२०८३ जेष्ठ २६ मंगलवार

टुप्पाबाट पलाएका “अष्ट्रेलियन” नेपालीहरु ।

टुप्पाबाट पलाएका “अष्ट्रेलियन” नेपालीहरु ।

सिडनी, अष्ट्रेलिया ।

तपाईले अस्ट्रेलीयाका बाटामा वा कतै नेपालीहरु भेट्नु भयो भने सबै त नभनौ केहीले भने पक्कै मुन्टो बटारेर हिड्छन् नदेखेको जसरी हिड्छन्।

यसो घर बस्दा बस्दा दिक्क लाग्छ, चिनीपो हाल्छन् कि बोलीपो हाल्छन् कि भन्दै नेपालीको पहिचान ढाका टोपी लगाएर हिड्छु।बुवा के छ खबर भनेर बोली पो हाल्छन् कि भन्दै।अहँ टेड पुच्छर लाउँदैनन्।थाहा छ नेपाली हुन।

नेपालीको लवाई खवाईबाटै चिन्छु नि नेपाली हुन् भनेर।नेपालीमै बोलेको मेरा कानले सुनेको छ।तर अहँ बोल्दैनन्।म कसरी जाउ, के छ नानी भन्दै।टोल्याएर हेर्छु पर सम्म।

नारीएर जान्छन् हातमा हात समाउँदै सायद जोईपोई हुनुपर्छ तर बोल्दैनन्।सायद के के न भाको होला अस्ट्रेलीया आएर टुप्पाबाट पलाका जस्ता।कतै लाज जान्छ यो बुढोसँग बोल्दा भनेर पो हो कि।यो भनाई एकजना बाको हो।

जो केही महिना अगाडी मात्र पारिबारीक भ्रमणको शिलशिलामा अस्ट्रेलीया घुम्न आउनु भएको थियो।अस्ती एकजना दाईकोमा गएको यसो गाउँको खवर के रहेछ भनेर बुझ्नलाई।भर्खर नेपालबाट आमालाई आउनु भएको रहेछ।नातिनी हेर्नलाई।नातीनि त्यस्तै ४ बर्षकि हुँदी हो।

नेपाली ठिकै मात्र बोल्न जानेकी।किनकी जन्मे पछि लगभग सवाएक बर्ष हुजुरआमासँग नेपालनै बसेकी रहिछीन्।पछि पिआर मिले पछी एतै बोलाएछन्।यसो घुम्न नि हुन्छ नातीनीलाई रेखदेखपनि हुन्छ भनेर आमालाई झिकाएछन्।घरकि बुहारी नातीनीसँग बातै पिच्छे टुट्याफुट्या अङ्ग्रेजीमात्र बोल्छिन्।

नो र यस, दिस् र दयाटमात्र भन्छिन्।बिचरा आमालाई त्यो नखरा देखेर हैरान लागि सकेछ।कमसेकम घरमा त आफ्नो भाषा बोल।त्यहि अलि अलि मैले सिकाएको पनि बिर्साई दिने भए।अङ्ग्रेजी बोल्न त यहाँका बच्चालाई सिकाउनै पर्दैन नि।आफ्नो मात्रृ भाषा सिकाउनु पर्छ भन्दा कहाँ आमा अब यहाँका बच्चालाई त खालि अङ्ग्रेजी मात्र बोल्न लगाउने हो।अनि बिचरा आमा कोसँग बोलुन,कोसँग जिस्किउन।हाँस्दै भनिन् टुप्पाबाट पलाएकाहरु।

सँगै पढेको साथी, एकदम मिलनसार।खेल्ने जिस्कने अनि दुख र सु:खसँगै बिताएको साथी चार बर्ष अगाडी आयो।मेरो ईलम राम्रै थियो।मैले अस्ट्रेलीया जाने खासै मनसाय गरिन।उसले पढाई सक्ने बित्तिकै कागजात बनायो अनि हतारोमा आयो।

मेरो पनि पछि दिमागमा ह्या बरु बिदेशनै हानिन्छु।जति गरेनी यहाँ केही उपलब्धी छैन भनेर उहि साथीसँग रायसल्लाह लिएर आएँ। ठुलै गफ र फुटानी लाएको थियो।तँ आईज न मात्रै।बाँकी सब म हेरी हाल्छु नि।कामको तँ चिन्तै नलिन।

म पनि हो त नि त्यस्तो मिल्ने साथी,सहयोग त गरिहाल्छ नि भन्दै त्यहि अपेक्षा लिएर आएँ।एयरपोर्ट लिन सम्म चाँही आयो अनि एकठाउँ दाईको घरमा लगेर राखि दियो।के गर्ने कता जाने नयाँ ठाउँ नयाँ परिवेश।होला त नि काममा ब्यस्त भएर होला भनेर एकदिन दुई दिन त कुरे।तर साथीले न फोन गर्छ न भेट्ननै आउँछ।भरे बुझ्दा त साथी खै कोसँग लिभीङ टुगेदरमा बस्ने रहेछ।

अब काम नपाईन्जल आफैले पाल्न पर्छ भनेर टिमर्केको पो रहेछ।मनमनै सोचे थुईक्क साथी।मपनि त्यस्तो कमजोरी र लाटो कहाँ पो छु र।के म बोल्नै नजान्ने अनि अङ्ग्रेजीको ए बि सि पनि नजानेको पो सोचिस् है। साले अस्ति सम्म मसँग पैसा सापट लिएर मोटरसाईकलमा तेल हाल्थीस्।अहिले तेरो त्यस्तो स्वाङ।मुला टुप्पाबाट पो पलाईस छस् है।कतिन्जेललाई हो तेरो चुरीफुरी बिस्तारै थाहा पाउँछस्।

साधारण परिवारकी एकजना दिदी अस्ट्रेलीया आईन्।यता खैरेलाई दायाँ बायाँ पट्याएर बिवाह गरिन्।अनि खैरेको तर्फबाट पिआर हालीन् आएको छोटो समयमा।नेपालमा भने खान बस्न हम्मे हम्मे परेकी दिदीलाई एकैचोटी जिन्दगीमा कायापलटनै भयो।छ सयको साथीसँगको साक्षेदारीको कोठा भाडाले भएन।

सिटीमा दुई बेडरुम अपार्टमेन्ट चाहियो।त्यहि अनुसार गाडी पनि।अरुलाई देखाउन अनि ईज्जतको ढाकछोप गर्न भए पनि लोनको सहायताले आफुले सोचे र ईच्छ्याएको सबै रहर पुरा गरिन्।तर बिचरा खैरेसँगको समझदारी कतिनै दिगो हुन्थ्यो र।खैरेलेपनि छोडी दियो।आज काम खोजौ भनेको जस्तो नपाईने।अनुभव र योग्यतामा नो वरिज माईट् मात्र।अहिले बिचरी आफ्नै जिन्दगी देखी दिग्दार मान्दै छिन्।भिरको चिन्डो उँदो र उँभो।हात्ती यो हात्ती आयो तर फुस्स।सबैले साउती मार्छन उ हेर न टुप्पाबाट पलाएकी थिई आज झर्यो त्यसको सेखी।

हिजो नेपालमा छँदा कन्सल्ट्यान्सीमा यसो कागजपत्र बनाउँदै हिडेका दाई।कहिले गाबीसको सिफारीस त कहिले वडाको। कहिले सम्पतीको बिवरण त कहिले नेपालीलाई अङ्ग्रेजीमा रुपान्तरण गर्नेकाम गर्दै हिडेका दाई।खै कसो कसो गरेर फुत्त छिरेछन् अस्ट्रलीया।जसोतसो पढाई सकेर आज आफुले भोगेको पिडा फेरी अरुलाई दिन कन्सल्ट्यान्सी खोलेछन्।

कहिले काँही भेट भई हाल्यो भने पनि बोल्दैनन्।मरक्क बटारिएर हिड्छन् शायद धेरैलाई बलीको बोको बनाए होलान्।लवाई खवाई र ठाँट हेर्दा फड्को मारेको चाँही पक्कै देखिन्छ।तर मान्छे बोल्दैनन् यस्तै हो टुप्पाबाट पलाएकाहरु।

यि त भए केही प्रतिनीधि घटनाहरु।यस्ता धेरै भेटीन्छन् जो सिधै टुप्पा बाट पलाएका जस्ता व्यहोरा भएका जसले आफ्नो बिगतलाई क्षणभरमा तुसारापात लगाई आफ्नो औकात बिर्सन्छन्।आखिरी किन यस्ता कठोर हुन्छन् र नालायक बन्छन् मान्छे।के पैसानै सब थोक हो र????

(नोटः कसैको बास्तविक जिवनको कथासँग मेलखान गएमा केबल संयोगको रुपमा लिईदिनु हुन अनुरोध गर्दछु। लेखकः अंजान सोनी)

How to get slim in 30 days ?

Are you tired of feeling self-conscious about your weight? Are you ready to make a change and get the body you deserve? Look no further than the “Get Slim in 30 Days” challenge.

Getting slim and achieving a healthy weight is a journey, but with dedication and commitment, it’s possible to make significant progress in just 30 days. Here are some tips to help you get started:

Set realistic goals: Don’t expect to lose 20 pounds in 30 days. Instead, set a goal to lose 1-2 pounds per week. This is a healthy and achievable rate of weight loss.

Monitor your calorie intake: Losing weight requires a caloric deficit. Use a food journal or a calorie-tracking app to monitor your calorie intake and ensure you’re eating fewer calories than you’re burning.

Drink plenty of water: Staying hydrated is essential for weight loss. Drinking water can also help you feel full, reducing the likelihood of overeating.

Incorporate strength training: Building muscle can help you burn more calories at rest, making it easier to lose weight. Incorporate strength training exercises into your routine, such as squats, lunges, and push-ups.

Get moving: Exercise is crucial for weight loss. Aim for at least 30 minutes of moderate-intensity exercise most days of the week. This could include activities such as brisk walking, cycling, or swimming.

Limit processed foods: Processed foods are often high in calories, sugar, and unhealthy fats. Instead, focus on eating whole foods such as fruits, vegetables, lean protein, and whole grains.

Get enough sleep: Sleep is essential for weight loss. Aim for at least 7-8 hours of sleep per night to ensure your body is well-rested and ready to take on the day.

By following these tips, you can kick-start your weight loss journey and make significant progress in just 30 days. Remember, getting slim is a marathon, not a sprint. Consistency and commitment are key to achieving long-term success.

क्यानडा, कतिपय आप्रवासीहरु किन छाड्न चाहन्छन्?

क्यानडा, कतिपय आप्रवासीहरु किन छाड्न चाहन्छन्?

टोरण्टो, क्यानडा ।

एक अध्ययनका क्रममा ३० प्रतिशत आप्रवासीहरुले क्यानाडा छाड्न चाहेको पाइएको थियो। आखिर किन उनीहरु क्यानाडा छाड्न चाहन्छन्?

हुन त, क्यानाडा विश्वभरका अधिकांश देशका मानिसहरुका लागि उत्कृष्ट गन्तव्यमा रहँदै आएको छ। चाहे उच्च शिक्षा हासिल गर्न होस् वा रोजगारी, क्यानाडा धेरैको रोजाइ हुने गरेको छ।

अवस्था यस्तो भएपनि कतिपय आप्रवासी विशेष कारणहरुले गर्दा क्यानाडा छाड्न चाहेको पाइएको हो।

विभिन्न देशका आप्रवासीहरु क्यानाडामा आउँदा ‘फिट’ नहुने कारणहरु यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ।

–क्यानाडामा कुनै काम गर्न व्यावसायिक योग्यता आवश्यक पर्छ। यस्तो योग्यता हासिल गर्न यहाँ महंगो र समय लाग्ने हुन्छ।

–यहाँको मौसम अनौठो छ। जसले यहाँको मौसमको बारेमा सुनेको छ, उसले यहीँ अनुभव गर्दामात्रै वास्तविक अवस्था थाहा पाउँछ। क्यानाडाको कुन प्रान्त, क्षेत्र वा स्थानमा आउने भन्ने कुराले पनि फरक पार्न सक्छ। जस्तो, मौसमका हिसासबले टोरन्टोलाई यहाँ तुलनात्मक रुपमा ‘नरम’ मानिन्छ। तर यहाँ पनि धेरैलाई चकित पार्ने मौसम छ।

–क्यानाडामा बसाइ (आवास लागत) खर्च महंगो छ। आम्दानीको पर्याप्त अंश यसैमा खर्च हुने गर्छ। यो पनि अन्यत्रभन्दा केही कम खर्च लाग्ने मानिने क्युबेक प्रान्तको अवस्था हो। टोरन्टोमा दुई शयन कक्ष भएको अपार्टमेन्टका लागि कम्तीमा पनि २ हजार डलर प्रतिमहिना तिर्नुपर्छ। यस हिसाबले एउटा त्यस्तो अपार्टमेन्ट प्रयोग गर्दै अन्य खर्च समेत व्यवस्थापन गर्नका लागि वार्षिक कम्तीमा पनि ९६ हजार डलर कमाइ गर्नुपर्ने हुन्छ। नवागन्तुकका लागि यो निकै धेरै खर्च हो। यस्तो अवस्थामा अरु कसैसँग कोठामा बस्न सकिन्छ।

–यहाँ सबै काम आफैँले गर्नुपर्छ। अरु कोही कामदार राख्नुपर्दा खर्च बढ्छ। पकाउने, गाडी चालक जस्ता कामका लागि अरु मानिसलाई राख्दा पारिश्रमिकमा निकै खर्च हुन्छ। क्यानाडाका धनीहरुले पनि विशेष अवसरहरु, ठूलो पार्टी जस्ता कार्यक्रमका लागि मात्रै यसरी मानिसहरुलाई पारिश्रमिक दिएर राख्ने गर्छन्।

–क्यानाडाको एउटा विशेष संस्कृति छ। यहाँ सबैसँग विनम्र भएर प्रस्तुत हुनुपर्छ। कसैको सामाजिक स्थिति जेजस्तो भए पनि सम्मानजनक रुपमा व्यवहार गर्नुपर्छ। अरुको सम्मान गर्नुपर्छ। जस्तो, सामान्यतया मालिकले भनेका, सोधेका सबै कुराहरु कामदारले अनिवार्य रुपमा गर्ने अपेक्षा यहाँ गरिँदैन। त्यसो गर्नुभयो भने समस्या हुन सक्छ । अमेरिका र बेलायतमा भने यस्तो अवस्था छैन।

–आप्रवासीहरुले महिला, बालबालिका र अन्य जातीय समूहका मानिसहरुलाई कसरी व्यवहार गर्छन् भन्नेमा समस्याहरु छन्। एउटा घटनामा एकजना महिलाले आफ्नो पतिबाट भएको दुर्व्यवहार र हेपाहा क्रियाकलापका कारण क्षतिपूर्तिस्वरुप १ लाख ५० हजार डलर लिएको उदाहरण छ। पतिले आफूलाई तीनपटक कुटपिट गरेको महिलाको दाबी थियो। आफ्ना बच्चाहरुले आज्ञा पालन गरुन् भन्ने लाग्छ र यो दबाबपूर्ण हुन्छ भने उनीहरु तपाईंबाट टाढिन सक्छन्।

–यदि तपाईं फरक जातीय समूहका व्यक्तिसँग असहज महसुस गर्नुहुन्छ भने उनीहरुबाट टाढा रहनुस्। सँगै रहेर उनीहरुप्रति नराम्रो व्यवहार गर्नुभयो भने यसलाई कदाचित उचित मानिँदैन। कुनै कुनै अवस्थामा यस्तो व्यवहार दण्डनीय पनि हुन सक्छ।

–यहाँ आएपछि परिवारसँग सम्पर्कमा रहन धेरै गाह्रो हुन्छ। तपाईं आफ्नो परिवार यहाँ आउनका लागि आवेदन दिन सक्नुहुन्छ। तर यो लामो र जटिल अनि अनिश्चित प्रक्रिया पनि हो।

कतिपय असहज अवस्था हुँदाहुँदै अनि अवसरको अभाव भए पनि सबै आप्रवासीहरु कुनै समयमा यहाँको नागरिकताका लागि योग्य हुनेछन्। जुन विन्दुमा पुगेर उनीहरु यहीँ जन्मिएका वासिन्दाजत्तिकै योग्य हुन्छन्। यहीँ जन्मिएका होइनन् भने पनि तपाईंका छोराछोरीले नागरिकता प्राप्त गर्न सक्छन्। यसका केही मापदण्ड र प्रक्रिया छन्। यस्तो सुविधा अरु धेरै देशहरुमा उपलब्ध छैन।

अष्ट्रेलियाको भिसा लागेपछी “जीवन संघर्षको” एउटा सत्य कथा ।

अष्ट्रेलियाको भिसा लागेपछी “जीवन संघर्षको” एउटा सत्य कथा ।

मेलबर्न, अष्ट्रेलिया :-  जब  अस्ट्रेलियाको भिसा लाग्यो मनले त्यसै त्यसै आकाश छुन थाल्यो । जिन्दगीमा कहिल्यै नपाउँने कुरा पाए झैं लाग्थ्यो । मुहारमा छुट्टै खुशी र कान्ति छाएको थियो । भीसा पाएको दिन साथी भाइ लाई जम्मा पारेर रेष्टुराँमा खुब रमाइलो गरियो ।

हेर्दा हेर्दै उड्ने दिन पनि आयो । राति १०ः३० बजेको फ्लाइट थियो । त्यसभन्दा केही समय पहिले नै एयरपोर्ट छिरिसक्नुपर्ने थियो । सबैजनालाई अन्तिम विदाइ गरियो । मन सम्हाल्न गाह्रो भैरहेको थियो ।एयरपोर्टको लिफ्ट पनि माथि चढ्नका लागि मात्र रहेछ,तल झर्ने कुनै लिफ्ट देखिनँ ।

लाग्यो यसमा चढिसकेपछि अब फर्केर फेरि यो भूमिमा टेक्न पाउँदिनँ । जसोतसो मन सम्हालेर लिफ्टमा चढें । सोंचे मेरो जिन्दगीको वास्तविक यात्राको त्यही पहिलो पाइला थियो । प्लेनको ढोका खुल्यो,लाग्यो त्यो मेरो भविष्यको ढोका थियो ।निर्धारित समयमा प्लेन उड्यो ।

मनमा छुट्टै खुशी र उत्साह त थियो तर त्यही मनको एउटा कुनामा नेपाल पनि रहेछ । साँच्चिकै भन्नुपर्दा प्लेनको ढोकाबाट छिरेपछि पहिले देशको माया लाग्दो रहेछ अनि मात्र परिवार र आफन्तहरुको यादले सताउँने रहेछ । देशभित्र रहँदा घृणा गर्ने त्यही देशको माया अचाक्ली लागेर आउँने रहेछ ।

धन्य राष्ट्र र यो राष्ट्रियता भन्ने कुरा ।साँच्चिकै भन्नुपर्दा प्लेनको ढोकाबाट छिरेपछि पहिले देशको माया लाग्दो रहेछ अनि मात्र परिवार र आफन्तहरुको यादले सताउँने रहेछ । देशभित्र रहँदा घृणा गर्ने त्यही देशको माया अचाक्ली लागेर आउँने रहेछ ।लगातर २ दिन उडेपछि बल्ल अष्ट्रेलियाको मेलबर्न आइपुगें । एयरपोर्टमा ओर्लने वित्तिकै विदेशको वैभव देख्न पाएँ ।

लाग्यो वाह यतिकै नेपालीहरु विदेश जान मरिहत्ते गरेका होइन रहेछन् ।ट्याक्सी हेरें माज्दा,लिमोजिन,ल्याम्बर्गहिनी जस्ता एकसेएक ब्राण्डेड थिए । सोंचे यस्तो देशमा आएपछि अब खुब मस्ती हुनेछ । अझ अचम्म त त्यतिबेला लाग्यो जब मैले ट्याक्सी ड्राइभरलाई ठेगाना लेखेको चिट दिएर यो ठेगानामा पुर्याइदिनुस् भनें ।

उसले मलाई त्यो ठेगानामा पुर्याएर यो ढोकाबाट छिर्नुस् सम्म भन्न भ्याए । योभन्दा सिस्टमको नमूना अरु के चाहियो र ?यसरी उदेक र नौलो मान्दै वित्यो मेरो अष्ट्रेलियाको पहिलो रात ।दाइहरुसँग भेट भयो,कामको कुनै टेन्सन थिएन । त्यसैले खुब घुमियो र हेरियो मेलबर्न शहर ।

अब भने विस्तारै कामको कुरा आउन थाल्यो । हरेक सुविधा,सिस्टम पैसा विना नचल्ने यो देशमा काम नगरि कहाँ सुख पाउँनु ? तर के काम गर्ने ? थाहा थिएन,केही मेसो पाइनँ ।किचेनतिर छिरें । यहाँ अगाडि आएका नेपालीहरुले किचेनमा राम्रै गुडविल बनाएका रहेछन् ।

त्यसैले किचेन लाइनमा नेपाली भन्ने वित्तिकै जसले पनि काम सजिलै दिइहाल्ने रहेछ । नेपालीहरु त्यति धेरै विश्वासपात्र रहेछन् भनेर आफैं दंग परें ।यहाँ अगाडि आएका नेपालीहरुले किचेनमा राम्रै गुडविल बनाएका रहेछन् । त्यसैले किचेन लाइनमा नेपाली भन्ने वित्तिकै जसले पनि काम सजिलै दिइहाल्ने रहेछ ।

किचेनको काम पनि सजिलो कहाँ हुँदो रहेछ र नेपालीलाई । शुरुमा त धनियाँलाई कोरियन्डर अनि भातलाई राइसितो भन्छ भनेर सम्म थाहा थिएन । त्यसैले काम गर्न गाहै भयो ।घरमा आमाले एक पोटी प्याज काटेर सघाइ माग्दा नटेरेको मान्छे अष्ट्रेलिया आएर एक घण्टामै एक बोरा प्याज काट्नुपर्यो ।

शुरु शुरुमा भएर काम गर्न जानेको थिएन,गाली खाइन्थ्यो । फेरि घण्टाको हिसावले पैसा दिने भएर होला काम खुब छिटो गर्नुपथ्र्यो,मेशीनले जत्तिकै छिटो हुनुपर्छ भन्थे ।घरमा आमाले एक पोटी प्याज काटेर सघाइ माग्दा नटेरेको मान्छे अष्ट्रेलिया आएर एक घण्टामै एक बोरा प्याज काट्नुपर्यो ।

शुरु शुरुमा भएर काम गर्न जानेको थिएन,गाली खाइन्थ्यो ।हरेक कुरा मान्छेले परे पछि गर्ने रहेछ र गरेपछि सिकिने पनि रहेछ । विस्तारै काम सिकेर जान्ने भएँ । काम गर्ने बानी भएर होला शरीरको थकान कम महसुस हुन थाल्यो । किचेनमा सेफले पकाएको हेरेर विस्तारै आफूले पनि परिकारहरु बनाउन सिक्दै गएँ ।

र, अहिले फिट्चरोयमा सेफको रुपमा कार्यरत छु ।यसबीचमा मैले सिकें सबैले खोज्ने सुख उनीहरुले भोग्ने दुखपछि आउँदो रहेछ । त्यसैले सुख पाउँनु छ भने दुखको सामना गरेर अघि बढ्नुपर्ने रहेछ । हामी सुख खोज्न अष्ट्रेलिया,जापान वा अमेरिका भन्दै बरालिन्छौं । तर जहाँ गए पनि आफैंले गर्नुपर्ने हो ।

किनभने अष्ट्रेलिया होस् या अमेरिका कसैले कसैलाई पाल्दैन । अर्को कुरा काम कहिले पनि सानो ठूलो नहुने रहेछ । सबै कामको आ आफ्नै महत्व उत्तिकै हुनेरहेछ ।हामी नेपालमा हुँदा विदेश जान हतारिन्छौं । तर विदेशमा पाइला टेकेको पहिलो दिनमै पछारिन्छौं ।

किनकि देखेको जस्तो हुँदै हुँदैन विदेश,भोगेपछि बल्ल थाहा हुन्छ । विदेश आएपछि कति रात अनिदो बस्नुपर्छ,खाना र निन्द्रको वास्तविक स्वाद कस्तो हुन्छ ? सब थाहा हुँदै जान्छ । मान्छेले त्यही खानाका लागि श्रम गर्छन् तर त्यही खाना खाने फुर्सदसम्म पाउँदैनन् यो विदेशमा ।नेपालमा हुँदा विदेश जान हतारिन्छौं ।

तर विदेशमा पाइला टेकेको पहिलो दिनमै पछारिन्छौं । किनकि देखेको जस्तो हुँदै हुँदैन विदेश,भोगेपछि बल्ल थाहा हुन्छ ।तर विदेशमा खाइने यस्ता ठक्करहरुलाई च्यालेञ्ज मानेर अगाडि बढ्न सकियो भने जीवनमा केही गर्न सकिन्छ र विदेश आएको पनि सार्थक बन्छ । किनकि डरको अगाडि जित छ । अनि जो लड्छ, उसैले जित्छ पनि ।

अष्ट्रेलियामा काम खोज्नेले गर्नुपर्ने र गर्न नुहने कुराहरु !

अष्ट्रेलियामा काम खोज्नेले गर्नुपर्ने र गर्न नुहने कुराहरु !

सिडनी, अष्ट्रेलिया :-  विदेशमा आएपछि जोसुकै होस् काम नगरि सुखै छैन । अझ अष्ट्रेलिया जस्तो मुलुकका लागि त काम पहिलो शर्त हो । तर काम नगरि सुखै नहुने अष्ट्रेलियामा भनेजस्तो काम पाउँन भने मुस्किल छ । गरिरहेको काम केही गरि छुट्यो भने फेरि अर्को काम पाउँन निकै ठूलो पापड पेल्नपरेको अनुभव प्राय धेरैसँग होला ।

तर केही स साना कुराहरुमा ध्यान दिन सकियो भने अष्ट्रेलियामा सजिलै काम पाउँन सकिने अनुभवी जानकारहरु बताउँछन् । मूलतः अष्ट्रेलियामा काम गर्न चाहने प्रवासीहरुमा म जस्तो काम पाए पनि गर्छु भन्ने भावना राख्न जरुरी छ ।

किनभने यहाँ सबै काम समान छन् । किननभे सबैजना कामका लागि काम गर्दछन् ।रोजागर परामर्शदाताहरुका अनुसार अष्ट्रेलियामा काम खोज्नेले गर्नपर्ने र गर्ननहुने कुराहरु यस प्रकार छन् –

# विभिन्न रोजगारदाता अनलाइन वेवसाइटहरु भिजिट गरिरहने । किनभने यस्ता वेवसाइटहरुमा कम्पनीहरुले कामदार आवश्यकता सम्बन्धी सूचनाहरु संप्रेषण गर्ने गर्दछन् ।

# कुनै काम र पदका लागि आवेदन दिनुअघि तपाई त्यसका लागि योग्य उम्मेदवार हो कि होइन,राम्रोसँग विचार गर्नुहोला । जस्तो शैक्षिक योग्यता,वस्ने ठाउँ,भिसाको प्रकार र अवस्था आदि । किनभने रोजगारदाताले हरेक विदेशी कामदारसँग शुरुमा गर्ने प्रश्नै यिनै हुन् ।

# विज्ञापन गरिएको पहिलो हप्तादेखि १२ हप्ताभित्रका कामका लागि मात्र निवेदन दिनुहोला ।

#कभर लेटर सहित आफ्नो पछिल्लो विवरण सहितको सिभी मात्र पठाउँनुहोला ।

#कभर लेटर लेख्दा अष्ट्रेलियन शैली नै अपनाउँनुहोला । छोटो तर प्रष्ट लेखन अष्ट्रेलियाको आफ्नो शैली हो । तर कभर लेटर लेख्दा आफ्नो भिसाको अवस्थाबारे खुलाउँन नभुल्नुहोला ।

#आफ्नो अष्ट्रेलियन पोष्टल ठेगाना,मोबाइल नम्बर र इमेल ठेगाना सीभीमा उल्लेख गर्न नभुल्नुहोला ।
#रोजगारदातालाई तपाई स्काइप वेभक्याम अथवा प्रत्यक्ष अन्तवार्ताका लागि तयार हुनुहुन्छ भन्ने कुरा बताउँन नविर्सनुहोस् ।

# र, अन्तवार्ताका समयमा सकरात्मक प्रभाव पार्ने कोशीस अवश्य गर्नुहोला । तपाईको व्यक्तित्व,दक्षता,भिसाको प्रतिलिपी जस्ता कुराहरुले रोजगारदाता प्रभावित हुन सक्छन् ।

गर्न नहुने कुराहरु :
# १ देखि १२ हप्ता भित्रका बाहेक अन्य भ्याकेन्सीहरुमा आवेदन दिदै नदिनुहोला । किनभने यसपछि आएका आवेदनहरुमा रोजगारदाताहरु अनिच्छुक हुन सक्छन् ।

# सबै काम घरमा गरेजस्तो हुन्छन् भन्ने नसोच्नुहोला । कुनै पनि काम गर्दा परिस्थितिलाई बुझेर बलियो इच्छाशक्तिका साथ सहज रुपमा गर्नुपर्छ ।

# तपाईले आफ्नो देशमा जे गर्नुहुन्छ,त्यही स्तरको काम नखोज्नुहोला । किनभने अष्ट्रेलियाको स्थानीय ज्ञान र अनुभव नहुँदा तपाईले त्यो स्तरको काम शुरुमै नपाउँन सक्नुहुन्छ । यसका लागि कम्तीमा एक वर्ष धैयै गर्नुहोला ।

# धेरै तलवको आशा पनि नगर्नुहोला । किनभने अष्ट्रेलियामा हरेक कामको श्रेणी अनुसार निश्चित तलव दिइन्छ ।

काठमाडौँबाट नेपालको राजधानी सार्ने

काठमाडौँबाट नेपालको राजधानी सार्ने

पोखरा, नेपाल ।

सग्लो नेपाल निर्माता राजा पृथ्वीनारायण शाहको गोरखा राज्यको राजधानी गोरखा थियो । नेपाल एकिकरण पश्चात गोरखाबाट मूलुकको राजधानी काठमाडौँ कायम भयो ।

भौतिक संरचना निर्माणका लागि विश्वका विभिन्न देशहरुले वीकेन्द्रीकरणको सिद्धान्त र अभ्यास अनुसार निश्चित समयपछि मूलुकको राजधानी सार्दै आएका छन् । तर, नेपालमा भने काठमाडौँ यथावत छ ।

हुन त, एउटा प्रदेशको राजधानी टुंगो लगाउन त लामो रस्साकस्सी गर्नुपर्ने नेपालमा केन्द्रीय राजधानी नै सार्ने काम कसले गर्न सक्ला र ? यद्यपी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माघ ६ गते मंगलबार ‘काठमाडौँबाट राजधानी सारौँ’ भन्ने विषय उठान गरे ।

उनको यो प्रस्तावको उच्च राजनीतिक तहमा खासै बहस नभएपनि सम्पदा संरक्षण अभियान्ता र बाहिर बसेर प्राकृतिक सम्पदाको अध्ययन गरिरहेकाहरुले यो प्रस्ताव बेठिक नभएको बताए ।मूलुक संघियतामा प्रवेश गर्नु अगाडी बिद्रोहको क्रममा तत्कालिन माओवादीले राजधानी स्थानान्तरणको मुद्दा उठाएको थियो ।

माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक भूमी चितवनलाई उनले राजधानीको रुपमा अघि सारेका थिए । तर, प्रचण्ड जब संसदीय राजनीतिमा प्रवेश गरे, त्यसपछि यो मुद्दा उनको प्रमुख बन्दै बनेन ।संविधान जारी पश्चात ७ वटा प्रदेश सरकारहरु बनेका छन् ।

हरेक प्रदेशका आ–आफ्नै राजधानी हुने भएपछि संघिय राजधानी सार्ने बहस उपर्युक्त नभएको कतिपयको बुझाई छ । तर, निर्वाचन भएर प्रदेश सरकारहरु बनेको ३ वर्ष पुगिसक्दा पनि प्रदेश नम्बर १ र २ ले नाम नै राख्न सकेका छैनन् । यी प्रदेशले स्थायी राजधानी पनि टुंग्याएका छैनन् ।

प्रदेश राजधानीमा खासै कुनै काम पनि नहुने भएकाले प्रदेशको राजधानीप्रति मानिसहरुको मोह खासै छैन । तर, प्रदेशैपिच्छे राजधानी हुने भएकाले अब प्रदेशहरुबीच विकासमा प्रतिस्पर्धा हुनुपर्ने तर, देशको राजधानी सार्नुपर्छ भन्ने बहस गर्न नहुने नेताहरुको भनाई छ ।

देशको राजधानी काठमाडौँ (काठमाडौँ उपत्यका) हुँदा काठमाडौँ सहित भक्तपूर र ललितपूर विकसित शहर बने । तर, अरु जिल्लाको अवस्था भने अहिले पनि एकिकरण ताकाकै जस्तो भएकाले काठमाडौँबाट राजधानी सार्नु नै उत्तम विकल्प हुने अभियान्ताहरुको भनाई छ ।

‘काठमाडौँमा दिनदिनै मानिसहरु थपिएका छन्, नजिकका जंगलहरु मासिँदै गएका छन्’ एकजना सामाजिक अभियान्ता भन्छन्, ‘प्राचिन सम्पदाहरु मासिँदै छन् । काठमाडौँले थेग्न नसक्ने जनघनत्व छ । यदि काठमाडौँलाई सम्पदाको शहरका रुपमा चिनाईराख्ने हो भने यहाँबाट राजधानी सार्नुपर्छ ।’

तत्कालिन माओवादीहरुले राजधानी बनाउने आश्वासन खुब बाड्यो । शान्ति सम्झौतापछि भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र नै कहाँ भन्ने अन्यौल भयो । पोखरा कि चितवन भन्ने दोधारका बीच प्रचण्डले चितवनबाट चुनाव लड्ने घोषणा गरे र त्यतिबेला चितवनलाई देशको राजधानी बनाउने सार्वजनिक उद्घोष गरे ।

तर, त्यसपछि राजधानीका विषयमा खासै नबोलेका प्रचण्डले २०७६ साल माघ २५ गते शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पुगेर ‘केन्द्रीय राजधानी सार्ने बिषयमासमेत छलफल भइरहेको’ भनेर बोले । कुनै बेला नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले मूलुकको राजधानी काठमाडौँबाट दाङ सार्न उपर्युक्त हुने बताएका थिए ।

‘यो राजनीतिक र आम नागरिकको चासोको विषय हो’ एकजना वातावरणविद् भन्छन्, ‘हामीलाई राजनीतिसँग चासो हुँदैन । पर्यावरणीय दृष्टिकोणले सुहाउँदो ठाउँमा राजधानी सार्नुको विकल्प छैन । जति ढिलो गरिन्छ, त्यति नै क्षति बढी हुन्छ ।’

घरजग्गा व्यवसायी, काठमाडौँका रैथाने समुदायलाई ‘कन्भिन्स’ गरेर अहिले नेतृत्वमा रहेको राजनीतिक पुस्ताले काठमाडौँबाट राजधानी सार्छ भन्नेमा भने कसैले पनि विश्वास गरेका छैनन् ।

पोखरा १८ को मतगणना बैशाख २० मा पुनः गर्न अदालतको आदेश

पोखरा १८ को मतगणना बैशाख २० मा पुनः गर्न अदालतको आदेश
निर्वाचन सकिएको झण्डै ११ महिनापछी उच्च अदालत पोखराले पोखरा महानगरपालिकाको १८ नम्बरको वडाको मतगणना बदर गरि पुन मतगणना गर्न आदेश दिएको छ । गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा वडा अध्यक्ष पदको मत गणना यहि बैशाख २० गते अदालतको रोहबरमा गर्न अदालतले आदेश दिएको अदालतको सुचना अधिकृत विष्णु आचार्यले जानकारी दिए । मत गणना गर्दा ९ मत हराएको भन्दै वडाध्यक्षका उमेद्वार पुष्कल थापाले उच्च अदालत पोखरामा पुन मतगणनाको माग गर्दै निवेदन दिएका थिए । सोही निवेदन उपर फैसला गर्दै उच्च अदालत पोखराका कायम मुकायम मुख्यन्यायाधिश डिल्लिराज आचार्य र न्यायाधिश रिसिराज आचार्यको सम्युक्त इजलासले आज पुन मतगणना गर्न आदेश दिएको हो । गत बैशाख ३१ मा सम्पन्न स्थानिय निर्बाचनमा पोखरा महानगर पालिकाको वडा नम्बर १८ मा नेपाली कांग्रेसको तर्फबाट उमेद्वार बनेका शिवप्रसाद तिमिल्सिना ३ मतको अन्तरले विजयी भएका थिए भने एमालेका पुष्कल थापा पराजित भएका थिए । तिमिल्सिनाले १६४३ मत पाउदा थापाले १६४० मत पाएका थिए ।

रहर गरेर मात्रै हुन्न अष्ट्रेलिया कस्तो छ भोग्नेलाई मात्र थाहा हुन्छ !

रहर गरेर मात्रै हुन्न अष्ट्रेलिया कस्तो छ भोग्नेलाई मात्र थाहा हुन्छ !

सिडनी, अस्ट्रेलिया  :- नेपाल रास्ट्र बैंकमा कार्यरत थिए सन्तोष। बुढी लाई नेपालको कमाईले पिलोनै आयो। भत्भती पोलेर नेपाल बस्ने ईच्छा मरेर आयो। एकै चोटी ठुलो भाग हात पार्ने महत्वा कान्छी सपना बुन्दै ढल्किदै गएको उमेरमा नयाँ उर्जा समेटेर अस्ट्रेलीया होमीने ईच्छा ब्यक्त गरे।

अझ ति दाई भन्दा बढी त भाउजु हौसिएर खपीसक्नु थिएन। सन्तोषलाई त खासै जान मन थिएन।उनी त भन्दै थिए भो नजाउ ढल्किदै गएको उमेर छ।आप्रवासीका झन् झन् कडाई गर्दै छ।

भोली घरको न घाटको होईन्छ बोरु अव यतै तिमी पनि केही काम गर। ठुलो सपना नबुनौ। आफ्नै देशमा पौरख गरौ। जिवनलाई सहज बनाउन यतै केही गरे पनि भई हाल्यो नि।बोली भुईमा पर्न नपाउँदै भाउजु जरक्क पर्दै दाईलाई भन्न लागिन्। नाप्यौ तिम्रो बिस तिस हजारको जागिरले। एउटा टालो टाल्न त पुग्या छैन। गर्यौ रमाईलो यहि जागिर खाएर।

अस्ति जस्तो लाग्छ मोनिका गएकी। हेर्नु त कति मोज गरेर हिडेकी छ। क्या सान छ त्यसको । गाडीमा हिड्छन् जोडी नारिएर। अब पिआरको प्रोसेसमा छे रे।अस्ति ग्रेजुएसनमा आमा बालाई लगेर तिन महिना सिड्नी, मेल्बोर्न, गोल्डकोस्ट अनि तास्मानिया घुमाएर पठाई। गफ गरेको सुन्ने हो भने यति डाह लागेर आउँछ।

कमाई मात्र जोडीको नेपाली चार पाँच लाख छ रे। बेलैमा बद्दी पुराएर गई र त अहिले मोज गरेर बसेकी छ।हेर्दा हेर्दै अब Aussie हुन्छे। टलक्क कालो चस्मा ढल्काएर नेपाल आउँदा हेर्नेको लाईन हुन्छ।

आफु भने सरकारी जागिरे केटो भनेर बिहे गरे। के गर्नु नामले, साप्नी भएर मोज गर्न नपाईने रहेछ। त्यहि माथि घरको लुते धन्दा। बिहान उठे देखी टुसुक्क बस्न पाईन्न। न गरेको देखिने न कठैबरा गरिस् नै भन्ने।

बुढीको किचकिच खप्न नसके पछि अन्ततः अस्ट्रेलीया आउने तयारीमा लागे। डकुमेन्टहरु सबै तयार भए। केही ससुरालीको सहयोगमा पैसाको जोरजाम पनि भयो। केही समयको अन्तराल पछि भिसा आयो।अस्ट्रेलीया सोचे जस्तो कहाँ पो छ र। यताबाट बढाईचढाई गफ गरेको कतिलाई त पत्तै हुँदैन।हाम्रो अर्को उदेक लाग्दो बानी। कति कमाउछस् बा – कमाउछु हप्ताको पाँच सय। हिसाब गरि हाल्यो। पाँच सय अहिलेको रेट ८२ रुपयाँ।

आम्मम्मा महिनाको दुई लाखको हाराहारीमा कमाउँदो रहेछ। हेर त बुढा दुई जनाले त चार लाख कमाईने रहेछ। पछाडीको खर्चको हिसाब हुँदैन।उठे देखी सुते सम्म कति खर्च हुन्छ त्यसको लेखाजोखा गरिन्न। कोठा भाडा देखी कलेजलाई तिर्न पर्ने फिको पनि खासै वास्ता हुँदैन। एउटै ध्याउन्न हुन्छ अस्ट्रेलीया जाने।

जब आईन्छ अनि देखिन्छ टमले तारा देखे जस्तो दिउँसै तारा। बस्ने ठाउँ देखी सुत्ने ओच्छ्यान सम्मको तर्जुमा। खाने रासन देखी ट्रेनको टिकट। कोठा भाडा र बोन्ड अनि आँखा झिमीक्क गर्दा सकिने महिना। पेट पोल्ने मात्र होईन ग्याँस निस्केर एसिडीटीनै बढ्छ।

दिन भरि कामको हन्टीङ। हप्तौको मेहिनेत, पसिना अनि ट्रेनको टिकट काटेर हिड्दा केही उपलब्धी नहुँदा जोरोनै फुट्छ। अन्तत: जे जस्तो काम भएनी गर्छु भन्ने मनसाया पुगे पछि लौ न जस्तो भएनी काम गर्छु भन्दै दशथरीका नेपालीले खोलेका काम पोस्ट गर्ने पेजलाई फलो गर्यो।

बल्ल बल्ल ट्राईलमा बोलाउँछ। सिन्को नभाँचेको ज्यान कसरि गर्नु ति काम। बुढाले त भन्या हुन् नि नजाउँ भनेर। के गर्ने डलरको भुतले ठुलो भाग खोज्दा आझ हरेक दिन तनाबमा गुज्रिएको छ भाउजुको।अस्ट्रेलीया आउने जो कोहीले पनि आफ्नो कमनसेन्स मात्र प्रयोग गरे नि त्यस्तो हतोत्साही भई हाल्न पर्दैन थियो।यहाँ भन्न खोजिएको के भने अरुको देखासिकी गरेर, एक्कै चोटी ठुलो भाग कुम्ल्याउँछु भन्ने सोच लिएर नआएको नै बेश।

अलिकती पोख्त, पुराना अनि सहि सुझाब दिने सँग सोचबिचार गरेर आउँदा भने बेशनै होला। घुम्ने कुर्सीमा हल्लीएर दङ्गाएर बसे जस्तो चाही नहोला अस्ट्रेलीयाको यात्रा बिचार गरौ। Ashish Pradhan

बेलायत शून्य लागतमा २ हजार नेपाली रोजगारीका लागि लैजाने, तलब मासिक ३ लाख

बेलायत शून्य लागतमा २ हजार नेपाली रोजगारीका लागि लैजाने, तलब मासिक ३ लाख ।

पोखरा, नेपाल ।

पर्वतका मनोज भुसाल बेलायतको स्थानीय समय बिहान ७ः३० बजे सानो गाडा (ट्रली) गुडाउँदै स्ट्रबेरी टिप्न निस्किए । उनको टोलीमा ८ जना नेपाली कामदार थिए । सबैले चिसो हावा छेक्न बाक्लो टोपी, पानीले नभिज्ने ज्याकेट र बुट लगाएका थिए । कसैले एउटा हातमा टिफिन झुन्ड्याएका थिए भने अर्को हातले सानो एकपाङ्ग्रे ट्रली घिसारिरहेका थिए । कसैले ब्यागभित्र टिफिन हालेका थिए ।

मनोजले बेलायतको स्कटल्यान्डस्थित कानुस्टेको स्ट्रबेरी फार्ममा स्ट्रबेरी टिप्न थालेको दुई महिना भइसकेको छ । ‘हामी अहिले स्ट्रबेरी टिप्न जाँदै छौं, यो काम दिनभर हुन्छ,’ मनोजले भने, ‘स्ट्रबेरी नटिप्ने दिनमा भने गोडमेल गर्छौं । ठूला लहरा हटाउँछौं ।’ उनी २ लाख रुपैयाँ खर्च गरेर ६ महिने कृषि कामदारको रूपमा बेलायत पुगेका हुन् । ‘मानसिक र शारीरिक रूपमा तयार भएर आउनुपर्छ,’ उनले भने ।

गत जुन १ मा बेलायतको क्यान्टाबरी पुगेकी काठमाडौंकी सम्झना गिरीले दैनिक ८ देखि ९ घण्टा स्ट्रबेरी टिप्ने काम गर्नुपर्ने बताइन् । ‘हामी बसेको ठाउँदेखि काम गर्ने ठाउँमा पुग्न २५ मिनेटजति लाग्छ, जतिखेर पनि चिसो–चिसो हावा चलिराख्छ, घाम मज्जाले लागेको भए पनि चिसै हुन्छ,’ उनले भनिन्, ‘सुरु सुरुमा भएर होला, मलाई काम गर्न कठिन नै लागिरहेको छ । गर्न सक्नेहरूले भने मज्जाले गरिरहेका छन् ।’ उनी काम गर्ने फार्ममा २१ जना नेपाली कामदार छन् ।

यी सबैजसो नेपाली मौसमी कामका लागि बेलायत पुगेका हुन् । बेलायतमा श्रम क्षेत्रमा कामदार अभाव छ । बेलायतले सन् २०२१ मा २ लाख ३९ हजार ९ सय ८७ जनालाई श्रम भिसा जारी गरेको थियो । जुन २०२० को तुलनामा १ सय १० प्रतिशतले बढी हो । कृषि क्षेत्रमा पनि कामदार अभाव चुलिएपछि २०१९ बाटै अस्थायी रूपमा मौसमी कामदार लैजाने नीति कार्यान्वयन गरेको हो । यो नीतिले नेपालीका लागि कृषि क्षेत्रमा पनि काम गर्न पाउने ढोका खुल्यो ।

बेलायत सरकारले मौसमी कामदारका लागि अस्थायी भिसा (टि फाइभ) जारी गर्ने नीतिलाई २०२४ सम्मका लागि निरन्तरता दिएको छ । बेलायतले २०२२ मा मात्रै नेपालसहित १५ देशबाट ३० हजार जना विदेशी ल्याउने कोटा छुट्याएको छ । आवश्यक परेमा थप १० हजार जना लैजाने घोषणा गरिसकेको छ । बेलायतको गृह मन्त्रालयका अनुसार सिजनल वर्किङ भिसामा गएका मौसमी कामदार एक वर्षभित्र जम्मा ६ महिनामात्रै बस्न पाउनेछन् । भिसाको अवधि समाप्त भएपछि आफ्नै देश फर्कनुपर्छ । अर्को रोजगारदातासँग काम गर्न पाइने छैन ।

मौसमी कामदारले तरकारी र फलहरू टिप्ने, टनेलभित्र काम गर्ने, सिँचाइ, प्याक हाउस, ट्र्याक्टर चलाउने, सुपरभाइजरको काम गर्नेमात्रै सुबिधा छ । हेभी डाइभर र बुचरलाई दिइँदै आएको सुविधा भने खारेज भइसकेको छ । जाने कामदारको शैक्षिक योग्यता मागिएको छैन । साधारण अंग्रेजी बोल्नसक्ने भए मापदण्ड पुग्छ । उनीहरूको उमेर भने १८ देखि ५० वर्षसम्म तोकिएको छ ।

बेलायतको अध्यागमन कार्यालयका अनुसार सन् २०२१ मा नेपालबाट कृषि काम गर्नका लागि ५ सय २० जना गएका थिए । त्यस वर्ष सबैभन्दा बढी कामदार युक्रेनबाट १९ हजार ९ सय २०, रसियाबाट २ हजार २ सय ७८, बुल्गेरियाबाट १ हजार १ सय ११, बेलारुसबाट १ हजार ७, ताजिकिस्तानबाट ९ सय ८०, माल्दोभाबाट ८ सय ७५, रोमानियाबाट ६ सय ६०, उज्वेकिस्तानबाट ५ सय ५६ र काजकस्तानबाट ३ सय ९१ जना गएका थिए ।

युक्रेनमा युद्ध चलिरहेकाले बेलायतले युक्रेनी नागरिकको अस्थायी भिसालाई मात्रै ३१ डिसेम्बर २०२२ सम्म थपिदिएको छ । बेलायती फार्महरूमा पहिलो लटमा गएका नेपालीको कामबाट प्रभावित भएर २०२२ को सिजनका लागि ठूलो संख्यामा नेपाली लगेको छ । सबैभन्दा बढी कामदार माग हुने चैत, वैशाख, जेठ र असार महिना हो ।

यस वर्ष चैतदेखि जेठ महिनामा मात्रै १ हजार ८ सय ५९ जना नेपाली कामदार बेलायत पुगेका छन् । जसमा २ सय ५४ महिला छन् । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो ११ महिनामा मात्रै २ हजार १ सय ८४ जनाले बेलायतका लागि श्रम स्वीकृति लिएका छन् । उनीहरू सबै व्यक्तिगत श्रम स्वीकृतिमा गएका हुन् । उनीहरूमध्ये ९५ प्रतिशत कृषि कामदार हुन् ।

वैदेशिक रोजगार कार्यालय, ताहाचलका प्रमुख रमेश अर्यालले व्यक्तिगत श्रम स्वीकृतिमा जान नरोकिएको बताए । ‘बेलायतमा अगाडि नै नेपाली गइरहेको देखिन्छ, यो वर्ष झन् बढेर आयो,’ उनले भने, ‘व्यक्तिगत पहुँचका आधारमा जान रोकिएको छैन ।’ उनले मौसमी कामदारका रूपमा पठाउन भने कार्यविधि बनाइरहेको बताए । ‘मौसमी कामदारलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर कार्यविधि बनाउने विषयमा श्रम मन्त्रालयमा छलफल चलिरहेको छ,’ उनले भने ।

कृषि कामदार भर्ना गर्ने जिम्मेवारी पाएको बेलायतको अधिकारप्राप्त कम्पनीले नेपालबाट कामदार लैजान तेस्रो पक्षलाई संलग्न नगरेको दाबी गरेको छ । बेलायतको श्रम बजारलाई नियमन गर्ने ‘ग्याङमास्टर एन्ड लेबर एब्युज अथोरोटी’ ले मौसमी कामदार भर्ना गर्ने अनुमति (स्पोन्सर दिने) बेलायतस्थित प्रो फोर्स लिमिटेड, कोन्कोर्डिया लिमिटेड, एजी रिक्रुटमेन्ट एन्ड म्यानेजमेन्ट लिमिटेड र फ्रुटफुल जब्सले मात्रै दिएको छ । यी कम्पनीहरूले आफ्नो स्पोन्सरमा कामदार ल्याई माग भएको फार्ममा पठाउने गरेका छन् ।

कोन्कोर्डियाले अन्य देशबाट कामदार भर्ना गर्न स्थानीय एजेन्ट नियुक्त गरे पनि नेपालमा कसैलाई जिम्मेवारी दिएको छैन । ती कम्पनीहरूले कामदारको आवेदनकै आधारमा सिधै छनोट गर्ने गरेको जनाएका छन् । ‘हाम्रो वेबसाइटबाट कामदारले सिधै आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । आवेदन दिएको आधारमा छोटो सूची बनाई अन्तर्वार्ता गरी कामदार छनोट गरेका हौं,’ एजी रिक्रुटमेन्टका एक अधिकारीले भने, ‘भिसाको आवेदन शुल्क र टिकटबाहेक अन्य खर्च कामदारले बेहोर्नुपर्दैन ।’ साधारणतः कामदारको १ लाख ५० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँ लाग्ने गरेको छ ।

गिरीले आफूले तेस्रो पक्षको सहयोग नलिएको बताइन् । ‘आफैंले वेबसाइटबाट आवेदन दिएको हुँ, त्यसको दुई दिनपछि हामीलाई जुममा सामूहिक छलफल गर्न बोलायो, त्यसबेला हामीले गर्नुपर्ने कामको जानकारी दिए, मलाई एउटा मात्रै प्रश्न राखेको थियो,’ उनले भनिन्, ‘त्यसको आधा घण्टामा करारपत्र इमेलमै पठायो । मैले हस्ताक्षर गरी पठाएँ । त्यसपछि स्पोन्सर नम्बर आएपछि भीएफएक्स गरें । भीएफएक्समा मेडिकल र औंठा लिने काम भयो । त्यसको २१ दिनमा भिसा आयो ।’ उनले भीएफएक्स गर्दा एक लाख तीन हजार रुपैयाँ तिर्नुपरेको बताइन् । ‘भिसा आएपछि टिकट काटेर आएँ,’ उनले भनिन् ।

कतिपय एजेन्टले भने आफूहरूको पहुँच भएको भन्दै ५ लाख रुपैयाँसम्म असुल गरेका छन् । ‘मलाई एक जना एजेन्टले ५ लाख रुपैयाँ मागेको थियो,’ धरानकी सुनीता राईले भनिन्, ‘भिसा लागेर आएपछि मात्रै दिन्छुभन्दा प्रक्रिया नै अगाडि बढाउन मानेन ।’ श्रम स्वीकृति लिएर बेलायत पुगी आएकाहरूले एजेन्टलाई रकम नबुझाई आएको दाबी गरेका छन् ।

‘नेपालमा कुनै म्यानपावर कम्पनी वा एजेन्ट नियुक्ति गरेको छैन । स्पोन्सर दिएको भरमा कसैलाई पैसा तिर्नुपर्दैन,’ फ्रुटफुल जब्सको भनाइ छ ।नेपाली कामदारले घण्टाको दरले ज्याला पाउने गरेका छन् । यसको अर्थ उनीहरूले जति बढी काम गर्छन्, त्यति नै बढी ज्याला पाउँछन् । सबैभन्दा बढी नेपाली कामदारलाई स्पोन्सर गरेको एजी रिक्रुमेन्टका अनुसार बेलायतको न्यूनतम तलब मापदण्डअनुसार नै भुक्तानी दिइने बताएको छ ।

बेलायतको न्यूनतम तलब प्रतिघण्टा ९.५० पाउन्ड हो । केही नेपाली कामदारका अनुसार प्रतिघण्टा १०.१० पाउन्डको हिसाबले ज्याला भुक्तानी भइरहेको छ । कामदारले मौसमअनुसार दैनिक काम गर्नुपर्ने अवस्था छ । एजीले सातामा ३० देखि ५० घण्टासम्म काम गर्नुपर्ने अवस्था रहेको जनाएको छ । ‘हामीले सरदर ६ दिनमा ४८ घण्टा काम गर्छौं । यसरी महिनामा १ सय ९२ घण्टा काम गर्दा मासिक १९३९ पाउण्ड (करिब तीन लाख रुपैयाँ) कमाइ हुन्छ’, चितवनका दिनेश वाइबाले भने, ‘यो सबै बचत भने हुँदैन ।’

कामदारले खाने र बस्ने खर्च आफैं बेहोर्नुपर्छ । उनीहरूलाई कन्टेनरमा राखिएको छ । यसको भाडा प्रतिसाता ६०.९० भुक्तानी गर्नुपर्छ । ‘हामीलाई कन्टेनरमा राख्ने गरिएको छ, यसलाई यहाँ कारबान भन्छन्, एउटा सानो कोठा दिन्छन्, एउटा शौचालय, एउटा बाथरुम, एउटा किचन, एउटा मिटिङ हल छ, बस्न ठीकै छ,’ भुसालले भने । कतिपय कामदारले खाना बनाउने भाँडा नेपालबाटै लैजाने गरेका छन् ।

फ्रुटफुल जब्सले कामदार पठाउने कम्पनीहरूको बासस्थान निरीक्षण गर्ने दाबी गरेको छ । ‘यसमा सबै कानुनी मापदण्ड पूरा भएको हुनुपर्छ, औद्योगिक अभ्यास, कामदार र वातावरणलाई असर नपुग्ने व्यवस्था भएको हुनुपर्छ । हामीले यी सबै अवस्था हेरेपछि मात्रै कामदार पठाउँछौं । सामान्यतया ६ जनालाई राख्न मिल्ने गरी चलायमान कन्टेनर (मोबाइल हाउस) को प्रबन्ध गरिएको हुन्छ, जहाँ किचेन, बेडरुम, शौचालय र नुहाउने कोठाको व्यवस्था भएको हुनुपर्छ । अन्य बासस्थान भने घर वा ब्लक शैलीको हुन्छ’, फ्रुटफुलको भनाइ छ । कुनै फार्मले भने ६०.९० पाउन्डभन्दा कम भाडामा पनि कामदारलाई राख्ने गरेका छन् ।

ग्याङमास्टर एन्ड लेबर एब्युज अथोरोटीका अनुसार कृषिमा आएका कामदारलाई जबर्जस्ती श्रममा लगाउन पूर्ण बन्देज लगाइएको छ । ‘काम लगाइदिने वा खोजिदिने बहानामा कसैले रकम लिएमा, कसैले परिचयपत्र जफत गरेमा, तलब रोक्का भएमा, नचाहेको ठाउँमा काम गर्न बाध्य बनाइएमा, कामदारको आवतजावत नियन्त्रण वा बन्देज लगाउन र धम्की वा हिंसा हुने काम गर्न वर्जित छ,’ अथोरोटीद्वारा विदेशी कामदारको नाममा जारी सूचनामा भनिएको छ, ‘यी काम भएमा तुरुन्तै खबर भए दण्ड गर्नेछौं ।’

अष्ट्रेलिया गएको छोराले भन्दा दुबइमा भएको छोराले धेरै कमाउँछ

अष्ट्रेलिया गएको छोराले भन्दा दुबइमा भएको छोराले धेरै कमाउँछ ॥

काठमाडौ :-  अष्ट्रेलिया गएको छोराले भन्दा दुबइ मा भएको छोराले धेरै कमाउँछ मेरा दुई भाइ छोरा छन् । दुवैलाई इन्जिनियर बनाएँ । जेठो चाहिँ अस्ट्रेलिया आयो ।

अहिले मलाई घुम्न बोलाएको थियो, त्यसैले भिजिट भिसामा डेढ महिना अगाडी म यहाँ आएको हुँ मेरो कान्छो छोरा दुबईमा छ ।नेपालमा अमेरिका, अस्ट्रेलिया भनेपछि धेरै कमाइ हुन्छ, सुख सयलको जिन्दगी हुन्छ भन्ने छ ।

तर मेरो अस्ट्रेलियामा भएको छोराले भन्दा दुबईमा भएको छोराले धेरै कमाउँछ ।जेठो छोराले सधैँ ‘पैसा नै पुगेन बा’ भनिरहन्छ । कान्छो छोराले भने एक वर्षमा लाखौँ पैसा पठाइसक्यो ।

घरको सबै आर्थिक कारोबार उसैले गर्छ ।कहिलेकाहीँ त जेठोले पैसा नभएको बहाना बनाएको हो कि भन्ने लाग्थ्यो । यहाँ आएपछि बुझेँ । साँच्चै दुःख रहेछ पैसा कमाउन ।

अझ यहाँ पढ्न भनेर आएका विद्यार्थीहरुमाथी त मलाई दया जागेर आयो । पढाइ, काम, सधैँ दौडधुप । नेपालमा रहेका परिवारले छोरा छोरी अस्ट्रेलिया पठाएको छु, पैसा पठाउँछन् भन्ने आशा नराखे हुँदो रहेछ । नेपालमा भने अस्ट्रेलियाको भिसा लाग्यो भन्नासाथ अब पैसा बर्सिन्छ भन्ने सोच्छन् ।

अस्ट्रेलियाको पीआर, यहाँको नागरिकताले गर्दा पनि मान्छेहरू दुखलाई दबाएर बस्छन् होला । तर मेरो जेठो छोरा भन्दा दुबईमा रहेको कान्छो छोरा खुसी छ जस्तो लाग्छ । उसले घरमा पैसा पठाएको छ, आफ्नो जीवनशैली पनि राम्रो छ ।

सम्मानका साथ काम गरिरहेको छ । फर्केर नेपाल आउँदाको दिनमा पनि ऊसँग नेपालको आफ्नो घर, आफूले बचत गरेको कमाइ, सम्पूर्ण परिवार र काम गर्नको लागि अरू अवसर पनि हुनेछन् । तर यहाँ त पीआर र नागरिकताको लागि दौडिदा दौडिदै मान्छेहरू बाँच्न नै बिर्सिदा रहेछन् ।

सबै आमा बुवालाई पैसा भन्दा बढी आफ्ना छोराछोरीको खुसीको चाहना हुन्छ । अस्ट्रेलिया, अमेरिका, जापानमा रहेर मात्र खुसी हुन सकिन्छ भन्ने सोच अब नेपाली आमाबुवा र छोराछोरीको दिमागबाट हट्नुपर्छ भन्ने लाग्यो ।

(अस्ट्रेलिया घुम्न आउनुभएका अभिभावकसँग गरिएको कुराकानीमा आधारित । गोपनीयताको लागि नाम परिवर्तन गरिएको छ)

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय