युवाको आवाजका लागि सिंहको प्रतिवद्धता — एनआरएनए चुनावमा उम्मेदवारी घोषणा
युवा नेतृत्वको अभियानमा केशव सिंह — एनआरएनए अष्ट्रेलिया एनएसडब्ल्यु युवा संयोजक पदमा उम्मेदवारी घोषणा
सिड्नी, अष्ट्रेलिया – आगामी गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, न्यू साउथ वेल्स राज्य समन्वय परिषद् (NSW SCC) अन्तर्गत कार्यकाल २०२५–२०२७ का लागि एसवाईएफ (SYF) युवा संयोजक पदमा केशव सिंहले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सिंहले सामाजिक सञ्जाल मार्फत सार्वजनिक अपिल जारी गर्दै युवा वर्गको सशक्तिकरण, सहभागी नेतृत्व र समावेशी अभियानका लागि आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाएका हुन्।
“म अनुभव, जोश र प्रतिबद्धताको संयोजन सहित युवाहरूको आवाजलाई संस्थागत ढंगले अघि बढाउन तत्पर छु,” – उम्मेदवारी घोषणामा सिंहले उल्लेख गरेका छन्।
युवाको शक्ति, नेतृत्वमा प्रतिबद्धता
सन् २०२५–२७ को कार्यकाल लक्षित गर्दै सिंहले युवा संयोजक पदमा उम्मेदवारी दिनुको प्रमुख कारण युवाको सशक्त उपस्थिति र सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। उनको दृष्टिकोण स्पष्ट छ — युवा नै समुदायको मेरुदण्ड हुन्, र तिनीहरूको प्रतिनिधित्व बिना कुनै पनि संस्थागत संरचना दिगो हुन सक्दैन।
उनले आफू युवाको आवाजलाई नीति निर्माण तहमा पुर्याउन, समावेशी ढंगले नेतृत्व विकास गर्न र प्रवासी जीवनका चुनौतीहरूलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
अभियानका मुख्य आधारहरू:
▪️ युवाप्रति उत्तरदायी नेतृत्व: युवाले अनुभूति गर्ने व्यवहारिक समस्या र अवसरहरूलाई प्राथमिकतामा राख्ने।
▪️ पारदर्शिता र समावेशिता: निर्णय प्रक्रियामा सबै युवाको आवाजलाई स्थान दिने।
▪️ सीप, नेतृत्व र भविष्य निर्माणमा केन्द्रित कार्यक्रमहरू: कार्यशालाहरू, सेमिनार, नेटवर्किङ इभेन्ट र व्यावसायिक विकासका अवसरहरू संचालन गर्ने।
▪️ संस्थागत समन्वय: NRNA, SYF र अष्ट्रेलियास्थित अन्य समुदायसँग सहकार्य गर्दै युवाको पहुँच विस्तार गर्ने।
समुदायप्रतिको सन्देश:
“युवाहरू परिवर्तनका वाहक हुन्। आज निर्णयमा उनीहरूलाई स्थान दिएनौँ भने भोलिका चुनौतीहरू समाधान गर्न सक्दैनौं। मेरो उम्मेदवारी कुनै व्यक्तिगत आकांक्षा होइन, यो हाम्रो पुस्ताको हक र जिम्मेवारीको प्रतिनिधित्व हो। म तपाईंहरूको साथ, विश्वास र समर्थनको अपेक्षा राख्दछु।” – सिंहले भावुक सन्देशमार्फत उल्लेख गरेका छन्।
निर्वाचन मिति: २६ जुलाई २०२५ (शनिबार)
निर्वाचन नजिकिँदै गर्दा सिंहले युवामाझ संवाद, परामर्श र सहकार्यको अभियान पनि तीव्र बनाउने तयारी गरेका छन्।
संपूर्ण एनएसडब्ल्युवासी नेपाली समुदायलाई अपिल:
“हामी युवाले केवल भविष्य होइन, वर्तमान पनि निर्माण गर्छौं। आउनुहोस्, नेतृत्वको साँचो मूल्य बुझ्ने, सबैको प्रतिनिधित्व गर्ने र व्यावहारिक काम गर्ने युवालाई समर्थन गरौं।”
उम्मेदवार: केशव सिंह
पद: एनआरएनए अष्ट्रेलिया – एनएसडब्ल्यु युवा संयोजक (२०२५–२७)
अबको १० बर्ष मा नेपालको अर्थतन्त्रले फड्को मार्ने छ: बस्नेत
नेपाल एक विकासोन्मुख मुलुक हो, जुन दुई बिशाल देशहरू चिन र भारतको बिचमा रहेको करिब १० बर्ष आन्तरिक द्दोन्द, प्राकृतिक प्रकोप लगायत कोडिड जस्तो बिभिन्न कारणले समस्या झेल्दै अहिले अर्थतन्त्र लयमा फर्काउने प्रयासरत गर्दै कृषिमा आधारित पारंपरिक अर्थतन्त्र बिस्तारै विविधीकरण हुँदैछ। पछिल्लो केही दशकदेखि पर्यटन(Tourism), जलविद्युत(Hydropower), सूचना प्रविधि (IT), रेमिट्यान्स, कृषि आधुनिकीकरण, तथा पूर्वाधार विकासका(Infrastructure development) क्षेत्रमा उल्लेखनीय प्रगति देखिएको छ। अबको १० वर्ष अर्थात् २०३५ सम्म नेपालको अर्थतन्त्रले गुणात्मक तथा परिमाणात्मक रूपमा फड्को मार्ने सम्भावना प्रवल छ। यस लेखमा तथ्यांक, सरकारी नीति, सम्भावनाहरू, र सम्भावित चुनौतीहरू सहित नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र प्रस्तुत गरिएको छ।
अहिले २०२५ को अबस्था
जिडिपिए(GDP) ४५ अर्ब अमेरिकी डलर (विश्व बैंक २०२४)
आर्थिक बृद्दिदर-३.९%
प्रतिब्यक्ति आय-१४५५ USD
नेपालले जलविद्युत, पर्यटन, सूचना प्रविधि र कृषिमा लगानी बढेमा २०३५ सम्म मा दोब्बर अर्थात ९० अर्ब USD हुन सक्छ भने नेपाल सरकारको लक्ष्य २०३० सम्म मा मध्य-आयको देशमा प्रवेश गर्ने छ। हुन सक्छ।
१) प्रर्यटन(Tourism): अहिलेको डाटा अनुसार ८० लाख जन्सॅख्या नेपाल बाहिर रहेक छ १ जना ५ बर्षमा मात्रै एकपटक मात्रै नेपाल गएर कम्तिमा २-३ लाख मात्रै खर्च गर्दा उल्लेखनिय अर्थतन्त्र चलायमान हुन्छ। कोभिड भन्दा पहिलेको अबस्थामा १२ लाख पर्यटन भित्रिएको छ भने २०३० सम्म मा ३० लाख पर्यटक भित्रयाउन सक्दा पशुपतिनाथ, लुम्बिनी, ट्रेकिड. , बिभिन्न सम्पदाहरू प्रबद्रन गर्न सक्यो भने ५ अर्ब USD सम्म प्रर्यटन ले अर्थतन्त्रमा योगदान गर्छ।
२) जलबिधुत्त तथा उर्जा क्षेत्र(Hydropower & Energy sector):हालको नेपालको सरकारी तथा निजी क्षेत्रले उत्पादन गरेको ३००० मेगावाट छ जसमा केहि मात्र मा भारत तथा बॅगलादेशमा निर्यत गर्न शुरू गरिसकेको सुखद शुरूवात भएको छ। National planning commission अनुसार २०३० सम्म मा १५००० मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ त्यसो गर्दा अहिलोको ग्यास, मट्टितेल, पेर्टोल, डिजेलको आयात घट्ने छ भने बिधुत्तिकरण तर्फ नेपाल जाने छ त्यसले गर्दा ईन्धनको लागि खर्च हुदै आएको खर्च घट्नेछ।उर्जा निर्याले २-५ अर्ब सम्म योगदान गर्नेछ।
३) डिजिटल अर्थतन्त्र(Digitalisation):अहिलको सुचना मैत्री युगमा जसरी नेपाली युबाहरूले नेपाल भित्र बसेर बिभिन्न देशको काम गरिरहनुभएको छ त्यसलाई करको दायर भित्र ल्याएर नेपालको अर्थतन्त्रमा योगदान पुर्याउन प्रोसाहन गर्नु पर्छ। शिक्षा, स्बास्थ्य, ब्यवस्थापन, पर्यटन क्षेत्रको कागज मैत्री कामहरूलाई डिजिटल बनाउनै पर्ने छ जसले काम ढिलासुस्ती तथा जनताहरूमा ब्यवस्था प्रतिको बितृष्णा पनि कम हुने छ भने डिजिटल प्रविधिमा लिएर जॅादा ५ अर्ब सम्म योगदान हुनेछ।
४) पुर्वधार बिकाश( InfrastructureDevelopment)
:७१ किलोमिटरको फासट्रयाक अबको कम्तीमा पनि बनिसक्नेछ जसले बिहारको २१ करोड जनसॅख्या र युपिको ३३ कपोड जनसॅख्या सिधै १ घण्टामा काठमाण्डौ आइपुग्नेछ जसले ब्यपार ब्यवसाय बढ्नेछ , त्यसले बढाउने अपराधहरू नियन्त्रतरण कसरी गर्ने भनेर पहिल्यै पोलिसी निर्माण गर्नुपर्नेछ। बिभिन्न Transmission line, जलासय जलबिधुत्त(storage hydropower), प्रस्तावित स्मार्ट सिटीहरू बाटो सडकहरू , बिमानस्थल, सुरूड. मार्ग यि सबै पुर्वधारहरू निजी क्षेत्र लाई बनाउने दिएर जति सक्यो छिटो निर्माण गर्नु पर्नेछ भने सडक, टनेलहरूमा टोल सिस्टम लागु गरेर निजी क्षेत्रको लगानी उठाउन सरकारले पोलेसि निर्माण गरेर सहयगो गर्दा ठुलो आशा तथा पोलेसि डिपार्चर हुनेछ।
५)कृषि आधुनिकरणः नेपालको ६५% जनसॅख्या परमपरागत कृषिमा आधारित छ त्यसलाई प्रबिधि सॅग जोडेर आत्मनिर्भर बनाउनु पर्नेछ।प्रत्येक बर्ष जैबिक मलको समस्या भईरहेक छ त्यसलाई समाधन गर्न कुनै एउटा निजी क्षेत्रलाई मल बनाउने उधोग खोल्न दिएर यो समस्या सधाको लागि अन्त्य गर्नु पर्छ।प्रत्येक स्थानिय तहले खालि रहेक जग्गाहरूमा माटो प्रशिक्षण गरेर उत्पादन हुने बस्तु उत्पादन गरि प्रत्येक स्थानिय तहमा कोल्ड स्टोर निर्माण गरि जनताको लगानिको सुनिश्तिता गरेर बिश्वास निर्माण गर्नुपर्छ।जसले गर्दा खाधन्यमा आत्मनिर्भर तथा कृषि निर्यातमा बिद्दि हुनेछ जसले अर्थतन्त्रमा ठुलो योगदान हुनेछ।
सम्भाबित चुनौतिहरूः अहिलेको नेपाली जनसॅख्या युवा मैत्री छ भने त्यो उमेर बढ्दै गहिरहेको छ त्यलाई अहिलेनै ति युवाशक्तीलाई देश निर्प्रमाण मा प्रयोग गर्नैपर्छ । बारम्बार हुने अस्थिर सरकारलाई अहिले भईरहेको सॅबिधान सॅसोधन मार्फत हल गर्नु पर्छ जुन एक मुख्य चुनौती छ। नितिगत तथा ब्यकतिगत भष्ट्रचारलाई जसरी काम गर्नेलाई दलाल पैसा कॅाउनेलाई सामन्ती भन्ने भाष्य निर्माण गरियो त्यसरी नै भष्ट्रचार भनेको नराम्रो हो भनेर ब्रेन बास गर्नु पर्छ।यि बिषयहरू सम्बोधन गर्नु चुनौती छ भने प्राकृती प्रकोपहरू बाढी पहिरोलाई कम गर्न जथाभाबि बाटो निर्माणको नाम मा खन्ने काम रोक्नुपर्छ।
निष्कर्षः नेपालको आर्थिक भविष्य उज्ज्वल देखिन्छ यदि नीति निर्माताहरू, निजी क्षेत्र, र नागरिक समाज मिलेर वर्तमान सम्भावनालाई मूर्त रुप दिन सफल भए। जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिमा रूपान्तरण, युवा जनशक्तिको प्रयोग, तथा पूर्वाधार विस्तारका माध्यमबाट अबको १० वर्षमा नेपालले आर्थिक फड्को मार्ने छ।
यदी ६–७% को वार्षिक वृद्धिदर कायम राख्न सकियो भने २०३५ सम्म नेपालले “Lower Middle Income Country” बाट “Upper Middle Income Country” मा रूपान्तरण हुन सक्नेछ।
न्युक्यासल नयाँ गन्तव्य: लेकाली मार्टले एशियाली ग्रोसरीको भरपर्दो मार्ट खुल्यो
लेकाली मार्ट न्युकेसलमा भव्य रूपमा सञ्चालनमा – सम्पूर्ण आवश्यकता एकै स्थानमा
न्युकेसल, अष्ट्रेलिया | जुलाई ५, २०२५ – न्यू साउथ वेल्सको Edgeworth क्षेत्रमा नेपाली समुदायको सुविधालाई लक्ष्य गर्दै Lekali Mart Newcastle नामक अत्याधुनिक ग्रोसरि स्टोर र बुटचरीको भव्य शुभारम्भ गरिएको छ। अब न्युकेसलवासी नेपाली तथा दक्षिण एशियाली समुदायले आफ्नो दैनिक आवश्यकताका सम्पूर्ण सामग्री एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
स्थान:
Lekali Mart Newcastle
2/13 Arnott Street, Edgeworth 2285, NSW
स्टोर विशेषताहरू
Lekali Mart Newcastle ले ग्राहकलाई एकै छानामुनि विविध प्रकारका सेवा र सामग्री उपलब्ध गराउँछ, जसमा निम्न प्रमुख छन्:
नेपाली, भारतीय र दक्षिण एशियाली ग्रोसरी सामग्री – चामल, दाल, तेल, मसला, चिया, बिस्कुट, सुकुटी, अचार, चाउचाउ, र अन्य घरेलु सामग्रीहरू।
फ्रेस मासु सेवा (Butchery Section) – बफ, कुखुरा, खसी, बंगुर, च्यांग्रा आदिको मासु सजिलै उपलब्ध।
बफ मिन्स (Buff Mince) विशेष अनुरोधमा उपलब्ध छ।
ताजा फलफूल र तरकारी – सिजन अनुसारको ताजा उत्पादन, सिधै फार्मबाट।
गृह उपयोगी सामग्री – सरसफाइ, भान्साघर, सौन्दर्य सामग्री लगायत।
एक सन्चालक: जीवन न्यौपाने
स्टोर व्यवस्थापनमा अनुभवी व्यवसायी जीवन न्यौपाने समेत रहेको टिम सक्रिय छ। यो स्टोरले नेपाली समुदायको आवश्यकता, स्वाद र संस्कृतिलाई सम्मान गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने अठोट लिएको छ।
संचालकले बताए अनुसार:
“हामीले ग्राहकको सुविधा, गुणस्तरीय सेवा र पारिवारिक अनुभूति प्रवासमै दिलाउने लक्ष्य लिएका छौं। यो स्टोर नेपाली र दक्षिण एशियाली समुदायको गर्वको केन्द्र बन्नेछ।”
समुदायसँगको सहकार्य
Lekali Mart केवल व्यापारिक उद्देश्यमा सीमित नभई समुदायभित्र सहकार्य, रोजगारी सृजना र संस्कृतिक सम्वर्द्धनमा समेत योगदान पुर्याउने सोचमा आधारित छ। यहाँ सहज मूल्य, ताजा सामग्री र सद्भावपूर्ण सेवा मार्फत ग्राहकको मन जित्ने प्रयास गरिएको छ।
Lekali Mart Newcastle अब सम्पूर्ण नेपाली समुदायका लागि “सबै सामग्री एउटै गन्तव्य” को रुपमा स्थापित हुँदैछ। तपाई पनि एकपटक अवश्य जानुहोला ।
सपना लिएर आएको थिए, सेवा गर्ने प्रण लिएर उभिएको छु: बिबेक ओझाको चुनावी यात्रा
बिबेक ओझा : NRNA NSW सदस्य पदका लागि उम्मेदवार, ‘एकता’ टिमबाट चुनावी मैदानमा
सिड्नी, अष्ट्रेलिया – सन् २०१६ मा एक पेशेवर शेफका रूपमा अष्ट्रेलिया आएका बिबेक ओझा अब नेपाली समुदायको नेतृत्व गर्न दृढ संकल्पसहित एनआरएनए (NRNA) न्यू साउथ वेल्स (NSW) को एनसीसी सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। उनी ‘टिम एकता’ को तर्फबाट आगामी कार्यकाल (२०२५–२७) का लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
अवर्न (Auburn) निवासी ओझा हाल Auburn Nepalese Community का कार्यकारी सदस्य तथा युवा संयोजक छन्। साथै, उनी २०२३–२५ कार्यकालका लागि NRNA NSW को SCC सदस्य समेत हुन्। समुदायमा सक्रिय नेतृत्व, युवाको सशक्तिकरण तथा सामाजिक सेवा उनको मुख्य परिचय बनिसकेको छ।
शुरुवात भान्साबाट, यात्रा नेतृत्वसम्म
“भान्साबाट सुरू भएको मेरो यात्रा अब नेतृत्वमा परिणत भएको छ,” ओझाले भने। “म यहाँ उपाधिका लागि होइन, तपाईँहरूको आवाज बन्न, समस्या समाधान गर्न, र समुदायको भविष्य सशक्त बनाउन उम्मेदवार बनेको हुँ।”
उनी किन उम्मेदवार?
ओझाको भनाइमा, उनी एनआरएनएमा “केवल प्रतिनिधि होइन, नतिजा ल्याउने लिडर” बन्न चाहन्छन्। उनले नेपाली आप्रवासीको प्रारम्भिक संघर्ष, भाषिक तथा सांस्कृतिक चुनौतीहरू आफैंले जिएका छन्। त्यही अनुभवलाई आधार बनाएर युवालाई नेतृत्व, करियर र व्यक्तिगत विकासका अवसरहरू उपलब्ध गराउने उनको अभियान छ।
ओझाको मुख्य एजेन्डा यसप्रकार छन्:
युवालाई नेतृत्व र सीप विकासका अवसरहरू प्रदान गर्ने
नयाँ आप्रवासीका लागि व्यवहारिक सहयोग प्रणाली निर्माण गर्ने
नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने
अष्ट्रेलियाली संस्थासँग नेपाली समुदायको सहकार्य बलियो बनाउने
अष्ट्रेलियामा एक सशक्त, एकीकृत र सम्मानित नेपाली पहिचान स्थापित गर्ने
किन टिम ‘एकता’?
ओझाले ‘एकता टिम’ लाई “इमानदारी, समर्पण र नतिजामूलक नेतृत्वमा विश्वास गर्ने” समूह भनेका छन्। “परिवर्तनको कुरा मात्रै होइन, काम गरेर देखाउने टिम हो एकता,” उनले जोड दिए।
समुदायलाई सन्देश
“दाजुभाइ तथा दिदीबहिनीहरू, अब हाम्रो समय आएको छ। आउनुहोस्, नेतृत्वमा उनीहरूलाई रोजौं, जसले तपाईंको संघर्ष बुझेका छन्, तपाईंको भविष्यको चिन्ता गरेका छन्,” ओझाले भने। “म तपाईंको भोट उपाधिको लागि होइन, तपाईंको विश्वासको लागि माग्दैछु—ताकि तपाईंका आवाजलाई बलियो बनाउन सकूँ, युवालाई मार्गदर्शन गर्न सकूँ, र अष्ट्रेलियामा हाम्रो उपस्थिति अझ सशक्त बनाउन सकूँ।”
निर्वाचन मिति:
🗳️ एनआरएनए अष्ट्रेलिया निर्वाचन २६ जुलाई २०२५ मा हुँदैछ।
नारा:
“Vote Team EKATA! उषा किरण बरिया पोखरेल र सम्पूर्ण एकता टिमलाई समर्थन गरौं!”
समावेशी नेतृत्व र पारदर्शीका लागि राकेश जोशी SCC संयोजकमा उम्मेदवारी
राकेश जोशीद्वारा NRNA अष्ट्रेलिया – NSW संयोजक पदमा उम्मेदवारी घोषणा
सिड्नी, अष्ट्रेलिया – जुलाई ३, २०२५
नेपाली समुदायप्रतिको प्रतिबद्धता, संस्थागत अनुभव र नेतृत्व क्षमताका साथ, राकेश जोशी ले आगामी गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) को संयोजक (Coordinator) पदका लागि २०२५–२०२७ कार्यकालमा उम्मेदवारी घोषणा गरेका छन्।
उहाँले आफ्नो उम्मेदवारी सामाजिक संजाल र औपचारिक सन्देश मार्फत सार्वजनिक गर्दै समस्त नेपाली समुदायसँग समर्थन, सुझाव र सहकार्यको आग्रह समेत गरेका छन्।
🔹 स्थायित्व, समावेशिता र रणनीतिक नेतृत्वको प्रतिबद्धता
राकेश जोशी अष्ट्रेलियामा लामो समयदेखि बसोबास गर्दै आएका छन् र उनी विगतका वर्षहरूमा NRNA लगायत विभिन्न सामाजिक अभियानहरूमा सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। संयोजक पदमा उम्मेदवारी दिनुको मुख्य उद्देश्य भनेको समुदायको विश्वास, सहभागिता र नेतृत्व क्षमतालाई एकीकृत गर्दै संस्थागत मजबूती ल्याउनु रहेको उहाँले स्पष्ट पारेका छन्।
“NRNA केवल संस्था होइन, यो हाम्रो पहिचान, सहभागिता र योगदानको साझा स्वरूप हो। म संयोजकको जिम्मेवारी पाएको खण्डमा सबै समुदायसँग समन्वय गर्दै एकजुट, पारदर्शी र परिणाममुखी कार्यदिशा अघि बढाउने अठोट लिएको छु,” – राकेश जोशी
🔹 कार्ययोजना र एजेन्डाहरू चाँडै सार्वजनिक हुँदै
उहाँले जानकारी गराए अनुसार, उहाँको नेतृत्वमा रहेको टिमले निकट भविष्यमै विस्तृत एजेन्डा सार्वजनिक गर्नेछ, जसमा आगामी कार्यकालमा NRNA NSW को प्राथमिकता, कार्यदिशा र नवप्रवर्तनमूलक सोच स्पष्ट गरिनेछ।
संयोजकको रूपमा, उहाँको दृष्टिकोण दीर्घकालीन योजना, युवासँगको सहकार्य, पेशागत क्षमता अभिवृद्धि, र NRNA-Australia को मूल मूल्य– “सशक्त डायस्पोरा निर्माण” मा आधारित रहनेछ।
सबैको साथ, सहभागिता र सुझावमा आधारित नेतृत्व
राकेश जोशीले आफ्नो उम्मेदवारीको अन्त्यमा सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्दै भनेका छन्:
NRNA हाम्रो साझा जिम्मेवारी हो। म तपाईंहरूको साथ, सुझाव र समर्थनको अपेक्षा गर्दै अघिबढेको छु। हामी सबैको सहभागिताबाट मात्र सशक्त, उत्तरदायी र समावेशी NRNA NSW निर्माण सम्भव छ।
इन्जिनियरिङ देखि वित्तीय नेतृत्वसम्म: सुरेन्द्र श्रेष्ठ SCC Treasurer पदमा
इन्जिनियरिङ पृष्ठभूमिबाट वित्तीय नेतृत्वतर्फ: सुरेन्द्र श्रेष्ठद्वारा NRNA अष्ट्रेलिया – NSW राज्य समन्वय परिषद् (SCC) को Treasurer पदमा उम्मेदवारी घोषणा
सिड्नी, अष्ट्रेलिया – जुलाई ३, २०२५
नेपाली समुदायप्रति गहिरो समर्पण, पेशागत अनुशासन र पारदर्शी वित्तीय नेतृत्वका साथ, सुरेन्द्र श्रेष्ठ ले आगामी NRNA अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) को State Coordination Council (SCC) अन्तर्गत Treasurer पद का लागि उम्मेदवारी घोषणा गरेका छन्।
२०२५–२७ कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा उहाँले अनुभव, जवाफदेहिता, र निष्ठाका आधारमा वित्तीय कार्यक्षमताको नयाँ दृष्टिकोण स्थापित गर्ने संकल्पसहित प्रतिस्पर्धामा होमिएका हुन्।
पेशागत पृष्ठभूमि: नेपालदेखि अष्ट्रेलियासम्मको यात्रा
सुरेन्द्र श्रेष्ठको करियरको सुरुआत नेपालमा इन्जिनियरको रूपमा भएको थियो। उनले नेपालमा विभिन्न परियोजनामा कार्यान्वयनको अनुभव बटुलेपछि, जीवनका नयाँ अध्यायको खोजीमा सन् २०१५ तिर अष्ट्रेलिया प्रवेश गरे।
हाल उहाँ अष्ट्रेलियामा एक प्रोफेशनल मोर्टगेज ब्रोकरको रूपमा कार्यरत छन्, जहाँ उनले सयौं नेपाली तथा अन्य समुदायका परिवारहरूलाई घर खरिद, फाइनान्सिङ, र ऋण व्यवस्थापनमा सहयोग पुर्याएका छन्।
अष्ट्रेलियाको प्रतिस्पर्धात्मक वित्तीय बजारमा आफूलाई प्रमाणित गर्दै उहाँले वित्तीय योजना, कर्जासम्बन्धी परामर्श र जिम्मेवार ऋण प्रवाहमा उल्लेखनीय सफलता हात पार्नुभएको छ।
NRNA सँगको यात्रा र सामुदायिक संलग्नता
सुरेन्द्र श्रेष्ठ केवल व्यवसायिक हिसाबले मात्र होइन, सामुदायिक सेवामा पनि समान रूपले क्रियाशील रहँदै आएका छन्। NRNA अष्ट्रेलिया को विभिन्न कार्यक्रम, अभियान र कार्यगत संरचनामा सहभागी हुँदै उहाँले संगठनको कार्यशैली, नीति निर्माण प्रक्रिया र समुदायमाझको भूमिका राम्रोसँग बुझ्नुभएको छ।
उहाँ भन्छन्:
“NRNA कुनै पनि व्यक्तिगत हैसियत देखाउने मंच होइन, यो त सामूहिक पहिचान, सेवा र उत्तरदायित्वको साझा बाटो हो। Treasurer को जिम्मेवारी भनेको केवल लेखा मिलाउनु मात्र होइन, यो संस्था र समुदायबीचको विश्वास मिलाउनु हो।”
Treasurer पदका लागि उद्देश्य र कार्यदृष्टिकोण
सुरेन्द्र श्रेष्ठको उम्मेदवारी केवल पदको आकांक्षा होइन — यो हो सुधार, पारदर्शिता, र समावेशी वित्तीय अभ्यासको अभियान।
उनको प्रमुख प्रतिबद्धता निम्नानुसार छ:
पारदर्शी वित्तीय प्रणाली विकास
प्रत्येक आम्दानी/खर्च विवरणलाई डिजिटल माध्यमबाट सार्वजनिक पहुँचमा ल्याउने योजना
सदस्यहरूको सहभागिता र विश्वास बढाउने वित्तीय कार्यशैली
समुदायका युवा, व्यवसायी र पेशेवरहरूसँग साझेदारी गरी आर्थिक सशक्तिकरणका पहलहरू अघि बढाउने
उहाँ थप भन्छन्:
“म मेरो इन्जिनियरिङ सोच, वित्तीय पेशा, र NRNA सँगको अनुभवलाई समेटेर NRNA NSW को कोष व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने अठोट लिएको छु।”
एक टिम – साझा लक्ष्य
सुरेन्द्र श्रेष्ठ एक्लै होइनन्, उहाँसँग छ – अनुभव, ऊर्जा र पारदर्शिताको संयोजनमा आधारित एक समर्पित र सकृय टिम। यस टिमको मूलमन्त्र हो – “सच्चा, समर्पित र पारदर्शी सेवा”।
उहाँको विचारमा संस्था चलाउने जिम्मेवारी पाएको व्यक्ति केवल पदाधिकारी मात्र होइन, विश्वासको धारक र सेवा प्रवाहको संरक्षक हुनुपर्दछ।
सामूहिक प्रयासबाट सशक्त डायस्पोरा निर्माण गरौँ
सुरेन्द्र श्रेष्ठले आफ्नो उम्मेदवारीमार्फत सम्पूर्ण नेपाली समुदायलाई आह्वान गरेका छन्:
“हिजोका अनुभव र आजका सक्रियतासँगै, हामी सबैको सहभागितामा बलियो, उत्तरदायी र प्रेरणादायी नेपाली डायस्पोरा निर्माण गर्न म तपाईंहरूको साथ, समर्थन र विश्वासको अपेक्षा गर्दछु।”
पेशागत नेतृत्व र सामुदायिक सेवाका लागि मिल्टनको NCC सदस्य पदमा उम्मेदवारी घोषणा
मिल्टन पौडेलद्वारा NRNA अष्ट्रेलिया – NSW राज्यबाट (NCC) सदस्य पदका लागि उम्मेदवारी घोषणा
सिड्नी, अष्ट्रेलिया – जुलाई ३, २०२५
नेपाली समुदायप्रतिको गहिरो माया, पेशागत अनुभव, र युवा पुस्तालाई प्रेरणा दिने दृढ लक्ष्यसहित मिल्टन पौडेल (CPA) ले आगामी NRNA अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) को National Coordination Council (NCC) सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
२०२५–२७ कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा पौडेलले समुदायका अग्रजहरूप्रति सम्मान प्रकट गर्दै, युवाको जोश र पेशागत अनुभवको संयोजनमा आधारित एक समर्पित, पारदर्शी र सक्रिय टिमसहित प्रतिस्पर्धामा होमिने जनाएका छन्।
पेशागत पृष्ठभूमि र सामुदायिक योगदान
सन् २०१४ मा उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका मिल्टन पौडेल हाल News Corp Australia मा Finance Analyst को रूपमा कार्यरत छन्। News Corp अष्ट्रेलियाको प्रमुख मिडिया संस्थामध्ये एक हो, जहाँ उहाँले वित्तीय विश्लेषण, रणनीतिक योजना र रिपोर्टिङमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
CPA Australia बाट प्रमाणित Certified Practising Accountant (CPA) समेत रहेका पौडेलले अष्ट्रेलियामा रहेका accounting graduates लाई mentorship, job-readiness training, र व्यावसायिक मार्गदर्शनमार्फत रोजगारी पाउन सहयोग गर्दै आएका छन्। उहाँको mentoring बाट प्रभावित भएर थुप्रै युवाले अष्ट्रेलियाको वित्तीय क्षेत्रमा आफूलाई स्थापित गरेका छन्।
हाल Click Consulting मा Trainer को रूपमा समेत आवद्ध हुनुहुन्छ, जहाँ उहाँले accounting र taxation क्षेत्रमा अभ्यासात्मक तालिम प्रदान गर्दै, नयाँ स्नातकहरूलाई Industry Ready बनाउने काम गरिरहनुभएको छ। उहाँको mentoring र training बाट प्रभावित भएर थुप्रै युवाले अष्ट्रेलियाको वित्तीय क्षेत्रमा आफूलाई स्थापित गरेका छन्।
त्यसैगरी, उहाँ CLM Advisors नामक लेखा तथा कर सेवा फर्मका संस्थापक निर्देशक हुन्। यस फर्ममार्फत अष्ट्रेलियाभरिका साना र मध्यम व्यवसायहरूलाई bookkeeping, taxation, business advisory लगायतका सेवाहरू प्रदान गर्दै आइरहनुभएको छ।
NRNA सँगको उद्देश्यपूर्ण यात्रा
मिल्टन पौडेलको NRNA मा सहभागिता कुनै आकस्मिक निर्णय होइन। उहाँको दीर्घकालीन सोच, समाजप्रतिको उत्तरदायित्व र युवा पुस्ताको सशक्तिकरण गर्ने दृढ इच्छाशक्तिले उहाँलाई NRNA को NCC मा उम्मेदवार बन्न प्रेरित गरेको हो।
उहाँ भन्छन्:
“NRNA यस्तो संस्था हो जसले विश्वभर छरिएका नेपालीलाई एउटै उद्देश्यमा जोड्छ। म यो मंचलाई अझ प्रभावकारी, समावेशी र प्रेरणादायी बनाउन चाहन्छु। विशेषगरी अष्ट्रेलियामा रहेका युवाहरुलाई professionally सक्षम बनाउने अभियानमा अग्रसर हुन चाहन्छु।”
उहाँको टिमले समर्पण, पारदर्शिता र समावेशी सेवामा विश्वास राख्दछ। युवा नेतृत्वलाई प्रोत्साहन गर्ने, पेशागत सञ्जाल विस्तार गर्ने, र समुदायमुखी कार्यक्रमहरू सञ्चालन गर्ने उहाँका प्रमुख प्राथमिकताहरूमा पर्नेछन्।
समाप्तिमा: NCC को प्लेटफर्ममार्फत सक्रिय, समर्पित र उत्तरदायी नेतृत्वको प्रतिबद्धता
पेशागत क्षमता, संस्थागत नेतृत्व अनुभव, र सामुदायिक सेवाको भावना लिएर मिल्टन पौडेलले NCC सदस्य पदमा उम्मेदवारी घोषणा गर्दै सम्पूर्ण नेपाली समुदाय, विशेषतः युवावर्गको प्रतिनिधित्व गर्ने अठोट व्यक्त गरेका छन्।
“हिजोका अनुभव र आजका सक्रियतासँगै, हामी सबैको सहभागितामा बलियो, आत्मनिर्भर र प्रेरणादायी नेपाली डायस्पोरा निर्माण गर्ने मेरो संकल्प हो,”
— मिल्टन पौडेल (CPA)
मन्जिल खड्का द्वारा एनआरएनए NSW राज्य सचिव पदमा उम्मेदवारी घोषणा
मन्जिल खड्काको उम्मेदवारी घोषणा – एनआरएनए अस्ट्रेलिया, न्यू साउथ वेल्स राज्य सचिव पदका लागि प्रतिबद्धता र अनुभवको संयोजन
सिड्नी, अस्ट्रेलिया – ३० जुन २०२५
गैर-आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आगामी निर्वाचनमा न्यू साउथ वेल्स (NSW) राज्य सचिव पदका लागि समाजसेवामा समर्पित युवा अभियन्ता मन्जिल खड्काले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
समुदायमा लामो समयदेखि सामाजिक र स्वयंसेवी कार्यमा सक्रिय रहेका खड्काले राज गुरुङको नेतृत्वमा रहेको टिमबाट उम्मेदवारी दिंदै आफू एक जिम्मेवार, पारदर्शी र कार्यशील नेतृत्व दिन तयार रहेको प्रतिबद्धता जनाएका छन्।
“एनएसडब्लुएस राज्य सचिव पदका लागि मेरो उम्मेदवारी केवल पदका लागि होइन, यो हाम्रो नेपाली समुदायलाई अझ सशक्त, एकताबद्ध र आत्मनिर्भर बनाउने यात्राको एक हिस्सा हो,” खड्काले आफ्नो घोषणा सन्देशमा भने। “हामी एउटा यस्तो टिम हौं, जसले निस्वार्थ भावनाले, सेवा र समर्पणको मर्म बोकेर यो संस्थामा योगदान गर्न चाहन्छ।”
🇳🇵 नेपालदेखि अस्ट्रेलिया: सामाजिक यात्राको लामो कथा
काठमाडौंको दिल्लिबजारमा जन्मिएर हुर्केका मन्जिल खड्काले सन् २००७ मा नेपालमै विद्यार्थी राजनीतिबाट सामाजिक यात्रा आरम्भ गरेका थिए। त्यतिबेला उनी Forum of Technical Students Nepal को उपाध्यक्ष (Vice President) का रूपमा नेतृत्वदायी भूमिकामा थिए। विद्यार्थीहरूका प्राविधिक अधिकार, स्रोतको पहुँच र नेतृत्व विकासमा उनले उल्लेखनीय भूमिका खेलेका थिए।
अस्ट्रेलिया आइपुगेपछि उनले आफ्नो सामाजिक सक्रियता थामेनन्। विभिन्न नेपाली संघसंस्था, कल्याणकारी कार्यक्रम, आपतकालीन सहयोग अभियान र भिज्नेपानीका नेपालीहरूलाई जोड्ने धेरै पहलहरूमा मन्जिलको सक्रिय सहभागिता रहँदै आएको छ। यतिबेला उनी राज गुरुङ नेतृत्वको समन्वयकारी टिममा राज्य सचिव पदका उम्मेदवारका रूपमा अगाडि आएका छन्।
💬 “सामुदायिक नेतृत्व सेवा हो, अवसर होइन”
खड्का भन्छन्, “सामुदायिक नेतृत्व अवसरको रूपमा होइन, जिम्मेवारी र सेवा भावनाको रूपमा लिनुपर्छ। एनआरएनएको भूमिका आजको युगमा केवल सांस्कृतिक कार्यक्रम वा औपचारिकता भन्दा धेरै बढी हुनुपर्छ – यो हाम्रो नयाँ पुस्तालाई जोड्ने, रोजगारीका अवसर सिर्जना गर्ने, नेपालसँग सम्बन्ध गहिर्याउने, र आपतका बेला सशक्त संस्थागत साथ दिने माध्यम हुनुपर्छ।”
उनले आफूहरूको टिमले पारदर्शिता, जवाफदेहिता, र समावेशी निर्णय प्रक्रियामा केन्द्रित रहेर काम गर्ने बताएका छन्। टिमको औपचारिक एजेन्डा छिट्टै सार्वजनिक गरिने जानकारी समेत खड्काले दिएका छन्।
📅 निर्वाचन मिति: २६ जुलाई २०२५ – तपाईंको मतले नेतृत्व तय हुनेछ
एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय अधिवेशन अन्तर्गत न्यू साउथ वेल्स राज्य सचिव पदको निर्वाचन यही २६ जुलाई २०२५ मा हुँदैछ। यस पटकको निर्वाचनलाई समुदायभित्र नैतिक मूल्य, नेतृत्वको कार्यशैली, तथा संस्थागत पारदर्शिताको सवालका रूपमा हेरिएको छ।
मन्जिल खड्का र उनको टिमले यस अवसरलाई नेपाली डायस्पोराको आवाजलाई संस्थागत रूपमा अझ प्रभावकारी बनाउने कदमको रूपमा लिएका छन्।
“हामी सपना मात्र देख्दैनौं, काम गरेर देखाउने अठोटका साथ मैदानमा उत्रिएका छौं,” उनले भने। “आउनुहोस्, हामी सबै मिलेर एकजुट नेपाली समुदायको उज्यालो भविष्य निर्माण गरौं।”
युवा सशक्तिकरणका लागि अघि सरे शशांक बस्याल: डिपुटी युथ को-अर्डिनेटर पदमा उम्मेदवारी
शशांक बस्यालको उम्मेदवारी घोषणा: एनआरएनए अस्ट्रेलिया (NSW) डिपुटी युथ को-अर्डिनेटरका लागि दृढ संकल्प
लेपिङ्टन, न्यू साउथ वेल्स | ३० जुन २०२५
एनआरएनए अस्ट्रेलिया न्यू साउथ वेल्स (NSW) राज्य समितिको आगामी निर्वाचन सन् २०२५–२०२७ का लागि तिव्र राजनीतिक र सामाजिक सरगर्मी चलिरहेको बेला, युवा समाजसेवी शशांक बस्यालले डिपुटी युथ कोअर्डिनेटर (SCC Deputy Youth Coordinator) पदमा टीम एकता (Team EKATA) बाट उम्मेदवारी घोषणा गरेका छन्।
बस्याल विगत १२ वर्षदेखि नेपाली समुदायमा निरन्तर सक्रिय रहँदै आएका एक प्रतिबद्ध युवा सल्लाहकार, स्वयंसेवक, र सामाजिक अभियन्ता हुन्। उनले एनएसडब्लु राज्यमा रहेका युवाहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू र नवआगन्तुकहरूलाई सामाजिक, मानसिक, शैक्षिक तथा व्यावसायिक रुपमा सशक्त बनाउने कार्यमा नेतृत्वदायी भूमिका खेलेका छन्।
शशांक बस्यालको परिचय: “समुदायबाट सुरु भएको यात्राको अब संस्थागत निरन्तरता”
नेपाली मूलका, लेपिङ्टन निवासी शशांक बस्यालले आफ्नो प्रारम्भिक जीवन नेपाली परम्परा, संस्कार र समर्पणको भावनासँगै बिताएका थिए। सानैदेखि सामाजिक कार्यक्रमहरूमा सहभागी हुँदै आएको अनुभवले उनलाई समाजप्रति उत्तरदायित्व बोध गरायो। आज उनी एक जिम्मेवार, अनुभवी र युवामैत्री नेतृत्वको प्रतिक बनेका छन्।
उनले विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न नेपाली संघसंस्था, विद्यार्थी तथा युवा कार्यक्रमहरू, सांस्कृतिक उत्सव र आपतकालीन राहत कार्यहरूमा निरन्तर स्वयंसेवकको भूमिका निर्वाह गर्दै आएका छन्।
“यदि हामी साँचो परिवर्तन चाहन्छौं भने, हामीले युवाको आवाज सुन्नु पर्छ, उनीहरूसँग जोडिनुपर्छ, र दिलबाट नेतृत्व गर्नुपर्छ। म तपाईहरूको साथी, सल्लाहकार र आवाज बन्न यहाँ आएको हुँ।” — शशांक बस्याल
किन ‘डिपुटी युथ कोअर्डिनेटर’ पदमा उम्मेदवारी? बस्यालको अनुसार, यो पदले उनलाई अझै बढी युवाको आवश्यकतामा केन्द्रित भएर योजनाबद्ध कार्यक्रम सञ्चालन गर्न र नेतृत्वदायी भूमिका खेल्न अवसर दिन्छ। mentorship कार्यक्रमहरू, नेतृत्व विकास तालिम, मानसिक स्वास्थ्य सशक्तिकरण, तथा समुदाय-युवा सम्वाद कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्यसहित उनी यो पदमा अग्रसर भएका हुन्।
उनको भिजन स्पष्ट छ — “जसरी मैले एक एक व्यक्तिका लागि काम गर्दै आएको छु, अब त्यो अनुभवलाई संस्थागत रूपमा लागू गर्दै समग्र समुदायको हितमा लाग्ने बेला आएको छ।”
किन ‘टीम एकता’?
शशांक बस्यालले आफ्नो राजनीतिक र सामाजिक यात्राको लागि ‘टीम एकता’ रोज्नुको कारण प्रष्ट पार्दै भने —
“टीम एकता केवल नारामा होइन, कर्ममा विश्वास गर्ने समूह हो। यो टिममा म नेताहरू होइन, सेवकहरू देख्छु — जसले निस्वार्थ भावले काम गर्छन्, हाजिरी होइन, प्रभाव देखाउने मनोवृत्ति राख्छन्। म गर्वका साथ यस टिममा उभिएको छु।”
टीम एकताको उम्मेदवारहरूमध्ये केही प्रमुख नामहरू यसप्रकार छन्:
उषा किरण बरिया पोखरेल – (State Coordinator NSW)
चण्डिका ओली ओडारी – (Deputy State Coordinator NSW)
रमेश सिंह – युथ कोअर्डिनेटर (Youth Coordinator NSW)
सानिता लामा – महिला (Woman Coordinator NSW)
शशांकको समुदायप्रति सन्देश
“युवाहरू हाम्रो आजको ऊर्जा र भोलिको भविष्य हुन्। तिनीहरूको सुन्ने, बुझ्ने र मार्गदर्शन गर्ने जिम्मा हामीले लिनुपर्छ। म तपाईंसँगै उभिन चाहन्छु — न केवल नेतृत्व गर्न, तर साथ दिन, सल्लाह दिन, र साझा सपना बुन्न।”
निर्वाचन मिति र अपिल
एनआरएनए अस्ट्रेलिया निर्वाचन २६ जुलाई २०२५ (शनिबार) मा हुँदैछ। यस अवसरमा शशांक बस्यालले एनएसडब्लु राज्यका सम्पूर्ण नेपाली समुदायलाई समर्पित ढंगले मतदान गर्न र ‘टीम एकता’लाई समर्थन जनाउन हार्दिक अनुरोध गरेका छन्।
NRNA भिक्टोरियामा सशक्त नेतृत्वको आकांक्षा, देवेन्द्र बजगाई मैदानमा
देवेन्द्र बजगाई सचिव पदको दौडमा, NRNA भिक्टोरियामा परिवर्तनशील नेतृत्वको आह्वान
मेलबर्न, अष्ट्रेलिया — गैर-आवासीय नेपाली संघ (NRNA) भिक्टोरिया राज्यको आगामी कार्यसमितिका लागि सचिव पदमा देवेन्द्र बजगाईले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै समाजसेवामा सक्रिय रहँदै आएका बजगाईले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति जारी गर्दै आफ्नो उम्मेदवारीको जानकारी गराएका हुन्।
बजगाईको उम्मेदवारी केवल पदप्राप्तिको आकांक्षा नभई संस्थागत सुधार, समावेशी नेतृत्व, पारदर्शिता र सेवामूलक दृष्टिकोणप्रति अडिग अठोटको संकेतका रूपमा बुझिएको छ। उनले एनआरएनए जस्तो संस्थालाई सबै नेपालीको साझा संस्था बनाउने उद्देश्यसहित सचिव पदमा प्रतिस्पर्धा गर्न लागिएको स्पष्ट पारेका छन्।
सामाजिक उत्तरदायित्व र नेतृत्वको नवीन दृष्टिकोण
देवेन्द्र बजगाईले आफ्नो उम्मेदवारीको घोषणा गर्दै भनेका छन्, “हामी जुनसुकै भूमिमा भए पनि, नेपाली समाजप्रति हाम्रो जिम्मेवारी कहिल्यै समाप्त हुँदैन। प्रवासी जीवनका चुनौतीहरूलाई सम्बोधन गर्न राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर काम गर्नु अहिलेको प्रमुख आवश्यकता हो।”
उनको विचारमा, NRNA जस्तो संस्था प्रवासी नेपालीहरूको हक, अधिकार र पहिचान जोगाउने एक साझा मञ्च हो। तर, यस संस्थालाई अझ विश्वासिलो, प्रभावकारी र समावेशी बनाउन नयाँ सोच र जवाफदेही नेतृत्वको खाँचो छ। त्यसै उद्देश्यका साथ आफू सचिव पदमा प्रतिस्पर्धा गर्न तयार रहेको बजगाईको भनाइ छ।
‘सेवा, समावेशिता र पारदर्शिता’ बजगाईको प्रतिबद्धता
बजगाईले एनआरएनए भिक्टोरियामा आगामी नेतृत्वले समुदायको अपेक्षालाई प्राथमिकता दिनुपर्ने स्पष्ट पारेका छन्। “संस्थाभित्र पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया र सबै क्षेत्र तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नु मेरो प्रमुख प्राथमिकता हुनेछ,” उनले बताएका छन्।
उनका अनुसार, नेतृत्वको उद्देश्य केवल कार्यभार सम्हाल्नु होइन, बरु समुदायसँग प्रत्यक्ष संवाद गर्दै समस्या पहिचान र समाधानमा सक्रिय भूमिका खेल्नु हो। उनले NRNA VIC लाई ‘सल्लाह, सुझाव र सेवाको खुला मंच’ बनाउने लक्ष्य रहेको पनि बताएका छन्।
समाजसेवाबाट राजनीति हुँदै नेतृत्वमा
बेन्डिगोमा स्थायी रूपमा बसोबास गर्दै आएका बजगाई अष्ट्रेलियाको नेपाली समुदायमा परिचित नाम हुन्। विभिन्न सामाजिक कार्यक्रम, सहयोग अभियान, सांस्कृतिक गतिविधि तथा आपतकालीन राहत कार्यहरूमा उनको अग्रसरता देखिएको छ। कोरोना महामारीको समयमा उनी नेतृत्वदायी भूमिकामा देखिएका थिए, जसका कारण धेरै नेपाली परिवारहरूलाई आवश्यक सहयोग पुगेको थियो।
सामाजिक सेवामा लामो अनुभव, स्पष्ट दृष्टिकोण र जिम्मेवार चरित्रले गर्दा उनी सचिव पदका लागि सक्षम र विश्वासिलो उम्मेदवारका रूपमा स्थापित हुँदै गएका छन्।
नीति, योजना र सहकार्यको प्रतिबद्धता
बजगाईले सचिव पदमा निर्वाचित भएमा विभिन्न स्तरमा नीति निर्माण, सदस्य संलग्नता, युवापुस्ताको सहभागिता, महिला प्रतिनिधित्व र शैक्षिक तथा व्यावसायिक अवसरहरूको विकासमा विशेष ध्यान दिने बताएका छन्। उनले संस्था भित्रको कार्यशैलीलाई सरल, प्रभावकारी र डिजिटल प्रणालीमैत्री बनाउने योजना पनि सार्वजनिक गरेका छन्।
समुदायसँग सुझाव र सहकार्यको आह्वान
देवेन्द्र बजगाईले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाको भन्दा पनि सामूहिक हितको अभियानको रूपमा व्याख्या गरेका छन्। “म केवल उम्मेदवार हैन, तपाईंहरूको प्रतिनिधि बन्न चाहन्छु,” उनले भनेका छन्, “यस यात्रामा तपाईंहरूको सुझाव, सल्लाह र सक्रिय समर्थन मेरो लागि अत्यन्त मूल्यवान् हुनेछ।”
उनले आगामी दिनहरूमा विस्तृत कार्ययोजना सार्वजनिक गर्दै समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने तयारी रहेको बताएका छन्।
सकारात्मक प्रतिक्रिया र नेतृत्वप्रतिको आशा
बजगाईको उम्मेदवारीलाई नेपाली समुदायभित्र सकारात्मक रूपमा लिइएको देखिएको छ। विशेष गरी युवा वर्ग, पेशागत समूह र महिलाहरूमा समावेशी नेतृत्वको आशाले उत्साह थपेको छ। NRNA VIC मा दीर्घकालीन रणनीति, नीति र समन्वयात्मक नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला बजगाईको उम्मेदवारीले संस्थामा सकारात्मक बहस र परिवर्तनको सम्भावना जगाएको छ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा