२०८३ जेष्ठ २६ मंगलवार

पोखराका सामुदायिक स्कुलमा हेडमास्टर बन्न प्रस्ताव बुझाउनु पर्ने !!

पोखराका स्कुलहरूमा हेडमास्टर बन्न अब प्रस्ताव पेश गर्नुपर्ने भएको छ। कम्तीमा एक वर्ष र बढीमा तीन वर्षका लागि विद्यालय विकास योजना पेश गरेका शिक्षकलाई हेडमास्टर बनाउने निर्णय महानगरले गरेको छ।
पोखरा महानगरको नगर शिक्षा परिषद र शिक्षा समितिको चैत २३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। हेडमास्टर बन्न उत्कृष्ट प्रस्ताव पेश गरेका शिक्षकलाई नियुक्ति दिन बैठकले समितिसमेत गठन गरेको छ।
महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा टेकराज अधिकारी, डोलराज पाण्डे, नवराज पौडेल, कृष्णबहादुर नेपाली र रवीन्द्र भट्टराई सदस्य छन्। उनीहरूले हेडमास्टर बन्न प्रस्ताव पेश गरेका शिक्षकलाई नियुक्त गर्न महानगरलाई सिफारिस गर्न सक्नेछन्। यस्तै, हेडमास्टरको सेवा सुविधा पनि सिफारिस गर्न समितिलाई कार्यादेश दिएको छ।
महानगरका अनुसार अहिले भइरहेका हेडमास्टरले पनि विद्यालय विकास कार्यक्रमका योजना पेश गर्न पाउने छन्। यस्तै, हेडमास्टर बन्न योग्यता पुगेका अन्य शिक्षकलाई पनि उक्त प्रस्ताव पेश गर्न आह्वान गरेको छ। अहिले भइरहेका हेडमास्टर र शिक्षकले उपयुक्त प्रस्ताव पेश नगरे शौक्षिक योग्यता पुगेका अन्य व्यक्तिले पनि १ वर्षदेखि ३ वर्षका लागि हेडमास्टर बन्न प्रस्ताव पेश गर्न सक्ने महानगरले जनाएको छ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन यस्तो निर्णय गरेको महानगरका मेयर धनराज आचार्यले बताए। उनले अब वार्षिक योजना र कार्यक्रमका आधारमा मात्र हेडमास्टर नियुक्त गरिने बताए।
मेयर आचार्यको अध्यक्षतामा चैत २३ गते बसेको बैठकले कक्षा ११ को भर्ना गर्न कुनै पनि प्रकारको ब्रिज कोर्स चलाउन नपाउने निर्णय गरेको छ। यस्तै, विद्यालय हाताभित्र पाठ्यपुस्तक, पोशाक र अन्य शौक्षिक सामाग्रीको व्यापार गर्न पाउने छैन।
बैठकले पोखराका स्कुलहरूले २० वर्ष भन्दा पुरानो बस चलाउन नपाउने निर्णय पनि गरेको छ। स्कुल बस पुरानो हुँदा धुँवा बढी निकाल्ने र विद्यार्थीलाई असर पार्ने गरको गुनासो छ। स्कुल बस सञ्चालन गर्दा १ घन्टा ३० मिनेटभन्दा लामो समय लाग्ने गरी चलाउन नपाउने पनि निर्णयमा भनिएको छ।
स्कुलबाट सय मिटर वरिपरि सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री वितरण रोक्न निर्देशन दिएको छ। पोखराका विद्यालय वरिपरि मदिरा र सुर्तीजन्य पदार्थको बिक्री भइरहेको भन्दै शिक्षा परिषद र समितिले उक्त निर्देशन दिएको हो। उक्त निर्देशनहरू पालना नगरे कारबाही गर्ने मेयर आचार्यले चेतावनी दिएका छन्।

२०८० सालमा ३५ वटा विवाहको लगन, कुन महिनामा कति ?

२०८० सालमा ३५ वटा विवाहको लगन, कुन महिनामा कति ?

काठमाडौं । आगामी वर्ष २०८० मा ३५ वटा विवाहको लगन परेका छन्।

वैशाखमा ४, जेठमा ९, असारमा ३, मंसिरमा ८, माघमा ६ र फागुनमा ५ दिन गरी ३५ वटा विवाहको लगन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार वैशाख १५ गते वृहस्पति उदाउने भएकाले १९ गतेपछि मात्र शुभ कार्यका लगन छन्। यस महिनाको १९, २०, २७ र २८ गते विवाहको लगन छ।

जेठमा २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते तथा असारमा ७, ८ र ११ गरी तीन दिन विवाहको लगन छ ।

यस्तै, विवाहको मुख्य सिजन मंसिर १२, १३, १८, २१, २३, २८, २९ र ३० गते लगन भएको घिमिरेले बताए। माघमा २, १६, १७, २१, २३ र २९ तथा फागुनमा १९, २१, २२, २३ र २४ गरी पाँच दिन लगन छन्।

त्यसैगरी, ब्रतबन्धका भने जम्मा ९ वटा मात्र लगन छन्। वैशाखमा १, जेठमा ४, असारमा १ र चैतमा तीन दिनमात्र ब्रतबन्धको लगन रहेको उनले जानकारी दिए।

वैशाखको ७ गते मातातीर्थ औंसी रहेको आगामी वर्ष बुद्ध जयन्ती वैशाख २२ गते परेको छ। साउनमा मलमास भएकाले कुनै चाडपर्व र व्रतहरू छैन। यद्यपि मलमासकै व्रत भने लिन हुने घिमिरेले बताए।

आगामी वर्ष भदौ १४ गते जनैपूर्णिमा र २८ गते कुशेऔंसी परेको छ। असोजको १ गते हरितालिका तीज, २ गते ऋषिपञ्चमी व्रत, ११ गते इन्द्रजात्रा रहनेछ भने १३ गतेबाट सोह्रश्राद्ध सुरु भइ २७ गते सकिन्छ।

असोजकै २८ गते घटस्थापना पर्दा कात्तिक ७ गते विजया दशमीको टीकाकाे साइत जुरेको छ। ११ गते कोजाग्रत पूर्णिमाको दिन खण्डग्रास चन्द्रग्रहणसमेत लाग्ने पञ्चाङ्गमा उल्लेख छ।

कात्तिकको २९ गते तिहारको भाइटीका पर्दा मंसिर ३ गते छठ पर्व छ।

ट्वाइलेटमा मोबाइल चलाउनु स्वास्थ्यका लागि कति खतरा ?

ट्वाइलेटमा मोबाइल चलाउनु स्वास्थ्यका लागि कति खतरा ?

काठमाडौं । अहिलेको समयमा मोबाइल फोनबिना दैनिक जीवन कठिन हुन्छ । अफिसदेखि बजारसम्मका प्रायः सम्पूर्ण काम अहिले स्मार्ट फोनकै माध्यमबाट गरिन्छ ।

राति सुत्ने समयमा पनि हामी फोन लिएरै अथवा सिरानीको छेउमा राखेरै सुत्छौं । यतिमात्र होइन, अधिकांश मानिसहरु शौचालयमा समेत मोबाइल चलाउन अभ्यस्त भएका छन् ।

के ट्वाइलेटमा मोबाइलको फोन चलाउनु स्वास्थ्यका लागि सही हुन्छ ? ट्वाइलेटमा बस्दा मोबाइल प्रयोग गर्नु कति खतरनाक हुन्छ ? यसबाट कस्तो समस्या उत्पन्न हुन्छ ? यसबारेमा धेरैले खासै वास्ता नै
गर्दैनन् ।

ट्वाइलेटमा मोइबल प्रयोगबाट हुने खतरा

ट्वाइलेटको वरपर सबैतिर खतरनाक ब्याक्टेरिया रहेका हुन्छन् । जब त्यस्तो ठाउँमा बसेर हामी मोइबाल चलाउाछौ भने त्यहि हातले हामी ट्वाइलेटको मग, जेट स्प्रे, ट्वाइलेट कभर र फ्लश बटन छुन्छौँ । यहि कारणले गर्दा विभिन्न हानिकारक किटाणु मोबाइल फोनको स्क्रीनमा जम्मा हुन्छ । हामीले साबुनले हात सफा गरेता पनि मोबाइललाई डिसइन्फेक्ट गर्न सक्दैनौँ ।

जब हामी स्मार्ट फोनलाई पुनः छुन्छौँ, तब फोनमा भएको किटाणु खाना खाने क्रममा पेटसम्म प्रवेश हुन्छ । जसले गर्दा पेट दुख्ने, कब्जियतको समस्या, अपच र यूरिनरी ट्याक्ट इन्फेक्शनको खतरा बढ्छ ।

डाइरिया

जब मोबाइललाई ट्वाइलेट लगेर त्यसलाई ब्याक्टेरियायुक्त बनाइन्छ र केही समयपछि खाना खाँदा त्यहि मोबाइल प्रयोग गरिन्छ । तब त्यहि ब्याक्टेरिया हाम्रो अँन्द्रासम्म पुगेर डाइरियाजस्ता समस्याको कारण बन्छ, जसले आन्द्रामा सुजन पनि हुन सक्छ ।

पाइल्स

पाइल्स हुनुका पछाडि विभिन्न कारण हुन्छ । तर सामान्यतयः पाइल्स पाचन शक्ति कमजोर हुनाले हुन्छ । अहिलेको अवस्थामा मोबाइल फोन ट्वालेटमा प्रयोग गर्नुले पनि पाइल्सको समस्या बढ्दै गएको छ । मलद्वारबाट रगत निस्कन थाल्छ र मलद्वार पोलेको महसुस हुन्छ । यसबाहेक ट्वालेटमा लगातार बसिरहनाले तिघ्राको मांसपेशिमा पनि नराम्रो असर पर्छ ।

‘म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ :

‘म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ ।

म किन गरीब ?

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ ।

परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन ।भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले । मानिसहरु गौतम बुद्धकोमा आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे ।

म किन गरीब ? त्यसैक्रममा एक दु:खी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक-एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो ।भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र सालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम गर्‍यो अनि प्रश्न अघि सार्‍यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’

उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्‍यो, ‘म सँग केही हुनुपनि त पर्‍यो नि दिनलाई ! मसँग केही छैन । बडो मुस्किलले बिहान-बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै सालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंसा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’

त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो ।त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ ।

नोकरले बनाएको खसीको मासु खाएपछि यी २२ वर्षिय सुन्दरीले नोकरसँग तुरुन्तै गरिन् बिहे

नोकरले बनाएको खसीको मासु खाएपछि यी २२ वर्षिय सुन्दरीले नोकरसँग तुरुन्तै गरिन् बिहे ॥

भन्छन्, मुटुको बाटो पेट हुँदै जान्छ । तर यो कुरा एक भनाईमा सिमि’त नभएर वास्तविक बनेको छ । पाकिस्तानका एक व्यक्तिले स्वा’दिष्ट मटन (खसीको मासु) बनाएर युवती’लाई यसरी प्रभावित गरे कि कुरा बिहेसम्म पुग्यो ।

अहिले यो जोडीको प्रेमकथा सा’माजिक सञ्जालमा निकै भाइर’ल भइरहेको छ । उनी’हरुको कुनै चल’चित्रको दृश्य भन्दा कम छैन । पहिले झगडा, त्यस’पछि प्रेम भयो ।

तपाईं यसलाई एक’तर्फी प्रेमका रुपमा पनि लिन सक्नु’हुन्छ । युवती’लाई आफ्नो माया जालमा पार्नका लागि ती पुरुषले नोकरको रुपमा काम गर्न थाले । अनि खसीको मासु खुवा’एर आफ्नो माया जा’लमा पारेर बिहे’सम्म गर्न भ्याएका हुन् ।

यो कहानी २२ वर्षीया आलिया र ५५ वर्षीय रफिकको हो । यो जोडीको प्रेम कहानी पाकि’स्तानी युट्युबर सैयद बासित अलीले आफ्नो च्यानलमा सेयर गरेका छन् । दुबैले पहिलो पटक एक अर्का’लाई रिक्सामा भेटेका थिए ।

तर त्यहाँ केही गडबड हुँदा आलियाले रफिक’लाई एक थप्पड हानेकी थिइन् । प्रेमकथा सुनाउँदै रफिकले भने, ‘हामी दुबैजना रिक्सामा भेट्यौं । रिक्सामा अर्को केटा थियो, जसले आलियालाई हेरिरहेको थियो ।

मैले त्यो केटाको प्रति’कार गरें, हामी’बीच झगडा भयो र मैले उसलाई धेरै पिटें । त्यस’पछि मैले आलियालाई देखेँ, उनी रिसाएकी थिइन् । मलाई धन्यवाद दिनुको सट्टा आलि’याले मलाई थप्पड हानिन् ।’

पहिलो भेटको बारेमा कुरा गर्दै आलियाले भनिन्, ‘रफिकले मलाई रिक्सामा सवार अरू केटा’भन्दा बढी हेरिरहेको थियो, त्यसैले मैले उस’लाई थप्पड हानें । तर त्यतिबेला उनी यति दयालु छन् भन्ने थाहा थिएन ।’ अब आउँछ कथाको रोचक भाग ।

आलिया रिक्सा’बाट ओर्लिए’पछि रफिकले उनलाई पछ्या’उँदै घरसम्म पुगेका थिए । त्यसपछि उनी फर्किए अनि भोलि’पल्ट फेरि आलियाको घर पुग्न भ्याए । रफिक आएपछि आलियाले ढोका खोलिन्, रफिक’सँग रिसा’उन थालिन् ।

रफि’क केही नबोली फर्किए । यो क्रम तीन दिन’सम्म चल्यो । त्यसपछि चौथो दिन रफिकले आलियालाई घरमा कुनै काम छ कि भनेर सोधेका रहेछन् । आलियाले दु:खी हुँदै रफिकलाई खाना पकाउने काम दिइन् । रफिकले आलिया’को घरमा प्रवेश’पछिको कथा पनि सुनाएका छन् ।

उनले भने, ‘मैले राम्ररी पकाउँछु र घरका अन्य सबै काम पनि गर्छु भनेँ ।’ आलियाको अनु’रोधमा रफिकले पहिलो दिन हांडीको मटन बनाए । आलिया’लाई रफिकको हातको खाना यति मन पर्यो कि उनी रफिकको मायामा पागल भइन् ।

आलिया’ले भनिन्, ‘जुन प्रकारको खाना पकाएर यसले मलाई खु’वाउँछ यस्तो खाना अरुले पकाउन सक्दैन् । यदि यो टाढा गयो भने, म कसम खान्छु म धेरै दु:खी हुनेछु ।’ रफिक–आलियाको आफ्नै व्यवसाय चलिरहेको छ ।

भो अब आउँदैनौ “अष्ट्रेलिया” तिमीहरुको तेल भिषामा

भो अब आउँदैनौ “अष्ट्रेलिया” तिमीहरुको तेल भिषामा ।

सिडनी, अष्ट्रेलिया :- हो सबै अविभाबकहरुलाई आफ्ना सन्तान उत्तिकै प्यारा हुन्छन्। कसैलाई पनि आफ्नो काखको दुधे बच्चालाई निस्फिक्री छोडेर बस्न मन हुँदैन।यो परदेशको जिन्दगी कति गार्हो हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ।

कती कठोर बनेर कोखको दुधे बालकलाई छोड्छीन एक चोटी गएर ती आमालाई सोध्नुहोस जसले आफ्नो दुधको लाम्टा चुसाउँदा चुसाउँदै मनलाई गाँठो पारेर छोडेर आएकी हुन्छीन्।

म तपाईलाई प्रश्न गर्छु के तपाई आफ्नो सन्तानलाई अरु कसैको काखमा छोडेर ढुक्कसँग बस्न सक्नु हुन्छ। कुरो आउँछ फेरी रास्ट्रियताको अनि बर्तमान देशको परिस्थीतीको, के अहिलेको समयमा जबकि आधारभूत बस्तुहरु चाहेको बेलामा पाउन गार्हो छ हाम्रो देशमा, यस्तो बेलामा तपाई आफ्नो बच्चालाई छोड्न सक्नु हुन्छ?

हो अहिले खुब चलेको अनि ब्यङ्ग्य गरेर भनिने तेल भिषा रे। बाआमालाई बोलाईने भिषाको बुद्दीजीबि भनौदाहरुले गरेको नामाकरण । भनिन्छ नि सावाँको भन्दा ब्याजको हुन्छ रे।

जसको पनि हजुरबा र हजुरआभालाई छोराछोरीको भन्दा नाती नातीनाको मायाँनै बढि हुन्छ र उनीहरुले कहिल्यै पनि नाती नातीना खेलाउन झिनो मान्दैनन् पनि यदा कदा केहि अपबादहरुदेखी बाहेक।बरु जति खेर पनि खेलाउन पाए हुन्थ्यो, सँगै राख्न पाए हन्थ्यो भन्ने सोच्छन्

जून हाम्रो सँस्कार भित्र पर्छ तर पश्चिमा देशको सङ्गतले तपाईलाई पनि छोईसकेको छ भने यस्तो जिज्ञासा उठ्नु स्वभाबिक हो। अर्को कुरा जति हामीलाई बच्चा हुर्काउनमा ज्ञान हुन्छ नि किनकि हामी आधुनिक युगका पढेलेखेका गुगलको ईसारामा हिड्ने बानी लागेका मान्छे तर हामीलाई भन्दा बढि अनुभव हामीलाई जन्म दिएर आज यो ठाउँ सम्म ल्याउने हाम्रा बा आमालाई थाहा हुन्छ र कहिलै पनि सन्तानको रेखदेख र हेरचाहको लागि पिँजडाको सुगा भयौ भनेर भन्दैनन्।

अनि हजुर बा र आमा ल्याउनु भनेको आफुलाई केही भएपनि राहत पाउनु हो।ताकि काम गरेर घर अनि गाडी किन्दा बैंकबाट लिएको मोर्गेज तिर्न धेरै राहत हुन्छ।

अनि अर्को कुरो कसैले पनि कसैलाई करकापमा पारेर राख्नु भनेको उनीहरुको आत्मा चिड्याउनु हो जून कहिल्यै कोही कसैले पनि गर्न हुन्न। ति बृद अभिभावकहरुलाई बिदेशी शैली अनि परिबेश र रहनसहन मन नपर्न सक्छ। बरु बोलाउँदै नबोलाउनोस। कुँजो पारेर राख्नु भन्दा स्वतन्त्र पुर्बक आफ्नै देशको सेरो फेरोमा रम्न दिनुहोस।

आझकाल आमा बाबा आउने क्रम बढ्दो छ। अभिभावकहरुको लागि कहिले पिकनीक देखी भेटघाटको अवसर दिई राख्नु पर्छ।
सर्वप्रथम त बच्चा कहिले जन्माउने त्यो बिचार गर्न पर्यो अनि आफु सक्षम् छु या छैन त्यो बुझ्न पर्यो। अनि बा आमा कस्तो हुनुहुन्छ, कस्तो वाताबरण मन पराउनु हुन्छ त्यो बुझेर मात्र बोलाउन पर्यो।

फेरी एकजनाको परिवारले गरेर सिङ्गो समाजलाई दोष थुपार्न भएन नि। जनवारलाई त आफनो कोखको सन्तान कति प्यारो लाग्छ, मान्छे त्यस माथि पनि हाम्रो छुटै पहिचान, रहनसहन र सभ्यता भएका नेपाली।

कसलाई घाँडो हुन सक्छ आफ्ना सन्तती।त्यसैले आफ्ना बच्चाहरु हेर्ने बहानामा कसैको पनि बा आमालाई डिप्रेसनको शिकार नबनाओ बरु सोचेर योजना बनाएर सन्तानको रहर पुरा गरौ यसैमा छ सवैको भलो, न रह्यो बाँस न बज्छ बाँसुरी।

कसैलाई पनि अरुको पारिवारीक अवस्था हेडेर खिल्ली उडाउने,कुरा काट्ने अधिकार छैन।आाफ्नो व्याथा र परिस्थितीको कारण अभिभावक बोलाएका हुन्छन् तर पव्वाक्क बोल्नपायो भनेर तेल भिषामा आउनुभएको आमा भनेर बोल्ने अधिकार तिमीहरुलाई छैन।

सामान्य सुब्बाको सरुवा बदर गर्न प्रधानमन्त्रीको भिटो पावर ।

सामान्य सुब्बाको सरुवा बदर गर्न प्रधानमन्त्रीको भिटो पावर ।

काठमाडौं, नेपाल ।

सिंहदरबारका शक्तिशाली संघीय मामिला तथा सामान्य प्रशासन सेवाका नायब सुब्बा युवराज गिरीले प्रधानमन्त्रीको सचिवालको पावर लगाएर सरुवा बदर गर्न दबाब दिइरहेका छन् ।

यस विषयमा शहरी विकास मन्त्रायका प्रवक्ता एवम् सहसचिव प्रदीप परियारसँग बुझ्न खोज्दा उनले बैठकमा भएको बताए भने मन्त्रालयका सचिव सुरेश आचार्य सम्पर्कमा आउन चाहेनन् । मन्त्रालयमा आएलगत्तै गिरीलगायत करिब डेढ दर्जन यस्तै रैथाने सुब्बालाई सरुवा गरेर भ्रष्टाचार नियन्त्रण गर्छु भनेका सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसमेत गिरीसँग छन् ।

शहरी विकास मन्त्रालय र मातहत निकायमा एक सय वटा भन्दा बढी चारपांग्रे सवारी साधन छन् । तिनीहरूको व्यवस्थापन, संचालन र मर्मतसम्भारदेखि मातहत निकायमा कार्यालय प्रयोजनको लागि आवश्यक सरसामग्री खरिदको जिम्मेवारी पनि वर्षौंदेखि नायव सुब्बा गिरीकै हालीमुहालीबाट चलिरहेको छ ।

उनका क्रियाकलापविरुद्धमा जानेर वा नजानेर बोल्ने जो कोही कर्मचारीको मन्त्रालयमा टिक्न पाउँदैन भन्ने कुरा उनले धेरै पटक प्रमाणित गरेर देखाइदिएका छन् । लेखा अधिकृत हुन वा प्रशासनका उपल्ला कर्मचारी किन नहुन् । उनको आदेश मानेन भने मन्त्रालयमा लामो समय टिक्न सक्दैनन् ।

२०७२ सालमा शहरी विकास मन्त्रालयले भूकम्पपीडितको लागि वितरण गर्न भन्दै छोटो समयमा व्यापारीसँग त्रिपाल खरिद गरेको थियो । त्रिपाल खरिदमा विद्यमान ऐन-कानूनको पालना नगरी अनियमितता भएको त्यतिवेला निकै चर्चामा थियो ।

त्रिपाल खरिद गर्ने काम मन्त्रालयको जिम्मामा भए पनि मुख्य योजनाकार भने स्टोरकिपरका नायव सुब्बा युवराज गिरी नै थिए । त्रिपाल खरिदमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको थियो ।

निरिह हाकिम, पावरफुल पिउन ।

निरिह हाकिम, पावरफुल पिउन ।

पोखरा, नेपाल ।

यातायात कार्यालय चाबहिलतिर पुग्नुभयो,तपाई रमाइलो दृश्य देख्न पाउनुहुन्छ । त्यहाँ कार्यालय सहयोगीले नमस्कार खान्छन्,त्यो पनि अरु होइन आफूभन्दा उपल्ला तहका कर्मचारीदेखि हाकिमसम्मबाट । प्रश्न उठ्छ माथिल्लो ओहदाका हाकिमहरुले तल्ला तहका पिउनलाई किन नमस्कार गरेका होलान ?

कारण हो, पिउनले विचौलियाको काम गर्ने र सेवाग्राहीबाट घुस असुली गरी हाकिमसम्म पुर्याउने । यस्तो धन्दामा छन्,त्यहाँका पिउनहरु गोकुल घिमिरे,गणेश श्रेष्ठ र श्याम परियार । खासमा कार्यालय सहयोगीको काम कोठा सफा गर्ने, चिया नास्ता ल्याउने हो सरकारले तोकेको जिम्मेवारी अनुसार तर उनीहरुलाई चिया नास्ता खुवाउने करारका कर्मचारी छन् । दैनिकजसो दक्षिणढोका ट्रायल सेन्टरमा पुग्दछन् र सेवाग्राहीबाट १ देखि ३ लाखसम्म नजाराना बटुल्छन् । गाडीको ट्रायलको बेला जनही सेवाग्राहीबाट १५ देखि ५० हजार र लिखितमा पास गराइदिए वापत्त जनही ५ हजार शुल्क लिने गरेको सेवाग्राहीहरुले बताउँछन् । एके (मोटरसाइकल) मा भने दुईदेखि तीन हजारमै काम तमाम हुन्छ । उनीहरुका दारु पार्टनर छन्,अधिकृत (छैटौं) हरिकृष्ण भण्डारी । चावहिल मालपोतमा आएको बर्ष दिन भयो । जागिरे जीवनभर आकर्षक कार्यालयहरुमा बसे । मालपोतमा रहँदा अकुत सम्पत्ति जोडेका उनी काठमाडौंकै रैथाने हुन । हरिकृष्णले युजर आइडी लिएर फेल भएकाहरुलाई उत्र्तीण गराइदिने गर्दै आएका छन्,५० हजारसम्म नजराना लिएर । यसरी उठाइएको घुस रकम पहिलो त्यँही फिल्डमा खटिएका कर्मचारी र अफिसका प्राविधिकहरु (मेकानिकल इञ्जिनियर,प्राविधिक कम्युटर अधिकृत,राजश्व संकलन कर्ता) सम्म भागबण्डा लाग्ने गर्दछ । उनीहरु ५ बर्षदेखि चावहिल यातायात कार्यालय छाडेर अन्यन्त्र कतै जानु परेको छैन । हाकिमबाट नमस्कार खाने गोकुल युनियनको पूर्व केन्द्रीय सदस्य र श्याम एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रीय सदस्य ।

यी तिनै पिउनहरुको उपत्याकामा घर घडेरी छ । जागिरे जीवनभर यातायात,वैरो,अध्यागमन र भन्सारजस्ता कार्यालयमा मात्र जागिर खाएका उनीहरु घुस संकलनमा माहिर भएका र सबैलाई भागबण्डा लगाउन सक्ने क्षमताको धनी भएकै कारण हाकिमहरुबाट समेत नमस्कार पाउँछन् । आफ्ना अफिसका अधिकृतले मात्र होइन,ट्रायल सेन्टरमा ड्युटीमा आएका ट्राफिक प्रहरी र सेवाग्राहीले पनि नमस्कार पड्काउँछन् ।

यसरी दक्षिण ढोका टयल सेन्टरमा बाहिरी विचौलिया कम छन तर यी कार्यालय सहयोगीहरुले प्रमुख विचौलियाको काम गरिरहेका छन् । जनतालाई ठग्ने काम दैनिक रुपमा भइरहेको देख्दा त्यहाँ भेटिएका सेवाग्राही रमेश खड्काले प्रश्न गरे– यिनलाई कारवाही वा सरुवा गर्न कुनै निकाय छैन ? तर, सरुवाको बेला आफ्ना मन्त्रालय र बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयमा लाखौंको बिटा बुझाएर चाबहिलमै थमौती भइ बस्छन् । निमित हाकिम विष्णु भट्टराई पनि उनीहरुसँग डराउँछन् । ट्रयाल सेन्टरमा नपठाइ कार्यालयमै राखेर हाकिमले काम लगाउन सक्दैनन् । कार्यालयमै बसे पनि सेवाग्राहीसँग रकम लिएर नवीकरण गराइदिने,कलर भिजन फेल भएकालाई पास गराइदिने, ट्रायलमा आज फेल भएकालाई भोलि नै पालो मिलाइदिने जस्ता अनेक कर्तुत गर्दै आएका छन् । पैसा लिएर लिखितको प्रश्नपत्र आफ्ना ग्राहकलाई पहिल्यै आउट गर्दै आएकाछन् । यस्ता साँढे,मैमत्त कर्मचारीलाई सम्बन्धित निकायले कारवाही गर्न सक्ला त ?

अष्ट्रेलियाको PR हुनुका फाइदाहरु सबैले जानिराखौ !

अष्ट्रेलियाको PR हुनुका फाइदाहरु सबैले जानिराखौ !

सिडनी, अष्ट्रेलिया :

अष्ट्रेलिया अहिले नेपालीहरुका लागि गन्तव्य मुलुक भएको छ। अष्ट्रेलिया आएर PR पाउनु धेरै नेपालीको लागि अहिले एउटा सपना हो। अष्ट्रेलियामा PR भनेको के हो र यसका फाइदा के-के हुन् ? आउनुहोस् जानौं :

पीआर भनेको के हो ?

अष्ट्रेलियामा स्थायी रुपमा बसोबास गर्न पाउने भिसालाई पीआर (Permanent Residency ) भनिन्छ। तर यो नागरिकता भने होइन।

पीआर प्राप्त गरिसकेपछि

तपाईं अष्ट्रेलियाको कुनै पनि स्टेटमा बस्न र काम गर्न सक्नुहुनेछ।
तपाईंको परिवार तपाईंसंगै बस्न पाउँछन्।

तपाईंका बच्चाहरुले निश्चित उमेरसम्म नि :शुल्क शिक्षा प्राप्त गर्न सक्छन्।
तपाईंले आफ्ना नजिकका आफन्तहरुलाई पिआर पाउनका लागि मद्दत गर्न सक्नुहुन्छ।

तपाईं र तपाईंको परिवारले सजिलैसंग काम पाउनुको साथै स्वास्थ्य सेवा सम्बन्धि सेवाहरु पाउन सक्नुहुन्छ।
अष्ट्रेलियाको नागरिकता प्राप्त गर्नका लागि बाटो बन्छ।

उच्च शिक्षाका लागि एजुकेसनल लोन पनि पाउन सक्नुहुन्छ।
सरकारी जागिरको लागि आवेदन दिन सक्नुहुन्छ।

न्युजिल्याण्ड जान एवं त्यहाँको भिसाको लागि पनि आवेदन भर्नसक्नुहुन्छ।

केआईसिंहपुलबाट सेती नदीमा हाम फालेकी अल्कालाई खोज्दा सशस्त्र प्रहरीले विश्वलाई मृत भेट्टायो

सेती नदीमा हाम फालेकी एक युवतीलाई खोज्न खोंचमा छिरेको सशस्त्र प्रहरीको उद्धार टोलीले करीब साढे दुई महिनादेखि बेपत्ता रहेका अर्का एक व्यक्तिको शब भेट्टाएको छ।

केआईसिंहपुलबाट सेती नदीमा हाम फालेकी अल्कालाई खोज्दा सशस्त्र प्रहरीले विश्वलाई मृत भेट्टायो ।

पोखरा, नेपाल ।

पोखरा १ केआईसिंहपुलबाट हाम फालेकी ३१ वर्षीया अल्का गुरुङको खोजीमा सेती नदीको खोंचमा छिरेको सशस्त्र प्रहरीको गोताखोर टोलीले करीब साढे दुई महिनादेखि बेपत्ता रहेका अर्का एक व्यक्तिलाई मृत अवस्थामा फेला पारेको हो।

उक्त गोताखोर टोलीले माघ ९ गतेदेखि बेपत्ता रहेका कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौरका ४४ वर्षीय विश्वबहादुर गुरुङलाई मृत अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। उनी सेती नदीमा हाम फालेर बेपत्ता रहेको बताइएको छ।

मंगलबार पोखरा महानगरपालिका १६ को केआई पुलबाट लामाचौर बस्ने अल्काले नदीमा हाम फालेकि थिइन् । सशस्त्रको गोताखोरसहितको टोली उद्वारका लागि गएको थियो। अल्काको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीको भनाइ रहेको छ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय