प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।
स्मरण शक्ति बढाउन अपनाउनुस् यी टिप्स !!
यदि तपाई तेज दिमाग र राम्रो स्मरण शक्ति चाहनुहुन्छ भने यी ५ उपाय तपाईँको लागि उपयोगी हुन सक्छ । जसरी शरीरलाई तन्दुरुस्त राख्न शारीरिक व्यायाम आवश्यक हुन्छ, त्यसै गरी दिमागलाई स्वस्थ राख्नको लागि मानसिक व्यायाम आवश्यक हुन्छ । पजलहरू, क्रसवर्डहरू, सुडोकु, आदि जस्ता तपाईँको दिमागलाई सक्रिय राख्ने गतिविधिहरूमा सामेल भएर तीनको समाधान खोज्नुहोस् । यसले तपाइको दिमागलाई काममा सक्रिय राख्छ र तेजिलो बनाउन मद्दत गर्दछ । एक्लो नहुनुहोस्, सामाजिक बन्नुहोस् । साथीहरू र परिवारका सदस्यहरूसँग सम्पर्कमा रहनुहोस् । उनीहरूसँग अन्तरक्रिया गर्नुहोस् । आफूलाई व्यस्त राख्नका लागि र दिमागलाई चलायमान बनाउनको लागि आफूलाई मन पर्ने कुरामा समय दिनुहोस् । सकारात्मक सोच्नुस् । हासौ र अरुलाई पनि हसाउँ, किनकि हाँसो आफैमा उपचार हो । नियमित व्यायामले मस्तिष्क लगायत सम्पूर्ण शरीरमा रक्तसञ्चारमा सुधार ल्याउँछ, त्यसैले हप्तामा एक पटक छिटो हिँड्ने, दौडने वा साइकल चलाउने जस्ता एरोबिक व्यायाम गर्नुहोस् । ध्यान, गहिरो सास फेर्न जस्ता योगिक गतिविधिहरू पनि दिमागलाई स्वस्थ राख्न मद्दत गर्दछ । राम्रो स्वास्थ्यको लागि पर्याप्त निद्रा आवश्यक छ, किनकि दैनिक ७–८ घण्टा सुत्दा स्मरण शक्ति राम्रो रहन्छ । यसका साथै सन्तुलित आहारमा पनि ध्यान दिनुपर्छ । आफ्नो दैनिक आहारमा फलफूल, हरियो तरकारी र कार्बोहाइड्रेट समावेश गर्न निश्चित गर्नुहोस् । बिहान खाली पेटमा फलफूल नखाँदा राम्रो हुन्छ । ओमेगा–३ फ्याटी एसिड भएको खानेकुरा खानुहोस्, जस्तै नट, फ्ल्याक्स सीड, बदाम, आदि । साथै दैनिक ८–९ गिलास पानी पिउनुहोस् ।
सहिद दिवस विविध कार्यक्रम गरी मनाइँदै !!
गृह मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई !!
नागरिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज भएपछि उनले सम्हाल्दै आएको गृह मन्त्रालयको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै लिएका छन् ।
अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता लिनुको सट्टा लामिछाने पुरानै नागरिकता देखाएर सांसद जित्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए ।
लामिछानेले प्रक्रिया नपुर्याएको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद निलम्बन गरेपछि उनले प्रधानमन्त्री प्रचण्डसमक्ष शुक्रबार साँझ नै राजीनामा बुझाएक थिए ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएको र प्रधानमन्त्रीको सिफारिसमा यो मन्त्रालयको नेतृत्व प्रचण्डले सम्हाल्ने गरी जिम्मेवारी तोकेको जनाएको छ ।
सरकारको एउटै मात्र लक्ष्य विकास र समृद्धि हो-स्वास्थ्यमन्त्री पदम गिरि ! !
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताएका छन्।
पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गिरीले मङ्सिर ४ मा भएको निर्वाचनले दिएको जनादेशअनुसारको सरकार निर्माण भएको बताए।
उनले भने, ‘यो सरकारको एउटै मात्र लक्ष्य विकास र समृद्धि हो।’
मुलुकभित्र सञ्चालित भौतिक पूर्वाधारका काम समयमै सम्पन्न गर्न सरकारले सम्बन्धित निकायलाई ताकेता गरिरहेको उनले बताए।
यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्रालयका सचिव र मातहतका कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिइसकेका उनको भनाइ थियो।
वर्तमान सरकार गठन भएको एक महिनामै अर्थतन्त्रमा सुधारका संकेत देखिएको उनको दाबी थियो । अब पुँजीगत खर्चको दायरालाई तीव्र रुपमा वृद्धि गरिने र अवरुद्ध भएका राष्ट्रिय गौरवलगायत महत्वपूर्ण योजनाको काम धमाधम हुने उनको जिकिर थियो ।
सरकारले आर्थिक मितव्ययिता अपनाउन विभिन्न खालका निर्णय समेत गरिसकेको बताउँदै अर्थतन्त्रको विकासमा सरकारको मुख्य ध्यान गएको जनाए।
उनले आफू स्वास्थ्य मन्त्रीमा नियुक्त भइसकेपछि ग्रामीण क्षेत्रसम्म कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने अध्ययन गरी समस्याहरुको पहिचान गरिरहेको बताए। उनले केपी ओली सरकारका पालामा शुरु गरिएका सबै पालिका स्तरका आधारभूत अस्पताललाई पूर्णता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
कुनै पनि अस्पताललाई बजेटको कमी हुन नदिई समयमै अस्पताल निर्माण सम्पन्न गरेर गुणस्तरीय सेवा प्रवाह शुरु गर्न आफ्नो ध्यान केन्द्रत गर्ने उनको भनाइ थियो।
कोही पनि आत्तिनुपर्ने कुरा छैन : सुवास नेम्वाङ !!
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसङ्ग उल्लेख गर्दै उनले ती समस्यालाई संविधानअन्तर्गत नै हल गरेर अघि बढ्न आफूहरू सक्षम रहेको पटक–पटक दोहोर्याए।
सहिद दिवसको अवसर पारेर एमालेले च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैँले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याए।
संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरूले आफ्नो बुद्धि, विवेक र क्षमता प्रदर्शन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो।
नेम्वाङले भने, ‘अहिले भर्खरका पनि घटनाक्रमहरू छन्। सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था भयो। के हुन्छ ? यी सबै घटनाक्रमहरूलाई स्वभाविक रूपमा जनताले बनाएको यो संविधानअन्तर्गत हामी राजनीतिक दलहरूलाई यसलाई एउटा टुङ्गोमा पुर्याउन सक्षम छौँ। यसमा अलिकति पनि आत्तिनुपर्ने, चिन्ता गर्नुपर्ने कुरा छैन।’
उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरूलाई समाधान गर्न राजनीतिक दलहरू र त्यसको नेतृत्व समक्ष रहेको दाबी गरे।
कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि!

पोखरा, १४ माघ
गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै उपाधि जितेको हो । कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले १–१ गोल गरे ।
टिकाले खेलको ३५औं मिनेटमा गोल गर्दै कालिकालाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा दुवै टिमबाट राम्रो अवसर पाएपनि थप गोल हुन सकेन । दोस्रो हाफको ८७औं मिनेटमा कालिकाका सज्जनले गोल गर्दै टिमलाई दोेब्बर अग्रता दिलाए । त्यसपछि भने दुवैतर्फबाट गोल हुन सकेन र कालिकाले प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भयो ।
विजेता भएको कालिकाले ट्रफिसहित १ लाख पुरस्कार प्राप्त ग¥यो । विजेतालाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले हस्तान्तरण गरे । उपविजेता बनेको भद्रकाली ५० हजार रुपैयाँ प्राप्त ग¥यो । प्लेयर अफ द टुर्नामेन्ट कालिकाका मन्दीप घले गुरुङ घोषित भए । उनले नगद १५ हजारसहित ट्रफि प्राप्त गरे ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
सर्वोच्चको फैसला : रवि लामिछानेको सांसद पद खारेज
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने निर्णय सुनाएको छ । अवैध नागरिकता प्रयोग गरेर सांसद बनेको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरिदिएको हो । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि लामिछानेले छोटो समयमा प्राप्त गरेको राजनीतिक उचाइमा धक्का लागेको छ । अब उनले नैतिक रुपमा पनि मन्त्री पदबाट बाहिरिनुपर्ने अवस्था आएको छ भने उनको पार्टीको भविष्यमा समेत धक्का लागेको छ ।
गत बुधबारबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ आज (शुक्रबार) पनि निरन्तर चलेको थियो । गृहमन्त्री लामिछानेले अमेरिकी नागरिकता लिएकै बेला खारेज भइसकेको नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएको आरोप उनीमाथि लागेको थियो । नागरिकतामा कीर्ते काम गरेको भन्दै उनको सांसद पद खारेज हुनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा परेको छ । गत मंसिर २८ गते रविलाई शपथग्रहण नगराइयोस् भन्दै सर्वोच्च अदालतमा दुईवटा रिट दर्ता भएका थिए ।
लामिछानेको नागरिकता छानबिन गरी कारबाही गर्न माग गर्दै मंसिर ६ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा मंसिर १५ गते काठमाडौं प्रहरी परिसरलाई जिल्ला प्रशासनले पत्र पठाएको थियो । सो पत्रका आधारमा मंसिर १६ देखि काठमाडौं प्रहरी परिसरले लामिछानेको नागरिकतामाथि छानबिन प्रक्रिया अघि बढाइरहेको छ ।
प्रतिनिधिसभा सदस्यका रुपमा लामिछानेको शपथग्रहण रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटमा पुस ६ गते सुनुवाइ हुँदा अन्तरिम आदेश जारी भएन । त्यसपछि लामिछानेले सांसदको शपथ मात्र लिएनन्, उपप्रधानमन्त्री र गृहमन्त्रीकै शपथ लिइसकेका छन् ।
त्यसो त गत कात्तिक २९ गते नै रविको उम्मेदवारी खारेजीको माग गर्दै चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको थियो । तर, निर्वाचन आयोग यसबारे निर्णय लिने आफ्नो अधिकार क्षेत्र नभएको भन्दै पन्छिएको थियो ।
यही क्रममा माघ ११ गते संवैधानिक इजलासमा यसबारे सुनुवाइ भयो र मुद्दालाई हेर्दा हेर्दैको सूचीमा राखियो । त्यसैको निरन्तरतामा आज दोस्रोपटक सुनुवाइ भएर निर्णय आएको हो ।
गायन रियालिटी शो सुपर भ्वाईस अफ त्रिवेणीको सम्पूर्ण तयारी पुरा !
पुरानालाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने उद्घोषकका साथ त्रिवेणी संगितालय पोखराद्धारा आयोजित सञ्चालन भइ रहेको गायन रियालिटी शो सुपर भ्वाईस अफ त्रिवेणीको सम्पूर्ण तयारी पुरा भएको छ ,।
यही माघ १४ गते शनिबार पोखरा उद्योग बाणिज्य हलमा अन्तिम प्रतिष्पर्धी २० जना गायक गायिकाको ग्राण्ड फिनाले हुने आयोजक संस्था त्रिवेणी संगितालयका प्रबन्ध सञ्चालक संगितकार तथा वरिष्ठ संगित प्रशिक्षक नवराज बरालले जानकारी गराउनुुभयो ।
आयोजक संस्थाले खुलाएको उक्त प्रतियोगितामा ११८ जना प्रतिस्पर्धीले भाग लिएका थिए । विभिन्न चरणका छनोट प्रक्रिया पार गर्दै अब्बल गायक गायिकाको पेचिलो प्रतिस्पर्धाबाट अन्तिम २० प्रतिस्पर्धीको प्रस्तुुति सहित एक भव्य संगितमय कार्यक्रमकै विचमा पहिलो सुपर भ्वाईस अफ त्रिवेणी घोषण हुने छ । अन्य उपविधामा पनि अन्तिम ५ जनालाई आयेजक संस्थाले पुरस्कार तथा सम्मान गर्ने प्रबन्ध सञ्चलक बरालले बताउनुुभयो ।
उक्त संगितको महासंग्राममा मुुख्य निर्णयकहरुमा सिडी विजय अधिकारी,अभिमन्युु विक्रम राणा,लक्ष्मी गिरी,सविना सुनाम र विजय गुरुङ रहनेछन् भने विजेताले नगद सहित गित रेकर्डिङको सुविधा पाउनेछन् । यस कार्यक्रम आयोजना हुनपुुर्व त्रिवेणी संगितालयद्धारा पोखरा लोकतारा १ र २ सिंङ्गिङ स्टार जुनियर सिनियर, शुुभकामना साङगीतिक साँझ लगायत सांङिगतिक क्षेत्रमा थुुप्रै कार्यक्रम आयोजना गरी संगित कलाको प्रवद्र्धन तथा उथ्थानमा उल्लेखनिय भुमिका खेलेको छ । पुरानालाई सम्मान नयाँलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न समय सन्र्दभ र काल खण्डमा यस्ता खाले कार्यक्रम गर्दै जाने आयोजक संस्थाका निर्देशक/प्रशिक्षक सुनिल बरालले जानकारी गराउनुुभयो ।
कुलपति रनिङ सिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै!!
कुलपति रनिङ सिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
पोखरा, १२ माघ
प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् । यी दुई विचको खेल पोखरा रंगशालामा शुक्रबार दिउँसो साढे १ बजे सुरु हुनेछ ।
गण्डकी विश्वविद्यालयले आयोजना गरेको उक्त प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमीफाइलनमा भद्रकालीले इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो । भद्रकालीका अमित गुरुङले ह्याट्रिक गरे । उनले खेलको ३८औं, ५५औं र ५९औं मिनेटमा गोल गरेका थिए । युक्त गुरुङ, अमिर गुरुङ र दिपेश गुरुङले १–१ गोल गरेका थिए । राज्यलक्ष्मीबाट दिनेश घर्तिमगरले २ गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनले ५औं मिनेट र १८औं मिनेटमा गोल गरेका थिए ।
कालिकाले दोस्रो सेमीफाइलनमा सहिद स्मृति आवशीय माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । कालिकाको जितमा तेजबहादुर गुरुङले गोेल गरे । खेलको ३१औं मिनेटमा तेजले गरेको गोलनै खेलको निर्णायक भयो ।
सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । फाइलन खेलमा नवनियुक्त सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङको उपस्थिति रहने आयोजकले जनाएको छ ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
Next Page » « Previous Page