२०८३ असार ५ शुक्रबार

नागले दुध पिएको देख्ने व्यक्ति अत्यन्त भाग्यमानी, फोटो छोई ॐ लेखि सेयर गर्नुहोस !

हाम्रो समाजको मान्यता अनुसार बिभिन्न समयमा पुजा गरि नाग लाइ पुजा गर्ने प्रचलन रहिआएको छ । कालिनाग,सेश्नाग,सेती नाग लगायत अन्य नागहरुलाई परापुर्बक कालदेखि नै दुध पिलाउने चलन निकै राम्रो मानिन्छ।

नागपंचमी लगायत विभिन्न मितिहरुमा पनि नागको पुजा इस्थल निर्माण गरि पुजा आराधना गर्ने गरिन्छ।नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो ।

प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

संस्कृतमा नाग भन्नाले सर्प वा साँप भनेर बुझिन्छ। हिन्दू मान्यताअनुसार, नाग को वासस्थान पाताललोक (पृथ्वीभन्दा मुनि अवस्थित) भन्दा मुनि जसलाई नाग लोक वा नाग क्षेत्र हो भन्ने मान्यता छ र यो सृष्टिको शक्तिको एक भाग वा केन्द्रको रूप चिनिने गर्दछ । हाम्रो मेरूदण्ड पनि नागकै रूप हो, जसलाई सक्रिय राख्दा जहॉ सबै संवेदना भण्डार गरेको हुन्छ, महसूस गर्न सकिन्छ। यसलाई कुण्डलिनी भनिएको पनि यसैले हो।

कुण्डलिनीमा हाम्रो प्राणको सबै शक्ति निहीत रहेको हुन्छ, जसलाई जगाउने हो भने अद्भूत र असंभव प्रतीत कामहरू पनि सहजै सम्पन्न गर्न सकिने कुरा योगीहरूले बताउने गरेका छन्। परम्पराअनुसार नाग पञ्चमीको दिन नाग वा सर्पको आकृति बनाइ त्यसलाई सजाएर दुधले स्नान वा अभिषेक गर्ने गरिन्छ र कतिपय ठाउँमा सर्पलाइ दुध पनि खुवाने चलन छ। तर, सर्पलाई दुध खुवाने व्यापक विश्वास भने सत्य हाेइन।

 

सर्प वा नागहरुले कहिल्यै पनि दुध पिउने गर्दैनन्। यिनीहरु सरीसृप प्रजाति भित्र पर्दछन्, यिनीहरु स्तनधारी जीव हैनन्। स्तनधारी जीव नभएका कारण नाग वा सर्पले दुधलाई पचाउने सक्दैनन्, यसको सेवन गर्दा उनीहरुको ज्यान समेत जान सक्छ। नाग पञ्चमीको दिन सर्पले दुध पिएको देखिन्छ, तर यसकाे कारण भने नाग पञ्चमी आउनु केहि महिना अगाडि सपेराहरुको नाग खोज्ने काम तिब्र हुन्छ ।

सभामुख घिमिरेले त्यागे एमालेका सम्पूर्ण जिम्मेवारी !!!

काठमाडौं- नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

घिमिरेले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन् । उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए ।

घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत थिए । उनले आजै पद तथा गोपनीयताको शपथपछि पदभार सम्हाल्ने कार्यक्रम छ ।

भोट माग्दा गरेका वाचाहरूको हेक्का छ, सबै ‘फरार’ समातिन्छन्- गृहमन्त्री

काठमाडौं, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबै पुरान ‘फरार’ समातिने बताएका छन्।

आफूले बोलेका शब्द-शब्दको हेक्का र भोट माग्दा गरेका वाचाहरूको हेक्का रहेको भन्दै मन्त्री लामिछानेले सबै फरार समातिने र नयाँ फरार हुन नदिने बताएका छन्।

‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ,’ उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्,‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु। धुलो धेरै छ, पुरानो छ… थोरै पर्खिनु चाहिँ पर्छ !!’

यसअघि नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपरेको विषयमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर सोधपुछ गरेको छ। सांसद कोइरी सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा फरार अभियुक्त हुन्।

प्रहरी प्रधान कार्यालयको नाममा गृह मन्त्रालयबाट लिखित पत्र पठाइएको गृहमन्त्री रवि लामिछानेका प्रेस सल्लाहकार नवराज पाण्डेले जानकारी दिए।

‘सांसद कोइरी पक्राउ नपरेको विषयमा गृह मन्त्रालयबाट प्रहरी प्रधान कार्यालयमा ध्यानाकर्षण गराउँदै पत्र पठाइको छ,’ पाण्डेले  भने।

सांसद कोइरी पक्राउ नपरेको विषयमा प्रतिनिधि सभा बैठकमा समेत नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेमाथि माथि प्रश्न उठाएका थिए। गृहमन्त्री लामिछानेले विधि र प्रक्रिया पालना गर्ने जवाफ दिएका थिए।

कोइरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भए पनि सभामुख निर्वाचनको दिन अनुपस्थित भएका थिए। कोइरी महोत्तरी १ बाट निर्वाचित सांसद हुन्।

२०७२ साल भदौ २५ गते मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। उक्त घटनामा जिल्ला अदालत महोत्तरीले कोइरीलाई एक लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। तर जनकपुर उच्च अदालतले २०७७ मंसिरमा कोइरीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। तर कोइरी अझै पक्राउ परेका छैनन्।

फरार सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको हस्ताक्षरमा जारी विज्ञप्ति अनुसार निज कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको छ ।

नेकपा एमालेबाट निर्वाचित संघीय सांसद कोइरीमाथि प्रेम बहादुर विकले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए । ‘माननीय उपपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । निज प्रतिवादीलाई कानून बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि सांसद कोइरी संसद्‍ बैठकमा उपस्थित भइरहँदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै कारबाही बढाउन नसकेको भन्दै नेपाली कांग्रेसका सांसदहरूले पनि प्रश्न उठाएका थिए । साथै पत्रकारहरूले गृहमन्त्री लामिछानेलाई कोइरीलाई पक्राउ गर्न नसकेको भन्दै प्रश्न उठाउँदा लामिछानेले कतिपय अवस्थामा दोषी व्यक्तिलाई कानुन सम्मत रुपमा पक्राउ गर्न संरचनागत कठिनाइ रहेको प्रतिक्रिया दिएका थिए ।

 

यस कारण उपसभामुख बन्नबाट पनि वञ्चित गरियो सोविता गौतमलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेको उपसभामुख पदमा इन्दिरा रानामगरलाई पठाउने ‘सरप्राइजिङ’ निर्णय लिएको छ । सरप्राइजिङ यस अर्थमा कि पार्टीबाट सुरूदेखि उपसभामुखमा सोविता गौतमको नाम चर्चामा थियो ।

 

आज बसेको संसदीय दल बैठकले लामो छलफलपछि इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय लिएको हो । सम्भावित उपसभामुख ठानिएकी सोविता भने इन्दिराको प्रस्तावक बनिन् । स्रोतका अनुसार उपसभामुखमा जाँदा पार्टीमा सक्रिय भूमिका निभाउन नमिल्ने तथा जातीय समावेशीता पनि मिलाउनुपर्ने भएकाले सोवितालाई ब्याक गराइएको हो ।

 

स्रोतले भन्यो, ‘उपसभामुखमा जाँदा पार्टीसँग सम्वन्धविच्छेद गर्नुपर्ने हुन्छ । तर, सोविताजस्तो युवा र प्रखर नेतृ हाम्रो पार्टीमा नै चाहिन्छ भन्ने कुरा भयो । उहाँ स्वयम् पनि यसमा कन्भिन्स्ड हुनुभएको छ ।’

 

त्यसो त सोविता सुरूमा रास्वपाबाट मन्त्री बन्ने सम्भावित सूचीमा समेत थिइन् । यदि कानूनमन्त्री रास्वपाले पाएको भए उनको सम्भावना बलियो भन्ने थियो । तर, उक्त मन्त्रालय रास्पपाको भागमा नपरेपछि सोविताको मन्त्री बन्ने ढोका बन्द भयो । त्यसपछि उनी उपसभामुखमा जान इच्छुक थिइन् । तर, अन्ततः यो इच्छा पनि मारेकी छन् ।

 

एमालेबाट हिजो देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेपछि रास्वपाले आज महिला सांसदलाई उपसभामुख उम्मेदवार बनाउनुपर्ने थियो । संसदीय दल बैठकको सुरूमा सोविताकै नाममा चर्चा भएको स्रोतको भनाइ छ । सोविता स्वयम्‌ले विभिन्न आधारहरू प्रस्तुत गर्दै उपसभामुखमा आफ्नो दाबी राखेकी थिइन् ।

 

‘म एउटा कानूनको विद्यार्थी भएका नाताले पनि आफ्नो क्षमता र ज्ञानको सदुपयोग गर्ने भूमिकाको आशा राखेकी छु,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । तर, सांसदहरूले उनलाई उपसभामुख बनाएर पठाउँदा पार्टीलाई घाटा हुने तर्क गरेका थिए । सभापति रवि लामिछाने पनि यसमा सहमत देखिए अन्य महिला संसदहरूको नाममा छलफल भएको थियो ।

 

पार्टीबाट दुई महिला सांसद प्रत्यक्ष निर्वाचित भएकोमा डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनिसकेकी छन् । सोविता पनि नहुने भएपछि समानुपातिकबाट निर्वाचित महिला सांसदहरूको ढोका खुलेको थियो । रास्वपाबाट समानुपातिकमा डा. चन्दा कार्की, सुमना श्रेष्ठ, इन्दिरा रानामगर, निशा डाँगी, विनिता कठायत र लक्ष्मी तिवारी निर्वाचित भएका छन् । उनीहरूमध्ये समावेशीताका आधारमा जनजाति नेतृलाई पठाउँदा राम्रो सन्देश जाने कुरा उठ्यो ।

 

जनजाति सांसदमध्ये सुमोना श्रेष्ठले आफू उपसभामुखका लागि इच्छुक नरहेको बताइन् । उनले बैठकअघि नै आफू उपसभामुखमा दाबी नगर्ने घोषणा ट्वीटरबाटै गरेकी थिइन् । अन्तमाः इन्दिरा रानामगरको नाममा सबै सहमत भएका थिए । व्यक्तिगत प्रोफाइलका आधारमा समेत उपसभामुखजस्तो गरिमामय पदमा उनलाई पठाउँदा राम्रो हुनेमा सबै सांसदहरूको एकमत रहेको रास्वपा प्रवक्ता डा. मुकुल ढकालले बताए ।

 

‘सौहार्द वातावरणमा लामो छलफल भएपछि उहाँको नाममा सहमति भएको हो,’ डा. ढकालले भने, ‘यसमा कसैको पनि असन्तुष्टि छैन ।’ रानामगर बीबीसीको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सामाजिक अभियन्ता हुन् । उनले जेल सजाय खेपिरहेका बाबुआमाका छोराछोरीलाई अभिभावकत्व दिँदै आएकी छन् । उनी कानूनको जानकार नभए पनि सबैले सम्मान गर्ने व्यक्ति भएको हुँदा उपसभामुखमा छनोट गरिएको हो । सोवितालाई पार्टीले भविष्यमा कुनै संसदीय समितिको जिम्मेवारी दिनेबारे बैठकमा छलफल भएको छ ।

 

 

सन्दीपले क्रिकेट छाड्ने संकेत गरेका हुन् ?

सन्दीपले क्रिकेट छाड्ने संकेत गरेका हुन् ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘इन्ड अफ स्टोली हिअर’ राखेका छन् । राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गरेका हुन् । लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले क्रिकेट नै छोड्ने मनसाय बनाएको देखिन्छ ।

 

मेस्सी र एमबाप्पेलाई पछि पार्दै रोनाल्डोले पाए ठूलो अवार्ड !!

साउदी अरेबिया भ्रमणमा रहेको लियोनल मेसीको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले बिहीबार क्रिस्टियानो रोनाल्डोको क्लब रियाद–११विरुद्ध ५–४ को रोमाञ्चक जित निकालेको छ ।

साउदी अरबको किङ्ग फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा पीएसजीलाई जित दिलाउन लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, काइलियन एमबाप्पे र ह्युगो एकिटिकले गोल गरे । रियाद–११ बाट रोनाल्डोले दुई र ह्युन सो जाङ र एन्डरसन टालिस्काले एक–एक गोल फर्काएका थिए ।

यस खेलमा दुई गोल गरेका रोनाल्डोलाई खेलको म्यान अफ द म्याचको अवार्ड दिइएको छ ।क्रिस्टियानो रोनाल्डो पिएसजीविरुद्धको खेलको म्यान अफ द म्याच बनेका छन् ।

पीएसजीका गोलकिपर किलर नाभासले रोनाल्डोमाथि नै फाउल गरेपछि रियाद–११ ले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डोले कुनै गल्ती गरेनन् ।

४३औं मिनेटमा कप्तान मार्किन्होसले गोल गर्दै पीएसजीलाई पुन: अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा पीएसजीले पेनाल्टी पाएपनि नेइमारले त्यसमा गोल गर्न नसक्दा अग्रता बढाउने सुनौलो अवसर खेर फालेको थियो । रियाद–११ का रक्षकले आफ्नो पेनाल्टी क्षेत्रमा नेइमारलाई नै लडाएपछि पीएसजीले पेनाल्टी पाएको थियो ।

यस्तै, इन्जुरी समयम रोनाल्डोले नै गोल गर्दै रियाद–११ लाई २–२ को बराबरीमा फर्काएका थिए । रोनाल्डोको हेडर पोस्टमा लागेर फर्किदा पीएसजीका खेलाडीले ‘क्लियर’ गर्न नसकेको बल रोनाल्डो आफैले सदुपयोग गरेका थिए ।

५४औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई पुन: ३–२ को अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेटपछि नै ह्युन सो जाङले गोल गर्दै रियादलाई खेलमा फर्काएका थिए ।

६०औं मिनेटमा काइलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ४–३ को अग्रतामा राखेका थिए । मेसीले गरेको प्रहार रियाद–११ का रक्षकको हातमा लागेपछि पीएसजीले पेनाल्टी पाएको थियो । जसमा एमबाप्पेले कुनै गोल गरेनन् ।

यस्तै, ७८औं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै पीएसजीको अग्रतालाई ५–३ को अवस्थामा पुर्याएक थिए । इकिटिक ६३औं मिनेटमा एमबाप्पेको स्थानमा मैदाम प्रवेश गरेक थिए ।

खेलको इन्जुरी समयमा टालिस्काले गोल गर्दै रियाद–११ लाई खेलमा फर्काउन खोजेपनि पीएसजी ५–४ ले विजयी भयो । त्यसअघि ३९औं मिनेटमा जुआन बेर्नेटले रातो कार्डको दर्शन गर्दै मैदामबाट बाहिरिएपछी पीएसजी १० खेलाडीमा समेटिएको थियो ।

खेलको ६० मिनेटपछि रियाद–११ ले रोनाल्डो र पीएसजीले मेसी, नेइमार, एमबाप्पेसंगै अन्य शीर्ष खेलाडीलाई सब्सिच्युट गरेको थियो ।

मेसी र रोनाल्डो सन् २०२० को डिसेम्बरपछि खेलेका हुन् । यी दुईबीचको पछिल्लो खेलमा इटालियन क्लब युभेन्ट्सबाट रोनाल्डो र मेसी स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका थिए । यो खेलमा रोनाल्डोको टिम युभेन्ट्सले ३–० को जित निकालेको थियो ।

पोखरा समाज अष्ट्रेलियाले गर्यो शोक सभा तथा दिप प्रज्वलन ।

सिड्नी ।

पोखरा घर भई हाल अष्ट्रेलियामा बसोबास गर्नेहरूको छाता समाज पोखरा समाज अस्ट्रेलियाले काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटिआर-७२-५०० विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । समाजले सिड्नीको रकडेल भन्ने स्थानमा १७ जनवरी का दिन मगंलबार साँझ दिप प्रज्वलन गरेको हो ।

पोखरा समाज अस्ट्रेलियाका अध्यक्ष तारा गुरुङले दिप प्रज्वलन गरेर सुरु भएको कार्यक्रममा प्रवासी नेपाली मंच, अष्ट्रेलियका आर्थिक बिभाग प्रमुख तथा पोखरा समाजका सल्लाहकार दिपक पहारी र पोखरा समाज अस्ट्रेलियाका पूर्व महासचिव समित केसी ले मन्तव्य व्यक्त गर्दै विमान दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष राजकुमार अधिकारी, प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका अध्यक्ष अरुण गौतम, एनआरएनए अस्ट्रेलियाका पदाधिकारीहरु, समाजका प्रतिनिधिहरु, विभिन्न सघं संस्थाका प्रतिनिधिहरु तथा सिड्नी वरिपरि रहेका दिग्गज एवम् प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन समाजका महासचिव प्रकाश सुवेदीले गरेका थिए भने यस्तै अष्ट्रेलियाका अन्य ठाउँ हरुमा पनि विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको सम्झनामा मगंलबार साँझ दिप प्रज्वलन गरिएको कुरा पोखरा समाज अष्ट्रेलियाका सचिव अनिल खड़काले बताए ।

दुर्घटनामा परेका ७२ जना मध्ये ७१ जनाको शव फेला परिसकेको छ । अझै एक जनाको स्थिति अज्ञात छ । गोताखोर परिचालन गरेर शवको खोजी कार्य भईरहेको छ । सोमबार क्षतविक्षत अवस्थामा फेला परेका शवका टुक्रा एकै व्यक्तिको हो या होइन भन्ने एकीनका लागि डिएनए परीक्षण गर्न काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका २२ जनाको शव परीक्षण पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भइसकेको छ । तीमध्ये १९ जनाको शव परिवारले बुझिसकेको जनाइएको छ । अस्पतालमा रहेका तीनमध्ये दुई जनाको शव बुधबार र एउटालाई केही दिनपछि परिवारलाई हस्तान्तण गरिने भएको छ ।

सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव भने शव परीक्षणका लागि मङ्गलबार काठमाडौँ पठाइएको छ ।

आज दिनको १ बजे मन्त्रीहरूको शपथ ।(को को ले के पाए)? ?

काठमाडौं । आज दिउँसो १ बजे नयाँ मन्त्रीहरूको सपथको समय तोकिएको छ । सोमबार सत्तारूढ दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति भइसकेको हुँदा आज सपथको समय तोकिएको हो ।

सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नु हुने छ भने मंगलबार नै नयाँ मन्त्रीहरूको सपथ पनि गराइने छ ।

स्रोतका अनुसार एमालेको भागमा परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य तथा जनसंख्या र महिला तथा बालबालिका मन्त्रालय परेको छ । एमालेले यस अघि नै अर्थ मन्त्रालय लिइसकेको छ ।

माओवादी केन्द्रले ४ मन्त्रालय पाउने छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले र राप्रपाले ३÷३ वटा मन्त्रालय पाउने छन् । माओवादी केन्द्र, रास्वपा र राप्रपाले एक–एक राज्यमन्त्री पनि पाउने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) को भागमा दुई र जनमत पार्टीको भागमा एउटा मन्त्रालय परेको छ ।

यस्तै, माओवादीको भागमा सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । माओवादीले यसअघि भौतिक पूर्वाधार मन्त्रालय लिइसकेको छ ।

गृह मन्त्रालय लिइसकेको रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाएको छ भने राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।

जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्पति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना न्युन देखिएको छ ।

जनमत पार्टीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

गत पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री प्रचण्डले तीन सातापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।

पोखराको विमान दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति रियल मड्रिडको समवेदना सन्देश !

काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले नेपालमा भएको विमान दुर्घटानमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

मड्रिडले सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक सन्देश लेख्दै पोखरामा आइतबार भएको विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरुप्रति समवेदना व्यक्त गरेको हो ।

‘नेपालमा भएको दुःखद विमान दुर्घटनामा आफ्ना प्रियजन गुमाएका सबै परिवारमा हाम्रो समवेदना। हाम्रो सबै शक्ति र साहस पीडित परिवारलाई पठाउँछौँ।’ मड्रिडले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।दुर्घटना भएको विमानमा चालक दलका ४ जना विदेशी र अन्य नेपाली गरि ७२ जना यात्रु सवार थिए।

 

 

 

 

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय