२०८३ जेष्ठ २६ मंगलवार

बिदेशिए उदाउँदा फरवार्ड दिपक राज सिंह ठकुरी l

बिदेशिए उदाउँदा फरवार्ड दिपक राज सिंह ठकुरी ।

 

पोखरा । नेपाली फुटबलमा उदाउँदा स्टारका रुपमा एक परिचय बनाएका सफल युवा फरवार्ड दिपकराज सिंह ठकुरी पनि विदेशिएका छन् । २३ वर्षिय दिपकले पनि अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाउँदै विदेश पलायन भएका हुन् ।

गत सिजन ए डिभिजन लिगमा उदाउँदा ‘गोल मेशीनको छबी बनाएका दिपकले गत मार्चमा नेपाल मै सम्पन्न प्रधानमन्त्री थ्री नेशन्स कपमा लाओस विरुद्ध खेल्दै डेब्यु गरेका थिए । त्यतिबेला नेपाललाई प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि जिताउन दिपकले पनि अहम भूमिका खेलेका थिए ।

छोटो समय मै राम्रो सम्भावना बोकेका दिपक पनि विदेशिएपछि नेपालीले फुटबलले फेरि अर्को एउटा क्षमतावान खेलाडीलाई गुमाउन बाध्य बनेको छ । त्यसो त अष्ट्रेलिया पुग्ने दिपक नेपालका पहिलो अन्तर्राष्ट्रिय खेलाडी भने होईनन् ।

सन्तोष तामाङ, सुमन अर्याल, सुमन लामा, तेज तामाङ, शिव श्रेष्ठ, कमल थापा, सुजल श्रेष्ठ, रजिन धिमाल, अभिषेक रिजाल, अनिल खड़का जस्ता दर्जनौं अन्तर्राष्ट्रिय खेलाडीहरु सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया पुगिसकेका छन् ।

अष्ट्रेलिया बाहेक अन्य देशहरुमा पलायन हुने खेलाडीहरुको सूची भने अझै नगन्य छ । तर, नेपालले फितलो योजना र फुटबलमा जिविकोपार्जन गर्न सक्ने राम्रो माहोल सम्बन्धित पक्षले बनाउन नसक्दा अधिकांश खेलाडीहरु विदेशिन बाध्य छन् । र यो क्रम आउने दिनहरुमा पनि निरन्तर जारी रहने निश्चित पनि छ ।

खेलकुद क्षेत्रमा आवद्ध समस्त खेलाड़ीहरू यो अवस्थामा बिदेशीन लागे भने सायद नेपालमा खेल क्षेत्र अब रोकीने पो होकि भन्ने चासोको बिषय बनेको छ ।

एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय युवा संयोजकमा अरुण गौतमको चर्चा ।

एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय युवा संयोजकमा अरुण गौतमको चर्चा ।

सिडनी, अष्ट्रेलिया । अष्ट्रेलियामा रहेका नेपालीहरू को साझा संस्था एन आर एन ए अष्ट्रेलियाको आऊदो २९ गते वर्ष २०२३-२०२५ को लागी निर्वाचन हुदैछ । यही निर्वाचनको संघारमा बिभिन्न समूह भई निर्वाचनमा होमीएका छन । यति बेला निर्वाचनमा तीन समूह बीच प्रतिस्पर्धा हुने भएका छ । यो संगै टिम परिवर्तन, टिम अनिल र टिम दिला गरी तीन समूह आफ्नो चुनावी प्रचार प्रसारमा व्यस्त छन ।

त्यही समूह मध्यको टिम परिवर्तन बाट अष्ट्रेलियाको लागी राष्ट्रिय युवा संयोजक पदमा लामो समय देखी अष्ट्रेलिया मा युवा संस्थाहरू संगै बिभिन्न संघ संस्थामा रही नेतृत्वदायी भूमिकामा काम गर्दै आएका अरुण गौतमले आफनो बलियो उम्मेदवारी दिएका छन ।

अरुण गौतम अष्ट्रेलियामा बिशेष गरी युवा समुदाय माझ चिर परिचित नाम अनी व्यक्ति हुन । करीब १५ वर्ष अगाड़ी उनी नेपालको बारा जिल्ला बाट आफ्नो भविष्यको सपना साकार पार्नका निम्ति त्यो योजना लीएर अष्ट्रेलिया आएका उनी हाल सम्म आफ्नो व्यक्तिगत-पारिवारिक जीवनको व्यवस्थापन संगै व्यवसायिक यात्रा, अध्यन, सामाजिक यात्रा, लगायत बिभिन्न क्षेत्रमा उनी सफल व्यक्तिको रुपमा नेपाली समाजमा परिचित छन।

एनआरएन मा उनले सन २०१४ देखी हाल सम्म बिभिन्न पदमा रही निरन्तर रूपमा आवद्ध भएर सामाजिक सेवा गर्दै आएका छन ।

यस अघी उनी २०१९-२०२१ मा अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य बाट युवा संयोजक पदमा बिजयी भएका थिए । उनको उक्त कार्यकालमा अष्ट्रेलियामा स्थानीय स्तर देखी केन्द्रीय स्तर सम्म नेपाल देखी आएका युवा हरू लाई एकजुट बनाई समाजमा बिद्यमान अनेक समस्या, एक्लोपन, मानसिक रोग, पारिवारिक वातावरण देखी टाढ़ा, कुलतमा रहेका जस्ता अनेक युवाहरू माझ स्किल फुल ट्रेनिंग, मेण्टल हेल्थ सम्बन्धी कार्यक्रम, अष्ट्रेलियाको कानून बारे सचेतना, खेलकुद जस्ता बिभिन्न बिधामा काम गरी सफल युवा संयोजकको रूपमा आफुलाई अब्बल बनाईसकेका छन ।

उनको त्यो सफलता संगै अष्ट्रेलियामा पुन युवाहरू माझ अनेकन कार्यक्रम मार्फत युवाहरू लाई एनआरएन को अभिभावकत्व र साथको आवश्यकता लाई पुरा गर्नका निम्ति टिम परिवर्तनले अरुण गौतमलाई अगाड़ी सारेको हो ।

उनले आफु राज्यको संयोजक भई रहदा त्यति बेला कोरोनाको महामारीका कारण बिध्यार्थीहरूमा ठुलो समस्या आईपरेको थियो त्यो बेला अष्ट्रेलियामा रहेका अन्तराष्ट्रिय बिद्यार्थीहरू लाई जीविको पार्जन गर्न धौ धौ को अवस्था रहेको थियो । त्यो कठिन समयमा उनले कोभिडको महामारी संग जुधदै आफ्नो टिम संग रहेर हरेक बिद्यार्थीको कोठा कोठामा पुगी राहत सामग्री वितरण गरेका थिए । त्यो बेला उनी यो मेरो जीवनको महत्वपूर्ण समय र सेवा गर्ने अवसर समेत पाएको हुदा आफुलाई अझ सशक्त रुपमा सामाजिक सेवा गर्न प्रेरणा मिलेको बिश्वपाटीलाई बताए ।

उनी यति बेला अष्ट्रेलियाको आठ वटा राज्यको मतदाताहरू संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बिगत एक हप्ता देखी दौड़ाहा मा छन । उनी संगै सिंगो टिम परिवर्तन यो अभियानमा लागी परेको कुरा टिम परिवर्तन निर्वाचन परिचालन कमिटीका सदस्य दिपक पहारीले बिश्वपाटीलाई बताए ।

बिभिन्न राज्यमा कार्यक्रमहरू गरीरहदा अरुण गौतम प्रतीको युवाहरूमा माग, बिश्वास र आस्थाका कारण पनी उनको जीत अष्ट्रेलियामा अति आवश्यक रहेको कुरा कुईंसल्यांड राज्य निवासी प्रेम शाही ठकुरीले बताए ।

उनको एजेण्डामा युवा मैत्री कार्यक्रम, युवा सशक्तिकरण र नेतृत्व, शिक्षा तथा सो सम्बन्धि सहयोग, सामाजिक कार्यमा युवा, सचेतना मुलक कार्यक्रम, स्वास्थ्य, सामाजिक महत्व, साथिभाई बिच आपसी सहयोग जस्ता बिभिन्न एजेण्डा सहित आफ्नो उम्मेदवारी दिएका छन ।

उनी आफ्नो बचनमा पक्का, हसीलो अनुहार, हरेक संग घुलमिल हुने, दुःख मा परेको लाई सहयोग, टिम वर्क, समय व्यवस्थापन एवं एक कुशल नेतृत्व र बोलीमा अब्बलको रुपमा समाजले उनलाई चीनेको छ ।

K.B.K सृजनाचोक युथ क्लब पोखराद्वारा शैक्षिक सामग्री एबम प्रथामिक उपचार समाग्रि बितरण ।

  1. K.B.K सृजनाचोक युथ क्लब पोखराद्वारा शैक्षिक सामग्री एबम प्रथामिक उपचार  समाग्रि बितरण

K.B.K सृजनाचोक युथ क्लब ले आज पोखरा 0 अवस्थित श्री राम आधारभूत बिध्यालय मागरिब तथा जेहेन्दार बिध्यार्थि छात्रा ,  एक छात्र लाइ हौसला प्रति कपि,  कलम , चित्र बनाउन को निमित   चाहिने सबै सामग्रि ,  बिधालय लाइ चाइने प्रथामिक उपचार  समाग्रि  हस्तान्तरण गरेको

क्लब को अदक्ष्यता श्री सुनिल खडका ले गर्नुभएको थियो भने उक्त कार्यक्रम को प्रमुख अतिथि  श्री रुद्र नाथ बराल वडा का अभिभाबक रहनुभएको थियो! भनेबिशेष अत्तिथिहरुमा वडा सदस्य गोबिन्द बराल ,  बि   समिति अदक्ष्य मुक्ति नाथ चालेसे ,  प्र अ तिर्थ ढकाल , अतिथि हरु मा किशान भन्डारि ,  सन्जिब बराल , रहनुभएको थियो  स्वागत गर्दौ क्लब उपाधयक्ष शन्कर कार्कि ले अतिथि लाइ खादा लगाइ स्वागत गर्नुभएको थियो।

कार्यक्रमा बोल्दै क्लब अदक्ष्य श्री सुनिल खडकाले यो  क्लब ले समाजमा रहेको विकृति, विसंगति र अशिक्षा विरुद्दको यात्रामा लागी परेर काम गर्ने र समुन्नत समाज र सुखी नेपालिको सपना साकार पार्नका निम्ति हरेक टोलटोलबाट यूवाहरू जागे मात्र देश विकासको सपना साकार हुने र आगामी दिनमा रचनात्मक कार्यक्रमहरू गर्ने क्लबका अध्यक्ष सुनील खड़काले बताउनु भएको थियो साथ सथै अझै रचनात्मक कार्यक्रम  ल्याइ राखेको होबोल्दै गर्दा भोलिको देश को चलाउने तपाइ युवा हरु ले देश बनाउने तापाइ हरु को हात मा , बोल्नु भन्दा काम चाहिने युवा हरु लाइ स्वागत भन्दै  कार्यक्रम  भब्य र सभ्य बनाउन बिशेष धन्यवाद समय को बेस्थ्ता का बाब्जुत पनि आइदिनु भएको मा प्रमुख अतिथि लगाएत सबै मा आभार भन्दै आफ्नो मन्तब्य राख्नुभएको थियो भने

बिशेष अतिथि बि   समिति अदक्ष्य मुक्ति नाथ चालेसे ले मन देखि आभार सहित भोलि को दिन युवा हरु यसरी नै मा पनि बिध्यालय बनाउन साथैबिध्याल्य परिवार कोतर्फ बाट धन्यवाद दिनु भएको थियो।

  प्रमुख अतिथि श्री रुद्र नाथ बराल ले  क्लब अध्यक्क्ष श्री सुनिल खडका लाइ धन्यवाद दिनुभयो  किन कि उहा ले बिगात देखि नै बिभन्न एस्ता युवा मैत्रि कार्यक्रम राख्नु हुन्छ हार्दिक धन्यबाद साथै क्लबले छोटो समयमा निकै सह्रानिय र उदाहरणिय कार्यको थालनी गरेको र वडा बाट हुने हरेक खालका आर्थिक र नैतिक सहयोग गर्न सदैब वडा तत्पर रहने र युवाहरू समाज विकास र रूपान्तरणमा लाग्न प्रेरणा समेत वडा अध्यक्ष रुद्रनाथ बरालले बताए।

प्रमुख अतिथि  श्री रुद्र नाथ बराल क्लब अध्यक्ष श्री सुनिल खडकाले बि   समिति अदक्ष्य मुक्ति नाथ चालेसे लाइ समाग्रि हस्तान्तरण गर्नुभएको थियो !  कार्यक्रम मा युवा हरु को बाक्लो उपास्थिति थियो भने  कार्यक्रम सन्चालक क्लब सचिब अन्तिम परियार ले गर्नुभएको थियो । 

राष्ट्रिय युवा संघ नेपाल, पोखरा महानगरको प्रथम पुण बैठक l

राष्ट्रिय युवा संघ नेपाल,पोखरा महानगर कमिटीको प्रथम पुण बैठक राखेको जानकारि साथै सम्पुर्ण पदाधिकारी तथा सदस्य हरुलाई अनिवार्य उपस्थितिको लागी निमन्त्रणा गरिएको छ! सचिब आबिस्कार तिमिल्सिना ले बिश्व पाटि लाइ बताउनु भयो!

मिति:-२०८०/०४/०५ गते
समय:-दिउँसो (२:०० बजे)

मुर्रा भैसी पछी अमेरिका र अष्ट्रेलियाबाट घास ।

२६ असार २०८० तिनाउँ (नुवाकोट) । “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।”

भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो । अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री प्रकाशन तथा प्रसारण गरिरहेका हुन्छन् । पछिल्लो समयमा नेपाली सञ्चारमाध्यममा पनि मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ । गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व पायो ।

यो विषय नेपालको सङ्घीय संसद्मासमेत चर्चा पायो । हाँसोमजाकको विषय पनि बन्योे तर कृषिप्रधान नेपालका लागि उन्नत जातको मुर्रा भैँसीको नश्ल सुधार अत्यावश्यक छ । देश–विदेश बुझेका कृषिका जानकारहरूका लागि यो महत्त्वको विषय हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा भारतसँग उक्त जातका भैँसी माग भएको थियो भने प्रधानमन्त्री दाहालको उक्त भ्रमणका अवसरमा उपलब्ध गराउने समझारी भएको थियो ।

एक वर्षअघि भारतको राजस्थानमा भएको एक मेलामा एक हजार पाँच सय किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको सन्दर्भ अहिले पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गर्ने गरेका छन् । मुर्रा भैँसी वजनदार मात्र होइन, देख्दा पनि आकर्षक हुन्छन् । यिनले एकपटकमा कम्तीमा २५ लिटरसम्म दूध दिन सक्छन् । व्यावसायिक पशुपालनका लागि भारत र नेपालजस्ता मुलुकका लागि यो एक प्रकारको वरदान नै हो । केवल व्यावसायिक पशुपालनको सोच, उचित लगानी, वातावरण र किसानी मेहनत भने आवश्यक पर्छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँस्थित कँडेल कृषि फार्म प्रालिमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगावै विभिन्न माध्यमबाट मुर्रा जातका भैँसी उपलब्ध भइसकेको थियो । औपचारिक माध्यमबाट भारतदेखि मुर्रा भैँसी ल्याउन अनुमति र विविध प्रक्रिया पूरा गर्नुपर्छ । सो फार्मले भारतका सीतामढी, दिल्ली र हरियाणलगायतका स्थानबाट नेपालका सीमावर्ती भैरहवालगायतका क्षेत्रमा अनौपचारिक माध्यमबाट ल्याएर पालन गरिएका भैँसी नेपाली व्यवसायीबाट किनेर ल्याएको हो । हाल एक भैँसीले दैनिक २८ लिटरसम्म दूध दिन्छन् । ती भैँसीमा मुर्राको कति प्रतिशत नश्ल छन् भन्ने आधारमा वर्गीकरण हुने गर्छ । पूर्ण मुर्रा भैँसी निकै महँगो पर्छ । सो फर्मले प्रति भैँसी रु दुई लाखदेखि १० लाखसम्ममा ल्याएको हो । अहिले फार्मको राँगो स्थानीय अरु मानिसका भैँसीलाई लगाउन पनि प्रयोग गरिन्छ । यसबाट यसको नश्ल क्रमशः नश्ल सुधार हुन सहयोग मिल्नेछ ।

“मैले कसरी व्यावसायिक कृषिपालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययनका क्रममा मुर्रा भैँसीबारे थाहा पाएर राँगो मगाएको हुँ ।” फार्मका अध्यक्ष गोपीप्रसाद कँडेलले भन्नुभयो, “प्रधानमन्त्री प्रचण्ड भारत जाँदा १५ मुर्रा राँगो ल्याउने कुरा सकारात्मक हो । यसको नश्ल देशभर फैलाउन र दूध उत्पादनमा आत्मनिर्भर हुन आवश्यक छ । यसरी काम गर्न सकियो भने युवा रोजगारीका नाममा खाडीमा भौतारिन पनि पर्दैन ।”

उच्च शिक्षाका लागि बेलकोटबाट २०४६ सालमा काठमाडौँ छिरेका कँडेलले सुरुमा कागज उद्योग स्थापना गर्नुभएको थियो भने पछि नेपालमै पहिलोपटक सिसाको हस्तकला उद्योग स्थापना गर्नुभयो । आयात–निर्यातको व्यवसाय क्रममा परिवारसहित सन् २००८ मा संयुक्त राज्य अमेरिका पुगेर दुई वर्ष बस्नुभयो । त्यसपछि उहाँ नेपालमै केही गर्नुपर्छ, युवापुस्तालाई पनि प्रेरण दिनुपर्छ भन्ने सोचका साथ स्वदेश फर्कनुभयो । सौर्य ऊर्जा र ग्यास उद्योगमा समेत लगानी गरेका कँडेलले फार्ममा विदेशबाट काठ मगाएर आफू बस्नका लागि पर्यावरणीय काठघर पनि निर्माण गर्नुभएको छ । उहाँले कोल्डस्टोर र डेरी फार्म स्थापनाको लक्ष्य लिनुभएको छ ।

कृषि र पशुपालनसहित विषादिरहित खानको अभियानमा जोडिएका महत्त्वपूर्ण व्यावसायिक सम्मान (सिआइपी) प्राप्त कँडेलले कँडेल कृषि फार्ममा पछिल्लो समयमा उक्त लक्ष्यमा सघाउन कृष्ण दाहाललाई साझेदार बनाउनुभएको छ ।

कुल ५० रोपनी जग्गामा रहेको र चार वर्षअघि स्थापित फार्ममा हाल एक राँगोसहित १० भैँसी, १० गाई छन् । एक गिरी गाई पनि छ । फार्मले कोरियाली गाई पनि मगाउने तयारी गरिरहेको छ । गाई भैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको कँडेलले बताउनुभयो । यहाँका गाईभैँसीका लागि पोषिलो घाँस खुवाउन फार्मले अमेरिकी घाँस रेड नेपिएर (रातो घाँस), अष्ट्रेलियाको हरियो घाँस (नेपिएर) खेतबारीमा लगाएको छ । हेर्दा उखुजस्तो देखिने यी घाँस रोप्न, हुर्काउन र काट्न सजिलो हुन्छ । फर्ममा हालसम्म करिब रु डेढ करोडको लगानी भइसकेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भारत सरकारसँग ल्याइने १५ मुर्रा राँगोका लागि पशुसेवा विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल गठन भएको र उक्त टोलीले भारतका सम्बन्धित सरकारी फार्ममा गई प्राविधिक परीक्षणपश्चात राँगो ल्याइने बताउनुभयो । ती राँगोलाई कृषि अनुसन्धान परिषद् (नार्क) लगायत स्थानमा राखेर बीर्य सङ्कलन गरी क्रमिकरूपमा भैँसीहरूमा कृत्रिम गर्भाधान गराइने र पहिलो वर्षमा डेड लाख भैँसीलाई गर्भाधारण गराइने योजना रहेको बताउनुभयो ।

नेपाल र भारतबीचको खुला सिमानाका कारण हालसम्म के–कति यस्ता भैँसी या अनौपचारिक माध्यमबाट भित्रिएका छन् भन्ने विवरण मन्त्रालयमा नरहेको प्रवक्ता सञ्जेलले बताउनुभयो । औपचारिक संयन्त्रबाट स्वास्थ्य परीक्षण र प्रमाणपत्रबिना ल्याउने अनुमति पनि नभएको उहाँको भनाइ छ ।

बल्छी ध्रुवे’सहित ११ जनाविरुद्ध मुद्दा दायर, कलाकारलाई एक वर्षसम्म कैद माग !!

काठमाडौं । क्रिप्टो कारोबार, सट्टेबाजी र गैरकानुनी विज्ञापन प्रसारण गरेको अभियोगमा ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले चार अभियोगमा कलाकारसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त मुद्दामा अभियुक्त बनाइएकाहरूको सोमबारदेखि न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा बयान लिइँदै छ । बयान सकिएपछि बेल्बासेकै इजलासमा थुनछेक बहस हुनेछ ।

समाज भन्दा अगाडी मानवता: एनसीसी सदस्य उम्मेदवार सरू।

समाज भन्दा अगाडी मानवता: एनसीसी सदस्य उम्मेदवार सरू खतीवडा।

सिडनी, अष्ट्रेलियामा यति बेला एन आर एन ए अष्ट्रेलिया को निर्वाचनको चहलपहल बढ़दो अवस्थामा रहेको छ । बिभिन्न उम्मेदवारहरू द्वारा आफ्नो समूह सहित उम्मेदवारी घोषणा कार्यक्रम गर्ने गरेका छन । यति बेला ३ समूहले आ-आफ्नो उम्मेदवारी घोषणा कार्यक्रम गरेका छन ।

यो संगै टिम परिवर्तनले आफ्नो उम्मेदवारी घोषणा कार्यक्रम सिडनीमा अन्य समूह भन्दा अगाड़ी सम्पन्न गरीसकेको छ । उक्त टिम बाट अध्यक्ष पदमा समाजसेवी देब बहादुर गुरुंग रहेका छन भने महासचिवमा उषा किरण बारिया रहेका छन । सोही समूह बाट नेपाली समाज माझ एक चिर परिचित महिला समाजसेवी सरु खतीवडाले एन सी सी सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन । उनी न्यु साउथ वेल्सको हर्न्सबि भन्ने स्थानमा बसोबास गर्दै आएकी छन ।

 

उनको पृष्ठभुमी बारे बिश्वपाटीले प्रश्न गर्दा उनी एक उद्यमी एवं सफल व्यवसायी र सोही व्यवसाय मार्फत समाजसेवा गर्दै आएकी छन । उनले यस अघी अष्ट्रेलियामा कोभिडको समयमा आफ्नो व्यक्तिगत खर्चमा नेपाली बिद्यार्थीहरू अष्ट्रेलियामा काम गर्न नसकेको अवस्थामा उनीहरूको घर घरमा गई राहत वितरण गरेकी थीइन यति मात्र होइन उनले नेपालमा कोभिडको समयमा अक्सीजन सिलिण्डरको मात्रा कमी हुदा अक्सीजन प्लाण्ट निर्माण गर्नका लागी आर्थिक सहयोग समेत गरेकी छन । उनले आफ्नो व्यवसाय बाट क़रीब १०० भन्दा बढ़ी लाई रोजगारी दिदै आएकी छीन भने त्यस मध्य ७२ जना नेपाली भाई बहिनी हरू रहेको बताऊछीन । उनले यो संगै स्थानीय बिभिन्न संस्थाहरू लाई आर्थिक सहयोग र कार्यक्रमहरूमा प्रायोजकको रुपमा समेत सहयोग गर्ने गरेकी छन । नेपालमा रहेका सामुदायिक बिद्यालयहरूमा समेत सहयोग गर्दै आएकी छन ।

समाज सेवा भन्दा अगाड़ी मानवता आउछ भन्ने उनको बिश्वास रहेको बिश्वपाटीलाई बताईन । मानवता सिवाय अन्य कुराहरू भनेका समय क्रम अनुरूप आउने बताईन । उनको यो सामाजिक सेवा गरे बापत आज सम्म धेरै राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरू बाट सम्मानित समेत भएकी छन, यो कुराहरू नै मेरो लागी प्रेरणाको श्रोत र हौसला हो उनी बताऊछीन ।

उनी नेपाली समाजमा एक परिचित व्यक्ति हून । उनको यो उम्मेदवारी लाई धेरै ले सकारात्मक एवं समाज परिवर्तन गर्नका निम्ति सहयोगी हातहरू को आवश्यकतामा सरु लाई हामिले नेपाली समाजमा पाएको एक सामाजिक अभियन्ता अमर गुरुंगले बताए ।

सरु टिम परिवर्तन बाट उम्मेदवारी दिएकी छीन, उनी संगै अन्य बिभिन्न बिधामा परिचित व्यक्तिहरू टिम परिवर्तन बाट एन सी सी सदस्य पदमा आफ्नो उम्मेदवारी दीएको महासचिव पदका उम्मेदवार उषा किरण बारिया ले हामीलाई बताईन ।

निर्वाचन आऊदो जुलाई २९ गरे हुन गईरहेको छ ।

प्रहरी प्रधान कार्यालयको अनुसन्धानको खुलासाः

प्रहरी प्रधान कार्यालयको अनुसन्धानको खुलासाः

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम जोडेर सार्वजनिक भएको अवाज सन्देश शर्मासँग मिल्यो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणा देउवालाई रकम बुझाएको भनेर सार्वजनिक भएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार डियो परीक्षणका क्रममा शर्मासँग मिलेको हो । अडियो बाहिर आएपछि डा. राणाले नक्कली अडियो भएको भन्दै यसबारे जाँच गर्न माग गर्दै गत वैशाख २७ गते नेपाल प्रहरीको साइवर व्युरोमा उजुरी दिएकी थिइन् ।

 

एनआरएनए न्यु साउथ वेल्सको सदस्यमा अवानीको जीत सुनिश्चित ।

एनआरएनए न्यु साउथ वेल्सको सदस्यमा अवानीको जीत सुनिश्चित ।

सिडनी, प्रवासमा रहने नेपालीहरूको साझा संस्था एन आर एन ए अष्ट्रेलियाको आऊदो निर्वाचनको लागी यति बेला व्यापक चहलपहल सुरु भएको छ । सामाजिक संजाल प्रचार सामग्रीका कारण रंगीचंगी भएको छ ।

यो संगै बिभिन्न समूहहरू द्वारा यति बेला अनेक सभाहलहरूमा आफु अनी आफ्नो समूहको सार्बजानिक रुपमा उम्मेदवारी घोषणा गरेका छन ।

अष्ट्रेलियामा पहिलो पटक आफ्नो उम्मेदवारी घोषणा गर्नेमा टिम परिवर्तन बाट अध्यक्ष पद्का उम्मेदवार देब बहादुर गुरुंग र उनको नेतृत्व मा रहेको टिम परिवर्तन रहेको छ ।

यो संगै टिम परिवर्तन बाट अवानी पौडेलले न्यू साउथ वेल्स राज्यमा सदस्यको रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छीन ।

अवानी पौडेल बिगतमा अष्ट्रेलियामा बिभिन्न सामाजिक संस्थामा आवद्ध भएर यस पालिको चुनावमा एन आर एन ए अष्ट्रेलियामा रही काम गर्ने अभिलाषाका साथ उम्मेदवारी गरेको बिश्वपाटीलाई बताईंन । उनी अष्ट्रेलियामा मात्र नभई नेपालमा लामो समय राष्ट्रीय तथा अन्तराष्ट्रिय सामाजिक संस्थामा नेतृत्व गरेर अनुभव बटुलेकी छीन । उमेरले सानी भएपनी उनको समाज प्रतीकों लगाव भने चाही एकदम परिपक्क छ ।

बिश्वपाटीको प्रश्नमा तपाई के कारणले सदस्यमा उम्मेदवारी दिनुभयो भन्ने कुरामा उनले अष्ट्रेलियामा बिशुद्ध सामाजिक सेवामा आफ्नो जीवन व्यतीत गर्नु हुने देब बहादुर गुरुंग अनी महिला आवाज उषा किरण बारिया बाट प्रभावित भई यस टिम मार्फत समाज सेवा गर्ने उद्देश्य रहेको बताईंन ।

उनी नेपाली समाजमा एक चिर परिचित अनुहार पनी हुन, हसीलो स्वभावका उनी आफुलाई एक सामाजिक अभियन्ताको रूपमा देखाऊन अनी चिनाऊन यस अभियानमा लागेको बताऊछीन । उनी सामाजिक संजालमा भाईरल उम्मेदवारको रुपमा समेत प्रख्यात भएकी छीन । यो संगै उनको जीत पक्का रहेको छ, सामाजिक अभियन्ता रबीन पौडेलले उनको जीत सुनिश्चित रहेको बताए।

निर्वाचन यही आऊदो जुलाई २९ गते हुन गईरहेको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरवार घेराउ गर्दै !

काठमाडौँ । आज स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरवार घेराउ गर्ने भएका छन् ।

संघीय सरकारले वित्तीय समानिकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विषयमा गाउँपालिका तथा नगरपालिका संघहरुले आन्दोलन गर्न लागेका हुन् ।

स्थानीय जनप्रतिनिधिले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् ।

अर्थ मन्त्रालयलाई बारम्बार चालु आर्थिक वर्ष २०७९/८० को वित्तीय समानीकरणको अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती नगर्न आग्रह गर्दा नमानेको भन्दै सङ्घीयता बचाउनको लागि भन्दै दुवै पालिका संघहरुले आन्दोलनको तयारी गरेका हुन् ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय