बिमान दुर्घटनामा परेका यात्रुहरु !
बिमान दुर्घटनामा परेका यात्रुहरु नाम साहित
किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
कृष परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
आयुर्दि शर्मा
बेबि शर्मा
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा। शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना
को को थिए विदेशी यात्रुरु
मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे
सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।
सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।
बिश्वासको साहसिक यात्राको दोश्रो बर्ष !!
बिश्वासको साहसिक यात्राको दोश्रो बर्ष !!
बिश्व पाटि मिडिया एनण ईभेनटस प्रा लिद्वारा सञ्चालित न्युज पोर्टल बिश्व पाटि डटकम (www.bishwopati.com)आजबाट दोश्रो वर्षमा प्रवेश गरेको छ। निरन्तर र अबिचलित यो यात्राको खुसी हाम्रा समस्त पाठकसँग बाँड्न पाउँदा हामी गौरवान्वित र थप उत्साहित छौं ।
विशेष धन्यवाद तपाईं आदरणीय पाठक वर्गलाई, जसले हामीलाई विश्वास गर्नुभयो । त्यही विश्वासको जगमा हामी उभियौं । पाठकवर्गको साथ हाम्रा लागिसुखद् अनुभव रह्यो । जसका कारण पाठकलाई हाम्रो अनलाइन समाचारको भरपर्दो माध्यम बनिरहेको छ
पहिलो वार्षिकोत्सवको अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक, लेखक, सहकर्मी साथीहरू तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुनेसम्पूर्णप्रति आभार एवं कृतज्ञता ज्ञापन गर्दछु।
आजभन्दा ३ वर्षअघि कोभिडको त्राससँगै अनलाइन मिडियाको बाक्लो भिडमा होमिनु आफैंमा चुनौतीपूर्ण थियो । यस्तो भिडमा उत्तिकै रफ्तारमा सुरुआती जोसलिएर अघि बढ्न हामीलाई पाठक, विज्ञापनदाता र शुभेच्छुकबाट गहकिलो ऊर्जा मिलिरहेको छ । त्यसलाइ नै पथप्रदर्शक मानेर हामी कोभिडको संत्रास, असहज बजार र शिथिल अर्थतन्त्रबीच वर्षे खुट्किलो पार गर्दै दोश्रो वर्षको यात्रामा लागेका छौं ।
यो छोटो तर कठिनाइपूर्ण घडी पार गर्दा हामीमा उर्जा थपिएको छ । उत्तिकै आशा छ, सह्योग को बिश्व पाटि डटकमको सुरुआत गर्दा आमपाठकको नजरमाकहाँनेर हुन्छौं होला भन्ने हामीमा एक प्रकारको त्रास थियो । तर त्यो हाम्रो संशयलाई हल्का गराइदिएर पाठकवर्गले ठूलो गुन लगाइदिनुभयो । जुन अहिले हाम्रोनिरन्तर यात्राको प्रमुख ऊर्जा बनेको छ ।
यस्तै विश्वास र साथ आगामी वर्षहरुमा पनि निरन्तर पाउनेमा हामी आशावादी छौं ।
पाठकको चाहना र आवश्यकतालाई प्रमुख प्राथमिकतामा राखेर बिश्व पाटि डटकमले आर्थिक, कर्पोरेट, शैक्षिक, राज्निति, खेल्कुद, सामाजिक लगायतसमसामयिक विषयवस्तु तथा जनचासोका समाचार समेट्दै आएको छ । पाठकको रुचिलाई ध्यानमा राख्दै हामीले स्तरीय सामग्रीको प्रकाशनमा जोडदिइरहेका छौं ।
पहिलो वार्षिकोत्सवको अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक, लेखक, सहकर्मी साथीहरू तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुनेसम्पूर्णप्रति आभार एवं कृतज्ञता ज्ञापन गर्दछु।
गतवर्ष झैं यहाँहरुको माया, सद्भाव, सुझाव र सकारात्मक प्रतिक्रिया हामी सम्मानसहित ग्रहण गरिरहनेछौं । पाठकको सुझाव तथा प्रतिक्रिया हाम्रा लागि सदैवमार्गदर्शन हुनेछन् ।
धन्यवाद !
सुनिल खडका
प्रवन्ध \ सम्पादक
माघ २ पनि सार्बजनिक बिदा दिने लुम्बिनी प्रदेशको निर्णय ! ( सुचना सहित ) !!
म प्रधानमन्त्री भएँको भएँ देशमा बिकास गरेर इतिहास रच्ने थिए : देउवा !!
काग्रेससँगको गठबन्धन ।भत्काएर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भोली प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।
भत्काएर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भोली प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।
सत्ता गुमे पछि मर्माहत बनेका काग्रेस सभापती शेरबादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिएर नयाँ राजनितिक गोटी चाल्न लागेको चर्चा सुरु भएको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ।
सत्ता गुमे पछि मर्माहत बनेका काग्रेस सभापती शेरबादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिएर नयाँ राजनितिक गोटी चाल्न लागेको चर्चा सुरु भएको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत दिने दाबी गरेका छन्।सात दलीय गठबन्धन सरकारले सिंहदरबारस्थित प्रधानमन्त्री ।तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिकी कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
विभिन्न दुर्घटना तथा घटनाको अनुसन्धानमा महत्त्वपूर्ण बन्दै सिसिटिभि फुटेज! !
विभिन्न दुर्घटना तथा घटनाको अनुसन्धानमा महत्त्वपूर्ण बन्दै सिसिटिभि फुटेज✍️✍️
गत साउन २४ गते दिउँसो काठमाडौं लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा नफर्किएको र सम्पर्क विहिन भएको सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङबाट उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लगाई चालकलाई सोधपुछ र अनुसन्धान गर्दा किशोरीलाई फेला पार्न प्रहरी सफल भयो ।
यसैगरी गत भदौ २० गते दिउँसो काठमाडौं पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा मिरा लामाको ५० हजार रुपैयाँ हराएकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामेरा फलोअप गर्दा पुतलीसडकको क्यामेरामा एक मोटरसाइकल चालकले टिपी लगेको देखिए पश्चात चालकलाई झिकाई उक्त रकम महिलालाई फिर्ता दिलाउन प्रहरी सफल भयो ।
विदेश जानका लागि गत मंसिर १७ गते सिरहाबाट कोटेश्वर आई नम्बर नखुलेको भाडाको बसमा कोटेश्वरदेखि कलंकी खसीबजारसम्म जाने क्रममा सिरहाका २८ वर्षीय पाण्डव दोङको नगद २ लाख रुपैयाँ र मोबाइल १ थान सहितको झोला छुटेकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामारा फलोअप गर्दा कलंकी खसीबजारमा पीडित ओर्लिएको गाडी नम्बर पत्ता लगाई चालकलाई सम्पर्कमा ल्याएर पीडितलाई नगद सहितको झोला बुझाउन प्रहरी सफल भयो ।
यी त केही प्रतिनिधि घटना हुन् । यसरी काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङ कक्षमा दैनिकै विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषण गर्न त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरू तल्लीन हुन्छन् । साथै सिसिटिभि मनिटरिङ कक्षले पिक आवरमा हुने दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गरी प्रभावकारी प्रहरी परिचालन गर्ने गर्दछ ।
काठमाडौं उपत्यकामा सिसिटिभि क्यामेराको बढ्दो प्रयोगले विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । साथै उपत्यकाका मुख्य-मुख्य सडकहरू र महत्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनिकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापनका निमित्त सिसिटिभि क्यामेराको प्रभावकारिता बढ्दै गएको छ ।
नेपाल प्रहरीले आफ्नै अप्टिकल फाईबर प्रयोग गरी २०६३ सालमा जम्मा ११ वटा क्यामेरा मार्फत प्रहरी कन्ट्रोल रुमबाट मनिटरिङ गर्दै आएकोमा हाल आईपी क्यामराहरू १०५१ वटा रहेका छन् भने उपत्यका प्रहरी कार्यालयका मातहत कार्यालयहरुमा समेत गरी जम्मा ३२३१ वटा क्यामेराहरु संचालित छन् ।
समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनिकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नलाई पहिचान तथा कारवाही गर्न, चोरी डकैती लगायतका आपराधिक क्रियाकलापलाई न्यूनिकरण तथा नियन्त्रण गर्दै प्रहरी परिचालनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न सहरहरूमा सिसिटिभि क्यामेरा जडान बृद्धि हुँदै गएको पाईन्छ ।
कुनै पनि सवारी दुर्घटना वा घटना पश्चात पीडितले सिसिटिभि फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था गरिएको छ । निवेदन प्राप्त पश्चात सम्बन्धित प्रहरी कार्यालयहरूले सिसिटिभि फुटेज प्राप्तिका लागि कारण सहित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा अनुरोध गरे पश्चात मात्र उक्त कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ । कतिपय अवस्थामा पीडित आफै काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उपस्थित भई सिसिटिभि फुटेज हेर्न चाहेमा घटनाको गाम्भिर्यताका आधारमा फुटेज देखाई घटना अनुसन्धानमा सहयोगी हुने अवस्थामा सम्बन्धित प्रहरी कार्यालयमा फुटेज उपलब्ध गराउने गरिन्छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको/ हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगाएत अन्य विभिन्न घटनाहरुमा कुल २१७६ र चालु आर्थिक वर्षको पहिलो पाँच महिना मंसिर मसान्तसम्म ८६८ फुटेज माग भएकोमा गत वर्ष १२६४ र चालु आर्थिक वर्षमा ४६२ फुटेजहरु उपलब्ध गराईएको छ । सोही फुटेजहरुको आधारमा गत वर्ष ७८२ र चालु आर्थिक वर्षमा २६८ वटा घटनाहरुमा फुटेजको सहायताले घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ । यसैगरी आर्थिक वर्ष ०७८/०७९ मा उपलब्ध गराईएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लंघन गरी फरार ७४०७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही ३८४० जना र चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी फरार ३९८७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही १८५७ जनालाई सिसिटिभिकै आधारमा पहिचान तथा फलोअप गरी कारवाहीको दायरामा ल्याउन प्रहरी सफल भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले सिसिटिभि क्यामेराको प्रभावकारिताको लागि VMS (Video Management Software) सहितको क्यामराहरुको संचालनलाई थप विस्तार गर्दै अझ बढी प्रभावकारी बनाउने उद्देश्य लिएको छ भने राजधानी प्रवेश गर्ने तथा बाहिरीने मुख्य नाकाहरुमा Lane Alignment सहितको सर्भिलेन्स सिष्टमको संचालन र सहरको मूख्य चोकहरुमा सिसिटिभिको मेरुदण्डको रुपमा रहेको अप्टिकल फाईबर प्रयोग गरी Public Address System समेत संचालनमा ल्याउने योजना रहेको छ । #NepalPolice #CCTVCamera
Via: Nepal Police
धरौटी तिरेर छुटे सन्दीप लामिछाने !!
२९ पुस, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् ।
उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो । ‘मुद्दाको बाँकी प्रक्रिया अब उहाँ बाहिर बसेर पूरा गर्नुहुनेछ’, घिमिरेले भने ।
सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ ।
उच्च अदालतले लामिछानेलाई पीडितको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न बन्देज लगाएको छ । आदेशमा भनिएको छ, ‘पीडितको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरुत्साहन दिने वा सोसम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ ।’
अदालतले लामिछानेलाई उपत्यका छाड्न पनि रोक लगाएको छ । उपत्यका छाड्नुपर्ने भए जिल्ला प्रहरी परिसर, काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने भनिएको छ । सर्तहरुको प्रभावकारिताका लागि लामिछानेको गतिविधिमाथि निगरानी राख्न प्रहरीलाई निर्देशन दिइएको छ ।
‘उनको मोबाइल, टेलिफोन नम्बरमा सेवा प्रदायक संस्थामार्फत पहुँच राखी सोसँग सम्बन्धित सामग्री वा विवरणको सञ्चार अभिलेख गर्नको लागि प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ’, आदेशमा भनिएको छ, ‘त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्नेछ ।’
जिल्ला अदालतले मागेको अवस्थामा त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउन भनिएको छ । यसको जानकारी प्रहरी प्रधान कार्यालय, नक्साललाई दिन पनि भनिएको छ ।
ग्लोबल आईएमइ ‘मर्जर किङ’ ढकालको सपनाले बन्यो देशकै ठूलो, यस्ता छन अन्य सूचांक !
काठमाडौं । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले सोमबारदेखि एकिकृत कारोबार सुरु गरेको छ । दुबै बैंकले मर्जर प्रकृया सम्पन्न गरी ग्लोबल आइएमई बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा दीप प्रज्वलन गरि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुबै बैंकले गत मंसिर २३ गते वार्षिक साधारण सभा सम्पन्न गरी मर्जर सम्बन्धि प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरेका थिए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डुको १ सय कित्ता सेयर भएका शेयरधनीले मर्जरपछि ग्लोबल आइएमई बैंकको १ सय कित्ता शेयर प्राप्त गर्नेछन् ।
नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस १९ गते दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान भएसँगै यी बैंकले एकिकृत कारोबार सुरु गर्न लागेका हुन । मर्जरपश्चात् बैंकको केन्द्रिय कार्यालय हालको ग्लोबल आइएमई बैंकको केन्द्रिय कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहने छ ।
मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बनन्नेछन् । साथै मर्जरपश्चात् बैंक अफ काठमाण्डुका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नेछन । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंककातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डुकातर्फबाट दुई जना रहने छन् ।
मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आईएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।
मर्जर पश्चात चुक्ता पुँजी ३४ अर्ब ४१ करोड तथा कुल निक्षेप ३ खर्ब ८४ अर्ब, रुपैयाँ हुनेछ । यसैगरी बैंकको कर्जा प्रबाह ३ खर्ब ८० अर्ब पुग्नेछ । कुल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ ।
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘क’ बर्गको १९ औं बाणिज्य बैंकको रुपमा ग्लोबल बैंकलाई स्थापना गरेका थिए । त्यसयता नेपाल सरकार तथा राष्ट्र बैंकको नीति अनुरुप मर्जर तथा एक्विजिशनलाई प्राथमिकता दिँदै अघि बढेका अध्यक्ष ढकालले बैंक अफ काठमाडौंसम्म आईपुग्दा २१ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई समाहित गराईसकेका छन् ।
राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनलाई प्राथमिकता दिएसँगै पहिलो पटक बिग मर्जर गराएर जनता बैंकलाई ग्लोबल आईएमई बैंकमा समाहित गराएका ढकालले पुनः अर्को बाणिज्य बैंक बैंक अफ काठमाडौंलाई पनि ल्याएका हुन् । बैंक अफ काठमाडौंसँग मर्जर हुँदा तत्कालिन लुम्बिनी बैंक पनि समाहित भएर आउने छ । साथै ग्लोबलले कमर्ज एण्ड ट्रष्ट बैंकलाई पनि आफुमा समाहित गराएको थियो ।
बीओकेसँगको मर्जरसँगै ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुँदै ग्लोबल आईएमई बैंक लिमिटेड बनेको छ । साथै मर्जर तथा एक्विजिशनमा ढकालले आफुलाई सफल अर्थात मर्जर किङको रुपमा स्थापित गराएका छन् । पछिल्लो समय कतिपय मर्जर तथा एक्विजिशन समझदारी पत्रमा हस्ताक्षर गरेर पनि भाडिएको अवस्थामा ढकालले भने सुझबुझपूर्ण तरिकाले अध्ययन गरेर अघि बढेका कारण हालसम्म उनले अघि सारेका मर्जर तथा एक्विजिशन सफल हुँदै आएका छन् ।
दुई बैंकहरुको मर्जरसँगै ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताएका छन् । साथै ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधै पहिलो हुने बताएका छन् । मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
जस्तापाताको प्रयोग बढेपछि सङ्कटमा ढुङ्गाखानी:
जस्तापाताको प्रयोग बढेपछि सङ्कटमा ढुङ्गाखानी:
बागलुङ जिल्लाको जैमिनी नगरापलिका- ७ जैदीस्थित हर्दियाको ढुङ्गाखानीमा परम्परागत तरिकाले निकालिएको घर छाउन प्रयोग गरिने ढुङ्गा देखाउँदै स्थानीय हिमबहादुर श्रीस। घरछाउनका लागि जस्तापाताको प्रयोग बढेपछि यहाँको परम्परागत ढुङ्गाखानी सङ्कटमा परेको छ।
धरौटीमा रिहा भए सन्दीप– विदेश जान नपाउने, मुद्दाको विषयमा बोल्न नपाउने !
धरौटीमा रिहा भए सन्दीप– विदेश जान नपाउने, मुद्दाको विषयमा बोल्न नपाउने
नाबालिगका बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा हुने भएका छन्। उच्च अदालत पाटनले सन्दीपको पुनरावेदनमा निवदेनमाथि फैसला गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
सन्दीप धरौटीमा रिहा भएपनि उनी माथि विभिन्न शर्त राखिएको छ। ती शर्तको उल्लंघ भएको पाइए पुनः थुनामा राखिनेछ। अदालतले उनीलाई विदेश जान रोकन लगाएको छ भने उपत्यका छाड्दा अनुमति माग्नु पर्ने शर्त पनि राखेको छ। उनले मुद्दाका विषयमा बोल्न पाउने छैनन् ।
यस्ता अदालत सन्दीप समक्ष रखेका शर्त
१. यस मुद्दाको फैसला नभएसम्मका लागि सन्दीपलाई नेपाल बाहिर जानबाट रोक लगाइएको छ। उनको नाममा जारी भएको राहदानी रोक्का गर्न भनिएको छ। यसको कार्यान्वयनका लागि गृह र परराष्ट्र मन्त्रालयलाई लेखेर पठाउन भनिएको छ।
२. जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यको सम्बन्धमा वा विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी वा धारणा व्यक्त गर्न सन्दीपलाई रोक लगाइएको छ।
३. आफू वा आफू सम्बद्ध संस्था वा व्यक्तिहरूबाट जाहेरीकर्ता, पीडित वा उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न पाउँदैनन्। जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरूत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नूर नगराउनू भनी सन्दीपलाई निषेधात्मक आदेश दिइएको छ।
४. कुनै काम विशेषका कारण सन्दीपले काठमाडौं उपत्यका छोड्नु परे, छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोबारे लिखित जानकारी दिनुपर्ने छ। सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान समेत खुलाउनु पर्नेछ।
५. माथिका खण्डहरूमा उल्लिखित आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ। त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्ने छ। जिल्ला अदालतले माग गरेका बखत त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउनु पर्नेछ। यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिन भनिएको छ।
यी शर्तहरू उल्लंघन गरेको पाइएमा अदालतले उनलाई पुनः थुनामा पठाउन सक्नेछ। धरौटी माग गरिएको भए पनि उक्त आदेश स्वतस् निष्क्रिय भएको मानिने अदालतको आदेशमा उल्लेख छ। त्यसपछि उनी थुनामा बसेरै मुद्दाको किनारा लाग्ने भनिएको छ।
Next Page » « Previous Page