि कर्नाटक, महाराष्ट्र, आन्ध्र लगायतको १/२ स्थानमा मात्र पाईन्छन !
नेपाल देश भनेको मन्त्र एवं तन्त्र साधना द्वारा बाधिएको दिब्य भुमी हो
यहा गरिबी छ तरपनि मानिसले आफ्नो सस्कार त्यागेको छैन
फलस्वरूप त्यत्रा शक्तिशाली पश्चिमा राष्ट्रहरूले समेत
नेपाललाई इतिहासको कुनै कालखण्डमा हराउन सकेन !
त्यसैले त हामीले निकम्मा नेतृत्व पाउदा समेत यो देश भगवान भरोसा नै चलिरहेको छ श्री पशुपतीनाथलाई नेपालको इस्टदेव मानिन्छ !
इस्टदेव अर्थात नेपालको कुलको देउता हुन् पशुपतिनाथ !
तपाईहरूलाई थाहा छैन होला शिवको शिवांश खान मिल्दैन
त्यसैले हो शिवलाई कुनै पनि प्रसाद चढ्दैन !
उनलाई बेल पत्र, जल आदी चढाईन्छ !
तर कुनै कारणबस शिवलाई फल फुल प्रसाद चढाईयो भनेपनि
त्यसलाई खान मिल्दैन ! खानु हुदैन !
बुझ्ने मान्छेले शिवको प्रसाद निधारमा लगाउछ तर खादैन !
दोष लाग्छ !
कुल देवता भनेको पिता समान हुन् !
त्यसैले शिव नेपालको इस्ट देव हुन् !
हो ! पशुपतीमा पुजारी हुनको लागि कृष्ण यजुर्वेदी नै ब्राम्हण चाहिन्छ कृष्ण यजुर्वेदी ब्राम्हणको विशेषता के हुन्छ भने
यदि उनीहरूको घर परिवारमा कसैको मृत्यु नै भई हाल्यो भनेपनि
हात मुख धुएर आएपछी सकियो !
जुठो बारेर बस्नु पर्दैन !
जसको कारण पुजा आजामा कहिल्यै अवरोध सिर्जना हुदैन !
शिव भनेको तन्त्र साधनाका प्रणेता हुन् !
तंत्र शास्त्र के हो पहिले यसलाई बुझौ
तन्त्र साधना 3 भागमा विभाजन गरिएको छ !
आगम तंत्र, यामल तंत्र र मुख्यर तंत्र ।
आगम तन्त्रमा शैवागम, रुद्रागम र भैरवागमन प्रमुख हुन्छ ।
यो कुरामा कृष्ण यजुर्वेदीहरू निपूर्ण हुन्छन
वैदिक ज्ञानको साथ साथै आगम तन्त्रको ज्ञाता नभई पशुपतीको पुजारी बन्न पाईदैन !
एक होईन पशुपती पुजारी बन्नको लागि कयौ चरणहरू पार गर्नु पर्दछ !
धेरै विधी विधानहरूमा निपूर्ण हुनु पर्दछ !
यहा सम्म कि कति बिहे गर्न पाउने, कति सन्तान जन्माउन पाउने
त्यो समेत उल्लेखित छ विधि विधानमा !
शास्त्र जान्दैमा मात्र पुजारीको लागि योग्य बन्न सकिदैन !
तन्त्र साधना भित्र पनि कयौ गुह्य विद्या छन् !
सम्मोहन, त्राटक, त्रिकाल, इंद्रजाल, परा, अपरा र प्राण विद्या
यी सबैमा निपूर्ण हुन्छन पशुपतिको पुजारी !
तन्त्र साधनाको प्रथम उपदेशक शिव हुन् !
आज मस्टो परम्पराको विषयको खुब चर्चा भई रहेको छ !
मस्टोका धामीहरू पनि तन्त्र साधनामा निपूर्ण हुनु पर्दछ !
उनीहरूमा जन्मजात आफै धामी कुल उत्रन्छ !
एक धामीले समेत कुल उत्रिएपछी अनेकौ नियमहरू मानेर बस्नु पर्ने हुन्छ !
शिव पश्चात भगवान दत्तात्रेय, नारद, परशुराम, पिप्पलादि, वसिष्ठ,
सनक, शुक, सन्दन, सनतकुमार, भैरव, भैरवी, काली
आदी धेरै तन्त्र साधकहरू त्यसपछि देखापरे !
शांति कर्म, वशीकरण, स्तंभन, विद्वेषण, उच्चाटन, मारण आदि कर्ममा तन्त्र साधक निपूर्ण हुनु पर्दछ
त्यति मात्र नभएर मारण, मोहनं, स्तम्भनं, विद्वेषण, उच्चाटन,
वशीकरण, आकर्षण, यक्षिणी साधना, रसायन क्रिया आदि प्रयोगमा नि साधक निपूर्ण हुनु पर्छ !
हामी ले सुन्दै आएका मन्त्रहरूको नि आफ्नै प्रकार छन
मन्त्रहरू ३ प्रकारको हुन्छन
1. वैदिक मंत्र, 2. तांत्रिक मंत्र र 3. शाबर मंत्र
कृष्ण यजुर्वेदीहरू ३ वटै मन्त्रमा निपूर्ण हुन्छन !
तन्त्र साधकहरूले देवी काली, अष्ट भैरवी, नौ दुर्गा, दस महाविद्या,
अनि 64 योगिनी आदिको साधना गर्दछन !
त्यसैगरी बटुक भैरव, काल भैरव, नाग महाराज आदिको पनि तन्त्र साधकले पुजन गर्दछन !
यिनीहरूलाई छोडेर यदि तन्त्र साधकले यक्षिणी, पिशाचिनी, अप्सरा,
वीर साधना, गंधर्व साधना, किन्नर साधना, नायक नायिका साधान,
डाकिनी-शाकिनी, विद्याधर, सिद्ध, दैत्य, दानव, राक्षस, गुह्मक, भूत, वेताल,
आदिलाई पुजन गर्दछ त्यो स्वयं पतन हुन्छ !
धेरै नियम छन् पशुपतीको पुजारी बन्नको लागि !
के नेपालमा यस्तो योग्य ब्यक्ती छ ?
जसले पशुपतीको पुजारी हुनको लागि योग्यता दर्शाउन सकोस !
के नेपालमा कुनै कृष्ण यजुर्वेदी ब्राम्हण छ ?
जो यी कुरामा निपूर्ण होस् !
पशुपतिको मूल पुजारी बन्नको लागि उसको एक भन्दा धेरै श्रीमती हुनु हुदैन !
पशुपति क्षेत्र विकास कोष (कार्यव्यवस्था) नियमावली, २०५४ को
नियम ३ मा श्री पशुपतिनाथको पुजारीको योग्यता तथा
नियुक्तिको बारेमा उल्लेख गरिएको छ ।
उक्त नियममा “श्री पशुपतिनाथको पुजारी हुन जन्मसिद्ध हिन्दु धर्माबलम्बी,
वेदाध्यायी, सदाचारी, धर्मशास्त्रमा विशिष्ठ ज्ञान भएको,
संस्कृतज्ञ, स्नातक, विद्वान ब्राह्मण र स्वजातिमा विवाह भएको
व्यक्ति हुनुपर्नेछ र
विदूर वा एकभन्दा बढी पत्नी भएको व्यक्ति मूल पुजारी हुने छैन । ” भनी उल्लेख गरिएको छ ।
विन्ध्याचल पर्वतको दक्षिणमा जन्म लिएका
कर्नाटक, महाराष्ट्र, आन्ध्र तथा द्रविणदेशका सपत्नीक
गृहस्थ ब्राह्मण नै मात्र पुजारी हुनुपर्ने प्रचलन रहेको छ !
पुजारी आजन्म मांसाहार नगरेको,
वीर्य अखण्डित भएको,
पुजारी भएर रहँदाबस्दा लवण सेवन (नुन खान) गर्न नहुने,
जाडोघाम नभनी सत्आचारमा रही
कठोर विधि पुर्याएर नित्यनैमित्तिक पूजा सञ्चालन गर्नुपर्ने हुन्छ ।
के यति नैतिकता तिमीमा छ ? यी नियम तिमि पालन गर्न सक्छौ ?
पशुपतीमा भारतीय पुजारी राख्ने कारण मैले माथी भने जस्तै
नेपाली जनताले शिवस्व नखाने चलन मुख्य हो ।
इतिहासमा राजस्व, देवस्व र शिवस्वको ठूलो महत्व रहेको छ ।
राजद्रोही र राज्य विरुद्धको कसुर गर्नेलाई शिवस्व खुवाइन्थ्यो ।
शिवस्व खानेले चन्द्रसूर्य रहँदासम्म
नरकमा नै यातना प्रताडना भोग्नुपर्ने मान्यता हुन्छ ।
पूजा प्रक्रम चलाउने भट्ट ब्राह्मणहरु कृष्ण यजुर्वेदको
तैत्तिरीय शाखाध्यायी हुनुपर्ने विधान छ ।
नेपालका हरेक क्षेत्रमा शुक्ल यजुर्वेदको
विभिन्न शाखा अनुशरण हुने गरेका छन् ।
तर कृष्ण यजुर्वेद पढ्ने ब्रह्मनिष्ठ विद्वानको उपस्थिति
नेपालमा अहिलेसम्म बोध भएको छैन ।
मैले माथि भने झैँ पशुपतिनाथमा पुजारी हुन
निगम र आगम (वेद र तन्त्र) दुईवटामा नै दीक्षित भई
साधना गर्ने हुनुपर्छ ।
वेद मार्ग मात्र नभई
आगमिक मार्गबाट पशुपतिमा अर्चना हुनु मूलभूत विशेषता हो ।
नेपालीलाई पनि पुजारी बनाउन सकिन्छ
यदि माथिको गुण हरू उसमा छ भने !
नेपाली पुजारी नियुक्त नहुनुको कारण के भने
नेपालमा कृष्णयजुर्वेद पढाई हुँदैन,
कृष्णयजुर्वेदीय ब्राह्मण तत्काललाई नेपालमा उपलब्ध छैन ।
यदि नियुक्त नै गर्ने हो भने
कृष्ण यजुर्वेदको तैत्तिरीय शाखा पढाउने व्यवस्था मिलाउनु पर्यो ।
कृष्ण यजुर्वेद पढाउने जनशक्ति चाहिँ भारतबाट नै ल्याउनु पर्छ,
अर्को विकल्प चाहिँ रहदै रहदैन ।
किनभने यहा त्यो जनशक्ती नै छैन !
दोस्रो, पुजारी नियुक्त गर्न श्रीविद्या साधना गर्ने ब्राह्मण नै चाहिन्छ ।
यसलाई सैद्धान्तिक धारबाट अध्ययन गरेर हुँदैन,
प्रयोगात्मक धार नै अपेक्षित हुन्छ ।
तन्त्रको श्रीविद्या परम्परा केवल गुरुशिष्य परम्पराबाट मात्रै साध्य छ ।
र अर्को तथ्य, तन्त्र मार्गको शाक्त परम्परामा प्रमुख दुई कुल छन् –
कालीकुल र श्रीकुल ।
नेपालमा काली कुल सर्वसुलभ रुपमा व्याप्त रहेको छ
तर श्रीकुलको संख्या अति न्यून छ वा
हातमा गन्न मिल्ने रुपमा श्री कुलका साधकहरु छन् ।
श्रीकुलको दीक्षा नेपालमा लिन पाइँदैन,
अझ स्पष्ट भन्दा वर्तमानमा त्यो परम्परा नेपालमा छैन ।
दक्षिणभारतमा मात्रै श्रीविद्याको अत्याधिक उपासना हुन्छ ।
त्यसैले पशुपतीमा भारत बाटै ल्याईएको भट्टलाई नियुक्त गरिन्छ !

PM Dahal calls on President Paudel Today !

Kathmandu, Aug 10: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ called on President Ram Chandra Paudel today.

Matters relating to contemporary issues were discussed during the regular meeting held at the President’s Office this evening, according to the President’s press adviser Kiran Pokharel.

On the occasion, Prime Minister Dahal briefed the President about his recent visit to Italy to attend the United Nations Food Systems Summit +2 Stocktaking Moment (UNFSS+2) held in Rome, Italy. The event was held from July 24 to 26 2023.

Prime Minister Dahal had not met the President since he returned from the UN Food Summit held in Italy. The President acquired information about the event in the meeting today, added press advisor Pokharel.

 

अनुदानको कागती बिरुवामा फल्यो बिमिरो !

इलाम नगरपालिका वडा ४ ले अनुदानमा बाँडेको कागतीको बिरुवामा बिमिरो (अमिलो जातको अर्कै फल) फलेको छ। सुनकागती भनेर वडाले बाँडेको बिरुवामा बिमिरो फलेको किसानले गुनासो गरेका छन्।

आर्थिक वर्ष २०७६/०७७ मा वडाले किसानलाई बाँडेका बिरुवामा अहिले फल लागेको हो। कागती भनेर स्याहार गरी हुर्काएका बिरुवामा बिमिरो फलेपछि किसान खिन्न भएका छन्।स्थानीय किसान ताराप्रसाद पोख्रेलले उन्नत जातको सुनकागती भनेर वडाबाट अनुदान ल्याएका बिरुवामा बिमिरो फल्दा आश्चर्यचकित भएको बताए। ‘राम्रो जातको कागती भनेर वडाबाट १० बिरुवा अनुदानमा पाएँ, थप २० बिरुवा त्यही नर्सरीबाट आफैं किनेर ल्याएको थिएँ,’ उनले भने, ‘तर, अहिले चिचिला लाग्दा त बिमिरो पो फल्यो।’

पोख्रेलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको यो तथ्यमा स्थानीय किसानले आफूहरूले पनि वडाबाट अनुदानमा पाएको कागतीको बोटमा बिमिरोकै फल लागेको टिप्पणी गरिरहेका छन्। स्थानीय खिबराज मगरले आफ्नो बारीमा पनि कागती भनेर रोपेका बिरुवामा बिमिरो फलेको गुनासो गरेका छन्। अर्का किसान मोनु राईले आफूले लगेको बिरुवामा पनि त्यस्तै फल लागेको बताएका छन् भने किसान सन्तोष श्रेष्ठले आफूले रोपेको ५० बोटको अवस्था पनि यस्तै रहनेमा चिन्ता व्यक्त गरेका छन्।

वडाले स्थानीय पारसमणि काफ्लेबाट केही निःशुल्क लिएर र केही खरिद गरी कागतीका बिरुवा किसानलाई बाँडेको थियो। काफ्ले अहिले यही वडाको जनप्रतिनिधि (सदस्य)समेत छन्। काफ्लेकैबाट खरिद गरेको कागतीमा बिमिरोको फल लागेपछि पाँचथरका एक व्यापारीले गतवर्ष क्षतिपूर्ति दाबीसहित अदालतमा मुद्दासमेत दायर गरेका थिए। मुद्दा अझै विचाराधीन छ। वडाले उनै किसानबाट खरिद गरेका कागतीका बिरुवामा अहिले बिमिरो र अमिलो नै हुने अरू फलसमेत लागेको हो।

वडाध्यक्ष नुतनदेव दुलालले सुनकागती भनेर बाँडिएका बिरुवामा बिमिरो र अरू अमिलो फल लागेको गुनासो किसानबाट आएको स्वीकारे। बिरुवा बाँडेका बेला पनि वडाध्यक्ष नै रहेका दुलालले केही किसानले बिमिरो फलेको भन्दै आफूलाई उजुरीसमेत दिएको बताए। ‘हामीले त नेपाल सरकारले यो कागती हो भनेर प्रमाणित गरेका बिरुवा नै बाँडेका हौँ,’ उनले भने, ‘बिमिरो कसरी फल्यो भन्नेमा अचम्मै लागेको छ। किसानको गुनासो पनि आएको छ।’ वडाले करिब छ सय किसानलाई सुनकागतीका बिरुवा बाँडेको थियो। वडा सदस्य काफ्लेलाई पटक–पटक फोन गर्दा उठेन।

पोखरामा २४ तोला सुनसहित एक महिला पक्राउ !!

२५ साउन, पोखरा । वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ रहेको प्रहरीले जनाएको छ ।

बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा आने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो । ‘कहाँबाट कहाँ लैजाने ? कसको हो भन्ने अनुसन्धान हुँदैछ,’ जोशीले भने ।

अहिले स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाउने काम भैरहेको बैदाम प्रहरीले जानकारी दिएको छ ।

कानुनमाथि रवि लामिछानेको अर्को ‘मजाक’, दर्ता अनुमति बिनाको सञ्चारसेट कार्यकर्ताको हातहातमा

कानुनमाथि रवि लामिछानेको अर्को ‘मजाक’, दर्ता अनुमति बिनाको सञ्चारसेट कार्यकर्ताको हातहातमा ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकपछि अर्को कानुन वितरितको कार्य गरेको विवरण सार्वजनिक भएको छ । अमेरिकाबाट नेपाल फर्के लगत्तै बदर भएको नागरिकता दुरुपयोग गर्दै चुनाव लड्नेबाट सुरु भएको नेपाली कानुनलाई मजाकमा उडाउन रविको कदम बिना अनुमति कार्यकर्तालाई सञ्चार सेट प्रयोग गराउने सम्म पुगेको छ ।

फर्जि नागरिकताबाट चुनाव लडेर पुनः निर्वाचन गराउँदा राज्यको ठुलो धनराशी खर्च गराएका रविले एम्बुलेन्स जस्तो समबेदनशील सवारी साधनमा निलो रङ पोतेर गैरकानुनी काम गरेपछि चितवनको पुरानो मेडिकल कलेजलाई एम्बुलेन्स फर्काउन बाध्य भएका थिए । चितवनमा महिलाहरुका लागि निशुल्क भनिएको बसमा समेत यातायात ब्यवस्था ऐनलाई धज्जी उडाउँदै रविले निलो पोतेर चलाईरहेका छन् । साबिकको रङलाई कानुन बमोजिम परिवर्तन नगरि निलो पातेर यात्रु बस्ने सिटमा घण्टी चिन्ह अंकित खोल हालेर रविले अर्को मजाक थपेका छन् ।

नारायणगढ मुग्लिन सडकमा सुन्तलारङको आर ए टी लेखिएको बस्त्रधारी कार्यकर्तालाई गैरकानुनी सञ्चारसेट बोकाएर रविको पछिल्लो मजाक सार्वजनिक भएको छ । रविको यो मजाकलाई भने चितवन प्रशासनले गम्भीरताकासाथ हेरेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै प्रहरीले गरिरहेको काममा रास्वपाका कार्यकर्ताहरु हस्तक्षेप गर्न आएको र प्रहरीले जनशक्ति परिचालन गरि पहिरो पन्छाएर सडक सूचारु गरेको स्थानमा पार्टीको वर्दी लगाएर बाटो सूचारु गराएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेको जनाएको छ ।

सूचनामा ती कार्यकर्ताले बोकेको सञ्चारसेटको समेत अनुसन्धान गर्न प्रहरीलाई प्रशासनले निर्देशन दिएको छ । सूचनामा विपदका बेला प्रशासनकै आग्रहमा नागरिकसमाज, राजनीतिक दल, संघ संस्थाबाट जिल्ला ब्यवस्थापन समितिको समन्वयमा उद्दारमा खटिने गरिएपनि नारायणगढ मुग्लिनि सडक खुलाउन प्रशासनसंग कुनै समन्पय र स्वीकृती नलिई परिचालित भएको उल्लेख गरिएको छ ।

निर्माता सुरज र राजकेको चलचित्र “जय हो” को ट्रेलर सार्बजनिक ।

निर्माता सुरज र राजकेको चलचित्र “जय हो” को ट्रेलर सार्बजनिक ।

 

सिडनी, अष्ट्रेलिया । आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को ट्रेलर भव्यरुपमा सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको सिडनीमा अवस्थित नेपालीहरूको बढ़ी बसोबास रहेको स्थान रकडेलमा रहेको थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

निर्माताद्धय सुरज ल्वागन (सरकार) र राज कुमार अधिकारीको लगानिमा बनेको उक्त चलचित्र अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायततका व्यक्तिहरुको उपस्थितिमा फिल्मको ट्रेलर रिलिज कार्यक्रम गरिएको थियो । अष्ट्रेलियाको रकडेलमा आयोजित कार्यक्रमको सामाजिक सञ्जाल फेसबुकमा लाइभ समेत गरिएको थियो ।

निर्माताद्धय सुरज ल्वागन र राजकुमार अधिकारीले अभिनेता सलोन बस्नेत फिल्मको प्रचारको लागि अष्ट्रेलिया आएको अवसरमा ट्रेलर रिलिज कार्यक्रम नेपालमा नभई रकडेलमा गरिएको बताए । फिल्मको कार्यक्रममा नेपाली तथा अष्ट्रेलियाका मिडियाकर्मीको पनि उपस्थिति रहेको थियो । फिल्मको विदेश राइट्स नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले किनेका छन् ।

टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन समीर मियाँको भीएफएक्स र सन्देश शाहको ट्रेलर रहेको छ ।

फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्मका निर्माता राज के अधिकारी र सुरज ल्वागन सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

यस मुभी संसार भर एकै पटक प्रदशनमा आऊने समेत बताईएको छ ।

होबार्टमा पशुपति र समीक्षा सहित क्रुज तिज साँझ हुने ।

होबार्टमा पशुपति शर्मा र समीक्षा सहित तिज साँझ कार्यक्रम हुने भएको छ ।

 

सिडनी, अष्ट्रेलिया । अष्ट्रेलियाको तास्मानिया राज्य होबार्टमा यही आऊदो सेप्टम्बर ७ गतेका दिन साँझ ६ देखी १० बजे सम्म नेपालका चर्चित लोकप्रिय गायक पशुपति शर्मा र उदाऊदो गायिका समीक्षा अधिकारी सहित हिन्दू नेपालीहरू को महान पर्व तीजको अवसरमा क्रुज तीज साँझ कार्यक्रम हुने भएको छ । कार्यक्रम क्रुज अर्थात पानीजहाजमा आयोजना हुने बताईएको छ ।

तास्मानिया राज्यमा अवस्थित होबार्ट शहरको सालामानका बाट उक्त पानी जहाज सुरु हुने र करीब ४ घण्टा सम्म जहाजमा कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा नेपाली लोक संगीत क्षेत्रमा चर्चित लोक दोहोरी गायक पशुपति शर्मा मुख्य आकर्षणको रूपमा रहने छन भने गायिका समीक्षा अधिकारी समेत उक्त कार्यक्रममा उपस्थिति रहने छ । यो संगै तास्मानियामा चर्चित डीजे “डीजे बिक्की” ले कार्यक्रममा साथ दिने छन । डीजे बिक्की यो संगै अन्य धेरै कार्यक्रमहरूमा आफ्नो कला सहित डीजे प्रस्तुति गरीसकेका छन । उक्त कार्यक्रममा फोटोग्राफी, डीजे, १ कोष खाना, तीज बिशेष सांगीतिक कार्यक्रम आदि पानी जहाजमा आयोजना हुदैछ ।

कार्यक्रमको मुख्य प्रायोजक लक्ष्मी होम्स रहेको छ भने प्रायोजकहरूमा क्रिश रिमुभल्स र म्याडस क्लिनिंग तथा गार्डेनिंग रहेका छन । होबार्टमामा आयोजना हुन लागेको उक्त कार्यक्रम स्थानीय युवा समाजसेवीहरूको पहलमा हुन लागेको हो जसमा बिक्की चित्रकार, रबीन अर्याल, पुष्पराज आचार्य र गोबिन्द गरी संयुक्त रुपमा आयोजना गर्न लागीएको र यसलाइ बिजीपिआर इभेंट्स मार्फत कार्यक्रम आयोजनामा हुन लागेको हो ।

अघिल्लों वर्ष सामाजिक संस्था ओएनएफ तास्मानिया राज्य कमिटीले तीज बिशेष कार्यक्रम आयोजना गरीएको थियो । यसै गरी क्रुजमा कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रमलाई सफल बनाऊन बिभिन्न संघ संस्था, व्यक्तिहरूको साथ र सहयोग रहने समेत बताईएको छ । उक्त कार्यक्रममा प्रवेश शुल्क ७५ डलर रहेको छ । कार्यक्रममा टिकटको निम्ति बिक्की, रबीन, पुष्पराज र गोबिन्द संग सम्पर्क गर्न सकीने छ ।

कार्यक्रममा सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाईहरूमा उपस्थितिको निम्ति आयोजकहरू बाट आह्वान समेत गरीएको कुरा रबिन अर्यालले बिश्वपाटीलाई बताए ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय