२०८३ असार ५ शुक्रबार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य !!

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेल लिटरमा ३ रुपैयाँ बढाएको हो।

निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रुपैयाँ र डिजेल तथा मट्टितेल १७५ रुपैयाँ लिटर पर्नेछ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ।हाल एलपी ग्यास एक हजार ८ सय रुपैयाँ छ। हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १७० रुपैयाँ छ।निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैँ कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।


आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

 

 

१२ भाइ पत्रकारले एकपछि अर्को गर्दै खेदो खने : रवि लामिछाने !

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्को गर्दै आफूलाई खेदेको बताएका छन् । आइतबार बसेको पार्टीको बैठकपछि गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानले सो कुरा बताएका हुन् ।

उनले शेश चालउने हो भने आफूसँग चितवन–२ मा निर्वाचन लड्न आउन चुनौति पनि दिए । उनले भने– ‘अनलाइन, कान्तिपुरमा सही आएको छ ? कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’

 

एक महिना सम्म लागेको श्री स्वस्थानी ब्रत आज समापन गरिंदै!

काठमाडौं: पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदैछ । आज माघ शुक्ल पूर्णिमा । आजभन्दा एक महिना अघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा शुरु भएको थियो । विशेष गरी हिन्दू महिलाहरूले एक महिनासम्म मनाउने श्री स्वस्थानी व्रत कथा आजबाट समाप्त हुँदैछ । श्री स्वस्थानी व्रतकथामा विशेष गरी श्री स्वस्थानी देवीको पूजा र आराधना गरिन्छ । शिवजी तथा अन्य देवदेवीको पनि आराधना गरिन्छ ।

 

विशेष गरी काठमाण्डुको साँखुको शाली नदीमा व्रतालुहरूको आज विशेष भीड हुन्छ । यसका साथै देशका विभिन्न जलाशययुक्त स्थानमा पनि श्रद्धालु भक्तजनहरूको भीड हुन्छ ।हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले शुरु र आज अन्तिमदिनमा व्रत लिन्छन् । रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएकी विवाहिता महिलाले आफ्नो श्रीमान्‌को दीर्घायु तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री बृद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै व्रत बस्छन् ।

धार्मिक रूपमा एक महिनासम्म मनाइने, स्वस्थानी देवीको कथा वाचन तथा श्रवण गरिने, विधि विधान अनुसार व्रत आरम्भ गर्ने तथा समापन गर्ने गरिन्छ । भोलिपल्ट बिहानै विधि अनुसार नै फूलपातीहरू नदीमा बहाइन्छ । यसरी स्वस्थानी व्रतकथा नेपाली जनजीवनसँग नजिकबाट गाँसिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको पाइन्छ ।- रासस

पशुपतिनाथले सबैको कल्याण गरुँन ! हेर्नुहोस् आजको राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, ट
भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन !!

राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुनेभएको छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ ।

सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए ।

आइतबार ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा काठमाडौं । संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेश गरिनेछ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले यही माघ १३ गतेको बैठकमा उपाध्यक्षको निर्वाचनको मिति तोकेका थिए । मिति तोकेर सभाध्यक्षले निर्वाचनसम्बनधी कार्यक्रमको सूचना प्रकाशन गर्न सङ्घीय संसद्को महासचिवलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार महासचिवले आइतबारका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेका हुन् ।

 

 

परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता !

काठमाडौं। परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ राष्ट्रपति विक्रमासिङ्घेसँग भेट गरेकी हुन्। भेटमा दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

श्रीलङ्काका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदान–प्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गरेकी थिइन्।

साथै मन्त्री पौड्यालले श्रीलङ्काको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरिन्।

श्रीलङ्काका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदान–प्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गरेकी थिइन्।

यसअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्। परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्काकाको भ्रमण पूरा गरी भोलि आइतबार स्वदेश फर्कनेछिन्।

यसअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्। परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्काकाको भ्रमण पूरा गरी भोलि आइतबार स्वदेश फर्कनेछिन्।

नेपाल खेलकुद महासंघको महासचिबमा शान्ता मायाले बाजी मार्ने पक्का ।

फाल्गुन ७,८ र ९ विराटनगरमा हुने नेपाल खेलकुद महासङको दोश्रो राष्ट्रीय महाधिबेशनमा मनाङ जिल्लामा जन्मेकी शान्ता माया परियारले महासचिब पदमा दाबी गरेकी छिन ।

मनाङ जिल्ला जस्तो दुर्गम ठाउमा जन्मेकी शान्ता सानै उमेर देखि हक्की, निडर र न्यायको पक्षमा वकालत गर्थिन । उनि गण्डकी प्रदेश संगठन कमिटीको सदस्य एवं महासंघको ईन्चार्ज समेत रहेकी पार्टी को जनसंगठन अनेरास्ववियु, युवा सङघ र मनाङ-काठ्मान्डौ सम्पर्क मञ्चको सस्थापक अध्यक्ष हुँदै खेलकुद महासङमा आबद्द भएकी शान्ता माया निबर्तमान उपमहासचिब हुदै संघको संगठन बिभाग उपप्रमुख समाली सकेकि शान्ता आगमी अधिवेशनमा आफू महासचिबको बलियो दाबेदार ठानेकी छन।

व्यक्ती विशेष भन्दा बिधीलाई सर्बमान्य ठान्ने शान्ता माया आफुलाई कुनै आरक्षणको कोटामा नभै खुल्ला प्रतिस्पर्धामा आफुलाई प्रस्तुत गर्ने निधो गर्छिन। राजनीतिसंगै समाज सेवामा,  शिक्षा क्षेत्रमा पनि आफुलाई अग्रपङ्तीमा राख्छिन ।

एकिकृत समाजवादीको बैठक स्थगित, के छ आजको निर्णय ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पुनःसञ्चालन हुने गरी स्थगित भएको छ ।

विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूबाट धारणा राख्ने क्रम बाँकी रहेकाले भोलिसम्म बैठक स्थगित गरिएको पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक  प्रतिवेदनमा १० समूह बनाइ छलफल सुरु गरिएको छ । उक्त बैठकमा सहभागी केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहन रुपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने छ ।

प्रतिवेदनमा सरकारको कार्यशैली मूल्याङ्कन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । पार्टीले अन्य राजनीतिक दललाई हेर्ने दृष्टिकोण संसद्मा पार्टीको थप प्रभावकारी भूमिकाको विश्लेषण तथा गरिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बसेको बैठकमा विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका ती समूहका निष्कर्ष भोलिको बैठकमा प्रस्तुत गरिनेछ ।

सङ्गठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग र मार्चा सङ्गठनलाई निर्धारित समय सीमाभित्र अद्यावधिक गर्नेलगायत विषयमा भोलि छलफल गरिनेछ ।

प्रदेशहरुका साना र ठुला जिल्लाहरु:

प्रदेशहरुका साना र ठुला जिल्लाहरु:

पढ्नुस सेयर गर्नुस

 

 

1)प्रदेश न 1:-
(सुत्र:- ताते मोते)
🔊क्षेत्रफलका आधारमा ठूलो-(ता)=ताप्लेजुङ
🔊क्षेत्रफलका आधारमा सानो-(ते)=तेह्रथुम
🔊जनसंख्याका आधारमा ठूलो-(मो)=मोरङ
🔊जनसंख्याका आधारमा सानो-(ते)=तेह्रथुम

2)प्रदेश न 2:-
(सुत्र:- सम सप)
🔊क्षेत्रफलका आधारमा ठूलो-(स)=सप्तरी
🔊क्षेत्रफलका आधारमा सानो-(म)=महोत्तरी
🔊जनसंख्याका आधारमा ठूलो-(स)=सर्लाही
🔊जनसंख्याका आधारमा सानो-(प)=पर्सा

3)प्रदेश न 3:-
(सुत्र:- सिभ कार)
🔊क्षेत्रफलका आधारमा ठूलो-(सि)==सिन्धुपाल्चोक
🔊क्षेत्रफलका आधारमा सानो-(भ)=भक्तपुर
🔊जनसंख्याका आधारमा ठूलो-(का)=काठमाडौ
🔊जनसंख्याका आधारमा सानो-(र)= रसुवा

4)प्रदेश न 4:-
(सुत्र:- गोप काम)
🔊क्षेत्रफलका आधारमा ठूलो -(गो)=गोरखा
🔊क्षेत्रफलका आधारमा सानो-(प)= पर्बत
🔊जनसंख्याका आधारमा ठूलो-(का)=कास्की
🔊जनसंख्याका आधारमा सानो-(म)= मनाङ

5) प्रदेश न 5:-
(सुत्र:- दान रुरु)
🔊क्षेत्रफलका आधारमा ठूलो -(दा)=दाङ
🔊क्षेत्रफलका आधारमा सानो-(न)=नवलपरासी (सुस्ता पश्चिम)
🔊जनसंख्याका आधारमा ठूलो-(रु)=रुपन्देही
🔊जनसंख्याका आधारमा सानो-(रु)=रुकुम(पुर्व)

6) प्रदेश न 6:-
(सुत्र:- डोरु सुडो)
🔊क्षेत्रफलका आधारमा ठूलो-(डो)=डोल्पा
🔊क्षेत्रफलका आधारमा सानो-(रु)=रुकुम(पश्चिम)
🔊जनसंख्याका आधारमा ठूलो-(सु)=सुर्खेत
🔊जनसंख्याका आधारमा सानो-(डो)=डोल्पा

7) प्रदेश न 7:-
(सुत्र:- बबै कैदा)
🔊क्षेत्रफलका आधारमा ठूलो-(ब)=बझाङ
🔊क्षेत्रफलका आधारमा सानो-(बै)=बैतडी
🔊जनसंख्याका आधारमा ठूलो-(कै)=कैलाली
🔊जनसंख्याका आधारमा सानो-(दा)=दार्चुला

 

पोर्चुगलमा ५५ सय नेपाली राहदानीविहीन !!

मनग्य पैसा कमाउने सपना बोकेर बागलुङका योगेन्द्र थापा क्रोसिया, रोमानिया, साइप्रस हुँदै युरोपेली मुलुक पोर्चुगल पुगे। थापा पोर्चुगल पुग्दा बीचबाटोमै राहदानी हरायो। जेनतेन पोर्चुगल त पुगे तर अहिले नेपाली राहदानी नहुँदा थापाले काम पाउन सकेका छैनन्।

‘बीचबाटोमा अर्कोलाई राख्न दिएको राहदानी हरायो,’ थापाले पोर्चुगलबाट नागरिकसँग भने, ‘अहिले राहदानी नहुँदा काम पाइएको छैन।’ राहदानी नहुँदा पोर्चुगलमा उनले बैंक खाता खोल्न र काम गर्न अनुमति नपाएका हुन्।

थापा मात्र होइन पोर्चुगल पुगेकी दोलखाकी निमा शेर्पाको साथमा पनि राहदानी छैन। राहदानी नहुँदा पोर्चुगल बस्नका लागि कानुनी प्रक्रिया सुरु गर्न पाएकी छैनन्। राहदानी बनाउन शेर्पा पटक–पटक पोर्चुगलमा रहेको अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालय पुग्छिन्। शेर्पाले राहदानी बनाउन पाएकी छैनन्।

विभिन्न बाटोबाट पोर्चुगल पुगेका नेपालीलाई त्यहाँको वैधानिक बसाइका लागि राहदानी आवश्यक पर्छ। राहदानी बनाउन नपाउँदा त्यहाँको सामाजिक र आर्थिक अधिकार प्राप्त गर्न सकेका छैनन्। थापा र शेर्पा जस्ता हजारौं नेपाली राहदानीविहीन छन्।

पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा अनुसार करिब ५५ सय नेपाली राहदानी बनाउन प्रतीक्षा गरेर बसेका छन्। नयाँ राहदानी बनाउन र नवीकरणको पर्खाइमा रहेका रहेका नेपालीको संख्या करिब ५५ सय रहेको अनुमान गरिएको पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा कार्यरत छविलाल बगालेले बताए।

‘नयाँ राहदानी बनाउन र नवीकरण गर्न आउनेको संख्या ठूलो छ,’ बगालेले नागरिकसँग टेलिफोनमा भने, ‘राहदानी नहुँदा धेरै नेपाली समस्यामा परेका छन्।’

राहदानी बनाउनका लागि दैनिकजसो पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा सयौंको संख्यामा नेपालीहरूको भीड लाग्ने गरेको छ।

पोर्चुगलमा रहेको महाबाणिज्यदूतको कार्यालयले समन्वय र सहजीकरण गरे पनि राहदानी दिने जिम्मेवारी फ्रान्समा रहेको नेपाली राजदूतावासको हो । सरकारले विद्युतीय राहदानी जारी गर्न सुरु गरेपछि यन्त्रबाचक राहदानी पूर्ण रूपमा बन्द भएको छ। यसले गर्दा धेरै नेपालीको राहदानी नवीकरण गर्नुपर्ने अवस्था छ। कति नेपालीको राहदानी हराएको छ।

महावाणिज्य दूतावासका अनुसार १५ सय बढीको राहदानीको म्याद सकिएको छ। त्यहाँ पुगेका नेपालीलाई राहदानी वितरणका लागि फ्रान्सको दूतावाससँग समन्वय गरिररहेको पोर्चुगलका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकर हमालले बताउँदै आएका छन्। ‘राहदानीको समस्याबारे राजदूतावासमा जानकारी गराइएको छ,’ हमालले भने, ‘छिट्टै राहदानी वितरणको काम अघि बढ्ने विश्वास लिएका छौं।’

नेपाल सरकारले यन्त्रबाचक राहदानी ९एमआरपी’० लाई स्थगन गरी विद्युतीय राहदानी ९इ–पासपोर्ट० जारी गर्न सुरु गरेपछि पोर्चुगल पुगेका नेपाली समस्यामा परेका हुन्। पोर्चुगलमा करिब ३० हजार बढी नेपाली बसोबास गरिरहेको अनुमान गरिएको छ।

युरोपेली मुलुक नेपालीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। गैरकानुनी बाटो हुँदै त्यहाँ पुगे पनि वैधानिक रूपमा बस्न पाउने र सजिलोसँग आवासीय भिषा पाउने भएपछि पोर्चुगल धेरै नेपालीको रोजाइमा परेको हो।

नेपालीहरू साइप्रस, कतार, दुवई, मलेसया, क्रोसिया, रोमानिया लगायतका मुलुक हुँदै त्यहाँ पुग्ने गरेका छन्। त्यहाँ जाने नेपालीले बाटोमा राहदानी फालेर गैर कानुनी रूपमा प्रवेश गर्छन्। त्यहाँ पुगेपछि वैधानिक रूपमा बस्नका लागि राहदानी आवश्यक पर्छ।

त्यहाँ पुग्ने नेपालीले कृषि, होटल, रेष्टुरेन्टमा काम गर्ने गरेका छन्। नेपालीले न्यूनतम तलब ७ सय ५० देखि १५ सय युरो कमाउने गरेका छन्। बुधबार १ युरोको नेपाली सटही दर १ सय ४३ रूपैयाँ ८१ पैसा छ। यसले हिसाब गर्दा नेपालीले सरदर मासिक १ लाख रूपैयाँदेखि करिब २ लाख १५ हजार रूपैयाँसम्म कमाउँछन्।

त्यहाँ व्यवसाय गर्नेको संख्या पनि बढिरहेको छ। पोर्चुगल प्रवेश गरेर कानुनी प्रक्रिया सुरु गरेपछि ६ महिनादेखि डेढ वर्षको अवधिमा अस्थाइ बसोबास अनुमति पत्र र करिब पाँच वर्षमा स्थायी बसोबास अनुमति पत्र पाउँछन्। यो प्रक्रिया सुरु गर्न पनि राहदानी आवश्यक पर्छ।

फ्रान्समा रहेको नेपाली दूतावास गैरजिम्मेवार बनेको गैरआवासीय नेपाली संघ पोर्चुगलका एक पदाधिकारीले बताए। ‘राहदानीको समस्याका बारेमा फ्रान्समा रहेका राजदूतलाई पटक–पटक जानकारी गराएका छौं,’ ती पदाधिकारीले भने, ‘नेपालीको समस्यामा खेलवाड गर्ने काम भएको छ।’ पहिलो चरणमा हराएका, म्याद नाघेका रहादानी र दोस्रो चरणमा म्याद सकिन लागेका राहदानी नवीकरण गर्न आवश्यक रहेको ती पदाधिकारीले बताए।

राहदानी वितरण गर्न दूतावासको टोली त्यहाँ पुगेर फोटो र विवरण लिनुपर्छ। फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी विगत एक वर्षयता एक पटक पनि पोर्चुगल नपुगेको ती पदाधिकारीले बताए। ‘दूतावासमा थोरै कर्मचारी भएको बहाना बनाएर दूतावासका कर्मचारी पोर्चुगल आएका छैनन्,’ उनले भने, ‘दूतावासको हेलचेक्रयाइँले धेरै नेपाली समस्यामा परेका छन्।’

राहदानी मात्र नभएर सम्बन्ध विच्छेद, अनधिकृत वारेसनामा, यात्रा अनुमति पत्रलगायतका समस्या पनि दूतावासले सुल्झाउनु पर्छ। एक वर्षदेखि दूतावासका कर्मचारी त्यहाँ नगएकाले त्यहाँ रहेको नेपाली कानूनी समस्यामा उल्झेका छन्।नागरिक दैनिकमा खबर छ ।

कन्सुलेटको कार्यालयलाई सम्बन्धविच्छेद र अधिकृत वारेसनामाको समस्या समाधान गर्ने अधिकार छैन। कन्सुलेट कार्यालयले कागजात प्रमाणीकरण, सामान्य मन्जुरीनामा लगायतका काम मात्रै गर्दै आएको छ।

आफ्नो अधिकार क्षेत्रको काम गर्दै आएको कन्सुलेट कार्यालयको दाबी छ। आफूले चाहेर पनि काम गर्न नसकेको कन्सुलेट कार्यालयमा आवद्ध अधिकारी बताउँछन्। परराष्ट्र मन्त्रालयले पोर्चुगल पुगेर राहदानी वितरण गर्न निर्देशन दिएको जनाएको छ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय