घण्टाघर उपमहानगरपालिकाले जिम्मा लिएपछि मेयर साम्पाङका आफन्तहरू कर्मचारीमा नियुक्त
धरान : घण्टाघर धरान उपमहानगरपालिकाले जिम्मा लिएपछि त्यहाँ आकर्षण बढाउन विकासका योजना थपिने आशा गरिएकोमा मेयर हर्क साम्पाङले कार्यरत कर्मचारीलाई अन्यायपूर्वक निकालेर आफ्ना नातागोता नियुक्त गर्ने बाहेक केही नभएको पूर्व कर्मचारी एवं सञ्चालकहरूले गुनासो गरेका छन् ।
भानुचौक स्थित घण्टाघर धरान आउने पर्यटकहरूका लागि पहिलो आकर्षण स्थल हो । यसअघि यसको रेखदेख छुट्टै व्यवस्थापन समितिले गर्दै आएको थियो । धरान हङकङ समाज तथा हङकङका धरानेहरुको आर्थिक सहयोगमा निर्मित घण्टाघर उपमहानगरपालिकाले २०७९ असोजमा जिम्मा लिएको हो ।
घण्टाघर निर्माणमा नेतृत्व गरेका पूर्व व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व मेयर मनोजकुमार मेयाङबोले उपमहानगरपालिकाले जिम्मा लिए पनि त्यहाँ थप कार्यहरू केही नभएको बरु व्यवस्थापनका कर्मचारीहरू माथि अन्याय भएको सुनिएको बताए ।
उपमहानगरपालिकाले जिम्मा लिए लगत्तै मेयर साम्पाङको ठाडो आदेशमा १७ वर्ष देखि त्यहाँ कार्यरत कर्मचारी निकालेर नातागोतालाई नियुक्त गर्ने, करार कर्मचारीलाई ज्यालादारीमा घटुवा गर्ने काम गरेको चौकीदार नरबहादुर सुब्बाले बताए ।
उनका अनुसार मेयर साम्पाङले खाइपाइ आएको तलब कटौती गरेका छन् । करार कर्मचारीलाई ज्यालादारी बनाएका छन् । यसअघि व्यवस्थापन समितिले सञ्जय कोष र हप्तामा एक दिन बिदा दिन्थ्यो, त्यो पनि कटौती गरियो ।
उनले भने ‘सत्र वर्ष काम गरेर पेसन दिने बेलामा तलब कटौती गर्दै सबै सुविधाबाट वञ्चित गरिएको छ ।’ नयाँ कर्मचारीलाई दैनिक ७५० रुपया दिएको पुरानो कर्मचारीलाई भने ६९५ दिएर भेदभाव गर्दै मनोबल घटाउने काम गरिएको उनले बताए ।
मेयर साम्पाङले घण्टाघरमा काउन्टर कर्मचारीको रूपमा ज्वाइँ अभिषेक राईलाई नियुक्त गरेका छन् । घण्टाघर इन्चार्जमा आफनै जेठान पर्ने अनुज भुजेललाई नियुक्त गरेका छन् । मेयर साम्पाङले पूर्व सुपर भाईजर निर्मल याक्थुङबा मेन्याङबोलाई ठाडो आदेशमा हटाएर जेठानलाई नियुक्त दिएका हुन ।
जिम्मा लिएपछि मेयर साम्पाङले कर्मचारी हटाउने र आफन्त नियुक्त गर्ने बाहेक घण्टाघरको लागि कुनै नयाँ योजना सार्वजनिक गरेका छैनन् । सधैँ अङ्ग्रेजी नयाँ वर्षको साँझ आकर्षक झिलिमिली बनाइने घण्टाघर यसपालि १ जनवरी २०२३ मा अँध्यारो राखिएपछि व्यापक आलोचना भएको थियो ।
त्यसमा उपमहानगरपालिका ध्यान नगए पनि २ नम्बर वडा कार्यालयको सक्रियता वडाध्यक्ष रमेश राईले तत्काल घण्टाघरलाई आकर्षण दिने काम गरेका थिए । घण्टाघरको व्यवस्थापन वडा २ लाई दिइनुपर्ने माग गर्दै आएका वडाध्यक्ष राई हालको व्यवस्थापनबाट सन्तुष्ट छैनन् ।
उनले भने ‘हामीले घण्टाघरको स्वामित्व, व्यवस्थापन वडा २ लाई हस्तान्तरण गर्न निकै पहल गरे पनि नगरपालिकाले किन नदिएको हो ?’ भनी प्रश्न गर्दै यस विषयमा आफू अनभिज्ञ रहेको बताए । समय आयपछि सम्पूर्ण कुरा बताउने उनको भनाई छ ।
अष्ट्रेलियामा सडक र लाइसेन्स नियममा परिवर्तन, के रहेछ हेरौ ।
अष्ट्रेलियाको सडक प्रयोग गर्ने चालकहरूको लागि ठूलो परिवर्तन आउँदैछ
NSW सडक नियमहरू उल्लङ्घन गर्ने अन्तर्राष्ट्रिय ड्राइभरहरूलाई राज्य सरकारले कडा नियमहरूको अधीनमा राखिनेछ जसले केही देशका विदेशीहरूलाई NSW ड्राइभर इजाजतपत्र परीक्षणमा बस्न बाध्य पारेको देख्नेछ।
अहिले सम्म, केही चालकहरूले 13 डिमेरिट पोइन्टहरू प्राप्त गरेपछि वा गम्भीर सडक अपराधमा दोषी ठहरिएपछि आफ्नो विदेशी इजाजतपत्र कायम राख्न सक्षम थिए, तर जुलाई 1 देखि नयाँ राज्य सरकार अन्तर्गत परिवर्तन हुनेछ।
यो मुद्दा पहिले अघिल्लो सरकारले पहिचान गरेको थियो जुन कोविड-सम्बन्धित ढिलाइका कारण ड्राइभर इजाजतपत्र परीक्षण प्रशासनमा रोक्न बाध्य भएको थियो। वर्तमान सरकारले नयाँ नीतिलाई अगाडि बढाउने निर्णय गरेको छ ।
भारत, चीन, पाकिस्तान र नेपाल लगायतका केही देशबाट अस्ट्रेलियामा ६ महिना बसेका अस्थायी भिसा धारकहरूले अब स्थानीयले आवश्यकता अनुसारको ज्ञान र प्रयोगात्मक परीक्षामा बस्नेछन्, तर बाँकी समयको जस्तै घण्टा लगाइरहनुपर्दैन।
‘सकारात्मक’ परिवर्तनले अघिल्लो ‘लुफोल’ लाई सम्बोधन गर्दछ
राष्ट्रिय सडक र मोटर चालक संघ (NRMA) ले प्रवक्ता पिटर खौरीले परिवर्तनलाई “सकारात्मक कुरा” भएकोमा सहमत भएको कदमको प्रशंसा गरेको छ। “हामी हाम्रो डिमेरिट पोइन्ट प्रणालीमा त्रुटिहरू चाहँदैनौं किनभने यो सडक सुरक्षाको बारेमा हो,” उनले याहू न्यूज अष्ट्रेलियालाई भने।
नियमहरू परिवर्तन गर्न सुरुमा चुनौतीहरू मध्ये एक कोविड पछि ड्राइभिङ परीक्षण गर्न चाहने मानिसहरूको ब्याकलग थियो, र त्यसैले तिनीहरू प्रणालीमा धेरै दबाब दिन चाहँदैनन्, जुन अर्थपूर्ण थियो,” उनले बताए।
“तर यो सरकारले स्पष्ट रूपमा अब त्यो लूफोल बन्द गर्ने र न्यू साउथ वेल्समा डिमेरिट पोइन्ट र इजाजतपत्र प्रणालीमा थप सुरक्षा थप्ने नीतिको साथ जारी राखेको छ, र यो राम्रो कुरा हो किनभने तपाईंसँग त्यस्तो अवस्था हुन सक्दैन जहाँ मानिसहरूले लिइरहेका छन्। केहि र केहि अवस्थामा साँच्चै गम्भीर जोखिम र यसबाट टाढा जाँदैछ।”
नयाँ विदेशी चालक नीतिको अर्थ के हो?
नयाँ नीतिको अर्थ विदेशी चालकहरूले 13 डिमेरिट अंक प्राप्त गरेमा, गम्भीर ड्राइभिङ अपराधमा दोषी ठहरिएमा, अदालतबाट ड्राइभिङ गर्न अयोग्य ठहरिएमा, वा विशेष तीव्र गतिमा वा मादक पदार्थ र मादक पदार्थ सेवन सम्बन्धी अपराध गरेको खण्डमा आफ्नो भ्रमण गर्ने चालक विशेषाधिकार गुमाउनेछ।
“परिवर्तन अन्तर्गत, यी लाइसेन्स धारकहरूले उनीहरूको भ्रमण गर्ने ड्राइभिङ विशेषाधिकारहरू स्थायी रूपमा फिर्ता लिनेछन्। यदि तिनीहरू NSW मा फेरि ड्राइभ गर्न चाहन्छन् भने, तिनीहरूले NSW चालक अनुमतिपत्रको लागि आवेदन दिन आवश्यक हुनेछ,” तिनीहरूले भने।
हाल, नीति NSW मा मात्र लागू हुनेछ किनकि प्रत्येक राज्यको आफ्नै इजाजतपत्र प्रणाली र डिमेरिट पोइन्ट प्रणाली छ, तर यदि समान लुफोल अन्य क्षेत्राधिकारहरूमा अवस्थित छ भने, “त्यहाँ सम्भावना छ कि तिनीहरूले अवलोकन गर्नेछन् र यदि सान्दर्भिक भएमा, उही दृष्टिकोण लागू गर्नुहोस्” Mr. Khoury भन्नुभयो।
२ वर्षभित्र शान्ति प्रक्रियाका बाँकी सबै कामलाई टुगोमा पुयाउनुपर्ने !
२ वर्षभित्र शान्ति प्रक्रियाका बाँकी सबै कामलाई टुगोमा पुयाउनुपर्ने :डा बाबुराम भट्टराई
मदनमणी तिमिल्सिना
पोखरा । नेपाल समाजवादी पाटीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुशासन र समृद्धिको प्रतिफल जनतालाई दिन नसक्दा असन्तुष्टि बढेको बताए । जनतामा असन्तुष्टि बढ्नु गम्भीर विस्फोटको संकेत हो,’ उनले भने, ‘सबै दल रुपान्तरित भएर जिम्मेवारी बोध गरी आगामी दिनमा नयाँ ढंगले गएमा मात्र विकास सुशासन र समृद्धिको मागलाई सम्बोधन गर्न सकिन्छ । उनले सबै दल मिलेर जनताको विद्रोहलाई सुविचारी ढंगले सम्बोधन गर्नु पर्ने खाँचो औल्याए । ‘जनतामा चरम असन्तुष्टि बढेको छ । भट्टराईले २ वर्षभित्र शान्ति प्रक्रियाका बाँकी सबै कामलाई टुगोमा पुयाउनुपर्ने विचार राखे । पूर्व प्रधानमन्त्री भट्टराईले खिलराज रेग्मीलाई सत्ता हस्तान्तरण गर्ने बेलामा संक्रमणकालीन न्यायसम्बन्धी अध्यादेश ल्याउने अधिकार पाउनुपर्ने शर्त राखेको स्मरण गरे । आफ्नो सरकारको निर्णयका रुपमा अध्यादेश पारित गरी सिधे राष्ट्रपतिलाई बुझाएर सत्ता हस्तान्तरण गरेको उनले उल्लेख गरे । संक्रमणकालीन न्याय संवेदनशील विषय भएको उल्लेख गर्दै डा भट्टराईले संसदको विशेष समितिमार्फत छिटो टुग्याउनुपर्ने बताए। उनले कसैले पनि हलो अड्काएर गोरु चुट्ने काम गर्न नहुने उल्लेख गरे । इन्द्वपीडितको सवाल माओवादीको मात्र नभएर सबै दल र राज्यको सरोकारको विषय भएकोमा उनले जोड दिए । गण्डकीका मुख्यमन्त्री एवं एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले पछिल्लो समय सामाजिक अराजकताको आवाजले आकार ग्रहण गर्न खोजेको जनाए। सामानिक अराकताको चुनौतिको सामना नगरे राष्ट्र विधटन हुन सक्ने उनले संकेत गरे ।अधिकारीले मिलेका विचारबाट पाटी एकताका सुरुवात गर्न प्रस्ताव गरे । अधिकारीले भने, ‘त्यसका लागि म जुनसुकै तल्लो कमिटीमा बस्न तयार छु। उनले संविधान बनाउन योगदान गर्ने दलबीचको एकता आवश्यक भएकोमा जोड दिए । पूर्ण पौडेल तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका हुन्। प्रतिष्ठानको संरक्षकमा उनकी आमा मोतीमाया पौडेल छन् । प्रतिष्ठानको तदर्थ समिति अध्यक्षमा केदारप्रसाद पौडेल, उपाध्यक्ष कमला पौडेल, सचिव सावित्रा दुरा र कोषाध्यक्ष तेजकुमारी पौडेल छन् ।
कार्यसमिति सदस्यमा बखानसिंह गुरुङ, महेन्द्रमणि पौडेल, कल्पना चिलुवाल, शिव खनाल, पूर्णजीत पुन, शुक्र चुमान, रविप्रकाश गुरुङ, डा रवि थापा, रश्मि थापा छन्। पूर्ण पौडेलको स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रममा नेपाल कम्पनिस्ट पाटोका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, नेकपा (बहुमत) का केन्द्रीय सदस्य गोकुल पराजुली, पूर्ण पौडेल प्रतिष्ठान पोखराका संरक्षक मोतीमाया पौडेल प्रतिष्ठानका अध्यक्ष केदार पौडेल, सदस्य महेन्द्रमणि पौडेल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी, पत्रकार कोमलनाथ बराल, विद्यार्थी प्रकाश बास्तोला लगायतले मन्तव्य राखेका थिए ।
चितवन–२ मा रवि लामिछाने ४२ हजार ९६२ मतान्तरले विजयी !
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ४२ हजार ९६२ मतान्तरले विजयी भएका छन् ।
सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका हुन् ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए । नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो स्थानमा रहे ।
गएको मंसिर ४ गते भएको निर्वाचनमा यहाँबाट लामिछाने नै निर्वाचित भएका थिए । नागरिकता प्रकरणमा उनले पद गुमाएपछि रिक्त स्थानका लागि उपनिर्वाचन भएको हो ।
गएको आइतबार भएको मतदानमा यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो । चितवन–२ मा २२ उमेदवार प्रतिस्पर्धामा थिए ।
ईस्लाम धर्मावलम्वीले आज इदुलफित्र मनाउँदै !!
काठमाडौं । ईस्लाम धर्मावलम्वीले महान पर्व ‘इदुलफित्र’ आज मनाउँदैछन् । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् ।
बिहानको समय ३ बजेर २० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४ सय ४४ हो भने रमजान महिना नवौँ महिना हो ।
रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।
रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।
संमृद्धिको लक्ष्य हासिल गर्न सरकार दृढ सङ्कल्पितः प्रधानमन्त्री दाहाल !!
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताए ।
इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) को अवसरमा आज शुभकामना दिँदै उनले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार हुन आएको बताए ।
उनले नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको उल्लेख गरे ।
इद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व भएको स्मरण गर्दै प्रधानमन्त्री दाहाल मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएका जनाए ।
“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छन्”, सन्देशमा उनले भने , “मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् ।”
प्रधानमन्त्री दाहालले इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले मुस्लिम समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको कामना गरे ।
साउनदेखि चैतसम्म नेपालबाट ३७ करोड ५२ लाख रूपैयाँको पानी निर्यात !!
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३७ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको पानी निर्यात भएको छ । भन्सार विभागका अनुसार ५९ लाख ५० हजार ८८३ लिटर पानी निर्यात भएको हो । सोही अवधिमा ७९ लाख ३८ हजार रुपैयाँ बराबरको ५९ हजार ३९९ लिटर पानी आयात भएको छ ।
नेपालको पानी जर्मन, भारत, जापान, अस्ट्रेलिया र भुटानमा निर्यात भएको छ । सबैभन्दा बढी पानी भारतमा ३७ करोड ४८ लाख ९५ हजार रुपैयाँ बराबरको ५९ लाख ४५ हजार ५२७ लिटर निर्यात भएको विभागको तथ्यांक छ । गत वर्ष यसै अवधिमा १५ करोड ५७ लाख ८७ हजार रुपैयाँ बराबरको २७ लाख ५६ हजार १२ लिटर पानी निर्यात भएको थियो । गत वर्ष अष्ट्रेलिया, फ्रान्स, जापान, कतार, युएई, पोल्याण्ड, युके र भारतमा निर्यात भएको थियो ।
विभागका अनुसार गत वर्ष पनि सबैभन्दा धेरै भारतमा १५ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । सोही अवधिमा ५६ लाख ३० हजार रुपैयाँ बराबरकाे पानी आयात भएको छ । ४६ हजार २८ लिटर पानी चीन, भारत, जापानलगायत विभिन्न मुलुकबाट आयात गरिएको हो ।
तीन हुण्डी कारोबारी पक्राउ
तीन हुण्डी कारोबारी पक्राउ
वीरगञ्ज, ६ वैशाख-हुण्डी कारोबार आरोपमा रकमसहित ३ जना पक्राउ परेका छन् । वीरगञ्ज–८ स्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाको साथबाट स्रोत नखुलेको साढे पाँच लाख रकम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
यस्तै, वीरगञ्ज–११ स्थित सडकखण्डमा प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने छठु महतोलाई स्रोत नखुलेको चौध लाख रकमसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको गिरीले बताए ।
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
पोखरा ।
वैशाख ७ गते बिहीबार तदनुसार अप्रिल २० तारिखका माता तीर्थ अैाशीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालकाे कुनै पनि भूभागबाट देखिँदैन । जसकारण नेपालमा कुनै पनि प्रकारका दाेष नलाग्ने र बार्नु पनि पर्दैन । ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ ।
बिहीबार बिहान सूर्याेदयसँगै पूर्वी एसियाली देश इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया, मकाउ, ताइवानलगायत पूर्वी चीनबाट पनि ग्रहणकाे प्रत्यक्ष अवलोकन गर्न मिल्नेछ । बिहीबार लाग्ने ग्रहण युरोप, अमेरिकालगाएतका अन्य कुनै पनि देशहरुबाट देखिने छैन । शास्त्रीय नियमअनुसार नदेखिएको ग्रहणबाट कुनै पनि प्रकारका दाेष नलाग्ने हुँदा बार्नुन पनि पर्दैन ।
अश्विनी नक्षत्र,बिहीबार,पर्व विशेष माता तीर्थ अैांसी तथा मेष राशिमा लाग्ने ग्रहणलाई शास्त्रले अशुभ व्याख्या गरेकाे पाइँदैन । विशेषगरी मेष, कन्या, बृश्चिक, मकर र मीन राशिका मानिसहरुले सावधानी अपनाउनु पर्नेछ ।
माता तीर्थ अैांशी अश्विनी नक्षत्र, बिहीबार, मेष राशिमा परेकाे ग्रहणयाेग दान, तर्पण तथा कुनै पनि प्रकारका मन्त्र साधना गर्नका लागि भने अतिशुभ मानिएको छ । जन्म कुण्डलीमा नागदाेष या कुनै पनि प्रकारका ग्रहण दाेष याेग परेकाे छ भने विधिअनुसार पूजा तथा आराधना गर्नाले सम्पूर्ण दाेषमुक्त हुने शास्त्रमा उल्लेख गरिएको छ।
बृहस्पति अस्त भए पनि नित्य पूजा तथा नियमितरूपमा मन्त्र जाप गरिएका मन्त्रहरु साधना गर्ने कुनै प्रकारकाे दाेष नलाग्ने त्यसमा पनि बृहस्पतिबार शुभबार भएकाले साधना पूरा हुने उल्लेख गरिएको छ। बिहीबार बिहान ९ बजेर ५९ मिनेटसम्म मात्रै औंसी तिथि रहने पञ्चाङ्गहरुमा उल्लेख गरिएको छ ।
वैज्ञानिक तथा खगोलविद्का लागि यस्ताखाले खगोलीय घटनाहरुलाई विश्वभर निककै महत्वका साथ हेरिने भएकोले यसकाे चर्चा अधिक मात्रामा हुनेगरेकाे हाे । एक पटक लागेको ग्रहण पुन: दोहोरिन मानिसले धेरै लामो समय पछिमात्रै ठिक यही समयमा यस्तैखाले ग्रहण देखा पर्दछ । अत:लामो समय कुर्नुपर्ने भएकाले पनि यस्ता ग्रहण याेगका पर्वलाई विशेष महत्वका साथ शास्त्रमा व्याख्या गरिएको छ ।
(लेखक सुरेशचन्द्र रिजाल ज्याेतिष तथा वास्तुविद् हुन् ।)
विदेशमा रहेका अयोग्य लडाकुले पनि २ लाख पाउने
विदेशमा रहेका अयोग्य लडाकुले पनि २ लाख पाउने
काठमाडौं । विदेशमा बसेको अयोग्य लडाकुले नेपालमा आएको बेला आफ्नो जिल्लाको प्रशासन कार्यालयमार्फत २ लाख रुपियाँ राहत लिन पाउने भएका छन् । मृत्यु भइसकेका अयोग्य लडाकुको हकमा भने कानुनबमोजिम निजको नजिकको हकदारले उक्त राहत रकम पाउने भएका छन् ।
गृह मन्त्रालयले बुधबार सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०७९ जारी गर्दै यस्तो जानकारी दिएको हो । कार्यविधिको परिच्छेद ३ को दफा ४ को उपदफा ४ मा ‘अयोग्य लडाकु हो भनी पहिचान भएको तर निज हाल नेपालमा नरहेको अवस्था भएमा निज नेपालमा आएको बखत सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट दुई लाख राहत उपलब्ध गराउनेछ’ भन्ने उल्लेख छ ।
त्यस्तै, सोही परिच्छेदको उपदफा ५ यसरी उपलब्ध गराइने राहत रकम पहिचान भएका अयोग्य लडाकुको खातामा जिल्ला प्रशासन कार्यालयले जम्मा गर्ने र यसरी उपलब्ध गराएको राहत रकमको विवरण जिल्ला प्रशासन कार्यालयले मासिक रुपमा गृह मन्त्रालयमा पठाउने उल्लेख छ । यसअघि कार्यविधिको अभावमा अयोग्य लडाकुहरूलाई रकम वितरण गर्न समस्या परेको थियो ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
लडाकुले नागरिकता प्रमाणपत्रबमोजिम लडाकुको वास्तविक नाम, थर र ठेगानासमेतका आधारमा अयोग्य लडाकु हो भनि पछिसम्म फरक नपर्ने गरी एकिन र पहिचान गरेर गृह मन्त्रालयमा पठाउनेछ । सो प्रमाणपत्रको आधारमा गृह मन्त्रालयले अयोग्य लडाकुको विवरण प्रमाणीकरण गरी स्वीकृत गरेपछि जिल्ला प्रशासन कार्यालयले २ लाख रुपियाँ सम्बन्धित अयोग्य लडाकु वा प्रमाणित भएका आफन्तको खातामा दिने व्यवस्था कार्यविधिले गरेको छ ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा